१ इतिहास 11:10

अनलक शाब्दिक बाइबल

इस्राएलको विषयमा परमप्रभुको वचन पालन गर्दै दाऊदको राज्‍यमा तिनको साथमा तिनलाई राजा बनाउनलाई जम्‍मै इस्राएलसँगै मिलेर आफूलाई सामर्थ्‍यवान् देखाउने तिनका अगुवाहरू यी नै थिए

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 11:3 : 3 त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।
  • १ इति 12:38 : 38 युद्धको निम्‍ति सुसज्‍जित यी सबै योद्धाहरू दाऊदलाई सारा इस्राएलमाथि राजा बनाउने दृढ़ सङ्कल्‍प गरेर हेब्रोनमा आए । इस्राएलका बाँकी सबै पनि दाऊदलाई राजा बनाउनलाई सहमत भए ।
  • १ शमू 16:1 : 1 ¶ परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले शाऊललाई इस्राएलको राजा हुनबाट इन्कार गरेको कारणले तँ उसको निम्ति कहिलेसम्म विलाप गर्नेछस्? तेरो सीङ्‌मा तेल भर् र जा । म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउनेछु, किनकि मैले त्यसका छोराहरूका बिचबाट एक जनालाई मेरो निम्ति राजा चुनेको छु ।”
  • १ शमू 16:12-14 : 12 यिशैले कसैलाई पठाए र तिनलाई ल्याए । यो छोराको राता गाला, सुन्दर आँखा र सुन्दर स्वरूप थियो । परमप्रभुले भन्‍नुभयो, “उठ्, त्यसलाई अभिषेक गर् । किनभने यही नै हो ।” 13 अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्‍ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए । 14 परमप्रभुको आत्माले शाऊललाई छोड्नुभयो र परमप्रभुको हानिकारक आत्माले तिनलाई दुःख दियो ।
  • २ शमू 3:17-18 : 17 अबनेरले इस्राएलका धर्म-गरुहरूसित यसो भनेर कुरा गरे, “विगतमा तपाईंहरूले दाऊदलाई आफ्‍ना राजा बनाउने प्रयास गर्दै हुनुहुन्‍थ्‍यो । 18 अब यो काम गर्नुहोस् । किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्‍नुभएको छ, 'म आफ्‍ना मानिसहरूलाई पलिश्‍तीहरूका हात र तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु' ।”
  • २ शमू 3:21 : 21 अबनेरले दाऊदलाई सविस्तार बताए, “हे मेरो मालिक राजा, म उठेर सबै इस्राएललाई तपाईंकहाँ ल्याउने छु, ताकि तिनीहरूले तपाईंसँग करार बाँधुन् र सबैमाथि तपाईंले इच्छा गर्नुभएबमोजिम तपाईंले शासन गर्न सक्‍नुभएको होस् ।” यसैले दाऊदले अबनेरलाई पठाइदिए र अबनेर शान्‍तिसित विदा भए ।
  • २ शमू 23:8-9 : 8 दाऊदका वीर मानिहरूका नाउँ यी नै हुन्ः तहकमोनी योशब-बेश्बेत वीर मानिसहरूका अगुवा थिए । तिनलले एकै पटकमा आठ सय मानिसलाई मारे । 9 तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए । तिनी तीन जना वीर मनिसमध्ये एक जना थिए । युद्ध गर्न भेला भएका पलिश्तीहरूलाई इस्राएलीहरूले अपमान गर्दा र इस्राएलीहरू पछि हट्दा दाऊदको साथमा हुने तिनी नै थिए । 10 एलाजार खडा भए र आफ्‍नो हात नथाकेसम्‍म, र तिनको हातले तरवारको बिंड नै नसमात्‍ने गरी नथाकेसम्म पलिश्तीहरूसँग युद्ध लडे । त्यस दिन परमप्रभुले ठुलो विजाय दिनुभयो । फौजहरू लाशहरूबाट लुट्नलाई मात्र एलाजारको पछि फर्केर गए । 11 तिनीपछि हरारी आगीका छोरा शम्मा थिए । पलिश्‍तीहरू दाल भएको खेतमा एकसाथ भेला भए र फौज तिनीहरूबाट भागे । 12 तर शम्‍मा खेतको बिचमा भए भए र त्‍यसको प्रतिरक्षा गरे । तिनले पलिश्तीहरूलाई मारे र परमप्रभुले ठुलो विजय दिनुभयो । 13 तीस जनामध्येका तीन जना सिपाही कटनीको समयमा तल दाऊदकहाँ अदुल्‍लामको गुफामा गए । पलिश्तीहरूका फौजले रपाईंको बेसीमा छाउनी हालेका थिए । 14 त्यस बेला दाऊद आफ्‍नो किल्‍ला अर्थात् गुफामा थिए, जबकि पलिश्तीहरू बेथलेहेममा स्थापित भएका थिए । 15 दाऊदले पानी तृष्णा गरे र भने, “बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी कसैले ल्याइदिएको भए मात्रै पनि हुन्थ्यो नि!” 16 त्यसैले यी तीन जना वीर मानिसहरू पलिश्तीहरूको फौजलाई तोडेर बिचबाट गए र बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी ल्याए । तिनीहरूले पानी लिए र दाऊदकहाँ ल्याए, तर तिनले त्यो पिउन इन्कार गरे । बरु, तिनले त्यो परमप्रभुमा चढाए । 17 अनि तिनले भने, “हे परमप्रभु, मैले यसो गर्ने कुरा मबाट दूर रहोस् । के मैले ती मानिसहरूका रगत पिउनु जसले आफ्‍ना जीवनलाई खतरामा हालेका छन्?” त्यसैले तिनले त्‍यो पिउन इन्कार गरे । ती तीन जना वीर मानिसले यी कुराहरू गरेका थिए । 18 योआबका भाइ र सरूयाहका छोरा अबीशै यी तिन जनाका कप्‍तान थिए । तिनले एक पटक तीन सय जना मानिससँग लडे र तिनीहरूलाई मारे । तिनलाई प्रायः तीन जना सिपाहरूसँगै उल्लेख गरिन्छ । 19 के तिनी ती तीन जनाभन्दा धेरै प्रसिद्ध थिएनन् र? तिनलाई उनीहरूका कप्‍तान बनाइएको थियो । तापनि तिनको ख्‍याति तीन जना धेरै ख्‍यातिप्राप्‍त सिपाहीका बराबर थिएन । 20 यहोयादाका छोरा कब्सेका छोरा बनायाह थिए । तिनी बलिया मानिस थिए जसले वीरतापूर्ण काम गरे । तिनले मोआबको अरिएलका दुई जना छोरालाई मारे । तिनले हिउँ परिरहेको बेला एउटा खाल्डोमा पसेर एउटा सिंहलाई मारे । 21 त्‍यसपछि तिनले एक जना ठुलो मिश्रीलाई मारे । मिश्रीको हातमा भाला थियो, तर बनायाहले त्यससँग लौरोले मात्र युद्ध लडे । तिनले त्‍यो मिश्रीको हातबाट भाला खोसे र त्यसको आफ्नै भालाले त्यसलाई मारे । 22 यहोयादाका छोरा बनायाहका वीरतापूर्ण कामहरू यी नै थिए, र तिनलाई तीन जना वीर मानिससँगै नाउँ दिइयो । 23 तिनलाई तीस जना सिपालाई भन्दा उच्‍च आदर दिइन्थ्यो, तर तिनलाई ती तीन जनालाई जत्ति उच्‍च रूपमा बिलकुलै मानिंदैनथ्यो । तापनि दाऊदले यिनलाई आफ्नो अङ्गरक्षकको जिम्‍मा दिए । 24 ती तिस जना मानिसहरू निम्नानुसार थिएः योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्हानान, 25 हरोदी शम्मा, हरोदी एलीका, 26 पल्ती हेलेस, तकोका इक्‍केशका छोरा ईरा, 27 अनातोतका अबीएजेर, हूशाती मबून्‍ने, 28 अहोही सल्मोन, नतोपाती महरै, 29 नतोपाती बनायाहकका छोरा हेलेद, बेन्यामीनको गिबाका रीबैका छोरा ईथै। 30 पिरतोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै, 31 अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत, 32 शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन, 33 हरारी शरारका छोरा अहीहाम, 34 माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम, 35 कर्मेलका हेस्रो, अर्बी पारै, 36 सोबाका नातानका छोरा यिगाल, गादको कुलका बानी, 37 अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए, 38 यित्री ईरा, यित्री गारेब, 39 हित्ती उरियाह । जम्‍मा सैंतिस जना थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 9दाऊद झन्‌-झन्‌ शक्तिशाली हुँदै गए किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्‍थ्‍यो ।

  • 11दाऊदका शक्तिशाली मानिसहरूको सूची यही होः हक्‍मोनी याशोबाम अधिकारीहरूका कमान्‍डर थिए । तिनले एकपल्‍ट तिन सय जनालाई भालाले मारेका थिए ।

  • १ इति 12:20-23
    4 पदहरू
    76%

    20तिनी सिक्‍लगमा जाँदा तिनीतर्फ लागेर आउने मनश्‍शेका मानिसहरू अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै थिए । यि मनश्‍शेका हजार-हजार जनाका सेनानीहरू थिए ।

    21यिनीहरूले नै लूटपीट गर्नेहरूका विरुद्धमा वीरतासँग दाऊदका साथ दिए, किनकि तिनीहरू योद्धाहरू थिए । पछि तिनीहरू सेनाका कमाण्‍डरहरू भए ।

    22परमेश्‍वरको सेनाजस्तै ठूलो दाऊदको सेना नहुन्जेल दिनदिनै तिनलाई सहायता गर्न मानिसहरू तिनीकहाँ आए ।

    23शाऊलको राज्‍याधिकार दाऊदलाई दिएर परमप्रभुको वचन पूरा गर्नलाई हतियारले सुसज्‍जित भएर हेब्रोनमा दाऊदसँग मिल्‍न आएका सिपाहीहरूका सूचीको लेख यही हो ।

  • 1¶ कीशका छोरा शाऊलको उपस्‍थितिबाट दाऊद निकाला भएकै अवस्‍थामा सिक्‍लगमा यी मानिसहरू तिनीकहाँ आए । यिनीहरू युद्ध तिनलाई सहयोग गर्ने सिपाहीहरू थिए ।

  • 10दाऊद धेरै शक्तिशाली भए किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर तिनीसँग हुनुहुन्थ्यो ।

  • १ इति 11:1-3
    3 पदहरू
    75%

    1¶ त्‍यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हेर्नुहोस्, हामीहरू तपाईंकै हाडनाता हौ ।

    2हालैमा बितेका समयमा, जब शाऊल हाम्रा राजा थिए, तब तपाईंले नै इस्राएलको सेनाको नेतृत्‍व गर्नुभयो । परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई यसो भन्‍नुभयो, ‘तैंले नै मेरा मानिस इस्राएलको रेखदेख गर्नेछस्, र तँ नै मेरा मानिस इस्राएलको शासक हुनेछस्‌’ ।”

    3त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।

  • 38युद्धको निम्‍ति सुसज्‍जित यी सबै योद्धाहरू दाऊदलाई सारा इस्राएलमाथि राजा बनाउने दृढ़ सङ्कल्‍प गरेर हेब्रोनमा आए । इस्राएलका बाँकी सबै पनि दाऊदलाई राजा बनाउनलाई सहमत भए ।

  • २ शमू 5:2-3
    2 पदहरू
    74%

    2केही समयअगि जब शाऊल हामीमाथि राजा थिए, तब तपाईंले नै इस्राएलको फौजको नेतृत्व गर्नुभयो । परमप्रभुले तपाईंलाई भन्‍नुभयो, 'तैंले नै मेरा इस्राएल इस्राएलको गोठालो गर्ने छस् र तँ नै इस्राएलमाथि शासक हुने छस्' ।”

    3त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे ।

  • 1¶ दाऊदले इस्राएलका सबै अधिकारीलाईः कुलहरूका अधिकारीहरू, राजाको सेवामा आफूलाई तोकिएका समयको काममा लाग्‍ने दलहरूका अधिकारीहरू, हजार र सयका कमाण्‍डरहरू, राजा र तिनका छोराहरूका सबै सम्‍पत्तिमाथिका व्‍यवस्‍थापकहरू, अनि अधिकारीहरू र सबैभन्दा सिपालुहरू वीर योद्धाहरू यरूशलेममा भेला गरे ।

  • 7जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।

  • 2अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्‍याउनुभयो र उहाँको मानिस इस्राएलको खातिर आफ्‍नो राज्यलाई उच्‍च पार्नुभयो भनी दाऊदलाई थाहा भयो ।

  • 1¶ दाऊदले आफ्‍ना हजार र सयका कमाण्‍डरहरू, हरेक अगुवाहरूसँग सल्‍लाह लिए ।

  • 1¶ दाऊदका छोरा सोलोमन आफ्‍नो शासनमा बलियो भएपछि र परमप्रभु तिनका परमेश्‍वर तिनको साथमा हुनुहुन्‍थ्‍यो र तिनलाई धेरै शक्तिशाली बनाउनुभयो ।

  • 17यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका निरीक्षक थिए । दाऊदका छोराहरूचाहिं राजाका मुख्‍य अधिकारीहरू थिए ।

  • 12परमप्रभुले आफूलाई इस्राएलमाथि राजाको रूपमा स्थापित गर्नुभएको थियो भनी दाऊदले जान्‍दथे र उहाँले आफ्‍ना मानिस इस्राएलको खातिर तिनको राज्यलाई उच्‍च पार्नुभएको थियो ।

  • 10तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा राखिएका राजा दाऊदका भालाहरू र ढालहरू कमान्‍डरहरूलाई दिए ।

  • १ इति 26:31-32
    2 पदहरू
    72%

    31हेब्रोनका सन्तानहरूबाट, यरियाहचाहिं तिनीहरूका परिवारहरूका सूचीबाट गनिएका सन्तानहरूका अगुवा थिए । दाऊदका शासनको चालीसौं वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्‍यका मानिसहरू भेट्टाइए ।

    32यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए । यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलमाथि परमेश्‍वरसम्‍बन्‍धी हरेक कुरा र राज्‍य-शासनका कामको हेरविचार गर्नेहरू बनाए ।

  • 10त्यसपछि सिंहको जस्‍तो हृदय हुने सबैभन्दा सिपाही पनि भयभीत हुने छ, किनभने तपाईंको बुबा वीर योद्धा हुनुहुन्छ भनी सारा इस्राएलले जान्‍दछ र उहाँसँग भएका मानिसहरू धेरै बलिया छन् ।

  • 18तब अमासैमा आत्मा आउनुभयो, जो ती तिस जनामध्‍येका अगुवा थिए । अमासैले भने, “ए दाऊद, हामी तपाईंका हौं । ए यिशैका छोरा, हामी तपाईंको पक्षमा छौं । तपाईंलाई सहायता गर्ने जोसुकैमा शान्ति होस् । तपाईंका सहयोगीहरूमा शान्‍ति होस्, किनकि तपाईंका परमेश्‍वरले तपाईंलाई सहायता गरिरहनुभएको छ ।” तब दाऊदले तिनीहरूलाई ग्रहण गरे र आफ्‍ना मानिसहरूका कमाण्डरहरू तुल्‍याए ।

  • 17दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्‍ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए,

  • 10जसमा शाऊलको घरानाको राज्य हस्तान्तरण गर्न, र इस्राएलमाथि र यहूदामाथि दानदेखि बेर्शेबासम्मै दाऊदको सिंहासन स्थापित गर्न ।”

  • 14र इस्राएलको हरेक कुलबाट एक-एक जना गरी दस जना अगुवालाई तिनीसँगै पठाए र तिनीहरू सबै इस्राएलको कुलका परिवारको प्रमुख थिए ।

  • 1¶ दाऊदले फेरि पनि इस्राएलका चुनिएका सबै तिस हजार मानिसलाई एकसाथ भेला पारे ।

  • 8तिनीहरू गातका रफाका सन्‍तानहरू थिए, र तिनीहरू सबै दाऊदका हातबाट र तिनका सिपाहीहरूका हातबाट मारिए ।

  • 17जब दाऊदलाई यो कुरा भनियो, तब तिनले सबै इस्राएललाई एकसाथ भेला गरे, यर्दन तरे र हेलाममा आइपुगे । तब आरामीहरूले आफूलाई दाऊदको विरुद्धमा युद्ध मोर्चामा खडा गराए र तिनीसित युद्ध लडे ।

  • 13तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्‍याउन ठुलो शक्तिका साथमा युद्ध गरे ।

  • 11यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए ।

  • 10सोलोमनका निरीक्षकहरूका मुख्‍य अधिकारीहरू यिनैमध्येबाट भए जो २५० जना थिए, जसले काम गर्नेहरूको निरीक्षण गरे ।

  • 1¶ अब शाऊलका घराना र दाऊदका घरानाका बिच लामो समयसम्म युद्ध भइरह्‍यो । दाऊद झन्-झन् बलियो हुँदै गए, तर शाऊलको घराना झन्-झन् कमजोर हुँदै गयो ।

  • 24यहोयादाका छोरा बनायाहले यस्ता वीरताका काम गरे, र ती तिन जनासँग तिनको नाउँ उल्‍लेख गरियो ।

  • 30त्यहाँ तिनको शासनको समयका कामहरू, तिनका उपलब्धिहरू र तिनलाई असर पारेका घटनाहरू, इस्राएल, र अन्य देशका राज्यहरूको बारेमा त्‍यहाँ लेखिएका छन् ।

  • 1¶ दाऊदले आफूसँग भएका सिपाहरूको गन्ति गरे र तिनीहरूमाथि हजारका कप्‍तानहरू र सयका कप्‍तानहरू नियुक्‍त गरे ।

  • 11राजा दाऊदले यी सामानहरू साथै तिनले कब्जा गरेका सबै जातिबाट लिएका चाँदी र सुनलाई परमप्रभुको निम्ति अलग गरे,

  • 7तब दाऊद त्यही किल्‍लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्‍यसलाई दाऊदको सहर नामाकरण गरे ।

  • 18अब यो काम गर्नुहोस् । किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्‍नुभएको छ, 'म आफ्‍ना मानिसहरूलाई पलिश्‍तीहरूका हात र तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु' ।”

  • 26याईरी ईरा दाऊदका मुख्य सेवक थिए ।

  • 24तिनीहरूका पिताका घरानाहरूका मुखियाहरू यी नै थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल । तिनीहरू वीर मानिसहरू र प्रख्यात मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए ।

  • 11दाऊदले सादोक र अबियाथार पुजारीहरू, अनि लेवी उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाबलाई बोलाए ।

  • 3दाऊदले आफूसँग भएका मानिसहरूलाई हेब्रोनमा ल्याए र तिनीहरू हरेकले आ-आफ्‍नो परिवारहरू ल्याए, जहाँ तिनीहरू बसोबास गर्न थाले ।

  • 12तिनले सबै सहरमा ढाल र भालाहरू राखे, र तिनीहरूलाई धेरै बलियो बनाए । यसरी यहूदा र बेन्‍यामीन तिनका भए ।

  • 18यहोयादाका छोरा बनायाह करेती र पलेथीहरूका प्रमुख थिए र दाऊदका छोराहरू राजाका मुख्य अधिकृतहरू थिए ।

  • 5त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्‍नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए ।

  • 11योआबले भने, “आरामीहरू मेरो निम्ति साह्रै बलियो भए भने तिमी अबीशै मेरो उद्धार गर्नुपर्छ । तर अम्‍मोनका फौज तिम्रो निम्ति निकै बलिया भए भने, म आउने छु र तिम्रो उद्धार गर्ने छु ।