१ शमूएल 19:5

अनलक शाब्दिक बाइबल

किनकि तिनले आफ्नो जीवनलाई खतरामा राखे र त्‍यो पलिश्ती मारे । परमप्रभुले सारा इस्राएलको निम्ति ठुलो विजय ल्याउनुभयो । तपाईंले त्‍यो देख्‍नुभयो र आनन्दित हुनुभयो । तपाईंले दाऊदलाई विनाकारण मारेर निर्दोष रगतको विरुद्ध किन पाप गर्नुहुन्छ?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 11:13 : 13 तर शाऊलले भने, “आजको दिन कसैलाई मारिनेछैन, किनभने परमप्रभुले आज इस्राएललाई छुटकारा दिनुभएको छ ।”
  • १ इति 11:14 : 14 तिनीहरू खेतको बिचमा खडा भए । तिनीहरूले त्यसको रक्षा गरे, र पलिश्तीहरूलाई काटे र परमप्रभुले ठूलो विजय दिनुभएर तिनीहरूको उद्धार गर्नुभयो ।
  • मत्त 27:4 : 4 र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार? तिमी आफैँ जान ।”
  • १ शमू 20:32 : 32 जोनाथनले आफ्नो बुबा शाऊललाई जवाफ दिए, “के कराणले तिनलाई मारिनुपर्ने? तिनले के गरेका छन्?”
  • १ शमू 28:21 : 21 ती स्‍त्री शाऊलकहाँ आइन् र तिनी साह्रै ठुलो कष्‍टमा परेको देखिन्, उनलले तिनलाई भनिन्, “हेर्नुहोस्, तपाईंकी दासीले तपाईंको कुरा सुनेकी छिन् । मेरो जीवनलाई मैले जोखिममा पारेको छु र तपाईंले भन्‍नुभएको कुरा पालन गरेकी छु ।
  • न्या 9:17 : 17 र मेरा बुबाले तिमीहरूका निम्ति युद्ध लडेका, आफ्नो प्राणलाई जोखिममा पारेका, र मिद्दानीहरूका हातबाट तिमीहरूलाई बचाएका कुरालाई विचार गरेका छौ भने,
  • भजन 119:109 : 109 मेरो जीवन सधैं मेरो हातमा छ, तापनि म तपाईंको व्यवस्था बिर्सिन्‍न ।
  • यिर्मि 26:15 : 15 तर तपाईंहरूले निश्‍चय नै जान्‍नुपर्छ, कि तपाईंहरूले मलाई मार्नुभयो भने, तब तपाईंहरूले निर्दोष रगतको दोष आफैमा, यो सहरमा र यहाँका बासिन्‍दाहरूमा ल्‍याउँदै हुनुहुन्‍छ, र किनकि तपाईंहरूले सुन्‍ने गरी यी वचन घोषणा गर्न साँच्‍चै नै परमप्रभुले मलाई तपाईंहरूकहाँ पठाउनुभएको हो ।”
  • भजन 25:3 : 3 तपाईंमा आसा राख्‍ने कोही पनि अपमानित नहोस् । विनाकारण छली रूपले काम गर्नेहरू लज्‍जित होऊन्!
  • भजन 69:4 : 4 विनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरको कपालभन्दा धेरै छन् । मेरा शत्रुहरू बनेर गलत तर्कहरू गरी मलाई नाश गर्न खोज्‍नेहरू शक्तिशाली छन् । मैले जे चोरेको थिएन, सो मैले तिर्नुपर्छ ।
  • मत्त 27:24 : 24 जब, पिलातसले आफूले केही गर्न नसक्‍ने देखे, बरु खैलाबैला मच्‍चिन लागेको थाहा पाएर, उनले पानी लिई भिडको सामु आफ्ना हात धोए र भने, “यी निर्दोष मानिसको रगतदेखि म निर्दोष छु । तिमीहरू आफैँ जान ।”
  • यूह 15:25 : 25 तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पुरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’
  • प्रेरि 20:24 : 24 तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्‍वरको अनुग्रहको सुसमाचारको गवाही बन्‍नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।
  • फिलि 2:30 : 30 किनकि ख्रीष्‍टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे । मलाई सेवा पुर्‍याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पुरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।
  • इब्रा 2:3 : 3 हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र? यो मुक्‍ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्‍का गरियो ।
  • न्या 12:3 : 3 तिमीहरूले मलाई बचाउन नआएको जब मैले देखें, तब मैले आफ्‍नो प्राणलाई आफ्नै हातमा राखें र आम्मोनका मानिसहरूका विरुद्धमा गएँ, र परमप्रभुले मलाई विजय दिनुभयो । तिमीहरू आज मेरो विरुद्धमा युद्ध लड्न किन आएका छौ?”
  • निर्ग 14:13 : 13 मोशाले मानिसहरूलाई भने, “नडराओ । स्थिर रहो, र आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर । किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्‍नेछैनौ ।
  • व्यव 19:10-13 : 10 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा निर्दोष रगत नबगाइयोस् र त्यसको दोष तिमीहरूमाथि नलागोस् भन्‍नाका लागि यसो गर । 11 तर कसलै आफ्नो छिमेकीलाई घृणा गर्छ र ढुकेर बसी त्यसको विरुद्धमा उठेर त्यसलाई मर्ने गरी हिर्काउँछ र त्यो यी तिनवटा सहरमध्ये एउटामा भाग्छ भने 12 त्यसको सहरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ अनि त्यसको रगतको बदला लिइयोस् । 13 तिमीहरूका आँखाले त्यसलाई दया देखाउनुहुँदैन । बरु, तिमीहरूले इस्राएलबाट निर्दोषको हत्याको दोषलाई निर्मूलन गर्नुपर्छ ताकि तिमीहरूको भलो हुन सकोस् ।
  • १ शमू 14:45 : 45 तब मानिसहरूले शाऊललाई भने, “इस्राएलको निम्ति यत्रो विजय ल्याउने जोनाथन मर्नुपर्छ? यस्‍तो हुँदै नहोस्! परमप्रभु जीवित हुनुभएझैं, तिनको शिरबाट एउटा कपाल पनि झर्नेछैन, किनकि आज तिनले परमेश्‍वरसँग काम गरेका छन् ।” यसरी मानिसहरूले जोनाथनको उद्धार गरे ताकि तिनी मरेनन् ।
  • १ शमू 17:49-53 : 49 दाऊदले आफ्नो झोलामा आफ्‍नो हात हाले, त्‍यसबाट एउटा ढुङ्गा लिए, त्यसलाई घुयेंत्रोमा घुमाए र पलिश्तीको निधारमा हिर्काए । त्‍यो ढुङ्गा उक्‍त पलिश्‍तीको निधारमै गाडियो र ऊ घोप्टो परेर जमिनमा ढल्‍यो । 50 त्‍यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए । तिनले त्‍यो पलिस्तीलाई हिर्काए र उसलाई मारे । दाऊदको हातमा कुनै तरवार थिएन । 51 अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्‍यसको म्यानबाट झिके, उसलाई मारे र त्‍यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्‍नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे । 52 त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्‍म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो । 53 इस्राएलका मानिसहरू पलिश्तीहरूलाई खेदेर फर्के र तिनीहरूले उनीहरूको छाउनी लूटे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 4जोनथानले तिनका बुबा शाऊलसँग दाऊदको बारेमा असल कुरा गरे र उनलाई भने, “राजाले उनका सेवक दाऊदको विरुद्धमा पाप नगर्नुहोस् । किनकि तिनले तपाईंको विरुद्ध पाप गरेका छैनन् र तिनका कामहरूले तपाईंको भलो भएको छ ।

  • १ शमू 20:32-33
    2 पदहरू
    80%

    32जोनाथनले आफ्नो बुबा शाऊललाई जवाफ दिए, “के कराणले तिनलाई मारिनुपर्ने? तिनले के गरेका छन्?”

    33तब शाऊलले तिनलाई मार्न आफ्नो भालाले हाने । यसरी आफ्नो बुबाले दाऊदलाई मार्न अठोट गरेका कुरा जोनाथनलाई पक्‍का थाहा भयो ।

  • १ शमू 19:6-8
    3 पदहरू
    80%

    6शाऊलले जोनाथनको कुरा सुने । शाऊलले शपथ खाए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिनलाई मारिनेछैन ।”

    7तब जोनाथनले दाऊदलाई बोलाए र जोनाथनले यी सबै कुरा भने । जोनाथनले दाऊदलाई शाऊलकहाँ ल्याए, र तिनी उनको उपस्थितिमा अगिझैं भए ।

    8फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।

  • २ शमू 1:14-17
    4 पदहरू
    80%

    14दाऊदले तिनलाई भने, “पमरप्रभुको अभिषिक्‍त राजालाई तेरो आफ्‍नै हातले मार्न तँलाई किन डर लागेन?”

    15दाऊदले आफ्‍ना जवानमध्ये एक जनालाई बोलाएर भने, “जाऊ र यसलाई मार् ।” त्यसैले त्यो मानिस गयो र तिनलाई प्रहार गर्‍यो र ती अमालेकी मरे ।

    16त्यसपछि दऊदले त्यो मृतक अमालेकीलाई भने, “तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको र भनेको छ, 'मैले परमप्रभुका अभिषिक्‍त राजालाई मारेको छु' ।”

    17त्यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्‍युमा यो विलापको गित गाए ।

  • १ शमू 24:9-11
    3 पदहरू
    77%

    9दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्‍ने मानिसहरूको कुरा तपाईंले किन सुन्‍नुहुन्छ?

    10तपाईं गुफामा हुनुहुँदा परमप्रभुले तपाईंलाई मेरो हातमा सुम्पनुभएको कुरा आज तपाईंले आफ्नै आँखाले देख्‍नुभएको छ । तपाईंलाई मार्न कसैले मलाई भने, तर मैले तपाईंलाई बचाएँ । मैले भने, 'म मेरो मालिकको विरुद्धमा हात उठाउँदिनँ । किनकि उहाँ परमप्रभुको अभिषिक्‍त जन हुनुहुन्छ ।'

    11हेर्नुहोस् हे मेरा पिता, तपाईंको वस्‍त्रको छेउ मेरो हातमा हेर्नुहोस् । तपाईंको वस्‍त्रको छेउ मैले काटेको र मैले तपाईंलाई नमारेको कुराले, मेरो हातमा कुनै खराबी वा देशद्रोह छैन, र मैले तपाईंको विरुद्धमा पाप गरेको छैन, तापनि तपाईंले मेरो ज्यान लिन खोज्‍नुहुन्छ ।

  • १ शमू 14:44-45
    2 पदहरू
    77%

    44शाऊलले भने, “ए जोनाथन, तिमी मरेनौ भने, परमेश्‍वरले मलाई त्‍यसै वा त्‍योभन्दा बढी गर्नुभएको होस् ।”

    45तब मानिसहरूले शाऊललाई भने, “इस्राएलको निम्ति यत्रो विजय ल्याउने जोनाथन मर्नुपर्छ? यस्‍तो हुँदै नहोस्! परमप्रभु जीवित हुनुभएझैं, तिनको शिरबाट एउटा कपाल पनि झर्नेछैन, किनकि आज तिनले परमेश्‍वरसँग काम गरेका छन् ।” यसरी मानिसहरूले जोनाथनको उद्धार गरे ताकि तिनी मरेनन् ।

  • १ शमू 19:1-2
    2 पदहरू
    77%

    1¶ आफ्‍ना छोरा जोनाथन र आफ्‍ना सबै सेवकलाई शाऊलले हुकुम गरे कि तिनीहरूले दाऊदलाई मार्नुपर्छ । तर शाऊलका छोरा जोनाथन दाऊदसँग धैरै खुसी थिए ।

    2त्यसैले जोनाथनले दाऊदलाई भने, “मेरा बुबा शाऊलले तपाईंलाई मार्न खोज्‍दैछन् । यसकारण बिहान सजग हुनुहोस् र आफूलाई कुनै गोप्य ठाउँमा लुकाउनुहोस् ।

  • १ शमू 26:9-10
    2 पदहरू
    76%

    9दाऊदले अबीशैलाई भने, “तिनलाई नाश नगर । किनकि परमप्रभुको अभिषिक्‍त जनमाथि हात उठाएर कोचाहिं दोषरहित हुन सक्छ?”

    10दाऊदले भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमप्रभुले नै तिनलाई मार्नुहुनेछ वा मर्नलाई तिनको दिन आउनेछ वा तिनी युद्धमा जानेछन् र नाश हुनेछन् ।

  • 8यसकारण आफ्‍नो दासमाथि दायपूर्वक व्यवहार गर्नुहोस् । किनभने तपाईंले आफ्नो दासलाई आफूसँगै परमप्रभुको करारमा ल्याउनुभएको छ । तर ममा कुनै पाप छ भने, मलाई तपाईं आफैले मार्नुहोस् । किनकि मलाई किन तपाईंको बुबाकहाँ ल्याउनुहुन्छ?”

  • 29दाऊदले भने, “मैले अहिले के गरेको छु? के यो एउटा प्रश्‍न मात्र थिएन?”

  • १ शमू 24:17-18
    2 पदहरू
    76%

    17तिनले दाऊदलाई भने, “मभन्दा तिमी धेरै धर्मी रहेछौ । किनकि तिमीले मलाई असल कुराले बदला लिएका छौ भने, मैले तिमीलाई खराब कुराले बदला लिएको छु ।

    18तिमीले मप्रति कति असल गरेका छौ भनी तिमीले आज घोषणा गरेका छौ, किनकि परमप्रभुले मलाई तिम्रो कृपामा छोड्नुहुँदा पनि तिमीले मलाई मारेनौ ।

  • 13शाऊलले तिनलाई भने, “तैंले, तैंले र यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस्, जसमा तैंले उसलाई रोटी र तरवार दिइस् र परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस्, जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई ऊ गुप्‍तमा लुक्‍न सकोस्, जस्‍तो आज उसले गरेको छ?”

  • 11झन दुष्‍ट मानिसहरूले एक जना निर्दोष व्यक्‍तिलाई आफ्नो घरमा आफ्नै ओछ्यानमा मार्दा, के मैले तिमीहरूको हातबाट त्यसको रगतको बद‍ला लिएर तिमीहरूलाई पृथ्वीबाट नहटाउँ?”

  • १ शमू 17:25-26
    2 पदहरू
    75%

    25इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन् ।”

    26दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”

  • 1¶ तब दाऊद रामाको नैयोतबाट भागे र जोनाथनकहाँ आए र भने, “मैले के गरेको छु? मेरो अपराध के हो? तपाईंको बुबाको सामु मैले गरेको पाप हो,जसको कारणले उहाँले मेरो ज्यान लिन खोज्नुहुन्छ?”

  • 7जब त्‍यसले इस्राएललाई निन्‍दा गर्‍यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्‍यसलाई मारे ।

  • 57जब त्‍यो पलिश्‍तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्‍यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।

  • 18तिनले भने, “मेरो मालिकले आफ्नो दासको किन खेदो गर्नुहुन्छ? मैले के गरेको छु? मेरो हातमा के खराबी छ?

  • 10त्यसैले म उनको छेउमा गएँ र उनलाई मारे, किनभने उनी ढलेपछि बाँच्‍ने छैनन् भन्‍ने मैले थाहा पाएँ । त्यसपछि मैले उनको शिरको शिरपेच र हातको बाजु लिएँ र हजुर मेरो मलिकहाँ ल्याएको छु ।”

  • 25त्यसपछि शाऊलले भने, “दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्‍ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्‍न' ।” दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्‍ने शाऊलको विचार थियो ।

  • 17तर सरूयाहका छोरा अबीशैले दाऊदलाई बचाए, त्यो पलिश्‍तीलाई आक्रमण गरे र त्‍यसलाई मारे । तब दाऊदका मानिसहरूले तिनीसँग यसो भनेर शपथ खाए, “तपाईं अबदेखि हामीसित लडाइँमा जानुहुने छैन, ताकि तपाईंले इस्राएलको बत्ती निबाउनुहन्‍न ।”

  • 16तिमीले गरेको यो कुरा ठीक छैन । जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी मर्न योग्‍यका छौ किनभने तिमीले परमप्रभुका अभिषिक्‍त जन तिम्रो मालिकको हेरचाह गरेका छैनौ । राजाको शिरनेर भएको भाला र पानीको सुराही कहाँ छ, हेर!”

  • 18अब यो काम गर्नुहोस् । किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्‍नुभएको छ, 'म आफ्‍ना मानिसहरूलाई पलिश्‍तीहरूका हात र तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु' ।”

  • 21त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्‍यो ।

  • 23हरेक मानिसलाई आफ्‍नो धार्मिकता र विश्‍वस्‍तताको निम्ति परमप्रभुले नै इनाम दिनुभएको होस् । किनभने परमप्रभुले तपाईंलाई आज मेरो हातमा दिनुभयो, तर मैले उहाँको अभिषिक्‍त जनलाई प्रहार गरिनँ ।

  • 39किनकि जसरी इस्राएललाई छुटकारा दिनुहुने परमप्रभु जीवित हुनुहुन्छ, यो मेरो छोरा जोनाथन नै भए पनि निश्‍चय नै मर्नेछ ।” तर सबै मानिसमध्येका कुनैले पनि तिनलाई जवाफ दिएन ।

  • 5पछि दाऊदको हृदयमा कष्‍ट भयो किनभने तिनले शाऊलको वस्‍त्रको छेउ काटेका थिए ।

  • 22तब दाऊदले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार, कि तिमीहरू आज मेरो विरोधीहरू हुन्छौ? के आजको दिन इस्राएलमा कुनै मानिसलाई मारिने छ र? किनकि आज म इस्राएलका राजा हुँ भन्‍ने कुरा मलाई थाहा छैन र?”

  • 50त्‍यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए । तिनले त्‍यो पलिस्तीलाई हिर्काए र उसलाई मारे । दाऊदको हातमा कुनै तरवार थिएन ।

  • 22मारिएकाहरूको रगतबाट, वीरहरूका शरीरबाट जोनाथनका धानु पछि फर्किएन र शाऊलका तरवार रित्तो फर्केन ।

  • 9पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्‍ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्‍यो लाने इच्‍छा हुन्छ भने त्‍यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।” दाऊदले भने, “त्यो जस्‍तो अरू कुनै तरवार छैन । त्‍यो मलाई दिनुहोस् ।”

  • 13मेरो बुबाले तपाईंलाई हानि गर्ने इच्छा गर्नुभएको रहेछ, र तपाईं शान्तिमा जान सक्‍नुभएको होस् भनी मैले तपाईंलाई थाहा दिइनँ, र तपाईंलाई पठाइनँ भने, परमप्रभुले जोनाथनलाई यसै र अझ बढी गर्नुभएको होस् । परमप्रभु जसरी मेरो बुबासँग हुनुहुन्‍छ, त्यसरी नै उहाँ तपाईंसँग रहनुभएको होस् ।

  • १ राजा 2:31-32
    2 पदहरू
    74%

    31राजाले तिनलाई भने, “तिनले भनेजस्तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ ।

    32तिनले बगाएको रगतको दोष तिनकै शिरमाथि परोस् किनकि तिनले मेरा पिता दाऊदको जानकारीविनै आफूभन्दा धर्मी र उत्तम दुई जना मानिस अर्थात् इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासलाई आक्रमण गरी तिनीहरूलाई तरवारले मारे ।

  • 21तब शाऊलले भने, “मैले पाप गरेको छु । ए मेरा छोरा दाऊद फर्क । किनकि अब तिम्रो हानि गर्नेछैन, किनभने तिम्रो दृष्‍टिमा मेरो जीवन बहुमूल्य थियो । हेर, मैले मूर्खता गरेको छु र धेरै ठुलो गल्ती गरेको छु ।”

  • 14तिनले परमप्रभुबाट मार्गदर्शन खोजेनन्, यसैले परमप्रभुले तिनलाई मार्नुभयो र यिशैका छोरा दाऊदलाई राज्‍य सुम्‍पनुभयो ।

  • 5के यिनै दाऊद होइनन् जसको बारेमा तिनीहरूले यसो भनेर एकआपस नाँच्दै गएका थिए, 'शाऊलले हजारौंलाई मारे र दाऊदले दसौं हजारलाई मारे'?”