१ शमूएल 17:36

अनलक शाब्दिक बाइबल

तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्‍वरको फौजलाई चुनौती दिएको छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 17:10 : 10 त्‍यो पलिश्‍तीले फेरि भन्‍यो, “म इस्राएलको फौजलाई आज चुनौती दिन्छु । मलाई एउटा मानिस देओ, ताकि हामीसँगै लड्न सकौं ।”
  • १ शमू 17:26 : 26 दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”
  • यशा 10:15 : 15 के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र? यो त लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्‍यक्‍तिलाई उचालेको जस्तो भयो ।
  • यशा 36:8-9 : 8 यसकारण, अब मेरो मालिक अश्शूरका महाराजाको तर्फबाट म तिमीलाई असल कुरा दिन चाहन्छु । तिमीले घोडचडीहरू भेट्टउन सक्‍छौ भने, म तिमीलाई दुई हजार घोडाहरू दिनेछु । 9 मेरो मालिकका सेवकहरूमध्‍ये सबाभन्दा सानो एक जना कप्‍तानको पनि तिमीले कसरी सामना गर्न सक्छौ र? तिमीले रथहरू र घोडचढीहरूका निम्ति मिश्रदेशमा भरोसा गरेका छौ । 10 अब के मैले यहाँ यस देशको विरुद्ध युद्ध गर्न र यसलाई विनाश पार्न परमप्रभुविना नै आएको हुँ र? परमप्रभुले मलाई भन्‍नुभयो, “यो देशलाई आक्रमण गर् र त्‍यसलाई नाश गर् ।”
  • यशा 36:15 : 15 तिमीहरूलाई यसो भन्‍दै परमप्रभुमा भरोसा गर्ने बनाउन हिजकियालाई नदेओ, 'परमप्रभुले निश्‍चय पनि हामीलाई छुटकारा दिनुहुनेछ । यो सहर अश्शूरका राजाको हातमा दिइनेछैन' ।
  • यशा 36:18 : 18 हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ, 'परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ' । के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् र?
  • यशा 37:22-23 : 22 परमप्रभुले उसको बारेमा भन्‍नुभएको वचन यही होः “सियोनका कन्ये छोरीले तँलाई घृणा गर्छे र खिसी गर्न तँमा हाँस्छे । यरूशलेमकी छोरीले तँलाई आफ्‍नो टाउको हल्लाउँछे । 23 तैंले कसको निन्दा र अपमान गरेको छस्? कसको विरुद्ध तैंले घमण्डमा आफ्‍ना आँखा उचालेको र आफ्‍नो सोर उच्‍च पारेको छस्? इस्राएलको परमपवित्रको विरुद्ध हो ।
  • यशा 37:28-29 : 28 तर तेरो बसाइ, तँ बाहिर गएको, भित्र आएको र तँ मेरो विरुद्ध रिसाएको मलाई थाहा छ । 29 म विरुद्धको तेरो रिसको कारणले र तेरो अहङ्कार मेरो कानमा परेको हुनाले, तेरो नाकमा म आफ्‍नो बल्छी हाल्‍नेछु र म आफ्‍नो लगाम तेरो मुखमा हाल्नेछु । तँ जताबाट आएको हो तेतै म तँलाई फर्काउनेछु ।”
  • यहे 32:19 : 19 ‘के तँ अरू कुनै व्‍यक्‍तिभन्दा धेरै सुन्दर छस् र? तल जा र खतना नभएकाहरूसँग भुइँमा पल्टेर बस् ।’
  • यहे 32:27-32 : 27 युद्धका आफ्ना सारा हतियारहरू, र आफ्ना शिरमुनि राखेका तरवारहरू, र आफ्ना हड्‍डीहरूमाथि आफ्ना पापहरूसँगै तल चिहानमा गएका खतना नभएका मृत योद्धाहरूसँग तिनीहरू रहँदैनन् । किनकि तिनीहरू जीवितहरूको देशमा योद्धाहरूका आतंक थिए । 28 यसैकारण तँ, मिश्रदेश, खतना नभएकाहरूका बिचमा टुक्रिनेछस्! तरवारले छेडिएकाहरूका छेउमा तँ रहनेछस् । 29 एदोम आफ्ना राजाहरू र आफ्ना सबै अगुवासँगै त्यहाँ छ । तरवारले मारिएकाहरूसँगै तिनीहरूलाई तिनीहरूकै शक्तिमा राखिएको छ । खतना नभएकाहरू, तल खाडलमा गएकाहरूसँगै तिनीहरू रहन्छन् । 30 उत्तरका शासकहरू सबै जना र छेडिएकाहरूसँगै तल गएका सबै सिदोनीहरू त्यहाँ छन् । तिनीहरू शक्तिशाली थिए र अरूलाई भयभीत पारे, तर अब खतना नभएकै अवस्थामा तरवारद्वारा छेडिएकाहरूसँगै तिनीहरू त्यहाँ लाजमा परेका छन् । तल खाडलमा जानेहरूसँगै तिनीहरू आफ्नो लाज आफैं बोक्छन् । 31 फारोले हेर्नेछ, अनि त्यो र त्यसका सबै भीडले तरवारले छेडिएका सेनाहरूका खातिर सान्त्वना पाउनेछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 32 जीवितहरूका देशमा मैले त्यसलाई आतंक फैलाउनलाई राखें, तर त्यो र त्यसका भीड खतना नभएकाहरू, र तरवारले छेडिएकाहरूका बिचमा ढल्‍नेछन्, य परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
  • जक 2:8 : 8 किनकि सेनाहरूका परमप्रभुले मलाई सम्मानित गर्नुभएर तिमीहरूलाई लुट्ने जातिहरूको विरुद्ध मलाई पठाउनुभएपछि (किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले परमेश्‍वरका आँखाको नानीलाई छुन्छ!) उहाँले भन्‍नुभयो,
  • जक 12:3 : 3 त्यस दिन, म सबै जातिहरूका निम्ति यरूशलेमलाई एउटा गह्रौँ ढुङ्गो तुल्याउनेछु । त्यो ढुङ्गोलाई उठाउन खोज्ने सबैलाई गहिरो चोट लाग्‍नेछ, र पृथ्वीका सबै जातिहरू त्यस सहरको विरुद्धमा एक हुनेछन् ।
  • प्रेरि 5:38-39 : 38 अब म तपाईंहरूलाई भन्छु कि यी मानिसहरूबाट टाढै रहनुहोस् र यिनीहरूलाई छोडिदिनुहोस् किनकि यदि यो योजना वा काम मानिसहरूको हो भने, यो पतन हुनेछ । 39 तर यदि यो परमेश्‍वरको हो भने, तपाईंहरूले तिनीहरूलाई पतन गराउन सक्‍नुहुन्‍न र तपाईंहरूले आफैँलाई परमेश्‍वरको विरुद्धमा लडिरहेको पाउनु हुनेछ ।” यसरी तिनीहरूले तिनको कुरा माने ।
  • प्रेरि 9:4-5 : 4 तिनी भुइँमा ढले र तिनले यसो भन्‍ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?” 5 शाऊलले जवाफ दिए, “प्रभु, तपाईं को हुनुहुन्छ?” प्रभुले भन्‍नुभयो, “म येशू हुँ जसको तिमी खेदो गर्दैछौ ।
  • प्रेरि 12:1-2 : 1 ¶ त्यसै समयमा हेरोद राजाले केही मानिसहरूमाथि हात हाल्न र समूहका केहीलाई दुर्व्यवहार समेत गर्न थाले । 2 उनले यूहन्‍नाको भाइ याकूबलाई तरवारले मारे ।
  • प्रेरि 12:22-23 : 22 मानिसहरूले यसो भन्दै चिच्‍च्‍याए “यो त ईश्‍वरको अवाज हो, मानिसको होइन ।” 23 तिनले परमेश्‍वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे, अनि किरा परेर तिनी तिनी मरे ।
  • रोमी 2:28-29 : 28 किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो । 29 तर त्यही यहूदी हो जो भित्री रूपमा यहूदी हो र अक्षरमा होइन तर आत्‍माद्वारा हृदयको खतना नै खतना हो । यस्‍तो व्यक्‍तिको प्रशंसा मानिसबाट होइन, तर परमेश्‍वरबाट आउँछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 37दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्‍जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”

  • १ शमू 17:25-27
    3 पदहरू
    86%

    25इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन् ।”

    26दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”

    27अनि मानिसहरूले भनिरहेका कुरालाई नै दोहोर्‍याए र तिनलाई भने, “उसलाई मार्नेलाई यसै गरिनेछ ।”

  • १ शमू 17:31-35
    5 पदहरू
    85%

    31जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।

    32तब दाऊदले शाऊललाई भने, “त्यो पलिश्तीको कारणले कसैको हृदय हतास नहोस् । तपाईंको दास जानेछ र यो पलिश्तीसँग लड्नेछ ।”

    33शाऊलले दाऊदलाई भने, “तिमी यो पलिश्तीको विरुद्धमा लाड्न जान सक्षम छैनौ । किनभने तिमी भर्खरको केटा मात्र हौ र ऊ आफ्‍नो जवानीदेखि नै युद्धमा छ ।”

    34तर दाऊदले शाऊललाई भने, “तपाईंको दासले आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्ने गर्थ्यो । जब सिंह वा भालु आएर भेडालाई बगालबाट लान्थ्यो,

    35म त्यसलाई लखेट्थें र त्यसलाई आक्रमण गर्थें र त्यसको मुखबाट यसलाई छुटकारा दिन्थें । जब त्यो मेरो विरुद्ध आइलाग्थ्यो, मैले त्यसको दाह्रीमा समातेर त्यसलाई प्रहार गर्थें र मार्थें ।

  • १ शमू 17:39-52
    14 पदहरू
    81%

    39दाऊदले तिनको तरवार तिनको झिलममाथि भिरे । तर उनी हिंड्न सकेनन्, किनभने ती लगाएर हिंड्‍ने तालिम तिनलाई थिएन । अनि दाऊदले शाऊललाई भने, “यि लगाएर म लड्न जान सक्‍दिनँ, किनभने यी लगाएर हिंड्‍ने तालिम मैले लिएको छैन ।” त्यसैले दाऊदले ती फुकाले ।

    40तिनले आफ्नो लट्ठी हातमा लिए र खोलाबाट पाँच वटा चिल्‍लो ढुङ्गा छाने । तिनले ती आफ्नो गोठालोको झोलामा हाले । त्‍यो पलिश्तीसँग भिड्‍न जाँदा तिनको हातमा घुयेंत्रो थियो ।

    41त्‍यो पलिश्‍ति आयो र दाऊदको नजिक गयो । उसको हतियार बोक्‍ने उसको अगि थियो ।

    42जब त्‍यो पलिश्‍तीले अघि हेर्‍यो र दाऊदलाई देख्‍यो, तब उसले तिनलाई तुच्छ ठान्‍यो, किनकि तिनी राता गाला भएका सुन्‍दर स्वरूपका एउटा सानो केटा मात्र थिए ।

    43तब त्‍यो पलिश्‍तीले दाऊदलाई भन्‍यो, “के म कुकुर हो र तँ लट्टी लिएर आइस्?,” र पलिश्‍तीले आफ्‍नो देवताहरूको नाउँमा सराप्‍यो ।

    44त्‍यो पलिश्तीले दाऊदलाई भन्‍यो, “मकहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जमिनका पशुहरूलाई दिनेछु ।”

    45दाऊदले त्‍यो पलिश्‍तिलाई जवाफ दिए, “तँ त तरवार, भाला र बर्छासित मकहाँ आइस् । तर म त सर्वशक्तिमान् परमप्रभु, इस्राएलको फौजका परमेश्‍वरको नाउँमा तँकहाँ आउँछु, जसको तैंले विरोध गरेको छस् ।

    46आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ र म तँलाई मार्नेछु र तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु । आज म पलिश्‍ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु, ताकि इस्राएलमा परमेश्‍वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्‍न सकोस्,

    47साथै भेला भएका यी सबैले जानून् कि परमप्रभुले तरवार वा भालाले विजन दिनुहुन्‍न । किनकि युद्ध परमप्रभुको हो र उहाँले नै तँलाई मेरो हातमा दिनुहुनेछ ।

    48जब त्‍यो पलिश्ती उठ्‍यो र दाऊदको नजिक जान लाग्‍यो, तब उसलाई भेट्न दाऊद छिटो दौडेर शत्रुका फौजतिर गए ।

    49दाऊदले आफ्नो झोलामा आफ्‍नो हात हाले, त्‍यसबाट एउटा ढुङ्गा लिए, त्यसलाई घुयेंत्रोमा घुमाए र पलिश्तीको निधारमा हिर्काए । त्‍यो ढुङ्गा उक्‍त पलिश्‍तीको निधारमै गाडियो र ऊ घोप्टो परेर जमिनमा ढल्‍यो ।

    50त्‍यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए । तिनले त्‍यो पलिस्तीलाई हिर्काए र उसलाई मारे । दाऊदको हातमा कुनै तरवार थिएन ।

    51अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्‍यसको म्यानबाट झिके, उसलाई मारे र त्‍यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्‍नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे ।

    52त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्‍म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो ।

  • १ शमू 17:8-11
    4 पदहरू
    79%

    8ऊ खडा भयो र इस्राएलको फौजतिर चिच्याए, “तिमीहरू लडाइँको निम्ति पङ्तीबद्ध हुन किन आएका छौ? के म एक जना पलिश्‍ती होइन र तिमीहरू शाऊलको सेवकहरू होइनौ र? आफ्नो निम्ति एक जना मानिसलाई चुन र ऊ मकहाँ तल आओस् ।

    9मसँग लडेर उसले मलाई जित्‍यो भने, हामी तिमीहरूका सेवकहरू हुनेछौं । तर मैले त्यसलाई हराएँ भने, तिमीहरू हाम्रो सेवकहरू हुनेछौ र हाम्रो सेवा गर्नेछौ ।”

    10त्‍यो पलिश्‍तीले फेरि भन्‍यो, “म इस्राएलको फौजलाई आज चुनौती दिन्छु । मलाई एउटा मानिस देओ, ताकि हामीसँगै लड्न सकौं ।”

    11जब शाऊल र सारा इस्राएलले त्‍यो पलिश्‍तीले भनेको कुरा सुने, तिनीहरू निरुत्साहित भए र साह्रै डराए ।

  • 23तिनी उनीहरूसँग कुरा गरिरहँदा, गोल्यत नाउँ गरेको त्यो बलियो पलिश्‍ती पलिश्‍तीहरूको फौजबाट आयो र पहिलेको जस्तै शब्दहरू भन्‍यो र दाऊदले त्यो सुने ।

  • 16यसैले परमेश्‍वरले आज्ञा गर्नुभएझैं दाऊदले गरे । तिनले पलिश्‍तीहरूका सेनालाई गिबोनदेखि गेजेरसम्‍मै पराजित गरे ।

  • 16चालिस दिनसम्म त्यो बलियो पलिश्‍ती बिहान र साँझ आफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे ।

  • 57जब त्‍यो पलिश्‍तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्‍यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।

  • 10तब दाऊदले परमेश्‍वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्छ?” परमप्रभुले तिनलाई भन्‍नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्‍पिदिनेछु ।”

  • १ शमू 17:19-20
    2 पदहरू
    73%

    19तिम्रा दाजुहरू शाऊलसँग र इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्‍तीहरूसँग लडिरहेका छन् ।”

    20दाऊद बिहान सबेरै उठे र भेडाहरू गोठालाहरूको हातमा हेरचाहमा छोडे । तिनले खाद्यन्‍नहरू लिए र यिशैले तिनलाई आज्ञा गरेझैं गए । तिनी फौजहरू युद्ध-ध्वनिका साथ युद्ध मैदानमा जाँदै गर्दा छाउनीमा आए ।

  • 12तर शम्‍मा खेतको बिचमा भए भए र त्‍यसको प्रतिरक्षा गरे । तिनले पलिश्तीहरूलाई मारे र परमप्रभुले ठुलो विजय दिनुभयो ।

  • १ शमू 17:3-4
    2 पदहरू
    73%

    3पलिश्‍तीहरू पहाडको एकापट्टि र इस्राएल पहाडको अर्कोपट्टि मैदानलाई तिनीहरूका बिचमा पारेर खडा भए ।

    4गातको गोल्यत नाउँ गरेको एक जना बलियो मानिस पलिश्‍तीहरूको छाउनीबाट आयो, जसको उचाइ तिन मिटर थियो ।

  • 18अब यो काम गर्नुहोस् । किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्‍नुभएको छ, 'म आफ्‍ना मानिसहरूलाई पलिश्‍तीहरूका हात र तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु' ।”

  • 2त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्‍तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्‍नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”

  • 8फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।

  • 9पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्‍ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्‍यो लाने इच्‍छा हुन्छ भने त्‍यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।” दाऊदले भने, “त्यो जस्‍तो अरू कुनै तरवार छैन । त्‍यो मलाई दिनुहोस् ।”

  • 6जोनाथनले आफ्नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, यी बेखतनाहरूका चौकीमा पारि जाऔं । सायद परमप्रभुले हाम्रो पक्षमा काम गर्न सक्‍नुहुनेछ, किनकि धेरै वा थोरै जनाबाट बचाउन परमप्रभुलाई कुनै कुराले रोक्‍न सक्दैन ।”

  • 17तर सरूयाहका छोरा अबीशैले दाऊदलाई बचाए, त्यो पलिश्‍तीलाई आक्रमण गरे र त्‍यसलाई मारे । तब दाऊदका मानिसहरूले तिनीसँग यसो भनेर शपथ खाए, “तपाईं अबदेखि हामीसित लडाइँमा जानुहुने छैन, ताकि तपाईंले इस्राएलको बत्ती निबाउनुहन्‍न ।”

  • 8तिनीहरू गातका रफाका सन्‍तानहरू थिए, र तिनीहरू सबै दाऊदका हातबाट र तिनका सिपाहीहरूका हातबाट मारिए ।

  • 30त्यसपछि पलिश्तीहरूका शासकहरू युद्ध गर्न आए र तिनीहरू जति पटक युद्ध गर्न आए पनि दाऊदचाहिं तिनीहरूमाथि शाऊलका अन्य सेवकहरूभन्दा धेरै सफल भए, जसले गर्दा तिनको नाउँको उच्‍च कदर गरिएको थियो ।

  • 18जवानहरूमध्ये एक जनाले जवाफ दिए, “मैले बेथलेहमका यिशैका छोरा बजाउनमा निपुण, बलियो, साहसी, लडाकु, बोलीवचनमा चतुर, सुन्‍दर मानिस देखेको छु । अनि परमप्रभु तिनीसँग हुनुहुन्छ ।”

  • 54दाऊदले त्‍यो पलिश्तीको शिर लिए र त्‍यो यरूशलेममा ल्याए, तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे ।

  • 10एलाजार खडा भए र आफ्‍नो हात नथाकेसम्‍म, र तिनको हातले तरवारको बिंड नै नसमात्‍ने गरी नथाकेसम्म पलिश्तीहरूसँग युद्ध लडे । त्यस दिन परमप्रभुले ठुलो विजाय दिनुभयो । फौजहरू लाशहरूबाट लुट्नलाई मात्र एलाजारको पछि फर्केर गए ।

  • 15दाऊदले आफ्‍ना जवानमध्ये एक जनालाई बोलाएर भने, “जाऊ र यसलाई मार् ।” त्यसैले त्यो मानिस गयो र तिनलाई प्रहार गर्‍यो र ती अमालेकी मरे ।

  • 19त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे । तिनले भने, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्‍नुभयो, “आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु ।”