यशैया 26:21

अनलक शाब्दिक बाइबल

किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्‍ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्‍नुभएको छ । पृथ्वीले आफ्‍नो रक्‍तपात प्रकट गर्नेछ र आफ्‍ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 16:18 : 18 ए पृथ्वी, मेरो रगतलाई नछोप । मेरो रोदनले विश्राम नपाओस् ।
  • भजन 50:2-3 : 2 सुन्दरताको सिद्धता सियोनबाट परमेश्‍वर प्रज्‍वलित हुनुभएको छ । 3 हाम्रो परमेश्‍वर आउनुहुन्छ र चूपचाप रहनुहुन्‍न । उहाँको अगि भस्म गर्ने आगो छ र उहाँको चारैतिर प्रचण्‍ड आँधी छ ।
  • यशा 13:11 : 11 संसारलाई त्‍यसको दुष्‍टताको निम्‍ति अनि दुष्‍टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्‍नेछु ।
  • यशा 18:4 : 4 परमप्रभुले मलाई यसो भन्‍नुभयो, “चर्को घामको उखुम तापजस्तै, कटानीको तापमा कुहिरोजस्तै म आफ्‍नो घरबाट शान्त भएर हेर्नेछु ।
  • यशा 30:12-14 : 12 यसकारण इस्राएलका परमपवित्र भन्‍नुहुन्छ, “तिमीहरूले यो वचन इन्कार गरेको र अत्यचार र छलमा भरोसा गरेको अनि त्‍यसमा अडेको छौ, 13 त्यसैले यो पाप खस्‍नलाई तयार भएको टुटेको थोकजस्तै, तुरुन्तै अचानक रूपमा खस्‍न लागेको अग्‍लो पर्खालको निस्केको भागजस्तै हुनेछ ।” 14 कुमालेको भाडा फुटेझैं उहाँले त्‍यसलाई फुटाउनुहुनेछ । उहाँले त्‍यसलाई छोड्नु हुनेछैन, ताकि त्यहाँ त्‍यसका टुक्रामध्येबाट चुल्होबाट आगो निकाल्ने वा इनारबाट पानी उबाउने टुक्रा पाइनेछैन ।
  • यहे 8:6 : 6 यसैले उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, तिनीहरू के गर्दैछन्, तँ देख्‍छस्? इस्राएलको घरानाले मलाई आफ्‍नो पवित्रस्‍थानबाट टाढा हटाउनलाई घिनलाग्‍दा काम यी नै हुन् । तर तँ फर्कनेछस् र अझ बढी घिनलाग्‍दा कामहरू देख्‍नेछस्‌ ।”
  • यहे 9:3-6 : 3 तब इस्राएलका परमेश्‍वरको महिमाचाहिं करूबहरूदेखि मास्‍तिर हटेर मन्‍दिरको सँघारमा पुगिसकेको थियो । तब परमप्रभुले त्‍यो सूती कपडा लगाएको र कलम भिरेको मानिसलाई आफ्‍नो छेउमा बोलाउनुभयो । 4 परमप्रभुले तिनलाई भन्‍नुभयो, “सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्‍ह लगा ।” 5 मैले सुनिरहँदा उहाँले अरूलाई भन्‍नुभयो, “उसको पछिपछि सहरभरि जाओ र मार । तिमीहरूका आँखामा दया आउन नदेओ, र नछोड, 6 वृद्ध मानिस, जवान मानिस, कन्‍या, साना बालकहरू र स्‍त्रीहरू । ती सबैलाई मार! तर निधारमा त्‍यो चिन्‍ह भएको कसैलाई पनि नछोओ । मेरो पवित्रस्‍थानदेखि नै सुरु गर ।” यसैले मन्‍दिरको सामु भएका धर्म-गुरुहरूदेखि नै तिनीहरूले सुरु गरे ।
  • यहे 10:3-5 : 3 ती मानिस भित्र जाँदा करूबहरूचाहिं मन्‍दिरको दाहिनेपट्टि खडा भए, र भित्री चोक बादलले भरियो । 4 परमप्रभुको महिमा करूबहरूबाट मास्‍तिर उठ्यो र मन्‍दिरको सँघारमाथि गयो । यसले मन्‍दिरलाई बादलले भरिदियो, र चोकचाहिं परमप्रभुको महिमाको चमकले भरिपूर्ण भयो । 5 करूबहरूका पखेटाको आवाजचाहिं बाहिरको चोकसम्‍मै सुनिन्‍थ्‍यो, जुन सर्वशक्तिमान्‌ परमेश्‍वर बोल्‍नुहुँदा सुनिने आवाज जस्‍तै थियो ।
  • यहे 10:18-19 : 18 तब परमप्रभुको महिमा मन्‍दिरको सँघारबाट निस्‍केर गयो र ती करूबहरूका माथि अडियो । 19 ती करूबहरूले आ-आफ्‍ना पखेटाहरू फैलाएर माथि उठे र मैले हेर्दै गर्दा बाहिर गए, र ती पाङ्‌ग्राहरूले पनि तिनीहरूका पछिपछि त्‍यसै गरे । परमप्रभुका मन्दिरको पूर्वतिरका ढोकाको मुखैमा तिनीहरू खडा भए, र इस्राएलका परमेश्‍वरको महिमा माथिबाट तिनीहरूमा आयो ।
  • यहे 24:7-8 : 7 किनकि त्‍यसको रगत त्‍यसकै बिचमा छ । त्‍यसले त्‍यो रगत चिल्‍लो चट्टानमा बगाई । धूलाले ढाक्‍नलाई त्‍यसले त्‍यो रगत भूइँमा पोखाईन, 8 यसैले त्‍यसले साटो लिने क्रोध ल्‍याउँछ । त्‍यसको रगत ढाक्‍न नसकियोस् भनेर मैले चिल्लो चट्टानमा त्‍यो पोखाइन ।
  • हो 5:14-15 : 14 यसैले एफ्राइमको निम्ति म सिंहझैं हुनेछु, र यहूदाको घरानाको निम्ति जवान सिंहझैं हुनेछु । मैले नै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र जानेछु । म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई बचाउने कोही पनि हुनेछैन । 15 तिनीहरूले आफ्ना दोष स्‍वीकार गरेर मेरो खोजी नगरेसम्म, र आफ्‍ना दु:खको समयमा मलाई तत्परतासाथ नखोजेसम्म, म जानेछु र आफ्नै ठाउँमा फर्कनेछु ।”
  • मीका 1:3-8 : 3 हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्‍च स्थानहरूमा आफ्नो पाउ राख्‍नुहुनेछ । 4 मैन आगोको सामु पग्‍लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्‍लन्‍छन्, र उपत्यकाहरू टुक्रिन्‍छन् । 5 यो सबै याकूबको अपराध र इस्राएलको घरनाका पापको कारणले भएको हो । याकूबको अपराध के हो? के त्यो सामरिया होइन? यहूदाको उच्‍च स्थान के हो? के त्यो यरूशलेम होइन? 6 “म सामरियालाई भग्‍नावशेषको थुप्रो, र दाखबारी लगाउने स्थान बनाइदिनेछु, र म त्यसका ढुङ्गाहरूलाई तल उपत्यकामा फ्याँकिदिनेछु र म त्यसका जगहरूलाई नाङ्गा बनाइदिनेछु । 7 त्यसका सबै हातले बनाइएका चिजहरू टुक्रा-टुक्रा पारिनेछन्, र त्यसले पाएका सबै उपहारहरूलाई आगोद्धारा जलाइनेछ, र त्यसका सबै मुर्तिहरूलाई म नष्‍ट गर्नेछु । त्यसले आफ्ना उपहारहरू वेश्याको ज्यालाबाट संचय गरेको हुनाले, ती फेरि वेश्याकै ज्याला बन्‍नेछन् ।” 8 यसैकारण म विलाप गर्नेछु र रुनेछु; म खाली खुट्टा र नाङ्गै जानेछु । म स्यालहरूझैँ चिच्‍याउनेछु र लाटोकोसेरोझैँ शोक गर्नेछु ।
  • लू 11:40 : 40 हे मूर्ख मनिसहरू हो, जसले बाहिर बनायो के उसले भित्र पनि बनाउँदैन र?
  • लू 11:50 : 50 तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्‍ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ ।
  • २ थेस 1:7-9 : 7 र येशू ख्रीष्‍ट स्वर्गबाट स्वर्गदूतहरूका शक्‍तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ । 8 जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ । 9 तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्, 10 तिमीहरूले हाम्रो गवाहीमा विश्‍वास गर्‍यौ । त्यसै गरी विश्‍वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ ।
  • यहू 1:14-15 : 14 आदमदेखि सातौँ पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भनी अगमवाणी गरेका थिए, “हेर! परमप्रभु उहाँका हजारौँ पवित्र जनसँग आउँदै हुनुहुन्छ । 15 उहाँ सबैको इन्साफ गर्न आउँदै हुनुहुन्छ । परमेश्‍वरको भय नमान्‍नेहरूले ईश्‍वरहीन रूपमा गरेका सबै काम, र परमेश्‍वरको भय नमान्‍ने पापीहरूले उहाँको विरुद्धमा बोलेका कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्छ ।”
  • प्रका 6:9-9 : 9 जब थुमाले पाँचौ छापलाई खोल्‍नुभयो, तब वेदीको मुनि परमेश्‍वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ । 10 तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्‍न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्‍न?” 11 तब तिनीहरू हरेकलाई एउटा सेतो वस्‍त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका दाजुभाइहरू र दिदी-बहिनीहरू तिनीहरूजस्तै जो मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई पर्खनू भनियो ।
  • प्रका 16:6 : 6 किनभने तिनीहरूले विश्‍वासी र अगमवक्‍ताहरूको रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो, तिनीहरू यसैको योग्य छन् ।”
  • प्रका 18:24 : 24 त्यसैमा अगमवक्‍ताहरू र विश्‍वासीहरूको रगत र पृथ्‍वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो ।”
  • उत्प 4:10-11 : 10 परमप्रभुले भन्‍नुभयो, “तैँले यो के गरिस्? तेरो भाइको रगतले जमिनबाट मलाई पुकारिरहेको छ । 11 अब तँ जमिबाट श्रापित हुन्छस् जसले तेरो हातबाट बगेको तेरो भाइको रगत ग्रहण गर्न मुख उघारेको छ ।
  • गिन 35:32-33 : 32 शरण-नगरमा भागेर गएको व्यक्‍तिको निम्ति तिमीहरूले छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । यसरी प्रधान पुजारीको मृत्यु नभएसम्म तिमीहरूले त्यसलाई आफ्नो जायदाद भएको ठाउँमा बसोबास गर्न दिनुहुँदैन । 33 तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ । भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्‍तिको रगतले बाहेक कुनै किसिमको प्रायश्‍चित्त गर्न सकिँदैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मीका 1:3-4
    2 पदहरू
    80%

    3हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्‍च स्थानहरूमा आफ्नो पाउ राख्‍नुहुनेछ ।

    4मैन आगोको सामु पग्‍लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्‍लन्‍छन्, र उपत्यकाहरू टुक्रिन्‍छन् ।

  • 20ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्‍ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक ।

  • 21त्यस दिन परमप्रभुले स्वर्गका सेनाहरूलाई आकाशमा र पृथ्वीका राजाहरूलाई पृथ्वीमा दण्ड दिनुहुनेछ ।

  • 9हेर, देशलाई विनाश पार्न र त्‍यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ ।

  • 21त्यसका सन्‍तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् ।

  • 29किनकि हेर, मेरो नाउँद्वारा कहलाइने सहरमाथि मैले विपत्ति ल्याउनै लागेको छु, र के तिमीहरू आफूचाहिं दण्डबाट उम्कने छौ र? तिमीहरू उम्कने छैनौ, किनकि देशका सबै बासिन्दाको विरुद्धमा म एउटा तरवार पठाउँदैछु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।'

  • 74%

    31युद्धको आवाज पृथ्वीको कुना-कुनासम्म गुन्‍जिनेछ, किनकि परमप्रभुले जाति-जातिहरूको विरुद्धमा अभियोग लगाउनुहुन्‍छ, र सबै मानिसमाथि इन्साप ल्याउनुहुने छ, अनि दुष्‍टहरूलाई उहाँले तरवारले काट्नुहुनेछ, यो परमप्रभुको घोषणा हो ।’

    32सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, विपत्ति एक जातिदेखि अर्को जातिकहाँ जाँदैछ, र पृथ्वीका पल्‍लो कुनाबाट प्रचण्ड आँधी सुरु हुँदैछ ।

    33तब त्यस दिन परमप्रभुद्वारा मारिएकाहरू पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म हुनेछन् । तिनीहरूका निम्ति शोक गरिने, जम्मा गरने र गाडिनेछैन । तिनीहरू भुइँमा मलजस्तै हुनेछन् ।

  • 8आओ, परमप्रभुको कामहरू, उहाँले पृथ्वीमा ल्याउनुभएको विनाशलाई हेर ।

  • 15हेर, परमप्रभु आगोसँगै आउँदै हुनुहुन्छ, र उहाँको क्रोधको ताप र आगोको ज्वालासँगै उहाँको हप्‍की ल्याउनलाई उहाका रथहरूचाहिं आँधीझैं आउँदैछन् ।

  • 17किनभने म मानवजातिमाथि संकट ल्याउनेछु, अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन् । तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन् ।

  • 9उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका घरानाको पाप असाध्‍य ठुलो छ । देश रक्तपातले भरिएको छ, र सहरचाहिं विकृतिले भरिपूर्ण छ, किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ, र ‘परमप्रभुले देख्‍नुहुन्‍न' ।

  • 1¶ ए जातिहरू, नजिक आओ र सुन । ए मानिसहरू, ध्यान देओ । पृथ्वी र त्‍यसलाई भर्ने सबैले, संसार र त्‍यसबाट आएका सबै थोकले सुन्‍नुपर्छ ।

  • 17लेबनानमाथि गरिएको हिंसाले तँलाई ढाक्‍नेछ र पशुहरूको सर्वनाशले तँलाई आतंकित बनाउनेछ । किनभने तैँले मानिसहरूका रगत बगाएको छस्, र देश, शहरहरु, र त्यसमा बसोबास गर्ने सबैको विरुद्ध तैँले हिंसक काम गरेको छस् ।

  • 27स्वर्गले उसको अधर्म प्रकट गर्नेछ, र साक्षीको रूपमा पृथ्वी नै उसको विरुद्धमा खडा हुनेछ ।

  • 52त्यसकारण, हेर्, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म त्यसका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु, र त्यस देशका चारैतिर घाइते मानिसहरू पीडामा कराउनेछन् ।

  • 73%

    13ए बेँसीका बासिन्दा हो, मैदानका चट्टानमा बस्‍ने हो, म तिमीहरूको विरुद्धमा छु, यो परमप्रभुको घोषणा हो— यसो भन्‍ने कुनै पनि व्‍यक्‍तिको विरुद्धमा म छु, 'हामीलाई आक्रमण गर्नलाई को ओर्लेर आउनेछ र?' वा 'हाम्रा घरहरूमा को पस्‍नेछ र?'

    14तिमीहरूका विरुद्धमा आउनलाई मैले तिमीहरूका अभ्यासको फल तोकेको छु, यो परमप्रभुको घोषणा हो— र झाडीहरूमा म आगो सल्काउनेछु, र त्‍यसले आफ्नो वरिपरि भएका हरेक कुरालाई भस्म पार्नेछ ।”

  • 11संसारलाई त्‍यसको दुष्‍टताको निम्‍ति अनि दुष्‍टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्‍नेछु ।

  • 29के यी कुराको लागि मैले तिनीहरूलाई दण्ड नदिने त, के यस्तो जातिलाई मैले बदला नलिते त? यो परमप्रभुको घोषणा हो ।

  • 13परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्‍वस्‍ततामा न्याय गर्नुहुनेछ ।

  • 3तेरो नाङ्गोन देखिनेछ, हो, तेरो लाज देखिनेछ । म बद्ला लिनेछु र एक जना मानिसलाई पनि छोड्नेछैन ।

  • यहे 24:7-8
    2 पदहरू
    73%

    7किनकि त्‍यसको रगत त्‍यसकै बिचमा छ । त्‍यसले त्‍यो रगत चिल्‍लो चट्टानमा बगाई । धूलाले ढाक्‍नलाई त्‍यसले त्‍यो रगत भूइँमा पोखाईन,

    8यसैले त्‍यसले साटो लिने क्रोध ल्‍याउँछ । त्‍यसको रगत ढाक्‍न नसकियोस् भनेर मैले चिल्लो चट्टानमा त्‍यो पोखाइन ।

  • यशा 13:5-6
    2 पदहरू
    73%

    5तिनीहरू टाढा देशहरूबाट, क्षितिज परको बाटोबाट आउँछन् । परमप्रभुले आफ्नो न्यायको माध्‍यामले सम्‍पूर्ण देशलाई नाश गर्नुहुन्छ ।

    6डाँको छोडेर रोओ, किनकि परमप्रभुको दिन नजिकै छ । यो सर्वशक्तिमान्‌बाट विनाशसँगै आउँछ ।

  • 37त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन् ।

  • 13यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्‍दो क्रोध र उहाँको प्रचण्‍ड रिसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्‍नो ठाउँमा हल्‍लिनेछ ।

  • 8यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन ।

  • 1¶ हेर्, परमप्रभुले पृथ्वीलाई रित्तो बनाउन, यसलाई विनाश पार्न, यसको सतहलाई बिगार्न र यसका बासिन्दाहरूलाई तितरबितर पार्न लाग्‍नुभएको छ ।

  • 5किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्‍जेल पिउनेछ । हेर, मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्‍यो आउनेछ ।

  • 18तिनीहरूका अपराध र पापको निम्‍ति म तिनीहरूलाई दोब्बर दण्ड दिनेछु, किनकि तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरूले मेरो देश अपवित्र पारेका छन्, र मेरो उत्तराधिकारलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरेका छन् ।”

  • 9त्यस दिन सँघारमा खुट्टा नटेक्‍नेहरू सबैलाई, र आफ्ना मालिकका घरलाई हिंसा र छलले भर्ने सबैलाई म दण्ड दिनेछु ।

  • 16“परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।

  • 15किनकि सबै जातिहरूमाथि परमप्रभुको दिन नजिकै छ । तैंले जस्तो गरेको छस्, तँलाई त्यस्तै गरिनेछ । तेरा कामहरू तेरो आफ्‍नै थाप्‍लोमा फर्किनेछन् ।

  • 26मैले हेरें । परमप्रभुको सामु, उहाँको भयानक क्रोधको सामु बगैँचा मरुभूमि भएको थियो, र सबै सहरहरू ध्वस्त भएका थिए ।

  • 4धर्मी र दुष्‍ट दुवैलाई म खतम गर्नलाई दक्षिणदेखि उत्तरसम्‍म हरेक प्राणीको विरुद्ध मेरो तरवार म्‍यानबाट निस्‍कनेछ ।

  • 21पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्‍न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्‍नेछन् ।

  • 13हँसिया बोक, किनकि फसल पाकेको छ । आओ, दाखहरूलाई पेल, किनको दाखको कोल भरिएको छ । घ्‍याम्‍पोहरू भरिएर पोखिन्‍छन्, किनकि तिनीहरूका दुष्‍टता विशाल छ ।”

  • 31म मेरो क्रोध तँमाथि खन्‍याउनेछु! तेरो विरुद्धमा दन्‍केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्‍पिदिनेछु ।

  • 8यसको निम्‍ति जमिन काम्‍नेछैन, अनि त्यसमा बसोबास गर्ने हरेकले विलाप गर्नेछैनन् र? त्यसको सबै थोक नील नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं त्यो छचल्‍किनेछ र डुब्‍नेछ ।

  • 21मैले बदला नलिएको रगतको म बदला लिनेछु, किनकि परमप्रभु सियोनमा बास गर्नुहुन्‍छ ।”

  • 17किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्यहाँ को उभिन सक्छ र? ।”

  • 15हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्‌बाट विनाश आउनेछ ।

  • 26त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्‍ताङ्‍ग देखिनेछ ।

  • 9त्यसैले, यो परमप्रभुको घोषणा हो, के मैले तिनीहरूलाई दण्ड दिनुपर्दैन र, के मैले यस्तो जातिसित बदला लिनुपर्दैन र? ।

  • 5सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले भूमिलाई छुनुहुन्छ र त्यो पग्‍लिन्छ, त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं फेरि तल डुब्‍नेछन् ।

  • 8किनकि परमप्रभुको निम्ति यो बदलाको दिन हुनेछ र उहाँले सियोनको निम्ति तिनीहरूसँग साटो फेर्ने एउटा वर्ष हुनेछ ।