मीका 2:6

अनलक शाब्दिक बाइबल

“अगमवाणी नगर” भनेर तिनीहरू भन्‍नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • आमो 2:12 : 12 तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन प्रेरित गर्‍यौ, अनि अगमवक्ताहरूलाई अगमवाणी नबोल्‍ने आज्ञा दियौ ।
  • यशा 30:10 : 10 तिनीहरूले दर्शीहरूलाई भन्छन्, “नहेर्नुहोस्,” र अगमवक्ताहरूलाई भन्छन्, “हामीलाई सत्य अगमवाणी नगर्नुहोस् । हाम्रा निम्‍ति चापलुसी कुरा गर्नुहोस्, भ्रम अगमवाणी गर्नुहोस् ।
  • यिर्मि 6:14-15 : 14 शान्‍ति नै नहुँदा पनि, 'शान्ति, शान्ति' भन्दै, तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् । 15 तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । तिनीहरूलाई शर्म मान्‍न पनि आउँदैन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिंदा तिनीहरू तल खसालिनेछन्, परमप्रभु भन्‍नुहुन्छ ।
  • यिर्मि 8:11-12 : 11 शान्‍ति नै नहुँदा पनि 'शान्ति, शान्ति' भनेर तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् । 12 तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । कसरी शर्म मान्‍ने भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा भएन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिइँदा तिनीहरू तल खसालिने छन्, परमप्रभु भन्‍नुहुन्छ ।
  • यिर्मि 26:8-9 : 8 त्‍यसैले जब परमप्रभुले यर्मियालाई भन्‍नू भनी आज्ञा गर्नुभएका वचन तिनले घोषणा गरेर सके, तब पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसले तिनलाई समाते र भने, “तँ निश्‍चय नै मर्नेछस् । 9 यो मन्दिर शीलोझैं हुनेछ र यो सहर बासिन्दारहित उजाड हुनेछ भनेर किन परमप्रभुको नाउँमा अगमवाणी गरिस्?” किनकि सबै मानिसले परमप्रभुको मन्दिरमा यर्मियाको विरुद्धमा भिड जम्मा गरेका थिए ।
  • यिर्मि 26:20-23 : 20 त्यसै बेला त्यहाँ परमप्रभुको नाउँमा अगमवाणी बोल्ने अर्का मानिस, किर्यत-यारीमा बस्‍ने शमायाहका छोरा उरियाह पनि थिए । यर्मियाका वचनहरूसित सहमत हुने गरी तिनले पनि यस सहर र यस देशको विरुद्धमा अगमवाणी बोले । 21 तर जब राजा यहोयाकीम, तिनका सबै सिपाही र अधिकारीहरूले तिनको वचन सुने, तब राजाले तिनलाई मार्न खोजे, तर उरियाहले यो कुरा सुने र तिनी डराए । त्यसैले तिनी भागे र मिश्रमा गए । 22 तब राजा यहोयाकीमले मिश्रमा अक्बोरका छोरा एल्नातान र त्यसका साथमा केही मानिसहरू उरियाहको पछिपछि मिश्रमा पठाए । 23 तिनीहरूले उरियाहलाई मिश्रबाट ल्‍याए र तिनलाई राजा यहोयाकीमकहाँ ल्याए । तब यहोयाकीमले तिनलाई तरवारले मारे, र तिनको लाशलाई साधारण मानिसका लाशहरू भएको ठाउँमा पठाए ।
  • यहे 3:26 : 26 तेरो जिब्रो म तेरो तालुमा टाँसिदिनेछु, यसरी तँ गूँगो हुनेछस्, र तैंले तिनीहरूलाई हप्‍काउन सक्‍नेछैनस्, किनकि तिनीहरू विद्रोही घरानाका हुन्‌ ।
  • यहे 20:46 : 46 ए मानिसको छोरो, आफ्‍नो अनुहार दक्षिण देशतिर फर्का र दक्षिणको विरुद्धमा बपल् । नेगेभको वनको विरुद्धमा अगमवाणी भन्‌ ।
  • यहे 21:2 : 2 “ए मानिसको छोरो, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्‍थानहरूका विरुद्धमा बोल् । इस्राएल देशको विरुद्धमा अगमवाणी गर् ।
  • आमो 7:13 : 13 तर यहाँ बेथेलमा अरू धेरै अगमवाणी नगर, किनकि यो राजाको पवित्र-स्थान र एउटा राजकीय घराना हो ।”
  • आमो 8:11-13 : 11 हेर्, यस्‍ता दिनहरू आउँदैछन्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जति बेला देशमा म अनिकाल पठाउनेछु, त्‍यो रोटीको अनिकाल होइन, न त पानीको तिर्खाको हो, तर त्‍यो परमप्रभुको वचन सुन्‍ने कुराको हो। 12 परमप्रभुको वचनको खोज्‍नलाई तिनीहरू एक समुद्रदेखि अर्को समुद्रसम्‍म धर्मराउनेछन्, र उत्तरदेखि पूर्वसम्म दौडनेछन्, तर तिनीहरूले त्यो भेट्टाउनेछैनन् । 13 त्यो दिनमा सुन्दरी कुमारीहरू र जवान मानिसहरू तिर्खाले मूर्छा हुनेछन् ।
  • मीका 6:16 : 16 ओम्रीका नियमहरू, र आहाबका घरानाका सबै कामहरू पालना भएका छन् । यसैकारण म तिमीहरूको सहरलाई भग्‍नावशेष बनाउनेछु, र त्यहाँका बासिन्दाहरूलाई खिसीको पात्रो बनाउनेछु, र मेरा मानिसहरूबाट तिमीहरूले निन्दा सहनेछौ ।”
  • प्रेरि 4:17 : 17 तर यो कुरा अझ बढी मानिसहरू बिचमा नफैलियोस् भनेर तिनीहरूलाई यो नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔँ ।”
  • प्रेरि 5:28 : 28 “हामीले तिमीहरूलाई यस नाउँमा नसिकाउनलाई कडा आज्ञा दियौँ तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।”
  • प्रेरि 5:40 : 40 तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र उनीहरूलाई कुटे र येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे र तिनीहरूलाई जान दिए ।
  • प्रेरि 7:51 : 51 हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ ।
  • १ थेस 2:15-16 : 15 जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् । 16 तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।
  • भजन 74:9 : 9 हामी अब कुनै चिन्हहरू देख्दैनौं । अब कोही अगमवक्‍ता छैनन् र यो कहिलेसम्म रहन्छ भनी हाम्रा बिचमा हुने कसैले पनि जान्‍दैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 10तिनीहरूले दर्शीहरूलाई भन्छन्, “नहेर्नुहोस्,” र अगमवक्ताहरूलाई भन्छन्, “हामीलाई सत्य अगमवाणी नगर्नुहोस् । हाम्रा निम्‍ति चापलुसी कुरा गर्नुहोस्, भ्रम अगमवाणी गर्नुहोस् ।

  • जक 13:3-4
    2 पदहरू
    77%

    3कुनै मानिसले अझै अगमवाणी गरेमा, त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसलाई भन्‍नेछन्, ‘तँ बाँच्नेछैनस्, किनभने तैँले परमप्रभुको नाउँमा झुटो बोल्छस्!’ अनि त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसले अगमवाणी बोल्दा त्यसलाई छेडिदिनेछन् ।

    4त्यस दिन हरेक अगमवक्ता, अगमवाणी गर्न लाग्दा आफ्नो दर्शनको कारण शर्ममा पर्नेछ । यी अगमवक्ताहरूले अब मानिसहरूलाई धोकामा पार्न रौँ भएका लबेदा लगाउनेछैनन् ।

  • यहे 13:6-7
    2 पदहरू
    77%

    6मानिसहरूसँग झूटा दर्शनहरू छन्‌ र तिनीहरू झुटा भविष्‍यवाणी गर्छन् । तिनीहरू यसो भन्‍छन्, “परमप्रभुको घोषणा यस्‍तो-यस्तो छ ।” परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन । तापनि आफ्‍ना सन्‍देश पुरा हुनेछन् भनी तिनीहरूले मानिसहरूलाई आशा गर्ने बनाएका छन् ।

    7के तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा भविष्‍यवाणीहरू बोलेका होइनौ र, तिमीहरू जसले “परमप्रभु यस्‍तो-यस्तो भन्‍नुहुन्‍छ,” भन्‍दछौ, जबकि म आफैले ती भनेकै होइन?

  • 77%

    16सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूलाई अगमवाणी बोल्ने अगमवक्ताहरूका वचनहरू नसुन । तिनीहरूले तिमीहरूलाई भ्रमित तुल्याएका छन् । तिनीहरूले परमप्रभुको मुखबाट नभई आफ्नै समझबाट दर्शनहरूको घोषणा गर्दै छन् ।

    17मेरो अनादर गर्नेहरूलाई तिनीहरूले निरन्तर यसो भनिरहेका छन्, 'तिमीहरूका निम्ति शान्ति हुने छ भनी परमप्रभु घोषणा गर्नुहुन्‍छ ।' आफ्नै हृदयको हठमा हिंड्ने हरेक व्‍यक्‍तिले भन्छ, 'तिमीहरूमाथि विपत्ति आउनेछैन ।'

  • 16अब परमप्रभुको वचन सुन । तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा नबोल ।’

  • यहे 13:2-3
    2 पदहरू
    76%

    2“ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्‍नै कल्‍पनाहरूका अगमवाणी बोल्‍नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन ।

    3परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्नै आत्‍माका कुरा पछ्याउने तर केही पनि नदेख्‍ने मूर्ख अगमवक्ताहरूलाई धिक्‍कार ।

  • 5यसैकारण, परमप्रभुको समुदायमा चिट्ठा हालेर आफ्नो इलाका बाँड्नको निम्ति धनी मानिसहरूसँग उत्तराधिकारीहरू हुनेछैनन् ।

  • 76%

    12तिनीहरूको परमप्रभुको बारेमा झूट बोलेका छन् र यसो भनेका छन्, “उहाँले केही गर्नुहुने छैन । हामीमाथि कुनै हानि आउनेछैन, र हामीले कुनै तरवार वा अनिकाल देख्‍ने छैनौं ।

    13अगमवक्ताहरू हावा हुनेछन्, र तिनीहरूमा वचन छैन । त्यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै आइपरून् ।”

  • 26चोर समातिंदा त्यो लज्‍जित भएझैं, इस्राएलको घराना लज्‍जित हुने छ । तिनीहरू, तिनीहरूका राजाहरू, तिनीहरूका राजकुमारहरू, र तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू लज्‍जित हुनेछन् ।

  • 7याकूबको घराना, के साँच्‍चै यस्तो भनिनुपर्छ, “के परमप्रभुको आत्मा रिसाउनुभएको छ? के यी उहाँका कामहरू हुन्?” के सिधा हिँड्ने मानिसको निम्ति मेरो वचनले असल काम गर्दैन र?

  • मीका 3:5-7
    3 पदहरू
    75%

    5परमप्रभु यस्तो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् ।

    6यसैकारण, तिमीहरूका निम्ति त्यो दर्शनविनाको रात हुनेछ । अनि त्यो यस्तो अन्धकार हुनेछ, कि तिमीहरूले कुनै भविष्यवाणी गर्नेछैनौ । अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ, र तिनीहरूमाथि दिन पनि अन्धकार हुनेछ ।

    7दर्शन देख्‍नेहरू शर्ममा पर्नेछन्, र भविष्यवक्ताहरू भ्रमित हुनेछन् । तिनीहरू सबैले आफ्ना मुख छोप्‍नेछन्, किनभने मबाट कुनै जवाफ आउनेछैन ।”

  • 16यरूशलेमको बारेमा अगमवाणी बोल्‍ने इस्राएलका यी अगमवक्ताहरू र त्‍यसको निम्‍ति शान्‍तिको दर्शन देख्‍नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”

  • 75%

    14परमप्रभुले मलाई भन्‍नुभयो, “अगमवक्ताहरूले मेरो नाउँमा छलको अगमवाणी बोल्छन् । मैले तिनीहरूलाई पठाइनँ, न मैले तिनीहरूलाई कुनै आज्ञा दिएँ वा तिनीहरूसित बोलेँ । तर छली दर्शन र बेकम्मा, छली मन्त्रतन्त्र तिनीहरूका आफ्नै समझबाट आएका हुन्, जुन तिनीहरूले तिमीहरूलाई अगमवाणी बोल्दैछन् ।”

    15त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले नपठाएका अगमवक्ताहरू जसले मेरो नाउँमा अगमवाणी बोल्छन्, जसले यस देशमा कुनै तरवार वा अनिकाल पर्नेछैन भन्छन्, यी अगमवक्ताहरू तरवार र अनिकालले नष्‍ट पारिनेछन् ।

    16त्यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले, तिनीहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्, किनकि त्यहाँ तिनीहरू, तिनीहरूका पत्‍नीहरू, छोराछोरीलाई गाड्ने कोही हुने छैनन्, किनकि म तिनीहरूका दुष्‍टता तिनीहरूमाथि नै खन्याउनेछु ।

  • 74%

    14शान्‍ति नै नहुँदा पनि, 'शान्ति, शान्ति' भन्दै, तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।

    15तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । तिनीहरूलाई शर्म मान्‍न पनि आउँदैन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिंदा तिनीहरू तल खसालिनेछन्, परमप्रभु भन्‍नुहुन्छ ।

  • 74%

    14ती अगमवक्ताहरूको वचन नसुन जसले तिमीसित बोल्‍छन् र यसो भन्‍छन्, 'बेबिलोनका राजाको सेवा नगर,' किनकि तिनीहरूले तिमीलाई झूटो कुराको अगमवाणी बोल्दैछन् ।

    15‘किनकि यो परमप्रभुको घोषणा हो, मैले तिनीहरूलाई पठाएको छैनँ, किनकि तिनीहरूले मेरो नाउँमा झूटा कुरो अगमवाणी बोल्दैछन् जसको कारणले म तँलाई धपाउनेछु, अनि तिमी र तिम्रो निम्‍ति अगमवाणी बोलिरहने अगमवक्ताहरू दुवै मर्नेछौ' ।”

    16मैले पुजारीहरू र सबै मानिसहरूलाई यो कुरा घोषणा गरें र यसो भनें, “परमप्रभु यसो भन्‍नुहुन्छः तिमीहरूका अगमवक्ताहरूको वचन नसुन जसले तिमीहरूका निम्‍ति अगमवाणी बोल्छन् र यसो भन्‍छन्, 'हेर, परमप्रभुको मन्दिरका सामानहरू अहिले बेबिलोनबाट फर्काइँदैछन् ।' तिनीहरूले तिमीहरूलाई झूटो कुरा अगमवाणी बोल्दै छन् ।

  • 16ओम्रीका नियमहरू, र आहाबका घरानाका सबै कामहरू पालना भएका छन् । यसैकारण म तिमीहरूको सहरलाई भग्‍नावशेष बनाउनेछु, र त्यहाँका बासिन्दाहरूलाई खिसीको पात्रो बनाउनेछु, र मेरा मानिसहरूबाट तिमीहरूले निन्दा सहनेछौ ।”

  • 10तिमीहरूलाई आफ्नो देशबाट टाढा पठाउन भनेर तिनीहरूले तिमीहरूलाई झूटा कुराको अगमवाणी बोल्दैछन्, किनकि म तिमीहरूलाई धपाउनेछु, र तिमीहरू मर्नेछौ ।

  • व्यव 18:21-22
    2 पदहरू
    73%

    21तिमीहरूले आ-आफ्ना हृदयमा सोधौला, 'परमप्रभुले बोल्नुभएको वचन होइन भनेर हामीले कसरी थाहा पाउने?'

    22परमप्रभुको नाउँमा बोल्ने अगमवक्ताले बोल्दा तिमीहरूले परमप्रभुको सन्देश थाहा पाउने छौ ।

  • 16तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 10म कसलाई घोषणा गरूँ र चेताउनी दिऊँ ताकि तिनीहरूले मेरो कुरा सुनून्? हेर्, तिनीहरूका कान खतना गरिएका छैनन् । तिनीहरू ध्यान दिन सक्दैनन् । हेर्, तिनीहरूलाई सुधार्न परमप्रभुको वचन तिनीहरूकहाँ आएको छ, तर तिनीहरूले यसको इच्‍छा गर्दैनन् ।

  • 9किनकि तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई छलको अगमवाणी बोल्दैछन् । मैले तिनीहरूलाई पठाइनँ, यो परमप्रभुको घोषणा हो ।'

  • 9मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ, जसले असत्‍य दर्शनहरू देख्‍छन्‌ र झूटा जोखनाहरू भन्‍छन्‌ । तिनीहरू मेरो मानिसहरूका सभामा हुनेछैनन्, वा इस्राएलका घरानाको सूचीमा तिनका नाउँ लेखिनेछैनन् । तिनीहरू इस्राएल देशमा जानुहुँदैन । किनकि परमप्रभु परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

  • 24किनकि अब फेरि कहिल्‍यै इस्राएलका मानिसहरूका बिचमा झूटा दर्शन र जोखना हेर्नेहरू हुनेछैनन्‌ ।

  • 4यसैकारण तिनीहरूका विरुद्धमा अगमवाणी गर । ए मानिसको छोरो, अगमवाणी गर ।”

  • 5परमप्रभुको वचनमा काम्‍नेहरू हो, उहाँको वचन सुन, “तिमीहरूलाई मेरो नाउँको कारणले घृणा गर्ने र बहिस्कार गर्ने तिमीहरूका भाइहरूले भनेका छन्, 'परमप्रभु महिमित हुनुभएको होस्, अनि हामीले तिमीहरूको आनन्द देख्‍नेछौँ,' तर तिनीहरू शर्ममा पारिनेछन् ।

  • 12तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन प्रेरित गर्‍यौ, अनि अगमवक्ताहरूलाई अगमवाणी नबोल्‍ने आज्ञा दियौ ।

  • 13तर यहाँ बेथेलमा अरू धेरै अगमवाणी नगर, किनकि यो राजाको पवित्र-स्थान र एउटा राजकीय घराना हो ।”

  • 28त्‍यसका अगमवक्ताहरूले तिनीहरूमाथि चुनले पोतेका छन्। तिनीहरूले असत्‍य दर्शन देख्छन् र तिनीहरूका निम्‍ति झूटा अगमवाणी बोल्‍छन् । तिनीहरू भन्‍छन्, “परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ,' जबकि परमप्रभु बोल्‍नुभएकै हुँदैन ।

  • 12तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । कसरी शर्म मान्‍ने भन्‍ने कुरा पनि तिनीहरूलाई थाहा भएन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिइँदा तिनीहरू तल खसालिने छन्, परमप्रभु भन्‍नुहुन्छ ।

  • 32हेर, यो परमप्रभुको घोषणा हो, भनेर छलपूर्ण सपनाहरू देख्‍ने र त्‍यसपछि ती घोषणा गर्ने र यसरी आफ्‍ना छल र अहङ्कारले मेरा मानिसहरूलाई भ्रममा पार्ने अगमवक्ताहरूका विरुद्धमा म छु । म तिनीहरूको विरुद्धमा छु, किनकि मैले तिनीहरूलाई पठाएको होइन, न त तिनीहरूलाई आज्ञा दिएको छु । त्यसैले तिनीहरूले निश्‍चय नै यी मानिसलाई मदत गर्नेछैन, यो परमप्रभुको घोषणा हो ।

  • 37अगमवक्तालाई तैंले यसो भनेर सोध्‍नेछस्, 'परमप्रभुले तिमीलाई के जवाफ दिनुभयो?' वा 'परमप्रभुले के भन्‍नुभयो?'

  • 11तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”

  • 21त्यसकारण परमप्रभु तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको सम्बन्धमा यसो भन्‍नुहुन्छ, “तिनीहरू भन्छन्, 'तैंले परमप्रभुको नाउँमा अगमवाणी बोल्‍नुहँदैन, नत्रता तँ हाम्रा हातबाट मर्नेछस् ।'

  • 5तिनीहरूले सुन्‍नेछन् वा सुन्‍नेछैनन् । तिनीहरू विद्रोही घराना हुन्, तर तिनीहरूले कमसेकम आफ्‍ना बिचमा एक जना अगमवक्ता छन्‌ भनी जान्‍नेछन्‌ ।

  • 11यदि कोही झुट र असत्यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्‍नेछु,” भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्‍ता हुनेछ ।

  • 14तेरा अगमवक्ताहरूले तेरो लागि झुटा र बेकम्मा दर्शनहरू देखेका छन् । तेरो सुदिन पुनर्स्थापित गर्न तिनीहरूले तेरो अधर्मको पर्दाफास गरेका छैनन्, तर तिनीहरूले तँलाई झुटा र गलत वचनहरू दिएका छन् ।

  • 20याकूबको घरानामा यो प्रचार गर्, र यहूदामा यो सुनियोस् । यसो भन्,