यिर्मिया 14:16

अनलक शाब्दिक बाइबल

त्यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले, तिनीहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्, किनकि त्यहाँ तिनीहरू, तिनीहरूका पत्‍नीहरू, छोराछोरीलाई गाड्ने कोही हुने छैनन्, किनकि म तिनीहरूका दुष्‍टता तिनीहरूमाथि नै खन्याउनेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 79:2-3 : 2 तपाईंका सेवकहरूका लासहरू तिनीहरूले आकाशका चराहरूका खानाको रूपमा, तपाईंका विश्‍वासयोग्य मानिसहरूका शरीरहरूलाई पृथ्वीका जङ्गली पशुहरूलाई दिएका छन् । 3 तिनीहरूले यरूशलेमको चारैतिर उनीहरूका रगत पानीझैं बगाएका छन् र तिनीहरूको दफन गर्ने त्‍यहाँ कोही भएन ।
  • नीति 1:31 : 31 तिनीहरूले तिनीहरूका चालको फल खाने छन्, र तिनीहरूका षड्यन्त्रको फलले तिनीहरू भरिने छन् ।
  • यिर्मि 15:2-3 : 2 यस्‍तो हुनेछ, तिनीहरूले तँलाई यसो भन्‍नेछन्, 'हामी कहाँ जाने?' तब तैंले तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मृत्युको निम्ति साँचिएकाहरू मृत्युमा जानुपर्छ । तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ । अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ, र निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ ।' 3 म तिनीहरूलाई चारवटा समूहमा विभाजन गर्नेछु, यो परमप्रभुको घोषणा हो— केहीलाई मार्न तरवारलाई, केहीलाई घिसार्न कुकुरहरूलाई, केहीलाई स्वाहा पार्न र नष्‍ट पार्नलाई आकाशका चराहरू र जमिनका पशुहरूलाई ।
  • यिर्मि 7:33 : 33 यो जातिका लाशहरू आकाशका चराहरू र जङ्गली जनावरहरूका लागि आहारा हुनेछन्, र तिनीहरूलाई तर्साएर लखेट्ने कोही पनि हुनेछैन ।
  • यिर्मि 13:22-25 : 22 तब तैंले आफ्नो हृदयमा भन्लास्, 'यी कुरा ममाथि किन आइरहेका छन्?' तेरा अपराधको थुप्रोको कारणले तेरो फरिया उचालिएको छ, र तँलाई कुव्यवहार गरिएको छ । 23 के कूशका मानिसहरूले आफ्‍नो छालाको रङ बद्लन सक्छन् र, वा चितुवाले आफ्नो छालाको थोप्ला बद्लन सक्छ र? त्यसो हो भने, दुष्‍टताको निम्ति बानी परेको तैंले पनि भलाइ गर्न सक्छस् । 24 मरुभूमिको बतासमा उडाइने भुसजस्तै म तिनीहरूलाई तितर-बितर पार्नेछु । 25 मैले तँलाई यही कुरा दिएको छु, तेरो निम्‍ति मैले आदेश दिएको हिस्सा यही हो, यो परमप्रभुको घोषणा हो, किनकि तैंले मलाई भुलेको छस् र छलमाथि भरोसा गरेको छस् ।
  • यिर्मि 16:4 : 4 'तिनीहरू रोग लागेरले मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्त्य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।'
  • यिर्मि 18:21 : 21 त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।
  • यिर्मि 19:6-7 : 6 त्यसकारण, यो परमप्रभुको घोषणा हो, हेर्, त्‍यस्‍ता दिनहरू आउँदैछन्, त्‍यति बेला यस ठाउँलाई तोपेत अर्थात् बेन-हिन्‍नोमको बेँसी भनिनेछैन, तर हत्याको बेँसी भनिनेछ । 7 यही ठाउँमा म यहूदा र यरूशलेमका योजनाहरूलाई बेकम्मा तुल्याउनेछु । म तिनीहरूका आफ्‍ना शत्रुको तरवार र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातद्वारा नष्‍ट गर्नेछु । त्यसपछि म तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका जनावरहरूलाई आहाराको रूपमा दिनेछु ।
  • मत्त 15:14 : 14 तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू दृष्‍टिविहीन अगुवाहरू हुन् । यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने, दुवै जना खाल्डोमा खस्‍नेछन् ।”
  • प्रका 16:1 : 1 ¶ मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ, “जाऊ र परमेश्‍वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ ।”
  • यशा 9:16 : 16 यी मानिसहरूलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन् र तिनीहरूद्वारा डोर्‍याइनेहरू निलिन्छन् ।
  • यिर्मि 2:17-19 : 17 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अगुवाइ गरिरहनुहुँदा तिमीहरूले उहाँलाई त्यागेर के यो तिमीहरू आफ्‍नै निम्‍ति गरेका होइनौ र? 18 त्यसैले अब, शिहोर नदीको पानी पिउन किन मिश्रदेशमा पुर्‍याउने बाटो भएर जान्छौ? यूफ्रेटिस नदीको पानी पिउन किन अश्शूरमा पुर्‍याउने बाटो भएर जान्छौ? 19 तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ । त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यिर्मि 4:18 : 18 र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।
  • यिर्मि 5:31 : 31 अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन्, र पुजारीहरूले आफ्नै शक्तिले शासन गर्छन् । मेरो मानिसहरूले यही तरिका मन पराउँछन्, तर अन्त्यमा के हुने छ?”
  • यिर्मि 9:22 : 22 यसो भन, “यो परमप्रभुको घोषणा हो, मानिसहरूका लाशहरू खेतबारीका मलझैं र बाली काट्नेहरूले छाडेका सिलाबालाझैं छोडिनेछन्, र ति जम्मा गर्ने कोही हुनेछैन ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 83%

    12किनकि तिनीहरूले उपवास बसे भने म तिनीहरूका विलाप सुन्‍नेछैनँ, अनि तिनीहरूले होमबलि र अन्‍नबलि चढाए भने म तिनमा खुशी हुनेछैन । किनकि तरवार, अनिकाल र विपत्तिले म तिनीहरूको अन्त्य ल्याउनेछु ।”

    13तब मैले भनें, “हे परमप्रभु परमेश्‍वर, हेर्नुहोस्, अगमवक्ताहरूले मानिसहरूलाई भन्दैछन्, 'तिमीहरूले तरवार देख्‍नेछैनौ । तिमीहरूका निम्ति अनिकाल पर्नेछैन, किनकि म यस ठाउँमा तिमीहरूलाई साँचो सुरक्षा दिनेछु' ।”

    14परमप्रभुले मलाई भन्‍नुभयो, “अगमवक्ताहरूले मेरो नाउँमा छलको अगमवाणी बोल्छन् । मैले तिनीहरूलाई पठाइनँ, न मैले तिनीहरूलाई कुनै आज्ञा दिएँ वा तिनीहरूसित बोलेँ । तर छली दर्शन र बेकम्मा, छली मन्त्रतन्त्र तिनीहरूका आफ्नै समझबाट आएका हुन्, जुन तिनीहरूले तिमीहरूलाई अगमवाणी बोल्दैछन् ।”

    15त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले नपठाएका अगमवक्ताहरू जसले मेरो नाउँमा अगमवाणी बोल्छन्, जसले यस देशमा कुनै तरवार वा अनिकाल पर्नेछैन भन्छन्, यी अगमवक्ताहरू तरवार र अनिकालले नष्‍ट पारिनेछन् ।

  • यिर्मि 16:3-6
    4 पदहरू
    82%

    3किनकि यस ठाउँमा जन्मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्‍नुहुन्छ,

    4'तिनीहरू रोग लागेरले मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्त्य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।'

    5किनकि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “शोक भएको घरमा प्रवेश नगर् । तिनीहरूका निम्‍ति शोक गर्न वा सहानुभूति देखाउन नजा, किनकि यी मानिसबाट मैले आफ्‍नो शान्ति, मेरो अचुक प्रमे र कृपा लिएर गएको छु, यो परमप्रभुको घोषणा हो ।

    6यस देशमा साना र ठुला दुवै मर्नेछन् । तिनीहरूलाई गाडिनेछैन, र कसैले पनि तिनीहरूको निम्ति शोक गर्ने वा आफूलाई काट्ने वा आफ्ना कपाल खौरनेछैन ।

  • 80%

    17तिनीहरूलाई यो वचन भन्, ‘मेरा आँखाबाट दिनरात आँसु बगिरहोस् । त्यसलाई नरोक्, किनकि मेरो जातिकी कन्याको ठुलो विनाश हुनेछ । त्यसले ठुलो र निको नहुने चोट पाउनेछ ।

    18म मैदानमा गएँ भने, त्यहाँ तरवारले मारिएकाहरू हुन्छन् । म सहरमा आएँ भने, त्यहाँ अनिकालले ल्याएका रोगहरू हुन्छन् । अगमवक्ता र पुजारी दुवै देशको यताउता बरालिन्छन्, र तिनीहरूलाई थाहैछैन' ।”

  • 22त्यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूलाई दण्ड दिनै लागेको छु । तिनीहरूका हट्टाकट्टा युवाहरू तरवारले मारिनेछन् । तिनीहरूका छोराहरू र छोरीहरू अनिकालद्वारा मर्नेछन् ।

  • 16यरूशलेमको बारेमा अगमवाणी बोल्‍ने इस्राएलका यी अगमवक्ताहरू र त्‍यसको निम्‍ति शान्‍तिको दर्शन देख्‍नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”

  • 17यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तेरी पत्‍नी सहरमा वेश्‍या हुनेछे, तेरा छोराहरू र तेरा छोरीहरू तरवारद्वारा मारिनेछन्, तेरो देश नापिनेछ र विभाजन गरिनेछ, तँ एउटा अशुद्ध देशमा मर्नेछस्, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट निर्वासनमा जानेछ ।’”

  • 14तब प्रत्‍येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीका विरुद्धमा नष्‍ट पार्न लगाउनेछु, यो परमप्रभुको घोषणा हो, म तिनीहरूलाई दया देखाउने वा टिठ्यानेछैनँ, र तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ ।'

  • 21त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।

  • 2यस्‍तो हुनेछ, तिनीहरूले तँलाई यसो भन्‍नेछन्, 'हामी कहाँ जाने?' तब तैंले तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मृत्युको निम्ति साँचिएकाहरू मृत्युमा जानुपर्छ । तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ । अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ, र निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ ।'

  • 16त्यसपछि म तिनीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पार्ने छु, जसलाई न तिनीहरूले न त तिनीहरूका पुर्खाहरूले चिनेका छन् । मैल तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु ।”

  • 15त्यसकारण सर्वशक्तिमान् परमप्रभु अगमवक्ताहरूको विषयमा यसो भन्‍नुहुन्छ, “हेर, मैले तिनीहरूलाई ऐरेलु खुवानै लागेको छु, र विषालु पानी पियाउनै लागेको छु, किनकि यरूशलेमका अगमवक्ताहरूबाट प्रदुषण सबै देशमा फैलिएको छ ।”

  • 13अगमवक्ताहरू हावा हुनेछन्, र तिनीहरूमा वचन छैन । त्यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै आइपरून् ।”

  • 76%

    11तर म परमप्रभुको क्रोधले भरिएको छु । यसलाई थामेर म थाकिसकेको छु । उहाँले मलाई भन्‍नुभयो, “सडकका बालबालिका र युवाहरूको समूहमा यसलाई खन्याइदे । किनकि हरेक पुरुषलाई त्यसकी पत्‍नीसँगै, अनि कान नसुन्‍ने हरेक बुढा मानिसलाई लगिनेछ ।

    12तिनीहरूका घरहरू, खेतहरू र पत्‍नीहरू एकसाथ अरूलाई दिइनेछ । किनकि म आफ्‍नै हातले यस देशका बासिन्दाहरूलाई आक्रमण गर्नेछु, यो परमप्रभुको घोषणा हो ।

  • यिर्मि 19:7-9
    3 पदहरू
    76%

    7यही ठाउँमा म यहूदा र यरूशलेमका योजनाहरूलाई बेकम्मा तुल्याउनेछु । म तिनीहरूका आफ्‍ना शत्रुको तरवार र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातद्वारा नष्‍ट गर्नेछु । त्यसपछि म तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका जनावरहरूलाई आहाराको रूपमा दिनेछु ।

    8अनि म यस सहरलाई भग्‍नावशेष र गिल्लाको वस्तु बनाउनेछु, किनकि यसबाट भएर जाने हरेकले यी सबै विपत्ति देखेर डराउनेछ र गिल्ला गर्नेछ ।

    9तिनीहरूलाई आफ्नै छोराछोरीको मासु खाने म बनाउनेछु । तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूद्वारा ल्याइएको घेराबन्दी र सङ्कष्‍टमा हरेक मानिसले आफ्नै छिमेकीको मासु खानेछ ।”

  • 17किनभने म मानवजातिमाथि संकट ल्याउनेछु, अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन् । तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन् ।

  • 3तिनीहरूले यरूशलेमको चारैतिर उनीहरूका रगत पानीझैं बगाएका छन् र तिनीहरूको दफन गर्ने त्‍यहाँ कोही भएन ।

  • यिर्मि 15:7-9
    3 पदहरू
    75%

    7त्यसैल म तिनीहरूलाई देशका मूल ढोकाहरूमा नाङ्लोले निफन्‍नेछु । म तिनीहरूलाई शोकमा पार्नेछु । मेरा मानिसहरू आफ्ना मार्गबाट नफर्कने भएकाले म तिनीहरूलाई नष्‍ट पार्नेछु ।

    8म तिनीहरूका विधवाहरूको सङ्ख्या समुद्रतटको बालुवाभन्दा धेरै बनाउनेछु । युवाहरूका आमाहरूको विरुद्धमा म दिउँसै विनाशक पठाउनेछु । शोक र त्रासलाई तिनीहरूमा अकस्मात् आउने म बनाउनेछु ।

    9सात जना सन्तान जन्माउने आमा उजाड हुनेछे । त्‍यसले उफ् उफ् गर्नेछे । दिन छँदै त्यसको घाम अस्ताउनेछ । त्यो लज्‍जित र अपमानित हुनेछे, किनकि बाँकी रहेकाहरूलाई म तिनीहरूका शत्रुहरूको उपस्थितिमा तरवारलाई दिनेछु, यो परमप्रभुको घोषणा हो ।”

  • यिर्मि 8:1-3
    3 पदहरू
    75%

    1¶ “यो परमप्रभुको घोषणा हो, त्यस बेला तिनीहरूले चिहानहरूबाट यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका बासिन्दाहरूका हड्‍डीहरू निकाल्नेछन् ।

    2त्यसपछि तिनीहरूले सूर्य, चन्द्रमा र आकाशका सबै ताराको प्रकाशमा तिनलाई फैलाउनेछन् । तिनीहरूले आकाशका यी कुराहरूलाई पछ्याएका छन्, सेवा गरेका छन्, तिनको खोजी गरेका छन् र पुजा गरेका छन् । हड्‍डीहरू फेरि जम्मा गरिने र गाडिने छैनन् । ती जमिनको सतहमा मलझैं परिरहनेछन् ।

    3हरेक बाँकी रहेको ठाउँ जहाँ मैले तनीहरूलाई धपाएको छु, त्यहाँ तिनीहरूले आफ्‍नो निम्‍ति जीवनको साटो मृत्यु रोज्नेछन्, यो सर्वशक्तिमान् परमप्रभुको घोषण हो ।

  • 15घर बाहिर तरवार अनि भित्र रूढी र अनिकाल छन्‌ । खेतमा हुनेहरू तरवारले मारिनेछन्‌, जबकी सहरमा हुनेचाहिं अनिकाल र रूढीले नष्‍ट हुनेछन्‌ ।

  • 22तापनि हेर्, त्‍यसमा कोही बाँकी हुनेछन्‌, र बचेकाहरू आफ्‍ना छोराहरू र छोरीहरूका साथमा बाहिर निस्‍केर जानेछन्‌ । हेर्, तिनीहरू बाहिर तिमीहरूकहाँ आउनेछन्, र तिमीहरूले तिनीहरूका चालहरू र कामहरू हेर्नेछौ, र मैले यरूशलेममा ल्‍याएका ती दण्‍ड र देशको विरुद्ध मैले ल्याएका सबै कुराबाट तिमीहरूलाई सान्‍त्‍वना हुनेछ ।

  • 10तिनीहरूका आफ्‍ना अपराध तिनीहरूले बोक्‍नेछन् । अगमवक्ताको अपराधचाहिं र उसँग सल्‍लाह लिनेको अपराधजस्‍तै हुनेछ ।

  • 6“अगमवाणी नगर” भनेर तिनीहरू भन्‍नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।”

  • 21त्यसका सन्‍तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् ।

  • 3कुनै मानिसले अझै अगमवाणी गरेमा, त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसलाई भन्‍नेछन्, ‘तँ बाँच्नेछैनस्, किनभने तैँले परमप्रभुको नाउँमा झुटो बोल्छस्!’ अनि त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसले अगमवाणी बोल्दा त्यसलाई छेडिदिनेछन् ।

  • 17त्यसैले तिमीहरूका फसल, तिमीहरूका छोराछोरी अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् । तिनीहरूले तिमीहरूका भेडा-बाख्रा र गाईवस्तु खानेछन् । तिनीहरूले तिमीहरूका दाखका बोट र अञ्जीरका बोटहरूका फल खानेछन् । तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्‍ट पार्नेछन् ।

  • 16तिनीहरू दूधे बालकहरूलाई पनि तिनीहरूकै आँखाको सामु पछारेर टुक्रा-टुक्रा पारिनेछ । तिनीहरूका घरहरू लुटिनेछ र तिनीहरूका पत्‍नीहरूलाई बलत्‍कार गरिनेछ ।

  • 74%

    9पृथ्वीमा भएका सबै राज्यको दृष्‍टिमा मैले तिनीहरूलाई धपाएको हरेक ठाउँमा, म तिनीहरूलाई तर्साउने कुरा, विपत्ति, अपमान, घृणा, गिल्ला, हाँसो र सरापको पात्रमा परिणत गरिदिनेछु ।

    10तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरू नष्‍ट नहुञ्जेल, म तिनीहरूको विरुद्धमा तरवार, अनिकाल र विपत्ति पठाउनेछु' ।”

  • 17हेर, तिनीहरूकहाँ मैले तरवार, अनिकाल र विपत्ति ल्याउनै लागेको छु, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ । किनकि म तिनीहरूलाई कुहेका अञ्जीरहरूजस्तै तुल्याउनेछु जुन खानलाई असाध्‍ये खराब हुन्‍छन्‌ ।

  • 10यसकारण तेरै बिचमा बुबाहरूले छोराछोरीलाई र छोराहरूले आफ्‍ना बुबाहरूलाई खानेछन्‌, किनकि म तँमाथि दण्‍ड ल्‍याउनेछु र तेरा बाँचेकाहरू सबैलाई चारैतिर तितरबितर पारिदिनेछु ।

  • 40तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्‍याउनेछन्, र तँलई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूले तँलाई आफ्‍ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन्‌ ।

  • 5परमप्रभु यस्तो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् ।

  • 19मर्नु नपर्ने मानिसहरूलाई मार्नलाई र बाँच्न नपर्नेहरूको जीवन बचाउनलाई तिमीहरूका कुरा सुन्‍ने मेरा मानिसहरूलाई झुटा कुरा गरेर र आफ्ना दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्‍ति मेरो मानिसहरूका बिचमा तिमीहरूले मलाई बिटुलो पार्‍यौ ।

  • 20हे परमप्रभु, हेर्नुहोस्, र यसरी व्यवहार गर्नेहरूलाई विचार गर्नुहोस् । के स्‍त्रीहरूले आफ्नै गर्भको फल अर्थात् आफैले जन्माएका बालबच्‍चालाई खाने? के पुजारी र अगमवक्ता परमप्रभुको पवित्र वासस्थानमा मारिने?

  • 15‘किनकि यो परमप्रभुको घोषणा हो, मैले तिनीहरूलाई पठाएको छैनँ, किनकि तिनीहरूले मेरो नाउँमा झूटा कुरो अगमवाणी बोल्दैछन् जसको कारणले म तँलाई धपाउनेछु, अनि तिमी र तिम्रो निम्‍ति अगमवाणी बोलिरहने अगमवक्ताहरू दुवै मर्नेछौ' ।”

  • 16यसकारण, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “सबै चोकहरूमा रुवाबासी हुनेछ, र तिनीहरूले सबै सडकहरूमा यस्तो भन्‍नेछन्, ‘धिक्‍कार! धिक्‍कार!’ तिनीहरूले किसानहरूलाई विलाप गर्न र मलामीहरूलाई शोक गर्न बोलाउनेछन् ।