मीका 1:3
हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्च स्थानहरूमा आफ्नो पाउ राख्नुहुनेछ ।
हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्च स्थानहरूमा आफ्नो पाउ राख्नुहुनेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
4मैन आगोको सामु पग्लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्लन्छन्, र उपत्यकाहरू टुक्रिन्छन् ।
21किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्नुभएको छ । पृथ्वीले आफ्नो रक्तपात प्रकट गर्नेछ र आफ्ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।
5पर्वतहरू उहाँको उपस्थितिमा काँप्छन्, र पहाडहरू पग्लिन्छन् । उहाँको उपस्थितिमा पृथ्वी, सारा संसार र त्यसमा बसोबास गर्ने सबै मानिस नष्ट हुन्छन् ।
6उहाँको क्रोधको अगाडि को खडा हुन सक्छ? उहाँको क्रोधको प्रचण्डता कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्छ, र उहाँद्धारा चट्टानहरू टुक्रा-टुक्रा पारिन्छन् ।
3पहिले हामीले आशा नै नगरेको अचम्मका कामहरू तपाईंले गर्नुहुँदा, तपाईं तल आउनुभयो र तपाईंको उपस्थितिमा पहडाहरू कामे ।
13परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्वस्ततामा न्याय गर्नुहुनेछ ।
21पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्नेछन् ।
5उहाँभन्दा अगि घातक रोग फैलियो, र महामारीले उहाँलाई पछ्यायो ।
6उहाँ उभिनुभयो र पृथ्वीको नाप लिनुभयो । उहाँले हेर्नुभयो अनि राष्ट्रहरूलाई हल्लाउनुभयो । सनातनका पर्वतहरू चकनाचुर भए, र स्थायी पहाडहरू झुके । उहाँको मार्ग अनन्तसम्म रहिरहन्छ ।
5सर्वशक्तिमान् परमप्रभु परमेश्वरले भूमिलाई छुनुहुन्छ र त्यो पग्लिन्छ, त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं फेरि तल डुब्नेछन् ।
5परमप्रभु, सारा पृथ्वीको परमप्रभुको सामु पहाडहरू मैनझैं पग्लिन्छन् ।
15हेर, परमप्रभु आगोसँगै आउँदै हुनुहुन्छ, र उहाँको क्रोधको ताप र आगोको ज्वालासँगै उहाँको हप्की ल्याउनलाई उहाका रथहरूचाहिं आँधीझैं आउँदैछन् ।
1¶ ओहो, तपाईंले आकाशलाई चिरेर खोल्नुभएको र तल आउनुभएको भए त हुन्थ्यो! तपाईंको उपस्थितिमा पहाडहरू काम्ने थिए,
13यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्दो क्रोध र उहाँको प्रचण्ड रिसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्नो ठाउँमा हल्लिनेछ ।
13किनकि, हेर, जसले पहाडहरू बनाउनुहुन्छ, उहाँले नै बतास पनि सृष्टि गर्नुहुन्छ, आफ्ना विचारहरू मानिसजातिकहाँ प्रकट गर्नुहुन्छ, बिहानको उज्यालोलाई अन्धकार बनाउनुहुन्छ, र पृथ्वीका उच्च ठाउँहरूलाई कुल्चिनुहुन्छ । परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, उहाँको नाउँ हो ।”
8आओ, परमप्रभुको कामहरू, उहाँले पृथ्वीमा ल्याउनुभएको विनाशलाई हेर ।
1¶ ए जातिहरू, नजिक आओ र सुन । ए मानिसहरू, ध्यान देओ । पृथ्वी र त्यसलाई भर्ने सबैले, संसार र त्यसबाट आएका सबै थोकले सुन्नुपर्छ ।
2सारा जातिका मानिस, यो सुन । पृथ्वी र त्यसमा भएका सबैले यो सुन । परमप्रभु परमेश्वर उहाँको पवित्र मन्दिरबाट तिमीहरूका विरुद्ध गवाही बनून् ।
3हाम्रो परमेश्वर आउनुहुन्छ र चूपचाप रहनुहुन्न । उहाँको अगि भस्म गर्ने आगो छ र उहाँको चारैतिर प्रचण्ड आँधी छ ।
20तिनीहरू सबै अर्थात् समुद्रका माछाहरू, आकाशका चाराहरू, जमिनका पशुहरू, र जमिनका घस्रने सबै प्राणीहरू, र जमिनको सतहमा भएका हरेक मानिस मेरो अगि थरथर काँम्नेछन् । हरेक पर्खालहरू जमिनमा नढलेसम्म सबै पर्वतहरू तल खसालिनेछन् र चट्टानहरू ढल्नेछन् ।
13ए बेँसीका बासिन्दा हो, मैदानका चट्टानमा बस्ने हो, म तिमीहरूको विरुद्धमा छु, यो परमप्रभुको घोषणा हो— यसो भन्ने कुनै पनि व्यक्तिको विरुद्धमा म छु, 'हामीलाई आक्रमण गर्नलाई को ओर्लेर आउनेछ र?' वा 'हाम्रा घरहरूमा को पस्नेछ र?'
5हे परमप्रभु, आकाशलाई खोल्नुहोस् र तल आउनुहोस् । पहाडहरू छुनुहोस् र तिनीहरूबाट धूवाँ निकाल्नुहोस् ।
9परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।
10हेर, परमप्रभु परमेश्वर विजयी योद्धाझैं आउनुहुन्छ र उहाँका शक्तिशाली बाहुलीले उहाँको निम्ति शासन गर्छ । हेर, उहाको इनाम उहाँसँगै छ र उहाँले उद्धार गर्नुभएकाहरू उहाँको अगि-अगि जान्छन् ।
27हेर, परमप्रभुको नाउँ टाढाबाट उहाँको रिसले जलिरहेको र गाढा धूवाँमा आउँछ । उहाँका ओठहरू क्रोधले पुर्ण छन् र उहाँको जिब्रो विनाश गर्ने आगोजस्तै छ ।
19किनकि उहाँले पवित्र उचाइबाट तल हेर्नुभएको छ । परमप्रभुले स्वर्गबाट पृथ्वीलाई हेर्नुभएको छ,
4त्यस दिन उहाँले यरूशलेमको पूर्वतिर भएको जैतून डाँडामा आफ्ना खुट्टा टेक्नुहुनेछ । जैतून डाँडाको पूर्व र पश्चिम एउटा ठुलो बेँसीद्वारा दुई भाग हुनेछ र त्यस डाँडाको आधा भाग उत्तरतिर जानेछ र आधा भाग दक्षिणतिर जानेछ ।
5अनि तिमीहरू परमप्रभुका पर्वतहरूको बिचको बेँसीतर्फ भाग्नेछौ, किनकि ती पर्वतहरूका बिचको बेँसी आसेलसम्म पुग्दछ । यहूदाका राजा उज्जियाहका दिनमा भूकम्पबाट भागेझैँ तिमीहरू भाग्नेछौ । त्यसपछि परमप्रभु मेरा परमेश्वर आउनुहुनेछ र सबै पवित्र जनहरू उहाँसँग हुनेछन् ।
11ए सबै नजिकका जातिहरू, हतार गर र आओ, आफूलाई एकसाथ त्यहाँ भेला पार । हे परमप्रभु, आफ्ना शक्तिशाली योद्धाहरूलाई तल ल्याउनुहोस् ।
12जातिहरूले आफैंलाई जगाऊन् र यहोशापातको बेसीमा उक्लेर आऊन् । किनकि वरिपरिका सबै जातिको न्याय गर्न, म त्यहीं बस्नेछु ।
9उहाँले स्वर्ग खोल्नुभयो, र तल आउनुभयो र उहाँको पाउमुनि बाक्लो अध्याँरो थियो ।
7ए पृथ्वी, परमप्रभुको याकूबका परमेश्वरको उपस्थितिमा सामु थरथर हो ।
18जस्तो म जीवित छु, सर्वशक्तिमान् परमप्रभु महाराजा घोषणा गर्नुहुन्छ— कोही एक जना तबोर पर्वतझैं र समुद्र किनारको कर्मेल पर्वतझैं आउनेछ ।
10उहाँले स्वर्ग खोल्नुभयो र तल आउनुभयो अनि बाक्लो अँध्यारो उहाँको पाउमुनि थियो ।
1¶ किनभने हेर, त्यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ । त्यस दिन सबै हठी र दुष्ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् । आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
5तिनीहरू टाढा देशहरूबाट, क्षितिज परको बाटोबाट आउँछन् । परमप्रभुले आफ्नो न्यायको माध्यामले सम्पूर्ण देशलाई नाश गर्नुहुन्छ ।
5किनकि घमण्डसाथ जिउनेहरूलाई उहाँले तल झार्नुहुनेछ । किल्लबन्दी गरिएको सहरलाई उहाँले तल ढाल्नुहुन्छ, उहाँले जमिनमा पल्टाउनुहुन्छ । उहाँले त्यसलाई माटोमा मिलाउनुहुन्छ ।
32उहाँले तल पृथ्वीमा हेर्नुहुन्छ र त्यो हल्लिन्छ । उहाँले पहाडहरूलाई छुनुहुन्छ र तिनीहरूमा धूवाँ निस्कन्छ ।
21त्यस दिन परमप्रभुले स्वर्गका सेनाहरूलाई आकाशमा र पृथ्वीका राजाहरूलाई पृथ्वीमा दण्ड दिनुहुनेछ ।
9हेर, देशलाई विनाश पार्न र त्यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ ।
16सियोनबाट परमप्रभु गर्जनुहुन्छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ । आकाश र पृथ्वी थरथर काम्नेछन्, तर परमप्रभु आफ्ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्ला हुनुहुनेछ ।
3परमेश्वर तेमानबाट आउनुभयो, र एकमात्र पवित्रचाहिँ पारान पर्वतबाट आउनुभयो । सेला उहाँको महिमाले आकाशहरू ढाके, र पृथ्वी उहाँको प्रशंसाले भरिएको छ ।
2ए पर्वतहरू र पृथ्वीका बलिया जगहरू परमप्रभुको अभियोगलाई सुन । किनभने आफ्ना मानिसहरूको विरुद्ध परमप्रभुको एउटा अभियोग छ, र उहाँ इस्राएलको विरुद्ध न्यायलयमा लड्नुहुनेछ ।”
33अनि जङ्गलमा भएका रूखहरू परमप्रभुको सम्मुख आनन्दले गाउन्, किनकि उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ ।
2हेर, परमप्रभुले शक्तिशाली र बलियो एक जनालाई, असिनाको हुरीबतासझैं अनि विनाशकारी आँधीझैं, मुसलधार झरी र बाडीको पानीझैं पठाउनुहुन्छ र उहाँले प्रत्येक फुलमालालाई जमिनमा फाल्नुहुनेछ ।
1¶ तर अन्त्यका दिनहरूमा परमप्रभुको घरानाको पर्वत अरू पर्वतहरूमाथि स्थापित हुनेछ । त्यो पहाडहरूभन्दा माथि उचालिनेछ र जाति-जातिहरू त्यसतर्फ जानेछन् ।
19पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका गुफाहरू र जमिनको दुलोहरू भित्र पस्नेछन् ।
15हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्बाट विनाश आउनेछ ।
30परमप्रभुले आफ्नो आवाजको प्रताप बनाउनुहुनेछ र उहाँको बाहुलीको चाललाई हावाहुरी, आँधीबतास र असिनासँगै रिसको आँधीमा र आगोको ज्वाला देखाउनुहुनेछ ।
15हेर, असल समाचार ल्याउनुहुने, र शान्ति घोषणा गर्नुहुनेका पाउ पर्वतहरूमा छन् । यहूदा, आफ्ना चाडहरू मनाओ, र आफ्ना प्रतिज्ञाहरू पुरा गर, किनकि दुष्टले अब तँलाई आक्रमण गर्नेछैन, त्यो पूर्णरूपमा नाश भएको छ ।