१ इतिहास 15:2

अनलक शाब्दिक बाइबल

तब दाऊदले भने, “परमेश्‍वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्‍दूक बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्‍नुभएको थियो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 10:8 : 8 त्यस बेला परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिन र उहाँको सेवाको लागि उहाँको सामु खडा हुनका लागि परमप्रभुको करार बोक्‍न उहाँले लेवी कुललाई छान्‍नुभयो जस्तो आजसम्म चलिआएको छ ।
  • व्यव 31:9 : 9 मोशाले यो व्यवस्था लेखेर लेवीका छोराहरू अर्थात् पुजारीहरूलाई दिए जसले परमप्रभुले करारको सन्दुक बोक्थे । तिनले इस्राएलका सारा धर्म-गुरुलाई पनि यसका प्रतिहरू दिए ।
  • यहो 3:3 : 3 तिनीहरूले मानिसहरूलाई आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुक र लेवी कुलका पुजारीहरूले यसलाई बोकिरहेका देख्छौ, तिमीहरूले यो ठाउँलाई छोड्नुपर्छ र यसको पछि-पछि जानुपर्छ ।
  • यहो 6:6 : 6 अनि नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने, “करारको सन्दुक बोक, र सात जना पुजारीले परमप्रभुको सन्दुक अगिअगि भेडाका सातवटा सिङका तुरहीहरू बोकून् ।”
  • २ इति 35:3 : 3 तिनले परमप्रभुमा समर्पित भएका र सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने, “इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्दिरमा पवित्र सन्दूकलाई राख । अबदेखि फेरि त्यसलाई आफ्नो काँधमा नबोक । अब परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर र उहाँको मानिस इस्राएलको सेवा गर ।
  • यशा 66:21 : 21 यिनीहरूमध्ये कसैलाई म पुजारीहरू र लेवीहरूको रूपमा पनि चुन्‍नेछु, परमप्रभु भन्‍नुहुन्छ ।
  • यिर्मि 33:17-22 : 17 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'इस्राएलको घरानाको सिंहासनमाथि बस्‍न दाऊदको वंशबाट कुनै मानिसको अभाव कदापि हुनेछैन, 18 न त मेरो सामु हर समय होमबलि, अर्घबलि र अन्‍नबलिहरू चढाउन लेवी कुलका पुजारीहरूमा कुनै मानिसको कमी हुनेछ ।'” 19 परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो, 20 “परमप्रभु यसो भन्‍नुहुन्छ, 'तिमीहरूले दिन र रातसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्यौ, र तोकिएको समयमा फेरि दिन र रात भएनन् भने, 21 तब तिमीहरूले मेरा दास दाऊदसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्‍नेछौ, जसको कारणले उसको सिंहासनमा बस्‍न उसको कुनै छोरो हुनेछैन, र लेवी कुलका पुजारीहरू अर्थात् मेरा दासहरूसित बाँधिएको मेरो करार पनि भङ्ग हुनेछ । 22 जसरी आकाशका ताराहरू गन्‍न सकिंदैन, र समुद्र किनारमा बालुवा जोखिन सकिंदैन, त्यसरी नै मेरा दास दाऊद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूको सङ्ख्या म बढाउनेछु' ।”
  • गिन 4:2-9 : 2 “लेवीहरूबाट कहातका पुरुष सन्तानहरूको आ-आफ्ना वंशहरू र परिवार-परिवारअनुसार गन्ती गर् । 3 तिसदेखि पचास वर्षसम्मका पुरुषहरूको गन्ती गर् । यी मानिसहरू भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुनुपर्छ । 4 कहातका सन्तानहरूले भेट हुने पालको निम्ति मेरो निम्ति राखिएका अति पवित्र थोकहरूको देखरेख गर्नुपर्छ । 5 छाउनी सार्न तयारी हुँदा हारून र तिनका छोराहरू भित्र जानुपर्छ, अति पवित्र स्थानलाई पवित्र स्थानबाट छुट्‌ट्याउने पर्दा झिक्‍नुपर्छ र गवाहीको सन्दूकलाई त्यसैले ढाक्‍नुपर्छ । 6 तिनीहरूले सन्दूकलाई सीलको छालाले ढाक्‍नुपर्छ । तिनीहरूले यसमाथि निलो कपडाले ढाक्‍नुपर्छ । तिनीहरूले यसलाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ । 7 तिनीहरूले उपस्थितिको रोटीको टेबुललाई एउटा निलो कपडाले ढाक्‍नुपर्छ । यसमाथि तिनीहरूले थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राख्‍नुपर्छ । टेबुलमाथि रोटी सदैव हुनुपर्छ । 8 तिनीहरूले यिनीहरूलाई रातो रङको कपडाले र फेरि सीलको छालाले ढाक्‍नुपर्छ । टेबुललाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ । 9 तिनीहरूले सामदानसाथै यसका बत्तीहरू, चिम्टाहरू, मोसोदानीहरू र बत्तीका निम्ति तेलका सबै भाँडालाई निलो कपडाले ढाक्‍नुपर्छ । 10 तिनीहरूले सामदान र यसका सबै सरसामानलाई सीलको छालाले ढाक्‍नुपर्छ र तिनीहरूले यसलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ । 11 तिनहरूले सुनको वेदीलाई निलो कपडाले ढाक्‍नुपर्छ । 12 तिनीहरूले यसलाई सीलको छालाले ढाक्‍नुपर्छ र बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ । तिनीहरूले पवित्र स्थानका सबै कामका सामानहरूलाई लिएर निलो कपडाले बेर्नुपर्छ । तिनीहरूले यसलाई सीलको छालाले ढाक्‍नुपर्छ र सामानहरूलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ । 13 तिनीहरूले वेदीबाट खरानी हटाउनुपर्छ र वेदीलाई बैजनी रङको कपडाले ढाक्‍नुपर्छ । 14 तिनीहरूले वेदीको सेवामा प्रयोग गर्ने सबै सामानलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ । यिनीहरू आगो राख्‍ने पात्रहरू, काँटाहरू, बेल्चाहरू, बाटाहरू र वेदीका अन्य सबै सामान हुन् । तिनीहरूले वेदीलाई सीलको छालाले ढाक्‍नुपर्छ अनि बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ । 15 जब हारून र तिनका छोराहरूले पवित्र स्थान र यसका सबै सामानलाई ढाकी सक्छन् अनि छाउनी अगाडि बढ्छ त्यसपछि कहातका सन्तानहरू पवित्र स्थान बोक्‍न आउनुपर्छ । यदि तिनीहरूले पवित्र सामानहरू छोए भने तिनीहरू मारिऊन् । भेट हुने पालका सामानहरू बोक्‍ने काम कहातका सन्तानहरूको हो ।
  • गिन 4:19-20 : 19 तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा 20 तिनीहरू पवित्र स्थान हेर्न एक क्षणको निम्ति पनि जानुहुँदैन नत्रता तिनीहरू मारिनेछन् । हारून र तिनका छोराहरूले हरेक कहातीलाई त्यसको काम अर्थात् त्यसको विशेष कामहरू तोक्‍नुपर्छ ।”
  • गिन 7:9 : 9 तर तिनले कहातका सन्तानहरूलाई ती कुनै पनि कुरा दिएनन्, किनभने तिनीहरूका कामहरू परमप्रभुसँग सम्बन्धित थियो जसलाई तिनीहरूले आ-आफ्ना काँधहरूमाथि बोक्‍नुपर्थ्यो ।
  • गिन 8:13-14 : 13 तैँले लेवीहरूका प्रायश्‍चित्तको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । तैँले लेवीहरूलाई हारून र त्यसका छोराहरूको सामु ले र तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा । 14 १तैँले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट यसरी अलग गर् । लेवीहरू मेरा हुन् ।
  • गिन 8:24-26 : 24 “यो सबै पच्‍चिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूका निम्ति हो । तिनीहरू भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुनुपर्छ । 25 तिनीहरू पचास वर्षको भएपछि यसरी सेवा गर्न छोड्नुपर्छ । त्यस उमेरमा तिनीहरूले सेवा गर्नुहुँदैन । 26 तिनीहरूले भेट हुने पालमा सेवा गरिरहने तिनीहरूका भाइहरूलाई सहायता गर्न सक्छन्, तर तिनीहरूले सेवा गर्नुहुँदैन । तैँले लेवीहरूलाई यी कुराहरूमा निर्देशन दिनुपर्छ ।”
  • गिन 18:1-8 : 1 ¶ परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तँ, तेरा छोराहरू र तेरा वंशकाहरू पवित्र स्थान विरुद्ध गरिने सबै पापका निम्ति जिम्मेवार हुनेछौ । तर पुजारीको पदमा कसैले गरेको सबै पापको निम्ति तँ र तेरा छोराहरू मात्र जिम्मेवार हुनेछौ । 2 लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्गी सदस्यहरूको सवालमा, तिनीहरूलाई तँसँगै ले अनि तँ र तेरा छोराहरूले गवाही-पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् र तिमीहरूलाई सहायता गरून् । 3 तिनीहरूले तेरो र सारा पालको सेवा गर्नुपर्छ । 4 तथापि, तिनीहरू पवित्र स्थान वा वेदीसँग सम्बन्धित कुनै थोकको नजिक आउनुहुँदैन नत्रता तिनीहरू र तँ मर्नेछौ । तिनीहरू पालसँग सम्बन्धित सबै किसिमका कामकाजको निम्ति तिमीहरूसँग सहभागी हुनुपर्छ र भेट हुने पालको देखरेख गर्नुपर्छ । कुनै पनि परदेशी तिमीहरूको नजिक आउनुहुँदैन । 5 पवित्र स्थान र वेदीको निम्ति तैँले जिम्मा लिनुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस् । 6 हेर्, लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् । 7 तर वेदी र पर्दाभित्र भएका सबै थोकसित सम्बन्धि पुजारीको काम तँ र तेरा छोराहरूले मात्र गर्न सक्छस् । ती दायित्वहरू तँ आफैले पुरा गर्नुपर्छ । पुजारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु । नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ ।” 8 परप्रभुले हारूनलाई भन्‍नुभयो, “हेर्, मलाई चढाइने बलिदानहरू र इस्राएलका मानिसहरूले मलाई दिने पवित्र भेटीहरू सम्भाल्ने जिम्मा मैले तँलाई दिएको छु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 15:3-4
    2 पदहरू
    81%

    3त्यसपछि परमप्रभुको सन्‍दूकलाई त्‍यसको निम्‍ति तयार गरिएको ठाउँमा ल्‍याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए ।

    4दाऊदले हारूनका सन्‍तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए ।

  • १ इति 15:11-12
    2 पदहरू
    80%

    11दाऊदले सादोक र अबियाथार पुजारीहरू, अनि लेवी उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाबलाई बोलाए ।

    12तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्‍छौ ।

  • 1¶ दाऊदले आफ्‍नो निम्‍ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्‍वरका सन्‍दूकको निम्‍ति एउटा ठाउँ तयार गरे र त्‍यसको लागि एउटा पाल टाँगे ।

  • १ इति 15:14-16
    3 पदहरू
    80%

    14यसैले परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूकलाई तिनीहरूले ल्‍याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे ।

    15यसैले परमप्रभुको वचनको अनुरण गरेर मोशाले आज्ञा दिएझैं लेवीहरूले परमेश्‍वरको सन्‍दूकलाई आ-आफ्‍ना काँधमा डन्‍डाले बोकेर ल्‍याए ।

    16लेवीहरूका मुखियाहरूले आ-आफ्‍ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्‍यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए ।

  • व्यव 18:5-6
    2 पदहरू
    77%

    5किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले परमप्रभुको नाउँमा सेवा गर्न त्यो र त्यसका छोराहरूलाई सदाको लागि चुन्‍नुभएको छ ।

    6इस्राएलको कुनै पनि सहरमा बसेको कुनै एउटा लेवीले आफ्नो सारा हृदयले इच्छा गरेर परमप्रभुले छान्‍नुहुने ठाउँमा आयो भने

  • 3तिनले परमप्रभुमा समर्पित भएका र सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने, “इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्दिरमा पवित्र सन्दूकलाई राख । अबदेखि फेरि त्यसलाई आफ्नो काँधमा नबोक । अब परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर र उहाँको मानिस इस्राएलको सेवा गर ।

  • २ शमू 6:9-10
    2 पदहरू
    76%

    9दाऊद त्यस दिन परमप्रभुसँग डराएका थिए । तिनले भने, “परमप्रभुको सन्दुक मकहाँ कसरी आउन सक्छ?”

    10त्यसैले दाऊदले परमप्रभुको सन्दुकलाई दाऊदको सहरमा लान तत्पर भएनन् । बरु, तिनले यसलाई गित्ती ओबेद-एदोमको घरमा राखे ।

  • 4परमप्रभुका सन्‍दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्‍वरको उत्‍सव मनाउन, धन्‍यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे ।

  • १ इति 15:25-27
    3 पदहरू
    75%

    25यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका कमाण्‍डरहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्‍दूक ल्‍याउनलाई रमाउँदै गए ।

    26परमप्रभुका करारको सन्‍दूक बोक्‍ने लेवीहरूलाई परमेश्‍वरले सहायता गर्नुभएको हुनाले तिनीहरूले सात वटा साँढे र सात वटा भेडा बलिदान चढाए ।

    27सन्‍दूक बोक्‍ने लेवीहरू, गायकहरू र गायकका मुखिया कनन्‍याहले जस्‍तै दाऊदले पनि असल मलमलका लुगा लाएका थिए । दाऊदले मलमलको एपोद लाएका थिए ।

  • 16'मैले मेरो जाति इस्राएललाई मिश्रबाट बाहिर ल्याएको दिनदेखि मेरो नाउँ राख्नको लागि मैले इस्राएलका सबै कुलबाट कुनै पनि सहर छानिनँ ।

  • 2दाऊद उठे र यहूदाको बालाबाट पमरप्रभुको सन्दुक ल्याउनलाई आफूसँग भएका सबै मानिसलाई साथमा लिएर गए, जसलाई सर्वशकक्‍तिमान् परमप्रभुको नाउँद्वारा पुकारा गरिन्‍छ जो करूबहरूमाथि विराजमान हुनुहुन्छ ।

  • १ इति 23:25-27
    3 पदहरू
    75%

    25किनकि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो मानिसहरूलाई आराम दिनुभएको छ । उहाँले सदासर्वदाको निम्‍ति यरूशलेममा आफ्नो मन्दिर बनाउनुहुन्छ ।

    26लेवीहरूले फेरि कहिल्‍यै पवित्र वासस्‍थान अथवा त्‍यसको सेवामा प्रयोग गरिने भाँडाहरू बोक्‍नुपर्दैन ।”

    27किनकि दाऊदका अन्‍तिम वचनद्वारा बीस वर्ष र त्‍यसभन्‍दा बढी उमेरका लेवीहरूको सङ्ख्‍या गनिए ।

  • १ इति 13:12-13
    2 पदहरू
    74%

    12त्‍यो दिन दाऊद परमेश्‍वरसँग डराए । तिनले भने, “परमेश्‍वरको सन्‍दूकलाई कसरी मकहाँ घरमा ल्‍याउन म सक्‍छु?”

    13यसैले दाऊदले उक्‍त सन्‍दूकलाई दाऊदको सहरमा सारेनन्, तर एकातिर लागेर गित्ती ओबेद-एदोमको घरमा राखे ।

  • 29त्यसैले सादोक र अबियाथारले परमेश्‍वरको सन्दुक यरूशलेममा नै फिर्ता ल्याए र तिनीहरू त्यहीं बसे ।

  • 8त्यस बेला परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिन र उहाँको सेवाको लागि उहाँको सामु खडा हुनका लागि परमप्रभुको करार बोक्‍न उहाँले लेवी कुललाई छान्‍नुभयो जस्तो आजसम्म चलिआएको छ ।

  • 50बरु, लेवीहरूलाई पवित्र वासस्थानको करारका विधिहरूको हेरचाह गर्न र पवित्र वासस्थानका सबै सरसामान र यसमा भएका सबै कुराको हेरचाह गर्न नियुक्‍त गर्नू ।

  • 4इस्राएलका सबै धर्म-गुरु आए, र लेवीहरूले सन्‍दूक लगे ।

  • 11ए मेरा छोराहरू, अब अल्छे नहोओ, किनकि परमप्रभुले उहाँको आराधना गर्नलाई उहाँको सामु खडा हुन, र तिमीहरू उहाँका सेवकहरू होऊ र धूप बाल भनेर तिमीहरूलाई चुन्‍नुभएको छ ।”

  • 4तर दाऊदले परमेश्‍वरको सन्‍दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्‍याएका थिए,किनकि त्‍यसको निम्‍ति तिनले यरूशलेममा पाल टाँगेका थिए ।

  • १ इति 13:6-7
    2 पदहरू
    72%

    6तब करूबहरूका बीचमा विराजमान हुनुहुने परमप्रभुको आफ्‍नै नाउँले परमप्रभु भनर पुकारा गरिएको परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई दाऊद र सारा इस्राएल यहूदामा पर्ने बाला, अर्थात्‌ किर्यत-यारीममा उक्‍लेर गए ।

    7त्यसैले तिनीहरूले परमेश्‍वरको सन्‍दूकलाई एउटा नयाँ गाडामा राखे । अबीनादाबको घरबाट तिनीहरूले त्यो लिएर आए । उज्‍जाह र अहियोले उक्‍त गाडा धकेल्‍दै थिए ।

  • 25परमप्रभुको करारको सन्दूक बोक्‍ने लेवीहरूलाई तिनले आज्ञा दिए,

  • 24परमेश्‍वरको करारको सन्दुक बोक्‍ने सबै लेवीसहित सादोक पनि थिए । तिनीहरूले परमेश्‍वरको सन्दुकलाई भुईंमा राखे र त्‍यसपछि अबियाथार तिनीहरूसँगै सहभागी भए । सबै मानिस सहरबाट बाहिर नआएसम्म तिनीहरूले पर्खे ।

  • 2तब तिनले इस्राएलका जम्‍मै समुदायलाई भने, “तपाईंहरूलाई असल लाग्छ भने, र यो परमप्रभु हाम्रा परमेश्‍वरबाट आएको हो भने, इस्राएलका हरेक इलाकामा बाँकी रहेका हाम्रा आफन्तहरू, र तिनीहरूका सहरहरूमा बसोबास गर्ने पूजाहारी र लेवीहरूकहाँ हामी समाचार पठाऔं । हामीसँग सहभगी हुन तिनीहरूलाई भनियोस् ।

  • 3तिनीहरूले मानिसहरूलाई आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुक र लेवी कुलका पुजारीहरूले यसलाई बोकिरहेका देख्छौ, तिमीहरूले यो ठाउँलाई छोड्नुपर्छ र यसको पछि-पछि जानुपर्छ ।

  • 2तब दाऊद राजा खडा भए र यसो भने, “ए मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरा कुरा सुन्‍नुहोस् । परमप्रभुको करारका सन्‍दूकको निम्‍ति एउटा मन्‍दिर, हाम्रा परमेश्‍वरको निम्‍ति एउटा पाउदान बनाउने मेरो इच्‍छा थियो, अनि मैले त्‍यो निर्माण गर्नलाई तयारी पनि गरें ।

  • १ इति 22:1-2
    2 पदहरू
    71%

    1¶ तब दाऊदले भने, “इस्राएलको निम्‍ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीं हुनेछ ।”

    2यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्‍वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए ।

  • 15यसरी दाऊद र इस्राएलका सबै घरानाले परमप्रभुको सन्दुक रमाहट गर्दै र तुरही बजाउँदै लिएर आए ।

  • 6सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्‍दिरभित्र पस्‍न नदिनू । तिनीहरू भित्र पस्‍न सक्‍छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन्‌ । तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्‍नुपर्छ ।

  • 70उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्‍याउनुभयो ।

  • 9तर तिनले कहातका सन्तानहरूलाई ती कुनै पनि कुरा दिएनन्, किनभने तिनीहरूका कामहरू परमप्रभुसँग सम्बन्धित थियो जसलाई तिनीहरूले आ-आफ्ना काँधहरूमाथि बोक्‍नुपर्थ्यो ।

  • 1¶ तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याए, अनि त्‍यसको निम्‍ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे । तब तिनीहरूले परमेश्‍वरको सामु होमबलि र मेलबलि चढाए ।

  • 1¶ किर्यत-यारीमका मानसिहरू आएर परमप्रभुको सन्दुकलाई उठाए र डाँडामा भएको अबीनादाबको घरमा त्‍यो ल्‍याए । परमप्रभुको सन्दुकको रेखदेख गर्न तिनको छोरा एलाजारलाई तिनीहरूले अलग गरे ।

  • 17तिनीहरू परमप्रभुको सन्दुक ल्याए र त्‍यसको निम्‍ति दाऊदले तयार पारेका बिचको पालमा त्‍यसको आफ्नै ठाउँमा त्‍यो राखे । तब दाऊदले परमप्रभुको सामु होमबलि र मेलबलिहरू चढाए ।

  • २ इति 6:5-6
    2 पदहरू
    71%

    5‘मेरो मानिसलाई मिश्रदेशबाट मैले निकालेर ल्‍याएको दिनदेखि यता इस्राएलका सबै कुलको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्‍नलाई एउटा मन्‍दिर बनाउन भनी मैले छानिनँ । न त मेरो मानिस इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनें ।

    6तापनि मैले यरूशलेमलाई छानेको छु, ताकि त्‍यहाँ मेरो नाउँ त्यहा रहोस्, र दाऊदलाई नै मेरो मानिस इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु ।’

  • 3इस्राएलका सबै धर्म-गुरु आए, अनि पुजारीहरूले सन्दुक उठाए ।

  • 15डन्डाहरू सन्दुकका मुन्द्राहरूमा रहनुपर्छ । तिनलाई त्यसबाट झिकिनुहुँदैन ।