यिर्मिया 16:4

अनलक शाब्दिक बाइबल

'तिनीहरू रोग लागेरले मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्त्य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 25:33 : 33 तब त्यस दिन परमप्रभुद्वारा मारिएकाहरू पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म हुनेछन् । तिनीहरूका निम्ति शोक गरिने, जम्मा गरने र गाडिनेछैन । तिनीहरू भुइँमा मलजस्तै हुनेछन् ।
  • यिर्मि 9:22 : 22 यसो भन, “यो परमप्रभुको घोषणा हो, मानिसहरूका लाशहरू खेतबारीका मलझैं र बाली काट्नेहरूले छाडेका सिलाबालाझैं छोडिनेछन्, र ति जम्मा गर्ने कोही हुनेछैन ।”
  • भजन 83:10 : 10 तिनीहरू एन्दोरमा नष्‍ट भए र पृथ्वीको निम्ति मलजस्तै भए ।
  • यिर्मि 34:20 : 20 म तिनीहरूलाई तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा दिनेछु । तिनीहरूका लाश आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहारा हुनेछन् ।
  • सप 1:17 : 17 किनभने म मानवजातिमाथि संकट ल्याउनेछु, अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन् । तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन् ।
  • यिर्मि 15:2-3 : 2 यस्‍तो हुनेछ, तिनीहरूले तँलाई यसो भन्‍नेछन्, 'हामी कहाँ जाने?' तब तैंले तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मृत्युको निम्ति साँचिएकाहरू मृत्युमा जानुपर्छ । तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ । अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ, र निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ ।' 3 म तिनीहरूलाई चारवटा समूहमा विभाजन गर्नेछु, यो परमप्रभुको घोषणा हो— केहीलाई मार्न तरवारलाई, केहीलाई घिसार्न कुकुरहरूलाई, केहीलाई स्वाहा पार्न र नष्‍ट पार्नलाई आकाशका चराहरू र जमिनका पशुहरूलाई ।
  • भजन 79:2-3 : 2 तपाईंका सेवकहरूका लासहरू तिनीहरूले आकाशका चराहरूका खानाको रूपमा, तपाईंका विश्‍वासयोग्य मानिसहरूका शरीरहरूलाई पृथ्वीका जङ्गली पशुहरूलाई दिएका छन् । 3 तिनीहरूले यरूशलेमको चारैतिर उनीहरूका रगत पानीझैं बगाएका छन् र तिनीहरूको दफन गर्ने त्‍यहाँ कोही भएन ।
  • यिर्मि 22:18-19 : 18 त्यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छः 'हाय, मेरा दाजु! हाय मेरी बहिनी!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् । 'हाय, मेरा मालिक! हाय, उहाँको गौरव!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् । 19 त्यसलाई एउटा गधालाई गाडेझैं घिसारेर टाढा लगिन्‍छ र यरूशलेमका ढोकाहरूको बाहिर फ्याँकिनेछ ।
  • यशा 18:6 : 6 डाँडाका चराहरू र पृथ्वीका जनावरहरूका निम्ति ती छोडिनेछन् । चराहरूले ग्रीष्मको समय तिनीहरूमा बिताउनेछन् र पृथ्वीका सबै जनावरहरूले तिनीहरूमा हिउँद बिताउनेछन् ।”
  • यिर्मि 7:33 : 33 यो जातिका लाशहरू आकाशका चराहरू र जङ्गली जनावरहरूका लागि आहारा हुनेछन्, र तिनीहरूलाई तर्साएर लखेट्ने कोही पनि हुनेछैन ।
  • यिर्मि 8:1-3 : 1 ¶ “यो परमप्रभुको घोषणा हो, त्यस बेला तिनीहरूले चिहानहरूबाट यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका बासिन्दाहरूका हड्‍डीहरू निकाल्नेछन् । 2 त्यसपछि तिनीहरूले सूर्य, चन्द्रमा र आकाशका सबै ताराको प्रकाशमा तिनलाई फैलाउनेछन् । तिनीहरूले आकाशका यी कुराहरूलाई पछ्याएका छन्, सेवा गरेका छन्, तिनको खोजी गरेका छन् र पुजा गरेका छन् । हड्‍डीहरू फेरि जम्मा गरिने र गाडिने छैनन् । ती जमिनको सतहमा मलझैं परिरहनेछन् । 3 हरेक बाँकी रहेको ठाउँ जहाँ मैले तनीहरूलाई धपाएको छु, त्यहाँ तिनीहरूले आफ्‍नो निम्‍ति जीवनको साटो मृत्यु रोज्नेछन्, यो सर्वशक्तिमान् परमप्रभुको घोषण हो ।
  • यशा 5:25 : 25 यसकारण परमप्रभुको रिस उहाँका मानिसहरूका विरुद्ध दन्किएको छ । उहाँले आफ्नो हात तिनीहरूका विरुद्धमा पसार्नुभएको छ र तिनीहरूलाई दण्ड दिनुभएको छ । पहडाहरू काँप्छन् र तिनीहरूका लाशहरू गल्‍लीहरूमा फोहोर झैं छन् । यी सबै कुरामा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएको छ ।
  • १ राजा 14:10-11 : 10 त्यसकारण हेर्, म तेरो परिवारमा विपत्ति ल्याउने छु । चाहे कमारा होस् या फुक्का, म इस्राएलको हरेक पुरुष बालकलाई खतम पारिदिने छु, र तेरो घरानालाई गोबर जलाएझैँ पूर्ण रूपमा हटाइदिने छु । 11 तेरो घरानाको हरेक व्यक्ति जो यस सहरमा मर्छ, त्यसलाई कुकुरहरूले खाने छन्, अनि खेतमा मर्ने जोसुकैलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् किनकि म परमप्रभुले यसो भनेको छु ।'
  • १ राजा 21:23-24 : 23 परमप्रभुले ईजेबेलको सम्बन्धमा पनि यसो भन्नुभएको छ, 'यिजरेलको पर्खालको छेउमा नै कुकुरहरूले ईजेबेललाई खाने छन् ।' 24 आहाबको घरानामा भएको हरेक जो सहरमा मर्छ त्यसलाई कुकुरहरूले खाने छन्, र मैदानमा मर्ने हरेकलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।”
  • २ राजा 9:10 : 10 ईजेबेललाई यिजरेलमा कुकुरहरूले खानेछन्, र त्यसलाई गाड्ने कोही हुनेछैन' ।” तब अगमवक्ताले ढोका खोले र भागे ।
  • २ राजा 9:36-37 : 36 त्‍यसैले तिनीहरू आएर येहूलाई बताए । तिनले भने, “आफ्ना सेवक तिश्बी एलियाद्वारा परमप्रभुले बोल्नुभएको वचन यही हो, 'यिजरेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछन्, 37 र ईजेबेलको लाश यिजरेलका खेतहरूमा मलझैँ हुनेछ ताकि कसैले यस्तो भन्‍न नसकोस्, 'यो ईजेबेल हो' ।”
  • भजन 78:64 : 64 तिनीहरूका पुजारीहरू तरवारले ढले र तिनीहरूका विधवाहरू रुन सकेनन् ।
  • यिर्मि 34:17 : 17 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, 'तिमीहरू आफूले पनि मेरो कुरा सुनेका छैनौ । तिमीहरू हरेकले आफ्ना दाजुभाइ र इस्राएली बन्‍धुलाई स्वतन्त्रताको घोषणा गर्नुपर्थ्यो । त्यसैले हेर्, अब मैले तिमीहरूका निम्ति स्वतन्त्रताको घोषणा गर्नै लागेको छु, यो परमप्रभुको घोषणा हो । तिमीहरूलाई तरवार, विपत्ति र अनिकालबाट मर्ने स्वतन्त्रताको घोषणा गर्दैछु, किनकि म तिमीहरूलाई पृथ्वीका हरेक राज्यको दृष्‍टिमा घिनलाग्दो पात्र बनाउनेछु ।
  • यिर्मि 16:5-7 : 5 किनकि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “शोक भएको घरमा प्रवेश नगर् । तिनीहरूका निम्‍ति शोक गर्न वा सहानुभूति देखाउन नजा, किनकि यी मानिसबाट मैले आफ्‍नो शान्ति, मेरो अचुक प्रमे र कृपा लिएर गएको छु, यो परमप्रभुको घोषणा हो । 6 यस देशमा साना र ठुला दुवै मर्नेछन् । तिनीहरूलाई गाडिनेछैन, र कसैले पनि तिनीहरूको निम्ति शोक गर्ने वा आफूलाई काट्ने वा आफ्ना कपाल खौरनेछैन । 7 मृत्युको कारणले तिनीहरूलाई सान्त्वना दिन शोकमा कसैले पनि खानेकुरा नबाँडोस्, र तिनीहरूलाई सान्त्वना दिन कसैले पनि त्यसका बाबु वा त्यसकी आमालाई सान्त्वनाको कचौरा नदेओस् ।
  • यिर्मि 14:15-16 : 15 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले नपठाएका अगमवक्ताहरू जसले मेरो नाउँमा अगमवाणी बोल्छन्, जसले यस देशमा कुनै तरवार वा अनिकाल पर्नेछैन भन्छन्, यी अगमवक्ताहरू तरवार र अनिकालले नष्‍ट पारिनेछन् । 16 त्यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले, तिनीहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्, किनकि त्यहाँ तिनीहरू, तिनीहरूका पत्‍नीहरू, छोराछोरीलाई गाड्ने कोही हुने छैनन्, किनकि म तिनीहरूका दुष्‍टता तिनीहरूमाथि नै खन्याउनेछु ।
  • प्रका 19:17-18 : 17 मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्‍वरको ठुलो भोजका निम्ति भेला होओ । 18 तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्‍तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्‍तिशाली सबैका मासु खानेछौ ।”
  • यिर्मि 36:30 : 30 त्यसकारण यहूदाका राजा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छः तेरो कुनै पनि सन्तान कहिल्यै पनि दाऊदको सिंहासनमा बस्‍नेछैन । तेरो विषयमाचाहिं, तेरो लाश दिउँसोको घाममा र रातीको शीतमा लडिरहने छ ।
  • यिर्मि 44:12 : 12 किनकि मिश्रदेशमा बस्‍न जाने निधो गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्‍ट पार्नेछु । तिनीहरू सबै मिश्रदेशमा नष्‍ट होऊन् भनेर म यसो गर्नेछु । तिनीहरू सबै तरवार र अनिकालले ढल्नेछन् । सानादेखि ठुलासम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन् । तिनीहरू मर्नेछन्, अनि कसम, सराप, निन्दा र घृणाका पात्र बन्‍नेछन् ।
  • यिर्मि 44:27 : 27 हेर, मैले तिनीहरूलाई भलाइको निम्ति होइन, विपत्तिको निम्ति हेर्दैछु । मिश्रदेशमा भएको यहूदाको हरेक व्यक्ति सखाप नभएसम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछ ।
  • यहे 5:12 : 12 तेरा मानिसमध्ये एक तिहाइ रूढीले मर्नेछौ, र तिमीहरूकै माझमा तिनीहरूलाई अनिकालले नष्‍ट गर्नेछ । एक तिहाइचाहिं तँलाई घेरा हालेका तरवारले मर्नेछन् । तब एक तिहाइलाई चाहिं म चारैतिर तितरबितर पार्नेछु, र तिनीहरूलाई खेद्‌न तरवार पनि थुत्‍नेछु ।
  • यहे 39:17-20 : 17 ए मानिसको छोरो, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: पखेटा भएका सबै चराहरू र जमिनका सबै जङ्गली पशुहरूलाई यसो भन्, ‘एकसाथ भेला होओ र आओ । मैले तिमीहरूका निम्ति इस्राएलका पर्वतहरूमा गर्न गइरहेको ठुलो बलिदानको निम्ति सबै तिरबाट भेला होओ, ताकि तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ । 18 तिमीहरूले योद्धाहरूको मासु खानेछौ र पृथ्वीका शासकहरूका रगत पिउनेछौ । ती बाशानमा मोटाएका भेडाहरू, थुमाहरू, बाकाहरू, र साँढेहरू हुनेछन् । 19 तब तिमीहरू अघाउन्‍जेलसम्म बोसो खानेछौ । नमातेसम्म तिमीहरूले रगत पिउनेछौ । तिमीहरूको निम्ति मैले मार्ने बलिदान यो हुनेछ । 20 तिमीहरू मेरो टेबलमा घोडा, रथ, योद्धा र युद्ध गर्ने मानिसहरूद्वारा तृप्‍त हुनेछौ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’
  • आमो 6:9-9 : 9 यस्‍तो हुनेछ कि एउटा घरमा दश जना मानिस बाँकी छन् भने तिनीहरू सबै मर्नेछन् । 10 जब कुनै मानिसको आफन्‍त तिनीहरूका लासहरू निकाल्‍न आउँछ— जसले ती लासहरू घरबाट बाहिर निकालेर तिनलाई जलाउँछ— उसले त्‍यस घरमा भएको मानिसलाई सोध्‍छ, “के तिमीसँग अरू कोही बाँकी छ?” तब त्‍यो मानिसले भन्छ, “छैन ।” त्‍यसपछि उसले भन्‍नेछ, “चुप लाग, किनकि हामीले परमप्रभुको नाउँ लिनुहुँदैन ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 16त्यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले, तिनीहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्, किनकि त्यहाँ तिनीहरू, तिनीहरूका पत्‍नीहरू, छोराछोरीलाई गाड्ने कोही हुने छैनन्, किनकि म तिनीहरूका दुष्‍टता तिनीहरूमाथि नै खन्याउनेछु ।

  • 33यो जातिका लाशहरू आकाशका चराहरू र जङ्गली जनावरहरूका लागि आहारा हुनेछन्, र तिनीहरूलाई तर्साएर लखेट्ने कोही पनि हुनेछैन ।

  • यिर्मि 16:5-7
    3 पदहरू
    81%

    5किनकि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “शोक भएको घरमा प्रवेश नगर् । तिनीहरूका निम्‍ति शोक गर्न वा सहानुभूति देखाउन नजा, किनकि यी मानिसबाट मैले आफ्‍नो शान्ति, मेरो अचुक प्रमे र कृपा लिएर गएको छु, यो परमप्रभुको घोषणा हो ।

    6यस देशमा साना र ठुला दुवै मर्नेछन् । तिनीहरूलाई गाडिनेछैन, र कसैले पनि तिनीहरूको निम्ति शोक गर्ने वा आफूलाई काट्ने वा आफ्ना कपाल खौरनेछैन ।

    7मृत्युको कारणले तिनीहरूलाई सान्त्वना दिन शोकमा कसैले पनि खानेकुरा नबाँडोस्, र तिनीहरूलाई सान्त्वना दिन कसैले पनि त्यसका बाबु वा त्यसकी आमालाई सान्त्वनाको कचौरा नदेओस् ।

  • 81%

    33तब त्यस दिन परमप्रभुद्वारा मारिएकाहरू पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म हुनेछन् । तिनीहरूका निम्ति शोक गरिने, जम्मा गरने र गाडिनेछैन । तिनीहरू भुइँमा मलजस्तै हुनेछन् ।

    34हे गोठालाहरू हो, विलाप गर, मदतको लागि कराओ । बगालका अगुवाहरू हो, धुलोमा लडीबडी गर, किनकि तिमीहरूको हत्या गरिने दिन आएको छ । तिमीहरू माटोको भाँडाझैं खस्दा छरपष्‍ट हुनेछौ ।

  • 3किनकि यस ठाउँमा जन्मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्‍नुहुन्छ,

  • 20म तिनीहरूलाई तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा दिनेछु । तिनीहरूका लाश आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहारा हुनेछन् ।

  • यिर्मि 8:2-3
    2 पदहरू
    78%

    2त्यसपछि तिनीहरूले सूर्य, चन्द्रमा र आकाशका सबै ताराको प्रकाशमा तिनलाई फैलाउनेछन् । तिनीहरूले आकाशका यी कुराहरूलाई पछ्याएका छन्, सेवा गरेका छन्, तिनको खोजी गरेका छन् र पुजा गरेका छन् । हड्‍डीहरू फेरि जम्मा गरिने र गाडिने छैनन् । ती जमिनको सतहमा मलझैं परिरहनेछन् ।

    3हरेक बाँकी रहेको ठाउँ जहाँ मैले तनीहरूलाई धपाएको छु, त्यहाँ तिनीहरूले आफ्‍नो निम्‍ति जीवनको साटो मृत्यु रोज्नेछन्, यो सर्वशक्तिमान् परमप्रभुको घोषण हो ।

  • 7यही ठाउँमा म यहूदा र यरूशलेमका योजनाहरूलाई बेकम्मा तुल्याउनेछु । म तिनीहरूका आफ्‍ना शत्रुको तरवार र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातद्वारा नष्‍ट गर्नेछु । त्यसपछि म तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका जनावरहरूलाई आहाराको रूपमा दिनेछु ।

  • 22यसो भन, “यो परमप्रभुको घोषणा हो, मानिसहरूका लाशहरू खेतबारीका मलझैं र बाली काट्नेहरूले छाडेका सिलाबालाझैं छोडिनेछन्, र ति जम्मा गर्ने कोही हुनेछैन ।”

  • 22त्यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूलाई दण्ड दिनै लागेको छु । तिनीहरूका हट्टाकट्टा युवाहरू तरवारले मारिनेछन् । तिनीहरूका छोराहरू र छोरीहरू अनिकालद्वारा मर्नेछन् ।

  • 26तिमीहरूका लाश आकाशका चराचुरुङ्गीहरू र पृथ्वीका पशुहरूका लागि भोजन हुने छन् । तिनीहरूलाई त्रसित पार्ने कोही हुने छैन ।

  • यिर्मि 15:2-3
    2 पदहरू
    76%

    2यस्‍तो हुनेछ, तिनीहरूले तँलाई यसो भन्‍नेछन्, 'हामी कहाँ जाने?' तब तैंले तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मृत्युको निम्ति साँचिएकाहरू मृत्युमा जानुपर्छ । तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ । अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ, र निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ ।'

    3म तिनीहरूलाई चारवटा समूहमा विभाजन गर्नेछु, यो परमप्रभुको घोषणा हो— केहीलाई मार्न तरवारलाई, केहीलाई घिसार्न कुकुरहरूलाई, केहीलाई स्वाहा पार्न र नष्‍ट पार्नलाई आकाशका चराहरू र जमिनका पशुहरूलाई ।

  • यशा 14:19-21
    3 पदहरू
    75%

    19तर एउटा हाँगालाई फालेझैं, तेरो चिहानबाट तँलाई बाहिर फालिएको छ । तरवारले छेडेर मारिएका खाल्डोका ढुङ्गाहरूतिर जाने मृतकहरूले तँलाई कपडाले झैं ढाक्‍छन् ।

    20तैंले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन । दुष्‍ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन ।”

    21त्यसका सन्‍तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् ।

  • 17त्यसैले मिश्रमा गएर त्यहीँ बस्‍ने निधो गरेका सबै पुरुष तरवार, अनिकाल र विपत्तिले मर्नेछन् । तिनीहरूका बिचमा कोही पनि बाँच्नेछैन, मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट कोही पनि उम्कनेछैन ।

  • 24तिनीहरू बाहिर जानेछन् र मेरो विरुद्धमा विद्रोह गर्ने मानिसहरूको लासहरू हेर्नेछन्, किनकि तिनीहरूलाई खाने कीराहरू मर्नेछैनन् र तिनीहरूलाई जलाउने आगो निभ्‍नेछैन । यो सबै मानिसहरूका निम्ति एउटा घृणा हुनेछ ।"

  • भजन 79:2-3
    2 पदहरू
    75%

    2तपाईंका सेवकहरूका लासहरू तिनीहरूले आकाशका चराहरूका खानाको रूपमा, तपाईंका विश्‍वासयोग्य मानिसहरूका शरीरहरूलाई पृथ्वीका जङ्गली पशुहरूलाई दिएका छन् ।

    3तिनीहरूले यरूशलेमको चारैतिर उनीहरूका रगत पानीझैं बगाएका छन् र तिनीहरूको दफन गर्ने त्‍यहाँ कोही भएन ।

  • 11तेरो घरानाको हरेक व्यक्ति जो यस सहरमा मर्छ, त्यसलाई कुकुरहरूले खाने छन्, अनि खेतमा मर्ने जोसुकैलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् किनकि म परमप्रभुले यसो भनेको छु ।'

  • 9तरवारले मारिएकाहरू भोकले मरेकाहरूभन्दा खुसी थिए । जमिनको फसलको कमीको कारणले तिनीहरू भोकाएर सुक्दै जान्छन्।

  • 21त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।

  • 74%

    18त्यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्छः 'हाय, मेरा दाजु! हाय मेरी बहिनी!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् । 'हाय, मेरा मालिक! हाय, उहाँको गौरव!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् ।

    19त्यसलाई एउटा गधालाई गाडेझैं घिसारेर टाढा लगिन्‍छ र यरूशलेमका ढोकाहरूको बाहिर फ्याँकिनेछ ।

  • 74%

    17हेर, तिनीहरूकहाँ मैले तरवार, अनिकाल र विपत्ति ल्याउनै लागेको छु, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ । किनकि म तिनीहरूलाई कुहेका अञ्जीरहरूजस्तै तुल्याउनेछु जुन खानलाई असाध्‍ये खराब हुन्‍छन्‌ ।

    18त्‍यसपछि म तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले खेद्‍नेछु, अनि म तिनीहरूलाई पृथ्वीका सबै राज्यमा घृणाको दृश्‍य, मैले तिनीहरूलाई छरपष्‍ट पारेका सबै जातिका बिचमा तिनीहरूलाई त्रास, सराप र गिल्लाको पात्र र लाजका कुरा बनाउनेछु ।

  • 6डाँडाका चराहरू र पृथ्वीका जनावरहरूका निम्ति ती छोडिनेछन् । चराहरूले ग्रीष्मको समय तिनीहरूमा बिताउनेछन् र पृथ्वीका सबै जनावरहरूले तिनीहरूमा हिउँद बिताउनेछन् ।”

  • 17किनभने म मानवजातिमाथि संकट ल्याउनेछु, अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन् । तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन् ।

  • 38तिमीहरू जाति-जातिहरूका बिचमा नष्‍ट हुने छौ, र तिमीहरूका दुश्‍मनको भूमिले तिमीहरूलाई निल्‍ने छ ।

  • 12टाढा हुने रूढीले मर्नेछन्, र नजिकमा हुने तरवारले ढल्‍नेछन् । छोडिएर बाँचेकाहरू अनिकालले मर्नेछन्‌ । यसरी तिनीहरूका विरुद्धमा भएको मेरो क्रोधलाई म पुरा गर्नेछु!

  • 16त्यसपछि म तिनीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पार्ने छु, जसलाई न तिनीहरूले न त तिनीहरूका पुर्खाहरूले चिनेका छन् । मैल तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु ।”

  • 17त्यसैले तिमीहरूका फसल, तिमीहरूका छोराछोरी अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् । तिनीहरूले तिमीहरूका भेडा-बाख्रा र गाईवस्तु खानेछन् । तिनीहरूले तिमीहरूका दाखका बोट र अञ्जीरका बोटहरूका फल खानेछन् । तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्‍ट पार्नेछन् ।

  • 14तिनीहरू मृत छन्, तिनीहरू जिउनेछैनन् । तिनीहरू मरेका छन्, तिनीहरू उठ्नेछैनन् । साँच्‍चै, न्यायको निम्ति तपाईं आउनुभयो र तिनीहरूलाई नष्‍ट पार्नुभयो, र तिनीहरूका सबै सम्झना नाश पार्नुभयो ।

  • 4बाशाको घरानाका सहरमा मर्ने जोसुकैलाई कुकुरहरूले खाने छन्, र खेतमा मर्नेलाई चाहिँ आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।”

  • 4देश कहिलेसम्म सुक्खा भइरहन्‍छ, यसका बासिन्दाहरूको दुष्‍टताको कारणले हरेक खेतका बोटबिरुवा ओइलाउँछन्? पशुहरू र चराहरू लगिएका छन् । वास्तवमा मानिसहरू भन्छन्, “हामीमाथि के भएको छ, सो परमेश्‍वरले देख्‍नुहुन्‍न ।”

  • 3तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन् । लाशहरूको दुर्गन्ध जताततै हुनेछ । अनि पर्वतहरूले तिनीहरूका रगत सोस्‍नेछ ।

  • 12किनकि मिश्रदेशमा बस्‍न जाने निधो गरेका यहूदाका बाँकी रहेकाहरूलाई म नष्‍ट पार्नेछु । तिनीहरू सबै मिश्रदेशमा नष्‍ट होऊन् भनेर म यसो गर्नेछु । तिनीहरू सबै तरवार र अनिकालले ढल्नेछन् । सानादेखि ठुलासम्म तिनीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन् । तिनीहरू मर्नेछन्, अनि कसम, सराप, निन्दा र घृणाका पात्र बन्‍नेछन् ।

  • 6किनकि म यस सहरका बासिन्दाहरू, मानिस जनावरहरू दुवैलाई आक्रमण गर्नेछु । भयङ्‍कर रुढीले तिनीहरू मर्नेछन् ।

  • 12किनकि तिनीहरूले उपवास बसे भने म तिनीहरूका विलाप सुन्‍नेछैनँ, अनि तिनीहरूले होमबलि र अन्‍नबलि चढाए भने म तिनमा खुशी हुनेछैन । किनकि तरवार, अनिकाल र विपत्तिले म तिनीहरूको अन्त्य ल्याउनेछु ।”

  • 9तिनीहरूलाई आफ्नै छोराछोरीको मासु खाने म बनाउनेछु । तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूद्वारा ल्याइएको घेराबन्दी र सङ्कष्‍टमा हरेक मानिसले आफ्नै छिमेकीको मासु खानेछ ।”

  • 27तैंले तिनीहरूलाई यस्तो भन्‍नू, ‘परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: जस्‍तो म जीवित छु, भग्‍नावशेषमा जिउनेहरू तरवारद्वारा मारिनेछन्, र मैदानमा भएकाहरूलाई म जीवित पशुहरूकहाँ आहराको रूपमा दिनेछु, र किल्लाहरू र गुफाहरूमा भएकाहरू महामारीले मर्नेछन् ।

  • 15घर बाहिर तरवार अनि भित्र रूढी र अनिकाल छन्‌ । खेतमा हुनेहरू तरवारले मारिनेछन्‌, जबकी सहरमा हुनेचाहिं अनिकाल र रूढीले नष्‍ट हुनेछन्‌ ।

  • 26तिनीहरू समान रूपमा धूलोमा पल्टिन्छन् । तिनीहरू दुवैलाई किराहरूले ढाक्छन् ।

  • 14तब प्रत्‍येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीका विरुद्धमा नष्‍ट पार्न लगाउनेछु, यो परमप्रभुको घोषणा हो, म तिनीहरूलाई दया देखाउने वा टिठ्यानेछैनँ, र तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ ।'

  • 3यसैले त्यो देश सुख्‍खा हुँदैछ, र त्यहाँ बसोबास गर्ने सबै खेर जाँदैछन् । मैदानका पशुहरू, आकाशका चराहरू, र समुद्र भएका माछासमेत मारिंदैछन् ।