भजनसंग्रह 78:52

अनलक शाब्दिक बाइबल

आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैं डोर्‍याउनुभयो र बगाललाई झैं तिनीहरूलाई उजाडस्‍थानमा बाटो देखाउनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 77:20 : 20 तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्‍याउनुभयो ।
  • नहे 9:12 : 12 तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो ।
  • भजन 95:7 : 7 किनकि उहाँ हाम्रो परमेश्‍वर हुनहुन्छ र हामी उहाँका खर्कका मानिसहरू र उहाँका हातका भेडाहरू हौं । आज, तिमीहरूले उहाँको सोर सुन्‍नेछौ ।
  • भजन 100:3 : 3 परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी जान । उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं । हामी उहाँका मानिसहरू र उहाँका खर्कका भेडाहरू हौं ।
  • भजन 105:37 : 37 उहाँले इस्राएलीहरूलाई सुन र चाँदीसहित हाबिर निकालेर ल्याउनुभयो । उहाँका कुलमध्‍ये कुनैले पनि बाटोमा ठेस खाएन ।
  • यशा 40:11 : 11 एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्‍मा गर्नुहुन्‍छ र तिनीहरूलाई आफ्‍ना हृदयको छेउमा बोक्‍नुहुन्‍छ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्‍याउनुहुन्‍छ ।
  • यशा 63:11-14 : 11 उहाँका मानिसहरूले मोशाको प्राचीन समयको बारेमा विचार गरे । तिनीहरूले भने, “ परमेश्‍वर कहाँ हुनुहुन्छ जसले आफ्‍ना बथानका गोठालाहरूसँगै तिनीहरूलाई समुद्रबाट ल्याउनुभयो? परमेश्‍वर कहाँ हुनुहुन्छ जसले आफ्‍नो पवित्र आत्मा तिनीहरूका बिचमा राख्‍नुभयो? 12 परमेश्‍वर कहाँ हुनुहुन्छ जसले मोशाको दाहिने हातसँगै आफ्‍नो महिमित शक्ति जान दिनुभयो र आफ्‍नो निम्ति अनन्तको नाउँ बनाउन तिनीहरूका सामु भएको पानीलाई विभाजन गर्नुभयो? 13 परमेश्‍वर कहाँ हुनुहुन्छ जसले तिनीहरूलाई गहिरो पानीबाट डोर्‍याउनुभयो? मैदानमा घोडा दौडेझैं, तिनीहरूले ठेस खाएनन् । 14 गाइवस्तु बेसीमा झरेझैं, परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो । यसरी आफ्‍नो निम्‍ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्‍ना मानिसहरूलाई डोर्‍याउनुभयो?
  • यिर्मि 23:2-4 : 2 त्यसकारण आफ्‍ना मानिसका रेखदेख गर्ने गोठालाहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तिमीहरूले मेरो बगाललाई छरपष्‍ट पारेका छौ, र तिनीहरूलाई धपाइदिएका छौ । तिमीहरूले तिनीहरूको वास्ता गरेका छैनौ । त्‍यसैले तिमीहरूले गरेका दुष्‍ट्याइँको लागि मैले तिमीहरूलाई दण्ड दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो । 3 मेरो बगालका वचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशबाट म आफै जम्मा गर्नेछु, र म तिनीहरूलाई एउटा खर्कमा फर्काउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र बढ्नेछन् । 4 त्‍यसपछि म तिनीहरूको रेखदेख गर्ने गोठालाहरू खडा गर्नेछु जसले तिनीहरूलाई गोठाला गर्नेछन्, यसरी तिनीहरू फेरि डराउने वा छरपष्‍ट हुनेछैनन् । तिनीहरूमध्ये कोही पनि हराउनेछैनन्, यो परमप्रभुको घोषणा हो ।
  • यहे 34:11-31 : 11 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, मेरो बगालको खोजी म आफैं गर्नेछु र तिनीहरूको रेखदेख गर्नेछु, 12 जसरी गोठाला आफ्नो छरपष्‍ट भएको बगालको बिचमा भएको दिनमा उसले आफ्‍नो बगलाको खोजी गर्छ । त्‍यसरी नै म आफ्‍नो बगालको खोजी गर्नेछु, अनि बादल र अन्धकारको दिनमा तिनीहरू छरपष्‍ट भएका सबै ठाउँबाट म तिनीहरूलाई बचाउनेछु । 13 तब तिनीहरूलाई मानिसहरूका बिचबाट म बाहिर ल्याउनेछु । तिनीहरूलाई देशहरूबाट भेला गराउनेछु र तिनीहरूलाई आफ्‍नै देशमा ल्‍याउनेछु । तिनीहरूलाई इस्राएलको पर्वतहरूमा भएका खर्कहरूमा, खोलाहरूका छेउमा, र देशका हरेक वस्तीहरूमा म राख्‍नेछु । 14 तिनीहरूलाई असल खर्कमा म राख्‍नेछु । इस्राएलका अग्ला पर्वतहरू तिनीहरू चर्ने ठाउँहरू हुनेछन् । तिनीहरू असल ठाउँहरूमा र प्रशस्त खर्कहरूमा चर्नको निम्ति बस्‍नेछन्, र तिनीहरू इस्राएलका पहाडहरूमा चर्नेछन् । 15 मेरो बगालको गोठालो म आफैंले गर्नेछु र तिनीहरूलाई म आफैंले बसाल्‍नेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, 16 म हराएकाहरूलाई खोज्नेछु र निर्वासितहरूलाई पुनर्स्थापित गर्नेछु । भाँचिएका भेडालाई पट्टी बाँध्‍नेछु र बिरामी भेडालाई निको पार्नेछु तर मोटा र बलियालाई म नष्‍ट गर्नेछु । म न्यायको साथमा गोठालोको काम गर्नेछु । 17 यसैले, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, अब ए मेरा बगाल, हेर, भेडा-भेडाको बिचमा, र भेडा र बोकाको बिचमा म एक जना न्यायकर्ता हुनेछु । 18 के असल खर्कमा चर्नु पर्याप्‍त छैन र तिमीहरू खर्कमा बाँकी रहेको कुरालाई कुल्चन्छौ, अनि स्वच्छ पानीबाट पिउनु पर्याप्‍त छैन र नदीहरूलाई आफ्ना खुट्टाहरूले तिमीहरू धमिलो बनाउँछौ? 19 के तिमीहरूले आफ्ना खुट्टाहरूले कुल्चेको कुराबाट मेरा भेडाहरूले खानु, र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्छ? 20 यसकारण, परमप्रभु परमेश्‍वर तिनीहरूलाई यसो भन्‍नुहुन्छ: हेर, मोटा र दुब्‍ला भेडाहरूका बिचमा म आफैंले न्याय गर्नेछु, 21 किनकि तिमीहरूले तिनीहरूलाई आफ्ना कुइना र कुमले धकेल्छौ, अनि सबै कमजोरहरू देशबाट छरपष्‍ट नभएसम्म तिमीहरूले तिनीहरूलाई आफ्ना सिङ्ले हान्‍छौ । 22 म आफ्‍नो बगाललाई बचाउनेछु, र तिनीहरू फेरि लुटिनेछैनन् अनि एउटा भेडा र अर्कोको बिचमा म न्याय गर्नेछु! 23 मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्‍यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ । 24 किनकि म परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनेछु, र मेरो दास दाऊद तिनीहरूका बिचमा एउटा शासक हुनेछ । म, परमप्रभुले यो घोषणा गरेको छु । 25 त्‍यसपछि म तिनीहरूसँग शान्तिको करार गर्नेछु र देशबाट दुष्‍ट जङ्गली पशुहरूलाई हटाउनेछु, ताकि तिनीहरू उजाड-स्‍थान सुरक्षित बस्‍नेछन् र जङ्गलहरूमा सुरक्षित सुत्‍नेछन् । 26 तिनीहरूमाथि र मेरो पहाडको वरिपरिका ठाउँहरूमा म आफ्‍नो आशिष् ल्याउनेछु, किनकि म ठिक ऋतुमा झरी पठाउनेछु । यी आशिष्‌का झरी हुनेछन् । 27 तब मैदानका रूखहरूले आफ्ना फल उब्‍जाउनेछन् र पृथ्वीले आफ्नो उब्जनी दिनेछ । मेरा भेडाहरू आफ्नै देशमा सुरक्षित हुनेछन् । जब तिनीहरूका जुवाको काठ म भाँचिदिन्‍छु र जब तिनीहरूलाई दास बनाउनेको हातबाट तिनीहरूलाई म बचाउँछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् । 28 तिनीहरू फेरि जातिहरूका निम्‍ति लुट हुनेछैनन्, र पृथ्वीका जङ्गली पशुहरूले तिनीहरूलाई खानेछैनन् । किनकि तिनीहरू सुरक्षित बस्‍नेछन्, र तिनीहरूलाई कसैले पनि त्रासमा पार्नेछैन । 29 किनकि प्रशस्त अन्‍न उब्जनी हुने देश म तिनीहरूलाई दिनेछु । यसरी तिनीहरू फेरि देशमा अनिकालको शिकार हुनेछैनन्, र तिनीहरूले जातिहरूको गिल्ला सहनुपर्नेछैन । 30 तब तिनीहरूले म परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु भनी जान्‍नेछन् । इस्राएलको घराना मेरा मानिसहरू हुन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 31 किनकि तिमीहरू मेरा भेडा हौ, मेरो खर्कका बगाल, र मेरा मानिस हौ, र म तिमीहरूका परमेश्‍वर हुँ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”
  • लू 15:4-6 : 4 “तिमीहरूमध्ये कुनचाहिँ होला, यदि उसका सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराएमा, उनान्‍सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन? 5 त्यसपछि जब उसले भेट्टाउँछ, उसलाई काँधमा राखेर रमाउँछ । 6 जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाउँछ र यसो भन्छ, ‘मसँग आनन्दित हुनुहोस्, किनभने मैले मेरो हराएको भेडालाई भेट्टाएको छु ।’
  • यूह 10:11-42 : 11 म असल गोठालो हुँ । असल गोठालोले आफ्ना भेडाहरूका लागि आफ्नो ज्यान पनि दिन्छ । 12 भाडामा लिएको नोकर गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन् । त्यसले ब्वाँसाहरू आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ । अनि ब्‍वाँसाहरूले तिनीहरूलाई पक्रन्छन् र तिनीलाई तितर बितर पार्छन् । 13 त्यो भाडामा लिएको हुनाले भाग्छ र त्यसले भेडाहरूको हेरचाह गर्दैन । 14 म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छ्न् । 15 पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु । 16 मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् । मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्‍नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुन सकोस् । 17 त्यसैकारण, पिताले मलाई प्रेम गर्नुहुन्छः म मेरो ज्यान पनि दिन्छु, ताकि मैले यसलाई फेरि लिन सकूँ । 18 यो मबाट कसैले खोसेर लान सक्दैन, तर यो म आफैँ अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।” 19 यी वचनहरूको कारण फेरि यहूदीहरू माझ विभाजन देखियो । 20 तिनीहरूमध्ये धेरैले भने, “यसलाई भूत लागेको छ र यो पागल हो । तिमीहरू उसको कुरा किन सुन्छौ?” 21 अरूहरूले भने, “यी वचनहरू भूत लागेका व्यक्‍तिका होइनन् । के भूतले कसैका आँखा खोलिदिन सक्छ र?” 22 त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो । 23 यो हिउँदको समय थियो र येशू मन्दिरमा सोलोमनको दलानमा हिँडिरहनुभएको थियो । 24 तब यहूदीहरूले उहाँलाई घेरे र भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्‍नुहुनेछ? यदि तपाईं ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई खुलमखुला बताउनुहोस् ।” 25 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्‍वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्‍छन् । 26 तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ, किनकि तिमीहरू मेरा भेडाहरू होइनौ । 27 मेरा भेडाहरूले मेरो सोर सुन्‍छन्, म तिनीहरूलाई चिन्‍छु र तिनीहरूले मलाई पछ्याउँछन् । 28 म तिनीहरूलाई अनन्‍त जीवन दिन्‍छु; तिनीहरू कहिल्‍यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्‍नेछैन । 29 तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्‍दा महान् हुनुहुन्‍छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन । 30 म र पिता एक हौँ ।” 31 तब यहूदीहरूले उहाँलाई हान्‍न फेरि ढुङ्गाहरू टिपे । 32 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । ती कुनचाहिँ कुराहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्‍दै छौ?” 33 यहूदीहरूले उहाँलाई जवाफ दिए, “हामी तिमीलाई कुनै पनि असल कामहरूका लागि ढुङ्गाले हान्दै छैनौँ, तर ईश्‍वर-निन्दाको निम्ति हो, किनकि तिमी मानिस भएर आफैँलाई परमेश्‍वर बनाइरहेका छौ ।” 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “‘मैले भनेँ, ‘तिमीहरू ईश्‍वरहरू हौ’ भन्‍ने के तिमीहरूका व्यवस्थामा लेखिएको छैन?” 35 यदि उहाँले तिनीहरूलाई ईश्‍वरहरू भन्‍नुभयो भने परमेश्‍वरको वचन कसकहाँ आयो? (अनि धर्मशास्‍त्रलाई भङ्ग गर्न सकिँदैन ।) 36 के तिमीहरू पिताले अलग गर्नुभएको, र संसारमा पठाउनुभएको जनलाई मैले, ‘म परमेश्‍वरको पुत्र हुँ’ भनेकोले ‘तैँले ईश्‍वर-निन्दा गरिरहेको छस्’ भन्छौ? 37 यदि मैले पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्‍वास नगर । 38 तर यदि मैले ती काम नै गरिरहेको छु भने, तिमीहरूले मलाई विश्‍वास नगरे तापनि कामहरूमा त विश्‍वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्‍ने तिमीहरूले जान्‍न र बुझ्‍न सक ।” 39 तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो । 40 उहाँ फेरि यूहन्‍नाले पहिलो पटक बप्‍तिस्‍मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो र उहाँ त्यहीँ रहनुभयो । 41 धेरै मानिसहरू उहाँकहाँ आए, र तिनीहरूले भने, “वास्तवमा यूहन्‍नाले चिह्न‍हरू देखाएनन्, तर उनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।” 42 त्यहाँ धेरैले उहाँमाथि विश्‍वास गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 78:53-55
    3 पदहरू
    81%

    53सुरक्षित र निर्भयसाथ उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो, तर समुद्रले तिनीहरूका शत्रुहरूलाई डुबायो ।

    54त्‍यसपछि उहाँले तिनीहरूलाई आफ्‍नो पवित्र देशको सिमानामा, उहाँको दहिने हातले प्राप्‍त गरेको यो पर्वतमा ल्याउनुभयो ।

    55तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्‍नो उत्तराधिकार दिनुभयो । इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्‍ना पालहरूमा बसाल्नुभयो ।

  • 20तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्‍याउनुभयो ।

  • भजन 78:70-72
    3 पदहरू
    78%

    70उहाँले आफ्नो दास दाऊदलाई चुन्‍नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्‍याउनुभयो ।

    71आफ्‍ना पाठाहरूका साथमा हिंड्‍ने भेडीहरूका पछि लाग्‍नबाट उहाँले तिनलाई ल्‍याउनुभयो, अनि उहाँले तिनलाई याकूब, उहाँका मानिसहरू, र उहाँको उत्तराधिकार इस्राएलको गोठालो तुल्याउनुभयो ।

    72आफ्‍नो हृदयको इमानदारीताले दाऊदले उनीहरूको रेखदेख गरे र आफ्नो हातको सीपले तिनले उनीहरूलाई बाटो देखाए ।

  • निर्ग 13:17-18
    2 पदहरू
    77%

    17फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्‍नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”

    18त्यसैले परमेश्‍वरले ती मानिसहरूलाई उजाड-स्थानको बाटो भएर लाल समुद्रतिर लैजानुभयो । इस्राएलीहरू युद्धको लागि सशस्‍त्र भई मिश्र देशबाट अगि बढे ।

  • भजन 78:12-14
    3 पदहरू
    76%

    12मिश्र देशमा, सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्‍टिमा उहाँले गर्नुभएको चमत्कारिक कुराहरूलाई तिनीहरूले बिर्से ।

    13उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र तिनीहरूलाई त्‍यसको पारिपट्टि लानुभयो । उहाँले पानीलाई पर्खालहरूझैं खडा गर्नुभयो ।

    14दिनको समयमा बादलले र रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो ।

  • 6मेरा मानिसहरू एउटा हराएको बगाल भएको छ । तिनीहरूका गोठालाहरूले तिनीहरूलाई पहाडहरूमा बरालिदिएका छन् । तिनीहरूले उनीहरूलाई एउटा पहाडदेखि अर्को पडाहमा फर्काएका छन् । तिनीहरू गए, अनि आफू बसेको ठाउँ तिनीहरूले बिर्से ।

  • यशा 63:11-14
    4 पदहरू
    74%

    11उहाँका मानिसहरूले मोशाको प्राचीन समयको बारेमा विचार गरे । तिनीहरूले भने, “ परमेश्‍वर कहाँ हुनुहुन्छ जसले आफ्‍ना बथानका गोठालाहरूसँगै तिनीहरूलाई समुद्रबाट ल्याउनुभयो? परमेश्‍वर कहाँ हुनुहुन्छ जसले आफ्‍नो पवित्र आत्मा तिनीहरूका बिचमा राख्‍नुभयो?

    12परमेश्‍वर कहाँ हुनुहुन्छ जसले मोशाको दाहिने हातसँगै आफ्‍नो महिमित शक्ति जान दिनुभयो र आफ्‍नो निम्ति अनन्तको नाउँ बनाउन तिनीहरूका सामु भएको पानीलाई विभाजन गर्नुभयो?

    13परमेश्‍वर कहाँ हुनुहुन्छ जसले तिनीहरूलाई गहिरो पानीबाट डोर्‍याउनुभयो? मैदानमा घोडा दौडेझैं, तिनीहरूले ठेस खाएनन् ।

    14गाइवस्तु बेसीमा झरेझैं, परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो । यसरी आफ्‍नो निम्‍ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्‍ना मानिसहरूलाई डोर्‍याउनुभयो?

  • 10उहाँले तिनलाई मरुभूमिमा फेला पार्नुभयो, र निर्जन-स्थान र गर्जने उजाड-स्थानमा । उहाँले तिनको रक्षा गर्नुभयो, र तिनको वास्ता गर्नुभयो । उहाँले तिनलाई आँखाको नानीझैँ सुरक्षा दिनुभयो ।

  • 13तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्‍याउनुभएको छ । तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्‍याउनुभएको छ ।

  • 43आफ्ना मानिसहरूलाई आनन्दसाथ, उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्‍याउनुभयो ।

  • 12परमप्रभुले मात्रै तिनीहरूलाई अगुवाइ गर्नुभयो । कुनै विदेशी देवता उहाँसित थिएन ।

  • 7उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्‍नलाई एउटा सहरमा जान पाऊन् ।

  • 6तब फारोले आफ्ना रथहरू तयार पारे र आफ्नो सेना लिएर अगाडि बढे ।

  • 11तपाईंले हामीलाई मार्न लगिएका भेडाझैं बनाउनुभएको छ र हामीलाई जातिहरूका माझमा तितरबितर पार्नुभएको छ ।

  • 4उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकालेपछि, ऊ तिनीहरूको अगिअगि जान्छ र भेडाहरूले उसलाई पछ्याउँछ्न्, किनकि तिनीहरूले उसको सोर चिन्‍छन् ।”

  • 9उहाँले लाल समुद्रलाई हप्कानुभयो र त्‍यो सुक्यो । अनि उहाँले तिनीहरूलाई उजाडस्‍थानमा झैं समुद्रको गहिराइमा डोर्‍याउनुभयो ।

  • 18उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।

  • 17एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् र भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा र भित्र आउँदा नेतृत्व गरोस्, ताकि तपाईंका समुदाय गोठालोविनाका भेडाहरूजस्ता नहोऊन् ।”

  • 12तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो ।

  • 11एक जना गोठालोले झैं उहाँले आफ्ना बगाललाई खुवाउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो बाहुलीमा जम्‍मा गर्नुहुन्‍छ र तिनीहरूलाई आफ्‍ना हृदयको छेउमा बोक्‍नुहुन्‍छ, अनि पाठाहरूलाई दूध खुवाउने भेडाहरूलाई कोमल भएर डोर्‍याउनुहुन्‍छ ।

  • मीका 7:14-15
    2 पदहरू
    71%

    14आफ्ना मानिसहरू, अर्थात् तपाईंका उत्तराधिकारको बगाललाई आफ्नो छडीले नियन्त्रण गर्नुहोस् । तिनीहरू एक्लै खर्कको बिचमा, र जङ्गलमा बस्छन् । पुराना दिनहरूमा झैँ तिनीहरूलाई बाशान र गिलादमा चर्न दिनुहोस् ।

    15मिश्रको भुमिबाट तिमीहरू बाहिर आएका दिनमा झैँ, म तिनीहरूलाई आश्‍चर्य कामहरू देखाउनेछु ।

  • 10यसैले मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालें र तिनीहरूलाई उजाड-स्‍थान ल्‍याएँ ।

  • 36मिश्र, लाल समुद्रसाथै उजाड–स्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए ।

  • 38तिनीहरूका साथमा अन्य धेरै मानिस अनि गाईवस्तु र भेडा-बाख्रा पनि थिए ।

  • 2उहाँले मलाई हरियो खर्कहरूमा सुताउनुहुन्छ । उहाँले मलाई शान्‍त पानीको छेउमा डोर्‍याउनुहुन्छ ।

  • 16तिनले बथान-बथान गरी यी सबै आफ्ना कमाराहरूको जिम्मा लगाइदिए । तिनले तिनीहरूलाई भने, “मेरो अगिअगि जाओ र हरेक बथानको बिचमा खाली ठाउँ राख ।”

  • 43जब उहाँले मिश्रदेशमा आफ्‍ना डरलाग्‍दा चिन्हहरू देखाउनुभयो र सोअनको क्षेत्रमा आफ्‍ना चमत्कारहरू देखाउनुभयो ।

  • 40तर तिमीहरू भने फर्केर उजाड-स्थानको बाटो हुँदै नर्कटहरूको समुद्रको दिशातर्फ जाओ ।'

  • 21परमप्रभु दिनमा बादलको खाँबो बनी तिनीहरूको अगिअगि जानुहुन्थ्यो । रातमा आगोको खाँबो बनी उहाँले तिनीहरूलाई ज्योति दिनुहुन्थ्यो । यसरी तिनीहरू दिन र रातमा यात्रा गर्न सक्थे ।

  • 31तिमीहरू यस ठाउँमा नआइपुगुञ्‍जेलसम्म बुबाले आफ्नो छोरोलाई बोकेजस्तै उजाड-स्थानसाथै हरेक ठाउँमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बोक्‍नुभएको तिमीहरूले देखेकै छौ ।'

  • 40उजाड-स्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्‍ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए!

  • 6मेरो बगाल सारा पर्वतहरू र सबै अग्ला पहाडहरूमा भट्किन्छन्, र तिनीहरू पृथ्वी सारा सतहभरि नै छरिएका छन् । तापनि कसैले तिनीहरूको खोजी गर्दैन ।

  • 33जो रातमा आगो र दिनमा बादल बनेर तिमीहरूलाई छाउनी बनाउने ठाउँ पत्ता लगाउन तिमीहरूका अगिअगि जानुभयो ।

  • 21उहाँले तिनीहरूलाई मरुभूमिमा डोर्‍याउनुहुँदा तिनीहरूलाइ तिर्खा लागेन । उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी बगाउनुभयो । उहाँले चट्टानलाई चिरा पार्नुभयो र पानी बाहिर बगेर आयो ।

  • 38तिनीहरू निस्केर जाँदा मिश्रदेश खुसी थियो, किनकि मिश्रीहरू तिनीहरूसँग डराएका थिए ।

  • 7हे परमेश्‍वर, जब तपाईं आफ्‍ना मानसिहरूका अघि जानुभयो, जब तपाईं उजाडस्‍थानमा हिंड्‍नुभयो, सेला

  • 15उहाँलाई नबिर्स जसले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको पानी नपाइने विशाल र डरलाग्दो उजाड-स्थानबाट ल्याउनुभयो, जसले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो ।

  • 51मिश्रदेशका सबै जेठाहरूलाई, हामका पालहरूमा भएका तिनीहरूका जेठाहरूलाई उहाँले मार्नुभयो ।