विलापगीत 2:11

अनलक शाब्दिक बाइबल

तिनीहरूको आँसुले मेरा आँखा टट्टाइसक्यो । मेरो पेट हुँडल्छ । मेरा मानिसहरूकी छोरीको विनाशको कारण मेरा मेरो हृदय छियाछिया भयो । बालबच्‍चा र दुधे बालकहरू सहरका सडकहरूमा मुर्छा खान्छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 16:13 : 13 उहाँका धनुर्धारीहरूले मेरो चारैतिर घेरा हाल्‍छन् । परमेश्‍वरले मेरा मिर्गौला छेड्नुहुन्छ, र मलाई छोड्‍नुहुन्‍न । उहाँले मेरो पित्त भुइँमा पोख्‍नुहुन्छ ।
  • विलाप 1:16 : 16 यिनै कुराहरूको लागि म रुन्छु; मेरा आँखा आँसुको धारा बहन्छ । किनकि मलाई सान्त्वना दिने र मेरो जीवनलाई पुनर्स्थापित गर्ने मबाट निकै टाढा छ । शत्रुले मलाई परास्त गरेकोले मेरा बालबच्‍चा बेसहारा छन् ।
  • विलाप 1:20 : 20 हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु । बाहिर तरवारले आमालाई नष्‍ट पार्छ, घरभित्र केवल मृत्यु छ ।
  • यशा 22:4 : 4 यसकारण मैले भनें, “मलाई नहेर, म धुरुधुरु रुनेछु । मेरा मानिसहरूका छोरीको विनाशको बारेमा मलाई सान्त्वना दिने कोसिस नगर ।”
  • विलाप 3:48-51 : 48 मेरा जाति नष्‍ट गरिएकाले मेरा आँखाबाट आँसुको धारा बहन्छ । 49 मेरा आँखाबाट नरोकिकन, विश्राम नगरीकन आँसु बहन्छ, 50 जबसम्म परमप्रभुले स्वर्गबाट तल हेर्नुहुन्‍न । 51 मेरो सहरका सबै छोरीको कारण मेरा आँखाले मलाई शोकित तुल्याए ।
  • भजन 6:7 : 7 मेरा आँखाहरू शोकले धमिला हुन्छन् । मेरा सारा वैरीहरूका कारणले ती कमजोर हुन्छन् ।
  • भजन 22:14 : 14 पानीलाई झैं मलाई खन्याइँदैछ र सबै मेरा हाडहरूले ठाउँ छोडेका छन् । मेरो हृदय मैनझैं भएको छ । मेरो अन्तरकरणमा त्‍यो पग्लिन्छ ।
  • यिर्मि 4:19 : 19 ए मेरो हृदय, मेरो हृदय! म आफ्‍नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ । म चुप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु ।
  • यिर्मि 8:19-9:1 : 19 हेर्नुहोस्, टाढाको देशमा भएका मेरो मानिसहरूको छोरीको क्रन्दन सुन्‍नुहोस् । के परमप्रभु सियोनमा हुनुहुन्‍न र? के त्यसका राजा अहिले त्यहाँ हुनुहुन्‍न र? त्यसो भए, तिनीहरूले आफ्ना खोपिएका मूर्तिहरू र बेकम्मा विदेशी देवताहरूले मलाई किन रिस उठाउँछन् त? 20 कटनीको समय बितेको छ, ग्रीष्म ऋतु पनि सकिएको छ । तरै पनि हामी बचाइएका छैनौं । 21 मेरा मानिसहरूको छोरीको चोटको कारणले मलाई मलाई चोट लागेको छ । त्यसलाई आइपरेका डरलाग्दा कुराहरूमा म शोक गर्छु । म लज्‍जित भएको छु । 22 के गिलादमा कुनै औषधी छैन? के त्यहाँ कुनै निको पार्न व्‍यक्‍ति छैन? मेरा मानिसहरूको छोरीको चोट किन निको भएको छैन त? 1 ¶ मेरो शिरले पानी उत्पादन गर्न सके हुन्‍थ्‍यो र मेरा आँखा आँसुको फुहारा भए हुन्‍थ्‍यो! किनकि मेरा मानिसहरूका छोरीको बिचमा मारिएकाहरूका निम्ति म दिनरात रुने इच्‍छा गर्छु ।
  • यिर्मि 14:17 : 17 तिनीहरूलाई यो वचन भन्, ‘मेरा आँखाबाट दिनरात आँसु बगिरहोस् । त्यसलाई नरोक्, किनकि मेरो जातिकी कन्याको ठुलो विनाश हुनेछ । त्यसले ठुलो र निको नहुने चोट पाउनेछ ।
  • यिर्मि 44:7 : 7 त्यसैले अब परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'आफ्नै विरुद्धमा तिमीहरू किन ठुला-ठुला दुष्‍ट काम गर्दैछौ? यहूदाका पुरुषहरू, स्‍त्रीहरू, बालबालिका तथा दूधे बालकहरूबाट किन आफै बहिष्कृत हुँदैछौ? तिमीहरूका कोही पनि बाँकी छाडिनेछैनौ ।
  • भजन 31:9 : 9 हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्‍टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ ।
  • भजन 69:3 : 3 म आफ्‍नो चित्‍कारले थाकेको छु । मेरो घाँटी सुकेको छ । मेरो परमेश्‍वरमा आसा गर्दा मेरा आँखाहरू धमिला हुन्छन् ।
  • विलाप 4:3-4 : 3 स्यालका माउहरूले पनि आफ्ना बच्‍चाहरूलाई थुन चुस्‍न दिन्छन्, तर मेरो जातिकी छोरी मरुभूमिका अस्ट्रिचहरूझैँ क्रुर भएकी छे । 4 दूध चुस्‍ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्छ । बालबालिकाहरूले खानेकुरा माग्छन्, तर तिनीहरूका लागि केही छैन ।
  • विलाप 4:9-9 : 9 तरवारले मारिएकाहरू भोकले मरेकाहरूभन्दा खुसी थिए । जमिनको फसलको कमीको कारणले तिनीहरू भोकाएर सुक्दै जान्छन्। 10 दयालु स्‍त्रीहरूका हातले तिनीहरूका आफ्नै बालबच्‍चा पकाएका छन् । मेरो जातिकी छोरीलाई नष्‍ट पारिँदा ती बालबच्‍चा तिनीहरूको खानेकुरा बने ।
  • लू 23:29 : 29 किनभने हेर, दिनहरू आउँदै छन् र तिनीहरूले भन्‍नेछन्, ‘हे बाँझीहरू, नजन्माउने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’
  • यशा 38:14 : 14 गौंथलीझैं म चिरबिर गर्छु । ढुकुरझैं कुर्लिन्‍छु । माथितिर हेरेर मेरा आँखा थकित भएका छन् । हे परमप्रभु, म दुःखमा परेको छु । मलाई सहायता गर्नुहोस् ।
  • विलाप 2:19-20 : 19 रातको हरेक पहरको सुरुमा उठेर चिच्‍च्या । परमप्रभुको मुहारको सामुन्‍ने तेरो हृदय पानीझैँ खन्या । हरेक सडकको कुनामा भोकले मुर्छा पर्ने तेरा बालबच्‍चाका प्राणको लागि तेरा हात उहाँतिर उठा । 20 हे परमप्रभु, हेर्नुहोस्, र यसरी व्यवहार गर्नेहरूलाई विचार गर्नुहोस् । के स्‍त्रीहरूले आफ्नै गर्भको फल अर्थात् आफैले जन्माएका बालबच्‍चालाई खाने? के पुजारी र अगमवक्ता परमप्रभुको पवित्र वासस्थानमा मारिने?
  • १ शमू 30:4 : 4 जब दाऊद र तिनीसँग भएका मानिसहरू डाँको छोडेर तिनीहरूमा रुने शक्ति नै नभएसम्म रोए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • विलाप 2:12-13
    2 पदहरू
    85%

    12तिनीहरूले आफ्ना आमाहरूलाई भन्छन्, “अन्‍न र दाखमद्य कहाँ छन्?” तिनीहरू सहरका सडकहरूमा घाइतेझैँ मुर्छा पर्दा तिनीहरूका प्राण तिनीहरूका आमाहरूको काखमा शिथिल हुन्छन् ।

    13हे यरूशलेमकी छोरी, म तँलाई के भनूँ? हे सियोनकी छोरी, तँलाई सान्त्वना दिन तँलाई म केसित तुलना गरूँ? तेरो घाउ समुद्रजस्तै विशाल भएको छ । कसले तँलाई निको पार्न सक्छ?

  • विलाप 3:48-49
    2 पदहरू
    83%

    48मेरा जाति नष्‍ट गरिएकाले मेरा आँखाबाट आँसुको धारा बहन्छ ।

    49मेरा आँखाबाट नरोकिकन, विश्राम नगरीकन आँसु बहन्छ,

  • 83%

    16त्यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले, तिनीहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्, किनकि त्यहाँ तिनीहरू, तिनीहरूका पत्‍नीहरू, छोराछोरीलाई गाड्ने कोही हुने छैनन्, किनकि म तिनीहरूका दुष्‍टता तिनीहरूमाथि नै खन्याउनेछु ।

    17तिनीहरूलाई यो वचन भन्, ‘मेरा आँखाबाट दिनरात आँसु बगिरहोस् । त्यसलाई नरोक्, किनकि मेरो जातिकी कन्याको ठुलो विनाश हुनेछ । त्यसले ठुलो र निको नहुने चोट पाउनेछ ।

    18म मैदानमा गएँ भने, त्यहाँ तरवारले मारिएकाहरू हुन्छन् । म सहरमा आएँ भने, त्यहाँ अनिकालले ल्याएका रोगहरू हुन्छन् । अगमवक्ता र पुजारी दुवै देशको यताउता बरालिन्छन्, र तिनीहरूलाई थाहैछैन' ।”

  • विलाप 1:16-20
    5 पदहरू
    80%

    16यिनै कुराहरूको लागि म रुन्छु; मेरा आँखा आँसुको धारा बहन्छ । किनकि मलाई सान्त्वना दिने र मेरो जीवनलाई पुनर्स्थापित गर्ने मबाट निकै टाढा छ । शत्रुले मलाई परास्त गरेकोले मेरा बालबच्‍चा बेसहारा छन् ।

    17सियोनले आफ्ना हात फैलाएको छ । त्यसलाई सान्त्वना दिने कोही छैन । याकूबको वरिपरि हुनेहरू त्यसका वैरीहरू होऊन् भनी परमप्रभुले आज्ञा दिनुभएको छ । यरूशलेम तिनीहरूका लागि अशुद्ध छ ।

    18परमप्रभु धर्मी हुनुहुन्छ, किनकि म उहाँको आज्ञाको विरुद्धमा बागी भएको छु । हे सबै मानिस हो, सुन र मेरो शोकलाई विचार गर । मेरा कन्याहरू र हट्टाकट्टा मानिसहरू निर्वासनमा गएका छन् ।

    19मैले मेरा मित्रहरूलाई बोलाएँ, तर तिनीहरू मप्रति धोकेबाज निस्किए । मेरा पुजारीहरू र मेरा धर्म-गुरुहरूले आफ्ना प्राण बचाउनको लागि खानाको खोजी गर्दा तिनीहरू सहरमा नै नष्‍ट भए ।

    20हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु । बाहिर तरवारले आमालाई नष्‍ट पार्छ, घरभित्र केवल मृत्यु छ ।

  • 4यसकारण मैले भनें, “मलाई नहेर, म धुरुधुरु रुनेछु । मेरा मानिसहरूका छोरीको विनाशको बारेमा मलाई सान्त्वना दिने कोसिस नगर ।”

  • 1¶ मेरो शिरले पानी उत्पादन गर्न सके हुन्‍थ्‍यो र मेरा आँखा आँसुको फुहारा भए हुन्‍थ्‍यो! किनकि मेरा मानिसहरूका छोरीको बिचमा मारिएकाहरूका निम्ति म दिनरात रुने इच्‍छा गर्छु ।

  • विलाप 2:18-22
    5 पदहरू
    78%

    18हे सियोनकी छोरीका पर्खालहरू हो, तिनीहरूका हृदयले परमप्रभुलाई पुकारे । दिनरात नदीझैँ तेरा आँसु बगा । कत्ति पनि विश्राम नले; तेरा आँखालाई विश्राम नदे ।

    19रातको हरेक पहरको सुरुमा उठेर चिच्‍च्या । परमप्रभुको मुहारको सामुन्‍ने तेरो हृदय पानीझैँ खन्या । हरेक सडकको कुनामा भोकले मुर्छा पर्ने तेरा बालबच्‍चाका प्राणको लागि तेरा हात उहाँतिर उठा ।

    20हे परमप्रभु, हेर्नुहोस्, र यसरी व्यवहार गर्नेहरूलाई विचार गर्नुहोस् । के स्‍त्रीहरूले आफ्नै गर्भको फल अर्थात् आफैले जन्माएका बालबच्‍चालाई खाने? के पुजारी र अगमवक्ता परमप्रभुको पवित्र वासस्थानमा मारिने?

    21युवाहरू र पाकाहरू सडकहरूका धूलोमा पस्रिन्छन् । मेरा युवतीहरू र युवाहरू तरवारले ढालिएका छन् । तिनीहरूलाई दया नदेखाइकन तपाईंले तिनीहरूलाई मार्नुभएको छ ।

    22चाडको दिनमा मानिसहरू भेला गरेँझैँ तपाईंले मेरो हरेक किनारामा मेरा त्रासहरूलाई बोलाउनुभएको छ । परमप्रभुको रिसको दिनमा कोही पनि उम्केन वा बाँचेन । मैले वास्ता गरेका र हुर्काएकाहरूलाई मेरो शत्रुले नष्‍ट पारेको छ ।

  • 31त्यसैले म पीडाको आवाज, पहिलो बच्‍चाको जन्ममा हुने प्रसव-वेदना र सियोनकी छोरीको चिच्‍याहट सुन्‍दैछु । त्यसले स्वाँ-स्वाँ गर्दै सास फेर्दैछे । त्यसले आफ्ना हात फैलाउँछे, 'मलाई धिक्‍कार छ! यी हत्याराहरूको कारणले गर्दा म मूर्छा परिरहेकी छु ।”

  • 10दयालु स्‍त्रीहरूका हातले तिनीहरूका आफ्नै बालबच्‍चा पकाएका छन् । मेरो जातिकी छोरीलाई नष्‍ट पारिँदा ती बालबच्‍चा तिनीहरूको खानेकुरा बने ।

  • 10सियोनकी छोरीका धर्म-गुरुहरू चुप लागेर भुइँमा बस्छन् । तिनीहरूले आ-आफ्ना शिरमा धूलो हालेका छन्, र भाङ्ग्रा लगाएका छन् । यरूशलेमका कन्याहरूले भुइँमा आ-आफ्ना शिर झुकाएका छन् ।

  • 77%

    18तिनीहरू हतार गरून्, र हाम्रा लागि शोकको गीत गाऊन्, ताकि हाम्रा आँखाबाट आँसु बगून् र हाम्रा परेलाबाट पानी बगून् ।

    19किनकि सियोनमा विलापको सोर सुनिएको छ, 'हामी कसरी तहस-नहत भएका छौं । हामी ज्यादै लज्‍जित भएका छौं । तिनीहरूले हाम्रा घरहरू भत्काएको समयदेखि नै हामीले यो देश त्‍यागेका छौं ।'

    20त्यसैले हे स्‍त्रीहरू हो, परमप्रभुको वचन सुन । उहाँको मुखबाट निस्कने सन्देशमा ध्यान देओ । तब आ-आफ्ना छोरीहरूलाई शोकको गीत र हरेक छिमेकी स्‍त्रीलाई मृत्‍यु संस्‍कारको गीत सिकाओ ।

  • विलाप 1:11-12
    2 पदहरू
    76%

    11त्यसका सबै मानिसले रोटीको खोजी गर्दा तिनीहरू सुस्केरा हाल्छन् । आफ्ना प्राण बचाउनलाई खानाको लागि तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू दिएका छन् । हे परमप्रभु, हेर्नुहोस्, र मलाई विचार गर्नुहोस्, किनकि म बेकम्मा भएको छु ।

    12यताबाट भएर जाने तिमीहरू सबैलाई के यसको वास्ता छैन? मलाई दिइएको शोकजस्तै कसैको शोक छ कि छैन भनेर हेर र विचार गर, किनकि परमप्रभुले आफ्नो भयङ्कर क्रोधको दिनमा मलाई यातना दिनुभएको छ ।

  • 51मेरो सहरका सबै छोरीको कारण मेरा आँखाले मलाई शोकित तुल्याए ।

  • यशा 51:19-20
    2 पदहरू
    75%

    19तँमाथि वियोग र विनाश, अनिकाल र तरवार— यी दुई कष्‍टहरू आइपरेका छन्— तँसँग कसले शोक गर्नेछ? तँलाई कसले सान्त्वना दिनेछ?

    20तेरा छोराहरू मूर्छ परेका छन् । जालमा परेको चित्तलझैं तिनीहरू हरेक गल्‍लीको कुनाहरूमा ढल्‍नेछन् । परमप्रभुको क्रोध अर्थात् तिमीहरूका परमेश्‍वरको हप्‍कीले तिनीहरू भरिएका छन् ।

  • 26हे मेरा मानिसकी छोरी, भाङ्ग्रा लगा र खरानीमा लडीबडी हो । एक मात्र छोरोको लागि विलाप गरेझैं शुँक-शुँक गरेर शोक गर, किनकि विनाशक हामीमाथि अकस्मात् आउनेछ ।

  • 21मेरा मानिसहरूको छोरीको चोटको कारणले मलाई मलाई चोट लागेको छ । त्यसलाई आइपरेका डरलाग्दा कुराहरूमा म शोक गर्छु । म लज्‍जित भएको छु ।

  • 19ए मेरो हृदय, मेरो हृदय! म आफ्‍नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ । म चुप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु ।

  • 2“यहूदाले शोक गरोस् । त्यसका मूला ढोकाहरू भाँचिऊन् । तिनीहरू देशको लागि विलाप गर्दैछन् । यरूशलेमको निम्ति तिनीहरूको क्रन्दन माथि जाँदैछ ।

  • 3यसकारण मेरो कमर दुखेको छ । स्‍त्रीको प्रसव पीडाजस्‍तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।

  • 10निनवे रित्तो र नष्‍ट भएको छ । सबैका हृदय पग्लिन्‍छन्, सबैका घुँडाहरू एक आपसमा ठोकिन्छन्, र पीडा सबैमा छ, तिनीहरू सबैका अनुहारहरू पहेँला छन् ।

  • 9हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्‍टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ ।

  • 2परमरप्रभुले याकूबका सबै नगरलाई स्वाहा पार्नुभएको छ, र तिनलाई दया देखाउनुभएको छैन । उहाँको रिसको दिनमा उहाँले यहूदाकी छोरीका किल्लाबन्दी गरिएका सहरहरू भत्काइदिनुभएको छ । उहाँले राज्य र यसका शासकहरूलाई अपमानमा भुइँ ढाल्नुभएको छ ।

  • 19हेर्नुहोस्, टाढाको देशमा भएका मेरो मानिसहरूको छोरीको क्रन्दन सुन्‍नुहोस् । के परमप्रभु सियोनमा हुनुहुन्‍न र? के त्यसका राजा अहिले त्यहाँ हुनुहुन्‍न र? त्यसो भए, तिनीहरूले आफ्ना खोपिएका मूर्तिहरू र बेकम्मा विदेशी देवताहरूले मलाई किन रिस उठाउँछन् त?

  • 10तथापि नो शहर निर्वासनमा लगियो, त्यो दासत्वमा लगियो, त्यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्रा-टुक्रा पारिए । त्यसका शत्रुहरूले त्यसका भारदारहरूका निम्ति चिट्ठा हाले, र त्यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए ।

  • 11त्यसैले मेरो हृदयले मोआबको निम्ति र मेरो अन्तस्करणले कीर-हरेशेतको निम्ति वीणाले झैं सुस्केरा हाल्छ ।

  • 8परमप्रभुले सियोनकी छोरीको सहरको पर्खाललाई नष्‍ट गर्ने निधो गर्नुभयो । उहाँले नाप्‍ने फित्ता तन्काउनुभयो, र पर्खाललाई नष्‍ट गर्नबाट आफ्नो हात रोक्‍नुभएको छैन । उहाँले गढी र पर्खाललाई विलाप गर्न लगाउनुभयो । ती सँगसँगै भत्के ।

  • 2त्यो रातमा रुन्छ र विलाप गर्छ, अनि त्यसको आँसुले गला भरिन्छ । त्यसको कुनै पनि प्रेमीले त्यसलाई सान्त्वना दिँदैन । त्यसका सबै मित्रले त्यसलाई धोका दिएका छन् । तिनीहरू त्यसका शत्रुहरू भएका छन् ।

  • 26यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्‍नेछ ।

  • 12राम्रा खेतहरूका निम्ति र फलदायी दाखहरूका निम्ति तिमीहरूले विलाप गर्नेछौ ।

  • 9अगमवक्ताहरूको सम्बन्धमा मेरो हृदय टुटेको छ, र मेरा सबै हड्‍डी काम्दछन् । परमप्रभु र उहाँको पवित्र वचनको कारणले म एक जना मातेको मान्छेजस्तै भएको छु, जसलाई मदिराले नियन्त्रण गरेको हुन्‍छ ।

  • 4सियोनका सडकहरूले शोक गर्छन्, किनकि कुनै पनि तोकिएका चाडहरूमा आउँदैन । त्यसका सबै मूल ढोका उजाड भएका छन् । त्यसका पुजारीहरू सुस्केरा हाल्दछन् । त्यसका कन्याहरू शोकित छन्, र त्यो आफै नै बिलकुल निराशामा छ ।

  • 9तिमीहरूले मेरा मानिसहरूका स्‍त्रीहरूलाई तिनीहरूका सुखद घरहरूबाट निकाल्‍दछौ; तिनीहरूका साना छोराछोरीहरूबाट मेरो आशिषलाई तिमीहरू सदाको निम्ति खोस्दछौ ।

  • 6त्यसैले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा मेरो रिस र क्रोध खन्याइयो, र आगो लगाइयो । ती उजाड र सर्वनाश भए, जस्तो आजको दिनसम्‍म छ ।'

  • 10मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन् ।