यिर्मिया 25:34

अनलक शाब्दिक बाइबल

हे गोठालाहरू हो, विलाप गर, मदतको लागि कराओ । बगालका अगुवाहरू हो, धुलोमा लडीबडी गर, किनकि तिमीहरूको हत्या गरिने दिन आएको छ । तिमीहरू माटोको भाँडाझैं खस्दा छरपष्‍ट हुनेछौ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 6:26 : 26 हे मेरा मानिसकी छोरी, भाङ्ग्रा लगा र खरानीमा लडीबडी हो । एक मात्र छोरोको लागि विलाप गरेझैं शुँक-शुँक गरेर शोक गर, किनकि विनाशक हामीमाथि अकस्मात् आउनेछ ।
  • यिर्मि 19:10-12 : 10 “तब तँसगै गएका मानिसहरूका आँखाकै सामु तैंले त्यो माटोको भाँडा फुटाइदे । 11 तैंले तिनीहरूलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः जसरी यो माटोको भाँडो फेरि मर्मत हुनै नसक्‍ने गरी यर्मियाले फुटाएको छ, त्यसरी नै म यी मानिस र यस सहरलाई गर्नेछु, यो परमप्रभुको घोषणा हो । अरू बढी लासहरू गाड्ने ठाउँ नभएसम्म नै मानिसहरूले तोपेतमा लासहरू गाड्नेछन् । 12 मैले यो सहरलाई तोपेतजस्तै बनाउँदा यो ठाउँ र यसका बासिन्दालाई म यसै गर्नेछु, यो परमप्रभुको घोषणा हो,
  • यिर्मि 22:28 : 28 के यो तिरस्कृत र टुक्रटुक्रा भएको भाँडो हो? के यो मानिस यहोयाकीन एउटा त्‍यस्‍तो भाँडो हो जसले कसैलाई खुसी पार्दैन? ऊ र उसका सन्तानहरूलाई किन तिनीहरूले बाहिर फालेका छन् र तिनीहरूले नचिनेका देशमा तिनीहरूलाई पठाएका छन्?
  • यिर्मि 25:12 : 12 तब सत्तरी वर्ष पुरा भएपछि म बेबिलोनका राजा, र त्यो जाति र कल्दीहरूको देशलाई तिनीहरूको अधर्मको कारण दण्ड दिनेछु र त्‍यसलाई अनन्तको उजाड पार्नेछु, यो परमप्रभुको घोषण हो ।
  • यिर्मि 25:23 : 23 ददान, तेमा र बूज, तिनीहरूका शिरका किनाराहरूमा कपाल काट्नेहरू सबैले यसलाई पिउनुपर्‍यो ।
  • यिर्मि 25:36 : 36 गोठालाहरूको रुवाइ र बगालका अगुवाहरूको विलाप सुन, किनकि परमप्रभुले तिनीहरूका खर्कहरू नष्‍ट पार्दै हुनुहुन्छ ।
  • यिर्मि 27:7 : 7 किनकि उसको देशको निम्‍ति समय नआएसम्म सबै जातिले ऊ, उसको छोरो र उसको नातिको सेवा गर्नेछन् । त्यसपछि धेरै जातिहरू र महान् राजाहरूले त्यसलाई अधीन गर्नेछन् ।
  • यिर्मि 48:26 : 26 त्यसलाई मत्त्याओ, किनकि त्यो परमप्रभुको विरुद्धमा अहङ्कारी भयो । मोआब आफ्नै बान्तामा लडीबडी खेलोस्, र त्यो हाँसोको पात्र बनोस् ।
  • यिर्मि 50:27 : 27 त्यसका सबै साँढेहरूलाई मार । तिनीहरूलाई काटिने ठाउँमा पठाओ । तिनीहरूलाई धिक्‍का छ! किनकि तिनीहरूका दिन— तिनीहरूका दण्डको समय आएको छ ।
  • यिर्मि 51:20-26 : 20 तँ मेरो युद्धको घन, युद्धको लागि मेरो हतियार हो । तँद्वारा नै म जातिहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र राज्यहरूलाई नष्‍ट पार्नेछु । 21 तँद्वारा नै म घोडाहरू र तिनमा सवार हुनेहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म रथहरू र सारथीहरूलाई टुक्रा-टुक्रा पार्नेछु । 22 तँद्वारा नै म हरेक पुरुष र स्‍त्रीलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म पाकाहरू र बालबालिकालाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म युवाहरू र कन्या केटीहरूलाई टुक्रा-टुक्रा पार्नेछु । 23 तँद्वारा नै म गोठालाहरू र तिनीहरूका बगालहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म जोत्‍ने मानिसहरू र तिनीहरूको समूहलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म गभर्नरहरू र अधिकारीहरूलाई टुक्रा-टुक्रा पार्नेछु । 24 तैंले देख्‍ने गरी म बेबिलोन र कल्दीका सबै बासिन्दालाई बदला लिनेछु, किनकि तिनीहरूले सियोनमा सारा किसिमका दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो । 25 ए विनाशको पहाड, म तेरो विरुद्धमा छु जसले सारा पृथ्वीलाई नष्‍ट पार्छ, यो परमप्रभुको घोषणा हो । तेरो विरुद्धमा म आफ्‍नो हात पसार्नेछु, र तँलाई भिरबाट तल खसाल्‍नेछु, र तँलाई डढेलो लागेको पहाड तुल्याउनेछु । 26 त्यसैले तिनीहरूले भवनको कुने-ढुङ्गो वा जग बसाल्न तँबाट कुनै कुनै ढुङ्गा लिनेछैनन् । किनकि तँ सदाको निम्ति सर्वानाश हुनेछस्, यो परमप्रभुको घोषणा हो ।
  • विलाप 4:21 : 21 हे ऊज देशमा बस्‍ने एदोमकी छोरी, रमा, र खुसी हो । तर तँलाई त्यो कचौरा पनि दिइने छ । तँ मात्‍नेछेस्, र नाङ्गो पारिने छेस् ।
  • यहे 27:30-31 : 30 तब तिनीहरूले आफ्‍ना सोर तँलाई सुनाउनेछन् र ठुलो स्‍वरले विलाप गर्नेछन्‌ । तिनीहरूले आफ्‍ना टाउकोमा धुलो हाल्‍नेछन् । तिनीहरू खरानीमा लडीबडी गर्नेछन्‌ । 31 तिनीहरूले तेरो लागि आफ्‍नो कपाल मुण्‍डन गर्नेछन्, र आफूमा भाङ्‌ग्रा बाँध्‍नेछन्, अनि तँलाई हेरेर तिनीहरू धुरुधुरु रुनेछन् र तिनीहरू कराउनेछन्‌ ।
  • यहे 34:16-17 : 16 म हराएकाहरूलाई खोज्नेछु र निर्वासितहरूलाई पुनर्स्थापित गर्नेछु । भाँचिएका भेडालाई पट्टी बाँध्‍नेछु र बिरामी भेडालाई निको पार्नेछु तर मोटा र बलियालाई म नष्‍ट गर्नेछु । म न्यायको साथमा गोठालोको काम गर्नेछु । 17 यसैले, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, अब ए मेरा बगाल, हेर, भेडा-भेडाको बिचमा, र भेडा र बोकाको बिचमा म एक जना न्यायकर्ता हुनेछु ।
  • यहे 34:20 : 20 यसकारण, परमप्रभु परमेश्‍वर तिनीहरूलाई यसो भन्‍नुहुन्छ: हेर, मोटा र दुब्‍ला भेडाहरूका बिचमा म आफैंले न्याय गर्नेछु,
  • दानी 11:8 : 8 उनले तिनीहरूका देवताहरू र तिनीहरूका ढलौटे फलामका मूर्तिहरू र सुन र चाँदीका बहुमुल्य भाँडाहरू मिश्रदेशमा लानेछन् । केही वर्षसम्‍म उनी उत्तरका राजाबाट टाढा रहनेछन् ।
  • आमो 5:11 : 11 किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्‍छौ र ऊबाट गहुँको भाग लिन्‍छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्‍नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ ।
  • याक 5:1-2 : 1 ¶ अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आउन लागेका कष्‍टहरूको कारण रोओ र विलाप गर । 2 तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् ।
  • २ इति 36:10 : 10 बसन्त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्दिरका मूल्यवान सामानहरूको साथमा तिनलाई बेबिलोनमा ल्याए, र तिनका आफन्त सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए ।
  • भजन 2:9 : 9 तिमीले तिनीहरूलाई फलामे डन्डाले तोड्नेछौ । कुमाले भाँडोझैं तिमीले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ ।”
  • यशा 2:16 : 16 र तर्शीशका सबै पानी जहाजका विरुद्धमा र सबै सुन्दर जहाजका विरुद्धमा हुनेछ ।
  • यशा 10:12 : 12 जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।
  • यशा 30:14 : 14 कुमालेको भाडा फुटेझैं उहाँले त्‍यसलाई फुटाउनुहुनेछ । उहाँले त्‍यसलाई छोड्नु हुनेछैन, ताकि त्यहाँ त्‍यसका टुक्रामध्येबाट चुल्होबाट आगो निकाल्ने वा इनारबाट पानी उबाउने टुक्रा पाइनेछैन ।
  • यशा 33:1 : 1 ¶ विनाश नभएको विनाश पार्ने तँलाई धिक्‍कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्‍कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।
  • यशा 34:6 : 6 परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ । किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठुलो संहार छ ।
  • यिर्मि 3:19 : 19 मेरो बारेमा मैले भनें, 'मेरो छोरोको रूपमा म तिमीहरूलाई व्यवहार गर्न र तिमीहरूलाई मनमोहक देश दिन चाहन्छु । यो पैतृक-सम्पत्ति अन्य कुनै पनि जातिसित भएको भन्दा सुन्दर छ । मैले भन्‍ने थिएँ, ‘तिमीहरूले मलाई बोलाउनेछौ, 'हे मेरा पिता' । तिमीहरू मलाई पछ्याउनदेखि तर्कनेथिएनौ भनी मैले भन्‍ने थिएँ ।
  • यिर्मि 4:8-9 : 8 यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन । 9 यो परमप्रभुको घोषणा हो, “त्यस दिन राजा र तिनका अधिकारीहरूका हृदय काम्नेछन् । पुजारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू त्रसित हुनेछन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 87%

    35गोठालाहरूका लागि कुनै शरणस्थान छैन । बगालका अगुवाहरूका लागि त्यहाँ भाग्‍ने ठाउँ हुनेछैन ।

    36गोठालाहरूको रुवाइ र बगालका अगुवाहरूको विलाप सुन, किनकि परमप्रभुले तिनीहरूका खर्कहरू नष्‍ट पार्दै हुनुहुन्छ ।

    37त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन् ।

  • 33तब त्यस दिन परमप्रभुद्वारा मारिएकाहरू पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म हुनेछन् । तिनीहरूका निम्ति शोक गरिने, जम्मा गरने र गाडिनेछैन । तिनीहरू भुइँमा मलजस्तै हुनेछन् ।

  • यहे 34:1-10
    10 पदहरू
    79%

    1¶ तब परमप्रभुको वचन यसो भेनर मकहाँ आयो,

    2“ए मानिसको छोरा, इस्राएलका गोठालाहरूका विरुद्धमा अगमवाणी गर् । अगमवाणी गर् र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर गोठालाहरूलाई यसो भन्‍नुहुन्छ: इस्राएलका गोठालाहरूलाई धिक्‍कार जसले आफ्नै गोठालो गर्छन् । के गोठालाहरूले त बगालको सुरक्षा गर्नुपर्दैन र?

    3तिमीहरू बोसे भागहरू खान्छौ र तिमीहरू ऊनको वस्‍त्र लगाउँछौ । तिमीहरू बगालको मोटा-मोटा पशुलाई मार्छौ । तिमीहरूले गोठालाको काम गर्दै गर्दैनौ ।

    4रोगीहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, न त बिरामीहरूलाई तिमीहरूले निको पारेका छौ । भाँचिएकाहरूलाई तिमीहरूले पट्टी बाँधेका छैनौ, र निर्वासितहरूलाई पुनर्स्थापित गरेका छैनौ वा हराएकालाई खोजेका छैनौ । त्‍यसको साटोमा, तिमीहरू तिनीहरूमाथि बल र हिंसामा शासन गर्छौ ।

    5तब तिनीहरू गोठालाबिना छरपष्‍ट भएका थिए, र तिनीहरू मैदानका जीवित पशुहरूका निम्ति आहारा बने ।

    6मेरो बगाल सारा पर्वतहरू र सबै अग्ला पहाडहरूमा भट्किन्छन्, र तिनीहरू पृथ्वी सारा सतहभरि नै छरिएका छन् । तापनि कसैले तिनीहरूको खोजी गर्दैन ।

    7यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः

    8यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, किनभने मेरो बागल लुटिएका र मैदानका सबै पशुका आहारा बनेका छन्, किनभने त्यहाँ कोही गोठाला थिएनन् र मेरा गोठालामध्‍ये कसैले पनि मेरो बगालको खोजी गरेनन्, तर ती गोठालाहरूले आफ्नै सुरक्षा गरे र मेरो बगालको सुरक्षा गरेनन् ।

    9यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः

    10परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर, म गोठालाहरूका विरुद्धमा छु, र म तिनीहरूका हातबाट आफ्नो बगाललाई लिनेछु । त्यसपछि तिनीहरूलाई बगालको सुरक्षा गर्ने कामबाट म हटाउनेछु । ती गोठालाहरूले अब उसो आफ्नै घोठालो पनि गर्नेछैनन् किनभने मैले मेरो बगाललाई म तिनीहरूका मुखबाट खोस्‍नेछु, ताकि मेरो बगाल तिनीहरूका निम्ति फेरि कहिल्यै आहारा हुनेछैनन् ।

  • जक 11:2-5
    4 पदहरू
    78%

    2ए सल्लोको रूख, विलाप गर्, किनकि देवदारुका रूखहरू ढलेका छन्! सुन्दर र महान् भनिएका कुराहरू ध्वस्त भएका छन्! ए बाशानका फलाँटका रूखहरू, विलाप गर, किनभने त्यो ठुलो जङ्गल सखाप भएको छ ।

    3गोठालाहरू वेदनामा रुन्छन्, किनभने तिनीहरूको महिमा नष्‍ट पारिएको छ! जवान सिंहहरू गर्जन्छन्, किनकि यर्दन नदीको घमण्ड नष्‍ट पारिएको छ ।

    4परमप्रभु मेरा परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “गोठालाले झैँ काटिनको निम्ति अलग गरिएको बगालको हेरचाह गर्!

    5ती किन्‍नेहरूले तिनीहरूलाई काट्छन् र तिनीहरूलाई सजाय दिइँदैन, र तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘परमप्रभुको प्रशंसा होस्! म धनी भएको छु!’ किनकि बगालका मालिकहरूका निम्ति काम गर्ने गोठालाहरूले तिनीहरूमाथि दया देखाएनन् ।

  • यिर्मि 23:1-2
    2 पदहरू
    78%

    1¶ यो परमप्रभुको घोषणा हो, “मेरो खर्कका भेडाहरूलाई नष्‍ट गर्ने र छरपष्‍ट पार्ने गोठालाहरूलाई धिक्‍कार!”

    2त्यसकारण आफ्‍ना मानिसका रेखदेख गर्ने गोठालाहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तिमीहरूले मेरो बगाललाई छरपष्‍ट पारेका छौ, र तिनीहरूलाई धपाइदिएका छौ । तिमीहरूले तिनीहरूको वास्ता गरेका छैनौ । त्‍यसैले तिमीहरूले गरेका दुष्‍ट्याइँको लागि मैले तिमीहरूलाई दण्ड दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो ।

  • जक 11:16-17
    2 पदहरू
    77%

    16किनभने हेर्, म भूमिमा एउटा गोठालो नियुक्त गर्दैछु । त्यसले हराउँदै गरेको भेडाको वास्ता गर्नेछैन । हराएको भेडालाई त्यो खोज्न जानेछैन, न त घाइते भेडालाई निको पार्नेछ । त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन, तर मोटो भेडाको मासु खानेछ र तिनीहरूका खुरलाई च्यात्‍नेछ ।

    17धिक्‍कार, आफ्नो बगाललाई त्याग्‍ने बेकामको गोठालो! त्यसको पाखुरा र दाहिने आँखाको विरुद्ध तरवार चलाइयोस्! त्यसको पाखुरा सुकोस् र त्यसको दाहिने आँखा अन्धो होस्!”

  • 27त्यसका सबै साँढेहरूलाई मार । तिनीहरूलाई काटिने ठाउँमा पठाओ । तिनीहरूलाई धिक्‍का छ! किनकि तिनीहरूका दिन— तिनीहरूका दण्डको समय आएको छ ।

  • 21किनकि गोठालाहरू मूर्ख छन्, र तिनीहरूले परमप्रभुको खोजी गर्दैनन् । त्यसैले तिनीहरूको उन्‍नति भएको छैन, र तिनीहरूका सबै बगाल तितर-बितर भएका छन् ।

  • 18अश्शूरको राजा, तेरा गोठालाहरू सुतेका छन्, तेरा शासकहरू विश्राम गर्दै पल्टेका छन् । तेरा मानिसहरू पर्वतहरूमा छरिएका छन्, र तिनीहरूलाई त्यहाँ भेला गर्ने कोही छैन ।

  • 7“ए तरवार! मेरो गोठालोको विरुद्ध उठ्, जो मेरो नजिक उभिएको छ, सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । गोठालोलाई प्रहार गर्, र बगाल तितर-बितर हुनेछ! किनभने तल्लो वर्गकाहरूका विरुद्ध म मेरो हात उठाउनेछु ।

  • 30तब तिनीहरूले आफ्‍ना सोर तँलाई सुनाउनेछन् र ठुलो स्‍वरले विलाप गर्नेछन्‌ । तिनीहरूले आफ्‍ना टाउकोमा धुलो हाल्‍नेछन् । तिनीहरू खरानीमा लडीबडी गर्नेछन्‌ ।

  • 19के तिमीहरूले आफ्ना खुट्टाहरूले कुल्चेको कुराबाट मेरा भेडाहरूले खानु, र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्छ?

  • 11ए बजारहरूमा बस्‍नेहरू, रोओ, किनभने सबै व्यापारीहरू तहस-नहस हुनेछन्, र चाँदीका व्यापारीहरू सखाप पारिनेछन् ।

  • 18पशुहरू कसरी विलाप् गर्छन्! पाल्‍तु पशुका बथानहरूले कष्‍ट भोग्‍दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन । साथै, भेडाका बगालहरू पनि कष्‍ट भोग्‍दैछन् ।

  • 22बतासले तेरा सबै गोठालालाई उडाएर लैजानेछ, र तेरा मित्रहरू निर्वासनमा लगिनेछन् । तब तेरा सबै दुष्‍ट कामद्वारा तँ निश्‍चय नै लज्‍जित हुनेछस्, र अपमानित हुनेछस् ।

  • 21किनकि तिमीहरूले तिनीहरूलाई आफ्ना कुइना र कुमले धकेल्छौ, अनि सबै कमजोरहरू देशबाट छरपष्‍ट नभएसम्म तिमीहरूले तिनीहरूलाई आफ्ना सिङ्ले हान्‍छौ ।

  • 45त्यसैले परमप्रभुले बेबिलोनको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, कल्दीहरूको देशको विरुद्धमा उहाँले रच्नुभएका योजनाहरू सुन । निश्‍चय नै स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।

  • 20आफ्ना आँखा उठाओ र उत्तरबाट आइरहेकाहरूलाई हेर् । उहाँले तँलाई दिनुभएको बगाल, तेरो लागि साह्रै सुन्दर बगाल कहाँ छ?

  • 11तँ रमाउँछस् । मेरो उत्तराधिकारको लुटको मालमा तैंले उत्सव मनाउँछस् । खर्कमा नाच्ने बाछोझैं तँ वरिपरि उफ्रन्छस् । शक्तिशाली घोडाझैं तँ हिनहिनाउँछस् ।

  • 14लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्‍नेछ ।

  • 16यसकारण, परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “सबै चोकहरूमा रुवाबासी हुनेछ, र तिनीहरूले सबै सडकहरूमा यस्तो भन्‍नेछन्, ‘धिक्‍कार! धिक्‍कार!’ तिनीहरूले किसानहरूलाई विलाप गर्न र मलामीहरूलाई शोक गर्न बोलाउनेछन् ।

  • 12त्यस दिन परमप्रभु सर्वशक्तिमान् परमप्रभुले रुन, विलाप गर्न, कपाल खौरन र भाङ्ग्रा लगाउनलाई बोलाउनुभयो ।

  • 10म शोकको गीत गाउनेछु, र पहाडहरूका निम्ति विलाप गर्नेछु, र खर्कहरूका निम्ति मृत्‍यु संस्‍कारको गीत गाइनेछ । किनकि ती जलाइएका छन्, यसैले कोही पनि त्यसबाट जान सक्दैन । तिनीहरूले कुनै पनि गाईवस्तुको आवाज सुन्‍नेछैनन् । आकाशका चराहरू र पशुहरू सबै भागेर गएका छन् ।

  • 23तँद्वारा नै म गोठालाहरू र तिनीहरूका बगालहरूलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म जोत्‍ने मानिसहरू र तिनीहरूको समूहलाई टुक्रा-टुक्रा पार्नेछु । तँद्वारा नै म गभर्नरहरू र अधिकारीहरूलाई टुक्रा-टुक्रा पार्नेछु ।

  • 40म तिनीहरूलाई मारिनलाई लगिएका थुमाहरू, बोकाहरूसँगै भेडाहरूझैं तल पठाउनेछु ।

  • 4त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्‍ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’”

  • 12जसरी गोठाला आफ्नो छरपष्‍ट भएको बगालको बिचमा भएको दिनमा उसले आफ्‍नो बगलाको खोजी गर्छ । त्‍यसरी नै म आफ्‍नो बगालको खोजी गर्नेछु, अनि बादल र अन्धकारको दिनमा तिनीहरू छरपष्‍ट भएका सबै ठाउँबाट म तिनीहरूलाई बचाउनेछु ।

  • 4'तिनीहरू रोग लागेरले मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्त्य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।'

  • 11ए किसानहरू हो, लज्‍जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्‍ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् ।

  • 31ए ढोका करा । ए सहर चिच्या । हे पलिश्‍ती, तिमीहरू सबै पग्‍लेर हराउनेछौ । किनकि उत्तरबाट धूँवाको बादल आउँछ र त्यसको पङ्तिमा धरमराउने कोही छैन ।

  • 6डाँको छोडेर रोओ, किनकि परमप्रभुको दिन नजिकै छ । यो सर्वशक्तिमान्‌बाट विनाशसँगै आउँछ ।

  • 10किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्‍थानझैं उजाड पारिएको र त्‍यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्‍यसको हाँगाहरू खान्छ ।

  • 17यसैले, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, अब ए मेरा बगाल, हेर, भेडा-भेडाको बिचमा, र भेडा र बोकाको बिचमा म एक जना न्यायकर्ता हुनेछु ।

  • 12यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।