भजनसंग्रह 107:7

अनलक शाब्दिक बाइबल

उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्‍नलाई एउटा सहरमा जान पाऊन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 107:4 : 4 तिनीहरू मरुभूमिको बाटोमा उजाडस्‍थानमा भौंतारिए र बस्‍नलाई कुनै सहर भेट्टाएनन् ।
  • भजन 107:36 : 36 भोकाहरूलाई उहाँले त्यहाँ बसाल्नहुन्छ र तिनीहरूले बस्‍नलाई एउटा सहर बनाउँछन् ।
  • यिर्मि 31:9 : 9 तिनीहरू रुँदै आउनेछन् । तिनीहरूले आ-आफ्ना बिन्ती बिसाउँदा म तिनीहरूलाई अगुवाइ गर्नेछु । म तिनीहरूलाई सिधा मार्गमा पानीका खोलाहरूबाट यात्रा गराउनेछु । तिनीहरू यसमा ठोकिनेछैनन्, किनकि म इस्राएलको पिता हुनेछु, र एफ्राइम मेरो जेठो छोरा हुनेछ ।”
  • यिर्मि 31:24 : 24 किनकि किसानहरू र आफ्ना बगालहरूसित घुम्ने गोठालाहरूझैं यहूदा र यसका सहरहरू सँगसँगै त्‍यहाँ बस्‍नेछन् ।
  • यिर्मि 31:38-40 : 38 यो परमप्रभुको घोषणा हो, “हेर्, यस्‍ता दिनहरू आउँदैछन्‌, जुन बेला यो सहर हननेलको धरहरादेखि कुने-ढोकसम्मै पुनर्निर्माण गरिनेछ । 39 तब नाप्ने डोरी फेरि अझै टाढा गारेब डाँडासम्म अनि घुमेर गोआसम्म जानेछ । 40 लाशहरू र खरानीको सारा उपत्यका अनि पूर्वतिर किद्रोन खोल्सासम्मका सबै खेत अश्‍व ढोकाको कुनासम्मको भाग परमप्रभुको निम्ति अलग गरिनेछ । त्यो सहर सदाको निम्‍ति फेरि कहिल्यै उखेलिने, वा भत्काइने छैन ।”
  • यिर्मि 33:10-13 : 10 परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूले यसो भनिरहेको यस ठाउँको विषयमा, “मानिस वा पशु नभएको यो उजाड-स्थान हो,” यहूदाका सहरहरू र न त मानिस नत पशु भएर भएर उजाड भएका यरूशलेमका सडकहरूमा, त्‍यहाँ फेरि पनि आवाज सुनिनेछ, 11 आनन्द र हर्षको सोर, दुलहा र दुलहीको सोर अनि परमप्रभुको मन्दिरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर सुनिनेछ, 'सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढाओ, किनकि परमप्रभु असल हुनुहुन्छ, र उहाँको अचुक प्रेम सदासर्वदै रहिरहन्छ ।' किनकि यस देशको सुदिन पहिलेको जस्तै बनाएर पुनर्स्थापित गर्नेछु,’ परमप्रभु भन्‍नुहुन्छ । 12 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'अहिले न त मानिस न त पशु भएको यस उजाड-स्थानमा— यसका सबै सहरमा फेरि खर्कहरू हुनेछन्, जहाँ गोठालाहरूले आफ्ना बगालहरू चराउनेछन् । 13 पहाडी देशका सहरहरू, तराई र नेगेव, बेन्यामीनको इलाका र सारा यरूशलेमको चारैतिर, र यहूदाका सहरहरूमा बगालहरू तिनीहरूको गोठाला गर्नेहरूका हातले गनी-गनीकन चराउनेछन्,’ परमप्रभु भन्‍नुहुन्छ ।
  • इब्रा 11:9-9 : 9 तिनी विश्‍वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीको रूपमा बसे । 10 किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ ।
  • इब्रा 11:16 : 16 तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण, परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुन लजाउनुहुन्‍न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ ।
  • इब्रा 12:22 : 22 त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्‍वरको सहर स्वर्गीय यरूशलेम अनि दसौँ हजार स्वर्गदूतको उत्सवमा आएका छौ ।
  • २ पत्रु 2:15 : 15 तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् ।
  • २ पत्रु 2:21 : 21 धार्मिकताको मार्गलाई जानेर तिनीहरूलाई दिइएको पवित्र आज्ञाहरूबाट फर्कनुभन्दा त तिनीहरूले धार्मिकताको मार्ग नै नजानेको भए असल हुने थियो ।
  • प्रका 21:2-4 : 2 तब परमेश्‍वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्‍गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ । 3 मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्‍वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्‍वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ । 4 उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा विलौना वा कष्‍ट पनि हुनेछैन । पहिलेका थोकहरू बितेर गएका छन् ।
  • प्रका 21:10-27 : 10 अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठुलो अग्‍लो पर्वतमा लगे र परमेश्‍वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । 11 यरूशलेममा परमेश्‍वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्‍नहरूजस्तो, मणिक स्फटिक पत्थरको जस्तो थियो । 12 त्यसका बाह्रवटा ढोकासँगै एउटा ठुलो अग्‍लो पर्खाल थियो, ढोकाहरूमा बाह्र जना स्वर्गदूत थिए । ढोकाहरूमा इस्राएलको सन्तानका बाह्रै कुलका नाउँहरू लेखिएका थिए । 13 पूर्वमा तिनवटा ढोका, उत्तरमा तिनवटा ढोका, दक्षिणमा तिनवटा ढोका र पश्‍चिममा तिनवटा ढोका थिए । 14 सहरका पर्खालका बाह्रवटा जग थिए, र तीमाथि थुमाका बाह्रै प्रेरितका बाह्रवटा नाउँ थिए । 15 मसँग बोल्नुहुनेसँग सहर र त्यसका पर्खालहरू नाप्‍नलाई एउटा सुनको नाप्‍ने लौरो थियो । 16 त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ उस्तै थिए । त्यस लौरोले सहर नाप्दा त्यो लगभग बाह्र हजार लम्बाइको थियो (त्यसको लम्बाइ, चौडाइ र उचाइ उस्तै थिए ) । 17 तिनले त्यसको पर्खाल पनि नापे, मानिसहरूद्वारा नाप्‍दा त्यो पैँसट्ठी मिटरको थियो । (जुन स्वर्गदूतहरूले पनि नापेको हो ) । 18 पर्खाल बिल्लौर र सहर शुद्ध सुनले सफा काँचजस्तै बनाइएको थियो । 19 पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा बनाइएका थिए । पहिलो बिल्लौर थियो, दोस्रो निलमणि थियो, तेस्रो हरित थियो, चौथो पन्‍ना थियो । 20 पाँचौँ आनिक्स थियो, छैटौँ लालमणि थियो, सातौँ पीतमणि थियो, आठौँ बेरूज थियो, नवौँ पुष्पराज थियो, दसौँ लसुने रत्‍न थियो । एघारौँ नीलमणि थियो, र बाह्रौँ कटेला थियो । 21 बाह्रवटा ढोका बाह्र मोतीका थिए । प्रत्येक ढोका मोतीबाट बनेको थियो । सहरका गल्लीहरू निखुर सुनका थिए, काँचजस्तै छर्लङ्ग देखिन्थे । 22 मैले सहरमा कुनै मन्दिर देखिनँ, किनभने सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर र थुमा नै यसको मन्दिर हुनुहुन्छ । 23 सहरलाई उज्यालो पार्न सूर्य वा चन्द्रमाको कुनै आवश्यक थिएन । किनकि परमेश्‍वरको महिमा नै त्यसमाथि चमक थियो, र त्यसको बत्ती थुमा हुनुहुन्छ । 24 त्यस सहरमा जाति-जातिहरू ज्योतिद्वारा हिँड्नेछन् । पृथ्वीका राजाहरूले आफ्ना वैभव त्यसमा ल्याउनेछन् । 25 यसका ढोकाहरू दिनको समयमा बन्द गरिनेछैनन्, र त्यहाँ रात हुनेछैन । 26 जाति-जातिहरूले आफ्ना गौरव र आदर त्यसभित्र ल्याउनेछन् । 27 र कुनै अशुद्ध थोक कहिल्यै त्यसभित्र पस्‍न पाउनेछैन, न त लाजमर्दो वा छलपूर्ण काम गर्नहरू त्यहाँ जान पाउनेछन्, तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू मात्र त्यहाँ पस्‍न पाउनेछन् ।
  • भजन 136:16 : 16 उहाँलाई धन्यवाद देओ, जसले आफ्ना मानिसहरूलाई उजाडस्‍थानमा डोर्‍याउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
  • यशा 30:21 : 21 जब तिमीहरू दाहिने फर्कन्‍छौ वा जब तिमीहरू देब्रे फर्कन्‍छौ, तब तिमीहरूका पछाडिबाट यसो भनिरहेको आवाज तिमीहरूका कानले सुन्‍नेछन् “बाटो यही हो, यसैमा हिंड ।”
  • यशा 35:8-9 : 8 त्यहाँ पवित्र बाटो भनिने मुल बाटो हुनेछ । अवित्रहरूले त्‍यसमा यात्रा गर्नेछैनन् । तर यो यसमा हिंड्नेहरूका निम्ति हुनेछ । यसमा कुनै मूर्ख जानेछैन । 9 त्यहाँ कुनै सिंह हुनेछैन, कुनै डरलाग्‍दो जङ्गली जनावर हुनेछैन । तिनीहरू त्यहाँ भेट्टइनेछैनन्, तर उद्धार पाएकाहरू त्यहाँ हिंड्नेछन् । 10 परमप्रभुले मोल तिरेर छटकारा दिनुभएकाहरू फर्किनेछन् र गाउँदै सियोनमा आउनेछन्, अनि तिनीहरूको शिरमा अनन्तको आनन्द हुनेछ । खुसी र आनन्दले तिनीहरूमा वास गर्नेछ । कष्‍ट र सुस्‍केरा भाग्‍नेछ ।
  • यशा 48:17 : 17 परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्छ, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले कसरी सफल हुने भनी सिकाउँछ, जसले तिमीहरू जानुपर्ने बाटोमा डोर्‍याउँछ ।
  • यशा 49:8-9 : 8 परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु । 9 तैंले कैदीहरूलाई, 'बाहिर आओ,' अँध्यारो कालकोठरीमा हुनेहरूलाई, 'आफूलाई देखाओ' भन्‍नेछस् । तिनीहरू सडकहरूको छेउतिर चर्नेछन् र सबै उजाड पाखाहरू तिनीहरूका खर्क हुनेछ । 10 तिनीहरू तिर्काउने वा भोकाउने छैनन् । न तापले न घामले तिनीहरूलाई पोल्‍नेछ, किनकि जसले तिनीहरूलाई दया गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई डोर्‍याउनुहुनेछ । उहाँले तिनीहरूलाई पानीको मुहानहरूतिर लानुहुनेछ । 11 तब आफ्‍ना सबै पर्वतलाई सडक र मेरा मुल बाटोहरूलाई समतल बनाउने छु ।”
  • यशा 63:13-14 : 13 परमेश्‍वर कहाँ हुनुहुन्छ जसले तिनीहरूलाई गहिरो पानीबाट डोर्‍याउनुभयो? मैदानमा घोडा दौडेझैं, तिनीहरूले ठेस खाएनन् । 14 गाइवस्तु बेसीमा झरेझैं, परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो । यसरी आफ्‍नो निम्‍ति प्रशंसाको नाउँ बनाउनलाई तपाईंले आफ्‍ना मानिसहरूलाई डोर्‍याउनुभयो?
  • यिर्मि 6:16 : 16 परमप्रभु यसो भन्‍नुहुन्छ, “दोबाटोमा खडा हो र हेर् । प्राचीन मार्गहरू बारेमा सोधखोज गर् । 'यो असल मार्ग कहाँ छ?' तब त्यसैमा हिंड, र आफ्नो लागि विश्रामस्थल पत्ता लगा । तर मानिसहरू भन्छन्, 'हामी जाने छैनौं ।'
  • एज्रा 8:21-23 : 21 त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्‍चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें । 22 बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्‍न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्‍वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्‍नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।' 23 त्यसैले यस विषयमा हामीले उपवास बस्‍यौं, र परमेश्‍वरको खोजी गर्‍यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं ।
  • नहे 11:3 : 3 यरूशलेममा बस्‍ने प्रादेशिक अधिकारीहरू यी नै हुन् । तथापि केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे ।
  • भजन 77:20 : 20 तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्‍याउनुभयो ।
  • भजन 78:52 : 52 आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैं डोर्‍याउनुभयो र बगाललाई झैं तिनीहरूलाई उजाडस्‍थानमा बाटो देखाउनुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 6तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।

  • 4तिनीहरू मरुभूमिको बाटोमा उजाडस्‍थानमा भौंतारिए र बस्‍नलाई कुनै सहर भेट्टाएनन् ।

  • भजन 78:52-54
    3 पदहरू
    75%

    52आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैं डोर्‍याउनुभयो र बगाललाई झैं तिनीहरूलाई उजाडस्‍थानमा बाटो देखाउनुभयो ।

    53सुरक्षित र निर्भयसाथ उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो, तर समुद्रले तिनीहरूका शत्रुहरूलाई डुबायो ।

    54त्‍यसपछि उहाँले तिनीहरूलाई आफ्‍नो पवित्र देशको सिमानामा, उहाँको दहिने हातले प्राप्‍त गरेको यो पर्वतमा ल्याउनुभयो ।

  • 8परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!

  • 28तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।

  • भजन 107:35-36
    2 पदहरू
    74%

    35उहाँले उजाडस्‍थानलाई पानीको तलाउ र सुख्खा जमिनलाई पानीको मूलमा बद्लिनुहुन्‍छ ।

    36भोकाहरूलाई उहाँले त्यहाँ बसाल्नहुन्छ र तिनीहरूले बस्‍नलाई एउटा सहर बनाउँछन् ।

  • भजन 107:13-15
    3 पदहरू
    74%

    13तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।

    14उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो ।

    15परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!

  • यशा 63:12-13
    2 पदहरू
    73%

    12परमेश्‍वर कहाँ हुनुहुन्छ जसले मोशाको दाहिने हातसँगै आफ्‍नो महिमित शक्ति जान दिनुभयो र आफ्‍नो निम्ति अनन्तको नाउँ बनाउन तिनीहरूका सामु भएको पानीलाई विभाजन गर्नुभयो?

    13परमेश्‍वर कहाँ हुनुहुन्छ जसले तिनीहरूलाई गहिरो पानीबाट डोर्‍याउनुभयो? मैदानमा घोडा दौडेझैं, तिनीहरूले ठेस खाएनन् ।

  • भजन 107:30-32
    3 पदहरू
    73%

    30तब तिनीहरू आनन्‍दित भए किनभने समुद्र शान्त भयो, र तिनीहरूले इच्‍छा गरेको बन्‍दरगाहमा उहाँले तिनीहरूलाई ल्याउनुभयो ।

    31परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!

    32तिनीहरूले उहाँलाई मानिसहरूको सभामा उच्‍च पारून् र धर्मगुरुहरूका सभामा उहँको प्रशंसा गरून् ।

  • भजन 106:9-10
    2 पदहरू
    72%

    9उहाँले लाल समुद्रलाई हप्कानुभयो र त्‍यो सुक्यो । अनि उहाँले तिनीहरूलाई उजाडस्‍थानमा झैं समुद्रको गहिराइमा डोर्‍याउनुभयो ।

    10तिनीहरूलाई घृणा गर्नेहरूको हातबट उहाँले तिनीहरूलाई बचाउनुभयो र शत्रुहरूका हातबाट उहाँले तिनीहरूलाई छुट्टाउनुभयो ।

  • 14दिनको समयमा बादलले र रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो ।

  • 12तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो ।

  • 13तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्‍याउनुभएको छ । तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्‍याउनुभएको छ ।

  • 3तिनले उनीहरूलाई लखेट्‍छन् र छिटो पुग्‍ने बाटोद्वारा आफ्‍ना खुट्टाले जमिन नछोएझैं गरी तिनले सुरक्षित रूपमा भेट्टाउँछन् ।

  • भजन 107:19-21
    3 पदहरू
    72%

    19तब आफ्‍ना कष्‍टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।

    20उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।

    21परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!

  • 3उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्छ । उहाँले आफ्‍नो नाउँको खातिर मलाई ठिक बाटो देखाउनुहुन्छ ।

  • निर्ग 13:17-18
    2 पदहरू
    71%

    17फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्‍नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”

    18त्यसैले परमेश्‍वरले ती मानिसहरूलाई उजाड-स्थानको बाटो भएर लाल समुद्रतिर लैजानुभयो । इस्राएलीहरू युद्धको लागि सशस्‍त्र भई मिश्र देशबाट अगि बढे ।

  • 11म तँलाई बुद्धिको बाटोमा लैजान्छु । म तँलाई सिधा बाटाहरूमा अगुवाइ गर्छु ।

  • 21परमप्रभु दिनमा बादलको खाँबो बनी तिनीहरूको अगिअगि जानुहुन्थ्यो । रातमा आगोको खाँबो बनी उहाँले तिनीहरूलाई ज्योति दिनुहुन्थ्यो । यसरी तिनीहरू दिन र रातमा यात्रा गर्न सक्थे ।

  • 20तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्‍याउनुभयो ।

  • 43आफ्ना मानिसहरूलाई आनन्दसाथ, उहाँका चुनिएकाहरूलाई जयजयकारको ध्वनिसँगै उहाँले डोर्‍याउनुभयो ।

  • 33जो रातमा आगो र दिनमा बादल बनेर तिमीहरूलाई छाउनी बनाउने ठाउँ पत्ता लगाउन तिमीहरूका अगिअगि जानुभयो ।

  • 13धार्मिकता उहाँको अगि जानेछ र उहाँको पाइलाहरूका निम्ति मार्ग बनाउनेछ ।

  • 8हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।

  • 3ओहो, तपाईंको प्रकाश र तपाईंको सत्यता पठाउनुहोस् । तिनीहरूले मलाई डोर्‍याऊन् । तिनीहरूले मलाई तपाईंको पवित्र पहाड र तपाईंको वासस्थानमा ल्याऊन् ।

  • 10तिनीहरू तिर्काउने वा भोकाउने छैनन् । न तापले न घामले तिनीहरूलाई पोल्‍नेछ, किनकि जसले तिनीहरूलाई दया गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई डोर्‍याउनुहुनेछ । उहाँले तिनीहरूलाई पानीको मुहानहरूतिर लानुहुनेछ ।

  • 72आफ्‍नो हृदयको इमानदारीताले दाऊदले उनीहरूको रेखदेख गरे र आफ्नो हातको सीपले तिनले उनीहरूलाई बाटो देखाए ।

  • 5तर आफ्‍ना कुटिल मार्गहरूतिर लाग्‍नेहरूलाई परमप्रभुले तिनीहरूलाई खराबी गर्नेहरूसँगै डोर्‍याउनुहुनेछ । इस्राएलमा शान्ति होस् ।

  • 36मिश्र, लाल समुद्रसाथै उजाड–स्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए ।

  • 16अन्‍धाहरूले नचिनेका बाटोद्वारा म तिनीहरूले ल्याउनेछु । तिनीहरूलाई थाहा नभएका बाटोहरूमा म तिनीहरूलाई डोर्‍याउनेछु । तिनीहरूका सामु अन्धकारलाई म उज्यालोमा बद्लनेछु र बाङ्गोटिङ्गो ठाउँहरूलाई सोझो बनाउनेछु । यी कुराहरू म गर्नेछु र म तिनीहरूलाई त्यग्‍नेछैन ।

  • 21उहाँले तिनीहरूलाई मरुभूमिमा डोर्‍याउनुहुँदा तिनीहरूलाइ तिर्खा लागेन । उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी बगाउनुभयो । उहाँले चट्टानलाई चिरा पार्नुभयो र पानी बाहिर बगेर आयो ।

  • 8उहाँले न्यायका मार्गहरूलाई सुरक्षा दिनुहुन्छ, र उहाँप्रति विश्‍वासयोग्य हुनेहरूको मार्ग रक्षा गर्नुहुन्छ ।

  • 23उहाँले हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो ताकि हाम्रा पुर्खाहरूसित शपथ खानुभएको देशभित्र उहाँले हामीलाई ल्याउन सक्‍नुभएको होस् ।

  • 7किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बेसीँ र पर्वतहरू हुँदै खोलानाला र मुल भएको असल देशमा ल्याउँदै हुनुहुन्छ ।

  • 7ए धर्मी जन, धर्मीको मार्ग सिधा हुन्छ । धर्मी जनको मार्गलाई तपाईंले सोझो बनाउनुहुन्छ ।

  • 16उहाँलाई धन्यवाद देओ, जसले आफ्ना मानिसहरूलाई उजाडस्‍थानमा डोर्‍याउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

  • 6तिनीहरूले यसो भनेनन्, 'हामीलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु कहाँ हुनुहुन्छ? हामीलाई उजाड-स्थानमा, अराबाको देश र खाडलहरूमा, सुख्‍खा र घोर अन्धकारको देशमा, कोही नजाने र कोही नबस्‍ने देशमा अगुवाइ गर्नुहुने परमप्रभु कहाँ हुनुहुन्छ?

  • 8परमप्रभु असल र सोझो हुनुहुन्छ । यसकारण उहाँले पापीहरूलाई बाटो सिकाउनुहुन्छ ।