१ इतिहास 12:1
¶ कीशका छोरा शाऊलको उपस्थितिबाट दाऊद निकाला भएकै अवस्थामा सिक्लगमा यी मानिसहरू तिनीकहाँ आए । यिनीहरू युद्ध तिनलाई सहयोग गर्ने सिपाहीहरू थिए ।
¶ कीशका छोरा शाऊलको उपस्थितिबाट दाऊद निकाला भएकै अवस्थामा सिक्लगमा यी मानिसहरू तिनीकहाँ आए । यिनीहरू युद्ध तिनलाई सहयोग गर्ने सिपाहीहरू थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
15पहिलो महिनामा बढीले किनारै ढाकेको बेलामा यिनीहरूले यर्दन तरे, अनि उपत्यकाको पूर्व र पश्चिम दुवैतर्फ बस्ने सबैलाई लखेटे ।
16बेन्यामीन र यहूदाका केही मानिसहरू दाऊदकहाँ किल्लामा आए ।
17तिनीहरूलाई भेट्न दाऊद बाहिर निस्केर गए र यसो भनेर सम्बोधन गरे, “तिमीहरू मकहाँ शान्तिमा मलाई सहायता गर्न आएका हौ भने, तिमीहरू मसित सहभागी हुन सक्छौ । तर धोकाबाजी गरेर मेरा शत्रुहरूका हातमा मलाई सुम्पिदिन तिमीहरू आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्वरले हेर्नुहुन्छ र तिमीहरूलाई हप्काउनुहुन्छ, किनकि मैले कुनै खराबी गरेको छैन ।”
18तब अमासैमा आत्मा आउनुभयो, जो ती तिस जनामध्येका अगुवा थिए । अमासैले भने, “ए दाऊद, हामी तपाईंका हौं । ए यिशैका छोरा, हामी तपाईंको पक्षमा छौं । तपाईंलाई सहायता गर्ने जोसुकैमा शान्ति होस् । तपाईंका सहयोगीहरूमा शान्ति होस्, किनकि तपाईंका परमेश्वरले तपाईंलाई सहायता गरिरहनुभएको छ ।” तब दाऊदले तिनीहरूलाई ग्रहण गरे र आफ्ना मानिसहरूका कमाण्डरहरू तुल्याए ।
19पलिश्तीहरूसँग मिलेर दाऊदले शाऊलको विरुद्ध लड्न जाँदा, मनश्शेका केही मानिसहरूसमेत दाऊदतर्फ लागे । तापनि तिनीहरूले पलिश्तीहरूलाई मदत गरेनन्, किनभने पलिश्तीहरूका शासकहरूले एकआपसमा सल्लाह गरे र दाऊदलाई फर्काइदिए । तिनीहरूले भने, “हाम्रो जीवन जोखिमपूर्ण हुँदा तिनले आफ्ना मालिक शाऊलको साथ दिएर हामीलाई त्याग्नेछन् ।”
20तिनी सिक्लगमा जाँदा तिनीतर्फ लागेर आउने मनश्शेका मानिसहरू अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्लतै थिए । यि मनश्शेका हजार-हजार जनाका सेनानीहरू थिए ।
21यिनीहरूले नै लूटपीट गर्नेहरूका विरुद्धमा वीरतासँग दाऊदका साथ दिए, किनकि तिनीहरू योद्धाहरू थिए । पछि तिनीहरू सेनाका कमाण्डरहरू भए ।
22परमेश्वरको सेनाजस्तै ठूलो दाऊदको सेना नहुन्जेल दिनदिनै तिनलाई सहायता गर्न मानिसहरू तिनीकहाँ आए ।
23शाऊलको राज्याधिकार दाऊदलाई दिएर परमप्रभुको वचन पूरा गर्नलाई हतियारले सुसज्जित भएर हेब्रोनमा दाऊदसँग मिल्न आएका सिपाहीहरूका सूचीको लेख यही हो ।
2यिनीहरू धनुहरू बोक्थे, अनि घुयेंत्रोले ढुङ्गा हान्न र धनुबाट काँड हान्न दाहिने र देब्रे दुवै हात चलाउन सक्थे । यिनीहरू शाऊलका कुल बेन्यामीनका थिए ।
3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,
10इस्राएलको विषयमा परमप्रभुको वचन पालन गर्दै दाऊदको राज्यमा तिनको साथमा तिनलाई राजा बनाउनलाई जम्मै इस्राएलसँगै मिलेर आफूलाई सामर्थ्यवान् देखाउने तिनका अगुवाहरू यी नै थिए
1¶ शाऊलको मृत्युपछि अमालेकीहरूलाई आक्रमण गरेर दाऊद फर्के र सिक्लगमा दुई दिनसम्म बसे ।
8कोही गादीहरू पनि उजाड-स्थानको किल्लामा दाऊदसँग सहभागी भए । तिनीहरू युद्धका निम्ति तालिमप्राप्त योद्धाहरू थिए, जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्तै डरलाग्दा थिए । तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए ।
9एसेर तिनीहरूका अगुवा थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब,
8तिनीहरू गातका रफाका सन्तानहरू थिए, र तिनीहरू सबै दाऊदका हातबाट र तिनका सिपाहीहरूका हातबाट मारिए ।
38युद्धको निम्ति सुसज्जित यी सबै योद्धाहरू दाऊदलाई सारा इस्राएलमाथि राजा बनाउने दृढ़ सङ्कल्प गरेर हेब्रोनमा आए । इस्राएलका बाँकी सबै पनि दाऊदलाई राजा बनाउनलाई सहमत भए ।
13तब दाऊद र तिनीसँग भएका करिब छ सय जना मानिसहरू उठे र कीलाहबाट टाढा गए र तिनीहरू ठाउँ-ठाउँमा गए । दाऊद कीलाहबाट उम्के भनी शाऊललाई भनियो र तिनलले पिछा गर्न छोडे ।
14दाऊद उजाड-स्थान भएका किल्लाहरूमा, जीपको उजाड-स्थानको पडाडी देशमा बसे । शाऊलले तिनलाई हरेक दिन खोजे, तर परमेश्वरले तिनलाई उनको हातमा दिनुभएन ।
15शाऊलले तिनको ज्यान खोज्दै आएका कुरा दाऊदले देखे । यति बेला दाऊद जीपमा भएको होरेशको उजाड-स्थान थिए ।
1¶ जीपीहरू गिबामा शाऊलकहाँ आए र भने, “के दाऊद यशीमोन सामुन्नेको हकीलाहको पहाडमा लुकिरहेका छैनन्?”
2तब शाऊल उठे र इस्राएलका चुनिएका तिन हजार मानिसलाई आफूसित लिएर जीपको उजाड-स्थानमा दाऊदलाई खोज्न तल गए ।
15त्यसपछि जवान मानिसहरू उठे र बेन्यामीन र शाऊलका छोरा ईश्बोशेतका निम्ति बाह्र जना र दाऊदका निम्ति बाह्र जना सँगै भेला भए ।
21दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।
1¶ जब दाऊद र तिनका मानिसहरू तेस्रो दिनमा सिक्लगमा आए, अमालेकीहरूले नेगेव र सिक्लगलाई लूटेका थिए । तिनीहरूले सिग्लगलाई आक्रमण गरे र त्यसलाई आगोले लगाए,
12त्यसैले दाऊदका मानिसहरू फर्केर आए र भनिएका हरेक कुरा तिनलाई बताए ।
13दाऊदले तिनका मानिसहरूलाई भने, “हरेक मानिसले आ-आफ्नो तरवार भिर ।” त्यसैले हरेक मानिसले आ-आफ्नो तरवार भिरे । दाऊदले पनि आफ्नो तरवार भिरे । झण्डै चार सय मानिसहरू दाऊदको पछि लागे र दुई सय जनाचाहिं सरसामानसँगै बसे ।
52शाऊलको जीवनकालभरि नै पलिश्तीहरूसँग कडा युद्ध चलिरह्यो । जब शाऊलले कुनै वीर वा बलियो मानिसलाई देख्थे, तब तिनले उसलाई आफूसँगै राख्थे ।
1¶ ती दिनहरूमा पलिश्तीहरूले इस्रएलसँग युद्ध गर्न आफ्नो फौज सँगै भेला पारे । आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँगै सेनामा जानेछौ भन्ने जानी राख ।”
19त्यसपछि जीपीहरू गिबामा शाऊलकहाँ आए र भने, “के दाऊद यशीमोनको दक्षिणतिरका हकीला पहाडको होरेशका किल्लाहरू लुकिरहेका छैन र?
28अनि एक जना जवान, बलियो र साहसी मानिस सादोकको साथमा उसका आफ्नै बाबुका परिवारका बाईस जना अगुवा थिए ।
29शाऊलका कुल बेन्यामीनबाट तिन हजार जना थिए । तिमध्येका धेरैजसो त्यस बेलासम्म शाऊलप्रति निष्ठावान् थिए ।
17तिनीसित त्यहाँ बेन्यामीन कुलका मानिसहरू एक हजार जना थिए, र शाऊलका सेवक सीबा, तिनका पन्ध्र जना छोरा र तिनीसँगै बिस जना सेवक थिए ।
24तब तिनीहरू उठे र शाऊलभन्दा अगि जीपमा गए । दाऊद र तिनीसँग भएका मानिसहरू यशीमोनको दक्षिणतिरको अराबाको माओनको उजाड-स्थानमा थिए ।
1¶ यसैले दाऊद त्यहाँबाट भागे र अदुल्लामको गुफामा गए । जब तिनका दाजुहरू र तिनका बुबाका सबै घरानाले यो सुने, तिनीहरू तिनीकहाँ तल गए ।
2कष्टमा परेका हरेक, ऋणमा परेका हरेक र असन्तुष्ट हरेक, ती सबै तिनीकहाँ भेला भए । दाऊद तिनीहरूका कप्तान भए । तिनीसँग करिब चार सय जना मानिस थिए ।
19तिम्रा दाजुहरू शाऊलसँग र इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्तीहरूसँग लडिरहेका छन् ।”
12दाऊदचाहिं यहूदाका बेथलेहेमको एप्रातीका छोरा थिए जसको नाम यिशै थियो । तिनका आठ भाइ छोरा थिए । शाऊलको समयमा यिशै बृद्ध मानिस, मानिसहरू माझ धेरै वृद्ध थिए ।
8युद्धको निम्ति तल कीलाहमा जान, दाऊद र तिनका मानिसहरूलाई घेरा हाल्न शाऊलले आफ्ना सबै फौजलाई बोलाए ।
2त्यसपछि शाऊलले सबै इस्राएलबाट तिन हजार मानिसहरू छानेर लिए र दाऊद अनि तिनका मानिसहरूलाई खोज्न घोरलको चट्टानमा गए ।
26शाऊल पहाडको एकपट्टि हिंडे र दाऊद र तिनका मानिसहरू पहाडको अर्कोपट्टि हिंडिरहेका थिए । शाऊलबाट टाढा जानलाई दाऊद हतारिए । जसै शाऊल र तिनका मानिसहरूले दाऊद र तिनका मानिसहरूलाई समात्न घेरा लगाउँदै थिए,
3दाऊदका मानिसहरूले तिनलाई भने, “हे्र्नुहोस्, हामी यहाँ यहूदामा डराएका छौं । हामी कीलाहमा पलिश्तीहरूका फौजको विरुद्धमा गयौं भने झन् कति धेरै डराउनेछौं?
21अब पहिले पलिश्तीहरूसँग रहेका ती हिब्रूहरू जो तिनीहरूका छाउनीमा गएका थिए, तिनीहरू पनि इस्राएलीहरू, शाऊल र जोनाथनकहाँ आए ।
2दाऊद उठे र आफू र आफूसँग भएका छ सय मानिससँगै गातका राजा माओकका छोरा आकीशकहाँ गए ।
13तिनी दाऊदसँग पास-दम्मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्तीहरू युद्धको निम्ति भेला भए र पलिश्तीहरूदेखि सेना भाग्यो ।
1¶ बेन्यामीन कुलका एक जना प्रभावशाली मानिस थिए । तिनी बन्यामीनका खनाति, अपीहका जनाति, बकोरतका पनाति, जरोरका नाति अबीएलका छोरा कीश थिए ।
8फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।
22गातको रफाका सन्तानहरू यी नै थिए, र तिनीहरू दाऊदका हातद्वारा र तिनका सिपाहरूका हातद्वारा मारिए ।
26जब दाऊद सिक्लगमा आए, तिनले आफ्ना मित्रहरू अर्थात् यहूदाका धर्म-गुरुहरुलाई केही लूटका मालहरू पठाएर भने, “हेर्नुहोस्, परमप्रभुका शत्रहरूबाट लिइएका लुटका मालबाट तपाईंहरूका निम्ति उपहार यहाँ छ ।”
3दाऊदले आफूसँग भएका मानिसहरूलाई हेब्रोनमा ल्याए र तिनीहरू हरेकले आ-आफ्नो परिवारहरू ल्याए, जहाँ तिनीहरू बसोबास गर्न थाले ।