१ इतिहास 16:4

अनलक शाब्दिक बाइबल

परमप्रभुका सन्‍दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्‍वरको उत्‍सव मनाउन, धन्‍यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 17:7 : 7 तँ र तँपछिका तेरा सन्तानका परमेश्‍वर हुनलाई तेरो र मेरो र तँपछिका तेरा सन्‍तानको बिचमा नित्य रहिरहने करार म स्थापित गर्नेछु ।
  • उत्प 32:28 : 28 ती मानिसले भने, “अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ । किनकि तिमीले परमेश्‍वर र मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ ।”
  • उत्प 33:20 : 20 त्यहाँ तिनले एउटा वेदी बनाए र त्यसको नाउँ एल-एलोह-एस्राएल राखे ।
  • गिन 18:1-6 : 1 ¶ परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तँ, तेरा छोराहरू र तेरा वंशकाहरू पवित्र स्थान विरुद्ध गरिने सबै पापका निम्ति जिम्मेवार हुनेछौ । तर पुजारीको पदमा कसैले गरेको सबै पापको निम्ति तँ र तेरा छोराहरू मात्र जिम्मेवार हुनेछौ । 2 लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्गी सदस्यहरूको सवालमा, तिनीहरूलाई तँसँगै ले अनि तँ र तेरा छोराहरूले गवाही-पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् र तिमीहरूलाई सहायता गरून् । 3 तिनीहरूले तेरो र सारा पालको सेवा गर्नुपर्छ । 4 तथापि, तिनीहरू पवित्र स्थान वा वेदीसँग सम्बन्धित कुनै थोकको नजिक आउनुहुँदैन नत्रता तिनीहरू र तँ मर्नेछौ । तिनीहरू पालसँग सम्बन्धित सबै किसिमका कामकाजको निम्ति तिमीहरूसँग सहभागी हुनुपर्छ र भेट हुने पालको देखरेख गर्नुपर्छ । कुनै पनि परदेशी तिमीहरूको नजिक आउनुहुँदैन । 5 पवित्र स्थान र वेदीको निम्ति तैँले जिम्मा लिनुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस् । 6 हेर्, लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् ।
  • १ राजा 8:15 : 15 तिनले भने, “इस्राएलका परमेश्वर परमप्रभुको स्तुति होस् जो मेरा पिता दाऊदसित बोल्नुभयो, र जसले यसो भन्दै आफ्नै हातले यो कुरा पुरा गर्नुभएको छ,
  • १ इति 15:16 : 16 लेवीहरूका मुखियाहरूले आ-आफ्‍ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्‍यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए ।
  • १ इति 16:8 : 8 परमप्रभुलाई धन्‍यवाद चढाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँका कार्यहरू प्रचार गर ।
  • १ इति 16:37-42 : 37 यसैले दाऊदले दिन-दिनको आवश्‍यक काम निरन्‍तर रूपमा गर्न त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे । 38 ओबेद-एदोम र तिनका अठसट्ठी जना आफन्तहरू पनि समावेश गरिएका थिए । यदूदूनका छोरा ओबेद-एदोम र होसा द्वारपालहरू भए । 39 सादोक पुजारी र तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्‍थानको सामु सेवा गर्नुपर्थ्‍यो । 40 परमप्रभुको व्‍यवस्‍थामा लेखिएका सबै कुराबमोजिम तिनीहरूले बिहान र बेलुकी निरन्‍तर रूपमा परमप्रभुको निम्‍ति वेदीमा होमबलि चढाउनुपर्थ्यो । यो कुरा उहाँले इस्राएललाई आज्ञाको रूपमा दिनुभयो । 41 तिनीहरूसँगै हेमान र यदूतून र नाउँ लिएर चुनिएका मानिसहरू परमप्रभुलाई धन्‍यवाद चढाउन खटाइए, किनभने उहाँ करार विश्‍वस्‍तता सदासर्वदै रहिरहन्‍छ । 42 पवित्र भजनको निम्‍ति तुरहीहरू र झ्‍यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे ।
  • १ इति 23:2-6 : 2 पूजाहारीहरू र लेवीहरूसँगै तिनले इस्राएलका सबै अगुवाहरूलाई भेला गराए । 3 तीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका लेवीहरूको सङ्‍ख्‍याको गणना भयो । तिनीहरूको संख्या अठ्तीस हजार थियो । 4 “तिमध्‍येका चौबीस हजारको काम परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्‍यायकर्ताहरू थिए । 5 चार हजार द्वारपालहरू, र चार हजारले मैले दिएका बाजा बजाएर परमप्रभुको स्‍तुतिगान गर्नपर्छ,” दाऊदले भने । 6 तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे ।
  • १ इति 23:27-32 : 27 किनकि दाऊदका अन्‍तिम वचनद्वारा बीस वर्ष र त्‍यसभन्‍दा बढी उमेरका लेवीहरूको सङ्ख्‍या गनिए । 28 तिनीहरूको काम परमप्रभुका मन्‍दिरको सेवामा हारूनका सन्‍तानहरूलाई सघाउनुपर्ने थियो । तिनीहरूले चोक र कोठाहरूको रेखदेख गर्नुपर्ने, परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने, र परमेश्‍वरका मन्‍दिरका सेवामा अरू काम गर्नुपर्ने थियो । 29 उपस्‍थितिको रोटी, अन्‍नबलिको मसिनो पीठो, पातला अखमिरी रोटी, पोलेका र तेलमा पकाएका भेटीहरूको हेरविचार गर्नुपर्ने, अनि विभिन्‍न कुराहरू नाप्‍नको निम्ति ढक र तराजू तयार गर्नुपर्ने जिम्‍मा पनि तिनीहरूको थियो । 30 हरेक बिहान परमप्रभुलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि तिनीहरू खडा हुन्थे । तिनीहरूले बेलुका, 31 र शबाथ र औंसीका चाडमा र चाडका दिनहरूमा परमप्रभुको निम्‍ति होमबलि चढाउने बेलामा पनि यसै गरे । तोकिएको संख्यामा नियमअनुसार जिम्मा दिइएकाहरू परमप्रभुको सामु उपस्‍थित हुनुपर्थ्यो । 32 तिनीहरूको जिम्मामा भेट हुने पाल र पवित्रस्‍थान थिए, र आफ्ना आफन्त हारूनका सन्‍तानहरूलाई परमप्रभुका मन्‍दिरको सेवामा सहयोग गर्थे ।
  • १ इति 24:3 : 3 दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको साथमा तिनीहरूलाई पुजारीहरूका काम विभाजन गरे ।
  • भजन 37:1 : 1 ¶ खराबी गर्नेहरूको कारण झर्को नमान । अधार्मिक किसिमले काम गर्नेहरूका इर्ष्या नगर ।
  • भजन 70:1 : 1 ¶ हे परमेश्‍वर, मलाई बचाउनुहोस्! हे परमप्रभु, चाँडो आउनुहोस् र मलाई सहायता गर्नुहोस् ।
  • भजन 72:18 : 18 परमप्रभु परमेश्‍वर, इस्राएलको परमेश्‍वर धन्यको होऊन्, जसले मात्र अचम्‍मका कामहरू गर्नुहुन्छ ।
  • भजन 103:2 : 2 परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र उहाँका सबै असल कामहरूलाई म सम्झिन्छु ।
  • भजन 105:5 : 5 उहाँले गर्नुभएका अचम्मका कामहरू, उहाँका आश्‍चर्य कामहरू र उहाँको मुखका आदेशहरूलाई याद गर,
  • भजन 106:48 : 48 इस्राएलका परमप्रभु परमेश्‍वरको अनादिदेखि अनन्तसम्म स्तुति होस् । सबै मानिसहरूले भने, “आमेन ।” परमप्रभुको प्रशंसा होस् ।
  • यशा 62:6-7 : 6 ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चुप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ । 7 उहाँले यरूशलेमलाई पुनःस्थापना गरेर र पृथ्वीमा यसलाई प्रशंसा नबनाएसम्म उहाँलाई विश्राम गर्न नदेओ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 16:5-8
    4 पदहरू
    80%

    5ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्गी र वीणा बजाउँथे । आसापले चाहिं ठुलो स्वरमा झ्‍याली बजाउनुपर्थ्यो ।

    6बनायाह र यहासेल पुजारीहरूले परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर रूपमा तुरही बजाउनुपर्थ्यो ।

    7तब त्‍यस दिन दाऊदले पहिलो पल्‍ट आसाप र तिनका दाजुभाइलाई परमप्रभुको निम्‍ति धन्‍यवादको यो गीत गाउनलाई नियुक्त गरे ।

    8परमप्रभुलाई धन्‍यवाद चढाओ, उहाँका नाउँको पुकारा गर, जातिहरूका बीचमा उहाँका कार्यहरू प्रचार गर ।

  • १ इति 15:14-17
    4 पदहरू
    80%

    14यसैले परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूकलाई तिनीहरूले ल्‍याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे ।

    15यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्‍वरको सन्‍दूकलाई आ-आफ्‍ना काँधमा डन्‍डाले बोकेर ल्‍याए ।

    16लेवीहरूका मुखियाहरूले आ-आफ्‍ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्‍यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए ।

    17यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका दाजुभाइमध्ये बेरेक्‍याहका छोरा आसापलाई नियुक्‍त गरे । तिनीहरूले मरारीहरूको सन्तानका आफन्त कूशायाहका छोरा एतानलाई पनि नियुक्‍त गरे ।

  • 6पुजारीहरू प्रत्‍येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भएर । लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए, जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।” तिनीहरूका सामु सबै पुजारीले आआफ्ना तुरही बजाए, र सबै इस्राएली खडा भए ।

  • 1¶ दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्‍ये कसैलाई वीणा, सारङ्गी र झ्‍यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः

  • १ इति 16:36-37
    2 पदहरू
    78%

    36परमप्रभु इस्राएलका परमेश्‍वरको, सदासर्वदै प्रशंसा होस्‌ । सबै मानिसहरूले “आमेन” भने र परमप्रभुको स्‍तुति गरे ।”

    37यसैले दाऊदले दिन-दिनको आवश्‍यक काम निरन्‍तर रूपमा गर्न त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे ।

  • 46किनकि धेरै पहिले दाऊद र आसापको समयमा गायकहरूका निर्देशकहरू थिए, र त्यहाँ परमेश्‍वरको निम्ति प्रशंसासाथै धन्यवाद ज्ञापन हुन्थ्यो ।

  • 2पुजारीहरू र लेवीहरूका दलअनुसार हिजकियाले तिनीहरूका दलहरूलाई हरेक मानिसलाई, पुजारीहरू र लेवीहरू दुवैलाई आआफ्ना काममा लगाइदिए । तिनीहरूलाई होमबलि र मेलबलि चढाउन, सेवा गर्न, धन्यवाद दिन र परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्ने काम तिनले तिनीहरूलाई दिए ।

  • 24लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्‍ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्‍वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे ।

  • १ इति 15:2-4
    3 पदहरू
    76%

    2तब दाऊदले भने, “परमेश्‍वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्‍दूक बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्‍नुभएको थियो ।”

    3त्यसपछि परमप्रभुको सन्‍दूकलाई त्‍यसको निम्‍ति तयार गरिएको ठाउँमा ल्‍याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए ।

    4दाऊदले हारूनका सन्‍तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए ।

  • २ इति 29:25-26
    2 पदहरू
    76%

    25हिजकियाले लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले आज्ञा गरेअनुसार झ्‍याली, वीणा र सारङ्गीका साथमा आआफ्‍नो काममा खटाए, किनकि यो आज्ञा परमप्रभुले आफ्‍ना अगमवक्ताहरूद्वारा दिनुभएको थियो ।

    26लेवीहरू दाऊदका बाजाहरू र पुजारीहरू तुरहीहरू लिएर खडा भए ।

  • १ इति 6:31-32
    2 पदहरू
    75%

    31सन्‍दूक परमप्रभुको मन्‍दिरमा राखेपछि सङ्गीतको जिम्‍मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन्‌ ।

    32सोलोमनले यरूशलेममा परमप्रभुको मन्‍दिर नबनाएसम्‍म पवित्र वासस्‍थान, अर्थात्‌ भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।

  • १ इति 15:11-12
    2 पदहरू
    75%

    11दाऊदले सादोक र अबियाथार पुजारीहरू, अनि लेवी उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाबलाई बोलाए ।

    12तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्‍छौ ।

  • 14आफ्‍ना पिता दाऊदको विधिहरू पालन गर्ने कुरामा सोलोमनले प्रतिदिनको लागि आवश्यक परेअनुसार पुजारीका दलहरूलाई आआफ्‍ना काममा र लेवीहरूलाई चाहिं परमेश्‍वरको स्‍तुति गर्ने र पुजारीहरूका अगि सेवा गर्ने तिनीहरूका दर्जामा नियुक्त गरे । हरेक ढोकामा तिनले ढोकाका रक्षकहरू आफ्‍ना दलअनुसार रहनलाई नियुक्त गरे, किनकि परमेश्‍वरका मानिस दाऊदले यसरी नै आज्ञा दिएका थिए ।

  • 10जब निर्माणकर्ताहरूले परमप्रभुको मन्दिरको जग बसाले, तब पुजारीहरू आ-आफ्ना पोशाकहरूमा तुरहीहरू लिएर अनि लेवीहरू र आसापका छोराहरू झ्यालीहरू लिएर परमप्रभुको प्रशंसा गर्न खडा भए, जसरी इस्राएलका राजा दाऊदले आज्ञा गरेका थिए ।

  • १ इति 23:5-6
    2 पदहरू
    75%

    5चार हजार द्वारपालहरू, र चार हजारले मैले दिएका बाजा बजाएर परमप्रभुको स्‍तुतिगान गर्नपर्छ,” दाऊदले भने ।

    6तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे ।

  • 30यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए । तिनीहरूले खुसीसाथ स्‍तुति गाए र घोप्‍टो परे र आरधना गरे ।

  • 41तिनीहरूसँगै हेमान र यदूतून र नाउँ लिएर चुनिएका मानिसहरू परमप्रभुलाई धन्‍यवाद चढाउन खटाइए, किनभने उहाँ करार विश्‍वस्‍तता सदासर्वदै रहिरहन्‍छ ।

  • 8दाऊद र सम्‍पूर्ण इस्राएलले परमेश्‍वरको सामु आफ्‍नो सारा शक्तिले उत्सव मनाइरहेका थिए । तिनीहरू वीणा, सारङ्गी, खैंजडी, झ्‍याली र तुरहीको साथमा गाउँदै थिए ।

  • १ इति 16:1-2
    2 पदहरू
    73%

    1¶ तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याए, अनि त्‍यसको निम्‍ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे । तब तिनीहरूले परमेश्‍वरको सामु होमबलि र मेलबलि चढाए ।

    2दाऊदले होमबल र मेलबलि चढाइसकेपछि, तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए ।

  • 18यहोयादाले परमप्रभुका मन्‍दिरको हेर-विचार गर्नको निम्ति पुजारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे, जो लेवीहरू थिए । आफ्‍नो समयदेखि नै स्‍तुतिगान गर्दै र आनन्‍द मनाउँदै मोशाको व्‍यवस्‍थामा तोकिएबमोजिम र दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्‍ति होमबलि चढाउन र परमप्रभुको मन्‍दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए ।

  • १ इति 15:25-28
    4 पदहरू
    73%

    25यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका कमाण्‍डरहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्‍दूक ल्‍याउनलाई रमाउँदै गए ।

    26परमप्रभुका करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई परमेश्‍वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढे र सात वटा भेडा बलिदान चढाए ।

    27सन्‍दूक बोक्‍ने लेवीहरू, गायकहरू र गायकका मुखिया कनन्‍याहले जस्‍तै दाऊदले पनि असल मलमलका लुगा लाएका थिए । दाऊदले मलमलको एपोद लाएका थिए ।

    28यसरी सबै इस्राएलले आनन्दले कराउँदै सीङ र तुरहीहरूका आवाजमा र झ्‍याली, सारङ्गी र वीणा बजाउँदै परमप्रभुका करारको सन्‍दूक ल्याए ।

  • 19कहाती र कोरहका वंशका कोही लेवीहरू चर्को सोरमा परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर्न खडा भए ।

  • 17मत्तन्‍याह, जो मीयकाका छोरा, जो जब्‍दीका छोरा, जो आसापका छोरा थिए । तिनी स्‍तुति-प्रशंसा र प्रार्थनाको सेवाका निर्देशक थिए । तिनका दाजुभाइहरूमध्‍ये दोस्रो स्‍थान लिने बक्‍बुक्‍याह थिए । अब्‍दा, जो शम्‍मूअका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए ।

  • 21यरूशलेममा उपस्‍थित भएका इस्राएलका मनिसहरूले सात दिनसम्‍म ठुलो रमाहटको साथ अखमिरी रोटीको चाड मनाए । लेवीहरू र पुजारीहरूले ठुलो स्वरमा परमप्रभुका बाजाहरू बजाएर दिनहुँ परमप्रभुको प्रशंसा गरे ।

  • 6तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्‍दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्‍वरको मन्‍दिरको सेवा गर्दा झ्‍याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए ।

  • 30हरेक बिहान परमप्रभुलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि तिनीहरू खडा हुन्थे । तिनीहरूले बेलुका,

  • 8त्यस बेला परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिन र उहाँको सेवाको लागि उहाँको सामु खडा हुनका लागि परमप्रभुको करार बोक्‍न उहाँले लेवी कुललाई छान्‍नुभयो जस्तो आजसम्म चलिआएको छ ।

  • 4यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन् ।

  • 21मानिसहरूसित सल्‍लाह लिएपछि, परमप्रभुको निम्ति गाउने र उहाँको प्रशंसा गर्नेहरूलाई तिनीहरू हिंड्‍दै गर्दा, उहाँको महान् वैभवताको प्रशंसा गरेर यसो भन्दै गाउनलाई केहीलाई तिनले नियुक्त गरे, “परमप्रभुलाई धन्‍यवाद देओ, किन उहाँको करारको विश्‍वस्‍तात सदासर्वदा रहन्छ ।”

  • 4इस्राएलका सबै धर्म-गुरु आए, र लेवीहरूले सन्‍दूक लगे ।

  • 2तिनले पुजारीहरूलाई आआफ्नो स्थानमा राखे र परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए ।

  • 12यी मानिसहरूले विश्‍वासयोग्य रूपले काम गरे । मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामले तिनीहरूका रेखदेख गरे । सङ्गीतमा निपुण अन्य सबै लेवीले कामदारहरूलाई निर्देशन दिए ।

  • 12सबै लेवी गायक, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र दाजुभाइसमेत सबै जना, मलमलका कपडा लगाएर झ्‍याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए । तिनीहरूका साथमा एक सय बिस जना तुरही बजाउने पुजारीहरू थिए ।