१ शमूएल 17:45

अनलक शाब्दिक बाइबल

दाऊदले त्‍यो पलिश्‍तिलाई जवाफ दिए, “तँ त तरवार, भाला र बर्छासित मकहाँ आइस् । तर म त सर्वशक्तिमान् परमप्रभु, इस्राएलको फौजका परमेश्‍वरको नाउँमा तँकहाँ आउँछु, जसको तैंले विरोध गरेको छस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 32:8 : 8 तिनीसित शारीरिक हतिहार मात्र छन्, तर हामीलाई सहायता गर्न र हाम्रो युद्ध गर्न हामीसित हाम्रा परमप्रभु परमेश्‍वर हुनुहुन्छ ।” तब यहूदाका राजा हिजकियाको वचनले गर्दा यहूदाका मानिसहरूले आफैलाई सान्त्वना दिए ।
  • १ शमू 17:36 : 36 तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्‍वरको फौजलाई चुनौती दिएको छ ।”
  • २ शमू 22:33-35 : 33 परमेश्‍वर मेरो शरणस्थान हुनुहुन्छ र उहाँले निर्दोष व्‍यक्‍तिलाई आफ्‍नो मार्गमा डोर्‍याउनुहुन्छ । 34 उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रुत बनाउनुहुन्छ र मलाई उच्‍च स्थानहरूमा राख्‍नुहुन्छ । 35 उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालिम दिनुहुन्छ र मेरा बाहुलीहरूले काँसाको धनु झुकाउँछन् ।
  • १ शमू 17:10 : 10 त्‍यो पलिश्‍तीले फेरि भन्‍यो, “म इस्राएलको फौजलाई आज चुनौती दिन्छु । मलाई एउटा मानिस देओ, ताकि हामीसँगै लड्न सकौं ।”
  • फिलि 4:13 : 13 जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्दछु ।
  • २ कोरि 3:5 : 5 कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफैँ योग्य छैनौँ । बरु, हाम्रो योग्यता परमेश्‍वरबाट आएको हो ।
  • २ कोरि 10:4 : 4 हामीले लडाइँ लड्ने हतियार शारीरिक होइन, बरु तिनीहरूसँग किल्लाहरू नष्‍ट गर्न सक्‍ने ईश्‍वरीय शक्‍ति छ । तिनीहरूले बहकाउने विवादहरूलाई बेकारको तुल्याउँछन् ।
  • १ शमू 17:26 : 26 दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”
  • भजन 3:8 : 8 उद्धार परमप्रभुबाट आउँछ । तपाईंका आशिष्‌हरू तपाईंका मानिसहरूमा रहोस् । सेला
  • भजन 18:2 : 2 परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्‍वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्‍छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।
  • भजन 20:5-7 : 5 अनि हामी तपाईंको विजयमा आनन्‍दित हुनेछौं र हाम्रा परमेश्‍वरको नाउँमा हामी झन्डाहरू उचाल्नेछौं । परमप्रभुले तपाईंका सबै बिन्तीहरू सुन्‍नुभएको होस् । 6 परमप्रभुले आफ्‍नो अभिषिक्‍त जनलाई बचाउनुहुन्छ भनी म जान्दछु । उहाँलाई बचाउन सक्‍ने आफ्नो दाहिने हातको बलले, आफ्‍नो पवित्र स्वर्गबाट परमप्रभुले उहाँलाई जवाफ दिनुहुनेछ । 7 कसैले रथहरूमा र अरूले घोडाहरूमा भर पर्छन् तर हामी परमप्रभु हाम्रा परमेश्‍वरमा पुकारा गर्छौं ।
  • भजन 44:6 : 6 किनकि म आफ्‍नो धनुमा भरोसा गर्नेछैनँ, न त मलाई मेरो तरवारले बचाउनेछ ।
  • भजन 118:10-11 : 10 सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें । 11 तिनीहरूले मलाई घेरा हाले । हो, तिनीहरूले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।
  • भजन 124:8-125:1 : 8 परमप्रभु हाम्रो सहायता हुनुहुन्छ, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो । 1 ¶ परमप्रभुमा भरोसा गर्नेहरू सियोन पर्वतजस्तै अटल र सदासर्वदा रहिरहन्छन् ।
  • नीति 18:10 : 10 परमप्रभुको नाम एउटा बलियो धरहरा हो । धर्मात्मा त्यहाँ दौडेर जान्छ र सुरक्षित हुन्छ ।
  • यशा 37:23 : 23 तैंले कसको निन्दा र अपमान गरेको छस्? कसको विरुद्ध तैंले घमण्डमा आफ्‍ना आँखा उचालेको र आफ्‍नो सोर उच्‍च पारेको छस्? इस्राएलको परमपवित्रको विरुद्ध हो ।
  • यशा 37:28 : 28 तर तेरो बसाइ, तँ बाहिर गएको, भित्र आएको र तँ मेरो विरुद्ध रिसाएको मलाई थाहा छ ।
  • इब्रा 11:32-34 : 32 अनि योभन्दा बढी म के भनौँ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्‍ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन । 33 विश्‍वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्‍त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए । 34 तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्‍तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 17:40-44
    5 पदहरू
    84%

    40तिनले आफ्नो लट्ठी हातमा लिए र खोलाबाट पाँच वटा चिल्‍लो ढुङ्गा छाने । तिनले ती आफ्नो गोठालोको झोलामा हाले । त्‍यो पलिश्तीसँग भिड्‍न जाँदा तिनको हातमा घुयेंत्रो थियो ।

    41त्‍यो पलिश्‍ति आयो र दाऊदको नजिक गयो । उसको हतियार बोक्‍ने उसको अगि थियो ।

    42जब त्‍यो पलिश्‍तीले अघि हेर्‍यो र दाऊदलाई देख्‍यो, तब उसले तिनलाई तुच्छ ठान्‍यो, किनकि तिनी राता गाला भएका सुन्‍दर स्वरूपका एउटा सानो केटा मात्र थिए ।

    43तब त्‍यो पलिश्‍तीले दाऊदलाई भन्‍यो, “के म कुकुर हो र तँ लट्टी लिएर आइस्?,” र पलिश्‍तीले आफ्‍नो देवताहरूको नाउँमा सराप्‍यो ।

    44त्‍यो पलिश्तीले दाऊदलाई भन्‍यो, “मकहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जमिनका पशुहरूलाई दिनेछु ।”

  • १ शमू 17:46-52
    7 पदहरू
    84%

    46आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ र म तँलाई मार्नेछु र तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु । आज म पलिश्‍ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु, ताकि इस्राएलमा परमेश्‍वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्‍न सकोस्,

    47साथै भेला भएका यी सबैले जानून् कि परमप्रभुले तरवार वा भालाले विजन दिनुहुन्‍न । किनकि युद्ध परमप्रभुको हो र उहाँले नै तँलाई मेरो हातमा दिनुहुनेछ ।

    48जब त्‍यो पलिश्ती उठ्‍यो र दाऊदको नजिक जान लाग्‍यो, तब उसलाई भेट्न दाऊद छिटो दौडेर शत्रुका फौजतिर गए ।

    49दाऊदले आफ्नो झोलामा आफ्‍नो हात हाले, त्‍यसबाट एउटा ढुङ्गा लिए, त्यसलाई घुयेंत्रोमा घुमाए र पलिश्तीको निधारमा हिर्काए । त्‍यो ढुङ्गा उक्‍त पलिश्‍तीको निधारमै गाडियो र ऊ घोप्टो परेर जमिनमा ढल्‍यो ।

    50त्‍यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए । तिनले त्‍यो पलिस्तीलाई हिर्काए र उसलाई मारे । दाऊदको हातमा कुनै तरवार थिएन ।

    51अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्‍यसको म्यानबाट झिके, उसलाई मारे र त्‍यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्‍नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे ।

    52त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्‍म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।

  • १ शमू 17:25-28
    4 पदहरू
    84%

    25इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन् ।”

    26दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”

    27अनि मानिसहरूले भनिरहेका कुरालाई नै दोहोर्‍याए र तिनलाई भने, “उसलाई मार्नेलाई यसै गरिनेछ ।”

    28तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने । एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, “तँ यहाँ किन आइस्? उजाड-स्‍थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ । किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस् ।”

  • १ शमू 17:7-11
    5 पदहरू
    83%

    7उसको भालाको डण्डा कपडा बुन्‍ने जुलाहको थुरीजस्तै ठुलो थियो । उसको भालाको टुप्‍पो सात किलो फलामको थियो । उसको ढाल बोक्‍ने त्यसको अगि-अगि गयो ।

    8ऊ खडा भयो र इस्राएलको फौजतिर चिच्याए, “तिमीहरू लडाइँको निम्ति पङ्तीबद्ध हुन किन आएका छौ? के म एक जना पलिश्‍ती होइन र तिमीहरू शाऊलको सेवकहरू होइनौ र? आफ्नो निम्ति एक जना मानिसलाई चुन र ऊ मकहाँ तल आओस् ।

    9मसँग लडेर उसले मलाई जित्‍यो भने, हामी तिमीहरूका सेवकहरू हुनेछौं । तर मैले त्यसलाई हराएँ भने, तिमीहरू हाम्रो सेवकहरू हुनेछौ र हाम्रो सेवा गर्नेछौ ।”

    10त्‍यो पलिश्‍तीले फेरि भन्‍यो, “म इस्राएलको फौजलाई आज चुनौती दिन्छु । मलाई एउटा मानिस देओ, ताकि हामीसँगै लड्न सकौं ।”

    11जब शाऊल र सारा इस्राएलले त्‍यो पलिश्‍तीले भनेको कुरा सुने, तिनीहरू निरुत्साहित भए र साह्रै डराए ।

  • १ शमू 17:35-37
    3 पदहरू
    83%

    35म त्यसलाई लखेट्थें र त्यसलाई आक्रमण गर्थें र त्यसको मुखबाट यसलाई छुटकारा दिन्थें । जब त्यो मेरो विरुद्ध आइलाग्थ्यो, मैले त्यसको दाह्रीमा समातेर त्यसलाई प्रहार गर्थें र मार्थें ।

    36तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्‍वरको फौजलाई चुनौती दिएको छ ।”

    37दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्‍जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”

  • 23तिनी उनीहरूसँग कुरा गरिरहँदा, गोल्यत नाउँ गरेको त्यो बलियो पलिश्‍ती पलिश्‍तीहरूको फौजबाट आयो र पहिलेको जस्तै शब्दहरू भन्‍यो र दाऊदले त्यो सुने ।

  • १ शमू 17:32-33
    2 पदहरू
    80%

    32तब दाऊदले शाऊललाई भने, “त्यो पलिश्तीको कारणले कसैको हृदय हतास नहोस् । तपाईंको दास जानेछ र यो पलिश्तीसँग लड्नेछ ।”

    33शाऊलले दाऊदलाई भने, “तिमी यो पलिश्तीको विरुद्धमा लाड्न जान सक्षम छैनौ । किनभने तिमी भर्खरको केटा मात्र हौ र ऊ आफ्‍नो जवानीदेखि नै युद्धमा छ ।”

  • १ इति 14:8-10
    3 पदहरू
    79%

    8अब दाऊद सम्‍पूर्ण इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू सबै तिनलाई खोज्‍न निस्‍के । तर दाऊदले यसको बारेमा सुने र उनीहरूको विरुद्ध निस्‍किए ।

    9अब पलिश्‍तीहरूले आएका र रपाईहरूको बेसीमा आक्रमण गरेका थिए ।

    10तब दाऊदले परमेश्‍वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्छ?” परमप्रभुले तिनलाई भन्‍नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्‍पिदिनेछु ।”

  • २ शमू 5:19-20
    2 पदहरू
    78%

    19त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे । तिनले भने, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्‍नुभयो, “आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु ।”

    20त्यसैले दाऊदले बाल‍-पराजीमा आक्रमण गरे र त्‍यहाँ तिनले तिनीहरूलाई पराजित गरे । तिनले भने, “परमप्रभु विष्फोट हुने पानीको बाढीझैं मेरो सामु मेरा शत्रुहरूका विरुद्ध विष्फोट हुनुभएको छ ।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम भयो ।

  • १ शमू 17:19-21
    3 पदहरू
    78%

    19तिम्रा दाजुहरू शाऊलसँग र इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्‍तीहरूसँग लडिरहेका छन् ।”

    20दाऊद बिहान सबेरै उठे र भेडाहरू गोठालाहरूको हातमा हेरचाहमा छोडे । तिनले खाद्यन्‍नहरू लिए र यिशैले तिनलाई आज्ञा गरेझैं गए । तिनी फौजहरू युद्ध-ध्वनिका साथ युद्ध मैदानमा जाँदै गर्दा छाउनीमा आए ।

    21इस्राएल र पलिश्‍तीहरू युद्धको निम्ति फौजको विरुद्ध फौज पङ्तिबद्ध भए ।

  • 16चालिस दिनसम्म त्यो बलियो पलिश्‍ती बिहान र साँझ आफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे ।

  • १ शमू 23:1-3
    3 पदहरू
    77%

    1¶ तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाह विरुद्ध लडिरहेका छन् र अन्‍नका खलाहरू लूटिरहेका छन् ।”

    2त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्‍तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्‍नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”

    3दाऊदका मानिसहरूले तिनलाई भने, “हे्र्नुहोस्, हामी यहाँ यहूदामा डराएका छौं । हामी कीलाहमा पलिश्तीहरूका फौजको विरुद्धमा गयौं भने झन् कति धेरै डराउनेछौं?

  • 16यसैले परमेश्‍वरले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्‍तीहरूका सेनालाई गिबोनदेखि गेजेरसम्‍मै पराजित गरे ।

  • १ शमू 17:3-4
    2 पदहरू
    76%

    3पलिश्‍तीहरू पहाडको एकापट्टि र इस्राएल पहाडको अर्कोपट्टि मैदानलाई तिनीहरूका बिचमा पारेर खडा भए ।

    4गातको गोल्यत नाउँ गरेको एक जना बलियो मानिस पलिश्‍तीहरूको छाउनीबाट आयो, जसको उचाइ तिन मिटर थियो ।

  • 57जब त्‍यो पलिश्‍तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्‍यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।

  • 54दाऊदले त्‍यो पलिश्तीको शिर लिए र त्‍यो यरूशलेममा ल्याए, तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे ।

  • 9पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्‍ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्‍यो लाने इच्‍छा हुन्छ भने त्‍यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।” दाऊदले भने, “त्यो जस्‍तो अरू कुनै तरवार छैन । त्‍यो मलाई दिनुहोस् ।”

  • 1¶ ती दिनहरूमा पलिश्‍तीहरूले इस्रएलसँग युद्ध गर्न आफ्नो फौज सँगै भेला पारे । आकीशले दाऊदलाई भने, “तिमी र तिम्रा मानिसहरू मसँगै सेनामा जानेछौ भन्‍ने जानी राख ।”

  • 8फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।

  • 25त्यसैले परमप्रभुले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्‍तीहरूलाई गिबिनदेखि गेजेरतिर जाने बाटोसम्म नै मारे ।

  • 18अब यो काम गर्नुहोस् । किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्‍नुभएको छ, 'म आफ्‍ना मानिसहरूलाई पलिश्‍तीहरूका हात र तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु' ।”

  • 3दाऊदले तिनलाई सोधे, “तिमी कहाँबाट आएको हौ?” तिनले जवाफ दिए, “म इस्राएलको छाउनीबाट उम्केर भएको ।”