भजनसंग्रह 107:39

अनलक शाब्दिक बाइबल

पीडादायी संकष्‍ट र दुःखले तिनीहरूको सङ्‍ख्‍या घट्‍यो र तल झारिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 10:32 : 32 ती दिनमा परमप्रभुले इस्राएलको क्षेत्रफल घटाउन थाल्नुभयो, र हजाएलले इस्राएलका सिमानाहरूमा इस्राएलीलाई पराजित गरे,
  • २ राजा 13:7 : 7 अरामीहरूले यहोआहाजलाई केवल पचास घोडचढी, दसवटा रथ र दस हजार पैदल सिपाही मात्र छाडे किनकि अरामका राजाले तिनीहरूलाई नाश पारेका थिए र तिनीहरूलाई अन्‍न चुट्ने समयको भुसजस्तै पारेका थिए ।
  • २ राजा 13:22 : 22 अरामका राजा हजाएलले यहोआहाजको जीवनभर इस्राएललाई थिचोमिचो गरिरहे ।
  • २ राजा 14:26 : 26 किनकि फुक्‍का र स्वतन्त्र हरेक इस्राएलीले कष्‍ट भोगिरहेको परमप्रभुले देख्‍नुभयो, र इस्राएलको लागि कुनै उद्धारक थिएन ।
  • २ इति 15:5-6 : 5 त्यसबेला यहाँबाट यात्रा गरेर टाढा जाने र यात्रा गरेर यहाँ आउने दुबैलाई शान्ति थिएन । बरू, देशमा बसोबास गर्ने सबैमाथि ठूलो संकष्‍ट थियो । 6 तिनीहरू टुक्रा-टुक्रा पारिए, राष्‍ट्रको विरूद्ध राष्‍ट्र, र सहरको विरूद्ध सहर, किनकि परमेश्‍वरले तिनीहरूलाई सबै किसिमका दु:खले समस्‍यामा पार्नुभयो ।
  • अय्यू 1:10-17 : 10 के तिनी, तिनको घर र तिनीसित भएका सबै थोकको चारैतिर हरेक कुनाबाट बार लगाएर तपाईंले सुरक्षा दिनुभएको छैन र? तपाईंले तिनका हातका कामहरूलाई आशिष् दिनुभएको छ, र तिनका गाईवस्तुहरू देशभरि भएका छन् । 11 तर अब आफ्नो हात पसार्नुहोस् र तिनीसित भएका सबै थोकलाई छुनुहोस्, र हेर्नुहोस् कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्‍ने त छैनन् ।” 12 परमप्रभुले शैतानलाई भन्‍नुभयो, “हेर्, त्‍योसित भएका सबै थोक तेरै हातमा छ । त्‍यसलाई मात्र तेरो हातले नछो ।” तब परमप्रभुको उपस्थितिबाट शैतान तुरुन्‍तै गयो । 13 कुनै एक दिनमा यस्‍तो भयो, तिनका छोराहरू र छोरीहरू आफ्‍ना जेठा दाजुको घरमा खाँदै र पिउँदै थिए । 14 एउटा समाचारवाहक अय्यूबकहाँ आयो र भन्यो, “आफ्‍ना छेउमै गोरुहरू जोतिरहेका थिए, र गधाहरू चरिरहेका थिए । 15 तब शबीहरूले तिनीहरूलाई झम्‍टे र ती लिएर गए । नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।” 16 जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “आकाशबाट परमेश्‍वरको आगो झर्‍यो अनि भेडाहरू र नोकरहरूलाई भस्म पार्‍यो । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।” 17 जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “कल्दीहरूले तिनवटा समूह बनाएर ऊँटहरूलाई आक्रमण गरे र ती लिएर गएका छन् । नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
  • भजन 30:6-7 : 6 दृढतामा मैले भनें, “म कदापि डग्‍नेछैन ।” 7 हे परमप्रभु, आफ्‍नो कृपाले तपाईंले मलाई बलियो पहाडको रूपमा स्थापित गर्नुभयो । तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो,तब मलाई कष्‍ट पर्‍यो ।
  • यिर्मि 51:33-34 : 33 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनकी छोरी खलाजस्तै छे । यो त्यसलाई कुल्चने समय हो । केही क्षणमा नै त्यसको कटनीको समय आउनेछ । 34 'बेबिलोनका राजा नबूकदनेसरले मलाई खाएको छ, उसले मलाई अलमलमा पारेको छ, र मलाई रित्तो भाँडो बनाएको छ । राक्षसले झैं त्यसले मलाई निलेको छ । मेरा स्वादिष्‍ट खानाले त्यसले आफ्‍नो पेट भरेको छ, र त्यसले मलाई बान्ता गरेर फालेको छ ।'
  • उत्प 45:11 : 11 म त्यहाँ तपाईंको बन्दोवस्त गर्नेछु किनकि अनिकालका पाँच वर्ष अझै बाँकी छन्, नत्रता तपाईं, तपाईंको घराना र तपाईंसित भएका सबै दरिद्रतामा जानेछन्' ।”
  • निर्ग 1:13-14 : 13 मिश्रीहरूले इस्राएलीहरूलाई निर्दयतापूर्वक काममा लगाए । 14 मिश्रीहरूले मसला र इँटको कामसाथै खेतका कठिन कामहरू गर्न लगाएर तिनीहरूका जीवनै खल्लो बनाइदिए । तिनीहरूले लगाएका कामहरू कठिन थिए ।
  • निर्ग 2:23-24 : 23 धेरै समय बितेपछि मिश्रका राजा मरे । इस्राएलीहरूले दासत्वको कठिनाइको कारणले चित्कार गरे । तिनीहरूले मदतको लागि पुकारा गरे र तिनीहरूको दासत्वको कारण तिनीहरूको पुकारा परमेश्‍वरकहाँ पुग्यो । 24 परमेश्‍वरले तिनीहरूको क्रन्दन सुन्‍नुभएपछि उहाँले अब्राहाम, इसहाक र याकूबसित बाँध्‍नुभएको करार सम्झनुभयो ।
  • न्या 6:3-6 : 3 यस्‍तो भयो, जति बेला इस्राएलीहरूले आफ्‍ना बालीहरू लगाउँथे, त्‍यति बेला मिद्दानीहरू र अमालेकीहरू र पूर्वका मानिसहरूले इस्राएलीहरूलाई आक्रमण गर्थे । 4 तिनीहरूले देशमा आफ्ना सेना तयार गर्थे, र गाजासम्मै सबै बालीहरू नष्‍ट गर्थे । तिनीहरूले इस्राएलमा भोजन, भेडाहरू, गाइवस्तु वा गधाहरू केही पनि छोड्दैनथे । 5 तिनीहरूले आफ्‍ना पाल्तु वस्तुहरू र पालहरू लिएर आउँदा, तिनीहरू सलहहरूका हुलझैं हुन्‍थे, र तिनीहरूका मानिसहरू र ऊँटहरू गन्‍न असम्भव हुन्थ्यो । त्यस देशलाई नष्‍ट गर्नको निम्ति तिनीहरूले आक्रमण गर्थे । 6 मिद्दानीहरूले इस्राएलीहरूलाई यति धेरै कमजोर बनाए, जसको कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे ।
  • रूत 1:20-21 : 20 तर तिनले तिनीहरूलाई भनिन्, “मलाई नाओमी नभन । मलाई तितो भन, किनभने सर्वशक्तिमानले मसँग धेरै तिक्‍ततापूर्ण रूपमा व्यवहार गर्नुभएको छ । 21 म पूर्ण भएर गएँ, तर परमप्रभुले मलाई फेरि रित्तो पारेर घरमा ल्याउनुभएको छ । त्यसैले परमप्रभुले मलाई दण्ड दिनुभएको र सर्वशक्तिमानले ममाथि विपत्ति ल्याउनुभएको देखेर पनि तिमीहरूले मलाई किन नाओमी भन्छौ?”
  • १ शमू 2:5-7 : 5 भरिपूर्ण हुनेहरूले आफैलाई ज्यालामा लगाएका छन् । भोकाएकाहरू भोकाउन हुन छोडेका छन् । बाँझीले समेत सात जना सन्तानहरू जन्माउँछिन्, तर धेरै सन्तान हुने स्‍त्री शिथिल हुन्छिन् । 6 परमप्रभुले मार्नुहुन्छ र जीवन दिनुहुन्छ । उहाँले चिहानमा पुर्‍याउनुहुन्छ र उठाउनुहुन्छ । 7 परमप्रभुले केही मानिसलाई गरीब र केहीलाई धनी बनाउनुहुन्छ । उहाँले नम्र तुल्याउनुहुन्छ, तर उहाँले पनि उचाल्नुहुन्छ ।
  • २ राजा 4:8 : 8 एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्‍ठित स्‍त्री बस्थिन् । उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन् । त्यसैले जब एलीशा त्यो बाटो भएर जान्थे, तब तिनी खानको लागि त्यहाँ रोकिन्थे ।
  • २ राजा 8:3 : 3 सात वर्षको अन्त्यमा ती स्‍त्री पलिश्तीहरूको देशबाट फर्किन्, अनि आफ्नो घर र जमिन फिर्ता पाउन राजाकहाँ विन्‍ति चढाउन गइन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 107:37-38
    2 पदहरू
    83%

    37खेतबारीमा बीउ छर्नलाई, दाखबारी लगाउनलाई र प्रशस्‍त उब्‍जनी ल्‍याउनलाई तिनीहरूले एउटा सहर बनाउँछन् ।

    38उहाँले तिनीहरूलाई आशिष्‌‌‌ दिनुहुन्छ, यसैले तिनीहरू असंख्या हुन्‍छन् । उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्‍न ।

  • भजन 107:40-41
    2 पदहरू
    80%

    40उहाँले अगुवाहरूमाथि घृणा खन्याउनुहुन्छ र तिनीहरूलाई उजाडस्‍थानमा भौंतारिन लगाउनुहुन्छ, जहाँ कुनै बाटो हुँदैन ।

    41तर खाँचोमा परेकाहरूलाई उहाँले कष्‍टबाट सुरक्षा दिनुहुन्छ र बगाललाई झैं आफ्नो परिवारको वास्ता गर्नुहुन्छ ।

  • भजन 106:41-44
    4 पदहरू
    77%

    41उहाँले तिनीहरूलाई जातिहरूका हातमा सुम्पिनुभयो र तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि राज्‍य गरे ।

    42तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि थिचोमिचो गरे, र तिनीहरूलाई आफ्‍ना अधिकारीको अधीनमा पारियो ।

    43तिनीहरूलाई सहायता गर्न उहाँ धेरैपल्‍ट आउनुभयो, तर तिनीहरूले निरन्‍तर विद्रोह गरे र तिनीहरूका आफ्नै पापले तल पारिए ।

    44तापनि, सहायताको निम्ति तिनीहरूका पुकारा उहाँले सुन्‍नुहुँदा उहाँले तिनीहरूका संकष्‍टमा ध्यान दिनुभयो ।

  • भजन 107:10-13
    4 पदहरू
    75%

    10कोही अँध्यारो र दुःखमा, कैदीहरू कष्‍ट र साङ्लाहरूमा बसे ।

    11तिनीहरूले परमेश्‍वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्‍चको सल्‍लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो ।

    12उहाँले कठिनाइद्वारा तिनीहरूका हृदयलाई नम्र पार्नुभयो । तिनीहरूले ठेस खाए र तिनीहरूलाई उठ्न सहायता गर्ने कोही थिएन ।

    13तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।

  • 19तब आफ्‍ना कष्‍टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।

  • भजन 107:26-28
    3 पदहरू
    73%

    26तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए । तिनीहरूका जीवन संकष्‍टमा बिलेर गयो ।

    27तिनीहरू मद्यको मातेकाहरूझैं धरमराए र लडखडाए, र तिनीहरूका बुद्धि हरायो ।

    28तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बाहिर ल्‍याउनुभयो ।

  • भजन 107:5-6
    2 पदहरू
    73%

    5किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए ।

    6तब तिनीहरूले आफ्‍ना कष्‍टमा परमप्रभुलाई पुकारा गरे र तिनीहरूका संकष्‍टबाट उहाँले तिनीहरूलाई बचाउनुभयो ।

  • अय्यू 36:8-9
    2 पदहरू
    73%

    8तिनीहरू साङ्लाले बाँधिए अनि दुःखका डोरीमा अल्‍झिए भने,

    9तब तिनीहरूले जे गरेका हुन्‍छन्, अनि तिनीहरूका अपराध र तिनीहरूका घमण्ड, उहाँले तिनीहरूलाई प्रकट गर्नुहुन्छ ।

  • 17आफ्‍ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्‍ना पापहरूका कारणले कष्‍टमा परे ।

  • 9अत्याचारका धेरै कार्यहरूले मानिसहरू रुन्‍छन् । शक्तिशाली मानिसहरूका पाखुराको मदत तिनीहरूले माग्‍छन् ।

  • 3तिनीहरू निहुरिन्छन्, र आफ्ना पाठा पाउँछन्, अनि यसरी तिनीहरूको आफ्नो प्रसव-वेदना सकिन्छ ।

  • 15कष्‍टमा परेका मानिसहरूलाई परमेश्‍वरले तिनीहरूका कष्‍टबाट छुटकारा दिनुहुन्छ । तिनीहरूको थिचोमिचोमा उहाँले तिनीहरूसँग बोल्‍नुहुन्छ ।

  • 12परमप्रभु यस्तो भन्‍नुहुन्छ, “तिनीहरू आफ्ना पूर्ण शक्ति र पूर्ण सङ्ख्याको अवस्थामा भए तापनि तिनीहरू काटिनेछन्, र तिनीहरूका मानिसहरू बाँकी रहनेछैनन् । तर यहूदा, मैले तँलाई पीडा दिएको भए तापनि अब म तँलाई पीडा दिनेछैनँ ।

  • 37हाम्रा पापले गर्दा त्यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले हाम्रा शरीरसाथै हाम्रा गाईवस्तुमाथि शासन गर्छन् । हामी बडो कष्‍टमा छौँ!

  • यशा 8:21-22
    2 पदहरू
    72%

    21तिनीहरू अति व्याकूल भएर र भोकाएर देशमा हिंड्‍नेछन् । जब तिनीहरू भोकाउँछन्, तब तिनीहरू रिसाउनेछन्, र तिनीहरूले आफ्नो अनुहार माथि उचाल्‍दा, आफ्‍ना राजा र आफ्‍ना परमेश्‍वरलाई सराप्‍नेछन् ।

    22तिनीहरूले पृथ्वीमा हेर्नेछन् र व्‍यकुलता, अन्धकार र अत्याचारको बादल देख्‍नेछन् । तिनीहरू अन्धकारको देशमा लगिनेछन् ।

  • 19धर्मीहरूको कष्‍टहरू धेरै हुन्छन्, तर ति सबैबाट परमप्रभुले तिनीहरूलाई छुटकारा दिनुहुन्छ ।

  • भजन 129:1-3
    3 पदहरू
    72%

    1¶ “मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्,” इस्राएलले भनोस् ।

    2“मेरो युवावस्थादेखि नै तिनीहरूले मलाई आक्रमण गरेका छन्, तापनि तिनीहरूले मलाई पराजित गरेका छैनन् ।

    3हलो जोत्‍नेहरूले मेरो ढाडमा जोते । तिमीहरूले आफ्‍ना हलोको डोबलाई लामो बनाए ।

  • 19तिनीहरू कसरी क्षणभरमा नै उजाडस्‍थान बने! तिनीहरूको अन्‍त भयो र भयानक त्रासहरूले समाप्‍त पारिए ।

  • 34र यसका मानिसहरूका दुष्‍टताको कारणले उर्बर भूमिलाई बाँझो ठाउँमा बद्लिनुहुन्‍छ ।

  • 15जहाँ-जहाँ इस्राएल युद्धको निम्ति गए, परमप्रभुले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिनीहरूलाई परास्त गर्नको निम्ति उहाँको हात तिनीहरूको विरुद्ध थियो, र तिनीहरू अत्‍यन्‍तै सकसमा परे ।

  • 40उजाड-स्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्‍ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए!

  • 10त्यसका पन्‍जामा परेकाहरूलाई टेकिन्‍छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् ।

  • 37तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्‍यो र विभिन्‍न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्‍यो ।

  • 5हे परमप्रभु, तिनीहरूले तपाईंका मानिसहरूलाई कुल्‍चिन्‍छन् । तिनीहरूले तपाईंका जातिलाई कष्‍ट दिन्‍छन् ।

  • 11तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन् । मलाई प्रहार गरेर जमिनमा ढाल्‍नलाई तिनीहरूले आफ्‍ना आँखा लगाउँछन् ।

  • 46तिनीहरूका सबै विजेतालाई तिनीहरूमाथि दया गर्ने उहाँले बनाउनुहुन्थ्यो ।

  • 12तर जति मिश्रीहरूले इस्राएलीहरूमाथि थिचोमिचो गरे त्यति नै तिनीहरूको सङ्ख्या बढ्दै गएर तिनीहरू फैलन थाले । त्यसैले मिश्रीहरू इस्राएलीहरूसित डराउन थाले ।

  • 4दरिद्र मानिसहरूका उनीहरूका मार्गबाट तिनीहरूले जबरजस्‍ती हटाउँछन् । पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन्।

  • 23उहाँले जातिहरूलाई बलियो पार्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई नष्‍ट गर्नुहुन्छ । उहाँले जातिहरूलाई बिस्तार गर्नुहुन्छ, र उहाँले नै तिनीहरूलाई कैदी बनाएर लैजानुहुन्छ ।

  • 23तिनीहरूलाई सतायौ र तिनीहरूले मेरो पुकारा गरे भने म निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नेछु ।

  • 23तँलाई सताउनेहरूका हातमा त्‍यो म राख्‍नेछु, जसले तँलाई भनेका छन्, 'भुइमा सुत्, ताकि तँमाथि हामी हिंड्नछौं ।' तिनीहरूलाई हिंड्न तैंले आफ्‍नो ढाडलाई जमिन र बाटोझैं बनाइस् ।”

  • 17किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ, हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्‍दा हताश हुनेछ र आफ्‍नो अधर्मले गर्दा तिनीहरू सुक्‍दैजानेछन्‌ ।'

  • 28यसरी गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्‍ने तिनीहरूले बनाए । कष्‍टमा परेका मानिसहरूको रोदन उहाँले सुन्‍नुभयो ।

  • 65तपाईंले तिनीहरूका हृदय लज्‍जित पर्न दिनुहुने छ । तपाईंको दण्डाज्ञा तिनीहरूमाथि परोस् ।

  • 19मानिसलाई ओछ्यानमा हुने पीडा, उसका हड्‍डीहरूमा निरन्तर हुने वेदनाद्वारा पनि उसलाई दण्ड दिइन्छ,