यहोशू 13:21

अनलक शाब्दिक बाइबल

समथर भू-भागका सबै सहर, र एमोरीहरूका राजा सीहोनका सबै अधिराज्य, जसले हेश्बोनमा शासन गरेका थिए, जसलाई मोशाले मिद्यानका अगुवाहरू, एवी, रेकेम, सूर, हूर र रेबाका अगुवाहरूसँगै हराएका थिए, सीहोनका शासकहरू जो त्यो भू-भागमा बस्थे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 31:8 : 8 तिनीहरूले सबै मानिसलाई मारे । तिनीहरूले बाँकी मृतकहरूसहित मिद्यानका पाँच जना राजा एवी, रेकेम, सूर, हूर र रेबालाई मारे ।
  • व्यव 3:10 : 10 हामीले तराईका सबै सहर, सबै गिलाद, सबै बाशान, सलका र एद्रईसम्मका इलाकाहरू अनि बाशानमा भएका ओग राज्यका सबै सहर कब्जा गर्‍यौँ ।
  • गिन 21:24-35 : 24 इस्राएलले सीहोनको फौजलाई तरवारले आक्रमण गरे र अर्नोनदेखि यब्बोक नदीसम्म साथै अम्मोनका मानिसहरूको भूमिसम्म कब्जा गरे । अम्‍मोनका मानिसहरूको सिमाना किल्लाबन्दी गरिएको थियो । 25 इस्राएलले हेश्बोन र यसका सबै गाउँसहित एमोरी सहरहरू कब्जा गरे र तिनीहरू सबैमा बसोबास गरे । 26 हेश्बोन एमोरी राजा सीहोनको सहर थियो, जसले मोआबका पहिलेको राजासँग युद्ध गरेका थिए । सीहोनले अर्नोन नदीसम्म उनको देश कब्जा गरेका थिए । 27 यसकारण यसो भनिन्छ, “हेश्बोनमा आओ । सीहोनको सहरको पुनर्निर्माण गरियोस् र फेरि स्थापित होस् । 28 हेश्बोनबाट आगोको ज्वाला दन्क्यो, सीहोनको सहरबाट एउटा आगोको ज्वाला जसले मोआबको आरलाई र अर्नोनको उच्‍च स्थलहरूलाई भस्म पार्‍यो । 29 हे मोआब, तँलाई धिक्‍कार छ! हे कमोशको प्रजा, तँ नष्‍ट भएको छस् । त्यसले आफ्ना छोराहरूलाई भगुवाहरू बनायो र त्यसका छोरीहरूलाई एमोरीहरूका राजा सीहोनको कैदी बनायो । 30 तर हामीले सीहोनलाई जितेका छौँ । हेश्बोन दीबोनसम्म नै नष्‍ट भएको छ । हामीले तिनीहरूलाई मेदबासम्म पुग्‍ने नोपासम्म नै पारजित गरेका छौँ । 31 त्यसैले इस्राएल एमोरीहरूका मुलुकमा बस्‍न थाल्यो । 32 अनि मोशाले याजेरको भेद लिन मानिसहरू पठाए । तिनीहरूले यसका गाउँहरू कब्जा गरे र त्यहाँ भएका एमोरीहरूलाई धपाए । 33 त्यसपछि तिनीहरू फर्के र बाशानको बाटोतिर उक्ले । बाशानका राजा ओग तिनीहरू विरुद्ध निस्के, तिनी र तिनका फौजले एद्रईमा तिनीहरूसँग लडे । 34 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्यसँग नडरा, किनभने मैले त्यसलाई, त्यसका सबै फौज र त्यसको भूमि तँलाई दिएको छु । त्यसलाई पनि हेश्बोनमा बस्‍ने एमोरी राजा सीहोनलाई गरेझैँ गर् ।” 35 त्यसैले तिनीहरूले कुनै पनि मानिस जीवित नरहुञ्‍जेल उनी, उनका छोराहरू र उनका सबै फौजलाई मारे । अनि तिनीहरूले उनको भूमि कब्‍जा गरे ।
  • व्यव 2:30-36 : 30 तर हेश्बोनका राजा सीहोनले हाम्रो कुरा सुनेनन् र हामीलाई तिनको बाटो भएर जान दिएनन् । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनको मन कठोर बनाइदिनुभएको थियो र तिनको हृदय हठी बनाइदिनुभएको थियो ताकि तिमीहरूको शक्तिद्वारा उहाँले तिनलाई पराजित गर्नुभएको होस् जस्तो उहाँले आजको दिनसम्म गर्नुभएको छ । 31 परमप्रभुले मलाई भन्‍नुभयो, 'हेर्, मैले तेरै सामुन्‍ने सीहोन र त्यसको देश तँलाई दिन थालेको छु । यस देशमाथि तेरो अधिकार होस् भनेर यसलाई कब्जा गर्न थाल् ।' 32 तब सीहोन आफ्ना सबै मानिस लिएर यहसा भन्‍ने ठाउँमा हाम्रो विरुद्धमा लड्न आए । 33 परमप्रभु हाम्रा परमेश्‍वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो र हामीले तिनी, तिनका छोराहरू र तिनका सबै मानिसलाई पराजित गर्‍यौँ । 34 त्यस बेला हामीले तिनका सबै सहर कब्जा गरी हरेक सहर, पुरुष र स्‍त्रीहरू अनि बालबच्‍चाहरूलाई पूर्ण रूपले नष्‍ट पार्‍यौँ । एउटै पनि बाँचेन । 35 आफ्ना निम्ति लुटको मालको रूपमा लगेका गाईवस्तु र सहरबाट लुटिएका मालहरू मात्र हामीले लियौँ । 36 अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलादसम्म हामीले कब्जा गर्न नसक्‍ने कुनै सहर थिएन । परमप्रभु हाम्रा परमेश्‍वरले ती हाम्रा हातमा दिनुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहो 13:9-12
    4 पदहरू
    79%

    9अरोएरदेखि (घाँटीको माझमा भएको सहरलगायत), दीबोनसम्मका मेदबाको टार;

    10सीहोनका सबै सहर, एमोरीहरूका राजा, जसले हेश्बोनमा शासन गरे, अम्मोनीहरूको सिमानासम्म;

    11गिलाद, गशूरीहरू र माकातीहरूको प्रदेश, सबै हेर्मोन डाँडा, सलकासम्मका सबै बाशान;

    12बाशानको ओगका सबै अधिराज्य, जसले अस्तारोत र अद्रईमा शासन गरे, मोशाले उनीहरूलाई प्रहार गरी धपाउँदा बाँकी रहेकाहरू यिनीहरू नै हुन् ।

  • 46तिनीहरू हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोनको देश बेथ-पोरको सामुन्‍ने यर्दनको पूर्वपट्टि छँदा मोशाले यी आज्ञाहरू दिएका थिए । मोशा र इस्राएलीहरू मिश्रबाट आउँदा तिनले यी राजालाई हराएका थिए ।

  • गिन 31:7-9
    3 पदहरू
    78%

    7तिनीहरूले मिद्यनीहरूसँग लडे ।

    8तिनीहरूले सबै मानिसलाई मारे । तिनीहरूले बाँकी मृतकहरूसहित मिद्यानका पाँच जना राजा एवी, रेकेम, सूर, हूर र रेबालाई मारे ।

    9इस्राएलका फौजले मिद्यानका महिलाहरू, तिनीहरूका बालबच्‍चाहरू, तिनीहरूका सबै गाईवस्तु, तिनीहरूका सबै भेडाबाख्रा र तिनीहरूका सबै मालसामान लगे । तिनीहरूले यिनीहरूलाई लुटको रूपमा लिए ।

  • गिन 21:25-27
    3 पदहरू
    78%

    25इस्राएलले हेश्बोन र यसका सबै गाउँसहित एमोरी सहरहरू कब्जा गरे र तिनीहरू सबैमा बसोबास गरे ।

    26हेश्बोन एमोरी राजा सीहोनको सहर थियो, जसले मोआबका पहिलेको राजासँग युद्ध गरेका थिए । सीहोनले अर्नोन नदीसम्म उनको देश कब्जा गरेका थिए ।

    27यसकारण यसो भनिन्छ, “हेश्बोनमा आओ । सीहोनको सहरको पुनर्निर्माण गरियोस् र फेरि स्थापित होस् ।

  • 11एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओग, अनि कनानका सबै राज्यलाई ।

  • यहो 12:1-2
    2 पदहरू
    76%

    1¶ इस्राएलका मानिसहरूले पराजित गरेका त्यस भूमिका राजाहरू यिनै हुन् । इस्राएलीहरूले यर्दनको पूर्वतिरका अर्नोनको बेँसीदेखि हेर्मोन डाँडासम्म अनि पूर्वतिरका सबै अराबाका भूमिलाई कब्जा गरे ।

    2एमोरी राजा सीहोन हेश्बोनमा बस्‍थे । तिनले अरोएरसम्म शासन गर्थे जुन बेँसीको माझमा पर्ने अर्नोनको छेउमा र अम्मोनीहरूको सिमानामा पर्ने गिलादको आधा भाग हो ।

  • 4हेश्बोनमा बस्‍ने एमोरीहरूका राजा सीहोन र एद्रईको अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई परमप्रभुले आक्रमण गर्नुभएपछि यो भएको थियो ।

  • यहो 13:19-20
    2 पदहरू
    74%

    19र किर्यातैम, सिब्मा, उपत्याकको डाँडा रहेको सेरेथशेहार पनि प्राप्‍त गरे ।

    20रूबेनले यी पनि प्राप्‍त गरेः बेथ-पोर, पिसगाको भीरालो भू-भाग, बेथ-यसीमोत,

  • यहो 13:16-17
    2 पदहरू
    74%

    16तिनीहरूको भाग अर्नोन नदीको घाँटीको किनारमा पर्ने अरोएर र उपत्यकाको माझमा पर्ने सहरदेखि मेदबासम्मको सबै समथल भू-भाग थियो ।

    17रूबेनले हेश्बोन र समथल भू-भागमा रहेका यसका सबै सहर, दीबोन र बमोत-बाल, र बेथ-बाल-मोन,

  • 10र यर्दन पारिका एमोरी राजाहरू अर्थात् हेश्बोनका राजा सीहोन, अस्तारोतमा बस्‍ने बाशानका राजा ओगलाई उहाँले गर्नुभएका सबै कुरा हामीले सुनेका छौँ ।

  • 30तर हामीले सीहोनलाई जितेका छौँ । हेश्बोन दीबोनसम्म नै नष्‍ट भएको छ । हामीले तिनीहरूलाई मेदबासम्म पुग्‍ने नोपासम्म नै पारजित गरेका छौँ ।

  • 21त्यसपछि इस्राएलले एमोरी राजा सीहोनकहाँ यसो भन्‍दै समाचावाहक पठाए,

  • 21तब इस्राएलका परमप्रभु परमेश्‍वरले सीहोन र तिनका सारा मानिसलाई इस्राएलको हातमा दिनुभयो र तिनीहरूले उनीहरूलाई परास्त गरे । यसैले इस्राएलले एमोरीहरूको देशको सबै जमिन अधिकार गरे ।

  • यहो 13:26-27
    2 पदहरू
    72%

    26हेश्बोनदेखि रामतमस्पा र बेतोनीमसम्म, महनोमदेखि दबीरको क्षेत्रसम्म ।

    27उपत्यका, मोशाले तिनीहरूलाई बेथ-हाराम, बेथ-निम्रा सुक्‍कोत, सापोन, होश्‍बोनका राजा सीहोनका बाँकी राज्य, साथै यर्दनलाई सिमानाको रूपमा, किन्‍नरेत समुद्रको तल्लो भागहरू, यर्दनभन्दा पर पूर्वतिरका भू-भाग दिए ।

  • यहो 12:5-6
    2 पदहरू
    72%

    5तिनले हेर्मोन डाँडा, सलका, पूरै बाशानदेखि गशुरका मानिसहरू, माकाती गिलेदको आधा भागदेखि हेश्बोनका राजा सीहोनको सिमानासम्म शासन गर्थे ।

    6परमप्रभुका दास मोशा र इस्राएलका मानिसहरूले उनीहरूलाई पराजित गरे अनि परमप्रभुका दास मोशाले त्यो भूमिलाई रूबेनी, गादी र मनश्‍शेका आधा कुलको उत्तराधिकारको रूपमा दिए ।

  • 22इस्राएलका मानिसहरूले मारेकाहरूमध्ये टुनामुना गर्ने बोरका छोरा बालामलाई पनि मारे ।

  • 33त्यसैले मोशाले एमोरी राजा सीहोन र बाशानका राजा ओगको राज्य गाद र रूबेनका सन्तानहरूसाथै योसेफका छोरा मनश्शेका आधा कुललाई दिए । तिनले त्यो भूमि तिनीहरूलाई दिए र यसका सिमानासहित सबै सहरहरू, त्यस वरिपरिका भूमिमा भएका सहरहरू भाग लगाए ।

  • 7तिमीहरू यस ठाउँमा आउँदा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग तिमीहरूको विरुद्धमा युद्ध गर्न आए र हामीले तिनीहरूलाई परास्त गर्‍यौँ ।

  • गिन 21:32-34
    3 पदहरू
    71%

    32अनि मोशाले याजेरको भेद लिन मानिसहरू पठाए । तिनीहरूले यसका गाउँहरू कब्जा गरे र त्यहाँ भएका एमोरीहरूलाई धपाए ।

    33त्यसपछि तिनीहरू फर्के र बाशानको बाटोतिर उक्ले । बाशानका राजा ओग तिनीहरू विरुद्ध निस्के, तिनी र तिनका फौजले एद्रईमा तिनीहरूसँग लडे ।

    34त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्यसँग नडरा, किनभने मैले त्यसलाई, त्यसका सबै फौज र त्यसको भूमि तँलाई दिएको छु । त्यसलाई पनि हेश्बोनमा बस्‍ने एमोरी राजा सीहोनलाई गरेझैँ गर् ।”

  • 2उनले उत्तरी पहाडी देशमा, किन्‍नरेतको दक्षिणतिरको यर्दन बेँसीमा, तराईमा र पश्‍चिमतिरको नपोत डोरमा बस्‍ने राजाहरूलाई पनि समाचार पठाए ।

  • 3“हामीले सर्वेक्षण गरेका ठाउँहरूका सूची यही होः आतारोत, दीबोन, याजेर, निम्रा, हेश्बोन, एलाले, सबाम, नेबो र बओन ।

  • 24'अब उठेर आफ्ना यात्रा थाल अनि अर्नोनको बेँसी पार गर । हेर, मैले हेश्बोनका राजा एमोरी सीहोन र त्यसको देश तिमीहरूलाई दिएको छु । यसलाई कब्जा गर्न थाल र त्योसित लडाइँ गर ।

  • 33परमप्रभु हाम्रा परमेश्‍वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो र हामीले तिनी, तिनका छोराहरू र तिनका सबै मानिसलाई पराजित गर्‍यौँ ।

  • 23तर राजा सीहोनले तिनीहरूको सिमाना भएर जान इस्राएललाई अनुमति दिएनन् । बरु, सीहोनले तिनका सबै फौज जम्मा गरे र इस्राएललाई मरुभूमिमा आक्रमण गरे । तिनी यहाँसम्म आए, जहाँ तिनले इस्राएलसँग युद्ध गरे ।

  • 6हामीले हेश्बोनका राजालई गरेजस्तै तिनीहरूका पुरुष र स्‍त्रीहरूसाथै स-साना बालबच्‍चालाई पूर्ण रूपमा नष्‍ट पार्‍यौँ ।

  • 4परमप्रभुले एमोरीहरूका राजा सीहोन र ओग अनि तिनहरूका देशलाई नष्‍ट पार्नुभएझैँ तिनीहरूलाई नष्‍ट पार्नुहुने छ ।

  • 10तपाईंहरू मिश्रबाट आउनुहुँदा परमप्रभुले लाल समुद्रको पानी कसरी सुकाउनुभयो भनी हामीले सुनेका छौँ । तपाईंहरूले यर्दन पारिका दुई जना एमोरी राजाहरू सीहोन र ओगलाई के गर्नुभयो भनेर पनि हामीले सुनेका छौँ ।

  • 12यहोशूले यी राजाहरूका सबै सहर कब्जा गरे । तिनले उनीहरूका सबै राजालाई कब्जा गरे र उनीहरूलाई तरवारले प्रहार गरे । परमप्रभुका दास मोशाले भनेझैँ तिनले उनीहरूलाई तरवारले पूर्ण रूपमा नष्‍ट पारे ।

  • 2सिप्‍पोरका छोरा बालाकले इस्राएलले एमोरीहरूलाई के गरेका थिए सो देखेका थिए ।

  • 17“मिद्यानीहरूलाई शत्रुहरूलाई झैँ व्यवहार गर् र तिनीहरूलाई आक्रमण गर्,

  • 15त्यो मारिएको मिद्यानी महिलाको नाउँ सूरकी छोरी कोजबी थियो ।