यशैया 14:19

अनलक शाब्दिक बाइबल

तर एउटा हाँगालाई फालेझैं, तेरो चिहानबाट तँलाई बाहिर फालिएको छ । तरवारले छेडेर मारिएका खाल्डोका ढुङ्गाहरूतिर जाने मृतकहरूले तँलाई कपडाले झैं ढाक्‍छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 41:7 : 7 जब तिनीहरू सहरभित्र प्रवेश गरे, तब नतन्याहको छोरो इश्माएलले तिनीहरूको हत्या गरे, तिनी र तिनका मानिसहरूका लाशलाई एउटा खाडलमा फाले ।
  • यिर्मि 41:9 : 9 इश्माएलले हत्या गरी जुन इनारमा ती लाशहरू फलेका थिए, त्‍यो एउटा ठुलो इनार थियो जसलाई आसा राजाले इस्राएलका राजा बाशाको विरुद्धमा सुरक्षाको निम्ति खनेका थिए । नतन्याहको छोरो इश्माएलले यसलाई लाशहरूले भरे ।
  • यहे 32:23 : 23 त्यो खाडलका भित्तामा चिहान भएकाहरू त्यसका सबै मानिससँगै त्यहाँ छन् । जीवितहरूका देशमा आतंक ल्याउने ती तरवारले मारिएकाहरू सबै जनालाई त्यसको चिहानले घेर्दछ ।
  • १ राजा 21:19 : 19 तैँले त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'के तैँले त्यसलाई मारेर त्यसको सम्पत्ति हडपेको छस्?’ त्यसपछि त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'जुन ठाउँमा कुकुरहरूले नाबोतको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तेरो रगत, हो तेरै रगत चाट्ने छन्' ।”
  • १ राजा 21:24 : 24 आहाबको घरानामा भएको हरेक जो सहरमा मर्छ त्यसलाई कुकुरहरूले खाने छन्, र मैदानमा मर्ने हरेकलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।”
  • २ राजा 9:25 : 25 तब येहूले आफ्ना सेनापति बिदकारलाई भने, “तिनलाई उठाऊ र यिजरेली नाबोतको खेतमा फालिदेऊ । तिनका पिता आहाबको पछि रथमा तिमी र म जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्‍नुभएको यो अगमवाणीको बारेमा वोचार गरः
  • २ राजा 9:34-36 : 34 जब येहू दरबारभित्र पसे, तब तिनले खानपान गरे । तब तिनले भने, “अब त्‍यो श्रापित स्‍त्रीलाई हेर र त्‍यसलाई गाडिदेओ, किनकि त्‍यो राजाकी छोरी थिई ।” 35 तिनलाई गाड्न तिनीहरू गए तर तिनीहरूले तिनको खप्पर, खुट्टा र हत्केलाबाहेक केही भेट्टाएनन् । 36 त्‍यसैले तिनीहरू आएर येहूलाई बताए । तिनले भने, “आफ्ना सेवक तिश्बी एलियाद्वारा परमप्रभुले बोल्नुभएको वचन यही हो, 'यिजरेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछन्,
  • यशा 22:16-18 : 16 'तैंले यहाँ के गरिरहेको छस्, अनि आफ्नो निम्ति चिहान खोप्‍न, उच्‍च टाउँमा चिहान खन्‍न र चट्टानमा विश्राम गर्ने ठाउँ कुँद्‍न तँलाई कसले अनुमति दियो?” 17 हेर्, परमप्रभुले तँलाई फाल्‍न लाग्‍नुभएको छ, ए शक्तिशाली मानिस, तँलाई फाल्‍न लाग्‍नुभएको छ । उहाँले तँलाई कसेर समात्‍नुहुनेछ । 18 निश्‍चय नै उहाँले तँलाई हावामा फनफन घुमाउनुहुनेछ र ठुलो देशमा बल फालेझैं फाल्‍नुहुनेछ । तँ त्यहाँ नै मर्नेछस्, तेरा गौरवशालि रथहरू त्यहाँ हुनेछन् । तँ तेरो मालिकको महलमा तँ शर्ममा पर्नेछस् ।
  • यिर्मि 8:1-2 : 1 ¶ “यो परमप्रभुको घोषणा हो, त्यस बेला तिनीहरूले चिहानहरूबाट यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका बासिन्दाहरूका हड्‍डीहरू निकाल्नेछन् । 2 त्यसपछि तिनीहरूले सूर्य, चन्द्रमा र आकाशका सबै ताराको प्रकाशमा तिनलाई फैलाउनेछन् । तिनीहरूले आकाशका यी कुराहरूलाई पछ्याएका छन्, सेवा गरेका छन्, तिनको खोजी गरेका छन् र पुजा गरेका छन् । हड्‍डीहरू फेरि जम्मा गरिने र गाडिने छैनन् । ती जमिनको सतहमा मलझैं परिरहनेछन् ।
  • यिर्मि 16:6 : 6 यस देशमा साना र ठुला दुवै मर्नेछन् । तिनीहरूलाई गाडिनेछैन, र कसैले पनि तिनीहरूको निम्ति शोक गर्ने वा आफूलाई काट्ने वा आफ्ना कपाल खौरनेछैन ।
  • यिर्मि 22:19 : 19 त्यसलाई एउटा गधालाई गाडेझैं घिसारेर टाढा लगिन्‍छ र यरूशलेमका ढोकाहरूको बाहिर फ्याँकिनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 20तैंले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन । दुष्‍ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन ।”

  • यशा 14:15-16
    2 पदहरू
    80%

    15तापनि तँलाई अब चिहानमा, खडालको गहिराइमा तल खसालिएको छ ।

    16तँलाई देख्‍नेहरूले तँलाई टुलुटुलु हेर्नेछन् र तिनीहरूले तँलाई ध्यान दिनेछन् । तिनीहरूले सोध्‍नेछन्, 'के यो त्‍यही मानिस हो, जसले पृथ्वीलाई थर्कमान पार्‍यो, जसले राज्यहरूलाई हल्‍लायो,

  • यशा 14:8-11
    4 पदहरू
    78%

    8सल्लाका रूखहरू लेबनानको देवदारुहरूसँगै तँलाई देखेर रमाउँछन् । तिनीहरू भन्छन्, 'तँलाई तल खसालिएको हुनाले, हामीलाई काटेर ढाल्न काठ काट्ने कुनै मानिस माथि आउनेछैन ।'

    9तँ चिहानमा जाँदा, तँलाई भेट्न चिहान उत्सुक हुन्छ । पृथ्वीका सबै राजालाई, जातिहरूका सबै राजालाई, आफ्‍ना सिंहासनबाट माथि खडा हुन लगाएर तेरो निम्ति त्‍यसले मृतहरूलाई जगाउँछ ।

    10तिनीहरू सबै बोल्नेछन् र तँलाई यसो भन्‍नेछन्, 'तँ पनि हामीजस्तै कमजोर भएको छस् । तँ पनि हामीजस्तै भएको छस् ।

    11तेरो तडकभडकलाई तेरो वीणाहरूको आवाजसँगै चिहनामा ल्याइएको छ । तँमुनि औंसाहरू फैलिएका छन् र तँलाई किराहरूले ढाकेको छ,'

  • 5म मृतहरूका माझ त्यागिएको छु । म चिहानमा पल्टेको मृतजस्तै छु, जसको बारेमा तपाईंले कुनै चासो लिनुहुन्‍न, किनभने तिनीहरू तपाईंको शक्तिबाट टाढा हुन्‍छन् ।

  • 20तब म तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्‍वीमुनि, प्राचीन भग्‍नावशेषमा जस्‍तै, मृत-लोकमा जानेहरूसित बस्‍न लाउनेछु । जसको कारण तँ फेरि कहिल्‍यै जीवितहरूको देशमा फर्केर बस्‍नेछैनस्‌ ।

  • 14निनवे, तेरो विषयमा परमप्रभुले एउटा आज्ञा दिनुभएको छ, “अब तेरो नाम बोक्‍ने कोही वंश बाँकी रहनेछैन । कलात्मक रूपमा हातले बनाइएका र फलाम गालेर बनाइएका मुर्तिहरूलाई तिमीहरूका देवताहरूका घरबाट म हटाइदिनेछु । म तेरो चिहान तयार गर्नेछु, किनकि तँ तुच्छ छस् ।”

  • यहे 32:23-25
    3 पदहरू
    76%

    23त्यो खाडलका भित्तामा चिहान भएकाहरू त्यसका सबै मानिससँगै त्यहाँ छन् । जीवितहरूका देशमा आतंक ल्याउने ती तरवारले मारिएकाहरू सबै जनालाई त्यसको चिहानले घेर्दछ ।

    24एलाम आफ्नो सबै भीडसँगै त्यहाँ छ । त्यसको चिहानले त्‍यसलाई घेर्दछ । ती सबै जना मारिएका थिए । तरवारले मारिएकाहरू, पृथ्वीका तल्ला भागहरूमा खतना नभई गएकाहरू, जीवितहरूको देशमा आतंक ल्याएकाहरू, र आफैलाई लाजमा पारेकाहरू खाडलमा जानेहरूसँगै तल जान्छन् ।

    25मारिएकाहरूका बिचमा तिनीहरूले एलाम र त्यसका सबै भीडका निम्ति एउटा विश्राम-स्थल तयार गरे । त्यसको चिहानले त्यसलाई घेर्छ । तिनीहरू सबै खतना नभएका, तरवारद्वारा घोचिएका हुन्, किनभने तिनीहरूले जीवितहरूका देशमा आतंक ल्याएका थिए । यसैले मारिएकाहरूका बिचमा तल खाडलमा जानेहरूसँगै तिनीहरूले आफ्नो लाज आफै बोक्छन् । एलाम मारिएकाहरूका बिचमा छ ।

  • 18जातिहरूका सबै राजा, तीमध्‍ये सबै जना, हरेक व्‍यक्‍ति आ-आफ्ना चिहानमा आदरसाथ सुत्‍छन् ।

  • 19त्यसलाई एउटा गधालाई गाडेझैं घिसारेर टाढा लगिन्‍छ र यरूशलेमका ढोकाहरूको बाहिर फ्याँकिनेछ ।

  • 4तँ जमिनमा ढालिनेछस् र जमिनबाट बोल्‍नेछस् । तँ धूलोबाट मलिन सोरमा बोल्‍नेछस् । तेरो आवाज जमिनबाट बोल्‍ने आत्माजस्तै हुनेछ र धूलोबाट तेरो आवाजले सुस्केर हाल्नेछ ।

  • यहे 31:17-18
    2 पदहरू
    76%

    17किनकि तिनीहरू त्‍योसँगै तरवारद्वारा मारिएकाहरूकहाँ तल चिहानमा गए । यी त्यसका बलिया पाखुरा, अर्थात् त्यसका छायामुनि बसेका जातिहरू थिए ।

    18अदनको कुन चाहिं रूख महिमा र महान्‌तामा तेरो बराबर थियो र? किनकि अदनका रूखहरूसँगै तँ खतना नभएकाहरूका बिचमा पृथ्वीका तल्ला भागहरूमा खसालिनेछस् । तरवारद्वारा मारिएकाहरूसँगै तँ रहनेछस् ।’ यो फारो र त्यसका सबै भीड हो, यो परमप्रभु परमेश्‍वरको घोषणा गर्नुहुन्छ ।”

  • यहे 32:27-29
    3 पदहरू
    75%

    27युद्धका आफ्ना सारा हतियारहरू, र आफ्ना शिरमुनि राखेका तरवारहरू, र आफ्ना हड्‍डीहरूमाथि आफ्ना पापहरूसँगै तल चिहानमा गएका खतना नभएका मृत योद्धाहरूसँग तिनीहरू रहँदैनन् । किनकि तिनीहरू जीवितहरूको देशमा योद्धाहरूका आतंक थिए ।

    28यसैकारण तँ, मिश्रदेश, खतना नभएकाहरूका बिचमा टुक्रिनेछस्! तरवारले छेडिएकाहरूका छेउमा तँ रहनेछस् ।

    29एदोम आफ्ना राजाहरू र आफ्ना सबै अगुवासँगै त्यहाँ छ । तरवारले मारिएकाहरूसँगै तिनीहरूलाई तिनीहरूकै शक्तिमा राखिएको छ । खतना नभएकाहरू, तल खाडलमा गएकाहरूसँगै तिनीहरू रहन्छन् ।

  • यशा 22:16-19
    4 पदहरू
    75%

    16'तैंले यहाँ के गरिरहेको छस्, अनि आफ्नो निम्ति चिहान खोप्‍न, उच्‍च टाउँमा चिहान खन्‍न र चट्टानमा विश्राम गर्ने ठाउँ कुँद्‍न तँलाई कसले अनुमति दियो?”

    17हेर्, परमप्रभुले तँलाई फाल्‍न लाग्‍नुभएको छ, ए शक्तिशाली मानिस, तँलाई फाल्‍न लाग्‍नुभएको छ । उहाँले तँलाई कसेर समात्‍नुहुनेछ ।

    18निश्‍चय नै उहाँले तँलाई हावामा फनफन घुमाउनुहुनेछ र ठुलो देशमा बल फालेझैं फाल्‍नुहुनेछ । तँ त्यहाँ नै मर्नेछस्, तेरा गौरवशालि रथहरू त्यहाँ हुनेछन् । तँ तेरो मालिकको महलमा तँ शर्ममा पर्नेछस् ।

    19तेरो अफिसबाट र तेरो ठाउँबाट तँलाई म निकाल्नेछु । तँ तल खसालिनेछस् ।

  • 8तिनीहरूले तँलाई तल खाडलमा पुर्‍याउनेछन्, र समुद्रको बिचमा मर्नेहरूझैं तेरो मृत्‍यु हुनेछ ।

  • 14तिनीहरू मृत छन्, तिनीहरू जिउनेछैनन् । तिनीहरू मरेका छन्, तिनीहरू उठ्नेछैनन् । साँच्‍चै, न्यायको निम्ति तपाईं आउनुभयो र तिनीहरूलाई नष्‍ट पार्नुभयो, र तिनीहरूका सबै सम्झना नाश पार्नुभयो ।

  • 14भेडाहरूझैं ती चिहानको निम्ति नियुक्‍त हुन्‍छन्, र मृत्युचाहिं तिनीहरूका गोठाला हुनेछ । सोझाहरूले बिहान तिनीहरूमाथि राज्‍य गर्नेछन् र तिनीहरूलाई बस्‍ने कुनै ठाउँ नभई तिनीहरूका शरीरहरू चिहानमा नष्‍ट हुनेछन् ।

  • यहे 32:20-21
    2 पदहरू
    74%

    20तरवारद्वारा मारिएकाहरूका बिचमा तिनीहरू मर्नेछन् । तरवार थुतिएको छ! त्यो तरवारलाई दिइएको छ । तिनीहरूले त्यसलाई र त्यसका भिडलाई कब्‍जा गर्नेछन् ।

    21चिहानमा भएको सबैभन्दा शक्तिशाली योद्धाले मिश्रदेश र त्यसका मित्रराष्‍ट्रहरूका बारेमा यो घोषणा गर्नेछन्, ‘तिनीहरू यहाँ तल आएका छन्! तिनीहरू तरवारले मारिएका खतना नभएकाहरूसँग रहनेछन् ।’

  • 44तपाईंले त्यसको ऐस्‍वर्यको अन्त्य गर्नुभएको छ । तपाईंले त्यसको सिंहासनलाई तल जमिनमा ल्‍याउनुभएको छ ।

  • 22यसो भन, “यो परमप्रभुको घोषणा हो, मानिसहरूका लाशहरू खेतबारीका मलझैं र बाली काट्नेहरूले छाडेका सिलाबालाझैं छोडिनेछन्, र ति जम्मा गर्ने कोही हुनेछैन ।”

  • 7तिनीहरूले भन्‍नुपर्नेछ, “जसरी कसैले जोत्छ र जमिन चिर्छ, त्यसरी नै हाम्रा हाडहरू चिहानको मुखमा छरिएका छन् ।”

  • 16उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ ।

  • 19मानिसहरूका माझमा तँलाई चिन्‍नेहरू तँलाई देखेर भयभीत हुनेछन्‌ । तिनीहरू डराउनेछन्, र तँ फेरि कहिल्‍यै रहनेछैनस्‌' ।”

  • 21युवाहरू र पाकाहरू सडकहरूका धूलोमा पस्रिन्छन् । मेरा युवतीहरू र युवाहरू तरवारले ढालिएका छन् । तिनीहरूलाई दया नदेखाइकन तपाईंले तिनीहरूलाई मार्नुभएको छ ।

  • 14प्रशस्त पानीको छेउको त्यो अग्‍लो रूखभन्‍दा धेरै उचाइमा अरू कुनै रूखहरू नहून्, र त्यो उचाइसम्म पुग्‍नेगरी अरू कुनै रूख नबढून् भनेर यस्तो भयो । मृत्‍युमा जान, जमिनमा तल जान, मानिसका छोरा-छोरीध्ये खाडलमुनि जानेहरूसित जानलाई ती सबैलाई नियुक्त गरिएका छन् ।

  • 11शाफीरका निवासीहरू, नग्‍नता र शर्ममा हिँड । सानानका निवासीहरू बाहिर ननिस्‍क । बेथ एजेल विलाप गर्दछ, किनकि तिनीहरूको सुरक्षा-स्थान खोसिएको छ ।

  • 39तपाईंले आफ्नो सेवको करार त्याग्‍नुभएको छ । तपाईंले त्यसको मुकुटलाई जमिनमा अपवित्र पार्नुभएको छ ।

  • 18किनकि चिहानले तपाईंलाई धन्यवाद दिंदैन । मृत्युले तपाईंको प्रशंसा गर्दैन । चिहानतिर जानेहरूले तपाईंको विश्‍वस्‍तताको आशा गर्दैनन् ।

  • 12सारा जातिहरूका बिचमा आतङ्क ल्याउने विदेशीहरूले त्यसलाई काटेर ढाले र मर्नलाई छोडिदिए । पहाडहरू र सबै बेंसीतिर त्यसका हाँगाहरू खसे, र त्यसका ठुला-ठुला हाँगाहरू जमिनका खोल्साहरूमा भाँचिएर झरे । तब पृथ्वीका सारा जातिहरू त्यसको छायामुनिबाट बाहिर निस्के र तिनीहरू त्यसबाट टाढा गए ।

  • 19म त कसाइकहाँ लगिंदै गरेको अवोध थुमाजस्तै थिएँ । तिनीहरूले मेरो विरुद्धमा यस्तो योजना रचेका थिए भनी मलाई थाहा थिएन, “रुखलाई त्‍यसको फलसमेत नष्‍ट पारौं । फेरि त्यसको नाउँ नै नसम्झने गरी त्यसलाई जीवितहरूको देशबाट निष्काशित गरौं ।”

  • 14तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।

  • 40तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्‍याउनेछन्, र तँलई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूले तँलाई आफ्‍ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन्‌ ।

  • 18मृत्युसँग गरेको तिमीहरूको करार खारेज हुनेछ र चिहानसँगको तिमीहरूको सहमति रहनेछैन । जब उर्लंदो बाढी आउँछ, त्‍यसले तिमीहरूलाई डुबाउनेछ ।

  • 32तापनि उसलाई चिहानमा लगिनेछ । मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन् ।

  • 1¶ “यो परमप्रभुको घोषणा हो, त्यस बेला तिनीहरूले चिहानहरूबाट यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका बासिन्दाहरूका हड्‍डीहरू निकाल्नेछन् ।

  • 33तब त्यस दिन परमप्रभुद्वारा मारिएकाहरू पृथ्वीको एउटा कुनादेखि अर्को कुनासम्म हुनेछन् । तिनीहरूका निम्ति शोक गरिने, जम्मा गरने र गाडिनेछैन । तिनीहरू भुइँमा मलजस्तै हुनेछन् ।

  • 4'तिनीहरू रोग लागेरले मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्त्य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।'

  • 18“ए मानिसको छोरा, मिश्रदेश भीडका निम्ति रो, र त्यसलाई र वैभवशाली जातिहरूका छोरीहरूलाई तल खाडलमा गएकाहरूसँगै पृथ्वीको तल्लो भागमा लैजा ।