उत्पत्ति 14:2

अनलक शाब्दिक बाइबल

तिनीहरूले सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अद्‍माका राजा शिनाब, सबोयिमका राजा शेमेबेर र बेला (अर्थात् सोअरका) विरुद्ध युद्ध गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 13:10 : 10 यसैले, लोतले वरिपरि हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, मिश्रदेशजस्तै सोअरसम्म नै सबैतिर पानीले राम्ररी भिजेको थियो । यो परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरा थियो ।)
  • उत्प 10:19 : 19 कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो ।
  • व्यव 29:23 : 23 परमप्रभुले आफ्नो रिस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्‍ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुने छ ।
  • व्यव 34:3 : 3 र नेगेव, र यरीहोको उपत्यकाको मैदान, खजुरको सहरदेखि सोअरसम्म देखाउनुभयो ।
  • १ शमू 13:18 : 18 अर्को समूह बेथ-होरोनतिर गए र अर्को समूह उजाड-स्‍थानतिर सबोईंको बेंसी देखिने सिमानातिर लागे ।
  • नहे 11:34 : 34 हादीद, सबोयीम, नबलत,
  • यशा 1:9-9 : 9 सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्‍ति थोरै बाँकी रहेका निम्ति नछोड्नुभएको भए, हामी सदोमझैं हुनेथियौं, हामी गमोराझैं हुनेथियौं। 10 ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन । ए गमोराका मानिसहरू, हाम्रा परमेश्‍वरको व्यवस्था सुन ।
  • यशा 15:5 : 5 मेरो मनले मोआबको निम्ति पुकारा गर्छ । त्यसका भगौडाहरू सोअर र एग्लत-शलीशियाहतिर भाग्‍छन् । तिनीहरू लूहीतको उकालोमा रुँदै जान्छन् । आफ्‍नो विनाशको निम्‍ति होरोनैमको बाटोमा तिनीहरू ठुलो सोरमा विलाप गर्छन् ।
  • यिर्मि 48:34 : 34 तिनीहरू रोएको सोर हेश्बोनबाट एलालेसम्म र सोअरदेखि होरोनैम र एग्लत-शलीशियाहसम्मै सुनिएको छ, किनकि निम्रीमको पानी सुकिसकेको छ ।
  • हो 11:8 : 8 ए एफ्राइम, म कसरी तँलाई त्याग्‍न सक्‍छु? ए इस्राएल, म कसरी तँलाई अरूकहाँ सुम्‍पिन सक्‍छु र? म तँलाई कसरी अदमाझैं बनाउन सक्छु? म तँलाई कसरी सबोयीमझैं बनाउन सक्छु? मेरो हृदय मभित्र परिवर्तन भएको छ, र मेरो सम्पूर्ण दया जागेको छ ।
  • उत्प 19:20-30 : 20 हेर्नुहोस्, त्यहाँको सहर भाग्‍नको निम्ति नजिक छ, र त्यो सानो पनि छ । कृपया, मलाई त्यहाँ भाग्‍न दिनुहोस् (के त्यो सानोचाहिँ होइन र?), र मेरो जीवन बच्‍नेछ ।” 21 उनले तिनलाई भने, “ठिक छ, म तिम्रो यो अनुरोध पनि पुरा गर्नेछु र तिमीले उल्लेख गरेको त्यस सहर म नष्‍ट गर्दिनँ । 22 छिटो गर! त्यहाँ भाग, किनभने तिमी त्यहाँ नपुगेसम्म म केही गर्न सक्दिनँ ।” यसैकारण त्यस सहरलाई सोअर भनियो । 23 लोत सोहर पुग्‍दा घाम उदाइसकेको थियो । 24 त्यसपछि परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो । 25 उहाँले ती सहरहरू, सबै समतल भूमि, र ती सहरहरूका बासिन्दाहरू, र भूमिमा उब्जेका सबै बिरुवाहरूलाई नष्‍ट पार्नुभयो । 26 तर लोतकी पत्‍नीले पछाडि फर्केर हेरिन्, जो तिनको पछि-पछि थिइन्, र तिनी नुनको ढिक्‍का बनिन् । 27 अब्राहाम बिहान सबेरै उठे र तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए । 28 उनले सदोम र गमोरातर्फ र सबै समतल भूमिमा हेरे । उनले त्यस भूमिबाट भट्टीको धुवाँझैँ माथितिर धुवाँ आइरहेको देखे । 29 परमेश्‍वरले समतल भूमिका सहरहरूलाई नष्‍ट गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो । उहाँले लोतले बसोबास गरेका सहरहरूलाई नष्‍ट गर्नुहुँदा, लोतलाई त्यस विनाशको माझबाट बाहिर निकाल्‍नुभयो । 30 तर लोत आफ्ना दुई छोरीसँग सोअरबाट पहाडहरूमा बसोबास गर्न गए, किनभने तिनी सोअरमा बस्‍न डराए । यसैकारण, तिनी र तिनका दुई छोरीहरू एउटा गुफामा बसे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 14:3-13
    11 पदहरू
    89%

    3यी पछिल्ला पाँच जना राजाहरू सिद्दीम अर्थात् मृत सागरको बेँसीमा भेला भए ।

    4तिनीहरूले बाह्र वर्षसम्म कदर्लाओमेरको सेवा गरे तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे ।

    5अनि चौधौँ वर्षमा, कदोर्लाओमेर र तिनीसित भएका राजाहरू आए र अस्तेरोत-केर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई,

    6र होरीहरूलाई सेइरको पहाडी देशमा मरुभूमि नजिक रहेको ‍एल-पारानसम्म आक्रमण गरे ।

    7त्यपछि तिनीहरू फर्के

    8त्यसपछि सदोमका राजा, गमोराका राजा, अदमाका राजा, सबोयिमका राजा र बेला (अर्थात् सोअरका) राजा निस्के अनि सिद्दीमको बेँसीमा युद्धको निम्ति तयार भए ।

    9एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक; पाँच राजाका विरिद्ध चार राजा ।

    10सिद्दीमको बेँसी अलकत्राको धापले भरिएको थियो, र सदोम र गमोराका राजाहरू भागे, तिनीहरू त्यसमा खसे । बाँकी रहेकाहरू पहाडतिर भागे ।

    11यसैले राजाहरू सदोम र गमोराका सबै मालसामानहरू, तिनीहरूका रासनहरू लगे र आफ्नो बाटो लागे ।

    12

    13उम्केर आएका एक जानले हिब्रू अब्रामलाई भने । तिनी एश्कोल र अनेरका भाइ मम्रेका फलाँटका रूखहरू नजिक बसिरहेका थिए, तिनीहरू सबै अब्रामका मित्रहरू थिए ।

  • 1¶ यो अम्रापेल, एल्लासारका राजा अर्योक र एलाममा राजा कदोर्लाओमेर र गोयीमका राजा तिदालको समयमा भएको थियो ।

  • उत्प 14:16-17
    2 पदहरू
    77%

    16

    17अब्रामले कदोर्लाओमेर र तिनीसँग भएका राजाहरूलाई पराजित गरेर फर्केपछि, सदोमका राजा तिनलाई भेट्न शावेको (अर्थात् राजाको उपत्यका) उपत्यकामा गए ।

  • 14होर्माका राजा, आरादका राजा,

  • 19कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो ।

  • 21सदोमका राजाले अब्रामलाई भने, “मानिसहरू मलाई देऊ र सबै मालसामानहरू आफैले लैजाऊ ।

  • 3त्यसैले यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनका राजा दबीरलाई एउटा सन्देश पठाए,

  • 5पाँच एमोरी राजा अर्थात् हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा, उनीहरू र उनीहरूका सबै फौजले गिबोनविरुद्ध मोर्चा बाँधे र उनीहरूले यसलाई आक्रमण गरे ।

  • 43इस्राएलमा कुनै पनि राजाले राज्‍य गर्नुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला, र तिनको सहर दिन्‍हावा थियो ।

  • 2उनले उत्तरी पहाडी देशमा, किन्‍नरेतको दक्षिणतिरको यर्दन बेँसीमा, तराईमा र पश्‍चिमतिरको नपोत डोरमा बस्‍ने राजाहरूलाई पनि समाचार पठाए ।

  • 36शारैम, अदीतैम, र गदेरा (अर्थात् गदेरोतेम)। यिनीहरू तिनीहरूका गाउँहरूसहित चौध सहर थिए ।

  • 38सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए ।

  • 21समथर भू-भागका सबै सहर, र एमोरीहरूका राजा सीहोनका सबै अधिराज्य, जसले हेश्बोनमा शासन गरेका थिए, जसलाई मोशाले मिद्यानका अगुवाहरू, एवी, रेकेम, सूर, हूर र रेबाका अगुवाहरूसँगै हराएका थिए, सीहोनका शासकहरू जो त्यो भू-भागमा बस्थे ।

  • २ इति 14:14-15
    2 पदहरू
    69%

    14फौजले गरारका चारैतिरका सबै बस्तीलाई नाश गरे, किनकि त्‍यहाँका बासिन्दाहरूमा परमप्रभुको त्रास परेको थियो । फौजले सबै बस्‍तीमा लूट मच्‍चाए र तिनीहरूसित धेरै लूटका माल भए ।

    15फौजले धेरै फिरन्ते गोठालाहरूका पालका बस्‍तीहरूसमेत नाश गरे । तिनीहरूले प्रशस्त मात्रामा भेडा र ऊँटहरू लिएर आए, र त्यसपछि तिनीहरू यरूशलेममा फर्के ।

  • 30बतूएल, होर्मा, सिक्‍लग,

  • 22योकीम, कोजेबाका मानिसहरू, र योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्‍य गरे । (यो विवरण प्राचीन लेखोटबाट लिइएको हो ।)

  • 28हसर-शूआल, बेर्शेबा, बिज्योत्या ।

  • 11एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओग, अनि कनानका सबै राज्यलाई ।

  • 23परमप्रभुले आफ्नो रिस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्‍ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुने छ ।

  • 14त्यसपछि बेन्यामीनका मानिसहरू एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के र इस्राएलका मानिसहरूका विरुद्ध युद्ध गर्न तयार भए ।

  • 34हादीद, सबोयीम, नबलत,

  • 8योएलका पनाति, शेमाका नाति र अजाजका छोरा बेला थिए । नेबो र बाल-मोनसम्म फैलिएर अरोएरमा,