यशैया 2:10

अनलक शाब्दिक बाइबल

चट्टानका ठाउँहरूमा जाओ र परमप्रभुको त्रास र उहाँको वैभवको महिमाबाट जमिनमा लुक ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रका 6:15-16 : 15 तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके । 16 तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ ।
  • प्रका 15:3-4 : 3 तिनीहरूले परमेश्‍वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका कामहरू महान् र आश्‍चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् । 4 हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र? तपाईंसँग को डराउँदैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।
  • न्या 6:1-2 : 1 ¶ परमप्रभुको दृष्‍टिमा जे खराब थियो इस्राएलीहरूले त्यही गरे, र उहाँले तिनीहरूलाई सात वर्षसम्‍म मिद्यानीका हातमा सुम्पिदिनुभयो । 2 मिद्दानीको शक्तिले इस्राएललाई अत्‍याचार गर्‍यो । मिद्दानीका कारणले इस्राएलका मानिसहरूले पहाडका ओडारहरू, गुफाहरू, र किल्‍लाहरू बस्‍न लागे ।
  • अय्यू 30:5-6 : 5 तिनीहरू मानिसहरूका बिचबाट खेदिएका थिए, जो चिच्‍च्याउँदै चोरको पछि लागेझैं तिनीहरूको पछि लाग्थे । 6 त्यसैले तिनीहरूले नदीका मैदानहरू, जमिन र चट्टानका गुफाहरूमा बस्‍नुपरेको थियो ।
  • अय्यू 31:23 : 23 किनकि परमेश्‍वरबाट आउने विनाशदेखि म डराएँ । उहाँको ऐश्‍वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ ।
  • अय्यू 37:22-24 : 22 उत्तरबाट सुनौलो वैभवको आगमन हुन्छ— परमेश्‍वर भययोग्य महिमा हुनुहुन्छ । 23 सर्वशक्तिमान्‌को बारेमा, हामी उहाँलाई भेट्टाउन सक्दैनौं । शक्तिमा उहाँ महान् हुनुहुन्छ । उहाँले न्यायलाई दबाउनुहुन्‍न र धार्मिकता प्रसस्‍त पार्नुहुन्‍छ । 24 त्यसकारण मानिसहरू उहाँदेखि डराउँछन् । आफ्नै मनले बुद्धिमान् सम्‍झनेहरूलाई उहाँले ध्यान दिनुहुन्‍न ।”
  • भजन 90:11 : 11 तपाईंको रिसको प्रचण्डता र तपाईंको भय समानको तपाईंको क्रोध कसले जान्दछ?
  • यशा 2:19-21 : 19 पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्‍न चट्टानहरूका गुफाहरू र जमिनको दुलोहरू भित्र पस्‍नेछन् । 20 त्यस दिन मानिहरूले सुन र चाँदीका आफ्ना मूर्तीहरू फाल्‍नेछन्, जसको पुजा गर्न तिनीहरू आफैले बनाएका छन्— ती तिनीहरूले छुचुन्द्रा र चमेराहरूका अगि फाल्‍नेछन् । 21 पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्‍न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्‍नेछन् ।
  • यशा 6:3-5 : 3 प्रत्‍येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ ।” 4 ती कराइरहेकाहरूको आवाजले सँघारका जगहरू हल्लिए र मन्‍दिर धूँवाले भरिएको थियो । 5 तब मैले भने, “मलाई धिक्‍कार होस्! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन्!”
  • यशा 10:3 : 3 इन्‍साफको दिनमा टाढाबाट विनाश आउँदा तिमीहरू के गर्नेछौ? सहायताको निम्ति तिमीहरू कसकहाँ भागरे जानेछौ र आफ्नो सम्पत्तिलाई तिमीहरू कहाँ छोड्नेछौ?
  • यशा 42:22 : 22 तर यिनीहरू ठगिएका र लुटिएका मानिसहरू हुन् । तिनीहरू सबै खल्डाहरूमा जाकिएका, कैदहरूमा राखिएका छन् । तिनीहरू कसैले उद्धार नगर्ने लूटका माल भएका छन् र कसैले यसो भन्‍दैन, “तिनीहरूलाई फिर्ता ल्‍याओ ।”
  • यिर्मि 10:7 : 7 हे जातिहरूका महाराजा, तपाईंदेखि को डराउँदैन र? तपाईं यसैको लागि योग्य हुनुहुन्छ, किनकि जातिहरूका सबै बुद्धिमान् मानिसहरू र तिनीहरूका सबै राज्यहरूका बिचमा तपाईंजस्तो कोही पनि छैन ।
  • यिर्मि 10:10 : 10 तर परमप्रभु नै साँचो परमेश्‍वर हुनुहुन्छ । उहाँ नै जीवित परमेश्‍वर र अनन्तका राजा हुनुहुन्छ । उहाँको रिसमा पृथ्वी हल्लिन्छ, र जातिहरूले उहाँको रिस सहन सक्दैनन् ।
  • हो 10:8 : 8 दुष्‍टताका उच्‍च ठाउँहरू नष्‍ट हुनेछ । यो इस्राएलको पाप हो! तिनीहरूका वेदीहरूमाथि काँडाहरू र सिउँढीहरू पलाउनेछन् । मानिसहरूले पर्वतहरूलाई, “हामीलाई छोप!” अनि पहाडहरूलाई, “हामीमाथि खस!” भन्‍नेछन् ।
  • लू 12:5 : 5 तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ ।
  • लू 23:30 : 30 त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्‍न थाल्नेछन्, ‘हामीमाथि खस,’ र डाँडाहरूलाई भन्‍नेछन्, ‘हामीलाई छोप ।’
  • २ थेस 1:9 : 9 तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 2:21-22
    2 पदहरू
    87%

    21पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्‍न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्‍नेछन् ।

    22मानिस भरोसा गर्न छोड, जसको जिवनको सास नाकका प्वालहरूमा हुन्छ, किनकि उसको के मूल्य हुन्छ र?

  • यशा 2:17-19
    3 पदहरू
    83%

    17मानिसको घमण्डलाई तल झारिनेछ र मानिसहरूका हठको पतन हुनेछ । त्यो दिनमा परमप्रभु मात्र उच्‍च पारिनुहुनेछ ।

    18मूर्तीहरू पुर्ण रूपमा बितेर जानेछन् ।

    19पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्‍न चट्टानहरूका गुफाहरू र जमिनको दुलोहरू भित्र पस्‍नेछन् ।

  • यशा 2:11-12
    2 पदहरू
    81%

    11मानिसहको अहङ्कारी हेराइलाई तल झारिनेछ र मानिसहरूको घमण्डलाई तल पारिनेछ, अनि त्‍यो दिन परमप्रभुलाई मात्र उचालिनेछ ।

    12किनकि घमण्ड गर्ने र उच्‍च पारिएका हरेकको विरुद्धमा, र हरेक अहङ्कारीको विरुद्धमा परमप्रभुको दिन आउनेछ— र त्यसलाई तल झारिनेछ—

  • भजन 2:10-11
    2 पदहरू
    75%

    10त्यसैले ए राजाहरू हो, सावधान होओ । ए पृथ्वीका शासकहरू हो, आफूलाई सच्याओ ।

    11भयसाथ परमप्रभुको आराधना गर र कम्पनसाथ आनन्दित होओ ।

  • 13तिनीहरूलाई एकसाथ जमिनमा गाडिदे । तिनीहरूका अनुरहरूलाई लुकाइएको ठाउँमा कैद गर् ।

  • 9मानिहरूलाई झुकाइनेछन् र व्‍यक्‍तिहरू घोप्‍टिनेछन् । त्‍यसकारण तिनीहरूलाई नउठाउनुहोस्।

  • 11उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन र? उहाँको डर तपाईंहरूमाथि पर्दैन र?

  • सप 2:2-3
    2 पदहरू
    75%

    2आज्ञा लागु हुनुभन्दा अगि र भुसझैँ त्यो दिन बितिजानभन्दा अगि, परमप्रभुको भयङ्कर क्रोध तिमीहरूमाथि आउनअगि, परमप्रभुको क्रोधको दिन तिमीहरूमाथि आउन अघि ।

    3उहाँका आज्ञाहरू पालन गर्ने पृथ्वीका सबै नम्र मानिसहरू, परमप्रभुको खोजी गर । धार्मिकताको खोजी गर, नम्रताको खोजी गर, र सायद परमप्रभुको क्रोधको दिनमा तिमीहरू सुरक्षित हुनेछौ ।

  • 15मानिसलाई निहुरिन बाध्‍य बनाइनेछ र मानवजाति नम्र तुल्याइनेछ । घमण्डीका आँखालाई झुकाइनेछन् ।

  • 20ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्‍ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक ।

  • 17तिनीहरूले सर्पले झैँ धुलो चाट्नेछन्, माटोमा घस्रने प्राणीझैँ तिनीहरूले गर्नेछन् । तिनीहरू आफ्ना गुफाहरूबाट डरसाथ निस्कनेछन् । परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईंकहाँ तिनीहरू डरसाथ आउनेछन्, र तिनीहरू तपाईंको कारण भयभीत हुनेछन् ।

  • प्रका 6:15-16
    2 पदहरू
    74%

    15तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके ।

    16तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ ।

  • 15हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् ।

  • 30हे सारा पृथ्‍वी, उहाँको सामु थरथरी हो । संसार पनि स्थापित भएको छ । यसलाई हल्‍लाउन सकिंदैन ।

  • 6त्यसैले तिनीहरूले नदीका मैदानहरू, जमिन र चट्टानका गुफाहरूमा बस्‍नुपरेको थियो ।

  • 10प्रभुको सामु तिमीहरू आफैँलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ ।

  • अय्यू 40:10-11
    2 पदहरू
    73%

    10अब महिमा र इज्‍जतले आफैलाई सुसज्‍जित पार । आदर र ऐश्‍वर्यले आफैलाई सुसोभित पार ।

    11तेरो रिसको झोँक छरपष्‍ट पार् । हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् ।

  • 73%

    15सुन, र ध्यान देओ । अहङ्कारी नहोओ, किनकि परमप्रभुले बोल्नुभएको थियो ।

    16परमप्रभु तिमीहरूका परमेश्‍वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ । किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ ।

  • 20तर परमप्रभु उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ । ए सारा भुमि उहाँको अगि शान्त होओ ।”

  • 9पवित्रताको सुसोभित भएर परमप्रभुको सामु घोप्‍टो पर । हे सारा पृथ्वी उहाँको सामु थरथर होओ ।

  • 3ए चट्टानका छेदहरूमा, आ-आफ्ना अग्ला घरहरूमा बस्‍नेहरू हो । आ-आफ्ना हृदयमा यसो भन्‍नेहरू “कसले मलाई तल जमिनमा खसाल्‍छ र?” तिमीहरूको हृदयको घमण्डले तिमीहरूलाई धोका दिएको छ ।

  • 8सारा पृथ्वीले परमप्रभुको भय मानोस् । संसारका सबै बासिन्दा उहाँको भयमा खडा होऊन् ।

  • 7ए पृथ्वी, परमप्रभुको याकूबका परमेश्‍वरको उपस्थितिमा सामु थरथर हो ।

  • 6जसले तल आकाश र पृथ्वीमा हे्र्नुहुन्छ?

  • 46विदेशीहरू आफ्‍ना किल्लाहरूबाट थरथर काम्‍दै आए ।

  • 22मेरो महिमा त्यहाँबाट भएर जाँदा म तँलाई चट्टानको धाँदोमा राख्‍नेछु र म त्यहाँबाट नगएसम्म तँलाई मेरा हातले ढाकिराख्‍नेछ ।

  • 2परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर ।

  • 33परमप्रभुको भयले बुद्धि सिकाउँछ, र आदरअगि विनम्रता आउँछ ।

  • 7ठिक कुरा जान्‍ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्‍ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ ।

  • 3हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्‍च स्थानहरूमा आफ्नो पाउ राख्‍नुहुनेछ ।

  • 4विनम्रता र परमप्रभुको भयको इनाम धन-सम्पत्ति, मान र जीवन हुन् ।

  • 10तिनीहरूको अगि पृथ्वी काम्छ, आकाश थरथर हुन्‍छ, सूर्य र चन्द्रमा अँध्यारो हुन्छन्, अनि ताराहरू चम्कन छोड्‍छन् ।

  • 17ए पृथ्वीका बासिन्दाहरू, तिमीहरूमाथि त्रास, खाल्डो र पासो आइलागेको छ ।

  • 3इन्‍साफको दिनमा टाढाबाट विनाश आउँदा तिमीहरू के गर्नेछौ? सहायताको निम्ति तिमीहरू कसकहाँ भागरे जानेछौ र आफ्नो सम्पत्तिलाई तिमीहरू कहाँ छोड्नेछौ?

  • 20तपाईंको उपस्थितिको छत्रछायामा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ । जिब्राहरूका हिंसाबाट तपाईंले तिनीहरूलाई छत्रछायामा लुकाउनुहुन्छ ।

  • 9सबै मानिसहरूले भय मान्‍नेछन् र परमेश्‍वरका कामहरू घोषणा गर्नेछन् । उहाँले जे गर्नुभएको छ, त्‍यसको बारेमा तिनीहरूले बुद्धिमान् भएर विचार गर्छन् ।

  • 15तब तपाईंले निश्‍चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्‍थ्‍यो । वास्तवमा तपाईं दृढ बन्‍नुहुन्‍थ्‍यो र डराउनुहुने थिएन ।

  • 5पर्वतहरू उहाँको उपस्थितिमा काँप्छन्, र पहाडहरू पग्लिन्‍छन् । उहाँको उपस्थितिमा पृथ्वी, सारा संसार र त्यसमा बसोबास गर्ने सबै मानिस नष्‍ट हुन्छन् ।

  • 20हे परमप्रभु, तिनीहरूलाई त्रसित पार्नुहोस् । तिनीहरू मानिसहरू मात्र हुन् भनी जातिहरूले जानून् । सेला

  • 45विदेशीहरू आफ्‍ना किल्लाहरूबाट थरथर कम्दै बाहिर आए ।

  • 10त्यसका पन्‍जामा परेकाहरूलाई टेकिन्‍छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् ।