१ इतिहास 1:44
बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए ।
बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
31इस्राएलीहरूमाथि कुनै राजाले शासन गर्नुअगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै थिए ।
32बओरका छोरा बेलाले एदोममा राज्य गरे, र उनको सहरको नाम दिन्हावा थियो ।
33बेलाको मृत्युपछि बोज्रामा बसोबास गर्ने जेरहका छोरा योबाबले उनको स्थानमा राज्य गरे ।
34योबाबको मृत्युपछि तेमानीहरूको देशमा बसोबास गर्ने हुशामले उनको स्थानमा राज्य गरे ।
35हुशामको मृत्युपछि बददका छोरा हददले उनको स्थानमा राज्य गरे जसले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरेका थिए । उनको सहरको नाम अवीत थियो ।
36हददको मृत्युपछि मस्रेकामा बसोबास गर्ने सम्लाले उनको स्थानमा राज्य गरे ।
37सम्लाको मृत्युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्य गरे ।
42एसेरका छोराहरू बिल्हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए ।
43इस्राएलमा कुनै पनि राजाले राज्य गर्नुभन्दा पहिले एदोममा राज्य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला, र तिनको सहर दिन्हावा थियो ।
45योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए ।
46हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे । तिनको सहरको नाउँ अवीत थियो ।
47हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्ला राजा भए ।
48सम्ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए ।
49शौल मरेपछि तिनको ठाउँमा अक्बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्य गरे ।
50अक्बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे । तिनको सहरको नाउँ पाऊ थियो । तिनकी पत्नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन् ।
51हदद मरे । एदोमका प्रधानहरूमा प्रधान तीम्न, प्रधान अल्वा, प्रधान यतेत,
52प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन,
53प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार,
54प्रधान मग्दीएल र प्रधान ईराम थिए । एदोमका प्रधानहरू यी नै थिए ।
8योएलका पनाति, शेमाका नाति र अजाजका छोरा बेला थिए । नेबो र बाल-मोनसम्म फैलिएर अरोएरमा,
3बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद,
47एदोममा कुनै राजा थिएन, तर त्यहाँ सहायकले शासन गर्थ्यो ।
8यहोरामको समयमा एदोमले यहूदाको अधीनताको विरोध गर्यो, र तिनीहरूले आफ्नै राजा स्थापित गरे ।
20यहोरामको समयमा, यहूदाको विरुद्धमा एदोम बागी भयो र आफ्नो निम्ति आफैले राजा नियुक्त गर्यो ।
2तिनीहरूले सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अद्माका राजा शिनाब, सबोयिमका राजा शेमेबेर र बेला (अर्थात् सोअरका) विरुद्ध युद्ध गरे ।
1¶ आहाबको मृत्युपछि मोआब इस्राएलको विरुद्धमा बागी भयो ।
5तर आहाब मरेपछि मोआबका राजाले इस्राएलको राजाको विरुद्धमा विद्रोह गरे ।
23ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।
22योकीम, कोजेबाका मानिसहरू, र योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्य गरे । (यो विवरण प्राचीन लेखोटबाट लिइएको हो ।)
1¶ बेन्यामीन पाँच छोराहरूमा जेठा बेला, अश्बेल, अहरह,
24अरामका राजा हजाएल मरे, र तिनको ठाउँमा तिनका छोरा बेन-हदद राजा भए ।