१ शमूएल 17:35

अनलक शाब्दिक बाइबल

म त्यसलाई लखेट्थें र त्यसलाई आक्रमण गर्थें र त्यसको मुखबाट यसलाई छुटकारा दिन्थें । जब त्यो मेरो विरुद्ध आइलाग्थ्यो, मैले त्यसको दाह्रीमा समातेर त्यसलाई प्रहार गर्थें र मार्थें ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • आमो 3:12 : 12 परमप्रभु यस्तो भन्‍नुहुन्छः “जसरी गोठालाले सिंहको मुखबाट दुईवटा खुट्टा, वा कानको एक टुक्रामात्र छुटाउँछ, यसरी नै सामरियामा बस्‍ने मानिसहरूलाई पनि छुटाइनेछ । तिनीहरूसित केवल पलङ्गको एउटा कुना वा खाटको एक टुक्रा मात्र छोडिनेछ ।”
  • प्रेरि 28:4-6 : 4 जब त्यहाँको स्थानीय मानिसहरूले उनको हातमा त्यो प्राणी झुण्डीरहेको देखे, तब तिनीहरूले एक आपसमा यसो भने, “यो मानिस पक्‍का पनि हत्यारा हो, जो समुद्रबाट उम्केको थियो, तापनि इन्साफले उसलाई जिउन दिएन । 5 तब उनले त्यो प्राणीलाई आगोमा झट्कारी दिए र कुनै हानी भोगेनन् । 6 तिनीहरूले उनलाई हनहनी ज्‍वरो आउँछ होला भनेर हेरिरहेका थिए, वा तिनी अचानक मर्छन् होला भन्‍ने ठानेका थिए । तर तिनीहरूले उनलाई लामो समयसम्म हेरिसकेपछि, उनलाई कुनै पनि असामान्य कुरा नभएको देखे, र तिनीहरूले आफ्नो विचारलाई परिवर्तन गरेर उनी त ईश्‍वर रहेछन् भने ।
  • २ तिमो 4:17-18 : 17 तर प्रभु मसँग उभिनुभयो र मलाई बल दिनुभयो, ताकि मद्वारा सुसमाचारको घोषणा पूर्ण रूपमा पुरा हुन सकोस् र सबै गैरयहूदीहरूले सुन्‍न पाऊन् । यसैले, मैले सिंहको मुखबाट छुटकारा पाएँ । 18 परमेश्‍वरले मलाई सबै दुष्‍ट कामबाट छुटकारा दिनुहुन्छ, र उहाँको स्वर्गीय राज्यको लागि बचाउनुहुनेछ । उहाँलाई सदासर्वदा महिमा होस् । आमेन
  • न्या 14:5-6 : 5 तब शिमशोन आफ्ना बुबा र आमासँग तल तिम्नामा गए, र तिनीहरू तिम्नाको दाखबारीमा गए । अनि हेर, त्‍यहाँ जवान सिंहहरूमध्‍ये एउटा माथि आयो र तिनीमाथि गर्जन थाल्यो । 6 परमप्रभुका आत्मा अचानक तिनीमाथि आउनुभयो, र तिनले एउटा सानो पाठोलाई झैं तुरुन्‍तै त्यो सिंहलाई च्यातिदिए, र तिनको हातमा तिनीसित कुनै कुरा पनि थिएन । तर आफूले जे गरेका थिए, त्‍यो तिनले आफ्ना बुबा वा आमालाई भनेनन् ।
  • २ शमू 23:20 : 20 यहोयादाका छोरा कब्सेका छोरा बनायाह थिए । तिनी बलिया मानिस थिए जसले वीरतापूर्ण काम गरे । तिनले मोआबको अरिएलका दुई जना छोरालाई मारे । तिनले हिउँ परिरहेको बेला एउटा खाल्डोमा पसेर एउटा सिंहलाई मारे ।
  • भजन 91:13 : 13 तिमीले आफ्नो खुट्टामुनि सिंहहरू र गोमनहरूलाई कुल्चनेछौ । तिमीले जवान सिंहहरू र सर्पहरू कुल्चनेछौ ।
  • दानी 6:22 : 22 मेरा परमेश्‍वरले आफ्नो सन्देशवाहक पठाउनुभएको अनि सिंहहरूका मुखहरूलाई बन्द गर्नुभएको छ, र तिनीहरूले मलाई कुनै हानी गरेका छैनन् । किनभने उहाँ अनि हजुर, महाराजाका सामु म दोषरहित भेट्टाइएँ, र मैले हजुरलाई कुनै हानी गरेको छैनँ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 17:36-37
    2 पदहरू
    85%

    36तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्‍वरको फौजलाई चुनौती दिएको छ ।”

    37दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्‍जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”

  • १ शमू 17:31-34
    4 पदहरू
    84%

    31जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।

    32तब दाऊदले शाऊललाई भने, “त्यो पलिश्तीको कारणले कसैको हृदय हतास नहोस् । तपाईंको दास जानेछ र यो पलिश्तीसँग लड्नेछ ।”

    33शाऊलले दाऊदलाई भने, “तिमी यो पलिश्तीको विरुद्धमा लाड्न जान सक्षम छैनौ । किनभने तिमी भर्खरको केटा मात्र हौ र ऊ आफ्‍नो जवानीदेखि नै युद्धमा छ ।”

    34तर दाऊदले शाऊललाई भने, “तपाईंको दासले आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्ने गर्थ्यो । जब सिंह वा भालु आएर भेडालाई बगालबाट लान्थ्यो,

  • १ शमू 17:48-52
    5 पदहरू
    80%

    48जब त्‍यो पलिश्ती उठ्‍यो र दाऊदको नजिक जान लाग्‍यो, तब उसलाई भेट्न दाऊद छिटो दौडेर शत्रुका फौजतिर गए ।

    49दाऊदले आफ्नो झोलामा आफ्‍नो हात हाले, त्‍यसबाट एउटा ढुङ्गा लिए, त्यसलाई घुयेंत्रोमा घुमाए र पलिश्तीको निधारमा हिर्काए । त्‍यो ढुङ्गा उक्‍त पलिश्‍तीको निधारमै गाडियो र ऊ घोप्टो परेर जमिनमा ढल्‍यो ।

    50त्‍यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए । तिनले त्‍यो पलिस्तीलाई हिर्काए र उसलाई मारे । दाऊदको हातमा कुनै तरवार थिएन ।

    51अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्‍यसको म्यानबाट झिके, उसलाई मारे र त्‍यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्‍नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे ।

    52त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्‍म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।

  • १ शमू 17:25-27
    3 पदहरू
    78%

    25इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन् ।”

    26दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”

    27अनि मानिसहरूले भनिरहेका कुरालाई नै दोहोर्‍याए र तिनलाई भने, “उसलाई मार्नेलाई यसै गरिनेछ ।”

  • 57जब त्‍यो पलिश्‍तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्‍यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।

  • १ शमू 17:40-46
    7 पदहरू
    77%

    40तिनले आफ्नो लट्ठी हातमा लिए र खोलाबाट पाँच वटा चिल्‍लो ढुङ्गा छाने । तिनले ती आफ्नो गोठालोको झोलामा हाले । त्‍यो पलिश्तीसँग भिड्‍न जाँदा तिनको हातमा घुयेंत्रो थियो ।

    41त्‍यो पलिश्‍ति आयो र दाऊदको नजिक गयो । उसको हतियार बोक्‍ने उसको अगि थियो ।

    42जब त्‍यो पलिश्‍तीले अघि हेर्‍यो र दाऊदलाई देख्‍यो, तब उसले तिनलाई तुच्छ ठान्‍यो, किनकि तिनी राता गाला भएका सुन्‍दर स्वरूपका एउटा सानो केटा मात्र थिए ।

    43तब त्‍यो पलिश्‍तीले दाऊदलाई भन्‍यो, “के म कुकुर हो र तँ लट्टी लिएर आइस्?,” र पलिश्‍तीले आफ्‍नो देवताहरूको नाउँमा सराप्‍यो ।

    44त्‍यो पलिश्तीले दाऊदलाई भन्‍यो, “मकहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जमिनका पशुहरूलाई दिनेछु ।”

    45दाऊदले त्‍यो पलिश्‍तिलाई जवाफ दिए, “तँ त तरवार, भाला र बर्छासित मकहाँ आइस् । तर म त सर्वशक्तिमान् परमप्रभु, इस्राएलको फौजका परमेश्‍वरको नाउँमा तँकहाँ आउँछु, जसको तैंले विरोध गरेको छस् ।

    46आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ र म तँलाई मार्नेछु र तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु । आज म पलिश्‍ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु, ताकि इस्राएलमा परमेश्‍वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्‍न सकोस्,

  • २ शमू 1:9-10
    2 पदहरू
    77%

    9उनले मलाई भने, “मेरो छेउमा आएर मलाई मार्, किनकि म ठुलो पीडाले मलाई समातेको छ, तर ममा अझै जीवन छ ।'

    10त्यसैले म उनको छेउमा गएँ र उनलाई मारे, किनभने उनी ढलेपछि बाँच्‍ने छैनन् भन्‍ने मैले थाहा पाएँ । त्यसपछि मैले उनको शिरको शिरपेच र हातको बाजु लिएँ र हजुर मेरो मलिकहाँ ल्याएको छु ।”

  • २ शमू 1:15-16
    2 पदहरू
    76%

    15दाऊदले आफ्‍ना जवानमध्ये एक जनालाई बोलाएर भने, “जाऊ र यसलाई मार् ।” त्यसैले त्यो मानिस गयो र तिनलाई प्रहार गर्‍यो र ती अमालेकी मरे ।

    16त्यसपछि दऊदले त्यो मृतक अमालेकीलाई भने, “तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको र भनेको छ, 'मैले परमप्रभुका अभिषिक्‍त राजालाई मारेको छु' ।”

  • 17तर सरूयाहका छोरा अबीशैले दाऊदलाई बचाए, त्यो पलिश्‍तीलाई आक्रमण गरे र त्‍यसलाई मारे । तब दाऊदका मानिसहरूले तिनीसँग यसो भनेर शपथ खाए, “तपाईं अबदेखि हामीसित लडाइँमा जानुहुने छैन, ताकि तपाईंले इस्राएलको बत्ती निबाउनुहन्‍न ।”

  • 8फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।

  • 5दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूसँग लडे । तिनले उनीहरूका गाईवस्तुहरू लगे र ठुलो संहारसहित तिनीहरूलाई प्रहार गरे । यसरी दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए ।

  • १ शमू 17:8-10
    3 पदहरू
    74%

    8ऊ खडा भयो र इस्राएलको फौजतिर चिच्याए, “तिमीहरू लडाइँको निम्ति पङ्तीबद्ध हुन किन आएका छौ? के म एक जना पलिश्‍ती होइन र तिमीहरू शाऊलको सेवकहरू होइनौ र? आफ्नो निम्ति एक जना मानिसलाई चुन र ऊ मकहाँ तल आओस् ।

    9मसँग लडेर उसले मलाई जित्‍यो भने, हामी तिमीहरूका सेवकहरू हुनेछौं । तर मैले त्यसलाई हराएँ भने, तिमीहरू हाम्रो सेवकहरू हुनेछौ र हाम्रो सेवा गर्नेछौ ।”

    10त्‍यो पलिश्‍तीले फेरि भन्‍यो, “म इस्राएलको फौजलाई आज चुनौती दिन्छु । मलाई एउटा मानिस देओ, ताकि हामीसँगै लड्न सकौं ।”

  • 10एलाजार खडा भए र आफ्‍नो हात नथाकेसम्‍म, र तिनको हातले तरवारको बिंड नै नसमात्‍ने गरी नथाकेसम्म पलिश्तीहरूसँग युद्ध लडे । त्यस दिन परमप्रभुले ठुलो विजाय दिनुभयो । फौजहरू लाशहरूबाट लुट्नलाई मात्र एलाजारको पछि फर्केर गए ।

  • 2त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्‍तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्‍नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”

  • 23तिनी उनीहरूसँग कुरा गरिरहँदा, गोल्यत नाउँ गरेको त्यो बलियो पलिश्‍ती पलिश्‍तीहरूको फौजबाट आयो र पहिलेको जस्तै शब्दहरू भन्‍यो र दाऊदले त्यो सुने ।

  • 10जब कसैले मलाई त्यसले शुभखबर ल्याउँदैछ भन्‍ने ठानी 'हेर्नुहोस्, शाऊल मरेको छ,' भन्‍यो, मैले त्यसलाई समातें र सिक्लगमा मारें । त्यसको खबरको निम्ति मैले त्यसलाई त्यो इनाम दिएँ ।

  • 54दाऊदले त्‍यो पलिश्तीको शिर लिए र त्‍यो यरूशलेममा ल्याए, तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे ।

  • १ शमू 17:19-20
    2 पदहरू
    73%

    19तिम्रा दाजुहरू शाऊलसँग र इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्‍तीहरूसँग लडिरहेका छन् ।”

    20दाऊद बिहान सबेरै उठे र भेडाहरू गोठालाहरूको हातमा हेरचाहमा छोडे । तिनले खाद्यन्‍नहरू लिए र यिशैले तिनलाई आज्ञा गरेझैं गए । तिनी फौजहरू युद्ध-ध्वनिका साथ युद्ध मैदानमा जाँदै गर्दा छाउनीमा आए ।

  • 4त्यसपछि शाऊलले आफ्‍नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुत् र मलाई घोच् । नत्रता यी बेखतनेहरूले आउनेछन् र मलाई दुःख दिनेछन्‌ ।” तर तिनको हतियार बोक्‍नेले त्‍यसो गरेन, किनकि ऊ धेरै डराएको थियो । यसैले शाऊलले आफ्नो तरवार थुते र त्यसमा छेडिए ।

  • 4तब शाऊलले आफ्नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुत र त्‍यसले मलाई छेडिदे । नत्रता यी बेखतनाहरू आउनेछन् र मलाई दुर्व्यवहार गर्नेछन् ।” तर तिनका हतियार बोक्‍नेले त्यसो गरेन, किनकि ऊ साह्रै डराएका थियो । त्यसैले शाऊलले आफ्नै तरवार लिए र यसमाथि उनिए ।

  • 9पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्‍ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्‍यो लाने इच्‍छा हुन्छ भने त्‍यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।” दाऊदले भने, “त्यो जस्‍तो अरू कुनै तरवार छैन । त्‍यो मलाई दिनुहोस् ।”

  • 5किनकि तिनले आफ्नो जीवनलाई खतरामा राखे र त्‍यो पलिश्ती मारे । परमप्रभुले सारा इस्राएलको निम्ति ठुलो विजय ल्याउनुभयो । तपाईंले त्‍यो देख्‍नुभयो र आनन्दित हुनुभयो । तपाईंले दाऊदलाई विनाकारण मारेर निर्दोष रगतको विरुद्ध किन पाप गर्नुहुन्छ?

  • 17मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें ।

  • 25त्यसपछि शाऊलले भने, “दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्‍ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्‍न' ।” दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्‍ने शाऊलको विचार थियो ।

  • 10तपाईं गुफामा हुनुहुँदा परमप्रभुले तपाईंलाई मेरो हातमा सुम्पनुभएको कुरा आज तपाईंले आफ्नै आँखाले देख्‍नुभएको छ । तपाईंलाई मार्न कसैले मलाई भने, तर मैले तपाईंलाई बचाएँ । मैले भने, 'म मेरो मालिकको विरुद्धमा हात उठाउँदिनँ । किनकि उहाँ परमप्रभुको अभिषिक्‍त जन हुनुहुन्छ ।'

  • 12तर शम्‍मा खेतको बिचमा भए भए र त्‍यसको प्रतिरक्षा गरे । तिनले पलिश्तीहरूलाई मारे र परमप्रभुले ठुलो विजय दिनुभयो ।

  • 37तब अगमवक्ताले अर्को मानिसलाई फेला पारी तिनलाई भने, “मलाई हिर्काऊ ।”

  • 8अबीशैले दाऊदलाई भने, “परमेश्‍वरले आज तपाईंको शत्रुलाई तपाइईंको हातमा दिनुभएको छ । कृपया, तिनलाई एकै प्रहारमा भालाले भूइँमा रोप्‍न मलाई दिनुहोस् । म तिनलाई दोस्रो पटक प्रहार गर्दिनँ ।”

  • 10तब दाऊदले परमेश्‍वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्छ?” परमप्रभुले तिनलाई भन्‍नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्‍पिदिनेछु ।”