जकरिया 11:5

अनलक शाब्दिक बाइबल

ती किन्‍नेहरूले तिनीहरूलाई काट्छन् र तिनीहरूलाई सजाय दिइँदैन, र तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘परमप्रभुको प्रशंसा होस्! म धनी भएको छु!’ किनकि बगालका मालिकहरूका निम्ति काम गर्ने गोठालाहरूले तिनीहरूमाथि दया देखाएनन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 50:7 : 7 तिनीहरूकहाँ जाने हरेकले तिनीहरूलाई निले । तिनीहरूका वैरीहरूले भने, 'हामी दोषी छैनौं, किनकि तिनीहरूले परमप्रभु, आफ्‍ना साँचो घर, आफ्‍ना पुर्खाहरूको आशाको विरुद्धमा पाप गरे ।'
  • हो 12:8 : 8 एफ्राइमले भन्‍यो, “निश्‍चय नै म धेरै धनी भएको छु । आफ्‍नो निम्ति मैले धनसम्पत्ति पाएको छु । मेरो सबै काममा कुनै अपराध हुने कुरा, पाप हुने कुनै कुरा तिनीहरूले भेट्‍टाउनेछैनन् ।”
  • मीका 3:1-3 : 1 ¶ मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र? 2 तिमीहरू जसले असल कुरालाई घृणा गर्छौ र दुष्‍टलाई रुचाउँछौ, तिमीहरू जसले तिनीहरूका छालालाई काढ्‍दछौ, र तिनीहरूका हड्‍डीबाट मासुलाई अलग गर्दछौ, 3 तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ, र तिनीहरूका छाला काढ्छौ, तिनीहरूका हड्‍डी भाँच्‍छौ, र तिनीहरूलाई भाँडोमा राख्‍ने मासु, र खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा-टुक्रा गर्दछौ ।
  • मीका 3:9-9 : 9 अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्‍ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन । 10 तिमीहरूले सियोनलाई रगतद्धारा र यरूशलेमलाई अधर्मद्धारा निर्माण गर्छौ । 11 तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।” 12 यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।
  • मत्त 21:12-13 : 12 त्यसपछि येशू मन्दिरभित्र प्रवेश गर्नुभयो । उहाँले मन्दिरभित्र खरिद गर्ने र बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो, र पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्‍नेहरूका आसनहरू पल्टाइदिनुभयो । 13 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ,’ तर तिमीहरूले यसलाई डाँकुहरूका अड्‌डा बनाउँछौ ।”
  • मत्त 23:13 : 13 तर धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! तिमीहरू मानिसहरूका सामुन्‍ने स्वर्गको राज्यलाई बन्द गर्दछौ । किनकि तिमीहरू यसमा आफैँ प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ ।
  • यूह 10:1 : 1 ¶ “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जो भेडाको खोरको ढोकाबाट प्रवेश गर्दैन, तर अरू नै मार्गहरूबाट चढ्छ, त्यो मानिस चोर र डाँकु हो ।
  • यूह 10:12-13 : 12 भाडामा लिएको नोकर गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन् । त्यसले ब्वाँसाहरू आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ । अनि ब्‍वाँसाहरूले तिनीहरूलाई पक्रन्छन् र तिनीलाई तितर बितर पार्छन् । 13 त्यो भाडामा लिएको हुनाले भाग्छ र त्यसले भेडाहरूको हेरचाह गर्दैन ।
  • यूह 16:2 : 2 तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन् भनी ठान्‍नेछन् ।
  • १ तिमो 6:5-9 : 5 भ्रष्‍ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद उत्‍पन्‍न गराउँछन् । तिनीहरू सत्यताबाट टाढा जान्‍छन् । तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्‍झन्‍छन । 6 अब सन्तुष्‍टि सहितको भक्ति ठूलो लाभ हो । 7 किनभने हामीले संसारमा केही ल्‍याउनौँ । न त केही लान नै सक्‍ने छौँ । 8 बरू हामीसँग भएको खानेकुरा र कपडाहरूमा सन्तुष्‍ट होऔँ । 9 अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्‍छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् । 10 रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन् ।
  • २ पत्रु 2:3 : 3 लोभको कारण तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निष्क्रिय छैन ।
  • प्रका 18:13 : 13 तेजपात, मसला, धूप, मूर्र, सुगन्धित धूप, दाखमद्य, तेल, मसिनो पिठो, गहुँ, गाई, भेडा, घोडाहरू र रथहरू, र दासहरू र मानव आत्माहरू ।
  • यहे 22:25-27 : 25 गर्जने सिंहले शिकार टुक्र्याएझैं त्‍यसको बिचमा भएका त्‍यसका अगमवक्‍ताहरूले एउटा षड्‌यन्‍त्र रच्छन् । तिनीहरूले मानिसहरूलाई निल्‍छन् र बहुमूल्‍य धन लुट्‌छन् । त्यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन्‌ । 26 त्‍यसका पुजारीहरूले मेरो व्‍यवस्‍था भङ्ग गर्छन्‌ र तिनीहरूले मेरा पवित्र चीजहरू तुच्‍छ ठान्‍छन्‌। तिनीहरूले पवित्र कुरा र तुच्‍छ कुराको बिचमा भिन्‍नता छुट्‍याउँदैनन्, अनि अशुद्ध र शुद्धको बिचको भिन्‍ता सिकाउँदैनन्। तिनीहरूले मेरा शबाथहरूबाट आफ्ना आँखा लुकाउँछन् ताकि तिनीहरूका बिचमा म तच्‍छ भएको छु । 27 त्‍यसभित्र भएका त्‍यसका शासकहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन्‌ । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन्‌ ।
  • यहे 34:2-4 : 2 “ए मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा अगमवाणी गर् । अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर गोठालाहरूलाई यसो भन्‍नुहुन्छ: इस्राएलका गोठालाहरूलाई धिक्‍कार जसले आफ्नै गोठालो गर्छन् । के गोठालाहरूले त बगालको सुरक्षा गर्नुपर्दैन र? 3 तिमीहरू बोसे भागहरू खान्छौ र तिमीहरू ऊनको वस्‍त्र लगाउँछौ । तिमीहरू बगालको मोटा-मोटा पशुलाई मार्छौ । तिमीहरूले गोठालाको काम गर्दै गर्दैनौ । 4 रोगीहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, न त बिरामीहरूलाई तिमीहरूले निको पारेका छौ । भाँचिएकाहरूलाई तिमीहरूले पट्टी बाँधेका छैनौ, र निर्वासितहरूलाई पुनर्स्थापित गरेका छैनौ वा हराएकालाई खोजेका छैनौ । त्‍यसको साटोमा, तिमीहरू तिनीहरूमाथि बल र हिंसामा शासन गर्छौ ।
  • यहे 34:6 : 6 मेरो बगाल सारा पर्वतहरू र सबै अग्ला पहाडहरूमा भट्किन्छन्, र तिनीहरू पृथ्वी सारा सतहभरि नै छरिएका छन् । तापनि कसैले तिनीहरूको खोजी गर्दैन ।
  • यहे 34:10 : 10 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, म गोठालाहरूका विरुद्धमा छु, र म तिनीहरूका हातबाट आफ्नो बगाललाई लिनेछु । त्यसपछि तिनीहरूलाई बगालको सुरक्षा गर्ने कामबाट म हटाउनेछु । ती गोठालाहरूले अब उसो आफ्नै घोठालो पनि गर्नेछैनन् किनभने मैले मेरो बगाललाई म तिनीहरूका मुखबाट खोस्‍नेछु, ताकि मेरो बगाल तिनीहरूका निम्ति फेरि कहिल्यै आहारा हुनेछैनन् ।
  • यहे 34:18-19 : 18 के असल खर्कमा चर्नु पर्याप्‍त छैन र तिमीहरू खर्कमा बाँकी रहेको कुरालाई कुल्चन्छौ, अनि स्वच्छ पानीबाट पिउनु पर्याप्‍त छैन र नदीहरूलाई आफ्ना खुट्टाहरूले तिमीहरू धमिलो बनाउँछौ? 19 के तिमीहरूले आफ्ना खुट्टाहरूले कुल्चेको कुराबाट मेरा भेडाहरूले खानु, र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्छ?
  • यहे 34:21 : 21 किनकि तिमीहरूले तिनीहरूलाई आफ्ना कुइना र कुमले धकेल्छौ, अनि सबै कमजोरहरू देशबाट छरपष्‍ट नभएसम्म तिमीहरूले तिनीहरूलाई आफ्ना सिङ्ले हान्‍छौ ।
  • उत्प 37:26-28 : 26 यहूदाले आफ्ना दाजुभाइहरूलाई भने, “हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा? 27 आओ, त्यसलाई यी इश्माएलीहरूलाई बेचिदिऔँ र त्यसमाथि हात नउठाऔँ । किनकि त्यो हाम्रै रगत, हाम्रै भाइ हो ।” उनका दाजुभाइहरूले उनको कुरा सुने । 28 मिद्यानी व्यापारीहरू त्यहाँबाट भएर गए । योसेफका दाजुहरूले उनलाई माथि उठाए र त्यस खाडलबाट बाहिर निकाले । तिनीहरूले योसेफलाई इश्माएलीहरूका हातमा चाँदीका बिस सिक्‍कामा बेचिदिए । ती इश्माएलीहरूले योसेफलाई मिश्रमा लगे ।
  • व्यव 29:19-21 : 19 त्यस्तो व्यक्तिले यो श्रापका वचनहरू सुन्दा त्यसले आफैलाई आशिष् दिई आफ्नो ह्रदयमा यसो भन्छ, 'म मेरो ह्रदयको हठीपनामा हिँडे तापनि मसित शान्ति हुने छ ।' यसले सुक्खा जमिनसँगै भिजेको जमिनलाई पनि नष्‍ट गर्ने छ । 20 परमप्रभुले त्यसलाई क्षमा दिनुहुने छैन, बरु परमप्रभुको क्रोध र उहाँको डाह त्यो मानिसको विरुद्धमा दन्कने छ अनि यस पुस्तकमा लेखिएका सबै श्राप त्यसमाथि आउने छन् । यसरी परमप्रभुले आकाशमुनिबाट त्यसको नाउँ मेटिदिनुहुने छ । 21 व्यवस्थाको यस पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलका सबै कुलबाट विनाशको निम्ति अलग गर्नुहुने छ ।
  • २ राजा 4:1 : 1 ¶ अगमवक्ताका छोराहरूमध्ये एउटाकी पत्‍नी एलीशाकहाँ रुँदै आएर यसो भनिन्, “मेरा पति तपाईंका दास मर्नुभयो, र तपाईंका दास परमप्रभुदेखि डराउनुहुन्थ्यो भनी तपाईंलाई थाहा छ । अब मेरा दुई छोरालाई कमारा बनाउन लैजानलाई ऋणदाता आएका छन् ।”
  • नहे 5:8 : 8 र तिनीहरूलाई भनेँ, “हामी कुलीनहरूले जाति-जातिहरूकहाँ दासत्वमा बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरी फिर्ता गरेर ल्याएका छौँ, तर तिमीहरू आफ्ना दाजुभाइ तथा दिदी-बहिनीहरू फेरी हामीलाई बेच्छौ!” तिनीहरू स्तब्ध भए र बोल्नलाई कुनै शब्दै भएन ।
  • यिर्मि 2:3 : 3 परमपप्रभुको फसलको अगौटे फल इस्राएललाई उहाँको निम्ति अलग गरियो । अगौटे फलबाट खाने सबै जना दोषी ठहरिए । तिनीहरूमाथि विपत्ति आइपर्‍यो, यो परमप्रभुको घोषणा हो ' ।”
  • यिर्मि 23:1-2 : 1 ¶ यो परमप्रभुको घोषणा हो, “मेरो खर्कका भेडाहरूलाई नष्‍ट गर्ने र छरपष्‍ट पार्ने गोठालाहरूलाई धिक्‍कार!” 2 त्यसकारण आफ्‍ना मानिसका रेखदेख गर्ने गोठालाहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तिमीहरूले मेरो बगाललाई छरपष्‍ट पारेका छौ, र तिनीहरूलाई धपाइदिएका छौ । तिमीहरूले तिनीहरूको वास्ता गरेका छैनौ । त्‍यसैले तिमीहरूले गरेका दुष्‍ट्याइँको लागि मैले तिमीहरूलाई दण्ड दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • जक 11:3-4
    2 पदहरू
    84%

    3गोठालाहरू वेदनामा रुन्छन्, किनभने तिनीहरूको महिमा नष्‍ट पारिएको छ! जवान सिंहहरू गर्जन्छन्, किनकि यर्दन नदीको घमण्ड नष्‍ट पारिएको छ ।

    4परमप्रभु मेरा परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “गोठालाले झैँ काटिनको निम्ति अलग गरिएको बगालको हेरचाह गर्!

  • जक 11:15-17
    3 पदहरू
    79%

    15परमप्रभुले मलाई भन्‍नुभयो, “फेरि, मूर्ख गोठालोको उपकरण तेरो निम्ति ली,

    16किनभने हेर्, म भूमिमा एउटा गोठालो नियुक्त गर्दैछु । त्यसले हराउँदै गरेको भेडाको वास्ता गर्नेछैन । हराएको भेडालाई त्यो खोज्न जानेछैन, न त घाइते भेडालाई निको पार्नेछ । त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन, तर मोटो भेडाको मासु खानेछ र तिनीहरूका खुरलाई च्यात्‍नेछ ।

    17धिक्‍कार, आफ्नो बगाललाई त्याग्‍ने बेकामको गोठालो! त्यसको पाखुरा र दाहिने आँखाको विरुद्ध तरवार चलाइयोस्! त्यसको पाखुरा सुकोस् र त्यसको दाहिने आँखा अन्धो होस्!”

  • 78%

    34हे गोठालाहरू हो, विलाप गर, मदतको लागि कराओ । बगालका अगुवाहरू हो, धुलोमा लडीबडी गर, किनकि तिमीहरूको हत्या गरिने दिन आएको छ । तिमीहरू माटोको भाँडाझैं खस्दा छरपष्‍ट हुनेछौ ।

    35गोठालाहरूका लागि कुनै शरणस्थान छैन । बगालका अगुवाहरूका लागि त्यहाँ भाग्‍ने ठाउँ हुनेछैन ।

    36गोठालाहरूको रुवाइ र बगालका अगुवाहरूको विलाप सुन, किनकि परमप्रभुले तिनीहरूका खर्कहरू नष्‍ट पार्दै हुनुहुन्छ ।

    37त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन् ।

  • जक 11:6-7
    2 पदहरू
    77%

    6किनकि अब म भूमिमा बसोबास गर्नेहरूलाई दया देखाउनेछैनँ! - परमप्रभु घोषणा गर्नुहुन्छ । हेर, म हरेक मानिसलाई त्यसको छिमेकी र त्यसको राजाको हातमा सुम्पन लाग्दै छु, अनि तिनीहरूले भूमिलाई नष्‍ट गर्नेछन् र तिनीहरूका हातबाट म कसैलाई पनि छुटाउनेछैन ।”

    7यसैकारण म काटिनको निम्ति चिन्ह लगाइएको भेडाको बगालको गोठालो बनेँ । मैले दुईवटा लौरो लिएँ: एउटा लौरोलाई मैले “अनुग्रह” नाउँ दिएँ र अर्कोलाई“एकता” नाउँ दिएँ । यसरी मैले बगालको हेरचाह गरेँ ।

  • यहे 34:2-10
    9 पदहरू
    77%

    2“ए मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा अगमवाणी गर् । अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर गोठालाहरूलाई यसो भन्‍नुहुन्छ: इस्राएलका गोठालाहरूलाई धिक्‍कार जसले आफ्नै गोठालो गर्छन् । के गोठालाहरूले त बगालको सुरक्षा गर्नुपर्दैन र?

    3तिमीहरू बोसे भागहरू खान्छौ र तिमीहरू ऊनको वस्‍त्र लगाउँछौ । तिमीहरू बगालको मोटा-मोटा पशुलाई मार्छौ । तिमीहरूले गोठालाको काम गर्दै गर्दैनौ ।

    4रोगीहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, न त बिरामीहरूलाई तिमीहरूले निको पारेका छौ । भाँचिएकाहरूलाई तिमीहरूले पट्टी बाँधेका छैनौ, र निर्वासितहरूलाई पुनर्स्थापित गरेका छैनौ वा हराएकालाई खोजेका छैनौ । त्‍यसको साटोमा, तिमीहरू तिनीहरूमाथि बल र हिंसामा शासन गर्छौ ।

    5तब तिनीहरू गोठालाबिना छरपष्‍ट भएका थिए, र तिनीहरू मैदानका जीवित पशुहरूका निम्ति आहारा बने ।

    6मेरो बगाल सारा पर्वतहरू र सबै अग्ला पहाडहरूमा भट्किन्छन्, र तिनीहरू पृथ्वी सारा सतहभरि नै छरिएका छन् । तापनि कसैले तिनीहरूको खोजी गर्दैन ।

    7यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः

    8यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, किनभने मेरो बागल लुटिएका र मैदानका सबै पशुका आहारा बनेका छन्, किनभने त्यहाँ कोही गोठाला थिएनन् र मेरा गोठालामध्‍ये कसैले पनि मेरो बगालको खोजी गरेनन्, तर ती गोठालाहरूले आफ्नै सुरक्षा गरे र मेरो बगालको सुरक्षा गरेनन् ।

    9यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः

    10परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, म गोठालाहरूका विरुद्धमा छु, र म तिनीहरूका हातबाट आफ्नो बगाललाई लिनेछु । त्यसपछि तिनीहरूलाई बगालको सुरक्षा गर्ने कामबाट म हटाउनेछु । ती गोठालाहरूले अब उसो आफ्नै घोठालो पनि गर्नेछैनन् किनभने मैले मेरो बगाललाई म तिनीहरूका मुखबाट खोस्‍नेछु, ताकि मेरो बगाल तिनीहरूका निम्ति फेरि कहिल्यै आहारा हुनेछैनन् ।

  • यिर्मि 23:1-2
    2 पदहरू
    76%

    1¶ यो परमप्रभुको घोषणा हो, “मेरो खर्कका भेडाहरूलाई नष्‍ट गर्ने र छरपष्‍ट पार्ने गोठालाहरूलाई धिक्‍कार!”

    2त्यसकारण आफ्‍ना मानिसका रेखदेख गर्ने गोठालाहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तिमीहरूले मेरो बगाललाई छरपष्‍ट पारेका छौ, र तिनीहरूलाई धपाइदिएका छौ । तिमीहरूले तिनीहरूको वास्ता गरेका छैनौ । त्‍यसैले तिमीहरूले गरेका दुष्‍ट्याइँको लागि मैले तिमीहरूलाई दण्ड दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो ।

  • 21किनकि गोठालाहरू मूर्ख छन्, र तिनीहरूले परमप्रभुको खोजी गर्दैनन् । त्यसैले तिनीहरूको उन्‍नति भएको छैन, र तिनीहरूका सबै बगाल तितर-बितर भएका छन् ।

  • 11ती कुकुरहरू निकै भोकाएका छन् । तिनीहरू कहिल्यै अघाउँदैनन् । तिनीहरू समझ नबइका गोठालाहरू हुन् । तिनीहरू आ-आफ्नै बाटोमा लागेका छन्, प्रत्‍येक व्‍यक्‍तिले अन्यायपुर्ण लाभको निम्‍ति लालच गर्छ ।

  • 11तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”

  • यिर्मि 50:6-7
    2 पदहरू
    74%

    6मेरा मानिसहरू एउटा हराएको बगाल भएको छ । तिनीहरूका गोठालाहरूले तिनीहरूलाई पहाडहरूमा बरालिदिएका छन् । तिनीहरूले उनीहरूलाई एउटा पहाडदेखि अर्को पडाहमा फर्काएका छन् । तिनीहरू गए, अनि आफू बसेको ठाउँ तिनीहरूले बिर्से ।

    7तिनीहरूकहाँ जाने हरेकले तिनीहरूलाई निले । तिनीहरूका वैरीहरूले भने, 'हामी दोषी छैनौं, किनकि तिनीहरूले परमप्रभु, आफ्‍ना साँचो घर, आफ्‍ना पुर्खाहरूको आशाको विरुद्धमा पाप गरे ।'

  • 12तपाईंले आफ्ना मानिसहरूलाई सित्तैंमा बेच्‍नुभएको छ, यसो गरेर तपाईंले आफ्‍नो सम्पत्ति वृद्धि गर्नुभएको छैन ।

  • 17तब भेडाहरू तिनीहरूका आफ्नै चरणमा झैं चर्नेछन् र भग्‍नावशेषमा थुमाहरू परदेशीझैं चर्नेछन् ।

  • 27त्‍यसभित्र भएका त्‍यसका शासकहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन्‌ । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन्‌ ।

  • 72%

    10धेरै गोठालाहरूले मेरो दाखबारीलाई नष्‍ट पारेका छन् । तिनीहरूले मेरो खेतको भागलाई कुल्चेका छन् । मेरो खुशीको भागलाई उजाड-स्थान, तिनीहरूले निर्जन मरुभूमिमा परिणत गरेका छन् ।

    11तिनीहरूले त्यसलाई उजाड पारेका छन् । म त्यसको निम्ति शोक गर्छु । त्यो उजाड छ । सारा देश उजाड पारिएको छ, किनकि यसलाई हृदयमा लिने कोही छैन ।

  • 28तिनीहरू मोटाएका छन् । तिनीहरू सकुसल चिल्ला भएका छन् । तिनीहरूले दुष्‍टताको सबै सीमा पार गरेका छन् । तिनीहरूले मानिसहरू वा अनाथहरूको भलाइको निम्ति बिन्ती गर्दैनन् । तिनीहरूले खाँचोमा परेकाहरूलाई न्याय नदिए तापनि तिनीहरूको उन्‍नति हुन्‍छ ।

  • 4खाँचोमा परेकाहरूलाई थिचोमिचो गर्नेहरू, र गरीबहरूलाई देशबाट हटाउनेहरू, यो सुन ।

  • 11तँ रमाउँछस् । मेरो उत्तराधिकारको लुटको मालमा तैंले उत्सव मनाउँछस् । खर्कमा नाच्ने बाछोझैं तँ वरिपरि उफ्रन्छस् । शक्तिशाली घोडाझैं तँ हिनहिनाउँछस् ।

  • 1¶ ए बाशानका गाईहरू, यो वचन सुन, तिमीहरू जो सामरियाको पहाडमा बस्‍छौ, तिमीहरू जसले गरिबहरूलाई थिचोमिचो गर्छौ, तिमीहरू जसले दरिद्रहरूलाई कुल्‍चिन्‍छौ, तिमीहरू जसले आफ्ना पतिहरूलाई भन्‍छौ, “हामीलाई मद्य ल्याउनुहोस्” ।

  • 2यस्ता दुष्‍ट मानिसहरू पनि छन् जसले साँध-सिमानाका निसानाहरू हटाउँछन् । यस्ता दुष्‍ट मानिसहरू पनि छन् जसले बगालहरूलाई जबरजस्ती लैजान्‍छन् र तिनलाई आफ्नै खर्कहरूमा राख्छन् ।

  • 2किनकि घरका मूर्तिहरू झुट बोल्छन्, र भविष्य बताउनेहरू झुटा दर्शनहरू देख्‍छन् । तिनीहरू छलपूर्ण सपनाहरू बताउँछन् र व्यर्थका सान्त्वना दिन्छन् ।यसैकारण तिनीहरू भेडाझैँ बरालिन्छन् र गोठालो नभएकोले समस्यामा पर्छन् ।

  • 7“ए तरवार! मेरो गोठालोको विरुद्ध उठ्, जो मेरो नजिक उभिएको छ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । गोठालोलाई प्रहार गर्, र बगाल तितर-बितर हुनेछ! किनभने तल्लो वर्गकाहरूका विरुद्ध म मेरो हात उठाउनेछु ।

  • 11किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ ।

  • 19के तिमीहरूले आफ्ना खुट्टाहरूले कुल्चेको कुराबाट मेरा भेडाहरूले खानु, र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्छ?

  • 2तिनीहरूले खाँचोमा परेकाहरूलाई न्यायबाट वञ्‍चित गर्छन्, मेरा मानिसका गरिबहरूलाई तिनीहरूका अधिकारहरू लूट्छन्, विधवालाई लूट्छन् र अनाथहरूलाई आफ्नो शिकार बनाउँछन् ।

  • 22म आफ्‍नो बगाललाई बचाउनेछु, र तिनीहरू फेरि लुटिनेछैनन् अनि एउटा भेडा र अर्कोको बिचमा म न्याय गर्नेछु!

  • 5यो परमप्रभुको घोषणा हो, मेरा मानिसहरू सित्तैंमा लगिएको देख्‍दा, अब मसँग यहाँ के छ र? यो परमप्रभुको घोषणा हो, तिनीहरूमाथि शासन गर्नेहरूले तिनीहरूलाई खिसी गर्छन् र दिनभरि मेरो नाउँको निरन्तर निन्दा हुन्छ ।

  • 19मर्नु नपर्ने मानिसहरूलाई मार्नलाई र बाँच्न नपर्नेहरूको जीवन बचाउनलाई तिमीहरूका कुरा सुन्‍ने मेरा मानिसहरूलाई झुटा कुरा गरेर र आफ्ना दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्‍ति मेरो मानिसहरूका बिचमा तिमीहरूले मलाई बिटुलो पार्‍यौ ।

  • 18पशुहरू कसरी विलाप् गर्छन्! पाल्‍तु पशुका बथानहरूले कष्‍ट भोग्‍दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन । साथै, भेडाका बगालहरू पनि कष्‍ट भोग्‍दैछन् ।

  • 4त्‍यसपछि म तिनीहरूको रेखदेख गर्ने गोठालाहरू खडा गर्नेछु जसले तिनीहरूलाई गोठाला गर्नेछन्, यसरी तिनीहरू फेरि डराउने वा छरपष्‍ट हुनेछैनन् । तिनीहरूमध्ये कोही पनि हराउनेछैनन्, यो परमप्रभुको घोषणा हो ।

  • 9अनि मैले मालिकहरूलाई भनेँ, “म अब तिमीहरूका निम्ति गोठालोको रूपमा काम गर्नेछैनँ । मर्न लागेका भेडाहरू मरून्, नष्‍ट भइरहेका भेडाहरूलाई नष्‍ट हुनदेऊ । बाँकी रहेको भेडोलेचाहिँ आफ्नो छिमेकीको मासु खाओस् ।”

  • 10त्यसैले म तिनीहरूका पत्‍नीहरू अरूलाई दिनेछु, र तिनीहरूका खेतबारी अधिकार गर्नेहरूलाई म ति दिनेछु, किनकि सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी छन् । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।

  • 15तिमीहरूले मेरा मानिसहरूलाई किन कुल्चन्छौ र गरिबहरूको अनुहारहरू किन पिस्‍छौ?” यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।