सपन्याह 2:15

अनलक शाब्दिक बाइबल

यो त्यो उल्लासित सहर हो, जो कुनै भयबिना नै जिउँथ्यो, र आफ्नो हृदयमा भन्थ्यो, “म हुँ, र मेरो बराबर केही छैन ।” त्यो अब पशुहरू बस्‍ने भयानक ठाउँ बनेको । त्यसको नजिकबाट जाने हरेकले त्यसको गिल्ला गर्दै मुक्‍का देखाउँनेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 28:2 : 2 “ए मानिसको छोरो, टुरोसको शासकलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तेरो हृदय अहंकारी छ । तैंले भनेको छस्, “म एक देवता हुँ । म समुद्रको बिचमा एक देवताको आसनमा बस्‍नेछु!” तँ एक जना मानिस मात्र होस्, र देवता होइनस्, तापनि तैंले आफ्नो हृदयलाई एक देवताको हृदय जत्तिकै बनाउँछस् ।
  • नहू 3:19 : 19 तेरा घाउहरू निको हुँदैनन् । ती गहिरा छन् । तेरो विषयमा सुन्‍ने सबैले रमाहटले ताली बजाउँछन् । तेरो लगातारको दुष्‍टताबाट को भागेको छ र?
  • यहे 28:9 : 9 तँलाई मार्नेहरूका सामु के तँ अझै पनि “म देवता हुँ” भन्‍नेछस्‌ र? तँ मानिस होस्, र देवता होइन, र तँलाई छेड्नेहरूका हातमा तँ हुनेछस् ।
  • यशा 22:2 : 2 होहल्लाले भरिएको सहर र खुसीले भरिएको नगरका आवाजहरू सुन्‍नलाई तिमीहरूले त्‍यसो गरेका हौ? तिमीहरूका मृतहरू तरवारले मारिएको थिएनन् र तिनीहरू युद्धमा मरेनन् ।
  • यशा 47:7-8 : 7 तैंले भनिस्, “म सदासर्वदा प्रभुत्‍वशाली रानी भएर राज्‍य गर्नेछु ।” यी कुराहरूलाई तैंले मनमा राखिनस्, न ती के हुनेछन् भनी तैंले विचार गरिस् । 8 त्यसैले अब यो कुरा सुन, तिमीहरू जो विलासिता रुचाउँछौ र निष्फिक्रि बस्छौ । तिमीहरू जसले आफ्नो मनमा भन्छौ, “म अस्तित्वमा छु, र मजस्तो त्‍यहाँ अरू कोही छैन । म कहिल्यै विधवाझैं बस्‍नेछैन, न छोराछोरी नाश भएको अनुभव म कहिल्यै गर्नेछु ।”
  • यिर्मि 19:8 : 8 अनि म यस सहरलाई भग्‍नावशेष र गिल्लाको वस्तु बनाउनेछु, किनकि यसबाट भएर जाने हरेकले यी सबै विपत्ति देखेर डराउनेछ र गिल्ला गर्नेछ ।
  • विलाप 1:1 : 1 ¶ एक पटक मानिसहरूले भरिपूर्ण सहर अहिले सुनसान बसिरहेको छ । त्यो शक्तिशाली जाति भए तापनि विधवाजस्तै भएको छ । त्यो जाति-जातिहरूका बिचमा राजकुमारीजस्तै थियो, तर अहिले जबरजस्ती दासत्वमा लगिएको छ ।
  • विलाप 2:1 : 1 ¶ परमप्रभुले सियोनकी छोरीलाई आफ्नो रिसको बादलमुनि ढाक्‍नुभएको छ । उहाँले इस्राएलको गौरवलाई स्वर्गबाट तल पृथ्वीमा फ्याँकिदिनुभएको छ । आफ्नो रिसको दिनमा उहाँले आफ्नो पाउदानको सम्झना गर्नुभएको छैन ।
  • विलाप 2:15 : 15 यस सडक भएर जानेहरू सबैले तँलाई देखेर थपडी मार्छन् । यरूशलेमकी छोरीको विरुद्धमा तिनीहरूले गिल्ला गर्छन्, र आफ्ना शिर हल्लाउँछन्, अनि भन्छन्, “के यो त्यही सहर हो जसलाई तिनीहरूले 'परम सुन्दरी' र 'सारा पृथ्वीको आनन्द' भन्थे?”
  • यहे 27:36 : 36 मानिसहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन्‌ । तँ त्रास बनेको छस्, र तँ सदाको लागि फेरि कहिलै हुनेछैनस् ।
  • १ राजा 9:7-8 : 7 मैले इस्राएललाई दिएको देशबाट म तिनीहरूलाई निष्कासित गरिदिने छु, र मेरो नाउँको लागि मैले अलग गरेको यो मन्दिरलाई म मेरो दृष्टिबाट मिल्काइदिने छु अनि इस्राएल सबै जातिका बिचमा घृणा र उपहासको उदाहरण बन्ने छ । 8 यो मन्दिर भग्नावशेषको थुप्रो बन्ने छ, र यसबाट भएर जाने प्रत्येक व्यक्तिले यसको घृणा गर्ने छ । तिनीहरूले सोध्ने छन्, 'परमप्रभुले यो देश र यो मन्दिरलाई किन यसो गर्नुभएको होला?’
  • अय्यू 27:23 : 23 उसको गिल्‍ला गरेर त्‍यसले आफ्‍नो ताली बजाउँछ । त्यसले आफ्नो ठाउँबाट उसको खिसी गर्छ ।
  • भजन 52:6-7 : 6 धर्मीहरूले यो देख्‍नेछन् र भय मान्‍नेछन् । तिनीहरूले त्यसलाई हाँसो उडाउनेछन् र यसो भन्‍नेछन्, 7 “हेर, यो मानिसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्‍ततामा भरोसा गर्‍यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”
  • यशा 10:12-14 : 12 जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु । 13 किनकि त्‍यसले भन्‍छ, “मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरें । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैं मैले बासिन्दाहरूलाई होच्‍याएको छु । 14 एउटा गुँडबाट झैं, मेरा हातले जातिहरूका सम्पत्ति समातेको छ, र छोडिएको अण्डाहरू कसैले बटुलेझैं, मैले सारा पृथ्वीलाई बटुलेको छु । कसैले पनि आफ्‍ना पखेटाहरू चलाएनन् वा आफ्‍ना मुख खोलेनन् वा चिरबिर आवाज निकालेनन् ।”
  • यशा 14:4-5 : 4 तब तिमीहरूले बेबिलोनको राजाको विरुद्ध यो गिल्लाको गीत गाउनेछौ, “अत्याचारीको अन्त्‍य कसरी भएको छ, घमण्डी क्रोधको अन्त्‍य भयो! 5 परमप्रभुले दुष्‍टहरूको लट्ठी र ती शासकहरूको राजदण्ड भाँच्‍नुभएको छ,
  • यशा 32:9 : 9 ए चैनमा बसेका स्‍त्रीहरू, खडा होओ र मेरो सोरलाई सुन । ए चिन्‍ता नभएका छोरीहरू, मेरो कुरा सुन ।
  • यहे 29:3 : 3 घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्‍नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्‍छस्, “मेरो नदी मेरै हो । त्‍यो मैले आफ्‍नो निम्‍ति बनाएको हुँ ।”
  • मत्त 27:39 : 39 जो त्यो बाटो भएर जान्थे, तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे,
  • प्रका 18:7-9 : 7 जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु, म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’ 8 त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्ति आइपर्नेछन् । त्यसलाई आगोद्वारा भस्म पारिनेछ, किनभने परमप्रभु परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्‍यायकर्ता हुनुहुन्छ ।” 9 पृथ्‍वीका राजाहरूले त्यससँग अनैतिक यौन काम गरे र त्यसले नियन्त्रणदेखि बाहिर गएर बलेको धुवाँ देखेर त्यससँगै रुने र विलाप गर्नेछ । 10 तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्‍नेछन्, “धिकार, धिकार त्यस महान् सहरलाई, शक्‍तिशाली सहर बेबिलोन! किनकि एकै घडीमा तेरो न्याय आएको छ ।” 11 पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने र विलाप गर्नेछन्, किनकि त्यस समयदेखि कसैले पनि त्यसका सामानहरू किन्‍नेछैन । 12 सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मिहिन सुती कपडा, बैजनी, रेसम, चहकिलो रङ सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तिहाडका भाँडाहरू, हरेक बहुमूल्य काठबाट बनेको भाँडा, काँसा, फलाम, सिङ्गमरमर, 13 तेजपात, मसला, धूप, मूर्र, सुगन्धित धूप, दाखमद्य, तेल, मसिनो पिठो, गहुँ, गाई, भेडा, घोडाहरू र रथहरू, र दासहरू र मानव आत्माहरू । 14 तेरो सबै शक्‍तिले तैंले चाहेको फल तँबाट गइसकेको छ । तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिनेछैनन् । 15 यी सामानका व्‍यापारीहरू जसले व्‍यापारद्वारा धन कमाएका थिए, तिनीहरूले त्यसमा परिआउने यातनाको डरले टाढै उभिएर रुने र चर्को गरी विलाप गर्नेछन् । 16 तिनीहरूले भन्‍नेछन्, “धिकार महान् सहर, तँलाई धिकार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस् । 17 एकै घडीमा सबै सम्पत्ति नष्‍ट भएका छन् ।” हरेक जहाजको कप्‍तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए । 18 त्यो जलेको धुवाँ देखेर तिनीहरू कराए । तिनीहरूले भने, “योजस्तो महान् सहर अरू कुन छ र?” 19 तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्‍कार, महान् सहरलाई धिक्‍कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्‍ट पारिएकी छे ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 15यस सडक भएर जानेहरू सबैले तँलाई देखेर थपडी मार्छन् । यरूशलेमकी छोरीको विरुद्धमा तिनीहरूले गिल्ला गर्छन्, र आफ्ना शिर हल्लाउँछन्, अनि भन्छन्, “के यो त्यही सहर हो जसलाई तिनीहरूले 'परम सुन्दरी' र 'सारा पृथ्वीको आनन्द' भन्थे?”

  • 8अनि म यस सहरलाई भग्‍नावशेष र गिल्लाको वस्तु बनाउनेछु, किनकि यसबाट भएर जाने हरेकले यी सबै विपत्ति देखेर डराउनेछ र गिल्ला गर्नेछ ।

  • 14त्यसपछि सबै पशुका बगाल त्यहाँ पल्टिनेछन्, मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेरो त्यसका स्तम्भहरूका टुप्पोमा बस्‍नेछन् । झ्यालहरूबाट एउटा पुकाराको गीत सुनिनेछ, ढोका अगाडि भग्‍नावशेष हुनेछ, त्यसका देवदारुका कुँदिएका दलिनहरू प्रकट गरिनेछन् ।

  • 8तब धेरै जातिहरू त्यस सहर भएर जानेछन् । एउटाले अर्कोलाई सोध्‍ने छ, 'यस महान् सहरप्रति परमप्रभुले किन यसरी व्यवहार गर्नुभएको होला?'

  • 10किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्‍थानझैं उजाड पारिएको र त्‍यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्‍यसको हाँगाहरू खान्छ ।

  • 1¶ एक पटक मानिसहरूले भरिपूर्ण सहर अहिले सुनसान बसिरहेको छ । त्यो शक्तिशाली जाति भए तापनि विधवाजस्तै भएको छ । त्यो जाति-जातिहरूका बिचमा राजकुमारीजस्तै थियो, तर अहिले जबरजस्ती दासत्वमा लगिएको छ ।

  • 13परमप्रभुको क्रोधको कारणले बेबिलोनमा आबादी हुनेछैन, तर यो पूर्ण रूपमा सर्वनाश हुनेछ । बेबिलोनको कारणले यसबाट भएर जाने हरेक व्‍यक्‍ति तर्सनेछ, र यसका सबै चोटको कारण तिनीहरू गिल्‍ला गर्नेछन् ।

  • यशा 32:13-14
    2 पदहरू
    76%

    13मेरा मानिसहरूका जमिनमा, कुनै बेलाका आनन्‍द गर्ने सहरका घरहरूमा समेत काँढाहरू र सिउँडीहरू उम्रिनेछन् ।

    14किनकि दरबारहरू त्यागिनेछन्, भीडको सहरलाई उजाड बनाइनेछ । पहाड र धरहरा सदाको निम्ति गुफाहरू, वन-गधाहरूका खुसी, गाइवस्तुका चरन हुनेछ ।

  • 3यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ । यसमा कोही बस्‍ने छैन । मानिस र पशु दुवै भाग्‍नेछन् ।

  • 8त्यसैले अब यो कुरा सुन, तिमीहरू जो विलासिता रुचाउँछौ र निष्फिक्रि बस्छौ । तिमीहरू जसले आफ्नो मनमा भन्छौ, “म अस्तित्वमा छु, र मजस्तो त्‍यहाँ अरू कोही छैन । म कहिल्यै विधवाझैं बस्‍नेछैन, न छोराछोरी नाश भएको अनुभव म कहिल्यै गर्नेछु ।”

  • 7ए आनन्दित सहर, के तँलाई यस्तो भएको छ, जसको उत्‍पत्ति प्राचीन समयमा नै भएको छ, जसका खुट्टाले त्यसलाई बसोबास गर्न विदेशी भूमिमा पुर्‍याएको छ?

  • विलाप 1:7-10
    4 पदहरू
    75%

    7त्यसले कष्‍ट पाएको र घरवारविहीन भएको दिनमा यरूशलेमले आफूसित अगिल्ला दिनमा भएका त्यसका सबै बहुमूल्य खजानाहरूलाई सम्झने छ । त्यसका मानिसहरू वैरीको हातमा पर्दा कसैले त्यसलाई सहायता गरेन । वैरीहरूले त्यसलाई देखे, र त्यसको विनाशमा हाँसे ।

    8यरूशलेमले घोर पाप गर्‍यो । त्यो अशुद्ध वस्तुजस्तै तिरस्कृत भएको छ । त्यसलाई आदर गर्ने सबैले अहिले त्यसलाई तिरस्कार गर्छ, किनकि तिनीहरूले त्यसको नग्‍नता देखेका छन् । त्यसले सुस्केरा हाल्छ, र भाग्‍ने कोसिस गर्छ ।

    9त्यसको फरियाभित्र त्यो अशुद्ध भएको छ । त्यसले आफ्नो भविष्यको विषयमा सोचेन । त्यसको पतन डरलाग्दो थियो । त्यसलाई सान्त्वना दिने कोही थिएन । त्यो चिच्‍च्यायो, “हे परमप्रभु, मेरो कष्‍टलाई हेर्नुहोस्, किनकि शत्रु अति महान् भएको छ ।”

    10वैरीले हाम्रा सबै बहुमूल्य खजानामा आफ्नो हात हालेको छ । तपाईंको पवित्र सभामा जाति-जातिहरू प्रवेश गर्नुहुँदैन भनी तपाईंले आज्ञा दिनुभए तापनि त्यसले आफ्नो पवित्रस्थानमा तिनीहरू प्रवेश गरेको देखेको छ ।

  • 26यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्‍नेछ ।

  • 16तिनीहरूको देश त्रास बन्‍नेछ । सदासर्वदा गिल्लाको वस्तु बन्‍नेछ । त्यसबाट भएर जाने हरेक डराउनेछ, र टाउको हल्लाउनेछ ।

  • 1¶ रगतले भरिएको सहरलाई धिक्‍कार! त्यो झूट र लूटको सम्पत्तिले भरिएको छ । त्यसका शिकारहरू सधैँ त्यहीँभित्र छन् ।

  • 15चारैतिर त्यसको विरुद्धमा सोर उच्‍च पार । त्यसले आत्मसमर्पण गरेको छ । त्यसका धरहराहरू ढलेका छन् । त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो । त्यसमाथि बदला लेओ । त्यसले जस्‍तो गरेको छ तेस्तै त्यसलाई गर ।

  • 29घोडचढीहरू र काँड बोकेका धनुर्धारीहरूको आवाज सुनेर हरेक सहर भाग्‍नेछ । तिनीहरू जङ्गलभित्र दौडनेछन् । हरेक सहर चट्टानका ठाउँहरूमा उक्लनेछ । सहरहरू त्यागिने छन्, किनकि तिनमा बसोबास गर्ने कोही हुनेछैन ।

  • 25त्यो प्रशंसाको सहर अर्थात् मेरो आनन्दको नगर किन त्यागिएको छैन?

  • 4ए विश्‍वासहीन छोरी, तँ किन तेरा ज्यादै फलवन्त बेँसीहरूको विषयमा घमण्ड गर्छेस्? आफ्नो धन-सम्पत्तिमा भरोसा गरी तँ भन्छस्, 'मेरो विरुद्धमा को आउनेछ?'

  • 1¶ धिक्‍कार त्यो बागी शहर! त्यो हिंसक शहर अशुद्ध भएको छ ।

  • 39स्यालहरूसँगै मरुभूमिका जनावरहरू त्यहाँ बस्‍नेछन्, र अस्ट्रिचका बच्‍चाहरू त्यहाँ बस्‍नेछन् । किनकि त्यसमा फेरि कहिल्यै बासिन्‍दा बस्‍नेछैनन् । पुस्तादेखि पुस्तासम्म त्यहाँ कोही पनि बस्‍नेछैन ।

  • 43त्यसका सहरहरू उजाड, सुक्खा भूमि र मरुभूमि भएका छन्, जहाँ कोही बस्दैन, र कुनै मानिस त्यताबाट जाँदैन ।

  • 12सहरमा उजाड छोडिएको छ र ढोका भग्‍नावशेष भएर फुटेको छ ।

  • 17तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन्‌ र तँलाई यसो भन्‍नेछन्‌: नाविकहरू बसोबास गर्ने, तँ कसरी नष्‍ट भइस्‌ । शक्तिशाली र प्रसिद्ध सहर अब समुद्रबाट हराएको छ । त्यसका बासिन्‍दाहरूले आफ्‍ना नजिक बस्‍ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए ।

  • 21विश्‍वासयोग्‍य सहर कसरी वेश्या भएको छ! त्यो न्यायले पुर्ण थियो— त्यो धर्मिकताले भरिपुर्ण थियो, तर अहिले त्यो हत्याराहरूले भरिएको छ ।

  • 10परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूले यसो भनिरहेको यस ठाउँको विषयमा, “मानिस वा पशु नभएको यो उजाड-स्थान हो,” यहूदाका सहरहरू र न त मानिस नत पशु भएर भएर उजाड भएका यरूशलेमका सडकहरूमा, त्‍यहाँ फेरि पनि आवाज सुनिनेछ,

  • 7उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ ।

  • यशा 22:1-2
    2 पदहरू
    73%

    1¶ दर्शनको बेसीको विषयमा एउटा घोषणाः के कारणले तिमीहरू सबै जना घरको छतमाथि गएका छौ?

    2होहल्लाले भरिएको सहर र खुसीले भरिएको नगरका आवाजहरू सुन्‍नलाई तिमीहरूले त्‍यसो गरेका हौ? तिमीहरूका मृतहरू तरवारले मारिएको थिएनन् र तिनीहरू युद्धमा मरेनन् ।

  • 8यसैकारण म विलाप गर्नेछु र रुनेछु; म खाली खुट्टा र नाङ्गै जानेछु । म स्यालहरूझैँ चिच्‍याउनेछु र लाटोकोसेरोझैँ शोक गर्नेछु ।

  • 6किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्‍ना ताली बजाएका र आफ्‍ना खुट्टा बजारेका र आनन्‍दित बनेका छौ ।

  • 11त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु ।”

  • 7आफ्नो झाडिबाट सिंह बाहिर आउँदैछ, र जाति-जातिहरूलाई नष्‍ट पार्ने व्यक्ति प्रस्थान गरिसकेको छ । तिमीहरूको देशमा त्रास ल्याउन, तिमीहरूका सहरहरूलाई कोही नबस्‍ने गरी भग्‍नावशेषमा परिणत गर्न त्यो आफ्नो ठाउँ छाडेर आउँदैछ ।

  • भजन 55:10-11
    2 पदहरू
    73%

    10दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्‍छन् । अधर्म र हानि यसको माझमा छन् ।

    11यसको बिचमा दुष्‍टता छ । थिचोमिचो र छलले यसका गल्‍लीहरूलाई छोड्दैनन् ।

  • 10निनवे रित्तो र नष्‍ट भएको छ । सबैका हृदय पग्लिन्‍छन्, सबैका घुँडाहरू एक आपसमा ठोकिन्छन्, र पीडा सबैमा छ, तिनीहरू सबैका अनुहारहरू पहेँला छन् ।

  • 3गोठालाहरू वेदनामा रुन्छन्, किनभने तिनीहरूको महिमा नष्‍ट पारिएको छ! जवान सिंहहरू गर्जन्छन्, किनकि यर्दन नदीको घमण्ड नष्‍ट पारिएको छ ।

  • 7जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु, म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’

  • 6“मैले जाति-जातिहरूलाई नष्‍ट पारेको छु । तिनीहरूका किल्लाहरू ध्वस्त भएका छन् । मैले तिनीहरूका सडकहरूलाई भग्‍नावशेष बनाइदिएको छु, अनि तीबाट भएर कोही पनि जाँदैनन् । तिनीहरूका शहरहरु नष्‍ट पारिएका छन्, अनि त्यहाँ कोही मानिस बसोबास गर्दैनन् ।

  • 37बेबिलोन भग्‍नावशेषको थुप्रो, स्यालहरू ओडार, त्रास र गिल्लाको पात्र हुनेछ, जहाँ कोही बासिन्‍दा छैन ।

  • 10अनि त्यो दिन यस्तो हुनेछ भनेर परमप्रभु घोषणा गर्नुहुन्छ । माछा ढोकाबाट कष्‍टको रुवाबासी, नयाँ टोलबाट विलाप, र पहाडहरूबाट ठुलो धमाकाको आवाज आउनेछ ।

  • 7तँलाई हेर्ने सबै तँबाट टाढा भाग्‍नेछन् र भन्‍नेछन्, ‘निनवे नष्‍ट भएको छ, त्यसको निम्ति कसले विलौना गर्ला?’ तँलाई शान्त्वना दिने मैले कहाँ पाउन सक्छु?”

  • 2किन तपाईंले सहरलाई एउटा थुप्रो, किल्लाबन्दी गरेको सहरलाई भग्‍नावशेष र परदेशीहरूका किल्ला भएको सहरलाई नाश गर्नुभएको छ ।

  • 7तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्‍म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।

  • 15जवान सिंहहरू त्यसको विरुद्धमा गर्जे । तिनीहरूले ठुलो स्‍वरले गर्जेका छन्, र त्यसको देशलाई त्रसित पारेका छन् । त्यसका सहरहरू बासिन्दाहरू नरहने गरी नष्‍ट पारिएका छन् ।

  • 22समाचारको खबर आएको छ, “हेर, यहूदाका सहरहरूलाई उजाड पारेर स्यालहरूका लुक्‍ने ठाउँ बनाउनलाई उत्तरको देशबाट एउटा ठुलो भूकम्प आउँदैछ ।”