मीका 3:11

अनलक शाब्दिक बाइबल

तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 1:23 : 23 तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन् । हरेकले घुसलाई प्रेम गर्छ र उपहारको पछि भाग्‍छन् । तिनीहरूले अनाथहरू रक्षा गर्दैनन्, न त न्‍यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन् ।
  • यिर्मि 6:13 : 13 सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी भएका छन्, यो परमप्रभुको घोषणा हो । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।
  • यिर्मि 7:4 : 4 छलपूर्ण वचनहरूमा आफू भर नपर र यसो नभन, 'परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर!'
  • यशा 48:2 : 2 किनकि तिनीहरूले आफूलाई पवित्र सहरका मानिसहरू भन्छन् र इस्राएलको परमेश्‍वरमा भरोसा गर्छन् । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
  • मीका 3:5 : 5 परमप्रभु यस्तो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् ।
  • मीका 7:3 : 3 तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।
  • १ शमू 12:3-4 : 3 म यहाँ छु । परमप्रभु र उहाँको अभिषिक्‍त जनको सामु मेरो विरुद्ध गवाही देओ । मैले कसैको गोरु लिएको छु? मैले कसैको गधा लिएको छु? मैले कसैलाई ठगेको छु? मैले कसैलाई थिचोमिचो गरेको छु? मेरा आँखाहरूलाई अन्धा तुल्याउन मैले कसैबाट घूस लिएको छु? मेरो विरुद्ध गवाही देओ र म तिमीहरूलाई त्‍यो फर्काइदिनेछु ।” 4 तिनीहरूले भने, “तपाईंले हामीलाई ठग्‍नुभएको वा, थिचोमिचो गर्नुभएको वा कुनै मानिसको हातबाट कुनै पनि कुरा चोर्नुभएको छैन ।”
  • तीत 1:11 : 11 तिनीहरूलाई रोक्‍न आवश्यक छ । तिनीहरूले निर्लज्‍ज लाभका निम्ति सिकाउनु नहुने कुरा सिकाउँछन् र सम्पूर्ण परिवारलाई बर्वाद पारि दिन्छन् ।
  • १ पत्रु 5:2 : 2 त्यसकारण, म एल्डरहरूलाई आग्रह गर्दछु, तिमीहरूका माझमा भएका परमेश्‍वरको बगालको हेरचाह गर, करले होइन तर तिमीहरूका आफ्नै र परमेश्‍वरको इच्छाअनुसार । बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले ।
  • २ पत्रु 2:1-3 : 1 ¶ इस्राएलीहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् । तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशसकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउनेछन् । 2 धेरैले तिनीहरूको विलासी आचरणको अनुसरण गर्नेछन् र तिनीहरूद्वारा सत्यताको मार्ग निन्दित हुनेछ । 3 लोभको कारण तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निष्क्रिय छैन ।
  • २ पत्रु 2:14-15 : 14 तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् । 15 तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् ।
  • यहू 1:11 : 11 धिक्‍कार तिनीहरूलाई! किनकि तिनीहरू कयिनको मार्गमा हिँडेका छन्, र लाभको निम्ति बालामले गरेको भुलमा सामेल भएका छन् । तिनीहरू कोरहको विद्रोहमा नष्‍ट भएका छन् ।
  • प्रेरि 8:18-20 : 18 प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो । 19 त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।” 20 तर पत्रुसले भने, “तेरो रूपैयाँ-पैसा तैँसित नष्‍ट होस् किनकि तैँले परमेश्‍वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्‍त गर्न सकिँदोरहेछ भनी ठानिस् ।
  • १ तिमो 3:3 : 3 मतवाला र रिसाहा होइन तर भद्र, नम्र, शान्तिप्रिय, रूपैयाँपैसाको लोभ नगर्ने ।
  • १ शमू 8:3 : 3 तिनका छोराहरू तिनका मार्गहरूमा हिंडेनन्, तर बेइमानपूर्ण लाभको पछि लागे । तिनीहरूले घूस लिए र न्यायलाई भ्रष्‍ट बनाए ।
  • गिन 16:15 : 15 मोशा साह्रै रिसाए र परमप्रभुलाई भने, “तिनीहरूको भेटीको कदर नगर्नुहोस् । मैले तिनीहरूबाट एउटा गधा पनि लिएको छैनँ, र मैले तिनीहरू कसैलाई पनि हानि पुर्‍याएको छैनँ ।
  • यशा 56:11 : 11 ती कुकुरहरू निकै भोकाएका छन् । तिनीहरू कहिल्यै अघाउँदैनन् । तिनीहरू समझ नबइका गोठालाहरू हुन् । तिनीहरू आ-आफ्नै बाटोमा लागेका छन्, प्रत्‍येक व्‍यक्‍तिले अन्यायपुर्ण लाभको निम्‍ति लालच गर्छ ।
  • यिर्मि 8:10 : 10 त्यसैले म तिनीहरूका पत्‍नीहरू अरूलाई दिनेछु, र तिनीहरूका खेतबारी अधिकार गर्नेहरूलाई म ति दिनेछु, किनकि सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी छन् । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।
  • हो 4:18 : 18 तिनीहरूका कडा दाखमद्यले छोड्दा पनि, तिनीहरू निरन्‍तर व्यभिचारमा गर्छन् । र त्यसको शासकहरूले आफ्‍नो लज्‍जास्‍पद कुरालाई ज्यादै मन पराउँछन् ।
  • आमो 9:10 : 10 ‘विपत्तिले हामीलाई उछिन्‍ने वा छुनेछैन’ भन्‍नेहरू, मेरा मानिसहरूमध्येका सबै पापीहरू तरवारद्वारा मारिनेछन् ।
  • यहे 22:12 : 12 तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन्‌ र तैंले बढी ब्‍याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यहे 22:27 : 27 त्‍यसभित्र भएका त्‍यसका शासकहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन्‌ । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन्‌ ।
  • सप 3:3 : 3 त्यसको माझमा त्यसका राजकुमारहरू गर्जने सिंहझैँ छन् । त्यसका न्यायकर्ताहरू साँझमा आउने ब्वाँसाहरूझैँ छन् जसले बिहानसम्म खानको निम्ति केही पनि बाँकी राख्दैनन् ।
  • मल 1:10 : 10 “तिमीहरूले मेरो वेदीमा व्यर्थै आगो नबालोस् भनेर, तिमीहरूमध्ये कोही एकले मन्दिरका ढोकाहरू बन्द गरोस् भन्‍ने म इच्छा गर्दछु! म तिमीहरूमा प्रसन्‍न हुन्‍नँ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, “र म तिमीहरूका हातबाट कुनै बलिदान अर्पण गर्नेछैनँ ।
  • मत्त 3:9 : 9 र आफ्नै बिचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्‍न गराउन सक्‍नुहुन्छ ।
  • यिर्मि 7:8-9 : 8 हेर! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन् । 9 के तिमीहरू चोर्छौ, मार्छौ, र व्यभिचार गर्छौ? के तिमीहरू छलपूर्वक शपथ खान्‍छौ अनि बाल देवतालाई धुप चढाउँछौ र तिमीहरूले नचिनेका अरू देवताहरूको पछि लाग्छौ? 10 त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ र यसो भन्छौ, “हामी बचाइएका छौं”, यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ? 11 के मेरो नाउँले पुकारिने यो घर तिमीहरूको दृष्‍टिमा डाँकुहरूको ओडार हो? तर हेर, मैले यो देखेको छु, यो परमप्रभुको घोषणा हो ।’ 12 ‘त्यसैले शीलोमा भएको मेरो ठाउँ जाओ, जहाँ सुरुमा मैले मेरो नाउँ रहने अनुमति दिएँ, र मेरो जाति इस्राएलको दुष्‍टताको कारणले मैले यसलाई के गरें त्‍यो हेर ।
  • १ शमू 4:3-6 : 3 जब मानिसहरू छाउनीमा आए, इस्राएलका धर्म-गुरुहरूले भने, “आज परमप्रभुले हामीलाई पलिश्‍तीहरूको सामु किन पराजीत गर्नुभयो? परमप्रभुको करारको सन्दुकलाई शीलोबाट यहाँ ल्याऔं, ताकि त्‍यो हामीसँग यहाँ नै रहोस्, जसले हामीलाई आफ्‍ना शत्रुहरूका हातबाट सुरक्षित राखोस् ।” 4 त्यसैले मानिसहरूले शीलोमा मानिसहरू पठाए । तिनीहरूले त्यहाँबाट सर्वशक्‍तमान् परमप्रभुको करारको सन्दुक बोके, जो करूबहरूमाथि विराजमान हुनुहुन्छ । एलीका दुई जना छोराहरू होप्‍नी र पीनहास त्यहाँ परमेश्‍वरको करारको सन्दुकसँगै थिए । 5 जब परमप्रभुको करारको सन्दुक छउनीमा ल्‍याइयो, इस्राएलका सबै मानिसहरू ठुलो सोरमा कराए र पृथ्वी नै गुञ्‍जियो । 6 जब पलिश्तीहरूले कराएको यो आवाज सुने, तिनीहरूले भने, “हिब्रूहरूको छाउनीमा यति ठुलो कराएको आवाजको अर्थ के हो?” तब छाउनीमा परमप्रभुको सन्दुक ल्‍याइएको थियो भन्‍ने कुरा तिनीहरूले थाहा पाए ।
  • रोमी 2:17-29 : 17 मानौँ, व्यवस्थामाथि भर परेर तिमी आफैँलाई यहूदी भन्छौ, परमेश्‍वरमा गर्वका साथ रमाउँछौ, 18 उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर त्यसबाट फरक भएका कुराहरूको जाँच गर्दछौ । 19 मानौँ, कि तिमी आफैँ अन्धाहरूका अगुवा हौ, र अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, 20 मूर्खलाई सुधार गर्ने, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ । 21 अनि तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैलाई चाहिँ सिकाउँदैनौ? तिमी जसले चोरी नगर्नू भनी सिकाउँछौ, के तिमी नै चोरी गर्छौ? 22 तिमी जसले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ? 23 तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ? 24 किनकि जसो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको छ ।” 25 यदि तिमीहरूले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीहरूलाई लाभ दिन्‍छ, तर यदि तिमीहरू व्‍यवस्‍था भङ्‌ग गर्नेहरू हौ भने, तिमीहरूको खतना बेखतना हुन्‍छ । 26 यदि बेखतने व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्‍यसको बेखतना खतना नै ठानिनेछैन र? 27 यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित धर्मशास्‍त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो । 28 किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो । 29 तर त्यही यहूदी हो जो भित्री रूपमा यहूदी हो र अक्षरमा होइन तर आत्‍माद्वारा हृदयको खतना नै खतना हो । यस्‍तो व्यक्‍तिको प्रशंसा मानिसबाट होइन, तर परमेश्‍वरबाट आउँछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 12यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।

  • सप 3:3-4
    2 पदहरू
    79%

    3त्यसको माझमा त्यसका राजकुमारहरू गर्जने सिंहझैँ छन् । त्यसका न्यायकर्ताहरू साँझमा आउने ब्वाँसाहरूझैँ छन् जसले बिहानसम्म खानको निम्ति केही पनि बाँकी राख्दैनन् ।

    4त्यसका अगमवक्ताहरू ढीट र विश्‍वासघाती मानिसहरू हुन् । त्यसका पूजाहारीहरुले पवित्र कुरालाई अशुद्ध बनाएका छन् र व्यवस्थाको विरुद्ध हिंसा गरेका छन् ।

  • मीका 3:9-10
    2 पदहरू
    78%

    9अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्‍ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन ।

    10तिमीहरूले सियोनलाई रगतद्धारा र यरूशलेमलाई अधर्मद्धारा निर्माण गर्छौ ।

  • 31अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन्, र पुजारीहरूले आफ्नै शक्तिले शासन गर्छन् । मेरो मानिसहरूले यही तरिका मन पराउँछन्, तर अन्त्यमा के हुने छ?”

  • 77%

    13सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी भएका छन्, यो परमप्रभुको घोषणा हो । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।

    14शान्‍ति नै नहुँदा पनि, 'शान्ति, शान्ति' भन्दै, तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।

  • 8पुजारीले सोधेन, 'परमप्रभु कहाँ हुनुहुन्छ?', र व्यवस्थाका ज्ञाताहरूले मेरो बारेमा वास्तै गरेनन् । गोठालाहरूले मेरो विरुद्धमा अपराध गरे । अगमवक्ताहरूले बाल देवताको लागि अगमवाणी बोले, र व्यर्थैका कुराहरूको पछि लागे ।

  • 75%

    11किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।

    12तिनीहरूको परमप्रभुको बारेमा झूट बोलेका छन् र यसो भनेका छन्, “उहाँले केही गर्नुहुने छैन । हामीमाथि कुनै हानि आउनेछैन, र हामीले कुनै तरवार वा अनिकाल देख्‍ने छैनौं ।

  • 11“अगमवक्ता र पुजारीहरू दुवै दुषित भएका छन् । मेरै मन्दिरमा पनि मैले तिनीहरूको दुष्‍टता भेट्टाएको छु,” यो परमप्रभुको घोषणा हो—

  • 5ती किन्‍नेहरूले तिनीहरूलाई काट्छन् र तिनीहरूलाई सजाय दिइँदैन, र तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘परमप्रभुको प्रशंसा होस्! म धनी भएको छु!’ किनकि बगालका मालिकहरूका निम्ति काम गर्ने गोठालाहरूले तिनीहरूमाथि दया देखाएनन् ।

  • 5परमप्रभु यस्तो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् ।

  • 1¶ “ए पुजारीहरू हो, यो कुरा सुन! ए इस्राएलको घराना, ध्यान देओ! ए राजाको घराना, सुन! किनकि तिमीहरू सबैका विरुद्ध न्‍याय आउँदैछ । तिमीहरू मिस्‍पामा पासो, र तबोरमाथि फैलिएको जाल भएका छौ ।

  • 13त्यसका अगमवक्ताहरू र त्यसका पुजारीहरूका अधर्मको कारणले यसो भएको थियो, जसले त्यसकै बिचमा धर्मीहरूको रगत बगाएका थिए ।

  • 16यी मानिसहरूलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन् र तिनीहरूद्वारा डोर्‍याइनेहरू निलिन्छन् ।

  • 3यसैकारण परमप्रभु यस्तो भन्‍नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्‍नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ ।

  • 10तिनीहरूले दर्शीहरूलाई भन्छन्, “नहेर्नुहोस्,” र अगमवक्ताहरूलाई भन्छन्, “हामीलाई सत्य अगमवाणी नगर्नुहोस् । हाम्रा निम्‍ति चापलुसी कुरा गर्नुहोस्, भ्रम अगमवाणी गर्नुहोस् ।

  • 14आफ्‍ना मानिसहरूका धर्मगुरुहरू र तिनीहरूका अगुवाहरू विरुद्ध परमप्रभु न्‍याय लिएर आउनुहुनेछः “तिमीहरूले दाखबारी विनाश पारेका छौ । गरीबलाई लुटेको माल तिमीहरूका घरहरूमा छन् ।

  • 9यो परमप्रभुको घोषणा हो, “त्यस दिन राजा र तिनका अधिकारीहरूका हृदय काम्नेछन् । पुजारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू त्रसित हुनेछन् ।”

  • 3तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।

  • 1¶ मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र?

  • 1¶ यो परमप्रभुको घोषणा हो, “मेरो खर्कका भेडाहरूलाई नष्‍ट गर्ने र छरपष्‍ट पार्ने गोठालाहरूलाई धिक्‍कार!”

  • यहे 22:27-28
    2 पदहरू
    73%

    27त्‍यसभित्र भएका त्‍यसका शासकहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन्‌ । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन्‌ ।

    28त्‍यसका अगमवक्ताहरूले तिनीहरूमाथि चुनले पोतेका छन्। तिनीहरूले असत्‍य दर्शन देख्छन् र तिनीहरूका निम्‍ति झूटा अगमवाणी बोल्‍छन् । तिनीहरू भन्‍छन्, “परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ,' जबकि परमप्रभु बोल्‍नुभएकै हुँदैन ।

  • 6मानिसहरूसँग झूटा दर्शनहरू छन्‌ र तिनीहरू झुटा भविष्‍यवाणी गर्छन् । तिनीहरू यसो भन्‍छन्, “परमप्रभुको घोषणा यस्‍तो-यस्तो छ ।” परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन । तापनि आफ्‍ना सन्‍देश पुरा हुनेछन् भनी तिनीहरूले मानिसहरूलाई आशा गर्ने बनाएका छन् ।

  • 11ती कुकुरहरू निकै भोकाएका छन् । तिनीहरू कहिल्यै अघाउँदैनन् । तिनीहरू समझ नबइका गोठालाहरू हुन् । तिनीहरू आ-आफ्नै बाटोमा लागेका छन्, प्रत्‍येक व्‍यक्‍तिले अन्यायपुर्ण लाभको निम्‍ति लालच गर्छ ।

  • 73%

    10त्यसैले म तिनीहरूका पत्‍नीहरू अरूलाई दिनेछु, र तिनीहरूका खेतबारी अधिकार गर्नेहरूलाई म ति दिनेछु, किनकि सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी छन् । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।

    11शान्‍ति नै नहुँदा पनि 'शान्ति, शान्ति' भनेर तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।

  • 23तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन् । हरेकले घुसलाई प्रेम गर्छ र उपहारको पछि भाग्‍छन् । तिनीहरूले अनाथहरू रक्षा गर्दैनन्, न त न्‍यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन् ।

  • 1¶ सियोनमा आरामसित बस्‍नेहरूलाई धिक्‍कार, र सामरियाको पहाडी मुलुकमा सुरक्षित भएकाहरू, जातिहरूका उत्कृष्‍टहरूमध्ये विशिष्‍ट मानिसहरू, जसकहाँ इस्राएलको घराना सहायताको निम्ति आउँछन् ।

  • 73%

    16सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूलाई अगमवाणी बोल्ने अगमवक्ताहरूका वचनहरू नसुन । तिनीहरूले तिमीहरूलाई भ्रमित तुल्याएका छन् । तिनीहरूले परमप्रभुको मुखबाट नभई आफ्नै समझबाट दर्शनहरूको घोषणा गर्दै छन् ।

    17मेरो अनादर गर्नेहरूलाई तिनीहरूले निरन्तर यसो भनिरहेका छन्, 'तिमीहरूका निम्ति शान्ति हुने छ भनी परमप्रभु घोषणा गर्नुहुन्‍छ ।' आफ्नै हृदयको हठमा हिंड्ने हरेक व्‍यक्‍तिले भन्छ, 'तिमीहरूमाथि विपत्ति आउनेछैन ।'

  • 17तिमीहरूले आफ्ना बोलीले परमप्रभुलाई थकित तुल्याका छौ । तर तिमीहरू भन्छौ, “हामीले उहाँलाई कसरी थकित तुल्याएका छौँ?” यसो भनेर, “दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असल छ, र उहाँ तिनीहरूमा खुशी हुनुहुन्छ,” वा “न्यायका परमेश्‍वर कहाँ हुनुहुन्छ?”

  • 12तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन्‌ र तैंले बढी ब्‍याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 9अश्‍दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्‍यो हेर ।

  • 25गर्जने सिंहले शिकार टुक्र्याएझैं त्‍यसको बिचमा भएका त्‍यसका अगमवक्‍ताहरूले एउटा षड्‌यन्‍त्र रच्छन् । तिनीहरूले मानिसहरूलाई निल्‍छन् र बहुमूल्‍य धन लुट्‌छन् । त्यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन्‌ ।

  • 31यसैले मानिसहरूले सधैं गरेझैं धेरै जना तँकहाँ आउनेछन्, र तेरो अगि बस्‍नेछन् र तेरा वचनहरू सुन्‍नेछन्, तर तिनीहरूले ती पालना गर्नेछैनन् । तिनीहरूका मुखमा ठिक शब्दहरू छन्, तर तिनीहरूका हृदयहरू अन्यायपूर्ण फाइदाको पछि छन् ।

  • 5“अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 10त्यसपछि तिमीहरू आउँछौ अनि मेरो नाउँले बोलाइने यस मन्‍दिरमा मेरो सामु खडा हुन्‍छौ र यसो भन्छौ, “हामी बचाइएका छौं”, यसरी तिमीहरू यी सबै घृणित कामहरू गर्न सक्‍छौ?

  • 8हेर! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन् ।

  • 11किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ ।

  • 21किनकि गोठालाहरू मूर्ख छन्, र तिनीहरूले परमप्रभुको खोजी गर्दैनन् । त्यसैले तिनीहरूको उन्‍नति भएको छैन, र तिनीहरूका सबै बगाल तितर-बितर भएका छन् ।

  • 9तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्‍नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्‍ना पाप भन्‍नेछन् । तिनीहरूले त्‍यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्‍कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।

  • 14यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।

  • 11त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनै लागेको छु, जुन विपत्तिबाट तिनीहरू भाग्‍न सक्‍ने छैनन् । तब तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।

  • 17तर तेरो दृष्‍टि र हृदयमा बेइमान नाफा कमाउनु, निर्दोषहरूको रगत बगाउनु, अरूहरूलाई थिचोमिचो र अत्याचार गरेर कमाउनुबाहेक अरू केही छैन ।

  • 2किनकि घरका मूर्तिहरू झुट बोल्छन्, र भविष्य बताउनेहरू झुटा दर्शनहरू देख्‍छन् । तिनीहरू छलपूर्ण सपनाहरू बताउँछन् र व्यर्थका सान्त्वना दिन्छन् ।यसैकारण तिनीहरू भेडाझैँ बरालिन्छन् र गोठालो नभएकोले समस्यामा पर्छन् ।

  • 6“अगमवाणी नगर” भनेर तिनीहरू भन्‍नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।”