१ इतिहास 14:8

अनलक शाब्दिक बाइबल

अब दाऊद सम्‍पूर्ण इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू सबै तिनलाई खोज्‍न निस्‍के । तर दाऊदले यसको बारेमा सुने र उनीहरूको विरुद्ध निस्‍किए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 21:11 : 11 आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी देशका राजा दाऊद होइनन्? के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन्?'”
  • २ शमू 5:3 : 3 त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे ।
  • २ शमू 5:17-25 : 17 अब दाऊदलाई इस्राएलको राजा अभिषेक गरिएको छ भनेर जब पलिश्‍तीहरूले सुने, तब तिनीहरू सबै तिनलाई खोज्‍न गए । तर दाऊदले यो सुने र तल किल्लामा गए । 18 पलिश्‍तीहरू आएका थिए र रपाईको बेसीमा छरिएका थिए । 19 त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे । तिनले भने, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्‍नुभयो, “आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु ।” 20 त्यसैले दाऊदले बाल‍-पराजीमा आक्रमण गरे र त्‍यहाँ तिनले तिनीहरूलाई पराजित गरे । तिनले भने, “परमप्रभु विष्फोट हुने पानीको बाढीझैं मेरो सामु मेरा शत्रुहरूका विरुद्ध विष्फोट हुनुभएको छ ।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम भयो । 21 पलिश्‍तीहरूले त्यहाँ आफ्‍ना मूर्तीहरू छोडिराखे अनि दाऊद र तिनका मानिसहरूले ती लिएर गए । 22 त्‍यसपछि पलिश्‍तीहरू फेरि माथि आए र फेरि एक पटक रपाईो बेसीमा फैलिएर बसे । 23 त्यसैले दाऊदले फेरि पनि परमप्रभुसँग सहायता मागे र पमरप्रभुले तिनलाई भन्‍नुभयो, “तैंले तिनीहरूलाई अडागिबाट आक्रमण गर्नु हुँदैन, तर तिनीहरूको पछिल्तिरबाट फन्को मारेर लहरे-पिपलको जङ्गलभएर तिनीहरूमाथि जाइलाग । 24 जब तैंले लहरे-पिपलको टुप्पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्‍छस्, तब फौजका साथमा आक्रमण गर् । यसो गर् किनभने तैंले पलिश्‍तीहरू आक्रमण गर्नुअगि परमप्रभु जानुभएको हुनुहुने छ ।” 25 त्यसैले परमप्रभुले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्‍तीहरूलाई गिबिनदेखि गेजेरतिर जाने बाटोसम्म नै मारे ।
  • १ इति 11:3 : 3 त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।
  • भजन 2:1-6 : 1 ¶ जातिहरूले किन कोलाहल मच्‍चाउँछन् र मानिसहरूले किन असफल हुने षड्यान्त्र रच्छन्? 2 पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्‍त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्‍छन्, 3 “तिनीहरूले हामीलाई लगाएका हतकडीहरू हामी तोडौं र तिनीहरूका साङ्लाहरू फालौं ।” 4 स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ । 5 तब उहाँ तिनीहरूसँग आफ्नो रिसमा बोल्नुहुन्छ र तिनीहरूलाई आफ्नो क्रोधमा यसो भनेर त्रसित पार्नुहुन्छ, 6 “मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।”
  • प्रका 11:15-18 : 15 तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्‍य हाम्रा प्रभु र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।” 16 त्यसपछि चौबिस जना धर्म-गुरु जो तिनीहरूको सिंहासनअगि आ-आफ्ना आसनमा परमेश्‍वरको उपस्थितिमा घोप्‍टो परेर अनुहार निहुराएर बसिरहेका थिए, तिनीहरूले परमेश्‍वरको आराधना गरे । 17 तिनीहरूले भने, “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर हामी तपाईंलाई धन्यवाद दिन्छौँ, जो हुनुहुन्छ र जो हुनुहुन्थ्‍यो, किनकि तपाईंले महान् शक्‍ति लिनुभएको छ र राज्य गर्न थाल्नुभएको छ । 18 संसारका राष्‍ट्रहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने समय आएको छ, र तपाईंका दास अगमवक्‍ताहरू सन्तहरू, जो विश्‍वासीहरू हुन्, र जो तपाईंको नाउँमा डराउँछन्, महत्त्‍वहीन र शक्‍तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 5:16-19
    4 पदहरू
    87%

    16एलीशामा, एल्यादा र एलीपेलेत ।

    17अब दाऊदलाई इस्राएलको राजा अभिषेक गरिएको छ भनेर जब पलिश्‍तीहरूले सुने, तब तिनीहरू सबै तिनलाई खोज्‍न गए । तर दाऊदले यो सुने र तल किल्लामा गए ।

    18पलिश्‍तीहरू आएका थिए र रपाईको बेसीमा छरिएका थिए ।

    19त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे । तिनले भने, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्‍नुभयो, “आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु ।”

  • १ इति 14:9-10
    2 पदहरू
    87%

    9अब पलिश्‍तीहरूले आएका र रपाईहरूको बेसीमा आक्रमण गरेका थिए ।

    10तब दाऊदले परमेश्‍वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्छ?” परमप्रभुले तिनलाई भन्‍नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्‍पिदिनेछु ।”

  • 48जब त्‍यो पलिश्ती उठ्‍यो र दाऊदको नजिक जान लाग्‍यो, तब उसलाई भेट्न दाऊद छिटो दौडेर शत्रुका फौजतिर गए ।

  • 8फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।

  • 1¶ ती दिनहरूमा पलिश्‍तीहरूले इस्रएलसँग युद्ध गर्न आफ्नो फौज सँगै भेला पारे । आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँगै सेनामा जानेछौ भन्‍ने जानी राख ।”

  • 13तब पलिश्‍तीहरूले फेरि पनि उक्‍त बेंसीमा आक्रमण गरे ।

  • १ इति 14:15-17
    3 पदहरू
    78%

    15जब तैंले लहरे-पीपलका रूखका टुप्‍पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्छस्, तब फौजसहित आक्रमण गर् । यसो गर् किनभने परमेश्‍वर तिमीहरूका अगिअगि पलिश्‍तीको सेनालाई आक्रमण गर्न जानुहुनेछ ।”

    16यसैले परमेश्‍वरले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्‍तीहरूका सेनालाई गिबोनदेखि गेजेरसम्‍मै पराजित गरे ।

    17तब दाऊदको ख्‍याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जातिहरूमाथि तिनको डर हालिदिनुभयो ।

  • 23तिनी उनीहरूसँग कुरा गरिरहँदा, गोल्यत नाउँ गरेको त्यो बलियो पलिश्‍ती पलिश्‍तीहरूको फौजबाट आयो र पहिलेको जस्तै शब्दहरू भन्‍यो र दाऊदले त्यो सुने ।

  • 30त्यसपछि पलिश्तीहरूका शासकहरू युद्ध गर्न आए र तिनीहरू जति पटक युद्ध गर्न आए पनि दाऊदचाहिं तिनीहरूमाथि शाऊलका अन्य सेवकहरूभन्दा धेरै सफल भए, जसले गर्दा तिनको नाउँको उच्‍च कदर गरिएको थियो ।

  • 7एलीशामा, बेलीयादा र एलीपेलेत ।

  • १ शमू 23:1-2
    2 पदहरू
    77%

    1¶ तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाह विरुद्ध लडिरहेका छन् र अन्‍नका खलाहरू लूटिरहेका छन् ।”

    2त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्‍तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्‍नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”

  • 41त्‍यो पलिश्‍ति आयो र दाऊदको नजिक गयो । उसको हतियार बोक्‍ने उसको अगि थियो ।

  • 22त्‍यसपछि पलिश्‍तीहरू फेरि माथि आए र फेरि एक पटक रपाईो बेसीमा फैलिएर बसे ।

  • 7जब इस्राएलका मानिसहरू मिस्पामा भला भएका छन् भन्‍ने पलिश्तीहरूले सुने, पलिश्तीहरूका शासकहरूले इस्राएललाई आक्रमण गरे । जब इस्राएलका मानिसहरूले यो सुने, तिनीहरू पलिश्तीहरूसँग डराए ।

  • 11जब शाऊल र सारा इस्राएलले त्‍यो पलिश्‍तीले भनेको कुरा सुने, तिनीहरू निरुत्साहित भए र साह्रै डराए ।

  • 15त्यसपछि पलिश्‍तीहरू फेरि इस्राएलको विरुद्धमा युद्ध गर्न गए । त्यसैले दाऊद आफ्नो फौजका साथमा तल गए र पलिश्‍तीहरूको विरुद्ध लडे । दाऊद युद्धको थकानले लखतरान भएका थिए ।

  • १ शमू 17:31-32
    2 पदहरू
    76%

    31जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।

    32तब दाऊदले शाऊललाई भने, “त्यो पलिश्तीको कारणले कसैको हृदय हतास नहोस् । तपाईंको दास जानेछ र यो पलिश्तीसँग लड्नेछ ।”

  • 22जब एफ्राइम नजिकको पहाडतिर लुकेका इस्राएलका सबै मानिसले पलिश्‍तीहरू भागिरहेका छन् भनी सुने, तब तिनीहरूले पनि उनीहरूलाई युद्धमा खेदे ।

  • १ शमू 17:19-21
    3 पदहरू
    76%

    19तिम्रा दाजुहरू शाऊलसँग र इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्‍तीहरूसँग लडिरहेका छन् ।”

    20दाऊद बिहान सबेरै उठे र भेडाहरू गोठालाहरूको हातमा हेरचाहमा छोडे । तिनले खाद्यन्‍नहरू लिए र यिशैले तिनलाई आज्ञा गरेझैं गए । तिनी फौजहरू युद्ध-ध्वनिका साथ युद्ध मैदानमा जाँदै गर्दा छाउनीमा आए ।

    21इस्राएल र पलिश्‍तीहरू युद्धको निम्ति फौजको विरुद्ध फौज पङ्तिबद्ध भए ।

  • 46त्‍यसपछि शाऊलले पलिश्तीहरूको पिछा गर्न छोडे र पलिश्तीहरू आ-आफ्ना घरमा गए ।

  • 10त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए ।

  • 45दाऊदले त्‍यो पलिश्‍तिलाई जवाफ दिए, “तँ त तरवार, भाला र बर्छासित मकहाँ आइस् । तर म त सर्वशक्तिमान् परमप्रभु, इस्राएलको फौजका परमेश्‍वरको नाउँमा तँकहाँ आउँछु, जसको तैंले विरोध गरेको छस् ।

  • 1¶ यसपछि दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई जिते । तिनले गात र त्‍यसका वरिपरिका गाउँहरू तिनीहरूबाट लिए ।

  • 4शऊलले पलिश्तीहरूका चौकीलाई हराए र अझै इस्राएल पलिश्तीहरूको निम्ति दुर्गन्ध बनेका थिए भन्‍ने सबै इस्राएलले सुने । तब गिलगालमा शऊलकहाँ आउन सबै सिपाहरूलाई बोलाइयो ।

  • १ शमू 17:50-52
    3 पदहरू
    75%

    50त्‍यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए । तिनले त्‍यो पलिस्तीलाई हिर्काए र उसलाई मारे । दाऊदको हातमा कुनै तरवार थिएन ।

    51अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्‍यसको म्यानबाट झिके, उसलाई मारे र त्‍यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्‍नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे ।

    52त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्‍म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।

  • 4तब दाऊदले परमप्रभुसँग सहायताको निम्ति फेरि प्रार्थना गरे । परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्, तल कीलाहमा जा । किनकि म तँलाई पलिश्तीहरूमाथि विजय दिनेछु ।”

  • 8जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्‍मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।

  • 2शाऊल र इस्राएलका मानिसहरू भेला भए र एलाहको मैदानमा छाउनी हाले र पलिश्‍तीहरूसँग युद्ध गर्न पङ्तीबद्ध भए ।

  • 4तब पलिश्‍तीहरू आफूलाई एकसाथ भेला पारे र शूनेममा आएर छाउनी हाले । अनि शाऊलले सबै इस्राएललाई एकसाथ भेला पारे र तिनीहरूले गिल्बोमा छाउनी हाले ।

  • 11त्यसैले दाऊद बिहान सबेरै उठे, तिनी र तिनका मानिसहरू पलिश्तीहरूको देशमा फर्कन बिहान सबेरै हिंडे । तर पलिश्तीहरू माथि यिजरेलतिर गए ।

  • 1¶ जब पलिश्‍तीहरूलाई लखेटेर शाऊल फर्के, तब तिनलाई भनियो, “दाऊद एन-गदीको उजाड-स्‍थानमा छन् ।”

  • 3त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।

  • 1¶ यसपछि यस्‍तो भयो, दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई परास्‍त गरे । त्यसैले दाऊदले मेथेग आमाहलाई पलिश्‍तीहरूको अधीनबाट लिए ।

  • १ शमू 29:1-2
    2 पदहरू
    74%

    1¶ अब पलिश्‍तीहरूले आफ्‍ना सारा फौजलाई अपेकमा एकसाथ भेला पारे । इस्रएलीहरूले यिजरेलको पानीको मूलनेर छाउनी हाले ।

    2पलिश्‍तीहरूका शासकहरू सय र हजारको पङ्तिमा अघि बढे । दाऊद र तिनका मानिसहरू आकीशका पछिल्तिरका अङ्‍गरक्षकहरू थिए ।

  • 17जब दाऊदलाई यो कुरा भनियो, तब तिनले सबै इस्राएललाई एकसाथ भेला गरे, यर्दन तरे र हेलाममा आइपुगे । तब आरामीहरूले आफूलाई दाऊदको विरुद्धमा युद्ध मोर्चामा खडा गराए र तिनीसित युद्ध लडे ।

  • 37दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्‍जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”

  • 26दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”