आमोस 6:1
¶ सियोनमा आरामसित बस्नेहरूलाई धिक्कार, र सामरियाको पहाडी मुलुकमा सुरक्षित भएकाहरू, जातिहरूका उत्कृष्टहरूमध्ये विशिष्ट मानिसहरू, जसकहाँ इस्राएलको घराना सहायताको निम्ति आउँछन् ।
¶ सियोनमा आरामसित बस्नेहरूलाई धिक्कार, र सामरियाको पहाडी मुलुकमा सुरक्षित भएकाहरू, जातिहरूका उत्कृष्टहरूमध्ये विशिष्ट मानिसहरू, जसकहाँ इस्राएलको घराना सहायताको निम्ति आउँछन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2तिमीहरूका अगुवाहरू यसो भन्छन्, “कल्नेहमा जाओ र हेर । त्यहाँबाट महान् सहर हामातमा जाओ, अनि त्यसपछि पलिश्तीहरूको गातमा जाओ । के तिमीहरूका दुई राज्यभन्दा ती असल छन् र? के तिनका सिमाना तिमीहरूका सिमानाभन्दा ठुलो छ?”
3विनाशको दिनलाई पन्छाउने मानिसहरू, र हिंसाको सिंहासनलाई नजिक तुल्याउनेहरूलाई धिक्कार ।
5यो सबै याकूबको अपराध र इस्राएलको घरनाका पापको कारणले भएको हो । याकूबको अपराध के हो? के त्यो सामरिया होइन? यहूदाको उच्च स्थान के हो? के त्यो यरूशलेम होइन?
6“म सामरियालाई भग्नावशेषको थुप्रो, र दाखबारी लगाउने स्थान बनाइदिनेछु, र म त्यसका ढुङ्गाहरूलाई तल उपत्यकामा फ्याँकिदिनेछु र म त्यसका जगहरूलाई नाङ्गा बनाइदिनेछु ।
9अश्दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्यो हेर ।
11तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”
12यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।
1¶ सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।
6किनकि एक दिन आउनेछ, जुन बेला एफ्राइमका पहाडहरूका पहरेदारहरूले घोषणा गर्नेछन्, 'उठ, हामी परमप्रभु हाम्रा परमेश्वरकहाँ सियोनमा जाऔं' ।”
1¶ परमप्रभुको यो वचन मकहाँ यसो भनेर आयो,
2“ए मानिसको छोरो, इस्राएलका पर्वतहरूतिर तेरो मुख फर्का र तिनीहरूका विरुद्धमा अगमवाणी गर् ।
7किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्यसको साटोमा सहायताको निम्ति चित्कार आयो ।
8ठाउँ नै नरहने गरी घरसित घर जोड्ने र खेतसित खेत जोड्नेहरूलाई धिक्कार, र तिमीहरू मात्र देशमा रहन्छौ!
9सर्वशक्तिमान् परमप्रभुले मलाई भन्नुभयो, धेरै वटा घर, ठुला र भव्य महलसमेत रित्ता हुनेछन्, त्यसमा बस्ने कोही हुनेछैन् ।
1¶ ए इस्राएलको घराना, तिमीहरूका विषयमा मेरो यो विलापको वचन सुन ।
13लो-देबारको पराजयमा आनन्द मनाउनेहरू, जसले भन्छन्, “के हामीले आफ्नै शक्तिले कार्नैमलाई लिएनौं र?”
14“तर ए इस्राएलका घराना, हेर, म तिमीहरूका विरुद्धमा एउटा जातिलाई खडा गर्नेछु— परमप्रभु सर्वशक्तमान् परमेश्वरको घोषणा हो । तिनीहरूले तिमीहरूलाई लेबो-हमातदेखि अराबाको खोलासम्मै पीडा दिनेछन् ।”
1¶ सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर मोआबलाई यसो भन्नुहुन्छः “नेबोलाई धिक्कार! किनकि यसलाई सर्वनाश पारिएको छ । कर्यातैमलाई अपमानित गरिएको छ र कब्जा गरिएको छ । त्यसका किल्लाहरू लाजमा पारिएका छन्, र भत्काइएका छन् ।
6किनकि सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “त्यसका रुखहरू काटिदे, र यरूशलेमको विरुद्धमा घेरामचानहरू बनाओ । आक्रमण गर्नलाई यो नै ठिक सहर हो, किनकि यो अत्याचारले भरिएको छ ।
21त्यसैले परमप्रभु यसो भन्नुहुन्छ, “हेर्, मैले यी मानिसको विरुद्धमा ठेस लाग्ने अवरोध राख्न लागेको छु । तिनीहरूका बाबुहरू र छोराहरू एकैसाथ त्यसमाथि ठक्कर खानेछन् । बासिन्दाहरू र तिनीहरू छिमेकीहरू पनि नष्ट हुनेछन् ।”
22परमप्रभु यसो भन्नुहुन्छ, ‘हेर्, उत्तर देशबाट एउटा जाति आउँदैछ, पृथ्वीको पल्लो भागबाट एउटा महान् जाति उत्तेजित हुँदैछ ।
5बेथ-आवनका बाछाहरूका कारणले, सामरियामा बसोबास गर्नेहरू डराउँनेछन् । त्यसका मानिसहरूले तिनीहरूका निम्ति विलाप गरे, अनि तीमाथि र तिनका गौरवमा, आनन्द मनाउने ती मूर्तिपुजक पुजारीहरूले पनि विलाप गरे, तर तिनीहरू अब त्यहाँ छैनन् ।
13ए बेँसीका बासिन्दा हो, मैदानका चट्टानमा बस्ने हो, म तिमीहरूको विरुद्धमा छु, यो परमप्रभुको घोषणा हो— यसो भन्ने कुनै पनि व्यक्तिको विरुद्धमा म छु, 'हामीलाई आक्रमण गर्नलाई को ओर्लेर आउनेछ र?' वा 'हाम्रा घरहरूमा को पस्नेछ र?'
15सुख-चैनमा बसिरहेका जातिहरूसँग म धेरै रिसाएको छु । जब म तिनीहरूसँग थोरै मात्र रिसाएको थिएँ, तिनीहरूले विपत्तिलाई झन् खराब बनाइदिए ।
1¶ धिक्कार त्यो बागी शहर! त्यो हिंसक शहर अशुद्ध भएको छ ।
16ओम्रीका नियमहरू, र आहाबका घरानाका सबै कामहरू पालना भएका छन् । यसैकारण म तिमीहरूको सहरलाई भग्नावशेष बनाउनेछु, र त्यहाँका बासिन्दाहरूलाई खिसीको पात्रो बनाउनेछु, र मेरा मानिसहरूबाट तिमीहरूले निन्दा सहनेछौ ।”
4ए विश्वासहीन छोरी, तँ किन तेरा ज्यादै फलवन्त बेँसीहरूको विषयमा घमण्ड गर्छेस्? आफ्नो धन-सम्पत्तिमा भरोसा गरी तँ भन्छस्, 'मेरो विरुद्धमा को आउनेछ?'
1¶ आमोसका छोरा यशैयाले यहूदा र यरूशलेमका बारेमा दर्शनमा दखेका कुराहरू ।
1¶ यो परमप्रभुको घोषणा हो, “मेरो खर्कका भेडाहरूलाई नष्ट गर्ने र छरपष्ट पार्ने गोठालाहरूलाई धिक्कार!”
7यसैले सुरुमा निर्वासित हुनेहरूसँगै तिनीहरू निर्वासित हुनेछन्, र मोज-मज्जा गर्नेहरूको भोजको अन्त हुनेछ ।
1¶ दर्शनको बेसीको विषयमा एउटा घोषणाः के कारणले तिमीहरू सबै जना घरको छतमाथि गएका छौ?
11शाफीरका निवासीहरू, नग्नता र शर्ममा हिँड । सानानका निवासीहरू बाहिर ननिस्क । बेथ एजेल विलाप गर्दछ, किनकि तिनीहरूको सुरक्षा-स्थान खोसिएको छ ।
15यो त्यो उल्लासित सहर हो, जो कुनै भयबिना नै जिउँथ्यो, र आफ्नो हृदयमा भन्थ्यो, “म हुँ, र मेरो बराबर केही छैन ।” त्यो अब पशुहरू बस्ने भयानक ठाउँ बनेको । त्यसको नजिकबाट जाने हरेकले त्यसको गिल्ला गर्दै मुक्का देखाउँनेछन् ।
1¶ एफ्राइमका प्रत्येक मतवालाहरूले लगाएका गौरवशाली फुलमाला र त्यसको महिमित सुन्दरताको ओइलाउने फुललाई, दाखमद्यले लट्ठ परेकाहरूका हरियाली बेसीको शिरमा लगाइएको फुलमालालाई धिक्कार!
21धिक्कार तिनीहरूलाई जो आफ्नै आँखामा बुद्धिमान र आफ्नै समझमा चतुर छन्!
32जातिका दूलहरूलाई तिनीहरूले कसरी जवाफ दिनेछन्? “परमप्रभुले सियोनलाई बसाल्नुभएको छ, त्यसमा कष्टमा परेका मानिसहरूले शरण लिनेछन् ।”
6“अगमवाणी नगर” भनेर तिनीहरू भन्नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।”
11किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।
1¶ ए बाशानका गाईहरू, यो वचन सुन, तिमीहरू जो सामरियाको पहाडमा बस्छौ, तिमीहरू जसले गरिबहरूलाई थिचोमिचो गर्छौ, तिमीहरू जसले दरिद्रहरूलाई कुल्चिन्छौ, तिमीहरू जसले आफ्ना पतिहरूलाई भन्छौ, “हामीलाई मद्य ल्याउनुहोस्” ।
9अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन ।
1¶ मैले इस्राएललाई निको पार्ने इच्छा गर्दा, एफ्राइमको पाप र सामरियाका दुष्ट कामहरू प्रकट हुन्छन्, किनकि तिनीहरू धोकापूर्ण काम गर्छन् । एक जना चोर भित्र प्रवेश गर्छ, र डाँकूहरूको समुहले सडकमा आक्रमण गर्छ ।
11अब धेरै जातिहरू तिमीहरूका विरुद्धमा एक भएका छन् । तिनीहरू भन्छन्, ‘त्यसलाई अपवित्र रहन देओ, हाम्रा आँखाले सियोनमाथि नजर लगाइरहून् ।’
1¶ यो परमप्रभुको घोषणा हो, “धिक्कार विद्रोही छोराछोरीलाई! तिनीहरू योजना बनाउँछन्, तर मबाट योजना होइन । तिनीहरूले अरू जातिहरूसँग मित्रता गाँस्छन्, तर तिनीहरू मेरो आत्माद्वारा निर्देशित भएनन्, त्यसैले तिनीहरूले पापमाथि पाप थप्छन् ।
9‘धिक्कार त्यसलाई जसले दुष्टको हातबाट आफैँलाई सुरक्षित राख्नलाई आफ्नो गुँड उच्च स्थानमा बनाउन सकोस् भनेर आफ्नो घरको निम्ति दुष्टताका मुनाफाबाट चीजहरू बनाउँछ ।’
16यसकारण, परमप्रभु, सर्वशक्तिमान् परमेश्वर यस्तो भन्नुहुन्छ, “सबै चोकहरूमा रुवाबासी हुनेछ, र तिनीहरूले सबै सडकहरूमा यस्तो भन्नेछन्, ‘धिक्कार! धिक्कार!’ तिनीहरूले किसानहरूलाई विलाप गर्न र मलामीहरूलाई शोक गर्न बोलाउनेछन् ।
6“यी मानिसहरूले शीलोको शान्त पानीलाई इन्कार गरेका छन् अनि रसीन र रमल्याहको छोरासित खुसी भएका छन्,
12‘धिक्कार त्यसलाई जसले रगतले शहर बनाउँछ, र जसले अधर्ममा नगर स्थापना गर्दछ ।’
7तिमीहरू जो देशमा बस्छौ, तिमीहरूको सर्वनाश आउँदैछ । समय आएको छ । सर्वनाशको दिन नजिकै छ, र पर्वतहरू आनन्दित हुनेछैनन् ।
1¶ सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ! देशका सबै बासिन्दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ, वास्तवमा, त्यो नजिकै छ ।
12यसकारण इस्राएलका परमपवित्र भन्नुहुन्छ, “तिमीहरूले यो वचन इन्कार गरेको र अत्यचार र छलमा भरोसा गरेको अनि त्यसमा अडेको छौ,