सपन्याह 1:17

अनलक शाब्दिक बाइबल

किनभने म मानवजातिमाथि संकट ल्याउनेछु, अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन् । तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 83:10 : 10 तिनीहरू एन्दोरमा नष्‍ट भए र पृथ्वीको निम्ति मलजस्तै भए ।
  • यशा 24:5-6 : 5 पृथ्वीलाई यसका बासिन्दाहरूले दूषित पारेका छन्, किनभने तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, नियमहरू तोडेका छन् र अनन्‍तको करार उलङ्घन गरेका छन् । 6 यसकारण सरापले पृथ्वीलाई विनाश पार्छ र यसका बासिन्दाहरू दोषी भेट्टाइएका छन् । पृथ्‍वीका बासिन्दाहरू जलाइन्‍छन् र थोरै मानिसहरू मात्र बाँकी छन् ।
  • यशा 29:10 : 10 किनकि परमप्रभुलले तिमीहरूमाथि गहिरो निद्राको आत्‍मा खन्याउनुभएको छ । उहाँले तिमीहरू अर्थात् अगमवक्ताहरूका आँखाहरू बन्द गर्नुभएको छ र तिमीहरू अर्थात् दर्शीहरूलाई शिरहरू ढाक्‍नुभएको छ ।
  • यशा 50:1 : 1 ¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले तेरी आमालाई दिएको त्यागपत्रको प्रमाणपत्र कहाँ छ? मेरो कुनचाहिं ऋणीकहाँ मैले तँलाई बेचें? हेर, तिमीहरूका पापहरूका कारणले तिमीहरूलाई बेचियो र तिमीहरूका विद्रोहको कारणले तिमीहरूका आमालाई टाढा पठाइयो ।
  • यशा 59:9-9 : 9 यसकारण न्याय हामीबाट टाढा छ, न त धार्मिकता हामीकहाँ आइपुग्छ । हामी ज्‍योतिको आशा गर्छौं, तर अन्धकार देख्‍छौं । हामी उज्‍यालोको प्रतिक्षा गर्छौं, तर हामी अन्‍धकारमा हिंड्‍छौं । 10 अन्‍धाले झैं र देख्‍न नसक्‍नेहरूले झैं हामी भित्ता छाम्‍छौं । हामी मध्यदिनमा नै साँझमा झैं ठेस खान्छौं । बलियोहरूका माझमा हामी मरेका मानिसझैं छौं।
  • यशा 59:12-15 : 12 किनकि हाम्रा धेरै अपराधहरू तपाईंका सामु छन् र हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिन्छन् । किनकि हाम्रा अपराधहरू हामीसँग छन् र हामी आफ्‍ना पापहरू जान्दछौं। 13 परमप्रभुलाई इन्कार गरेर र हाम्रा परमेश्‍वरको अनुसरण गर्न छाडेर हामीले विद्रोह गरेका छौं । हामीले झुट बोलेका छौं, अनि तर्किएर हृदय र झुटका शब्दहरूबाट गनगन गरेका छौं । 14 न्याय हटाइएको छ र धार्मिका टाढै खडा हुन्‍छ । किनकि सत्यता खुल्ला ठाउँ ठेस खान्छ र ठिक कुरा आउन सक्‍दैन । 15 भरोसा हराएको छ, र जो दुष्‍टताबाट फर्किन्‍छ उसले आफूलाई शिकार बनाउँछ । परमप्रभुले यो देख्‍नुभयो र त्‍यहाँ न्याय नदेखेर अप्रशन्‍न हुनुभयो ।
  • यिर्मि 2:17 : 17 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अगुवाइ गरिरहनुहुँदा तिमीहरूले उहाँलाई त्यागेर के यो तिमीहरू आफ्‍नै निम्‍ति गरेका होइनौ र?
  • यिर्मि 2:19 : 19 तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ । त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यिर्मि 4:18 : 18 र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।
  • यिर्मि 9:21-22 : 21 किनकि मृत्यु हाम्रा झ्यालबाट आएको छ । यो हाम्रा राजमहलहरूमा जान्छ । यसले बाहिरका बालबालिका र सहरका चोकहरूका युवाहरूलाई नष्‍ट पार्छ । 22 यसो भन, “यो परमप्रभुको घोषणा हो, मानिसहरूका लाशहरू खेतबारीका मलझैं र बाली काट्नेहरूले छाडेका सिलाबालाझैं छोडिनेछन्, र ति जम्मा गर्ने कोही हुनेछैन ।”
  • यिर्मि 10:18 : 18 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर्, यस बेला यो देशका बासिन्दाहरूलाई मैले बाहिर फाल्‍न लागेको छु । म तिनीहरूमाथि सङ्कष्‍ट ल्याउनेछु, र तिनीहरूले यस्तै भएको भेट्टाउनेछन् ।”
  • यिर्मि 15:3 : 3 म तिनीहरूलाई चारवटा समूहमा विभाजन गर्नेछु, यो परमप्रभुको घोषणा हो— केहीलाई मार्न तरवारलाई, केहीलाई घिसार्न कुकुरहरूलाई, केहीलाई स्वाहा पार्न र नष्‍ट पार्नलाई आकाशका चराहरू र जमिनका पशुहरूलाई ।
  • यिर्मि 16:4-6 : 4 'तिनीहरू रोग लागेरले मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्त्य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।' 5 किनकि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “शोक भएको घरमा प्रवेश नगर् । तिनीहरूका निम्‍ति शोक गर्न वा सहानुभूति देखाउन नजा, किनकि यी मानिसबाट मैले आफ्‍नो शान्ति, मेरो अचुक प्रमे र कृपा लिएर गएको छु, यो परमप्रभुको घोषणा हो । 6 यस देशमा साना र ठुला दुवै मर्नेछन् । तिनीहरूलाई गाडिनेछैन, र कसैले पनि तिनीहरूको निम्ति शोक गर्ने वा आफूलाई काट्ने वा आफ्ना कपाल खौरनेछैन ।
  • यिर्मि 18:21 : 21 त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।
  • विलाप 1:8 : 8 यरूशलेमले घोर पाप गर्‍यो । त्यो अशुद्ध वस्तुजस्तै तिरस्कृत भएको छ । त्यसलाई आदर गर्ने सबैले अहिले त्यसलाई तिरस्कार गर्छ, किनकि तिनीहरूले त्यसको नग्‍नता देखेका छन् । त्यसले सुस्केरा हाल्छ, र भाग्‍ने कोसिस गर्छ ।
  • विलाप 1:14 : 14 मेरा आज्ञा उल्लङ्घनहरूको जुवालाई उहाँको हातद्वारा बाँधिएको छ । ती सँगसँग बाँधिएर मेरो काँधमा राखिएका छन् । उहाँले मेरो बललाई असफल तुल्याइदिनुभएको छ । परमप्रभुले मलाई तिनीहरूका हातमा सुम्पिदिनुभएको छ, र म खडा हुन सक्दिनँ ।
  • विलाप 1:18 : 18 परमप्रभु धर्मी हुनुहुन्छ, किनकि म उहाँको आज्ञाको विरुद्धमा बागी भएको छु । हे सबै मानिस हो, सुन र मेरो शोकलाई विचार गर । मेरा कन्याहरू र हट्टाकट्टा मानिसहरू निर्वासनमा गएका छन् ।
  • विलाप 2:21 : 21 युवाहरू र पाकाहरू सडकहरूका धूलोमा पस्रिन्छन् । मेरा युवतीहरू र युवाहरू तरवारले ढालिएका छन् । तिनीहरूलाई दया नदेखाइकन तपाईंले तिनीहरूलाई मार्नुभएको छ ।
  • विलाप 4:13-15 : 13 त्यसका अगमवक्ताहरू र त्यसका पुजारीहरूका अधर्मको कारणले यसो भएको थियो, जसले त्यसकै बिचमा धर्मीहरूको रगत बगाएका थिए । 14 अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन् । त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए, कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन । 15 तिनीहरूलाई देखेर मानिसहरू चिच्‍च्याउँछन्, “भाग, हे अशुद्धहरू हो! भाग! भाग! नछोओ!” त्यसैले तिनीहरू यताउता भौँतारिए । मानिसहरूले जाति-जातिहरूका बिचमा भने, “अबदेखि उसो तिनीहरू यहाँ बस्‍न सक्दैनन् ।”
  • विलाप 5:16-17 : 16 मुकुट हाम्रो शिरबाट खसेको छ । हामीलाई धिक्‍कार छ! किनकि हामीले पाप गरेका छौँ । 17 हाम्रो यो हृदय दुर्बल भएको छ, र यिनै कुराको कारण हाम्रो आँखा धमिलिएका छन् ।
  • यहे 22:25-31 : 25 गर्जने सिंहले शिकार टुक्र्याएझैं त्‍यसको बिचमा भएका त्‍यसका अगमवक्‍ताहरूले एउटा षड्‌यन्‍त्र रच्छन् । तिनीहरूले मानिसहरूलाई निल्‍छन् र बहुमूल्‍य धन लुट्‌छन् । त्यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन्‌ । 26 त्‍यसका पुजारीहरूले मेरो व्‍यवस्‍था भङ्ग गर्छन्‌ र तिनीहरूले मेरा पवित्र चीजहरू तुच्‍छ ठान्‍छन्‌। तिनीहरूले पवित्र कुरा र तुच्‍छ कुराको बिचमा भिन्‍नता छुट्‍याउँदैनन्, अनि अशुद्ध र शुद्धको बिचको भिन्‍ता सिकाउँदैनन्। तिनीहरूले मेरा शबाथहरूबाट आफ्ना आँखा लुकाउँछन् ताकि तिनीहरूका बिचमा म तच्‍छ भएको छु । 27 त्‍यसभित्र भएका त्‍यसका शासकहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन्‌ । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन्‌ । 28 त्‍यसका अगमवक्ताहरूले तिनीहरूमाथि चुनले पोतेका छन्। तिनीहरूले असत्‍य दर्शन देख्छन् र तिनीहरूका निम्‍ति झूटा अगमवाणी बोल्‍छन् । तिनीहरू भन्‍छन्, “परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ,' जबकि परमप्रभु बोल्‍नुभएकै हुँदैन । 29 देशका मानिसहरूले बलपूर्वक थिचोमिचो गरेका छन् र लुटपाट गरेर लूट मच्‍चाएका छन्, अनि तिनीहरूले गरीब र दरिद्रहरूमाथि दुर्व्‍यवहार गर्छन्, र विदेशीहरूसँग अन्‍यायपूर्वक थिचोमिचो गर्छन् । 30 यसैले पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्‍ट नहोस्‌ भनी देशको लागि मेरो सामुन्‍ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बिचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ । 31 त्‍यसैले तिनीहरूमाथि म आफ्‍नो क्रोध खन्‍याउनेछु । मेरो रिसको आगोले म तिनीहरूलाई खत्तम गर्नेछु र तिनीहरूका चाल तिनीहरूकै थाप्‍लोमा हाल्‍नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।"'
  • दानी 9:5-9 : 5 हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं। 6 तपाईंका नाउँमा हाम्रा राजाहरू, अगुवाहरू, पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका तपाईंका सेवक अगमवक्ताहरूका वचन हामीले सुनेका छैनौं । 7 हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो । 8 हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् । 9 दया र क्षमा परमप्रभु हाम्रा परमेश्‍वरका हुन्, किनकि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौं । 10 आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा परमप्रभुले हामीलाई दिनुभएका उहाँका व्यवस्थामा हिंड्नलाई हामीले उहाँको वचन मानेका छैनौं । 11 तपाईंको वचन पालन गर्नलाई इन्‍कार गरेर सबै इस्राएलले तपाईंको व्यवस्थाको विरुद्धमा अपराध गरेका छन्। परमेश्‍वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप र प्रतिज्ञा हामीमाथि खनिएका छन्, किनकि हामीले उहाँको विरुद्ध पाप गरेका छौं। 12 परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको छ । किनभने यरूशलेमलाई जे गरिएको छ सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन । 13 मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं । 14 यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं । 15 अब हे परमप्रभु हाम्रा परमेश्‍वर, शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्‍नुभएको छ । तापनि हामीले अझै पाप गर्‍यौं, र हामीले दुष्‍ट काम गरेका छौं । 16 हे परमप्रभु, तपाईंका सबै धार्मिक कामहरूका कारणले, तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट तपाईंको रिस र क्रोध हटोस् । हाम्रा पापहरू र हाम्रा पुर्खाहरूका अपराधहरूका कारणले, यरूशलेम र हाम्रा वरिपरि भएका तपाईंका मानिस सबै घृणाका पात्र भएका छन् । 17 अब हे हाम्रा परमेश्‍वर, तपाईंको दासको प्रार्थना र कृपाको निम्ति गरिएको उसको निवेदन सुन्‍नुहोस् । हे परमप्रभु, तपाईंको खातिर, उजाड भएको तपाईंको पवित्र स्थानमा आफ्नो अनुहार चम्काउनुहोस् । 18 मेरा परमेश्‍वर, आफ्ना कान खोल्‍नुहोस् र सुन्‍नुहोस् । आफ्ना आँखा खोल्‍नुहोस् र हेर्नुहोस् । हामी तहस-नहस पारिएका छौं। तपाईंको नामद्वारा पुकारिने त्‍यो सहरलाई हेर्नुहोस् । हाम्रो धार्मिकताको कारणले होइन, तर तपाईंको महान् कृपाको कारणले तपाईंबाट सहायता पाउनलाई हामी बिन्ती गर्छौं । 19 हे परमप्रभु सुन्‍नुहोस्! हे परमप्रभु क्षमा गर्नुहोस्! हे परमप्रभु ध्यान दिनुहोस् र काम गर्नुहोस् । हे मेरा परमेश्‍वर, तपाईंको आफ्नै निम्‍ति ढिला नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिस तपाईंकै नाउँले बोलाइन्‍छन् ।”
  • आमो 4:10 : 10 मैले मिश्रमा झैं तिमीहरूका बिचमा विपत्ति पठाएँ । तिमीहरूका जवान मानिसहरूलाई मैले तरवारले मारें, तिमीहरूका घोडाहरूलाई लिएर गएँ, र तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूको नाकसम्म आउने पारें । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।
  • मीका 3:9-9 : 9 अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्‍ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन । 10 तिमीहरूले सियोनलाई रगतद्धारा र यरूशलेमलाई अधर्मद्धारा निर्माण गर्छौ । 11 तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।” 12 यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।
  • मीका 7:13 : 13 तर भुमि भने त्यसमा बसोबास गर्ने मानिसहरूका कारण, र तिनीहरूका कामका प्रतिफलको कारण उजाड हुनेछ ।
  • मत्त 15:14 : 14 तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू दृष्‍टिविहीन अगुवाहरू हुन् । यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने, दुवै जना खाल्डोमा खस्‍नेछन् ।”
  • यूह 9:40-41 : 40 उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, “के हामी पनि अन्धा हौँ त?” 41 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर तिमीहरू ‘हामीले देख्छौँ’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहन्छ ।
  • रोमी 11:7 : 7 त्यसो भए के त? इस्राएलले जे खोजिरहेको थियो, यसले पाएन, तर चुनिएकाहरूले त्यो पाए र बाँकी रहेकाहरूलाई चाहिँ कठोर बनाइयो ।
  • रोमी 11:25 : 25 किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्‍ने म चाहन्‍नँ, ताकि तिमीहरू आफ्‍नै विचारमा बुद्धिमानी नहोऊ । यो रहस्यचाहिँ गैरयहूदीहरू आउने काम पुरा नभएसम्म इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ ।
  • २ कोरि 4:4 : 4 तिनीहरूको विषयमा भन्‍ने हो भने, यस संसारको देवले तिनीहरूको अविश्‍वासी मनहरू अन्धो तुल्याइदिएको छ । फलस्वरूप, तिनीहरू ख्रीष्‍टको महिमाको सुसमाचारको प्रकाश देख्‍न सक्दैनन्, जो परमेश्‍वरको स्वरूप हुनुहुन्छ ।
  • २ पत्रु 1:9 : 9 तर जोसँग यी कुराको घटी छ र नजिकको वस्तु मात्र देख्छ भने, ऊ अन्धो हो । उसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्छ ।
  • १ यूह 2:11 : 11 तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझै अन्‍धकारमा नै हुन्छ र अन्‍धकारमा हिँड्छ । त्यो कहाँ गइरहेको छ भनी त्यसलाई थाहा पाउँदैन, किनभने अन्‍धकारले त्यसको आँखा अन्‍धो तुल्‍याएको छ ।
  • प्रका 3:17 : 17 किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन ।
  • व्यव 28:28-29 : 28 परमप्रभुले तिमीहरूलाई पागलपन, अन्धोपन र मानसिक गोलमालले आक्रमण गर्नुहुने छ । 29 अन्धोले अन्धकारमा छामछाम-छुमछुम गरेर हिँडेजस्तै तिमीहरू मद्यदिनमा हिँड्ने छौ, तिमीहरूले आफ्ना मार्गमा उन्‍नति गर्ने छैनौ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र लुटिने छौ अनि तिमीहरूलाई बचाउने कोही हुने छैन ।
  • २ राजा 9:33-37 : 33 येहूले भने, “तिनलाई तल फालिदेओ ।” त्यसैले तिनीहरूले ईजेबेललाई तल फालिदिए, र तिनका केही रगत उछिट्टिएर भित्तामा र घोडाहरूमा परे, अनि येहूले तिनलाई खट्टाले कुल्चिदिए । 34 जब येहू दरबारभित्र पसे, तब तिनले खानपान गरे । तब तिनले भने, “अब त्‍यो श्रापित स्‍त्रीलाई हेर र त्‍यसलाई गाडिदेओ, किनकि त्‍यो राजाकी छोरी थिई ।” 35 तिनलाई गाड्न तिनीहरू गए तर तिनीहरूले तिनको खप्पर, खुट्टा र हत्केलाबाहेक केही भेट्टाएनन् । 36 त्‍यसैले तिनीहरू आएर येहूलाई बताए । तिनले भने, “आफ्ना सेवक तिश्बी एलियाद्वारा परमप्रभुले बोल्नुभएको वचन यही हो, 'यिजरेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछन्, 37 र ईजेबेलको लाश यिजरेलका खेतहरूमा मलझैँ हुनेछ ताकि कसैले यस्तो भन्‍न नसकोस्, 'यो ईजेबेल हो' ।”
  • भजन 79:2-3 : 2 तपाईंका सेवकहरूका लासहरू तिनीहरूले आकाशका चराहरूका खानाको रूपमा, तपाईंका विश्‍वासयोग्य मानिसहरूका शरीरहरूलाई पृथ्वीका जङ्गली पशुहरूलाई दिएका छन् । 3 तिनीहरूले यरूशलेमको चारैतिर उनीहरूका रगत पानीझैं बगाएका छन् र तिनीहरूको दफन गर्ने त्‍यहाँ कोही भएन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 18परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदी न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ । उहाँको डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ, किनभने उहाँले पृथ्वीका सारा वासिन्दाहरूको पूर्ण र भयानक अन्त गर्नुहुनेछ ।”

  • सप 1:15-16
    2 पदहरू
    76%

    15त्यो दिन क्रोधको दिन, संकट र पीडाको दिन, आँधी र विनाशको दिन, अन्धकार र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन हुनेछ ।

    16त्यो दिन किल्ला भएका शहरहरु र उच्‍च धरहराहरूको विरुद्ध तुरही र चेतावनीको सोरको दिन हुनेछ ।

  • 16त्यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले, तिनीहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्, किनकि त्यहाँ तिनीहरू, तिनीहरूका पत्‍नीहरू, छोराछोरीलाई गाड्ने कोही हुने छैनन्, किनकि म तिनीहरूका दुष्‍टता तिनीहरूमाथि नै खन्याउनेछु ।

  • यिर्मि 19:7-8
    2 पदहरू
    75%

    7यही ठाउँमा म यहूदा र यरूशलेमका योजनाहरूलाई बेकम्मा तुल्याउनेछु । म तिनीहरूका आफ्‍ना शत्रुको तरवार र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातद्वारा नष्‍ट गर्नेछु । त्यसपछि म तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका जनावरहरूलाई आहाराको रूपमा दिनेछु ।

    8अनि म यस सहरलाई भग्‍नावशेष र गिल्लाको वस्तु बनाउनेछु, किनकि यसबाट भएर जाने हरेकले यी सबै विपत्ति देखेर डराउनेछ र गिल्ला गर्नेछ ।

  • 31म मेरो क्रोध तँमाथि खन्‍याउनेछु! तेरो विरुद्धमा दन्‍केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्‍पिदिनेछु ।

  • 22यसो भन, “यो परमप्रभुको घोषणा हो, मानिसहरूका लाशहरू खेतबारीका मलझैं र बाली काट्नेहरूले छाडेका सिलाबालाझैं छोडिनेछन्, र ति जम्मा गर्ने कोही हुनेछैन ।”

  • 18किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर्, यस बेला यो देशका बासिन्दाहरूलाई मैले बाहिर फाल्‍न लागेको छु । म तिनीहरूमाथि सङ्कष्‍ट ल्याउनेछु, र तिनीहरूले यस्तै भएको भेट्टाउनेछन् ।”

  • सप 1:12-13
    2 पदहरू
    75%

    12त्यस बेला म बत्तीहरू बालेर यरूशलेमको खोजी गर्नेछु र त्यसको मद्यमा प्रसन्‍न भएका र आफ्नो हृदयमा ‘परमप्रभुले असल वा खराब केही पनि गर्नुहुनेछैन’ भनेर भन्‍ने मानिसहरूलाई सजाय दिनेछु ।

    13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।

  • 9हेर, देशलाई विनाश पार्न र त्‍यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ ।

  • 15हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्‌बाट विनाश आउनेछ ।

  • 33तब त्यस दिन परमप्रभुद्वारा मारिएकाहरू पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म हुनेछन् । तिनीहरूका निम्ति शोक गरिने, जम्मा गरने र गाडिनेछैन । तिनीहरू भुइँमा मलजस्तै हुनेछन् ।

  • 9त्यस दिन सँघारमा खुट्टा नटेक्‍नेहरू सबैलाई, र आफ्ना मालिकका घरलाई हिंसा र छलले भर्ने सबैलाई म दण्ड दिनेछु ।

  • 30त्यसैले त्यसका युवाहरू सहरका चोकहरूमा ढल्‍नेछन्, र त्यस दिन त्यसका योद्धाहरू नष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।”

  • 3तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन् । लाशहरूको दुर्गन्ध जताततै हुनेछ । अनि पर्वतहरूले तिनीहरूका रगत सोस्‍नेछ ।

  • 27राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्‍नेछन्‌ । तिनीहरूका आफ्‍नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्‍याय गर्नेछु ।

  • 14तब प्रत्‍येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीका विरुद्धमा नष्‍ट पार्न लगाउनेछु, यो परमप्रभुको घोषणा हो, म तिनीहरूलाई दया देखाउने वा टिठ्यानेछैनँ, र तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ ।'

  • यहे 7:18-19
    2 पदहरू
    74%

    18र तिनीहरूले भाङ्‌ग्रा लाउनेछन्‌ र त्रासले तिनीहरूलाई ढाक्‍नेछ । हरेक अनुहारमा लाज हुनेछ, र तिनीहरू सबैका शिरमा कपाल हुनेछैन ।

    19तिनीहरूले आफ्‍ना चाँदी गल्‍लीहरूमा फाल्‍नेछन्, र तिनीहरूको सुन त्यागिएको चिजजस्‍तो हुनेछ । परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्‍नेछैनन्‌ । तिनीहरूको जीवन बचाइनेछैन, र तिनीहरूको भोक मेटिनेछैन, किनकि तिनीहरूको अधर्म ठेसलाग्‍ने ढुङ्गो बनेको छ ।

  • 14अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन् । त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए, कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन ।

  • 24यसैले म सबैभन्‍दा दुष्‍ट जातिलाई ल्याउनेछु, र तिनीहरूले यिनीहरूका घरहरूमाथि अधिकार गर्नेछन्, र बलिया मानिसहरूको घमण्‍ड म खतम गर्नेछु, किनकि तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन्‌ ।

  • 22त्यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूलाई दण्ड दिनै लागेको छु । तिनीहरूका हट्टाकट्टा युवाहरू तरवारले मारिनेछन् । तिनीहरूका छोराहरू र छोरीहरू अनिकालद्वारा मर्नेछन् ।

  • 18तिनीहरूका अपराध र पापको निम्‍ति म तिनीहरूलाई दोब्बर दण्ड दिनेछु, किनकि तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरूले मेरो देश अपवित्र पारेका छन्, र मेरो उत्तराधिकारलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरेका छन् ।”

  • 6किनकि अब म भूमिमा बसोबास गर्नेहरूलाई दया देखाउनेछैनँ! - परमप्रभु घोषणा गर्नुहुन्छ । हेर, म हरेक मानिसलाई त्यसको छिमेकी र त्यसको राजाको हातमा सुम्पन लाग्दै छु, अनि तिनीहरूले भूमिलाई नष्‍ट गर्नेछन् र तिनीहरूका हातबाट म कसैलाई पनि छुटाउनेछैन ।”

  • 16त्यसपछि म तिनीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पार्ने छु, जसलाई न तिनीहरूले न त तिनीहरूका पुर्खाहरूले चिनेका छन् । मैल तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु ।”

  • 3हेर, म तिमीहरूका सन्ततिलाई हप्काउन जाँदैछु, र म तिमीहरूका अनुहारमा गोबर छरिदिनेछु, तिमीहरूका चाड-पर्वहरूको गोबर, र त्योसँगै त्यसले तिमीहरूलाई लैजानेछ ।

  • 14लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्‍नेछ ।

  • 8यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन ।

  • यहे 9:9-10
    2 पदहरू
    74%

    9उहाँले मलाई भन्‍नुभयो, “इस्राएल र यहूदाका घरानाको पाप असाध्‍य ठुलो छ । देश रक्तपातले भरिएको छ, र सहरचाहिं विकृतिले भरिपूर्ण छ, किनकि तिनीहरू भन्‍छन्, 'परमप्रभुले देशलाई त्‍याग्‍नुभएको छ, र ‘परमप्रभुले देख्‍नुहुन्‍न' ।

    10यसैले मेरा आँखामा दया हुनेछैनँ, र म तिनीहरूलाई छोड्‌नेछैनँ । बरु म ती सबै तिनीहरूकै शिरमा खन्‍याइदिनेछु ।”

  • 7मानिसहरूले भुइँमा भएको धुलोलाई कुल्चेझैँ, तिनीहरूले गरिबहरूका शिरहरू कुल्चन्‍छन् । तिनीहरूले थिचोमिचोमा परेकालाई पर धकेल्‍छन् । एक जना मानिस र उसका बाबु एउटै केटीसँग सुत्‍छन्, र यसरी मेरो पवित्र नाउँलाई अशुद्ध पार्छन् ।

  • 26त्यसकारण त्यस दिन त्‍यसका युवाहरू सार्वजनिक ठाउँहरूमा ढल्नेछन्, र सबै योद्धा नष्‍ट हुनेछन्, यो सर्वशक्तिमान् यो परमप्रभुको घोषणा हो ।”

  • 18यसैले तिनीहरूले त्यो देशमा बगाएका रगत र आफ्‍ना मूर्तिहरूले अशुद्ध बनाएका कारणले मैले तिनीहरूका विरुद्धमा आफ्‍नो क्रोध खन्याएँ ।

  • 21किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्‍ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्‍नुभएको छ । पृथ्वीले आफ्‍नो रक्‍तपात प्रकट गर्नेछ र आफ्‍ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।

  • 3म मानिस र पशु दुवैलाई सर्वनाश गर्नेछु । आकाशका चराहरू, र समुद्रका माछा, दुष्‍टहरू लगायत ढुङ्गाको रास सबैलाई म नष्‍ट गर्नेछु । किनभने म मानिस जातिलाई पृथ्वीबाट सखाप पार्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ ।

  • 23तँभित्र एउटा रूढी पठाउने, र त्‍यसका गल्‍लीहरूमा रगत म बगाउनेछु । मारिनेहरू तेरो बिचमा ढल्‍नेछन् । जब चारैतिरबाट तेरो विरुद्धमा तरवारले आउनेछन्‌, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।

  • 16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।

  • 17लेबनानमाथि गरिएको हिंसाले तँलाई ढाक्‍नेछ र पशुहरूको सर्वनाशले तँलाई आतंकित बनाउनेछ । किनभने तैँले मानिसहरूका रगत बगाएको छस्, र देश, शहरहरु, र त्यसमा बसोबास गर्ने सबैको विरुद्ध तैँले हिंसक काम गरेको छस् ।

  • 4'तिनीहरू रोग लागेरले मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्त्य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।'

  • 21त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।

  • 21त्‍यसैले परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर्, मैले यी मानिसको विरुद्धमा ठेस लाग्‍ने अवरोध राख्‍न लागेको छु । तिनीहरूका बाबुहरू र छोराहरू एकैसाथ त्‍यसमाथि ठक्‍कर खानेछन् । बासिन्दाहरू र तिनीहरू छिमेकीहरू पनि नष्‍ट हुनेछन् ।”

  • 8अब चाँडै मेरो क्रोध म तँमाथि पोखाउनेछु, र मेरो रिस तेरो विरिद्धमा खन्‍याउनेछु । तेरो चालअनुसार म न्‍याय गर्नेछु, र तेरा सबै घिनलाग्‍दा कामहरू तँमाथि ल्याउनेछु ।

  • २ राजा 21:12-13
    2 पदहरू
    73%

    12त्‍यसकारण इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यरूशलेम र यहूदामा यस्तो खराबी ल्याउन लागेको छु, कि जसले यसको बारेमा सुन्छ त्यसका दुवै कानमा गुञ्जन हुनेछ ।

    13मैले सामरियाको विरुद्धमा प्रयोग गरेको नाप्ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्नेछु । जसरी एक जना मानिसले थाललाई माझेर त्‍यसलाई घोप्‍टो पार्छ, त्‍यसरी नै म यरूशलेमलाई सफा पार्नेछु ।

  • 17परमेश्‍वरको वचन यसो भनेर मकहाँ आयो,

  • 29किनकि हेर, मेरो नाउँद्वारा कहलाइने सहरमाथि मैले विपत्ति ल्याउनै लागेको छु, र के तिमीहरू आफूचाहिं दण्डबाट उम्कने छौ र? तिमीहरू उम्कने छैनौ, किनकि देशका सबै बासिन्दाको विरुद्धमा म एउटा तरवार पठाउँदैछु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।'

  • 46यसैले परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म तिनीहरूका विरुद्धमा एउटा भीड खडा गर्नेछु र तिनीहरूलाई त्रास र लूटमा सुम्‍पिदिनेछु ।

  • 11तर म परमप्रभुको क्रोधले भरिएको छु । यसलाई थामेर म थाकिसकेको छु । उहाँले मलाई भन्‍नुभयो, “सडकका बालबालिका र युवाहरूको समूहमा यसलाई खन्याइदे । किनकि हरेक पुरुषलाई त्यसकी पत्‍नीसँगै, अनि कान नसुन्‍ने हरेक बुढा मानिसलाई लगिनेछ ।