भजनसंग्रह 78:70

अनलक शाब्दिक बाइबल

उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्‍याउनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 16:11-12 : 11 तब शमूएलले यिशैलाई भने, “के तपाईंका छोराहरू सबै जना यहाँ नै छन्?” तिनले जवाफ दिए, “अझै कान्छो बाँकी नै छ, तर उसले भेडाको गोठाला गरिरहेको छ ।” शमूएलले यिशैलाई भने, “कसैलाई पठाउनुहोस् र तिनलाई झिकाउनुहोस् । तिनी यहाँ नआएसम्म, हामी बस्‍नेछैनौं ।” 12 यिशैले कसैलाई पठाए र तिनलाई ल्याए । यो छोराको राता गाला, सुन्दर आँखा र सुन्दर स्वरूप थियो । परमप्रभुले भन्‍नुभयो, “उठ्, त्यसलाई अभिषेक गर् । किनभने यही नै हो ।”
  • १ शमू 17:15-54 : 15 अहिले दाऊद बेथलेहेममा भएका भेडाहरूलाई चराउनको निम्ति र शाऊलका फौज बिच आउने र जाने गर्थे । 16 चालिस दिनसम्म त्यो बलियो पलिश्‍ती बिहान र साँझ आफूलाई युद्धको निम्ति प्रस्तुत गर्न देखा परे । 17 तब यिशैले तिनका छोरा दाऊदलाई भने, “यो भुटेको अन्‍न र दस वटा रोटी लेऊ र तिनीहरूलाई तिम्रा दाजुहरूका निम्ति छाउनीमा चाँडो बोकेर लैजाऊ । 18 साथै यी दस वटा पनीर हजार जनाको कप्‍तानको निम्ति लैजाऊ । तिम्रा दाजुहरू कस्ता छन्, तिनीहरू राम्रै छन् भन्‍ने केही प्रमाण लेऊ । 19 तिम्रा दाजुहरू शाऊलसँग र इस्राएलका सबै मानिसहरू एलाहको मैदानमा पलिश्‍तीहरूसँग लडिरहेका छन् ।” 20 दाऊद बिहान सबेरै उठे र भेडाहरू गोठालाहरूको हातमा हेरचाहमा छोडे । तिनले खाद्यन्‍नहरू लिए र यिशैले तिनलाई आज्ञा गरेझैं गए । तिनी फौजहरू युद्ध-ध्वनिका साथ युद्ध मैदानमा जाँदै गर्दा छाउनीमा आए । 21 इस्राएल र पलिश्‍तीहरू युद्धको निम्ति फौजको विरुद्ध फौज पङ्तिबद्ध भए । 22 सामानहरू राख्‍नेको जिम्मामा दाऊदले आफ्ना सामानहरू छोडे, फौजहरूतिर दौडे, र आफ्ना दाजुहरूलाई ढोग गरे । 23 तिनी उनीहरूसँग कुरा गरिरहँदा, गोल्यत नाउँ गरेको त्यो बलियो पलिश्‍ती पलिश्‍तीहरूको फौजबाट आयो र पहिलेको जस्तै शब्दहरू भन्‍यो र दाऊदले त्यो सुने । 24 जब इस्राएलका सबै मानिसहरूले त्यो मानिसलाई देखे, तिनीहरू त्यसदेखि भागे र साह्रै भयभीत भए । 25 इस्राएलका मानिसहरूले भने, “के माथि आएको यो मानिसलाई तपाईंले देख्‍नुभएको छ? ऊ इस्राएललाई चुनौती दिन आएको छ । उसलाई मार्नेलाई राजाले धेरै सम्पत्ति दिनेछन्, तिनले तिनलाई आफ्नो छोरी विवाह गर्न दिनेछन् र इस्राएलमा तिनको बुबाको घरानालाई करबाट मुक्‍त गर्नेछन् ।” 26 दाऊदले आफ्‍नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्‍वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?” 27 अनि मानिसहरूले भनिरहेका कुरालाई नै दोहोर्‍याए र तिनलाई भने, “उसलाई मार्नेलाई यसै गरिनेछ ।” 28 तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने । एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, “तँ यहाँ किन आइस्? उजाड-स्‍थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ । किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस् ।” 29 दाऊदले भने, “मैले अहिले के गरेको छु? के यो एउटा प्रश्‍न मात्र थिएन?” 30 ऊबाट तिनी अर्कोतिर नै तर्किए र त्यसरी नै कुरा गरे । मानिसहरूले पहिलेको जस्तै गरी उही जवाफ दिए । 31 जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए । 32 तब दाऊदले शाऊललाई भने, “त्यो पलिश्तीको कारणले कसैको हृदय हतास नहोस् । तपाईंको दास जानेछ र यो पलिश्तीसँग लड्नेछ ।” 33 शाऊलले दाऊदलाई भने, “तिमी यो पलिश्तीको विरुद्धमा लाड्न जान सक्षम छैनौ । किनभने तिमी भर्खरको केटा मात्र हौ र ऊ आफ्‍नो जवानीदेखि नै युद्धमा छ ।” 34 तर दाऊदले शाऊललाई भने, “तपाईंको दासले आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्ने गर्थ्यो । जब सिंह वा भालु आएर भेडालाई बगालबाट लान्थ्यो, 35 म त्यसलाई लखेट्थें र त्यसलाई आक्रमण गर्थें र त्यसको मुखबाट यसलाई छुटकारा दिन्थें । जब त्यो मेरो विरुद्ध आइलाग्थ्यो, मैले त्यसको दाह्रीमा समातेर त्यसलाई प्रहार गर्थें र मार्थें । 36 तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्‍वरको फौजलाई चुनौती दिएको छ ।” 37 दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्‍जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।” 38 शाऊलले दाऊदलाई आफ्‍नो पोशाक लगाइदिए । तिनले उनको शिरमा काँसाको टोप लगाइदिए । तिनले उनलाई झिलम पहिर्‍याइदिए । 39 दाऊदले तिनको तरवार तिनको झिलममाथि भिरे । तर उनी हिंड्न सकेनन्, किनभने ती लगाएर हिंड्‍ने तालिम तिनलाई थिएन । अनि दाऊदले शाऊललाई भने, “यि लगाएर म लड्न जान सक्‍दिनँ, किनभने यी लगाएर हिंड्‍ने तालिम मैले लिएको छैन ।” त्यसैले दाऊदले ती फुकाले । 40 तिनले आफ्नो लट्ठी हातमा लिए र खोलाबाट पाँच वटा चिल्‍लो ढुङ्गा छाने । तिनले ती आफ्नो गोठालोको झोलामा हाले । त्‍यो पलिश्तीसँग भिड्‍न जाँदा तिनको हातमा घुयेंत्रो थियो । 41 त्‍यो पलिश्‍ति आयो र दाऊदको नजिक गयो । उसको हतियार बोक्‍ने उसको अगि थियो । 42 जब त्‍यो पलिश्‍तीले अघि हेर्‍यो र दाऊदलाई देख्‍यो, तब उसले तिनलाई तुच्छ ठान्‍यो, किनकि तिनी राता गाला भएका सुन्‍दर स्वरूपका एउटा सानो केटा मात्र थिए । 43 तब त्‍यो पलिश्‍तीले दाऊदलाई भन्‍यो, “के म कुकुर हो र तँ लट्टी लिएर आइस्?,” र पलिश्‍तीले आफ्‍नो देवताहरूको नाउँमा सराप्‍यो । 44 त्‍यो पलिश्तीले दाऊदलाई भन्‍यो, “मकहाँ आइज, र म तेरो मासु आकाशका चराहरू र जमिनका पशुहरूलाई दिनेछु ।” 45 दाऊदले त्‍यो पलिश्‍तिलाई जवाफ दिए, “तँ त तरवार, भाला र बर्छासित मकहाँ आइस् । तर म त सर्वशक्तिमान् परमप्रभु, इस्राएलको फौजका परमेश्‍वरको नाउँमा तँकहाँ आउँछु, जसको तैंले विरोध गरेको छस् । 46 आज परमप्रभुले मलाई तँमाथि विजय दिनुहुनेछ र म तँलाई मार्नेछु र तेरो शिरलाई तेरो शरीरबाट अलग गर्नेछु । आज म पलिश्‍ती फौजको मृत शरीरहरूलाई आकाशको चराहरू र पृथ्वीका जङ्गली जनावरहरूलाई दिनेछु, ताकि इस्राएलमा परमेश्‍वर हुनुहुन्छ भनी सारा पृथ्वीले जान्‍न सकोस्, 47 साथै भेला भएका यी सबैले जानून् कि परमप्रभुले तरवार वा भालाले विजन दिनुहुन्‍न । किनकि युद्ध परमप्रभुको हो र उहाँले नै तँलाई मेरो हातमा दिनुहुनेछ । 48 जब त्‍यो पलिश्ती उठ्‍यो र दाऊदको नजिक जान लाग्‍यो, तब उसलाई भेट्न दाऊद छिटो दौडेर शत्रुका फौजतिर गए । 49 दाऊदले आफ्नो झोलामा आफ्‍नो हात हाले, त्‍यसबाट एउटा ढुङ्गा लिए, त्यसलाई घुयेंत्रोमा घुमाए र पलिश्तीको निधारमा हिर्काए । त्‍यो ढुङ्गा उक्‍त पलिश्‍तीको निधारमै गाडियो र ऊ घोप्टो परेर जमिनमा ढल्‍यो । 50 त्‍यो पलिश्तीलाई एउटा घुयेंत्र र एउटा ढुङ्गाले दाउदले हराए । तिनले त्‍यो पलिस्तीलाई हिर्काए र उसलाई मारे । दाऊदको हातमा कुनै तरवार थिएन । 51 अनि दाऊद दौडेर गए र त्यो पलिश्तीमाथि खडा भए, उसको तरवारलाई त्‍यसको म्यानबाट झिके, उसलाई मारे र त्‍यसले उसको शिर काटे । जब पलिश्तीहरूले आफ्‍नो वीर मानिस मरेको देखे, तब तिनीहरू भागे । 52 त्यसपछि इस्राएलका र यहूदका मानिसहरू चिच्याहटसँगै उठे पलिश्तीहरूलाई मैदान र एक्रोनको ढोकासम्‍म लखेटे । पलिश्तीहरूका मृत शरीर शारैम जाने बाटोदेखि गात र एक्रोन जाने बाटोभरि छरिएको थियो । 53 इस्राएलका मानिसहरू पलिश्तीहरूलाई खेदेर फर्के र तिनीहरूले उनीहरूको छाउनी लूटे । 54 दाऊदले त्‍यो पलिश्तीको शिर लिए र त्‍यो यरूशलेममा ल्याए, तर उसको हतियारचाहिं तिनले आफ्नो पालमा राखे ।
  • २ शमू 3:18 : 18 अब यो काम गर्नुहोस् । किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्‍नुभएको छ, 'म आफ्‍ना मानिसहरूलाई पलिश्‍तीहरूका हात र तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु' ।”
  • २ शमू 6:21 : 21 दाऊदले मीकललाई जवाफ दिए, “त्यो मैले परमप्रभुको सामु गरें, जसले मलाई तिम्रा बुबा र तिनका सबै परिवारमाथि चुन्‍नुभयो, जसले मलाई परमप्रभुका मानिसहरू इस्राएलमाथि अगुवा चुन्‍नुभयो । परमप्रभुको सामु म आनन्दित हुने छु ।
  • २ शमू 7:8 : 8 अब उप्रान्‍त, मेरो सेवक दाऊदलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ, 'मैले तँलाई खर्कबाट, भेडाहरूको पछिपछि हिंड्न छोडेर बोलाएँ, ताकि तैंले मेरा मानिस इस्राएलाई शासन गर्नुपर्छ ।
  • १ राजा 19:19-20 : 19 त्यसैले एलिया त्यहाँबाट प्रस्थान गरे, र तिनले शाफातका छोरा एलीशालाई फेला पारे । तिनले बाह्र हल गोरुले खेत जोतिरहेका थिए । त्यस बेला तिनले बाह्रौँ हललाई जोतिरहेका थिए । एलिया एलीशाकहाँ आए, र तिनलाई आफ्नो खास्टो ओढाइदिए । 20 त्यसपछि एलीशाले ती गोरुहरू छाडेर एलियाको पछि लागे । तिनले भने, “मलाई मेरा पिता र मेरी आमालाई चुम्बन गर्न दिनुहोस्, र त्यसपछि म तपाईंको पछि लाग्ने छु ।” तब एलियाले भने, “फर्केर जाऊ, तर मैले तिमीलाई भनेको कुराको बारेमा सोचविचार गर ।”
  • भजन 89:19-20 : 19 धेरै अघि आफ्ना विश्‍वासी जनहरूसँग तपाईं बोल्नुभयो । तपाईंले भन्‍नुभयो, “मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु ।” मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु । 20 मैले आफ्‍नो सेवक दाऊदलाई चुनेको छु । मैले त्यसलाई मेरो पवित्र तेलले अभिषेक गरेको छु ।
  • आमो 7:14-15 : 14 अनि आमोसले अमस्‍याहलाई भने, “म अगमवक्ता होइनँ, न त अगमवक्ताका छोरा हुँ । म त एउटा गोठालो हुँ, र म त अन्जीरका रूखहरूको रेखदेख गर्छु । 15 तर परमप्रभुले मलाई बगालको हेरचाह गर्नबाट पर लानुभयो र मलाई भन्‍नुभयो, ‘जा, मेरा मानिस, इस्राएलको निम्ति अगमवाणी गर ।’
  • निर्ग 3:1 : 1 ¶ अब मोशा अझै पनि आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडा-बाख्रा चराउँदै थिए । तिनले भेडा-बाख्रालाई उजाड-स्थानको परसम्म लगी परमेश्‍वरको पर्वत होरेबसम्म लगे ।
  • निर्ग 3:10 : 10 अब म तँलाई फारोकहाँ पठाउनेछु ताकि तैँले मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट निकालेर लैजान सक् ।”
  • प्रेरि 13:22 : 22 तब परमेश्‍वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्‍वरले यी नै दाऊदको बारेमा भन्‍नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएँ र मैले चाहेको हरेक काम उनले गर्नेछन् ।’
  • मत्त 4:18-22 : 18 जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनकि उनीहरू मछुवाहरू थिए । 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।” 20 तुरुन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे । 21 जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्‍नुभयो । उनीहरू जब्दियाका छोरा याकूब र उनका भाइ यूहन्‍ना थिए । उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए । उहाँले तिनीहरूलाई बोलाउनुभयो, 22 र उनीहरूले तुरुन्तै उनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 78:71-72
    2 पदहरू
    84%

    71आफ्‍ना पाठाहरूका साथमा हिंड्‍ने भेडीहरूका पछि लाग्‍नबाट उहाँले तिनलाई ल्‍याउनुभयो, अनि उहाँले तिनलाई याकूब, उहाँका मानिसहरू, र उहाँको उत्तराधिकार इस्राएलको गोठालो तुल्याउनुभयो ।

    72आफ्‍नो हृदयको इमानदारीताले दाऊदले उनीहरूको रेखदेख गरे र आफ्नो हातको सीपले तिनले उनीहरूलाई बाटो देखाए ।

  • 7“अब मेरो दास दाऊदलाई यसो भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ: तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्‍नबाट बोलाएँ ।

  • 8अब उप्रान्‍त, मेरो सेवक दाऊदलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ, 'मैले तँलाई खर्कबाट, भेडाहरूको पछिपछि हिंड्न छोडेर बोलाएँ, ताकि तैंले मेरा मानिस इस्राएलाई शासन गर्नुपर्छ ।

  • १ राजा 8:15-16
    2 पदहरू
    78%

    15तिनले भने, “इस्राएलका परमेश्वर परमप्रभुको स्तुति होस् जो मेरा पिता दाऊदसित बोल्नुभयो, र जसले यसो भन्दै आफ्नै हातले यो कुरा पुरा गर्नुभएको छ,

    16'मैले मेरो जाति इस्राएललाई मिश्रबाट बाहिर ल्याएको दिनदेखि मेरो नाउँ राख्नको लागि मैले इस्राएलका सबै कुलबाट कुनै पनि सहर छानिनँ ।

  • भजन 78:67-69
    3 पदहरू
    76%

    67उहाँले योसेफको पाललाई इन्कार गर्नुभयो र उहाँले एफ्राइमको कुललाई चुन्‍नुभएन ।

    68उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्‍नुभयो ।

    69उहाँले आफ्नो पवित्रस्थानलाई स्‍वर्गझैं, उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैं बनाउनुभयो ।

  • 34तर दाऊदले शाऊललाई भने, “तपाईंको दासले आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्ने गर्थ्यो । जब सिंह वा भालु आएर भेडालाई बगालबाट लान्थ्यो,

  • २ इति 6:5-6
    2 पदहरू
    75%

    5‘मेरो मानिसलाई मिश्रदेशबाट मैले निकालेर ल्‍याएको दिनदेखि यता इस्राएलका सबै कुलको कुनै पनि सहरलाई मेरो नाउँ कायम राख्‍नलाई एउटा मन्‍दिर बनाउन भनी मैले छानिनँ । न त मेरो मानिस इस्राएलमाथि शासन गर्न मैले कुनै मानिसलाई अगुवा हुनलाई चुनें ।

    6तापनि मैले यरूशलेमलाई छानेको छु, ताकि त्‍यहाँ मेरो नाउँ त्यहा रहोस्, र दाऊदलाई नै मेरो मानिस इस्राएलमाथि शासन गर्नलाई मैले चुनेको छु ।’

  • यहे 34:22-23
    2 पदहरू
    75%

    22म आफ्‍नो बगाललाई बचाउनेछु, र तिनीहरू फेरि लुटिनेछैनन् अनि एउटा भेडा र अर्कोको बिचमा म न्याय गर्नेछु!

    23मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्‍यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ ।

  • १ इति 28:4-6
    3 पदहरू
    73%

    4तापनि परमप्रभु इस्राएलका परमेश्‍वरले मेरा पिताका सबै परिवारबाट सदासर्वदाको निम्‍ति इस्राएलमाथि राज्‍य गर्न मलाई चुन्‍नुभयो । उहाँले यहूदाको कुललाई अगुवाको रूपमा चुन्‍नुभएको छ । यहूदाको कुलमा, र मेरो पिताको परिवारमा, मेरा पिताका छोराहरूमध्‍येबाट सारा इस्राएलमा राजा हुनलाई उहाँले मलाई चुन्‍नुभयो ।

    5परमप्रभुले मलाई दिनुभएका धेरै जना छोरामध्‍ये इस्राएलमाथि परमप्रभुको राज्‍यको सिंहासनमा बस्‍न उहाँले मेरो छोरो सोलोमनलाई चुन्‍नुभयो ।

    6उहाँले मलाई भन्‍नुभयो, ‘तेरो छोरा सोलोमनले नै मेरो मन्‍दिर र मेरा चोकहरू बनाउनेछ, किनकि मैले त्‍यसलाई मेरो छोरा हुनलाई चुनेको छु र म उसका पिता हुनेछु ।

  • 52आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैं डोर्‍याउनुभयो र बगाललाई झैं तिनीहरूलाई उजाडस्‍थानमा बाटो देखाउनुभयो ।

  • भजन 89:19-20
    2 पदहरू
    72%

    19धेरै अघि आफ्ना विश्‍वासी जनहरूसँग तपाईं बोल्नुभयो । तपाईंले भन्‍नुभयो, “मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु ।” मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु ।

    20मैले आफ्‍नो सेवक दाऊदलाई चुनेको छु । मैले त्यसलाई मेरो पवित्र तेलले अभिषेक गरेको छु ।

  • 4किनकि परमप्रभुले याकूबलाई आफ्नो निम्ति, इस्राएललाई आफ्नो सम्‍पत्तिको रूपमा रोज्‍नुभएको छ ।

  • 13निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ ।

  • 3मैले आफ्‍नो चुनिएको जनसँग करार बाँधेको छु । मैले आफ्‍नो दास दाऊदसँग सपथ खाएको छु ।

  • 15अहिले दाऊद बेथलेहेममा भएका भेडाहरूलाई चराउनको निम्ति र शाऊलका फौज बिच आउने र जाने गर्थे ।

  • 2तब दाऊदले भने, “परमेश्‍वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्‍दूक बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्‍नुभएको थियो ।”

  • 5किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले परमप्रभुको नाउँमा सेवा गर्न त्यो र त्यसका छोराहरूलाई सदाको लागि चुन्‍नुभएको छ ।

  • 22तब परमेश्‍वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्‍वरले यी नै दाऊदको बारेमा भन्‍नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएँ र मैले चाहेको हरेक काम उनले गर्नेछन् ।’

  • 24मेरो दास दाऊद तिमीहरूका राजा हुनेछ । यसैले तिनीहरू सबैमाथि एक जना मात्र गोठालो हुनेछ, र तिनीहरू मेरा विधिअनुसार हिंड्नेछन्, र तिनीहरूले मेरा नियमहरू मान्‍नेछन्, र ती पालना गर्नेछन् ।

  • 17उनले तिमीहरूका बगालहरूको दशौं भाग लिनेछन्, र तिमीहरू उनका दासहरू हुनेछौ ।

  • 1¶ ए मेरो सेवक, याकूब, ए इस्राएल जसलाई मैले चुनेको छु, अब सुन्:

  • 19त्यसैले शाऊलले यिशैकहाँ दूतहरू पठाए र भने, “भेडाहरूसँग भएको तिम्रो छोरा दाऊदलाई मकहाँ पठाऊ ।”

  • 20दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”

  • 9तँ जसलाई म पृथ्वीको अन्तिम छेउबाट फर्काएर ल्याउँदैछु र जसलाई मैले टाढा ठाउँहरूबाट बोलाएँ, अनि जसलाई मैले भनें, 'तँ मेरो सेवक होस्।' मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैन ।

  • 34तथापि म सोलोमनको हातबाट पुरै राज्य भने खोस्दिनँ । बरु, मेरा आज्ञाहरू र मेरा विधिविधानहरू पालन गर्ने मैले चुनेका मेरा दास दाऊदको खातिर मैले त्यसलाई त्यसको जीवनभर शासक बनाएको छु ।

  • 4उहाँले हाम्रा निम्‍ति हाम्रो उत्तराधिकार रोज्‍नुहुन्‍छ, याकूबको महिमा जसलाई उहाँले प्रेम गर्नुहुन्‍छ । सेला

  • 2केही समयअगि जब शाऊल हामीमाथि राजा थिए, तब तपाईंले नै इस्राएलको फौजको नेतृत्व गर्नुभयो । परमप्रभुले तपाईंलाई भन्‍नुभयो, 'तैंले नै मेरा इस्राएल इस्राएलको गोठालो गर्ने छस् र तँ नै इस्राएलमाथि शासक हुने छस्' ।”

  • 2हालैमा बितेका समयमा, जब शाऊल हाम्रा राजा थिए, तब तपाईंले नै इस्राएलको सेनाको नेतृत्‍व गर्नुभयो । परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई यसो भन्‍नुभयो, ‘तैंले नै मेरा मानिस इस्राएलको रेखदेख गर्नेछस्, र तँ नै मेरा मानिस इस्राएलको शासक हुनेछस्‌’ ।”

  • 12परमप्रभुले आफूलाई इस्राएलमाथि राजाको रूपमा स्थापित गर्नुभएको थियो भनी दाऊदले जान्‍दथे र उहाँले आफ्‍ना मानिस इस्राएलको खातिर तिनको राज्यलाई उच्‍च पार्नुभएको थियो ।

  • 13ए उहाँका दास इस्राएलका सन्तान हो, ए याकूबका मानिसहरू, उहाँका चुनिएकाहरू हो ।

  • 32(तर मेरा दास दाऊदको खातिर र मैले इस्राएलका सबै कुलबाट चुनेको सहर यरूशलेमको खातिर सोलोमनलाई एउटा कुल दिने छु),

  • 26आफूले चुन्‍नुभएका आफ्ना सेवक मोशा र हारूनलाई उहाँले पठाउनुभयो ।

  • 7जातिहरूले तुच्‍छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, “विश्‍वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्‍नुभएको हुनाले राजाहरूले तँलाई देख्‍नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्‍नेछन् र घोप्टो पर्नेछन् ।”

  • 2त्यसपछि शाऊलले सबै इस्राएलबाट तिन हजार मानिसहरू छानेर लिए र दाऊद अनि तिनका मानिसहरूलाई खोज्‍न घोरलको चट्टानमा गए ।

  • 43आफ्ना मानिसहरूलाई आनन्दसाथ, उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्‍याउनुभयो ।

  • 69उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्‍तिशाली रूपमा खडा गर्नुभएको छ ।

  • 1¶ राजा दाऊदले सारा सभालाई भने, “परमेश्‍वरले चुन्‍नुभएको मेरा छोरो सोलोमन अहिले पनि सानै छ र कामचाहिं महान्‌ छ । किनकि यो मन्‍दिर मानिसहरूका निम्‍ति होइन तर परमप्रभु परमेश्‍वरको निम्‍ति हो ।

  • 14तिनले एदोमका सबै ठाउँमा छाउनी तैनाथ गरे र सबै एदोमी तिनका सेवकहरू भए । दाऊद जहाँजहाँ गए त्यहाँत्यहाँ नै परमप्रभुले विजय दिनुभयो ।

  • 6ए उहाँका सेवक अब्राहामका सन्तानहरू, याकूबका मानिसहरू, उहाँका चुनिएका जनहरू हो ।

  • 20दाऊद बिहान सबेरै उठे र भेडाहरू गोठालाहरूको हातमा हेरचाहमा छोडे । तिनले खाद्यन्‍नहरू लिए र यिशैले तिनलाई आज्ञा गरेझैं गए । तिनी फौजहरू युद्ध-ध्वनिका साथ युद्ध मैदानमा जाँदै गर्दा छाउनीमा आए ।

  • 2अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्‍याउनुभयो र उहाँको मानिस इस्राएलको खातिर आफ्‍नो राज्यलाई उच्‍च पार्नुभयो भनी दाऊदलाई थाहा भयो ।