यिर्मिया 4:20
विपत्तिपछि विपत्ति आउनेछ । किनकि सारा देश भग्नावशेष हुन्छ । अकस्मात् मेरा पालहरू अनि मेरा पर्दाहरू एकै क्षणमा नष्ट पारिए ।
विपत्तिपछि विपत्ति आउनेछ । किनकि सारा देश भग्नावशेष हुन्छ । अकस्मात् मेरा पालहरू अनि मेरा पर्दाहरू एकै क्षणमा नष्ट पारिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
19मलाई धिक्कार छ! मेरा हड्डी भाँचिएका हुनाले मेरो चोट सङ्क्रमित भएको छ । त्यसैले मैले भनें, “निश्चय नै यो वेदना हो, तर मैले त्यो सहनैपर्छ ।”
20मेरो पाल तहस-नहस पारिएको छ, र मेरा पालका सबै डोरी दुई टुक्रा पारेर काटिएका छन् । तिनीहरूले मेरा बालबालिकालाई मबाट टाढा लगेका छन्, त्यसैले तिनीहरू अब छैनन् । मेरो पाल टाँग्न वा मेरा पर्दाहरू उठाउन त्यहाँ अब फेरि कोही छैन ।
21मैले कहिलेसम्म शत्रुको यद्धको झण्डा हेर्ने? के मैले तुरहीको आवाजलाई सुन्नेछु?
19ए मेरो हृदय, मेरो हृदय! म आफ्नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ । म चुप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु ।
22देशमा युद्धको ध्वनी र विशाल विनाशको सोर सुनिएको छ ।
23सबै देशका घन काटेर टुक्रा-टुक्रा पारेर नाश गरिएका छन् । जातिहरूका बिचमा बेबिलोनचाहिं एउटा नष्ट गरिएको ठाउँ भएको छ ।
19किनकि सियोनमा विलापको सोर सुनिएको छ, 'हामी कसरी तहस-नहत भएका छौं । हामी ज्यादै लज्जित भएका छौं । तिनीहरूले हाम्रा घरहरू भत्काएको समयदेखि नै हामीले यो देश त्यागेका छौं ।'
26हे मेरा मानिसकी छोरी, भाङ्ग्रा लगा र खरानीमा लडीबडी हो । एक मात्र छोरोको लागि विलाप गरेझैं शुँक-शुँक गरेर शोक गर, किनकि विनाशक हामीमाथि अकस्मात् आउनेछ ।
4यसकारण मैले भनें, “मलाई नहेर, म धुरुधुरु रुनेछु । मेरा मानिसहरूका छोरीको विनाशको बारेमा मलाई सान्त्वना दिने कोसिस नगर ।”
4त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’”
37त्यसैले परमप्रभुको डरलाग्दो रिसको कारणले शान्तिमय खर्कहरू उजाड पारिनेछन् ।
26मैले हेरें । परमप्रभुको सामु, उहाँको भयानक क्रोधको सामु बगैँचा मरुभूमि भएको थियो, र सबै सहरहरू ध्वस्त भएका थिए ।
27परमप्रभु यसो भन्नुहुन्छ, “सारा देश ध्वस्त हुनेछ, तर म यसलाई पूर्ण रूपमा नष्ट पार्दिनँ ।
47आतङ्क र खतरा, उजाड र विनाश हामीमाथि आइपरेका छन् ।
48मेरा जाति नष्ट गरिएकाले मेरा आँखाबाट आँसुको धारा बहन्छ ।
20हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु । बाहिर तरवारले आमालाई नष्ट पार्छ, घरभित्र केवल मृत्यु छ ।
12सहरमा उजाड छोडिएको छ र ढोका भग्नावशेष भएर फुटेको छ ।
7तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।
19तिनीहरू कसरी क्षणभरमा नै उजाडस्थान बने! तिनीहरूको अन्त भयो र भयानक त्रासहरूले समाप्त पारिए ।
3पृथ्वीलाई पुर्ण रूपमा विनाश गरिनेछ र पुर्ण रूपमा नाङ्गो बनाइनेछ । किनकि परमप्रभुले यो वचन बोल्नुभएको छ ।
4पृथ्वी सुख्खा हुनेछ र ओइलाउनेछ, संसार सुक्नेछ र ओइलाएर जानेछ। पृथ्वीका विशिष्ट मानिसहरू दुर्बल हुनेछन् ।
3सुन! होरोनैमबाट क्रन्दनको सोर आइरहेको छ, जहाँ भग्नावशेष र ठुलो विनाश छ ।
4मोआब नष्ट पारिएको छ । त्यसका बच्चाहरू चिच्च्याएको सोर सुनिन्छ ।
25त्रास आउनेछ । तिनीहरूले शान्ति खोज्नेछन्, तर त्यहाँ केही हुनेछैन ।
6सङ्केत दिने झण्डा उठाओ र त्यसलाई सियोनतर्फ औंल्याओ, र सुरक्षाको लागि दौड । नबस, किनकि म उत्तरबाट ठुलो विनाश र विपत्ति ल्याउँदैछु ।
7आफ्नो झाडिबाट सिंह बाहिर आउँदैछ, र जाति-जातिहरूलाई नष्ट पार्ने व्यक्ति प्रस्थान गरिसकेको छ । तिमीहरूको देशमा त्रास ल्याउन, तिमीहरूका सहरहरूलाई कोही नबस्ने गरी भग्नावशेषमा परिणत गर्न त्यो आफ्नो ठाउँ छाडेर आउँदैछ ।
8यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन ।
11तिनीहरूले त्यसलाई उजाड पारेका छन् । म त्यसको निम्ति शोक गर्छु । त्यो उजाड छ । सारा देश उजाड पारिएको छ, किनकि यसलाई हृदयमा लिने कोही छैन ।
12विनाशकहरू उजाड-स्थानका सबै नाङ्गा स्थानहरूको विरुद्धमा आएका छन्, किनकि परमप्रभुको तरवारले तिनीहरूलाई देशको एउटा छेउदेखि अर्को छेउसम्म नाश पार्दैछ । देशमा कुनै पनि जीवित प्राणीको लागि सुरक्षा छैन ।
54बेबिलोनबाट निराशाको चित्कार, कल्दीहरूको देशबाट ठुलो विनाश आयो ।
2मलाई एउटा कष्टप्रद दर्शन दिइएको छः “धोकेबाजले धोकापुर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ । ए एलाम, माथि जा र आक्रमण गर् । ए मादी घेरा हाल् । त्यसको सबै शोकलाई म रोक्नेछु ।
14सहरको पर्खालमा भएको ठुलो प्वालबाट आउने फौजझैं तिनीहरू मेरो विरुद्धमा आउँछन् । विनाशको बिचमा तिनीहरू ममाथि लडिबडि खेल्छन् ।
14म लामो समयसम्म चुपचाप बसेको छु । म मौन रहेको छु र आफैंलाई थामेको छु । अब म प्रसव वेदनामा परेको स्त्रझैं कराउँछु । म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु ।
4तैंले उसलाई यसो भन्नुपर्छ, ‘परमप्रभु यसो भन्नुहुन्छः हेर, जे मैले बनाएँ, त्यो म अब भत्काउँदैछु । जे मैले रोपेँ, त्यो अहिले म उखेल्दैछु— सारा पृथ्वीभरि नै म यसै गर्नेछु ।
16यिनै कुराहरूको लागि म रुन्छु; मेरा आँखा आँसुको धारा बहन्छ । किनकि मलाई सान्त्वना दिने र मेरो जीवनलाई पुनर्स्थापित गर्ने मबाट निकै टाढा छ । शत्रुले मलाई परास्त गरेकोले मेरा बालबच्चा बेसहारा छन् ।
11उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो । उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो ।
19तँमाथि वियोग र विनाश, अनिकाल र तरवार— यी दुई कष्टहरू आइपरेका छन्— तँसँग कसले शोक गर्नेछ? तँलाई कसले सान्त्वना दिनेछ?
11तिनीहरूको आँसुले मेरा आँखा टट्टाइसक्यो । मेरो पेट हुँडल्छ । मेरा मानिसहरूकी छोरीको विनाशको कारण मेरा मेरो हृदय छियाछिया भयो । बालबच्चा र दुधे बालकहरू सहरका सडकहरूमा मुर्छा खान्छन् ।
14यसैले तिमीहरूका मानिसहरूमा युद्धको गर्जन हुनेछ, र तिमीहरूका किल्लाबन्दी गरिएका सहरहरू नष्ट हुनेछन् । युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैं त्यो हुनेछ, जुन बेला आमाहरूलाई आफ्ना छोराछोरीसितै टुक्रा-टुक्रा पारिएको थियो ।
8किनकि विनाशक हरेक सहरमा आउनेछ । कुनै पनि सहर उम्कनेछैन । त्यसैले बेँसी नष्ट हुनेछ, र मैदान सर्वनाश पारिनेछ जस्तो परमप्रभुले भन्नुभएको छ ।
9तिमीहरूले मेरा मानिसहरूका स्त्रीहरूलाई तिनीहरूका सुखद घरहरूबाट निकाल्दछौ; तिनीहरूका साना छोराछोरीहरूबाट मेरो आशिषलाई तिमीहरू सदाको निम्ति खोस्दछौ ।
8परमप्रभुले सियोनकी छोरीको सहरको पर्खाललाई नष्ट गर्ने निधो गर्नुभयो । उहाँले नाप्ने फित्ता तन्काउनुभयो, र पर्खाललाई नष्ट गर्नबाट आफ्नो हात रोक्नुभएको छैन । उहाँले गढी र पर्खाललाई विलाप गर्न लगाउनुभयो । ती सँगसँगै भत्के ।
19पृथ्वी पुर्ण रूपमा टुट्नेछ, पृथ्वी चिरा पर्नेछ । पृथ्वीलाई डरलाग्दो किसिमले हल्लाइनेछ ।
17माटोका डल्लामुनि बीउहरू सडे, भण्डारहरू उजाड भए, र अन्नका भकारीहरू भत्काइए, किनकि अन्न सुकेको छ ।
12उनीहरूले तेरा धन-सम्पत्तिहरू लुट्नेछन्, र तेरा व्यापारका मालहरू लुट्नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा आरामदायी घरहरू भत्काउनेछन् । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्नेछन् ।
29घोडचढीहरू र काँड बोकेका धनुर्धारीहरूको आवाज सुनेर हरेक सहर भाग्नेछ । तिनीहरू जङ्गलभित्र दौडनेछन् । हरेक सहर चट्टानका ठाउँहरूमा उक्लनेछ । सहरहरू त्यागिने छन्, किनकि तिनमा बसोबास गर्ने कोही हुनेछैन ।
20बिहान र बेलुकीको बिचमा तिनीहरू नष्ट हुन्छन् । कसैको जानकारीविना नै तिनीहरू सदाको लागि नष्ट हुन्छन् ।
1¶ हेर्, परमप्रभुले पृथ्वीलाई रित्तो बनाउन, यसलाई विनाश पार्न, यसको सतहलाई बिगार्न र यसका बासिन्दाहरूलाई तितरबितर पार्न लाग्नुभएको छ ।
2परमरप्रभुले याकूबका सबै नगरलाई स्वाहा पार्नुभएको छ, र तिनलाई दया देखाउनुभएको छैन । उहाँको रिसको दिनमा उहाँले यहूदाकी छोरीका किल्लाबन्दी गरिएका सहरहरू भत्काइदिनुभएको छ । उहाँले राज्य र यसका शासकहरूलाई अपमानमा भुइँ ढाल्नुभएको छ ।
4मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ ।