यशैया 8:6
“यी मानिसहरूले शीलोको शान्त पानीलाई इन्कार गरेका छन् अनि रसीन र रमल्याहको छोरासित खुसी भएका छन्,
“यी मानिसहरूले शीलोको शान्त पानीलाई इन्कार गरेका छन् अनि रसीन र रमल्याहको छोरासित खुसी भएका छन्,
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
7त्यसकारण परमप्रभुले शक्तिशाली र धेरै नदीको पानी अर्थात् अश्शूरका राजा र तिनका सबै महिमा तिनीहरूमाथि ल्याउन लाग्नुभएको छ । त्यसका सबै नहरमा त्यो आउनेछ र त्यसका किनारहरू भरिएर बग्नेछन् ।
8यो तिमीहरूका घाँटीसम्म पुगुन्जेल नदी बाढी आएर अघि बढ्दै यहूदाभित्रसम्म बग्नेछ । ए इम्मानुएल, यसको फैलिएका पखेटाहरूले तेरो देशकको सबैतिर ढाक्नेछ ।”
4किनकि बालकले 'मेरो बुबा' र 'मेरो आमा' भन्न जान्नअघि नै दमसकसको धन र सामरियाको लूटलाई अश्शूरको राजाले बोकेर लैजानेछ ।”
5परमप्रभु फेरि मसँग बोल्नुभयो,
1¶ उज्जियाहको नाति, योतामका छोरा यहूदाको राजा आहाजको समयमा, अरामका राजा रसीन, र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा युद्ध गर्न माथि गए, तर तिनीहरू त्यसको विरुद्धमा विजयी हुन सकेनन् ।
2अरामले एफ्राइमसँग सन्धी गर्यो भनी दाऊदको घरानालाई बताइयो । तिनको हृदय काँप्यो, अनि तिनका मानिसहरूका हृदय जङ्गलका रुखहरू हावाले हल्लाएझैं काँप्यो ।
3तब परमप्रभुले यशैयालाई भन्नुभयो, “तेरो छोरा शार्यासूबलाई साथमा लिएर आहाजलाई भेट्न धोबीको खेत जाने बाटोमा माथिल्लो पोखरीको नहरको छेउमा जा ।
4उसलाई भन्, 'होसियार होऊ, शान्त बस, नडराऊ, रेसीन र अराम अनि रमल्याहको छोरा पेकहको भयङ्कर रिसको बलिरहेको अगुल्टोद्वारा त्रसित नहोऊ ।
5अराम, एफ्राइम र रमल्याहको छोराले तिम्रो विरुद्धमा खराब योजना गरेका छन् । तिनीहरूले भनेका छन्,
6“हामी यहूदालाई आक्रमण गरौं र त्यसलाई त्रसित बनाऔं, र हामी त्यसभित्र पसौं र ताबेलका छोरालाई त्यहाँ हाम्रा राजा बनाऔं ।”
9सबै मानिसहरूले जान्नेछन्, घमण्डसाथ र अहङ्कारी हृदयले भन्ने एफ्राइम र सामरियाले पनि जान्नेछन्,
10“इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं । अञ्जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्नेछौं ।”
11यसकारण परमप्रभुले उसको शत्रु रसीनलाई उसको विरुद्धमा खडा हुनुहुनेछ र उसका शत्रुहरूलाई,
4धेरै संख्यामा मानिसहरू एकसाथ भेला भए र देशको मध्यभाग भएर बग्ने सबै मूलहरू र खोलाहरू थुनिदिए । तिनीहरूले भने, “अश्शूरका राजाहरू यहाँ आएर किन प्रशस्त पानी पाउने?”
9तब अश्शूरका राजाले तिनको कुरा सुने, र अश्शूरका राजा दमस्कसको विरुद्धमा गए, त्यसमाथि विजय हासिल गरे र यहाँका मानिसहरूलाई बन्दी बनाएर कीरमा लगे । तिनले अरामका राजा रसीनलाई पनि मारे ।
5तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह आक्रमण गर्न यरूशलेममा आए । तिनीहरूले आहाजलाई घेरे तापनि तिनीहरूले तिनलाई पराजित गर्न सकेनन् ।
6त्यस बेला अरामका राजा रसीनले अरामको लागि एलात फेरि प्राप्त गरे र यहूदाका मानिसहरूलाई एलातबाट धपाए । तब अरामीहरू एलातमा आए, जहाँ तिनीहरू आजको दिनसम्म नै बसेका छन् ।
7त्यसैले आहाजले अश्शूरका राजा तिग्लत-पिलेसेरकहाँ यसो भनेर सन्देशवाहकहरू पठाए, “म तपाईंको सेवक र तपाईंको छोरो हुँ । माथि आउनुहोस् र अरामका राजा र इस्राएलका राजाको हातबाट मलाई बचाउनुहोस् जसले मलाई आक्रमण गरेका छन् ।”
8किनभने अरामको मुख्यालय दमसकस हो र दमसकसको मुखिया रेसीन हो । पैंसट्ठी वर्षभित्र, एफ्राइम टुक्रा-टुक्रा हुनेछ र त्यसमा कोही मानिस हुनेछैन ।
9एफ्राइमको मुख्यालय सामरिया हो र सामरियाको मुखिया रमल्याहको छोरा हो । तिमी विश्वासमा दृढ रहँदैनौ भने, निश्चय नै तिमी सुरक्षित हुनेछैनौ ।”
10परमप्रभुले फेरि आहाजसँग बोल्नुभयो,
17परमप्रभुले तिमी, तिम्रा मानिसहरू र तिम्रा बुबाको घरानामाथि एफ्राइम यहूदाबाट छुटेदेखि कहिल्यै नभएको कुरा ल्याउनुहुनेछ— उहाँले तिमीमाथि अश्शूरका राजा ल्याउनुहुनेछ ।”
1¶ सियोनमा आरामसित बस्नेहरूलाई धिक्कार, र सामरियाको पहाडी मुलुकमा सुरक्षित भएकाहरू, जातिहरूका उत्कृष्टहरूमध्ये विशिष्ट मानिसहरू, जसकहाँ इस्राएलको घराना सहायताको निम्ति आउँछन् ।
13किनकि मेरो जातिले मेरो विरुद्धमा दुईवटा दुष्ट काम गरेको छः तिनीहरूले जिउँदो पानीको मुललाई त्यागेका छन्, र तिनीहरूले आफ्नै निम्ति पानी चुहिने कुवाहरू खनेका छन् ।
12जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।
37ती दिनमा परमप्रभुले यहूदाको विरुद्धमा अरामका राजा रसीन र रमल्याहका छोरा पेकहलाई पठाउन सुरु गर्नुभयो ।
26तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले प्रधान सेनापतिलाई भने, “कृपा गरी तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्नुहोस् किनकि हामी त्यो बुझ्छौँ । कृपया पर्खालमा खडा भएका मानिसहरूले सुन्ने गरी हामीसित यहूदाका भाषामा नबोल्नुहोस् ।”
7तिनीहरूले प्रशस्त उब्जनी गरेका कुरा र भण्डारण गरेका कुरा, तिनीहरू लहरे-पिपलहरूको खोलापारि लैजान्छन् ।
7त्यस दिन अग्ला र चिल्ला मानिसहरूले, टाढा नजिकका मानिसलाई डराउनेहरू, बलिया र विजयीले सर्वशक्तिमान् परमप्रभुलाई उपहार ल्याउने छन्, जसको देशलाई नदीहरूले विभाजन गर्छन्, तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको नाउँ भएको सियोन पर्वतमा ल्याउनेछन् ।
2तब अश्शूरका राजाले प्रमुख कमाण्डरलाई लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ ठुलो फौजसहित पठाए । तिनी धोबीहरूको खेततिर जाने मुल बाटोमा माथिल्लो तलाउको नहर छेउमा खडा भए ।
7पानीको सतहमाथिको काठको एउटा टुक्राझैं, सामरियाका राजा नष्ट पारिनेछ ।
22परमप्रभुले उसको बारेमा भन्नुभएको वचन यही होः “सियोनका कन्ये छोरीले तँलाई घृणा गर्छे र खिसी गर्न तँमा हाँस्छे । यरूशलेमकी छोरीले तँलाई आफ्नो टाउको हल्लाउँछे ।
33यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा यसो भन्नुहुन्छ, “यो सहरभित्र ऊ आउनेछैन र उसेले यहाँ एउटा वाण पनि हान्नेछैन । यसको सामु ऊ ढाल लिएर आउनेछैन वा यसको विरुद्धमा घेरा-मचान बनाउनेछैन ।
8परमप्रभुले सियोनकी छोरीको सहरको पर्खाललाई नष्ट गर्ने निधो गर्नुभयो । उहाँले नाप्ने फित्ता तन्काउनुभयो, र पर्खाललाई नष्ट गर्नबाट आफ्नो हात रोक्नुभएको छैन । उहाँले गढी र पर्खाललाई विलाप गर्न लगाउनुभयो । ती सँगसँगै भत्के ।
18त्यसैले अब, शिहोर नदीको पानी पिउन किन मिश्रदेशमा पुर्याउने बाटो भएर जान्छौ? यूफ्रेटिस नदीको पानी पिउन किन अश्शूरमा पुर्याउने बाटो भएर जान्छौ?
10अब के मैले यहाँ यस देशको विरुद्ध युद्ध गर्न र यसलाई विनाश पार्न परमप्रभुविना नै आएको हुँ र? परमप्रभुले मलाई भन्नुभयो, “यो देशलाई आक्रमण गर् र त्यसलाई नाश गर् ।”
11तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले प्रमुख कमाण्डरलाई भने, “कृपया, तपाईंका सेवकहरूसँग आरमेइक भाषा बोल्नुहोस्, किनकि हामी यो बुझ्छौं । पर्खालमा भएका यी मानिसहरूले सुन्ने गरी यहूदाको भाषामा नबोल्नुहोस् ।”
11म तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु । म त्यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु र नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु । अश्शूरको गौरव घटाइनेछ, र मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ ।
5के तिनीहरू मिश्रदेशमा फर्कने छैनन् र? तिनीहरू मकहाँ फर्कन नमानेका हुनाले, के अश्शूरले तिनीहरूमाथि राज्य गर्ने छैन र?
4ए विश्वासहीन छोरी, तँ किन तेरा ज्यादै फलवन्त बेँसीहरूको विषयमा घमण्ड गर्छेस्? आफ्नो धन-सम्पत्तिमा भरोसा गरी तँ भन्छस्, 'मेरो विरुद्धमा को आउनेछ?'
2जसले नरकटका डुङ्गाहरूमा समुद्रहुँदै राजदूतहरू पठाउँछ । हे फुर्तिला दूतहरू, सबै अग्ला र चिल्ला जातिकहाँ जाओ, टाढा नजिकका मानिसलाई डराउनेहरू, एउटा बलियो र विजयी जाति जसको देशलाई नदीहरूले विभाजन गर्छ ।
6किनकि तपाईंले याकूबको घराना, आफ्ना मानिसहरूलाई त्याग्नुभएको छ, किनभने तिनीहरू पुर्वका प्रचलनले भरिएका छन् र पलिश्तीहरूले झैं तिनीहरू जोखना हेर्छन्, र तिनीहरूले विदेशीका छोराहरूसँग हात मिलाउँछन् ।
16इस्राएल मिश्रदेशबाट फर्कंदा तिनीहरूका निम्ति भएजस्तै, अश्शूरबाट फर्कने उहाँका बाँकी रहेका मानिसहरूका निम्ति मुल बाटो हुनेछ ।
3किल्लाबन्दी गरिएका सहरहरू एफ्राइमबाट, दमस्कसको राज्यबाट लोप हुनेछन्, र अरामका बाँकी रहेकाहरू—तिनीहरू इस्राएलका मानिसहरूको गौरवझैं हुनेछन्— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
14के लेबनानको हिउँले कहिल्यै यसका चट्टानका पहाडहरूलाई छोड्छ र? के टाढाबाट आउने पहाडका नदीहरू, ती चिसा नदीहरू कहिल्यै सुक्छन् र?
16हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्नुहुन्छ, 'मसँग मिलाप गर र मकहाँ बाहिर आओ । तब तिमीहरूमध्ये हरेकले आ-आफ्नै दाख र अञ्जिरको रूखबाट खानेछ र आफ्नै इनारबाट पानी पिउनेछ ।
3तिनीहरूका शक्तिशाली मानिसहरूले आफ्ना नोकरहरूलाई पानीको लागि बाहिर पठाउँछन् । जब तिनीहरू कुवामा जान्छन् तब तिनीहरूले पानी पाउन सक्दैनन् । तिनीहरू असफल भएर फर्कन्छन् । तिनीहरू लज्जित र बेइजत आफ्ना शिर ढाक्छन् ।
8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्न सक्छौ ।
8यसको निम्ति जमिन काम्नेछैन, अनि त्यसमा बसोबास गर्ने हरेकले विलाप गर्नेछैनन् र? त्यसको सबै थोक नील नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं त्यो छचल्किनेछ र डुब्नेछ ।
12त्यस दिन अश्शूर र मिश्रका शहरहरुबाट, मिश्रदेखि यूफ्रेटिस नदीसम्म, समुद्रदेखि समुद्रसम्म, र पर्वतदेखि पर्वतसम्म मानिसहरू तिमीहरूकहाँ आउनेछन् ।