१ शमूएल 17:3
पलिश्तीहरू पहाडको एकापट्टि र इस्राएल पहाडको अर्कोपट्टि मैदानलाई तिनीहरूका बिचमा पारेर खडा भए ।
पलिश्तीहरू पहाडको एकापट्टि र इस्राएल पहाडको अर्कोपट्टि मैदानलाई तिनीहरूका बिचमा पारेर खडा भए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ यति बेला पलिश्तीहरूले युद्धको निम्ति आफ्ना फौजहरू भेला गरे । तिनीहरू सोकोमा भेला भए जुन यहूदाको क्षेत्र हो । तिनीहरूले सोको र आजेकाको बिचमा एपेस-दम्मीममा छाउनी हाले ।
2शाऊल र इस्राएलका मानिसहरू भेला भए र एलाहको मैदानमा छाउनी हाले र पलिश्तीहरूसँग युद्ध गर्न पङ्तीबद्ध भए ।
19तिम्रा दाजुहरू शाऊलसँग र इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्तीहरूसँग लडिरहेका छन् ।”
20दाऊद बिहान सबेरै उठे र भेडाहरू गोठालाहरूको हातमा हेरचाहमा छोडे । तिनले खाद्यन्नहरू लिए र यिशैले तिनलाई आज्ञा गरेझैं गए । तिनी फौजहरू युद्ध-ध्वनिका साथ युद्ध मैदानमा जाँदै गर्दा छाउनीमा आए ।
21इस्राएल र पलिश्तीहरू युद्धको निम्ति फौजको विरुद्ध फौज पङ्तिबद्ध भए ।
4गातको गोल्यत नाउँ गरेको एक जना बलियो मानिस पलिश्तीहरूको छाउनीबाट आयो, जसको उचाइ तिन मिटर थियो ।
40तिनले आफ्नो लट्ठी हातमा लिए र खोलाबाट पाँच वटा चिल्लो ढुङ्गा छाने । तिनले ती आफ्नो गोठालोको झोलामा हाले । त्यो पलिश्तीसँग भिड्न जाँदा तिनको हातमा घुयेंत्रो थियो ।
41त्यो पलिश्ति आयो र दाऊदको नजिक गयो । उसको हतियार बोक्ने उसको अगि थियो ।
8ऊ खडा भयो र इस्राएलको फौजतिर चिच्याए, “तिमीहरू लडाइँको निम्ति पङ्तीबद्ध हुन किन आएका छौ? के म एक जना पलिश्ती होइन र तिमीहरू शाऊलको सेवकहरू होइनौ र? आफ्नो निम्ति एक जना मानिसलाई चुन र ऊ मकहाँ तल आओस् ।
9मसँग लडेर उसले मलाई जित्यो भने, हामी तिमीहरूका सेवकहरू हुनेछौं । तर मैले त्यसलाई हराएँ भने, तिमीहरू हाम्रो सेवकहरू हुनेछौ र हाम्रो सेवा गर्नेछौ ।”
10त्यो पलिश्तीले फेरि भन्यो, “म इस्राएलको फौजलाई आज चुनौती दिन्छु । मलाई एउटा मानिस देओ, ताकि हामीसँगै लड्न सकौं ।”
11जब शाऊल र सारा इस्राएलले त्यो पलिश्तीले भनेको कुरा सुने, तिनीहरू निरुत्साहित भए र साह्रै डराए ।
1¶ यति बेला पलिश्तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका हरेक मानिस पलिश्तीहरूको सामुबाट भागे र गिल्बो डाँडामा मरे ।
8अब दाऊद सम्पूर्ण इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्तीहरूले सुने, तब उनीहरू सबै तिनलाई खोज्न निस्के । तर दाऊदले यसको बारेमा सुने र उनीहरूको विरुद्ध निस्किए ।
9अब पलिश्तीहरूले आएका र रपाईहरूको बेसीमा आक्रमण गरेका थिए ।
13तब पलिश्तीहरूले फेरि पनि उक्त बेंसीमा आक्रमण गरे ।
1¶ यति बेला पलिश्तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे । इस्राएलका मानिसहरू पलिश्तीहरूका सामुबाट भागे र गिल्बो डाँडामा मरे ।
23तिनी उनीहरूसँग कुरा गरिरहँदा, गोल्यत नाउँ गरेको त्यो बलियो पलिश्ती पलिश्तीहरूको फौजबाट आयो र पहिलेको जस्तै शब्दहरू भन्यो र दाऊदले त्यो सुने ।
24जब इस्राएलका सबै मानिसहरूले त्यो मानिसलाई देखे, तिनीहरू त्यसदेखि भागे र साह्रै भयभीत भए ।
25इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्त गर्नेछन् ।”
26दाऊदले आफ्नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”
16चालिस दिनसम्म त्यो बलियो पलिश्ती बिहान र साँझ आफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे ।
48जब त्यो पलिश्ती उठ्यो र दाऊदको नजिक जान लाग्यो, तब उसलाई भेट्न दाऊद छिटो दौडेर शत्रुका फौजतिर गए ।
49दाऊदले आफ्नो झोलामा आफ्नो हात हाले, त्यसबाट एउटा ढुङ्गा लिए, त्यसलाई घुयेंत्रोमा घुमाए र पलिश्तीको निधारमा हिर्काए । त्यो ढुङ्गा उक्त पलिश्तीको निधारमै गाडियो र ऊ घोप्टो परेर जमिनमा ढल्यो ।
50त्यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए । तिनले त्यो पलिस्तीलाई हिर्काए र उसलाई मारे । दाऊदको हातमा कुनै तरवार थिएन ।
51अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्यसको म्यानबाट झिके, उसलाई मारे र त्यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे ।
52त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।
17अब दाऊदलाई इस्राएलको राजा अभिषेक गरिएको छ भनेर जब पलिश्तीहरूले सुने, तब तिनीहरू सबै तिनलाई खोज्न गए । तर दाऊदले यो सुने र तल किल्लामा गए ।
18पलिश्तीहरू आएका थिए र रपाईको बेसीमा छरिएका थिए ।
1¶ अब पलिश्तीहरूले आफ्ना सारा फौजलाई अपेकमा एकसाथ भेला पारे । इस्रएलीहरूले यिजरेलको पानीको मूलनेर छाउनी हाले ।
4तब पलिश्तीहरू आफूलाई एकसाथ भेला पारे र शूनेममा आएर छाउनी हाले । अनि शाऊलले सबै इस्राएललाई एकसाथ भेला पारे र तिनीहरूले गिल्बोमा छाउनी हाले ।
44त्यो पलिश्तीले दाऊदलाई भन्यो, “मकहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जमिनका पशुहरूलाई दिनेछु ।”
45दाऊदले त्यो पलिश्तिलाई जवाफ दिए, “तँ त तरवार, भाला र बर्छासित मकहाँ आइस् । तर म त सर्वशक्तिमान् परमप्रभु, इस्राएलको फौजका परमेश्वरको नाउँमा तँकहाँ आउँछु, जसको तैंले विरोध गरेको छस् ।
46आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ र म तँलाई मार्नेछु र तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु । आज म पलिश्ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु, ताकि इस्राएलमा परमेश्वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्न सकोस्,
7जब इस्राएलका मानिसहरू मिस्पामा भला भएका छन् भन्ने पलिश्तीहरूले सुने, पलिश्तीहरूका शासकहरूले इस्राएललाई आक्रमण गरे । जब इस्राएलका मानिसहरूले यो सुने, तिनीहरू पलिश्तीहरूसँग डराए ।
22त्यसपछि पलिश्तीहरू फेरि माथि आए र फेरि एक पटक रपाईो बेसीमा फैलिएर बसे ।
13तब दाऊद पारिपट्टि गए र टाढा पहाडको टाकुरमा खडा भए । तिनीहरू बिच लामो दूरी थियो ।
1¶ सम्पूर्ण इस्राएलभरि शामूएलले वचन दिए । यति बेला इस्राएल पलिश्तीहरूका विरुद्धमा लडाइँ गर्न गयो । तिनीहरूले एबेन-एजेरमा छाउनी हाले र पलिश्तीहरूले अपेकमा छाउनी हाले ।
2इस्राएल विरुद्ध युद्ध गर्न पलिश्तीहरू पङ्तिबद्ध भए । जब युद्ध फैलियो, पलिश्तीहरूद्वारा इस्राएल पराजीत भयो, जसले युद्ध मैदानमा झण्डै चार हजार मानिसहरू मारे ।
5पत्थरको एउटा पहरो उत्तरमा मिकमाशको सामुन्ने र अर्को दक्षिणमा गेबाको सामुन्ने थियो ।
12तर शम्मा खेतको बिचमा भए भए र त्यसको प्रतिरक्षा गरे । तिनले पलिश्तीहरूलाई मारे र परमप्रभुले ठुलो विजय दिनुभयो ।
5पलिश्तीहरू तिन हजार रथहरू, छ हजार रथ हाँक्नेहरू र समुद्र किनारको बालुवा सरी असंख्या सेनाहरू लिएर इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ भेला भए । तिनीहरू माथि आए र बेथ-आवनको पूर्वमा मिकमाशमा छाउनी हाले ।
6जब इस्राएलका मानिसहरूले आफूहरू कष्टमा परेको देखे, किनभने मानिसहरू व्याकुल थिए, मानिसहरू ओढारहरूतिर, झाडीहरूभित्र, चट्टानहरूमा, इनारहरूमा र खाल्डोहरूमा लुके ।
9त्यसपछि पलिश्तीहरू माथि आए र तिनीहरूले यहूदामा युद्धको निम्ति तयारी गरे र लहीमा आफ्ना सेनालाई तयार राखे ।
37दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”
22जब एफ्राइम नजिकको पहाडतिर लुकेका इस्राएलका सबै मानिसले पलिश्तीहरू भागिरहेका छन् भनी सुने, तब तिनीहरूले पनि उनीहरूलाई युद्धमा खेदे ।
8भोलिपल्ट यस्तो भयो, जब पलिश्तीहरू मारिएकाहरूलाई लुट्नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मरेका भेट्टाए ।
13तिनी दाऊदसँग पास-दम्मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्तीहरू युद्धको निम्ति भेला भए र पलिश्तीहरूदेखि सेना भाग्यो ।
14तिनीहरू खेतको बिचमा खडा भए । तिनीहरूले त्यसको रक्षा गरे, र पलिश्तीहरूलाई काटे र परमप्रभुले ठूलो विजय दिनुभएर तिनीहरूको उद्धार गर्नुभयो ।
26शाऊल पहाडको एकपट्टि हिंडे र दाऊद र तिनका मानिसहरू पहाडको अर्कोपट्टि हिंडिरहेका थिए । शाऊलबाट टाढा जानलाई दाऊद हतारिए । जसै शाऊल र तिनका मानिसहरूले दाऊद र तिनका मानिसहरूलाई समात्न घेरा लगाउँदै थिए,