भजनसंग्रह 85:13

अनलक शाब्दिक बाइबल

धार्मिकता उहाँको अगि जानेछ र उहाँको पाइलाहरूका निम्ति मार्ग बनाउनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 13:34 : 34 म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु । त्यसैले पनि तिमीहरू एकले अर्कालाई प्रेम गर्नुपर्छ ।
  • भजन 89:14 : 14 धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन् । करारको विश्‍वस्‍तता र सत्‍यता तपाईंको सामुबाट आउँछन् ।
  • यशा 58:8 : 8 तब तिमीहरूको ज्‍योति सूर्योदय हुँदाझैं खुल्नेछ र तिमीहरूको चङ्गाइ झट्टै आउनेछ । तिमीहरूको धार्मिकता तिमीहरूको अगि जानेछ र परमप्रभुको महिमा तिमीहरूको पछाडिको रक्षक हुनेछ ।
  • मत्त 20:27-28 : 27 र जो तिमीहरूका बिचमा पहिलो हुने इच्छा गर्दछ, ऊ तिमीहरूको दास हुनुपर्दछ, 28 जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।”
  • यूह 13:14-16 : 14 तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ । 15 किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक । 16 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठुलो हुँदैन न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।
  • २ कोरि 3:18 : 18 अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं । हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्‌लिँदै छौँ । यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ ।
  • गलाती 2:20 : 20 म ख्रीष्‍टसँगै क्रुसमा टाँगिएको छु । अब उसो जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ । अब जुन जीवन म शरीरमा जिउँछु, म परमेश्‍वरका पुत्रको विश्‍वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैँलाई मेरो निम्ति दिनुभयो ।
  • एफिसी 5:1-2 : 1 ¶ त्यसकारण परमेश्‍वरका प्रिय छोरा-छोरीहरू झैँ उहाँको अनुकरण गर्ने होओ । 2 र ख्रीष्‍टले हामीलाई प्रेम गर्नुभएर आफैँलाई हाम्रो निम्ति दिनुभए झैँ तिमीहरू प्रेममा हिँड । परमेश्‍वरको निम्ति सुगन्धित सुवास्‍ना हुनको निम्ति उहाँ एक भेटी र बलिदान हुनुहुन्थ्यो ।
  • फिलि 2:5-8 : 5 त्यही शैलीमा विचार गर, जुन ख्रीष्‍ट येशूमा पनि थियो । 6 उहाँ परमेश्‍वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्‍वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्‍ने वस्तुझैँ ठान्‍नुभएन । 7 बरु, उहाँले आफैँलाई रित्त्याउनुभयो । उहाँले कमराको रूप धारण गर्नुभयो । उहाँ मानिसको स्वरूपमा आउनुभयो । मानिसकै स्वरूपमा उहाँ रहनुभयो । 8 उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्यु अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो ।
  • इब्रा 12:1-2 : 1 ¶ यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाऔँ । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ । 2 विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ, जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्‍नुभयो, अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
  • १ पत्रु 2:18-24 : 18 कमारा हो, सम्पूर्ण आदरसाथ आफ्नो मालिकको अधीनमा बस; असल र भला मालिकहरूसँग मात्र होइन, तर दुष्‍टहरूसँग पनि । 19 किनकि कोही व्यक्‍तिको विवेक परमेश्‍वरप्रति भएको कारण उसले असल काम गरे पनि कष्‍ट सहन्छ भने त्यो परमेश्‍वरमा प्रशंसनीय कुरो हो । 20 यदि तिमीले पाप गरेर सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र? तर यदि तिमीले असल गरेर पनि सहन्छौ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुनेछ । 21 यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्‍टले पनि दुःख भोग्‍नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो । 22 उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो । 23 उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन । उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो । 24 हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ ।
  • १ पत्रु 4:1 : 1 ¶ यसैकारण, जसरी ख्रीष्‍टले शरीरमा कष्‍ट भोग्‍नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर । जसले शरीरमा कष्‍ट भोगेको छ उसले पाप गर्न छोडेको हुन्छ ।
  • १ यूह 2:6 : 6 परमेश्‍वरमा रहन्छु भन्‍ने व्यक्‍ति आफैँ पनि येशू ख्रीष्‍ट जिउनु भएझैँ जिउनुपर्छ ।
  • भजन 119:35 : 35 तपाईंका आज्ञाहरूका मर्गमा मलाई डोर्‍याउनुहोस्, किनकि त्‍यसमा हिंड्न म खुसी हुन्छु ।
  • भजन 72:2-3 : 2 तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् । 3 पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्‍न गरून् । डाँडाहरूले धर्मिकता उत्पन्‍न गरून् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 85:11-12
    2 पदहरू
    77%

    11सत्‍यता जमिनबाट उम्रिन्छ र धार्मिकताले आकाशबाट तल हेर्छ ।

    12हो, परमप्रभुले आफ्नो उत्तम आशिष्‌ ‌‌दिनुहुनेछ र हाम्रो जमिनले आफ्‍नो अन्‍नहरू उब्जाउनेछ ।

  • 23परमप्रभुद्वारा नै मानिसकको कदमहरू स्थापित हुन्छ, त्‍यो मानिस जसको चाल परमेश्‍वरको दृष्‍टिमा प्रशंसनिय हुन्छ ।

  • 7ए धर्मी जन, धर्मीको मार्ग सिधा हुन्छ । धर्मी जनको मार्गलाई तपाईंले सोझो बनाउनुहुन्छ ।

  • 20म धार्मिकताको मार्गमा, न्यायका मार्गहरूका बिचमा हिँड्छु ।

  • नीति 2:8-9
    2 पदहरू
    75%

    8उहाँले न्यायका मार्गहरूलाई सुरक्षा दिनुहुन्छ, र उहाँप्रति विश्‍वासयोग्य हुनेहरूको मार्ग रक्षा गर्नुहुन्छ ।

    9तब तैँले धार्मिकता, न्याय, समानता र हरेक असल मार्गलाई बुझ्ने छस् ।

  • 8हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।

  • भजन 89:14-15
    2 पदहरू
    74%

    14धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन् । करारको विश्‍वस्‍तता र सत्‍यता तपाईंको सामुबाट आउँछन् ।

    15ती मानिसहरू धन्य हुन् जसले तपाईंको आराधना गर्छन्! हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको प्रकाशमा हिंड्छन् ।

  • 31आफ्‍नो परमेश्‍वरको व्यवस्था त्यसको हृदयमा हुन्छ । त्यसका खुट्टाहरू चिप्लँदैनन् ।

  • 6उहाँले तिम्रो न्याय दिनको उज्यालोझैं र तिम्रो निर्दोषता मध्यदिनझैं प्रकट गर्नुहुनेछ ।

  • 3उहाँले मेरो जीवनलाई पुनर्जीवित पार्नुहुन्छ । उहाँले आफ्‍नो नाउँको खातिर मलाई ठिक बाटो देखाउनुहुन्छ ।

  • 9मानिसले आफ्नो हृदयमा योजना बुन्छ, तर परमप्रभुले नै त्यसका कदमहरू निर्धारण गर्नुहुन्छ ।

  • 9को बुद्धिमान छ, जसले यी कुराहरू बुझ्‍न सक्‍छ? कसले कुराहरू बुझ्‍छ जसले गर्दा उसले ती जान्‍न सक्‍छ? किनकि परमप्रभुका मार्गहरू ठिक हुन्‍छन्, र धर्मीचाहिं तिनमा हिँड्छन्, तर विद्रोह गर्नेहरूचाहिं तिनमा ठेस खानेछन् ।

  • 15फैसला फेरि धर्मीको आधारमा हुनेछ । अनि हृदयमा सोझो हुनेहरू सबै जनाले यसको अनुसरण गर्नेछन् ।

  • 8तब तिमीहरूको ज्‍योति सूर्योदय हुँदाझैं खुल्नेछ र तिमीहरूको चङ्गाइ झट्टै आउनेछ । तिमीहरूको धार्मिकता तिमीहरूको अगि जानेछ र परमप्रभुको महिमा तिमीहरूको पछाडिको रक्षक हुनेछ ।

  • 28ठिक मार्गमा हिँड्नेहरूले जीवन पाउने छ, र त्यस मार्गमा मृत्यु हुँदैन ।

  • 5मेरा पाइलाहरू तपाईंका मार्गहरूमा दृढतासाथ अडिग छन् । मेरा पाइलाहरू चिप्‍लेका छैनन् ।

  • 3तिनले उनीहरूलाई लखेट्‍छन् र छिटो पुग्‍ने बाटोद्वारा आफ्‍ना खुट्टाले जमिन नछोएझैं गरी तिनले सुरक्षित रूपमा भेट्टाउँछन् ।

  • 6धार्मिकताले ती मानिसहरूको रक्षा गर्छ, जो आफ्नो मार्गमा दोषरहित छन्, तर दुष्‍टताले पाप गर्नेहरूलाई पल्टाइदिन्छ ।

  • 20त्यसकारण असल मानिसहरूको बाटोमा हिँड्, र धर्मी मानिसहरूको मार्गको पछि लाग ।

  • 5धार्मिकता नै उहाँको कम्मर पेटी हुनेछ र विश्‍वस्‍तता उहाँको पटुका हुनेछ ।

  • भजन 97:2-3
    2 पदहरू
    72%

    2बादल र अन्धकारले उहाँलाई घेर्छन् । धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो ।

    3आगो उहाँको अगिअगि जान्छ र उहाँका वैरीहरूलाई हरेकतिर भष्‍म पार्छ ।

  • 18तर धर्मी मानिसहरूको मार्ग प्रभातको पहिलो किरणजस्तै हो । मध्यदिन नआएसम्म यो झन्-झन् चम्किलो हुन्छ ।

  • भजन 25:8-10
    3 पदहरू
    72%

    8परमप्रभु असल र सोझो हुनुहुन्छ । यसकारण उहाँले पापीहरूलाई बाटो सिकाउनुहुन्छ ।

    9उहाँले नम्रहरूलाई ठिक कुरा सिकाउनुहुन्छ र उहाँले तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ ।

    10परमप्रभुका करार र उहाँका गहन आज्ञाहरू पालन गर्नेहरूका निम्ति उहाँका सबै मार्गहरू अटल प्रेम र विश्‍वस्‍तता हुन् ।

  • 133तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् । कुनै पापले ममाथि राज्‍य गर्न नदिनुहोस् ।

  • 5खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्‍टहरूको दुष्‍टताको कारण तिनीहरूको पतन हुने छ ।

  • 6तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ ।

  • 9निश्‍चय नै उहाँको उद्धार उहाँको भय मान्‍नेहरूका नजिक हुन्छ । तब हाम्रो देशमा महिमा रहनेछ ।

  • 25हामीले उहाँले हामीलाई आज्ञा गर्नुभएझैँ परमप्रभु हाम्रा परमेश्‍वरको सामु यी सबै आज्ञा मान्यौँ भने यो हाम्रो धार्मिकता हुने छ ।'

  • 29परमप्रभुको मार्गले निष्‍ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्‍टको लागि यो विनाश हो ।

  • 5उहाँभन्दा अगि घातक रोग फैलियो, र महामारीले उहाँलाई पछ्यायो ।

  • 13परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्‍वस्‍ततामा न्याय गर्नुहुनेछ ।

  • 6किनकि परमप्रभुले धर्मीलाई मार्गदर्शन गर्नुहुन्छ तर दुष्‍टको मार्ग भने नष्‍ट हुनेछ ।

  • 11मेरो खुट्टाले उहाँका पाइला पक्‍का गरी पछ्याएको छ । म उहाँको मार्गमा हिंडेको छु, र यताउता फर्केको छैनँ ।

  • 26तेरो खुट्टाको लागि नैतिकताको मार्ग बना । तब तेरा सबै मार्गहरू सुरक्षित हुने छन् ।

  • 5त्यसले परमप्रभुबाट आशिष्‌‌‌ र त्यसको उद्धारको परमेश्‍वरबाट धार्मिकता प्राप्‍त गर्नेछ ।

  • 5उहाँले धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ । पृथ्वी परमप्रभुको करारको विश्‍वस्‍तताले पूर्ण छ ।

  • 7उहाँले तिनीहरूलाई सोझो बाटोमा लानुभयो ताकि तिनीहरू बस्‍नलाई एउटा सहरमा जान पाऊन् ।

  • 3धन र सम्पत्ति त्यसको घरमा हुन्छन् । उहाँको धार्मिकता सदासर्वदा रहनेछ ।

  • 21जब तिमीहरू दाहिने फर्कन्‍छौ वा जब तिमीहरू देब्रे फर्कन्‍छौ, तब तिमीहरूका पछाडिबाट यसो भनिरहेको आवाज तिमीहरूका कानले सुन्‍नेछन् “बाटो यही हो, यसैमा हिंड ।”

  • 3उहाँको काम ऐश्‍वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्छ ।

  • 9परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्‍छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।

  • 12तँ हिँड्दा तेरो बाटोमा कोही खडा हुने छैन, र तँ दौडिस् भने पनि ठक्‍कर खाने छैनस् ।

  • 33परमेश्‍वर मेरो शरणस्थान हुनुहुन्छ र उहाँले निर्दोष व्‍यक्‍तिलाई आफ्‍नो मार्गमा डोर्‍याउनुहुन्छ ।

  • 7किनकि परमप्रभु धर्मी हुनुहुन्छ, र उहाँले धार्मिकता मन पराउनुहुन्छ । सोझोले उहाँको मुहार देख्‍नेछ ।