यिर्मिया 4:7

अनलक शाब्दिक बाइबल

आफ्नो झाडिबाट सिंह बाहिर आउँदैछ, र जाति-जातिहरूलाई नष्‍ट पार्ने व्यक्ति प्रस्थान गरिसकेको छ । तिमीहरूको देशमा त्रास ल्याउन, तिमीहरूका सहरहरूलाई कोही नबस्‍ने गरी भग्‍नावशेषमा परिणत गर्न त्यो आफ्नो ठाउँ छाडेर आउँदैछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 2:15 : 15 जवान सिंहहरू त्यसको विरुद्धमा गर्जे । तिनीहरूले ठुलो स्‍वरले गर्जेका छन्, र त्यसको देशलाई त्रसित पारेका छन् । त्यसका सहरहरू बासिन्दाहरू नरहने गरी नष्‍ट पारिएका छन् ।
  • यिर्मि 5:6 : 6 त्यसैले झाडीबाट निस्केर आउने सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ । अराबाबाट आउने ब्वाँसोले तिनीहरूलाई नष्‍ट पार्नेछ । ढुकेर बस्‍ने चितुवा तिनीहरूका सहरहरूको विरुद्धमा आउनेछ । आफ्नो सहरबाहिर जाने कोही पनि टुक्राटुक्रा पारिनेछ । किनकि तिनीहरूका अपराध बढ्दो छन् । तिनीहरूका विश्‍वासहीन कामहरू असीमित छन् ।
  • यशा 6:11 : 11 तब मैले भने, “हे परमप्रभु, कहिलेसम्म?” उहाँले जवाफ दिनुभयो, “ बासिन्दाविनाका भग्‍नावशेष सहरहरू ध्‍वस्‍त नहुन्‍जेल र मानिसविनाका घरहरू नहुन्‍जेल, र देश उजाड नहुन्‍जेल,
  • यशा 1:7 : 7 तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्‍म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।
  • यिर्मि 25:9 : 9 हेर्, मेरो दास बेबिलोनका राजा नबूकदनेसरसँगै उत्तरका सबै मानिसलाई जम्मा गर्न एउटा आदेश मैले दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो, तिनीहरूलाई म यस देश र यसका बासिन्दाहरूको विरुद्धमा र तिमीहरूका वरिपरि भएका सबै जातिको विरुद्धमा ल्याउनेछु । किनकि म तिनीहरूलाई विनाशको निम्ति अलग गर्नेछु । म तिनीहरूलाई त्रास, गिल्ला र अनन्तको विनाशको पात्रमा परिणत गरिदिनेछु ।
  • यहे 26:7-9 : 7 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्‍याउनेछु । 8 त्‍यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्‍यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्‍ने किल्‍ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ । 9 तेरो पर्खालमा हिर्काउनलाई त्‍यसले मूढाहरू राख्‍नेछ, र त्‍यसका हतियारले तेरा धरहराहरू ढाल्‍नेछ । 10 त्‍यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्‍नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्‍केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्‍यो तेरा ढोकाहरूभित्र पस्‍छ ।
  • यिर्मि 33:10 : 10 परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूले यसो भनिरहेको यस ठाउँको विषयमा, “मानिस वा पशु नभएको यो उजाड-स्थान हो,” यहूदाका सहरहरू र न त मानिस नत पशु भएर भएर उजाड भएका यरूशलेमका सडकहरूमा, त्‍यहाँ फेरि पनि आवाज सुनिनेछ,
  • यिर्मि 34:22 : 22 यो परमप्रभुको घोषणा हो, हेर् मैले एउटा आज्ञा दिनै लागेको छु, र यस सहरको विरुद्धमा युद्ध गर्न र यसलाई कब्‍जा गर्न र यसलाई जलाउनलाई म तिनीहरूलाई यहाँ फर्काएर ल्याउन लागेको छु । किनकि म यहूदाका सहरहरूलाई भग्‍नावशेषको ठाउँ बनाउनेछु, जसमा बासिन्‍दाहरू हुनेछैनन् ।”
  • यिर्मि 49:19 : 19 हेर्, यर्दनका जङ्गलहरूबाट हरिया खर्कहरूमा सिंहझैं ऊ माथितिर उक्लनेछ । किनकि म एदोमलाई त्‍यहाँबाट तुरुन्‍तै भाग्‍ने बनाउने छु, र चुनिएको कुनै व्‍यक्‍तिलाई म त्‍यसको जिम्मा लगाउनेछु । किनकि मजस्तो को छ र कसले मलाई बोलाउनेछ? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?”
  • यिर्मि 50:17 : 17 इस्राएल सिंहहरूद्वारा तितरबितर पारिएको र लखेटिएको भेडा हो । पहिले अश्शूरका राजाले त्यसलाई खायो । त्यसपछि बेबिलोनका राजाले त्यसका हड्‍डीहरू भाँचिदियो ।
  • यिर्मि 25:38 : 38 जवान सिंहले झैं उहाँले आफ्नो ठाउँ छाड्नुभएको छ, किनकि अत्याचारीको रिस र उहाँको बल्दो क्रोधको कारणले तिनीहरूको देश त्रासको ठाउँ हुनेछ ।
  • यशा 5:9 : 9 सर्वशक्तिमान् परमप्रभुले मलाई भन्‍नुभयो, धेरै वटा घर, ठुला र भव्‍य महलसमेत रित्ता हुनेछन्, त्यसमा बस्‍ने कोही हुनेछैन् ।
  • २ राजा 24:1 : 1 ¶ यहोयाकीमको समयमा बेबिलोनका राजा नबूकदनेसरले यहूदालाई आक्रमण गरे । तिन वर्षसम्म यहोयाकीम तिनका सेवक भए । त्यसपछि यहोयाकीम फर्किए र नबूकदनेसरको विरुद्धमा विद्रोह गरे ।
  • २ राजा 25:1 : 1 ¶ राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना लिएर यरूशलेमको विरुद्धमा आए । तिनले यसको सामु छाउनी हाले र तिनीहरूले यसको चारैतिर घेरा हाले ।
  • यिर्मि 26:9 : 9 यो मन्दिर शीलोझैं हुनेछ र यो सहर बासिन्दारहित उजाड हुनेछ भनेर किन परमप्रभुको नाउँमा अगमवाणी गरिस्?” किनकि सबै मानिसले परमप्रभुको मन्दिरमा यर्मियाको विरुद्धमा भिड जम्मा गरेका थिए ।
  • यिर्मि 27:8 : 8 त्‍यसैले बेबिलोनका राजा नबूकदनेसरको सेवा नगर्ने जाति वा राज्य र बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्‍न नमान्‍ने जोकसैलाई उसको हातद्वारा त्‍यो नष्‍ट नहुञ्जेल म तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, यो परमप्रभुको घोषणा हो ।
  • यिर्मि 50:44 : 44 हेर्, त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ । किनकि तिनीहरूलाई म तुरुन्‍तै त्यहाँबाट भाग्‍न लगाउनेछु, र यसको जिम्मामा म चुनिएको कसैलाई नियुक्त गर्नेछु । किनकि मजस्तो को छ अनि कसले मलाई बोलाउनेछ र? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?
  • यहे 21:19-21 : 19 “ए मानिसको छोरो, बेबिलोनका राजाको तरवार आउनलाई दुई वटा बाटो रोज् । ती दुवै बाटो एउटै देशबाट सुरु हुनेछन् र तीमध्ये एउटामा सहरतिर जाने चिन्ह हुनेछ । 20 अम्‍मोनीहरूको सहर रब्‍बामा बेबिलोनी फौज आउनलाई एउटा बाटोमा निशाना बनाइदे । अर्कोमा तिनै फौजलाई यहूदामा र किल्‍ला भएको यरूशलेम सहरमा आउनलाई एउटा निशाना बनाइदे । 21 किनभने बेबिलोनका राजा जोखना हेर्नलाई चौबाटोमा, दोबाटोमा खडा हुनेछ । त्‍यसले केही काँडहरू चालाउनेछ र मूर्तिहरूसित सल्‍लाह लिनेछ, र त्‍यसले कलेजो जाँच्‍नेछ ।
  • यहे 30:10-11 : 10 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु । 11 त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्‍याइनेछन्‌ । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन्, र मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्‌ ।
  • दानी 5:19 : 19 परमेश्‍वरले उहाँलाई दिनुभएको महान्‌ताको कारणले, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू थरथर भए र उहाँको भय माने । उहाँले जसको प्राण लिने इच्‍छा गर्नुभयो, त्‍यसको प्राण उहाँले लिनुभयो, र उहाँले जसलाई जीवित राख्‍ने इच्‍छा गर्नुभयो, त्‍यसलाई उहाँले जीवित राख्‍नुभयो । जसलाई उहाँले चाहनुभयो त्‍यसलाई उचाल्‍नुभयो, र जसलाई उहाँले इच्‍छा गर्नुभयो त्‍यसलाई उहाँले होच्‍याउनुभयो ।
  • दानी 7:4 : 4 पहिलोचाहिं सिंहजस्‍तो देखिन्‍थ्‍यो तर त्‍यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्‍यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो । त्यसलाई मानिसको मन दिइएको थियो ।
  • यिर्मि 9:11 : 11 त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 83%

    37त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन् ।

    38जवान सिंहले झैं उहाँले आफ्नो ठाउँ छाड्नुभएको छ, किनकि अत्याचारीको रिस र उहाँको बल्दो क्रोधको कारणले तिनीहरूको देश त्रासको ठाउँ हुनेछ ।

  • 15जवान सिंहहरू त्यसको विरुद्धमा गर्जे । तिनीहरूले ठुलो स्‍वरले गर्जेका छन्, र त्यसको देशलाई त्रसित पारेका छन् । त्यसका सहरहरू बासिन्दाहरू नरहने गरी नष्‍ट पारिएका छन् ।

  • 6सङ्केत दिने झण्डा उठाओ र त्यसलाई सियोनतर्फ औंल्याओ, र सुरक्षाको लागि दौड । नबस, किनकि म उत्तरबाट ठुलो विनाश र विपत्ति ल्याउँदैछु ।

  • यो 1:6-7
    2 पदहरू
    80%

    6किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्ती छ । त्यसका दाँत सिंहका दाँतझैं छन्, र त्यसका दाह्रा सिंहनीका झैं छन् ।

    7त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।

  • 7त्‍यसले तिनीहरूका विधवाहरूलाई कब्जा गर्‍यो र तिनीहरूका सहरहरू उजाड पार्‍यो । त्‍यो गर्जेको आवाजले त्यो देश र त्‍यसको पूर्णतालाई त्यागियो ।

  • 3यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ । यसमा कोही बस्‍ने छैन । मानिस र पशु दुवै भाग्‍नेछन् ।

  • 6त्यसैले झाडीबाट निस्केर आउने सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ । अराबाबाट आउने ब्वाँसोले तिनीहरूलाई नष्‍ट पार्नेछ । ढुकेर बस्‍ने चितुवा तिनीहरूका सहरहरूको विरुद्धमा आउनेछ । आफ्नो सहरबाहिर जाने कोही पनि टुक्राटुक्रा पारिनेछ । किनकि तिनीहरूका अपराध बढ्दो छन् । तिनीहरूका विश्‍वासहीन कामहरू असीमित छन् ।

  • नहू 2:11-13
    3 पदहरू
    78%

    11सिंहको गुफा, जहाँ जवान सिंहहरूलाई खुवाइन्थ्यो, जहाँ सिंह र सिंहनी आफ्ना डमरुहरूसँग हिँड्थे, जहाँ तिनीहरू कोहीसँग डराउँदैनथे, त्यो ठाउँ कहाँ छ?

    12सिंहले आफ्ना डमरुहरूका निम्ति त्यसका शिकारहरूलाई टुक्रा-टुक्रा गर्‍यो । त्यसले आफ्ना सिंहनीहरूका निम्ति शिकारको घाँटी निमोठी मार्‍यो, र आफ्नो गुफालाई शिकारहरूले, र आफ्नो ओडारलाई टुक्रा-टुक्रा पारिएका सिनुहरूले भर्‍यो ।

    13सेनाहरूका परमप्रभु यो घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्धमा छु । म तेरा रथहरूलाई जलाएर धुँवा बनाउनेछु र तेरा जवान सिंहहरूलाई तरवारले नष्‍ट पार्नेछ । तेरो भुमिबाट तेरो शिकारलाई म हटाइदिनेछु र तेरा समाचारबाहकहरूका आवाज अब कहिल्यै सुनिनेछैन ।”

  • 8यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन ।

  • 4परमप्रभुले मलाई यसो भन्‍नुहुन्छ, “गोठालाहरूका समूह आफ्‍नो विरुद्धमा आउँदा पनि जसरी सिंह अर्थात् जवान सिंह आफ्‍नो शिकारमाथि गर्जेर झम्‍टन्‍छ तर तिनीहरूका सोर सुनेर डराउँदैन, न तिनीहरूका सोर सुनेर भाग्‍छ, त्‍यसरी नै सर्वशक्तिमान् परमप्रभु सियोन पर्वतमा अर्थात् त्यो पहाडमा लडाइँ गर्न ओर्लनुहुनेछ ।

  • 22समाचारको खबर आएको छ, “हेर, यहूदाका सहरहरूलाई उजाड पारेर स्यालहरूका लुक्‍ने ठाउँ बनाउनलाई उत्तरको देशबाट एउटा ठुलो भूकम्प आउँदैछ ।”

  • 7तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्‍म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।

  • 77%

    10म शोकको गीत गाउनेछु, र पहाडहरूका निम्ति विलाप गर्नेछु, र खर्कहरूका निम्ति मृत्‍यु संस्‍कारको गीत गाइनेछ । किनकि ती जलाइएका छन्, यसैले कोही पनि त्यसबाट जान सक्दैन । तिनीहरूले कुनै पनि गाईवस्तुको आवाज सुन्‍नेछैनन् । आकाशका चराहरू र पशुहरू सबै भागेर गएका छन् ।

    11त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु ।”

  • 8याकूबका बाँकी रहेकाहरू राष्‍ट्रहरू र जातिहरूका माझमा हुनेछन् । तिनीहरू जङ्गलका पशुहरूका बिचमा भएको एउटा सिंहझैँ, र भेडाहरूको बगालमा एउटा जवान सिंहझैँ हुन् । जब त्यो तिनीहरूका बिचबाट जान्छ, त्यसले तिनीहरूलाई कुल्चनेछ र तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछ, अनि तिनीहरूलाई बचाउने त्यहाँ कोही हुनेछैन ।

  • 11सिकारको अभावले बुढो सिंह नष्‍ट हुन्छ । सिंहनीका डमरुहरू जताततै छरपष्‍ट भएका हुन्‍छन् ।

  • 26मैले हेरें । परमप्रभुको सामु, उहाँको भयानक क्रोधको सामु बगैँचा मरुभूमि भएको थियो, र सबै सहरहरू ध्वस्त भएका थिए ।

  • 6“मैले जाति-जातिहरूलाई नष्‍ट पारेको छु । तिनीहरूका किल्लाहरू ध्वस्त भएका छन् । मैले तिनीहरूका सडकहरूलाई भग्‍नावशेष बनाइदिएको छु, अनि तीबाट भएर कोही पनि जाँदैनन् । तिनीहरूका शहरहरु नष्‍ट पारिएका छन्, अनि त्यहाँ कोही मानिस बसोबास गर्दैनन् ।

  • 10किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्‍थानझैं उजाड पारिएको र त्‍यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्‍यसको हाँगाहरू खान्छ ।

  • 12विनाशकहरू उजाड-स्थानका सबै नाङ्गा स्थानहरूको विरुद्धमा आएका छन्, किनकि परमप्रभुको तरवारले तिनीहरूलाई देशको एउटा छेउदेखि अर्को छेउसम्म नाश पार्दैछ । देशमा कुनै पनि जीवित प्राणीको लागि सुरक्षा छैन ।

  • 3गोठालाहरू वेदनामा रुन्छन्, किनभने तिनीहरूको महिमा नष्‍ट पारिएको छ! जवान सिंहहरू गर्जन्छन्, किनकि यर्दन नदीको घमण्ड नष्‍ट पारिएको छ ।

  • 29तिनीहरूका गर्जन सिंहको जस्तो हुनेछ । जवान सिंहहरूझैं तिनीहरू गर्जनेछन् । तिनीहरू गर्जन्छन् र शिकार समात्‍नेछन् र छुटाउने कोही नभई त्‍यो घिसारेर लैजान्छन् ।

  • 29घोडचढीहरू र काँड बोकेका धनुर्धारीहरूको आवाज सुनेर हरेक सहर भाग्‍नेछ । तिनीहरू जङ्गलभित्र दौडनेछन् । हरेक सहर चट्टानका ठाउँहरूमा उक्लनेछ । सहरहरू त्यागिने छन्, किनकि तिनमा बसोबास गर्ने कोही हुनेछैन ।

  • 44हेर्, त्यो यर्दनका जङ्गलहरूबाट सधैं हरिया रहने ठाउँमा सिंहझैं माथि उक्लनेछ । किनकि तिनीहरूलाई म तुरुन्‍तै त्यहाँबाट भाग्‍न लगाउनेछु, र यसको जिम्मामा म चुनिएको कसैलाई नियुक्त गर्नेछु । किनकि मजस्तो को छ अनि कसले मलाई बोलाउनेछ र? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?

  • 19हेर्, यर्दनका जङ्गलहरूबाट हरिया खर्कहरूमा सिंहझैं ऊ माथितिर उक्लनेछ । किनकि म एदोमलाई त्‍यहाँबाट तुरुन्‍तै भाग्‍ने बनाउने छु, र चुनिएको कुनै व्‍यक्‍तिलाई म त्‍यसको जिम्मा लगाउनेछु । किनकि मजस्तो को छ र कसले मलाई बोलाउनेछ? कुनचाहिं गोठालोले मेरो विरोध गर्न सक्छ?”

  • 11यसैकारण, परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ, “एउटा शत्रुले देशलाई घेर्नेछ, र तिमीहरूका गढहरूलाई नाश गर्नेछ र तिमीहरूका किल्लाहरूलाई लुट्नेछ ।”

  • 7किनकि तेरो विरुद्धमा आउनलाई मैले विनाशकहरू तोकेको छु । मानिसहरूले आ-आफ्ना हतियारहरूले सबैभन्दा राम्रा-राम्रा देवदारुहरू काट्नेछन् र तिनलाई आगोमा जलाउने छन् ।

  • 74%

    14परमप्रभुले मलाई भन्‍नुभयो, “यस देशमा बस्‍ने सबैमाथि विपत्ति उत्तर दिशाबाट नै आउन सुरु हुनेछ ।

    15किनकि मैले उत्तरी राज्यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो । तिनीहरू आउनेछन्, र यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन्, अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरको विरुद्धमा लाग्‍नेछन् ।

  • 12लूटका माल म कब्जा गर्नेछु र चोर्नेछु ताकि भर्खरै मात्र बसोबास गरिएका बाँझो जमिनका विरुद्धमा, र जातिहरूबाट भेला भएका मानिसहरू, गाईवस्तु र सम्पत्ति आर्जन गरिरहेका मानिसहरू र पृथ्वीको बिचमा बसोबास गरिरहेकाहरूका विरुद्ध म आफ्‍नो हात उठाउनेछु ।’

  • 22परमप्रभु यसो भन्‍नुहुन्छ, ‘हेर्, उत्तर देशबाट एउटा जाति आउँदैछ, पृथ्वीको पल्लो भागबाट एउटा महान् जाति उत्तेजित हुँदैछ ।

  • 24हेर, मानिसहरू सिंहनीजस्तै उठ्छन्, सिंहजस्तै उठ्छन् र आक्रमण गर्छन् । त्यो आफ्नो सिकारलाई नखाएसम्म र त्यसले मारेको सिकारको रगत नपिएसम्म आराम गर्दैन ।”

  • 14यसैले एफ्राइमको निम्ति म सिंहझैं हुनेछु, र यहूदाको घरानाको निम्ति जवान सिंहझैं हुनेछु । मैले नै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र जानेछु । म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई बचाउने कोही पनि हुनेछैन ।

  • हो 13:7-8
    2 पदहरू
    73%

    7तिनीहरूका निम्ति म एउटा सिंहझैं हुनेछु, र चितुवाझैं म तिनीहरूको बाटोभरि ढुक्‍नेछु ।

    8छाउराहरू खोसिएको माउ भालूले झैं म तिनीहरूलाई आक्रमण गर्नेछु । तिनीहरूका छातीहरूलाई म च्यात्‍नेछु, र त्यहाँ म तिनीहरूलाई सिंहले झैं निल्‍नेछु जसरी जङ्गली पशुले तिनीहरूलाई टुक्रा-टुक्रा पार्छ ।

  • 8किनकि विनाशक हरेक सहरमा आउनेछ । कुनै पनि सहर उम्कनेछैन । त्यसैले बेँसी नष्‍ट हुनेछ, र मैदान सर्वनाश पारिनेछ जस्तो परमप्रभुले भन्‍नुभएको छ ।

  • 11परमप्रभुले आफ्ना सबै क्रोध देखाउनुभयो । उहाँले आफ्नो भयङ्कर रिस खन्याउनुभयो । उहाँले सियोनमा आगो सल्काउनुभयो जसले त्यसका जगहरूलाई भस्म पार्‍यो ।

  • 7उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ ।

  • 20विपत्तिपछि विपत्ति आउनेछ । किनकि सारा देश भग्‍नावशेष हुन्छ । अकस्मात् मेरा पालहरू अनि मेरा पर्दाहरू एकै क्षणमा नष्‍ट पारिए ।

  • 9ए मैदानमा भएका सबै जङ्गली पशुहरू, वनका सबै जङ्गली पशुहरू आओ र खाओ!

  • 12तिनीहरू शिकारको उत्कट इच्छा गर्ने सिंहझैं, लुक्‍ने ठाउँहरूमा ढुकिरहेको जवान सिंहझैं छन् ।

  • 12सहरमा उजाड छोडिएको छ र ढोका भग्‍नावशेष भएर फुटेको छ ।

  • 5तरै पनि हामी रातमा आक्रमण गरौं र त्यसको किल्लालाई नष्‍ट पारौं ।”

  • 20मानिसहरू बसेका सहरहरू उजाड हुनेछन्, र देश उजाड-स्‍थान हुनेछ । तब म नै परमप्रभु हुँ भी तिमीहरूले जान्‍नेछौ ।’”

  • 15यो त्यो उल्लासित सहर हो, जो कुनै भयबिना नै जिउँथ्यो, र आफ्नो हृदयमा भन्थ्यो, “म हुँ, र मेरो बराबर केही छैन ।” त्यो अब पशुहरू बस्‍ने भयानक ठाउँ बनेको । त्यसको नजिकबाट जाने हरेकले त्यसको गिल्ला गर्दै मुक्‍का देखाउँनेछन् ।

  • 13वनका बँदेहरूले यसलाई बिगार्छन् र मैदानका पशुहरूले यसमा चर्छन् ।