भजनसंग्रह 96:9
पवित्रताको सुसोभित भएर परमप्रभुको सामु घोप्टो पर । हे सारा पृथ्वी उहाँको सामु थरथर होओ ।
पवित्रताको सुसोभित भएर परमप्रभुको सामु घोप्टो पर । हे सारा पृथ्वी उहाँको सामु थरथर होओ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
29परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढाओ । भेटी ल्याओ र उहाँको सामु आओ । पवित्रताको वैभवमा परमप्रभुलाई दण्डवत् गर ।
30हे सारा पृथ्वी, उहाँको सामु थरथरी हो । संसार पनि स्थापित भएको छ । यसलाई हल्लाउन सकिंदैन ।
2परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर ।
8सारा पृथ्वीले परमप्रभुको भय मानोस् । संसारका सबै बासिन्दा उहाँको भयमा खडा होऊन् ।
6उहाँको उपस्थितिमा वैभव र ऐश्वर्य छन् । उहाँको पवित्रस्थानमा सामर्थ्य र सुन्दरता छन् ।
7हे मानिसहरूका वंशहरू हो, परमप्रभुको स्तुति गर, उहाँको महिमा र सामर्थ्यको निम्ति परमप्रभुलाई प्रशंसासाथ स्तुति गर ।
8परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमा देओ । बलि ल्याओ र उहाँको मन्दिरभित्र आओ ।
3उहाँको महिमा जातिहरूका माझमा, उहाँका अचम्मका कामहरू सबै जातिहरूका माझमा घोषणा गर ।
4किनकि परमप्रभु महान् हुनुहुन्छ र उहाँको ठुलो प्रशंसा हुनुपर्छ । अरू सबै देवताभन्दा बढी उहाँकै भय मान्नुपर्छ ।
9परमप्रभु हाम्रा परमेश्वरको स्तुति गर र उहाँको पवित्र पर्वतमा आराधना गर, किनकि परमप्रभु हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ ।
11परमप्रभु आफ्ना परमेश्वरसँग भाकल गर र ती पुरा गर । उहाँको वरिपरि भएका सबै जनाले उहाँलाई उपहारहरू ल्याऊन् जसको भय मान्नुपर्छ ।
11भयसाथ परमप्रभुको आराधना गर र कम्पनसाथ आनन्दित होओ ।
5परमप्रभु हाम्रा परमेश्वरको स्तुति गर र उहाँको पाउदानमा आराधना गर । उहाँ पवित्र हुनुहुन्छ ।
7उहाँ त्यस्तो परमेश्वर हुनुहुन्छ जसलाई पवित्र जनहरूका भेलामा उच्च आदर गरिन्छ र उहाँलाई घेरा हाल्ने सबैको माझमा भयानक हुनुहुन्छ ।
9हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जाति आउनेछन् र तपाईंको सामु घोप्टो पर्नेछन् । तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन् ।
6आओ, हामी आराधना गरौं र घोप्टो परौं । हाम्रा सृष्टिकर्ता परमप्रभुको सामु हामी घुँडा टेकौं ।
1¶ परमप्रभुले राज्य गर्नुहुन्छ । जातिहरू थरथर होऊन् । उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ । पृथ्वी थरथराओस् ।
10जातिहरू माझमा भन, “परमप्रभुले राज्य गर्नुहुन्छ ।” संसार पनि स्थापित भएको छ । यसलाई डगाउन सकिंदैन । उहाँले निष्पक्षतासाथ मानिसहरूको न्याय गर्नुहुन्छ ।
11आकाश खुसी होस् र पृथ्वी आनन्दित होस् । समुद्र गर्जिओस् र त्यसलाई भर्नेचाहिं आनन्दले कराओस् ।
4सारा पृथ्वीले तपाईंको आराधना गर्नेछ र तपाईंको स्तुति गाउने छ । तिनीहरूले तपाईंको नाउँको स्तुति गाउनेछन् ।” सेला
25किनकि परमप्रभु महान् हुनुहुन्छ, र उच्च प्रशंसा हुनुपर्छ, र सारा देवताहरूभन्दा बढी उहाँकै भय राखिनुपर्छ ।
3तिनीहरूले तपाईंको महान् र भयङ्कर नाउँको स्तुति गरून् । उहाँ पवित्र हुनुहुन्छ ।
4हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र? तपाईंसँग को डराउँदैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।
15हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् ।
7ए पृथ्वी, परमप्रभुको याकूबका परमेश्वरको उपस्थितिमा सामु थरथर हो ।
2किनकि सर्वोच्च परमप्रभु भययोग्य हुनुहुन्छ । सारा पृथ्वीका महान् राजा उहाँ नै हुनुहुन्छ ।
13परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्वस्ततामा न्याय गर्नुहुनेछ ।
1¶ परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ ।
21पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्नेछन् ।
6आकाशले उहाँको न्यायको घोषणा गर्छ र सबै जातिले उहाँको महिमा देख्छन् ।
7कुँदेका आकृतिहरू पुज्नेहरू, व्यर्थका मूर्तिहरूमा घमण्ड गर्नेहरू सबै जना लाजमा पर्नेछन् । हे सबै देवता हो, उहाँमा घोप्टो पर!
10परमप्रभुको आदर गर्नु बुद्धिको सुरु हो । उहाँका सुझावहरू पालन गर्नेहरूसँग सुझबुझ हुन्छ । उहाँको प्रशंसा सदासर्वदा रहन्छ ।
2उहाँको उपस्थितिभित्र हामी धन्यवादसाथ पसौं । प्रशंसाको भजनले हामी उहाँको निम्ति गाऔं ।
3किनकि परमप्रभु महान् परमेश्वर हुनुहुन्छ र सबै देवहरूभन्दा माथिका महान् राजा हुनुहुन्छ ।
27उहाँको उपस्थितिमा प्रताप र गौरव छन्, उहाँको वासस्थानमा शक्ति र महिमा छन् ।
9हे हाम्रा परमप्रभु परमेश्वर, तपाईंको नाउँ सारा पृथ्वीमा कति महिमित छ!
36तर महान् शक्ति र उठेका हातहरूले तिमीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभुलाई मात्र तिमीहरूले आदर गर्नुपर्छ । तिमीहरूले उहाँलाई मात्र दण्डवत् गर्नुपर्छ, र उहाँलाई मात्र बलि चढाउनुपर्छ ।
1¶ परमप्रभुले राज्य गर्नुहुन्छ । ऐश्वर्य मा उहाँ आभुषित हुनुहुन्छ । परमप्रभुले आफूलाई बलले पहिर्याउनुभएको र घेर्नुभएको छ । संसार दृढ रूपमा स्थापित छ । यो हल्लाउन सकिन्न ।
4हे सबै पृथ्वी, परमप्रभुको निम्ति आनन्दसाथ जयजयकार गर । गीत गाओ, आनन्दसाथ गाओ र स्तुति गर ।
13तैंले पवित्र मानेर आदर गर्ने परमप्रभु नै हुनुहुन्छ । तैंले उहाँकै भय मान्नुपर्छ र तँ उहाँसितै डराउनुपर्छ ।
1¶ परमप्रभुले राज्य गर्नुहुन्छ । पृथ्वी आनन्दित होस् । धेरैवटा समुद्री किनार खुसी होऊन् ।
9परमप्रभुको भय शुद्ध छ, यो सदासर्वदा रहने । परमप्रभुका धार्मिक आदेशहरू सत्य र समग्रमा ठिक छन् ।
1¶ हे सारा पृथ्वी, आनन्दसाथ परमप्रभुको जयजयकार गर ।
2खुसीसाथ परमप्रभुको सेवा गर । आनन्दले गाउँदै उहाँको उपस्थितिको सामु आओ ।
1¶ हे हाम्रा परमप्रभु परमेश्वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।
1¶ परमप्रभुको प्रशंसा गर । परमेश्वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।
9परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।
11अनि तिनीहरूले परमप्रभुको भय मान्नेछन्, किनभने उहाँले पृथ्वीका सबै ईश्वरहरूको उपहास गर्नुहुनेछ । सबैले आ-आफ्नो ठाउँबाट, र हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन् ।
2उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ ।
10चट्टानका ठाउँहरूमा जाओ र परमप्रभुको त्रास र उहाँको वैभवको महिमाबाट जमिनमा लुक ।