भजनसंग्रह 107:19

अनलक शाब्दिक बाइबल

तब आफ्‍ना कष्‍टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 30:8-9 : 8 हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें । 9 मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्‍यसले तपाईंको विश्‍वासनीयताको घोषणा गर्छ र? 10 हे परमप्रभु, सुन्‍नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् । 11 तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ । तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ । 12 त्यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चूप लाग्‍ने छैन । हे परमप्रभु मेरो परमेश्‍वर, सदासर्वदा म तपाईंलाई दन्यवाद दिनेछु ।
  • भजन 34:4-6 : 4 मैले रमप्रभुको खोजी गरें र उहाँले मलाई जवाफ दिनुभयो, र मेरा सबै डरमाथि उहाँले मलाई विजय दिनुभयो । 5 उहाँलाई हे्र्नेहरू उज्‍ज्वल हुन्छन् र तिनीहरू मुहार लज्‍जित हुँदैन । 6 यो थिचोमिचोमा परेको मानिसले पुकारा गर्‍यो र परमप्रभुले त्यसको पुकारा सुन्‍नुभयो, र त्यसका सबै दुःखबाट त्‍यसलाई बचाउनुभयो ।
  • भजन 78:34-35 : 34 जब परमेश्‍वरले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो, तब तिनीहरूले उहाँको खोजी गर्न थाले, अनि तिनीहरू फर्के र उहाँलाई उत्‍सुकतासाथ खोजे । 35 परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्थ्यो र सर्वोच्‍च तिनीहरूका उद्धारकर्ता हुनुहुन्थ्यो भनी तिनीहरूले सम्झे ।
  • भजन 107:6 : 6 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।
  • भजन 107:13 : 13 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।
  • भजन 107:28 : 28 तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।
  • भजन 116:4-8 : 4 तब मैले परमप्रभुको नाउँको पुकारा गरें: “हे परमप्रभु, कृपया, मेरो जीवन बचाउनुहोस् ।” 5 परमप्रभु कृपालु र निष्‍पक्ष हुनुहुन्छ । हाम्रो परमेश्‍वर करुणामय हुनुहुन्छ । 6 परमप्रभुले सोझोलाई रक्षा गर्नुहुन्छ । म तल झारिएको थिएँ र उहाँले मलाई बचाउनुभयो । 7 मेरो प्राण आफ्‍नो विश्रामको ठाउँमा फर्कन सक्छ, किनकि परमप्रभु मेरो निम्ति असल हुनुभएको छ । 8 किनकि मेरो जीवनलाई मृत्‍युबाट, मेरा आँखाहरूबाट आँशु झर्नबाट र मेरा खुट्टाहरूलाई ठेस खानबाट तपाईंले बचाउनुभयो ।
  • यिर्मि 33:3 : 3 'मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु । म तँलाई महान् कुराहरू, तैंले नबुझ्ने रहस्यहरू देखाउनेछु ।'

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 107:12-15
    4 पदहरू
    94%

    12उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो । तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन ।

    13तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।

    14उहाँले तिनीहरूलाई अन्धकार र दुःखबाट बाहिर निकाल्नुभयो र तिनीहरूका बन्धनहरू छिनाउनुभयो ।

    15परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!

  • भजन 107:5-8
    4 पदहरू
    92%

    5किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए ।

    6तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।

    7उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्‍नलाई एउटा सहरमा जान पाऊन् ।

    8परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!

  • भजन 107:26-28
    3 पदहरू
    91%

    26तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए । तिनीहरूका जीवन संकष्‍टमा बिलेर गयो ।

    27तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो ।

    28तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।

  • भजन 107:20-22
    3 पदहरू
    81%

    20उहाँ आफ्नो वचन पठाउनुभयो र तिनीहरूलाई निको पार्नुभयो, अनि तिनीहरूका विनाशबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।

    21परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!

    22तिनीहरूले धन्यवादका बलिदानहरू चढाऊन् र गीतहरूले उहाँका कामहरू घोषणा गरून् ।

  • भजन 34:17-19
    3 पदहरू
    80%

    17धर्मीहरूले पुकारा गर्छन्, र परमप्रभुले सुन्‍नुहुन्छ र तिनीहरूका सबै कष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्छ ।

    18परमप्रभु तोडिएको हृदय भएकाहरूका नजिक हुनुहुन्छ र आत्मामा चूर्ण भएकाहरूलाई उहाँले बचाउनुहुन्छ ।

    19धर्मीहरूको कष्‍टहरू धेरै हुन्छन्, तर ति सबैबाट परमप्रभुले तिनीहरूलाई छुटकारा दिनुहुन्छ ।

  • 6यो थिचोमिचोमा परेको मानिसले पुकारा गर्‍यो र परमप्रभुले त्यसको पुकारा सुन्‍नुभयो, र त्यसका सबै दुःखबाट त्‍यसलाई बचाउनुभयो ।

  • 1¶ मेरो संकष्‍टमा मैले परमप्रभुमा पुकारा गरें र उहाँले मलाई जवाफ दिनुभयो ।

  • भजन 107:17-18
    2 पदहरू
    76%

    17आफ्‍ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्‍ना पापहरूका कारणले कष्‍टमा परे ।

    18तिनीहरूले कुनै खानेकुरा खाने इच्छा हराए र तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे ।

  • 19तिनीहरूका जीवन मृत्युबाट छुट्टाउन र अनिकालको समयमा तिनीहरूलाई जीवित राख्‍नलाई ।

  • 44तापनि, सहायताको निम्ति तिनीहरूका पुकारा उहाँले सुन्‍नुहुँदा उहाँले तिनीहरूका संकष्‍टमा ध्यान दिनुभयो ।

  • भजन 37:39-40
    2 पदहरू
    75%

    39धर्मीको उद्धार परमप्रभुबाट आउँछ । कष्‍टको समयहरूमा उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ ।

    40परमप्रभुले तिनीहरूलाई सहायता गर्नुहुन्छ र बचाउनुहुन्छ । उहाँले तिनीहरूलाई खराब मानिसहरूबाट छटाउनुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ किनभने तिनीहरूले उहाँमा शरण लिएका छन् ।

  • 41तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन । तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।

  • 10तिनीहरूलाई घृणा गर्नेहरूको हातबट उहाँले तिनीहरूलाई बचाउनुभयो र शत्रुहरूका हातबाट उहाँले तिनीहरूलाई छुट्टाउनुभयो ।

  • 39पीडादायी संकष्‍ट र दुःखले तिनीहरूको सङ्‍ख्‍या घट्‍यो र तल झारिए ।

  • 27त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्‍टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्‍नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए ।

  • भजन 116:3-4
    2 पदहरू
    73%

    3मृत्युका डोरीहरूले मलाई बेह्रे र चिहानको पसोहरूले मेरो सामान गरे । मैले वेदना र दुःखको महसुस गरें ।

    4तब मैले परमप्रभुको नाउँको पुकारा गरें: “हे परमप्रभु, कृपया, मेरो जीवन बचाउनुहोस् ।”

  • 5मेरो संकष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्‍वतन्त्र गर्नुभयो ।

  • 2परमप्रभुले उद्धार गर्नुभएकाहरू बोलून्, जसलाई उहाँले शत्रुहरूका हातबाट बचाउनुभएको छ ।

  • 47हे परमप्रभु, हाम्रा परमेश्‍वर, हामीलाई बचाउनुहोस् । हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस्, ताकि तपाईंको पवित्र नाउँमा हामी धन्यवाद दिन र तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौं।

  • 26हे परमप्रभु परमेश्‍वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्‍वस्‍तताद्वारा बचाउनुहोस् ।

  • 10कोही अँध्यारो र दुःखमा, कैदीहरू कष्‍ट र साङ्लाहरूमा बसे ।

  • 16मेरो बारेमा, म परमेश्‍वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ ।

  • 13हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्‍न सक्‍नुहुन्छ ।

  • 31परमप्रभुको करारको विश्‍वस्‍तता र उहाँले मानवजातिको निम्ति गर्नुभएका अचम्मका कुराहरूका निम्ति मानिसहरूले उहाँको प्रशंसा गरून्!

  • 4तर जब आफ्‍नो कष्‍टमा तिनीहरू परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्के र उहाँलाई खोजे, तब तिनीहरूले उहाँलाई पाउन सके ।

  • 14हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु । मलाई छुटकारा दिनुहोस्, र मैले छुटकारा पाउनेछु । किनकि तपाईं नै मेरो प्रशंसाको गीत हुनुहुन्छ ।

  • 35तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌ । हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्‍यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौं ।”

  • 2हे परमप्रभु मेरो परमेश्‍वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।

  • 12यहूदाका सहरहरू र यरूशलेमका बासिन्दाहरू जानेछन्, र तिनीहरूले भेटी चढाएका देवताहरूलाई पुकार्नेछन्, तर तिनीहरूको विपत्तिको समयमा निश्‍चय पनि तिनीहरू ती देवताहरूद्वारा बचाइनेछैनन् ।

  • 13परमप्रभुको निम्ति गाओ! परमप्रभुको प्रशंसा गर! किनकि उहाँले दुष्‍ट काम गर्नेहरूको हातबाट थिचोमिचोमा परेकाहरूको जीवनलाई बचाउनुभएको छ ।

  • 19उहाँलाई आदर गर्नेहरूका इच्छा उहाँले पुरा गर्नुहुन्छ । उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ ।

  • 17मेरो हृदयका कष्‍टहरू ठुला भएका छन् । मेरो कष्‍टहरूबाट मलाई बाहिर तान्‍नुहोस् ।

  • 16हे परमप्रभु, कष्‍टमा तिनीहरूले तपाईंलाई हेरेका छन् । तिनीहरूमाथि तपाईंको अनुशासन पर्दा तिनीहरूले प्रार्थना गुनगुनाएका छन् ।

  • 1¶ हे परमप्रभु, गहिराइबाट तपाईंमा म पुकारा गर्छु ।

  • 9हे परमप्रभु, राजालाई बचानुहोस् । हामीले पुकारा गर्दा हामीलाई मदत गर्नुहोस् ।