१ शमूएल 26:23

अनलक शाब्दिक बाइबल

हरेक मानिसलाई आफ्‍नो धार्मिकता र विश्‍वस्‍तताको निम्ति परमप्रभुले नै इनाम दिनुभएको होस् । किनभने परमप्रभुले तपाईंलाई आज मेरो हातमा दिनुभयो, तर मैले उहाँको अभिषिक्‍त जनलाई प्रहार गरिनँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 24:6-7 : 6 तिनले आफ्ना मानिसहरूलाई भने, “परमप्रभुका अभिषिक्‍त जन, उहाँ परमप्रभुका अभिषिक्‍त जन भनी देखेर पनि उहाँको विरुद्धमा मैले हात उठाउने कुरालाई परमप्रभुले नै रोक्‍नुभएको होस् ।” 7 त्यसैले दाऊदले आफ्ना मानिसहरूलाई यी कुराहरू भनेर हप्‍काए र शाऊललाई आक्रमण गर्न तिनीहरूलाई अनुमति दिएनन् । शाऊल उठे, गुफाबाट बाहिर निस्के र आफ्नो बाटो लागे ।
  • १ शमू 26:9 : 9 दाऊदले अबीशैलाई भने, “तिनलाई नाश नगर । किनकि परमप्रभुको अभिषिक्‍त जनमाथि हात उठाएर कोचाहिं दोषरहित हुन सक्छ?”
  • १ शमू 26:11 : 11 परमप्रभुको अभिषिक्‍त जनामाथि मैले आफ्‍नो हात उठाउने कुरा उहाँले दूर गर्नुभएको होस् । तर अब म तिमीलाई अनुरोध गर्छु, तिनको शिरमा भएको भाला र पानीको सुराही लेऊ र हामी जाऔं ।”
  • १ राजा 8:32 : 32 स्वर्गबाट सुनेर जवाफ दिनुहोस् । दोषीहरूलाई दण्डाज्ञा दिँदै तिनीहरूले गरेको खराबी तिनीहरूकै शिरमाथि खन्याउँदै आफ्ना दासहरूको न्याय गर्नुहोस् । निर्दोषहरूलाई दोषी नठहराउनुहोस् र तिनीहरूको धार्मिकताअनुसार तिनीहरूको प्रतिफल दिनुहोस् ।
  • नहे 13:14 : 14 हे मेरा परमेश्‍वर, यस विषयमा मेरो सम्झना गर्नुहोस्, अनि मेरा परमेश्‍वरको मन्दिर र यसका सेवाहरूमा मैले गरेका असल कार्यहरूलाई नमेटिदिनुहोस् ।
  • भजन 7:8-9 : 8 हे परमप्रभु, जातिहरूको न्याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्‍च, म धर्मी र निर्दोष छु । 9 दुष्‍टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्‍वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।
  • भजन 18:20-26 : 20 मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई इनाम दिनुभएको छ । उहाँले मलाई पुनर्स्थापना गर्नुभएको छ किनभने मेरा हातहरू शुद्ध थिए । 21 किनकि मैले परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट दुष्‍टतासाथ फर्केको छैन । 22 किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँको नियमहरूको बारेमा, तिबाट म भड्केको छैन । 23 उहाँको सामु म निर्दोष भएको छु र मैले आफूलाई पापबाट अलग राखेको छु । 24 यसकारण मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई पुनर्स्थापना गर्नुभएको छ, किनभने मेरा हातहरू उहाँको आँखाका समु शुद्ध थिए । 25 कुनै पनि विश्‍वासीलाई तपाईं आफै विश्‍वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिसलाई तपाईं आफै निर्दोष प्रकट गर्नुहुन्छ । 26 कुनै पनि शुद्ध व्‍यक्‍तिलाई तपाईं आफै शुद्ध प्रकट गर्नुहुन्छ । तर कुनै पनि बाङ्गो व्‍यक्‍तिलाई तपाईं आफै चलाख प्रकट गर्नुहुन्छ ।
  • भजन 62:12 : 12 हे परमप्रभु, करारको विश्‍वस्‍तता पनि तपाईंकै हो, किनकि हरेक व्यक्‍तिले जे गरेको छ त्यसको प्रतिफल तपाईंले दिनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 24:9-12
    4 पदहरू
    83%

    9दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्‍ने मानिसहरूको कुरा तपाईंले किन सुन्‍नुहुन्छ?

    10तपाईं गुफामा हुनुहुँदा परमप्रभुले तपाईंलाई मेरो हातमा सुम्पनुभएको कुरा आज तपाईंले आफ्नै आँखाले देख्‍नुभएको छ । तपाईंलाई मार्न कसैले मलाई भने, तर मैले तपाईंलाई बचाएँ । मैले भने, 'म मेरो मालिकको विरुद्धमा हात उठाउँदिनँ । किनकि उहाँ परमप्रभुको अभिषिक्‍त जन हुनुहुन्छ ।'

    11हेर्नुहोस् हे मेरा पिता, तपाईंको वस्‍त्रको छेउ मेरो हातमा हेर्नुहोस् । तपाईंको वस्‍त्रको छेउ मैले काटेको र मैले तपाईंलाई नमारेको कुराले, मेरो हातमा कुनै खराबी वा देशद्रोह छैन, र मैले तपाईंको विरुद्धमा पाप गरेको छैन, तापनि तपाईंले मेरो ज्यान लिन खोज्‍नुहुन्छ ।

    12तपाईं र मेरो बिचमा परमप्रभुले नै न्याय गर्नुभएको होस् र तपाईंको विरुद्धमा म भए परमप्रभुले नै बद्‍ला लिनुभएको होस्, तर मेरो हात तपाईंको विरुद्ध हुनेछैन ।

  • १ शमू 26:21-22
    2 पदहरू
    81%

    21तब शाऊलले भने, “मैले पाप गरेको छु । ए मेरा छोरा दाऊद फर्क । किनकि अब तिम्रो हानि गर्नेछैन, किनभने तिम्रो दृष्‍टिमा मेरो जीवन बहुमूल्य थियो । हेर, मैले मूर्खता गरेको छु र धेरै ठुलो गल्ती गरेको छु ।”

    22दाऊदले जवाफ दिए र भने, “हेर्नुहोस्, हे राजा, तपाईंको भाला यहाँ छ! जवान मानिसमध्ये एक जना यता आओस् र यसलाई तपाईंकहाँ लैजाओस् ।

  • १ शमू 26:24-25
    2 पदहरू
    80%

    24हेर्नुहोस्, आज मेरो दृष्‍टिमा जसरी तपाईंको जीवन बहुमूल्य थियो, त्यसरी नै मेरो जीवन परमप्रभुको दृष्‍टिमा धेरै मूल्यवान होस् र उहाँले नै मलाई मेरा सबै कष्‍टहरूबाट छुटकारा दिनुभएको होस् ।

    25तब शाऊलले दाऊदलाई भने, “ए मेरा छोरा दाऊद, तिमीलाई आशिष् मिलोस्! तिमीले निश्‍चय नै ठुला कुराहरू गर्नेछौ र तिनमा तिमी सफल हुनेछौ ।” त्यसैले दाऊद आफ्नो बाटो लागे र शाऊल आफ्नै ठाउँतिर फर्के ।

  • १ शमू 26:8-11
    4 पदहरू
    79%

    8अबीशैले दाऊदलाई भने, “परमेश्‍वरले आज तपाईंको शत्रुलाई तपाइईंको हातमा दिनुभएको छ । कृपया, तिनलाई एकै प्रहारमा भालाले भूइँमा रोप्‍न मलाई दिनुहोस् । म तिनलाई दोस्रो पटक प्रहार गर्दिनँ ।”

    9दाऊदले अबीशैलाई भने, “तिनलाई नाश नगर । किनकि परमप्रभुको अभिषिक्‍त जनमाथि हात उठाएर कोचाहिं दोषरहित हुन सक्छ?”

    10दाऊदले भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, परमप्रभुले नै तिनलाई मार्नुहुनेछ वा मर्नलाई तिनको दिन आउनेछ वा तिनी युद्धमा जानेछन् र नाश हुनेछन् ।

    11परमप्रभुको अभिषिक्‍त जनामाथि मैले आफ्‍नो हात उठाउने कुरा उहाँले दूर गर्नुभएको होस् । तर अब म तिमीलाई अनुरोध गर्छु, तिनको शिरमा भएको भाला र पानीको सुराही लेऊ र हामी जाऔं ।”

  • 6तिनले आफ्ना मानिसहरूलाई भने, “परमप्रभुका अभिषिक्‍त जन, उहाँ परमप्रभुका अभिषिक्‍त जन भनी देखेर पनि उहाँको विरुद्धमा मैले हात उठाउने कुरालाई परमप्रभुले नै रोक्‍नुभएको होस् ।”

  • १ शमू 24:17-19
    3 पदहरू
    79%

    17तिनले दाऊदलाई भने, “मभन्दा तिमी धेरै धर्मी रहेछौ । किनकि तिमीले मलाई असल कुराले बदला लिएका छौ भने, मैले तिमीलाई खराब कुराले बदला लिएको छु ।

    18तिमीले मप्रति कति असल गरेका छौ भनी तिमीले आज घोषणा गरेका छौ, किनकि परमप्रभुले मलाई तिम्रो कृपामा छोड्नुहुँदा पनि तिमीले मलाई मारेनौ ।

    19किनकि कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने, के त्‍यसलाई उसले सुरक्षित साथ जान दिनेछ र? तिमीले आज मेरो निम्ति जे गरेका छौ त्यसको निम्ति परमप्रभुले तिमीलाई असल इनाम दिनुभएको होस् ।

  • २ शमू 1:14-16
    3 पदहरू
    78%

    14दाऊदले तिनलाई भने, “पमरप्रभुको अभिषिक्‍त राजालाई तेरो आफ्‍नै हातले मार्न तँलाई किन डर लागेन?”

    15दाऊदले आफ्‍ना जवानमध्ये एक जनालाई बोलाएर भने, “जाऊ र यसलाई मार् ।” त्यसैले त्यो मानिस गयो र तिनलाई प्रहार गर्‍यो र ती अमालेकी मरे ।

    16त्यसपछि दऊदले त्यो मृतक अमालेकीलाई भने, “तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको र भनेको छ, 'मैले परमप्रभुका अभिषिक्‍त राजालाई मारेको छु' ।”

  • 23तब दाऊदले भने, “ मेरा भाइ हो, परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्‍तो व्‍यवहार गर्नुहुँदैन । उहाँले हाम्रो सुरक्षा गर्नुभएको छ र हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको छ ।

  • 15परमप्रभु नै न्यायकर्ता हुनुभएको होस् र तपाईं र मेरो बिचमा फैसला गर्नुभएको होस्, र यो हेर्नुभएको होस्, मेरो पक्षमा वहस गर्नुभएको होस् र तपाईंको हातबाट उम्कन मलाई अनुमति दिनुभएको होस् ।

  • १ शमू 26:15-19
    5 पदहरू
    75%

    15दाऊदले अबनेरलाई भने, “के तिमी साहसी मानिस होइनौ? इस्राएलमा तिमी जस्तो को छ? तिमीले आफ्नो मालिक राजाको किन हेरचाह गरेनौ? किनकि तिम्रो मालिक राजालाई मार्न कोही आयो ।

    16तिमीले गरेको यो कुरा ठीक छैन । जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी मर्न योग्‍यका छौ किनभने तिमीले परमप्रभुका अभिषिक्‍त जन तिम्रो मालिकको हेरचाह गरेका छैनौ । राजाको शिरनेर भएको भाला र पानीको सुराही कहाँ छ, हेर!”

    17शाऊलले दाऊदको सोर चिने र भने, “ए मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” दाऊदले भने, “हो मेरो मालिक, राजा, यो मेरो सोर हो ।”

    18तिनले भने, “मेरो मालिकले आफ्नो दासको किन खेदो गर्नुहुन्छ? मैले के गरेको छु? मेरो हातमा के खराबी छ?

    19यसकारण अब, म तपाईंलाई बिन्ती गर्छु, मेरो मालिक राजाले आफ्नो दासको कुरा सुन्‍नुहोस् । परमप्रभुले नै तपाईंलाई मेरो विरुद्धमा उक्साउनुभएको हो भने, उहाँले बलिदान ग्रहण गर्नुभएको होस् । तर यो मानवजाति हो भने, तिनीहरू परमप्रभुको सामु श्रापित होऊन्, किनकि तिनीहरूले मलाई आज बाहिर धपाएका छन्, ताकि म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं । तिनीहरूले मलाई भनेका छन्, 'अरू देवताहरूको पुजा गर्न जाऊ ।'

  • १ शमू 23:10-12
    3 पदहरू
    75%

    10तब दाऊदले भने, “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, शाऊल मेरो कारणले सहरलाई नाश पार्न कीलाहमा आउन खोज्छ भन्‍ने तपाईंको दासले सुनेको छ ।

    11के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्‍पनेछन्? के तपाईंको दासले सुनेजस्तै शाऊल तल आउनेछन्? हे परमप्रभु इस्राएलका परमेश्‍वर, म तपाईंसँग बिन्ती गर्छु, कृपया आफ्‍नो दासलाई भन्‍नुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “ऊ तल आउनेछ ।”

    12तब दाऊदले भने, “के कीलाहका मानिसहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पनेछन्?” परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले तिमीहरूलाई सुम्‍पनेछन् ।”

  • 22तब दाऊदले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार, कि तिमीहरू आज मेरो विरोधीहरू हुन्छौ? के आजको दिन इस्राएलमा कुनै मानिसलाई मारिने छ र? किनकि आज म इस्राएलका राजा हुँ भन्‍ने कुरा मलाई थाहा छैन र?”

  • 6अब परमप्रभुले तिमीहरूलाई करारको बफदारीता र विश्‍वासनीयता प्रकट गर्नुभएको होस् । म पनि तिमीहरूको भलो गर्ने छु किनभने तिमीहरूले यो काम गरेका छौ ।

  • 5किनकि तिनले आफ्नो जीवनलाई खतरामा राखे र त्‍यो पलिश्ती मारे । परमप्रभुले सारा इस्राएलको निम्ति ठुलो विजय ल्याउनुभयो । तपाईंले त्‍यो देख्‍नुभयो र आनन्दित हुनुभयो । तपाईंले दाऊदलाई विनाकारण मारेर निर्दोष रगतको विरुद्ध किन पाप गर्नुहुन्छ?

  • 1¶ त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्‍ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो ।

  • 4दाऊदका मानिसहरूले तिनलाई भने, “तैंले जे चाहन्छस् सो गर्न, म तेरो शत्रुलाई तेरो हातमा सुम्‍पने छु' भनी परमप्रभुले तपाईंलाई भन्‍नुभएको दिन यही हो ।” अनि दऊद उठे र बिस्तारै अगि बढे र शाऊलको वस्‍त्रको छेउ काटे ।

  • 17परमप्रभुले जे गर्छु भन्‍नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्‍नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ ।

  • 39म अभिषिक्‍त राजा भएर पनि अहिले म कमजोर भएको छु । यी मानिसहरू, सरूयाहका छोराहरू मप्रति साह्रै निर्दयी भएका छन् । तिनको दुष्‍टता सुहाउँदो दण्ड परमप्रभुले तिनलाई दिनुभएको होस् ।”

  • १ शमू 22:13-15
    3 पदहरू
    73%

    13शाऊलले तिनलाई भने, “तैंले, तैंले र यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस्, जसमा तैंले उसलाई रोटी र तरवार दिइस् र परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस्, जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई ऊ गुप्‍तमा लुक्‍न सकोस्, जस्‍तो आज उसले गरेको छ?”

    14अनि अहीमेलकले राजालाई जवाफ दिए र भने, “तपाईंका सेवकहरूमध्ये दाऊदजस्तो विश्‍वासयोग्य, जो राजाका ज्वाइँ, तपाईंको अङ्गरक्षकका कप्‍तान र तपाईंको घरानामा आदर गरिएको अरू को छ?

    15तिनलाई सहायता मिलोस् भनी मैले परमेश्‍वरमा प्रार्थना गरेको के आझ नै पहिलो पटक हो र? यो मबाट दुर होस्! राजाले आफ्नो सेवक वा मेरो बुबाको सारा घरानालाई कुनै दोष नलगाउनुहोला । किनकि तपाईंको सेवकलाई यी कुरा केही पनि थाहा छैन ।”

  • 33तिम्रो बुद्धि धन्यको होस् र तिमी धन्यकी हौ, किनभने तिमीले आज मलाई रक्‍तपात र आफ्नो निम्ति आफ्नै हातले बद्‍ला लिनबाट बचाएकी छ्यौ!

  • 30परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले मेरो मालिकको निम्ति पुरा गर्नुहुनेछ, र तपाईंलाई इस्राएलमाथि अगुवा नियुक्‍त गर्नुभएको छ ।

  • 21दाऊदले भनेका थिए, “निश्‍चय नै यो मानिसँग उजाड-स्‍थानमा भएका सबै थोकलाई मैले व्यार्थमा सुरक्षा दिएको रहेछु, ताकि उसँग भएका कुनै पनि कुरा हराएनन् र उसले मलाई असलको सट्टामा खराब फिर्ता दिएको छ ।

  • 46आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ र म तँलाई मार्नेछु र तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु । आज म पलिश्‍ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु, ताकि इस्राएलमा परमेश्‍वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्‍न सकोस्,

  • 6त्यसपछि आकीशले दाऊदलाई बलाए र तिनलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिमी असल भएका छौ र तिमी मेरो फौजसँगै बाहिर जाने र भित्र आउने कुरा मेरो दृष्‍टिमा असल नै छ । किनकि तिमी आएको दिनदेखि आजको दिनसम्म मैले तिमीसँग कुनै खराबी भेट्टाएको छैन । तापनि शासकहरूले तिमीलाई रुचाउँदैनन् ।

  • 7त्यसपछि नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें र मैले तँलाई शाऊलको हातबाट बचाएँ ।

  • 37दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्‍जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”

  • 42हे परमप्रभु परमेश्‍वर, आफ्‍ना अभिषिक्त जनको मुहार तपाईंबाट नतर्काउनुहोस् । आफ्‍ना सेवक दाऊदसँग तपाईंले गर्नुभएको करार बफादारीतालाई सम्‍झनुहोस्‌ ।

  • 17राजाले तिनका वरिपरि खडा बएका अङ्गरक्षकलाई भने, “फर्क र परमप्रभुको पुजारीहरूलाई मार् । किनभने तिनीहरूका हात पनि दाऊदसँगै छन्, र किनभने तिनी भागेका थिए भनी तिनीहरूले थाहा पाए, तर त्‍यो कुरा मलाई प्रकट गरेनन् ।” तर राजाका सेवकहरूले परमप्रभुको पुजारीहरूलाई मार्नलाई आफ्‍ना हात हालेनन् ।

  • 15दाऊदले उसलाई भने, “के तिमीले मलाई यो लूटपाट गर्ने समूहकहाँ लैजान सक्छौ?” त्‍यो मिश्रीले भने, “तपाईंले मलाई मार्नुहुन्‍न वा मलाई मेरो मालिकको हातमा सुम्‍पनुहुन्‍न भनी परमेश्‍वरको नाउँमा शपथ खानुहोस् र म तपाईंलाई यो लूटपाट गर्ने समूहकहाँ लानेछु ।”

  • 24तपाईंले आफ्ना दास अर्थात् मेरा पिता दाऊदसित प्रतिज्ञा गर्नुभएको वचन पुरा गर्नुभएको छ । हो, तपाईंले आफ्नो मुखले बोल्नुभयो र त्यसलाई आफ्नो हातले पुरा गर्नुभयो जस्तो आज हुन आएको छ ।