भजनसंग्रह 85:9

अनलक शाब्दिक बाइबल

निश्‍चय नै उहाँको उद्धार उहाँको भय मान्‍नेहरूका नजिक हुन्छ । तब हाम्रो देशमा महिमा रहनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • जक 2:5 : 5 किनभने म त्यसको वरिपरि आगोको पर्खाल हुनेछु, र त्यसभित्रको महिमा म नै हुनेछु, परमप्रभु घोषणा गर्नुहुन्छ ।
  • यशा 46:13 : 13 म आफ्‍नो धार्मिकता नजिक ल्याउँदैछु । त्‍यो टाढा छैन, र मेरो उद्धारले पर्खंदैन । अनि सियोनलाई मेरो उद्धार र इस्राएललाई मेरो सुन्‍दरता म दिनेछु ।
  • यूह 1:14 : 14 अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।
  • यूह 7:17 : 17 यदि कसैले उहाँको इच्छा पालन गर्ने इच्छा गर्छ भने यो परमेश्‍वरबाट आएको हो वा म मेरो आफ्नै तर्फबाट बोल्छु भनी त्यसले यो शिक्षाबारे जान्‍नेछ ।
  • प्रेरि 10:2-4 : 2 तिनी ईश्‍वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्‍वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैँ परमेश्‍वरलाई प्रार्थना चढाइरहन्थे । 3 दिउँसो तिन बजेतिर तिनले दर्शनमा परमेश्‍वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले भने, “ए कर्नेलियस ” 4 कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र भयभीत हुँदै भने, “हजुर, भन्‍नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्‍वरको उपस्थितिमा पुगेका छन् ।
  • प्रेरि 11:13-14 : 13 उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए, र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, “योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो । 14 उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ, तिमी र तिम्रो सबै घराना ।”
  • यहे 26:20 : 20 तब म तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्‍वीमुनि, प्राचीन भग्‍नावशेषमा जस्‍तै, मृत-लोकमा जानेहरूसित बस्‍न लाउनेछु । जसको कारण तँ फेरि कहिल्‍यै जीवितहरूको देशमा फर्केर बस्‍नेछैनस्‌ ।
  • हाग्गै 2:7-9 : 7 म हरेक जातिलाई हल्लाउनेछु, र हरेक जातिले तिनीहरूका बहुमुल्य थोकहरू मकहाँ ल्याउनेछन्, अनि म यो भवनलाई महिमाले भर्नेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 8 चाँदी र सुन मेरै हुन्! - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ । 9 यस भवनको महिमा सुरुवातको समयको भन्दा पछि अति महान् हुनेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, र म यस ठाउँमा शान्ति दिनेछु - सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ ।”
  • जक 2:8 : 8 किनकि सेनाहरूका परमप्रभुले मलाई सम्मानित गर्नुभएर तिमीहरूलाई लुट्ने जातिहरूको विरुद्ध मलाई पठाउनुभएपछि (किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले परमेश्‍वरका आँखाको नानीलाई छुन्छ!) उहाँले भन्‍नुभयो,
  • मर 12:32-34 : 32 शास्‍त्रीले भने, “हे असल गुरुज्यू! परमेश्‍वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्‍नुभएको छ । 33 उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्‍तिले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू होमबलि र बलिदानहरूभन्दा पनि महान् हो ।” 34 जब तिनले बुद्धिमत्तापूर्वक जवाफ दिएको येशूले देख्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्यबाट टाढा छैनौ ।” त्यसपछि कसैले पनि येशूलाई अरू प्रश्‍न गर्ने आँट गरेन ।
  • लू 2:32 : 32 तपाईंका जन इस्राएलीहरूका महिमा र अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ ।”
  • भजन 24:4-5 : 4 त्यो जसका हातहरू शुद्ध छन् र हृदय शुद्ध छ । जसले झुटलाई उचालेको छैन र छल गर्नलाई सपथ खाएको छैन । 5 त्यसले परमप्रभुबाट आशिष्‌‌‌ र त्यसको उद्धारको परमेश्‍वरबाट धार्मिकता प्राप्‍त गर्नेछ ।
  • भजन 50:23 : 23 धन्यवादको बलि चढाउनेले मेरो प्रशंसा गर्छ र आफ्नो मार्गलाई ठिक किसिमले योजना गर्ने कुनै पनि व्‍यक्‍तिलाई म परमेश्‍वरको उद्धार देखाउनेछु ।”
  • भजन 119:155 : 155 उद्धारचाहिं दुष्‍टहरूदेखि धेरै टाढा हुन्‍छ, किनकि तिनीहरूले तपाईंका विधिहरू मन पराउँदैनन् ।
  • यशा 4:5 : 5 सम्‍पूर्ण सियोन पर्वतमाथि र त्यसको सभाको स्थानमाथि, परमप्रभुले दिनमा बादल, धूँवा, र रातमा बलिरहेको आगोको चम्कने ज्वाला सृजना गर्नुहुनेछ । यो नै सबै महिमामाथिको ढाक्‍ने कुरा हुनेछ ।
  • प्रेरि 13:16 : 16 त्यसकारण पावल उठे र हातले इसारा गर्दै उनले भने, “इस्राएलका मानिसहरू र जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ, सुन्‍नुहोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 85:10-13
    4 पदहरू
    75%

    10करारको विश्‍वस्‍तता र सत्‍यता मिलेका छन् । धार्मिकता र शान्तिले आपसमा चुम्बन गरेका छन् ।

    11सत्‍यता जमिनबाट उम्रिन्छ र धार्मिकताले आकाशबाट तल हेर्छ ।

    12हो, परमप्रभुले आफ्नो उत्तम आशिष्‌ ‌‌दिनुहुनेछ र हाम्रो जमिनले आफ्‍नो अन्‍नहरू उब्जाउनेछ ।

    13धार्मिकता उहाँको अगि जानेछ र उहाँको पाइलाहरूका निम्ति मार्ग बनाउनेछ ।

  • भजन 85:7-8
    2 पदहरू
    75%

    7हे परमप्रभु, हामीलाई तपाईंको करारको विश्‍वस्‍तता देखाउनुहोस् । हामीलाई तपाईंको मुक्‍ति दिनुहोस् ।

    8परमप्रभु परमेश्‍वरले जे भन्‍नुहुन्छ सो म सुन्‍नेछु, किनकि उहाँले आफ्ना मानिसहरूसित, उहाँका विश्‍वासयोग्य अनुयायीहरूसित शान्ति कायम गर्नुहुनेछ । तापनि तिनीहरू फेरि मूर्ख मार्गहरूतिर फर्कनुहुँदैन ।

  • 2ताकि तपाईंका मार्गहरू पृथ्वीलाई र तपाईंको मुक्‍ति सबै जातिहरूमा प्रकट होस् ।

  • 5त्यसले परमप्रभुबाट आशिष्‌‌‌ र त्यसको उद्धारको परमेश्‍वरबाट धार्मिकता प्राप्‍त गर्नेछ ।

  • 35किनभने परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ । मानिसहरू त्यहाँ बसोवास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन् ।

  • भजन 98:2-3
    2 पदहरू
    73%

    2परमप्रभुले उहाँको उद्धार प्रकट गर्नुभएको छ । उहाँ आफ्नो न्यायलाई सबै जतिलाई खुलम्खुल्ला देखाउनुभएको छ ।

    3उहाँले इस्राएलको घरनाको निम्ति आफ्नो करारको बफादरी र विश्‍वस्‍तता सम्झिनुहुन्छ । पृथ्वीको अन्‍तिम छेउसम्मकाहरू सबैले हाम्रा परमेश्‍वरको विजय देख्‍नेछन् ।

  • 6तिमीहरूका समयमा उहाँ स्थिरता, उद्धार, बुद्धि र ज्ञानको प्रचुरता हुनुहुनेछ । परमप्रभुको भय नै त्‍यसको भण्डार हो ।

  • 13म आफ्‍नो धार्मिकता नजिक ल्याउँदैछु । त्‍यो टाढा छैन, र मेरो उद्धारले पर्खंदैन । अनि सियोनलाई मेरो उद्धार र इस्राएललाई मेरो सुन्‍दरता म दिनेछु ।

  • 8उद्धार परमप्रभुबाट आउँछ । तपाईंका आशिष्‌हरू तपाईंका मानिसहरूमा रहोस् । सेला

  • 19उहाँलाई आदर गर्नेहरूका इच्छा उहाँले पुरा गर्नुहुन्छ । उहाँले तिनीहरूको पुकारा सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ ।

  • 15हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् ।

  • 9तर म परमप्रभुमा आनन्दित हुनेछु र उहाँको उद्धारमा रमाउनेछु ।

  • 5तपाईंको विजयको कारणले तिनको गौरव महान् छ । तपाईंले तिनलाई वैभव र ऐश्‍वर्य दिनुभएको छ ।

  • 18हेर, परमप्रभुको आँखा उहाँको भय मान्‍नेहरूमाथि र उहाँको करारको विश्‍वस्‍ततामा आसा गर्नेहरूमाथि रहन्‍छ ।

  • 12त्यो जाति धन्यको हो जसको परमेश्‍वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नै उत्तराधिकारको रूपमा उहाँले चुन्‍नुभएको छ ।

  • 7परमेश्‍वरले हामीलाई आशिष्‌‌‌ दिनुभएको छ र पृथ्वीका अन्तिम छेउसम्म भएका सबैले उहाँको आदर गर्छन् ।

  • 5हे हाम्रो उद्धारको परमेश्‍वर, अचम्‍मका कुराहरू गरेर तपाईंले धार्मिकतामा हामीलाई जवाफ दिनुहुनेछ । पृथ्वीको अन्तिम छेउ र समुद्रपारि टाढा रहनेहरूका आसा तपाईं नै हुनुहुन्छ ।

  • 4किनकि परमप्रभु आफ्‍ना मानिसहरूसँग प्रशन्‍न हुनुहुन्छ । उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्छ ।

  • 11परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रशन्‍न हुनुहुन्छ, जसले उहाँको करारको विश्‍वस्‍ततामा आसा गर्छन् ।

  • भजन 37:39-40
    2 पदहरू
    71%

    39धर्मीको उद्धार परमप्रभुबाट आउँछ । कष्‍टको समयहरूमा उहाँले तिनीहरूलाई रक्षा गर्नुहुन्छ ।

    40परमप्रभुले तिनीहरूलाई सहायता गर्नुहुन्छ र बचाउनुहुन्छ । उहाँले तिनीहरूलाई खराब मानिसहरूबाट छटाउनुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ किनभने तिनीहरूले उहाँमा शरण लिएका छन् ।

  • 35तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई बचाउनुहोस्‌ । हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्‍यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौं ।”

  • 17तपाईं तिनीहरूका ऐश्‍वर्यको बल हुनुहुन्छ र तपाईंको कृपाले हामी विजयी भएका छौं ।

  • 5मेरो धार्मिकता नजिकै छ । मेरो उद्धार बाहिर जानेछ र मेरो बाहुलीले जातिहरूको न्याय गर्नेछ । समुद्र किनारहरूले मलाई पर्खिनेछन् । मेरो बाहुलीका निम्‍ति तिनीहरू उत्‍सुकतासाथ आशा गर्नेछन् ।

  • 9पवित्रताको सुसोभित भएर परमप्रभुको सामु घोप्‍टो पर । हे सारा पृथ्वी उहाँको सामु थरथर होओ ।

  • 5तर मैले तपाईंको करारको विश्‍वस्‍ततामा भरोसा गरेको छु । तपाईंको उद्धारमा मेरो हृदय आनन्‍दित हुन्‍छ ।

  • 9त्यस दिन यसो भनिनेछ, “हेर, उहाँ नै हाम्रो परमेश्‍वर हुनुहुन्छ । हामीले उहाँको प्रतिक्षा गरेका छौं र उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँ परमप्रभु हुनुहुन्छ । उहाँको उद्धारमा हामी खुसी हुनेछौं र आनन्द मनाउनेछौं ।

  • 2हेर, परमेश्‍वर मेरो मुक्‍ति हुनुहुन्छ । म भरोसा गर्नेछु र डराउनेछैन, किन परमप्रभु नै, हो परमप्रभु नै मेरो बल र गीत हुनुहुन्छ । उहाँ मेरो मुक्‍ति हुनुभएको छ ।”

  • 15ती मानिसहरू धन्य हुन् जसले तपाईंको आराधना गर्छन्! हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको प्रकाशमा हिंड्छन् ।

  • भजन 25:13-14
    2 पदहरू
    71%

    13त्यसको जीवन भलाइमा बित्‍नेछ । त्यसका सन्तानहरूले देशको उत्तराधिकार पाउनेछन् ।

    14परमप्रभुको मित्रता उहाँलाई आदर गर्नेहरूका निम्ति हो, र उहाँले तिनीहरूलाई उहाँको करार प्रकट गर्नुहुनेछ ।

  • 30हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी हो । संसार पनि स्थापित भएको छ । यसलाई हल्‍लाउन सकिंदैन ।

  • 1¶ हे परमप्रभु, तपाईंको बलमा राजा आनन्‍दित हुन्‍छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्‍दित हुन्‍छन्!

  • 5तिनीहरू डरले कम्छन्, किनकि परमेश्‍वर धर्मी सभामा हुनुहुन्छ ।

  • 6इस्राएलको उद्धार सियोनबाट आएको भए त हुन्थ्यो! जब परमेश्‍वरले आफ्ना मानसिहरूलाई निर्वासनबाट फिर्ता ल्याउनुहुन्‍छ, तब याकूब आनन्‍दित र इस्राएल खुसी हुनेछ ।

  • 14जसले गर्दा तपाईंका सारा प्रशंसा म घोषणा गर्न सकूँ । सियोनकी छोरीको ढोकाहरूमा म तपाईंको उद्धारमा आनन्‍दित हुनेछु ।

  • 7ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्‍दित हुनेछ र इस्राएल खुसी हुनेछ ।

  • 1¶ परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ । म कोसँग डराउनु? परमप्रभु मेरो जीवनको शरणस्थान हुनुहुन्छ । म कोसँग त्रसित हुनु?

  • 26परमप्रभुको भय मान्‍नेसित बढी निश्‍चयता हुन्छ । त्यस मानिसको छोराछोरीका निम्ति यो सुरक्षाको एउटा बलियो स्थानझैँ हुने छ ।

  • 15धर्मीहरूका पालहरूमा विजयको आनन्‍दित सोर सुनिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्‍त गर्छ ।

  • 9हे हाम्रा उद्धारका परमेश्‍वर, तपाईंको नाउँको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस् । तपाईंको नाउँको खातिर हामीलाई बचाउनुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस् ।

  • 27उहाँको उपस्‍थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्‍थानमा शक्ति र महिमा छन्‌ ।

  • 9उहाँले आफ्ना मानिसहरूलाई विजय दिनुभयो । उहाँले आफ्‍नो करार सदाको निम्ति स्‍थापित गर्नुभयो । उहाँको नाउँ पवित्र र भययोग्‍य छ ।

  • 4हो, परमप्रभुलाई आदर गर्ने मानिस साँच्‍चै आशिषित् हुनेछ ।

  • 29धर्मीले देशको उत्तराधिकार गर्नेछन् र त्‍यहाँ सदासर्वदा बास गर्नेछन् ।