यशैया 66:5

अनलक शाब्दिक बाइबल

परमप्रभुको वचनमा काम्‍नेहरू हो, उहाँको वचन सुन, “तिमीहरूलाई मेरो नाउँको कारणले घृणा गर्ने र बहिस्कार गर्ने तिमीहरूका भाइहरूले भनेका छन्, 'परमप्रभु महिमित हुनुभएको होस्, अनि हामीले तिमीहरूको आनन्द देख्‍नेछौँ,' तर तिनीहरू शर्ममा पारिनेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 38:20 : 20 तिनीहरूले मलाई असलको सट्टा खराबी गर्छन् । जे असल छ सो कुराको पछि म लागे तापनि, तिनीहरूले ममाथि दोष थुपार्छन् ।
  • यशा 5:19 : 19 धिक्‍कार तिनीहरूलाई, जसले भन्छन्, “परमेश्‍वरले हतार गर्नुभएको होस्, उहाँले चाँडै काम गर्नुभएको होस्, यसैले कि हामी यसो भएको देख्‍न सक्‍छौं । र इस्राएलको परमपवरित्रको योजना पुरा होस् ताकि हामीले ती थाहा पाउनेछौं ।”
  • मत्त 5:10-12 : 10 धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो । 11 तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्‍ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्‍ट कुराहरू भन्दछन् । 12 आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्‍ताहरूलाई मानिसहरूले सताएका थिए ।
  • मत्त 10:22 : 22 मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ । तर जसले अन्तिम घडीसम्म सहन्छ, त्यस व्यक्‍तिको उद्धार हुनेछ ।
  • यूह 9:34 : 34 तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदै छस्?” त्यसपछि तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए ।
  • यूह 15:18-20 : 18 यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ । 19 यदि तिमीहरू संसारका थियौ त, संसारले तिमीहरूलाई आफ्नैझैँ प्रेम गर्ने थियो । तर तिमीहरू संसारका होइनौ, र मैले तिमीहरूलाई संसारबाट चुनेँ, यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ । 20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताएका छन् भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन् । यदि तिनीहरूले मेरो वचन पालन गरेका थिए भने तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।”
  • यशा 66:2 : 2 यो परमप्रभुको घोषणा हो, “यी सबै कुराहरू मेरै हातले बनाएका हुन् । यसरी नै ती हुन आए ।” मैले स्‍याबसी दिने मानिस यही हो, जो आत्मामा तोडिएको र चूर्ण छ र जो मेरो वचनमा काम्दछ ।
  • यिर्मि 36:16 : 16 जब तिनीहरूले यी सबै वचन सुने, तब डरले हरेक मानिसले एक-अर्कालाई हेर्न लागे, बारूकलाई भने, “निश्‍चय नै हामीले यी सबै वचन राजालाई बताउनैपर्छ ।”
  • यिर्मि 36:23-25 : 23 जब यहूदीले तिन वा चार खण्ड पढेर सकेका मात्र थिए, राजाले चक्‍कूले ती काटे र जम्मै मुट्ठो नष्‍ट नभएसम्म त्‍यसलाई बलिरहेको मकलमा फाले । 24 तर यी वचन सुन्‍ने न राजा न तिनका अधिकारीहरू डराए, न त तिनीहरूले आफ्ना लुगा नै च्याते । 25 एल्नातान, दलायाह र गमर्याहले राजालाई मुट्ठो नजलाउन बिन्ती गरेका पनि थिए तर तिनले उनीहरूका कुरा सुनेनन् ।
  • यूह 16:2 : 2 तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन् भनी ठान्‍नेछन् ।
  • प्रेरि 2:33-47 : 33 यसकारण उहाँ परमेश्‍वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू सुन्‍नु र देन्‍नु हुन्छ । 34 दाऊद आफैँ स्वर्ग चढेनन् तर तिनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने हातपट्टि बस, 35 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन ।”’ 36 यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट दुवै बनाउनु भयो । 37 जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ?” 38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ । 39 यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।” 40 अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे । तिनले भने, “यो दुष्‍ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ ।” 41 तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्‍तिस्मा लिए र झन्डै तिन हजार प्राणहरू त्यस दिन थपिए । 42 तिनीहरू प्रेरितहरूको शिक्षा र सङ्गति, रोटी भाँच्‍ने कार्य र प्रार्थनामा लागिरहे । 43 हरेक व्यक्तिमाथि डर छायो र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए । 44 विश्‍वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए । 45 र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र विश्‍वासीहरूको आवश्यकता अनुसार एकअर्कामा बाँडचुँड गरे । 46 यसरी तिनीहरू दिनहुँ एकै उद्देश्यसहित मन्दिरमा भेला हुन्थे र तिनीहरूले घरघरमा रोटी भाँच्थे र हृदयको नम्रता र आनन्दसाथ एकअर्कामा भोजन बाँडचुँड गर्थे । 47 तिनीहरूले परमेश्‍वरको महिमा गर्थे र सबै मानिसहरूमाझ शुभेच्छा थियो । प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्‍नुभयो ।
  • प्रेरि 26:9-9 : 9 एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्‍ने म आफैँले पनि विचार गरेँ । 10 मैले यरूशलेममा यी कामहरू गरेँ; मैले धेरै सन्तहरूलाई झ्यालखानामा थुनेँ, र मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ । जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरेँ ।
  • १ थेस 2:15-16 : 15 जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् । 16 तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।
  • २ थेस 1:6-9 : 6 तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्‍वरको धार्मिकता हो, 7 र येशू ख्रीष्‍ट स्वर्गबाट स्वर्गदूतहरूका शक्‍तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ । 8 जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ । 9 तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्, 10 तिमीहरूले हाम्रो गवाहीमा विश्‍वास गर्‍यौ । त्यसै गरी विश्‍वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ ।
  • तीत 2:13 : 13 धार्मिक र ईश्‍वरीय जीवन जिउन तालिम दिन्छ ।
  • इब्रा 9:28 : 28 त्यसरी नै, ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई सधैँका निम्ति एकै पल्ट बलि हुनुभयो । पापसँग सामना गर्नलाई दोस्रो पल्ट उहाँ देखा पर्नुहुने होइन, तर मुक्‍तिका लागि धैर्यसाथ उहाँका निम्ति पर्खिरहनेहरूका लागि हो ।
  • १ पत्रु 4:12-14 : 12 प्रिय हो, तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्‍निमय परीक्षा आइपरेमा त्यसलाई अनौठो नसम्झ । 13 तर जति तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्‍नेछौँ । 14 तिमीहरू ख्रीष्‍टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्यका हौ, किनकि महिमाका आत्मा र परमेश्‍वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ ।
  • १ यूह 3:13 : 13 मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू अचम्म नमान ।
  • लू 6:22-23 : 22 जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन् । धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन् । 23 त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्‍चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ । किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरेका थिए ।
  • लू 13:17 : 17 जब उहाँले यी कुराहरू भन्‍नुभयो, उहाँका विरोध गर्नेहरू सबै लज्‍जित भए, तर सम्पूर्ण भिड उहाँले गर्नुभएका यी सबै महिमामय कार्यहरूमा आनन्दित भए ।
  • यशा 60:15 : 15 तँबाट भएर कोही नहिंड्ने गरी त्यागिएको र घृणा गरिएको अवस्‍थामा रहनुको साटोमा, म तँलाई सदाको निम्ति गौरवको वस्तु, पुस्तादेखि पुस्‍तासम्‍मको निम्ति आनन्द बनाउनेछु ।
  • नीति 13:13 : 13 अर्तीलाई तुच्छ ठान्‍नेले आफैमा विनाश ल्याउँछ, तर आज्ञालाई आदर गर्नेलाई इनाम दिइने छ ।
  • श्रेष्ठ 1:6 : 6 म काली भएकीले र घामले मलाई डढाएकोले मलाई एकटक लगाएर नहेर । मेरी आमाका छोराहरू मसित रिसाउँथे । तिनीहरूले मलाई दाखबारीको रक्षक बनाए, तर मैले मेरो आफ्नै दाखबारीको रक्षा गरेकी छैनँ । प्रेमिका प्रेमीसित बोल्दैः

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 6सहरबाट युद्धको होहल्लाको आवाज आउँछ, मन्दिरबाट एउटा आवाज, परमप्रभुले आफ्‍ना शत्रुहरूलाई बदला लिनुभएको आवाज आउँछ ।

  • 7ठिक कुरा जान्‍ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्‍ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ ।

  • 5तिमीहरूका आफ्नै आँखाले यो देख्‍नेछन्, अनि तिमीहरूले भन्‍नेछौ, ‘इस्राएलका सिमानाहरूभन्दा बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ ।’”

  • 26मेरो कष्‍टमा आनन्‍दित हुनेहरू लज्‍जित होऊन् र तिनीहरू व्‍याकुल होऊन् । ममाथि आफैलाई उच्‍च पार्नेहरू लाज र अनादरले ढाकिन परोस् ।

  • 15सुन, र ध्यान देओ । अहङ्कारी नहोओ, किनकि परमप्रभुले बोल्नुभएको थियो ।

  • यशा 65:12-15
    4 पदहरू
    73%

    12तिमीहरूलाई म तरवारको निम्ति खटाउनेछु र तिमीहरू सबै जना हत्‍यारा सामु घोप्‍टिनेछौ, किनभने मैले तिमीहरूलाई बोलाउँदा तिमीहरूले जवाफ दिएनौ । म बोल्दा तिमीहरूले सुनेनौ । तर तिमीहरूले मेरो दृष्‍टिमा जे खराब थियो त्यही गर्‍यौ र मलाई खसी नपार्ने काम गर्न रोज्‍यौ ।”

    13परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हेर, मेरा सेवकहरूले खानेछन्, तर तिमीहरू भोकै हुनेछौ । मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरू तिर्खाउनेछौ । मेरा सेवकहरूले आनन्दित हुनेछन्, तर तिमीहरू लाजमा पर्नेछौ ।

    14हेर, हृदयको खुसीको कारणले मेरा सेवकहरू आनन्दसाथ कराउनेछन्, तर तिमीहरू हृदयको पीडाको कारणले कराउनेछौ र आत्माको पीडाको कारणले विलाप गर्नेछौ ।

    15मेरा चुनिएका जनहरूलाई बोल्न तिमीहरूले सरापको रूपमा आफ्‍ना नाउँ छोड्नेछौ । म परमप्रभु परमेश्‍वरले नै तिमीहरूलाई मार्नेछु । म मेरा सेवकहरूलाई म अर्कै नाउँले बोलाउनेछु ।

  • यशा 66:14-15
    2 पदहरू
    73%

    14तिमीहरूले यो देख्‍नेछौ र तिमीहरूको हृदय आनन्दित हुनेछ, तिमीहरूका हड्‍डीहरू कलिलो घाँसझैं पलाउनेछ । परमप्रभुको बाहुलीले आफ्‍ना सेवकहरूलाई प्रकट गर्नेछ, तर आफ्ना शत्रहरूका विरुद्धमा उहाँले आफ्‍नो रिस प्रकट गर्नुहुनेछ ।

    15हेर, परमप्रभु आगोसँगै आउँदै हुनुहुन्छ, र उहाँको क्रोधको ताप र आगोको ज्वालासँगै उहाँको हप्‍की ल्याउनलाई उहाका रथहरूचाहिं आँधीझैं आउँदैछन् ।

  • 6“अगमवाणी नगर” भनेर तिनीहरू भन्‍नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।”

  • 4त्यसरी नै तिनीहरूको आफ्नो दण्ड म चुन्‍नेछु । तिनीहरूले जे कुराको डर मान्छन् त्यही नै म तिनीहरूमा ल्याउनेछु किनभने मैले बोलाउँदा कसैले जवाफ दिएन । मैले बोलाउँदा कसैले सुनेन । मेरो दृष्‍टिमा जे खराब थियो तिनीहरूले त्यही गरे र मलाई जे कुराले खुसी पर्दैन त्यही गरे ।”

  • 15मलाई, “आहा, आहा!” भन्‍नेहरू, तिनीहरू आफ्‍नो लाजको कारणले चकित होऊन् ।

  • 5यो परमप्रभुको घोषणा हो, मेरा मानिसहरू सित्तैंमा लगिएको देख्‍दा, अब मसँग यहाँ के छ र? यो परमप्रभुको घोषणा हो, तिनीहरूमाथि शासन गर्नेहरूले तिनीहरूलाई खिसी गर्छन् र दिनभरि मेरो नाउँको निरन्तर निन्दा हुन्छ ।

  • 6हेर, मेरो सामु यस्तो लेखिएको छः म चूपचाप रहनेछैनँ, किनकि तिनीहरूलाई म साटो फेर्नेछु । तिनीहरूकै काखमा तिनीहरूलाई म बदला दिनेछु,

  • 5डराउनुपर्ने कुनै कारण नभए तापनि तिनीहरू भयङ्कर डरमा हुन्‍छन् । किनकि तिमीहरू विरुद्ध पाल टाँग्‍नेहरूका हाडहरू परमेश्‍वरले छरपस्ट पार्नुहुनेछ । यस्ता मानिसहरू लाजमा पर्नेछन्, किनभने परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको छ ।

  • यशा 61:6-7
    2 पदहरू
    71%

    6तिमीहरूलाई परमप्रभुको पुजारीहरू भनिनेछ । तिनीहरूले तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवकहरू भन्‍नेछन् । तिमीहरूले जातिहरूकि सम्पत्ति खानेछौ र तिनीहरूका धनहरूमा तिमीहरूले गर्व गर्नेछौ ।

    7तिमीहरूको शर्मको साटोमा तिमीहरूले दोब्‍बर पाउनेछौ । अनि अपमनाको साटोमा तिनीहरू आफ्‍ना अंशमा आनन्दित हुनेछन् । यसरी तिनीहरूले आफ्‍नो देशको दोब्‍बर अंश पाउनेछन् । अनन्तको आनन्द तिनीहरूकै हुनेछ ।

  • 2यो परमप्रभुको घोषणा हो, “यी सबै कुराहरू मेरै हातले बनाएका हुन् । यसरी नै ती हुन आए ।” मैले स्‍याबसी दिने मानिस यही हो, जो आत्मामा तोडिएको र चूर्ण छ र जो मेरो वचनमा काम्दछ ।

  • 5तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्‍नुहोस्,

  • 6तिमीहरू गरीब व्‍यक्‍तिको अपमान गर्ने इच्‍छा गर्छौ तापनि परमप्रभु त्यसको शरणस्थान हुनुहुन्छ ।

  • 22तपाईंलाई घृणा गर्नेहरू लाजले ढाकिनेछन् । दुष्‍टको पाल फेरि रहनेछैन ।”

  • 16हप्‍काउने र अपमान गर्ने सोरको कारणले, शत्रुहरू र बदला लिनेहरूको कारणले ।

  • 13“मेरो विरूद्ध तिमीहरूका वचन कडा भएका छन्,” परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामीहरूले हाम्रो बिचमा तपाईंको विरुद्ध के भनेका छौँ?’

  • 20याकूबको घरानामा यो प्रचार गर्, र यहूदामा यो सुनियोस् । यसो भन्,

  • 19हेर्, तँलाई दमन गर्नेहरूसँग म लेखा लिनेछु । त्यसबेला, म लङ्गडालाई बचाउनेछु र बहिष्कृतहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई मान-सम्मान दिनेछु, र तिनीहरूको शर्मलाई सारा पृथ्वीभरि प्रसिद्धिमा परिणत गरिदिनेछु ।

  • 10चारैतिर भएका धेरै जना मानिसबाट मैले त्रासको हल्ला सुनेको छु, 'खबर गर! हामीले यसबारे खबर गर्नुपर्छ!' मेरा नजिक हुनेहरू म पतन हुनेछु कि भनेर हेर्छन् । सायद त्‍यसलाई छल गर्न सकिन्‍छ । त्यसो भयो भने, हामीले त्यसलाई पराजित गर्न सक्छौं र त्यसमाथि हाम्रो बदला लिन सक्छौं ।'

  • 11त्यस दिन तैँले मेरो विरुद्ध गरेका सबै कामहरूको कारण तँ शर्ममा पारिनेछैनस्, किनभने त्यस समयमा तेरो घमण्डको उत्सव मनाउनेहरूलाई तेरो बिचबाट म हटाइदिनेछु, र मेरो पवित्र पर्वतमा अबदेखि उसो तैँले अहङ्कारी भएर काम गर्नेछैनस् ।

  • 10म कसलाई घोषणा गरूँ र चेताउनी दिऊँ ताकि तिनीहरूले मेरो कुरा सुनून्? हेर्, तिनीहरूका कान खतना गरिएका छैनन् । तिनीहरू ध्यान दिन सक्दैनन् । हेर्, तिनीहरूलाई सुधार्न परमप्रभुको वचन तिनीहरूकहाँ आएको छ, तर तिनीहरूले यसको इच्‍छा गर्दैनन् ।

  • 15तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्‍जित भए? तिनीहरू लज्‍जित भएनन् । तिनीहरूलाई शर्म मान्‍न पनि आउँदैन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिंदा तिनीहरू तल खसालिनेछन्, परमप्रभु भन्‍नुहुन्छ ।

  • 8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।

  • यशा 66:18-19
    2 पदहरू
    70%

    18किनकि तिनीहरूका कामहरू र तिनीहरूका विचारहरू म जान्दछु । सबै जातिहरू र भाषाहरू मैले भेला पार्ने समय आउँदैछ । तिनीहरू आउनेछन् र मेरो महिमा देख्‍नेछन् ।

    19तिनीहरूको माझमा म आफ्‍नो एउटा शक्तिशाली चिन्ह खडा गर्नेछु । तब म तिनीहरूबाट बाँचेकाहरूलाई जातिहरूकहाँ: तर्शीश, पुट र लुड, आफ्‍ना धनु तान्‍ने धनुर्धारीहरू, तुबल, जावन र टाढाका समुद्रका किनारतिर पठाउनेछु जहाँ तिनीहरूले मेरो बारेमा सुनेका छैनन्, न त मेरो महिमा देखेका छैन् । तिनीहरूले जातिहरूका माझमा मेरो महिमाको घोषणा गर्नेछन् ।

  • 22जब मानिसका पुत्रका खातिर बहिष्कार गरी साथीहरूबाट अलग गरेर तिमीहरूलाई निकाल्दछन् र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्दछन् । धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई घृणा गर्दछन् ।

  • 4हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।

  • 51हामी लज्‍जित छौं, किनकि हामीले अपमान सुनेका छौं । निन्दाले हाम्रा मुहार ढाकेको छ, किनकि विदेशीहरू परमप्रभुको मन्दिरको पवित्रस्थानमा छिरेका छन् ।

  • 24यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्‍कार! आफ्‍ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्‍ना शत्रुहरूसँग म टो फेर्नेछु ।

  • 5र परमप्रभुको महिमा प्रकट गरिनेछ र सबै मानिसहरूले एकसाथ यो देख्‍नेछन् । किनकि परमप्रभुको मुखले यो बोलेको छ ।

  • 14तँलाई तुच्छ पार्नेहरूका छोराहरू तँलाई दण्डवत गर्न आउनेछन् । तिनीहरूले तेरा पाउ ढोग्‍नेछन् । तिनीहरूले तँलाई परमप्रभुको सहर अर्थात् इस्राएलको परमपवित्रको सियोन भन्‍नेछन् ।

  • 16हे परमप्रभु, तिनीहरूको मुहार लाजले भर्नुहोस् ताकि तिनीहरूले तपाईंको नाउँ खोजी गरून् ।

  • 15हेर्नुहोस्, तिनीहरू मलाई यसो भन्दैछन्, 'परमप्रभुको वचन कहाँ छ? त्‍यो आओस् ।'

  • 14त्यसैले ए गिल्ला गर्नेहरू हो, तिमीहरू जसले यरूशलेममा भएका यी मानिसहरूमाथि राज्‍य गर्छौ, तिमीहरूले परमप्रभुको वचन सुन ।

  • 15“किनकि हेर! अरू जातिहरूको तुलनामा मैले तँलाई सानो, मानिसहरूद्वारा घृणित तुल्याएको छु ।

  • 10यरूशलेमसित आनन्दित होओ र त्यसको निम्ति खुसी होओ, तिमीहरू सबै जसले त्यसलाई प्रेम गर्छौ । त्यसको निम्ति विलाप गर्नेहरू सबै त्योसँगै आनन्दित होओ ।

  • 9यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो,

  • 16ओम्रीका नियमहरू, र आहाबका घरानाका सबै कामहरू पालना भएका छन् । यसैकारण म तिमीहरूको सहरलाई भग्‍नावशेष बनाउनेछु, र त्यहाँका बासिन्दाहरूलाई खिसीको पात्रो बनाउनेछु, र मेरा मानिसहरूबाट तिमीहरूले निन्दा सहनेछौ ।”

  • 3तिनीहरूका लाजको कारणले तिनीहरूलाई फर्काइयोस्, जसले भन्छन्, “आहा, आहा!”

  • 23तिमी जसले परमप्रभुको भय मान्‍छौ, उहाँको प्रशंसा गर । तिमी सबै याकूबका सन्तानहरू हो, उहाँको आदर गर । ए इस्राएलका सारा सन्तान हो, उहाँको भयमा खडा होओ ।

  • 24तिनीहरूले मेरो बारेमा यसो भन्‍नेछन्, “परमप्रभुमा मात्र उद्धार र शक्ति छ ।” उहाँसँग रिसाउनेहरू सबै लाजमा पर्नेछन् ।