२ राजा 22:16

अनलक शाब्दिक बाइबल

“परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 23:15 : 15 तर जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएका सबै वचन पुरा भएको छ, त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरूलाई नष्‍ट नगरेसम्म परमप्रभुले तिमीहरूमाथि सबै खराबी ल्याउनुहुने छ ।
  • दानी 9:11-14 : 11 तपाईंको वचन पालन गर्नलाई इन्‍कार गरेर सबै इस्राएलले तपाईंको व्यवस्थाको विरुद्धमा अपराध गरेका छन्। परमेश्‍वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप र प्रतिज्ञा हामीमाथि खनिएका छन्, किनकि हामीले उहाँको विरुद्ध पाप गरेका छौं। 12 परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको छ । किनभने यरूशलेमलाई जे गरिएको छ सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन । 13 मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं । 14 यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।
  • २ राजा 20:17 : 17 'हेर्, ती दिन आउँदैछन् जतिबेला तेरा पुर्खाहरूले आजको दिनसम्म तेरो दरबारमा जम्मा गरेर राखेको हरेक थोक बेबिलोनमा लगिनेछ । परमप्रभु भन्‍नुहुन्छ, कुनै कुरा पनि छाडिनेछैन ।
  • २ राजा 21:12-13 : 12 त्‍यसकारण इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यरूशलेम र यहूदामा यस्तो खराबी ल्याउन लागेको छु, कि जसले यसको बारेमा सुन्छ त्यसका दुवै कानमा गुञ्जन हुनेछ । 13 मैले सामरियाको विरुद्धमा प्रयोग गरेको नाप्ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्नेछु । जसरी एक जना मानिसले थाललाई माझेर त्‍यसलाई घोप्‍टो पार्छ, त्‍यसरी नै म यरूशलेमलाई सफा पार्नेछु ।
  • २ राजा 25:1-4 : 1 ¶ राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना लिएर यरूशलेमको विरुद्धमा आए । तिनले यसको सामु छाउनी हाले र तिनीहरूले यसको चारैतिर घेरा हाले । 2 त्यसैले राजा सिदकियाहको शासनकालको एघारौँ वर्षसम्म सहरलाई घेरा हालियो । 3 त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा सहरमा यति घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका लागि खानेकुरा भएन । 4 तब सहरको पर्खाल तोडेर भित्र प्रवेश गरियो र रातमा राजाको बगैँचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटोबाट सबै योद्धा भागे, जबकि कल्दीहरूले सहरको चारैतिर घेरा लगाई राखेकै थिए । राजा अराबाको दिशातिर गए ।
  • २ इति 34:24-25 : 24 ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर्, मैले यहूदाका राजाको सामुन्‍ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु । 25 यस्तो हुनेछ किनकि तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका हातले बनाएका सबै कुराले मलाई रिस उठाएका छन्, यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइने छ, र यो निभाइने छैन’ ।
  • लैव्य 26:15-46 : 15 र मेरा विधि र नियमहरूलाई घृणा गरेर इन्‍कार गर्‍यौ, र मेरा सबै आज्ञाहरू पालन नगरेर मेरो करारलाई तोड्‍यौ भने, 16 म तिमीहरूका बिचमा आतङ्क फैलाउने छु, आँखालाई नष्‍ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउने छु । तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन्, किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन् । 17 म मेरो मुहार तिमीहरूबाट फर्काउने छु, र तिमीहरूका शत्रुले तिमीहरूलाई पराजय गर्ने छन् । तिमीहरूलाई घृणा गर्ने मानिसहरूले तिमीहरूमाथि शासन गर्ने छन्, र कसैले तिमीहरूलाई नखेदे तापनि तिमीहरू भाग्‍ने छौ । 18 यी सबैपछि पनि तिमीहरूले मेरो कुरा सुनेनौ भने, म तिमीहरूका पापभन्दा सात गुणा बढी सजाय तिमीहरूलाई दिने छु । 19 आफ्नो शक्‍तिमाथिको तिमीहरूको घमण्डलाई म तोडिदिने छु । तिमीहरूमाथिको आकाशलाई फलामझैँ र तिमीहरूको भूमिलाई काँसोझैँ बनाउने छु । 20 तिमीहरूको मेहनत व्यर्थ हुने छ, किनभने तिमीहरूको भूमिले आफ्नो फसल दिने छैन, र तिमीहरूका भूमिका रुखहरूले आफ्ना उब्जनी दिने छैनन् । 21 यदि तिमीहरू मेरो विरुद्ध भयौ र मेरो कुरा सुनेनौ भने, तिमीहरूका पापहरूको बदलामा म सात गुणा विपत्ति ल्याउने छु । 22 म तिमीहरूकहाँ डर लाग्‍दा पशुहरू पठाउने छु, र तिनीहरूले तिमीहरूका छोराछोरीहरू चोरी लैजाने छन्, र तिमीहरूका गाईवस्तुलाई नष्‍ट गर्ने छन्, र तिमीहरूको सङ्ख्यामा कमि ल्याउने छन् । यसरी तिमीहरूका मार्गहरू विराना हुने छन् । 23 यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरा सुधारहरूलाई स्वीकारेनौ र मेरो विरुद्धमा हिँड्न छोडेनौ भने, 24 म तिमीहरूका विरुद्ध हुने छु, र तिमीहरूका पापका कारण म तिमीहरूलाई सात गुणा दण्ड दिने छु । 25 म तिमीहरूमाथि तरवार प्रहार गर्ने छु र तिमीहरूले करार भङ्ग गरेको कारण त्यस तरवारले बदला लिने छ । तिमीहरू आफ्ना सहरहरूमा भेला गराइने छौ, र तिमीहरूका बिचमा मैले एउटा रोग पठाउने छु, र तिमीहरूका दुश्‍मनका हातमा तिमीहरूलाई सुम्‍पने छु । 26 जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्‍त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् । तिमीहरूले खाने त छौ, तर तृप्‍त हुने छैनौ । 27 यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरो कुरा सुनेनौ र मेरो विरुद्ध हिँडिरह्‍यौ भने, 28 म क्रोधित हुने छु र तिमीहरूको विरुद्ध हुने छु, र तिमीहरूका पापभन्दा सात गुणा बढी दण्ड म दिने छु । 29 तिमीहरूले आफ्ना छोराछोरीहरूका मासु खाने छौ । 30 म तिमीहरूका डाँडाका थानहरू नाश गर्ने छु, तिमीहरूका धूपका वेदीहरू भत्‍काइदिने छु, र तिमीहरूका लाशहरू तिमीहरूका मृत मूर्तिहरूमाथि फालिदिने छु, र म तिमीहरूलाई तिरस्कार गर्ने छु । 31 म तिमीहरूका सहरहरूलाई भग्‍नावशेषमा परिणत गरिदिने छु र तिमीहरूका पवित्र स्थलहरू नष्‍ट गरिदिने छु । म तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्‍न हुने छैनँ । 32 म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्यस्तो विनाश देखेर आश्‍चर्यचकित हुने छन् । 33 म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्‍ने छु । तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन् । 34 त्यो देश जबसम्म त्यागिएको हुन्छ र जबसम्म तिमीहरू दुश्‍मनको भूमिमा हुन्छौ, तबसम्म त्यो देशले शबाथ मनाउने छ । त्यस समयसम्म देशले विश्राम गर्ने छ र आफ्नो शबाथ मनाउने छ । 35 त्यो जबसम्म त्यागिएको हुन्छ, त्यो विश्राममा हुन्छ । तिमीहरू त्यहाँ बसोबास गर्दा तिमीहरूका शबाथसँगै त्यसले यस्तो विश्राम पाएको थिएन । 36 तिमीहरूका दुश्‍मनका देशमा छोडिएकाहरूका हृदयहरूमा यस्तो डर हालिदिने छु, कि हावाले पात हल्‍लाउँदा आउने आवाजले तिमीहरूलाई झस्‍काउने छ, र तिमीहरू तरवारबाट टाढा भागेझैँ दौडने छौ । कसैले तिमीहरूलाई नखेदेको भए पनि तिमीहरू लड्‍ने छौ । 37 कसैले नखेदेको भए तापनि तिमीहरू तरवारबाट टाढा भागेझैँ भाग्‍ने छौ र एक-अर्कासँग ठोकिने छौ । तिमीहरूसँग आफ्ना दुश्‍मनहरूको अगाडि उभिने तागत हुने छैन । 38 तिमीहरू जाति-जातिहरूका बिचमा नष्‍ट हुने छौ, र तिमीहरूका दुश्‍मनको भूमिले तिमीहरूलाई निल्‍ने छ । 39 तिमीहरूमध्ये बाँकी रहेकाहरू तिमीहरूका दुश्‍मनको देशमा आफ्ना पाप र आफ्ना पुर्खाहरूको पापका कारण खतम हुने छन् । 40 तर यदि तिनीहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप, मप्रति विश्‍वासहीन भएर गरेका विद्रोह, र मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने- 41 जसले गर्दा म तिनीहरूको विरुद्ध भएँ र तिनीहरूलाई मैले तिनीहरूका दुश्‍मनको देशमा ल्याएँ- र यदि तिनीहरूका कठोर कठोर हृदय नम्र भए, अनि तिनीहरूले आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने, 42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको सम्झना गर्ने छु, र त्यो देशलाई पनि सम्झने छु । 43 त्यो देश तिनीहरूद्वारा त्यागिने छ, र यसैकारण त्यो त्यागिएको समयमा त्यसले शबाथ मनाउने छ । तिनीहरू आफैले मेरा आज्ञाहरू इन्‍कार गरेका र मेरा नियमहरूलाई घृणा गरेका हुनाले तिनीहरूले आफ्ना पापको दण्ड पाउने छन् । 44 यी सबै कुरा हुँदाहुँदै पनि तिनीहरू आफ्ना दुश्‍मनको भूमिमा हुँदा म तिनीहरूलाई इन्‍कार गर्ने छैनँ, न त तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्न र तिनीहरूसँगको मेरो करारबाट टाढा हुनको निम्ति तिनीहरूलाई घृणा गर्ने छु, किनभने म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ । 45 तर तिनीहरूका खातिर मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेको करारको सम्झना म गर्ने छु, जुन पुर्खाहरूलाई म तिनीहरूका परमेश्‍वर हुन सकूँ भनेर मैले मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।” 46 परमप्रभुले सीनै पर्वतमा मोशाद्वारा उहाँ र इस्राएलका मानिसहरूका बिचमा दिनुभएका आज्ञाहरू, विधिहरू र नियमहरू यी नै हुन् ।
  • व्यव 28:15-68 : 15 तर आज मैले तिमीहरूलाई दिएका सबै आज्ञासाथै विधिहरू पालन गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुनेनौ भने यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् । 16 तिमीहरूको सहर र तिमीहरूको खेतमा श्राप पर्ने छ । 17 तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा श्राप पर्ने छ । 18 तिमीहरूको सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूको गाईवस्तु र बाछा-बाछीहरूमा श्राप पर्ने छ । 19 तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्राप पर्ने छ । 20 तिमीहरूले दुष्‍ट काम गरी मलाई त्यागेकाले तिमीहरू चाँडै नष्‍ट नभएसम्म तिमीहरूले हात लगाउने हरेक थोकमा परमप्रभुले तिमीहरूमाथि श्राप, भ्रम र हप्की पठाउनुहुने छ । 21 तिमीहरूले अधिकार गर्न जान लागेको देशमा तिमीहरूको नाउँनिशानै नमेटुञ्‍जेलसम्म परमप्रभुले तिमीहरूमाथि विपत्ति ल्याउनुहुने छ । 22 परमप्रभुले तिमीहरूलाई सङ्क्रामक रोग, ज्वरो, सूज, खडेरी, प्रचण्ड ताप, चिलाउने बतास र ढुसीले आक्रमण गर्नुहुने छ । तिमीहरू नष्‍ट नभएसम्म यी आइरहने छन् । 23 तिमीहरूको शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको पृथ्वी फलाम हुने छ । 24 परमप्रभुले तिमीहरूको देशको वृष्‍टिलाई धूलोपिठोमा बद्लनुहुने छ । तिमीहरू विनाश नभएसम्म यो आकाशबाट आइरहने छ । 25 परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ । 26 तिमीहरूका लाश आकाशका चराचुरुङ्गीहरू र पृथ्वीका पशुहरूका लागि भोजन हुने छन् । तिनीहरूलाई त्रसित पार्ने कोही हुने छैन । 27 परमप्रभुले तिमीहरूलाई मिश्रका फोका, गिर्खा, पिला, चिलाउने रोगले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुन सक्दैनौ । 28 परमप्रभुले तिमीहरूलाई पागलपन, अन्धोपन र मानसिक गोलमालले आक्रमण गर्नुहुने छ । 29 अन्धोले अन्धकारमा छामछाम-छुमछुम गरेर हिँडेजस्तै तिमीहरू मद्यदिनमा हिँड्ने छौ, तिमीहरूले आफ्ना मार्गमा उन्‍नति गर्ने छैनौ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र लुटिने छौ अनि तिमीहरूलाई बचाउने कोही हुने छैन । 30 तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्‍न पाउने छैनौ । 31 तिमीहरूले दाखबारी लगाउने छौ, तर यसको फल खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिने छ, तर तिमीहरूले त्यसको मासु खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिने छ, र तिमीहरूले फिर्ता पाउने छैनौ । तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइने छ, र तिमीहरूलाई सहायता गर्ने कोही हुने छैन । 32 तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइने छन् । तिमीहरूले पुरै दिन तिनीहरूको बाटो हेर्ने छौ, तर तिनीहरूलाई देख्‍ने छैनौ । तिमीहरूका हातमा कुनै शक्ति हुने छैन । 33 तिमीहरूको देशको उब्जनी र तिमीहरूको परिश्रमको फल तिमीहरूले नचिनेको जातिले खाइदिने छ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र पेलिने छौ । 34 यसरी तिमीहरू तिमीहरूले देख्‍नु परेको दृश्यद्वारा बौलाहा हुने छौ । 35 परमप्रभुले तिमीहरूलाई तिमीहरूको शिरदेखि पैतालासम्म अनि घुँडा र खुट्टामा फोकाले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुनै सक्दैनौ । 36 परमप्रभुले तिमीहरू र तिमीहरूले आफ्नो लागि रोजेका राजालाई तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिकहाँ धपाउनुहुने छ । त्यहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देवताहरूलाई पुज्ने छौ । 37 परमप्रभुले तिमीहरूलाई सबै जातिको बिचमा धपाउनुहुने छ जहाँ तिमीहरू हेला, तिरस्कार र गिल्लाका पात्र बन्‍ने छौ । 38 तिमीहरूले खेतमा धेरै बिउ लगाउने छौ, तर थोरै मात्र कटनी गर्ने छौ किनकि सलहहरूले त्यसलाई खाइदिने छन् । 39 तिमीहरूले दाखबारी लगाई त्यसको कटनी गर्ने छौ, तर तिमीहरूले दाखरस पिउन पाउने छैनौ, न त दाख नै जम्मा गर्न पाउने छौ किनकि किराहरूले ती खाइदिने छन् । 40 तिमीहरूका इलाकाभरि तिमीहरूले भद्राक्षका रुखहरू लगाउने छौ, तर तिमीहरूले तेल निकाल्न पाउने छैनौ, किनकि तिमीहरूका भद्राक्षका रुखहरूको फल झर्ने छन् । 41 तिमीहरूले छोराछोरीहरू जन्माउने छौ, तर तिनीहरू तिमीहरूका हुने छैनन् किनकि तिनीहरू दासत्वमा लगिने छन् । 42 तिमीहरूका सबै रुख र तिमीहरूको भूमिको फललाई सलहहरूले नष्‍ट गरिदिने छन् । 43 तिमीहरूको बिचमा बास गर्ने परदेशी तिमीहरूभन्दा माथि-माथि उठ्ने छ । तर तिमीहरूचाहिँ तल-तल झर्ने छौ । 44 त्यसले तिमीहरूलाई ऋण दिने छ, तर तिमीहरूले त्यसलाई ऋण दिने छैनौ । त्यो शिर हुने छ भने तिमीहरू पुच्छर हुने छौ । 45 यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् र तिमीहरू नष्‍ट नभएसम्म तिनले तिमीहरूको पिछा गर्ने छन् । उहाँले तिमीहरूलाई उहाँका आज्ञा र निर्देशनहरू पालन गर्न तिमीहरूले उहाँको कुरा नसुनेकाले यो हुने छ । 46 चिन्ह र आश्‍चर्यको रूपमा यी श्रापहरू तिमीहरू र तिमीहरूका सन्तानहरूमाथि सदाको निम्ति आइपर्ने छन् । 47 तिमीहरूको उन्‍नति हुँदा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई ह्रदयबाट खुसीसाथ र आनन्दसाथ उहाँको आराधना नगरेकाले 48 परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुहुने शत्रुहरूको तिमीहरूले सेवा गर्ने छौ । तिमीहरूले भोक, तिर्खा, नग्‍नता र गरिबीमा तिनीहरूको सेवा गर्ने छौ । उहाँले तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म उहाँले तिमीहरूको काँधमा जुवा हालिदिनुहुने छ । 49 परमप्रभुले धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट आफ्नो सिकारको लागि झम्टने गरुडझैँ तिमीहरूको विरुद्धमा एउटा जातिलाई ल्याउनुहुने छ जसको भाषा तिमीहरू बुझ्दैनौ । 50 यो एउटा क्रुर रूप भएको जाति हुने छ जसले पाकाहरूलाई आदर गर्दैन र युवाहरूलाई स्‍नेह देखाउँदैन । 51 तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका बाछा-बाछी र तिमीहरूको देशको फल खाने छन् । तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म तिनीहरूले तिमीहरूका लागि कुनै अन्‍न, नयाँ मद्य वा तेल वा बाछा-बाछी वा भेडा-बाख्रा छाड्ने छैनन् । 52 तिमीहरूले भरोसा गरेका सहरहरूका अग्ला र मजबुत पर्खालहरू नढालेसम्म तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्ने छन् । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको तिमीहरूको देशका सबै सहरलाई तिनीहरूले घेराबन्दी गर्ने छन् । 53 तिमीहरूका शत्रुहरूले तिमीहरूमाथि कष्‍ट ल्याएको समयमा र तिमीहरूलाई घेराबन्दी गर्दा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका तिमीहरूका आफ्नै सन्तान अर्थात् छोराछोरीका मासु खाने छौ । 54 तिमीहरूका बिचमा भएका कोमल र भद्र मानिसले पनि आफ्नै भाइ, आफ्नी प्यारी पत्‍नी र आफ्ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउने छैन । 55 तिमीहरूको शत्रुले तिमीहरूका सबै सहरभित्र कष्‍ट ल्याएको समयमा र घेराबन्दी गर्दा यहाँसम्म हुने छ कि त्यसले खाँदै गरेको आफ्ना बालबच्‍चाहरूको शरीरको मासु त्यसले कसैलाई दिने छैन । 56 तिमीहरूको बिचमा भएकी कोमल र शिष्‍ट स्‍त्री जसले कोमलता र शिष्‍टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्‍न पनि चाहँदिन थिई, त्यस्ती स्‍त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी, 57 अनि आफूले भर्खरै जन्माएको छोरोसाथै आफ्नै बालबच्‍चाको मासु खाने छे । तिमीहरूको शत्रुले तिमीहरूको सहरलाई घेराबन्दी गरी कष्‍टमा ल्याउँदा त्यसले केही खान नपाएकीले गर्दा गुप्‍तमा त्यसले त्यो मासु खाने छे । 58 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको महिमित र भययोग्य नाउँलाई आदर गर्न यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन पालन गरेनौ भने 59 परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानमाथि डरलाग्दा विपत्तिहरू ल्याउनुहुने छ । ती लामो समयसम्म आउने भयानक डरलाग्दा र प्रचण्ड विपत्तिहरू हुने छन् । 60 मिश्रमा जुन विपत्तिहरूदेखि तिमीहरू डराएका थियौ, उहाँले तिनै विपत्तिहरू तिमीहरूमाथि ल्याउनुहुने छ । 61 ती तिमीहरूमा टाँसिने छन् । यसको अतिरिक्त, तिमीहरू नष्‍ट नभएसम्म परमप्रभुले व्यवस्थाको यस पुस्तकमा नलेखिएका हरेक रोग र विपत्ति पनि तिमीहरूमाथि ल्याउनुहुने छ । 62 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा नमानेकाले तिमीहरू आकाशका ताराहरूजत्तिकै सङ्ख्यामा धेरै भए तापनि तिमीहरूको सङ्ख्या थोरै हुने छ । 63 तिमीहरूको भलो गर्न र तिमीहरूलाई गुणात्मक रूपमा वृद्धि गराउनमा परमप्रभु एक पटक जसरी रमाउनुभयो, त्यसै गरी तिमीहरूलाई नष्‍ट गरी विनाश गर्नमा उहाँ रमाउनुहुने छ । तिमीहरूले अधिकार गर्न लागेको देशबाट तिमीहरू धपाइने छौ । 64 परमप्रभुले तिमीहरूलाई पृथ्वीको एउटा कुनाबाट अर्को कुनासम्म सबै जातिका बिचमा तितर-बितर पारिदिनुहुने छ । त्यहाँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका काठ र ढुङ्गाले बनेका देवताहरूको पुजा गर्ने छौ । 65 यी जातिहरूका बिचमा तिमीहरूले चैन पाउने छैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ हुने छैन । बरु, त्यहाँ परमप्रभुले तिमीहरूलाई थरथर काँप्‍ने ह्रदय, थाक्‍ने आँखा र शोक गर्ने प्राण दिनुहुने छ । 66 तिमीहरूको जीवन तिमीहरूकै सामु आशङ्कमा झुण्डिने छ । तिमीहरू हरेक दिन र रात डराउने छौ अनि तिमीहरूको जीवनभर कुनै निश्‍चयता हुने छैन । 67 तिमीहरूका ह्रदयमा हुने डर र तिमीहरूका आँखाले देख्‍नुपर्ने कुराहरूको कारणले बिहान तिमीहरूले 'राति भइदिए हुन्थ्यो!' भन्‍ने छौ भने राति तिमीहरूले 'बिहान भइदिए हुन्थ्यो!' भन्‍ने छौ । 68 परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूद्वारा तिमीहरू जुन बाटो भएर आएका थियौ त्यही बाटो भएर तिमीहरूलाई मिश्र देशमा फर्काएर लैजानुहुने छ जुन बाटोको बारेमा उहाँले भन्‍नुभएको थियो, 'तिमीहरूले फेरि मिश्र देख्‍ने छैनौ ।' त्यहाँ तिमीहरूले आफैलाई कमारा-कमारीको रूपमा आफ्ना शत्रुहरूको हातमा बेच्ने छौ, तर कसैले तिमीहरूलाई किन्‍ने छैन ।
  • व्यव 29:18-23 : 18 तिमीहरूका बिचमा भएका कुनै पुरुष, स्‍त्री, घराना, कुलको ह्रदय परमप्रभु हाम्रा परमेश्‍वरबाट तर्केर गई ती जातिहरूका देवताहरूको पुजा गर्न पछि नलागोस् भन्‍ने कुरामा निश्‍चित होओ । तिमीहरूका बिचमा यस्तो तितो विष उत्पन्‍न गर्ने कोही नहोस् । 19 त्यस्तो व्यक्तिले यो श्रापका वचनहरू सुन्दा त्यसले आफैलाई आशिष् दिई आफ्नो ह्रदयमा यसो भन्छ, 'म मेरो ह्रदयको हठीपनामा हिँडे तापनि मसित शान्ति हुने छ ।' यसले सुक्खा जमिनसँगै भिजेको जमिनलाई पनि नष्‍ट गर्ने छ । 20 परमप्रभुले त्यसलाई क्षमा दिनुहुने छैन, बरु परमप्रभुको क्रोध र उहाँको डाह त्यो मानिसको विरुद्धमा दन्कने छ अनि यस पुस्तकमा लेखिएका सबै श्राप त्यसमाथि आउने छन् । यसरी परमप्रभुले आकाशमुनिबाट त्यसको नाउँ मेटिदिनुहुने छ । 21 व्यवस्थाको यस पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलका सबै कुलबाट विनाशको निम्ति अलग गर्नुहुने छ । 22 तिमीहरूपछि आउने पुस्ता अर्थात् तिमीहरूका सन्तान र सुदूर देशबाट आउने परदेशीले यस देशमा आइपरेका विपत्तिहरू र परमप्रभुले ल्याउनुभएका विपत्तिहरू देख्दा तिनीहरूले यस बारेमा भन्‍ने छन् । 23 परमप्रभुले आफ्नो रिस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्‍ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुने छ ।
  • व्यव 29:27 : 27 त्यसकारण, यस पुस्तकमा लेखिएका सबै श्राप आउने गरी परमप्रभुको रिस यस देशको विरुद्धमा दन्किएको हो ।
  • व्यव 30:17-18 : 17 तर तिमीहरूका हृदय बरालिएर अटेरी भयौ र अरू देवताहरूप्रति आकर्षित भएर तिनीहरूको सामु निहुरी तिनीहरूको पुजा गर्‍यौ भने 18 तिमीहरू पक्‍कै नष्‍ट हुने छौ भनी आज म घोषणा गर्दछु । यर्दनपारि गएर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूको आयु लामो हुने छैन ।
  • व्यव 31:16-18 : 16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, तँ तेरा पिता-पुर्खाहरूसित सुत्‍ने छस् । जुन देशमा यी मानिसहरू जाँदै छन्, त्यहाँ तिनीहरूले अनौठा देवताहरूको पछि लागि आत्मिक व्यभिचार गर्ने छन् । तिनीहरूले मलाई त्याग्‍ने छन् र मैले तिनीहरूसित बाँधेको मेरो करार भङ्ग गर्ने छन् । 17 तब त्यस दिन मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कने छ र म तिनीहरूलाई त्यागिदिने छु । म तिनीहरूबाट मेरो मुहार लुकाउने छु, र तिनीहरू नष्‍ट हुने छन् । तिनीहरूले धेरै विपत्ति र सङ्कष्‍टहरू झेल्ने छन् अनि त्यस दिन तिनीहरूले भन्‍ने छन्, 'के हाम्रा परमेश्‍वर हाम्रा बिचमा नहुनुभएकोले यी विपत्तिहरू हामीमाथि आइपरेका होइनन् र?' 18 तिनीहरू अन्य देवताहरूकहाँ फर्की तिनीहरूले गर्ने तिनीहरूका सबै दुष्‍ट्याइँको कारणले त्यस दिन म निश्‍चय नै तिनीहरूबाट मेरो मुहार लुकाउने छु ।
  • व्यव 32:15-26 : 15 तर मोटाएर यशूरूनले लात हान्यो । तिमी अति धेरै मोटायौ र भरपेट खायौ । तिनले आफैलाई सृजनुहुने परमेश्‍वरलाई त्यागे, र आफ्नो उद्धारको चट्टानलाई इन्कार गरे । 16 तिनीहरूले आफ्ना अनौठा देवताहरूद्वारा परमप्रभुलाई डाही तुल्याए । 17 तिनीहरूका घृणित कामहरूले तिनीहरूले उहाँलाई क्रोधित तुल्याए । तिनीहरूले भूतात्माहरूलाई बलि चढाए जो देव होइनन्, जसलाई तिनीहरूले चिनेका थिएनन्, जो भर्खरै देखा परेका थिए, जोदेखि तिमीहरूका पिता-पुर्खाहरू डराउँदैनथ्ये । 18 तिमीहरूले ती चट्टानलाई त्याग्यौ जो तिमीहरूका पिता बन्‍नुभयो, र तिमीहरूलाई जन्म दिने परमेश्‍वरलाई भुल्यौ । 19 परमप्रभुले यो देख्‍नुभयो र तिनीहरूलाई इन्कार गर्नुभयो किनकि उहाँका छोराछोरीहरूले उहाँलाई चिढ्याए । उहाँले भन्‍नुभयो, 20 “म तिनीहरूबाट मेरो मुहार लुकाउने छु, र तिनीहरूको अन्त्य कस्तो हुने छ भनी हेर्ने छु किनकि तिनीहरू भ्रष्‍ट पुस्ता हुन्, अविश्‍वासयोग्य सन्तान हुन् । 21 जे ईश्‍वर होइन, त्यसको कारण तिनीहरूले मलाई डाही तुल्याएका छन्, र तिनीहरूका बेकम्मा कामहरूद्वारा मलाई रिस उठाएका छन् । जो जाति नै होइनन्, तिनीहरूद्वारा म तिनीहरूलाई डाही तुल्याउने छु । एउटा मूर्ख जातिद्वारा म तिनीहरूलाई क्रोधित तुल्याउने छु । 22 किनकि मेरो रिसद्वारा आगो सल्केको छ र त्यसले तल्लो पातालसम्मै जलाउँछ । यसले पृथ्वी र यसको फसललाई भस्म पार्दै छ । यसले पहाडहरूका जगमा आगो लगाउँदै छ । 23 म तिनीहरूमाथि विपत्तिको थुप्रो ल्याउने छु । म तिनीहरूमा मेरा सबै काँड चलाउने छु । 24 तिनीहरू भोकले नष्‍ट हुने छन्, र प्रचण्ड ताप र डरलाग्दो विनाशले भस्म हुने छन् । भुइँमा घस्रने जन्तुहरूको विषसहित म तिनीहरूकहाँ जङ्गली जनावरहरूको दाह्रा, पठाउने छु । 25 बाहिर तरवारले तिनीहरूलाई मार्ने छ, र सुत्‍ने कोठाभित्र त्रासले तिनीहरूलाई नष्‍ट गर्ने छ । यसले युवा र कन्या दुवै अनि दूधे-बालक र कपाल फुलेको वृद्धलाई नष्‍ट पार्ने छ । 26 म तिनीहरूलाई टाढा-टाढासम्म तितर-बितर पारिदिने छु र मानव-जातिको बिचबाट तिनीहरूको सम्झना मेटिदिने छु भनी मैले भनेँ ।
  • यहो 23:13 : 13 यो जान कि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू माझबाट यी जातिहरूलाई धपाउनुहुने छैन । बरु, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरू नष्‍ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल अनि तिमीहरूका पीठमा कोर्रा, तिमीहरूका आँखाका कसिङ्गर हुने छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 34:24-26
    3 पदहरू
    92%

    24‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर्, मैले यहूदाका राजाको सामुन्‍ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु ।

    25यस्तो हुनेछ किनकि तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका हातले बनाएका सबै कुराले मलाई रिस उठाएका छन्, यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइने छ, र यो निभाइने छैन’ ।

    26तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:

  • 3यसो भन्, 'हे यहूदाका राजाहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यस ठाउँमाथि विपत्ति ल्याउनै लागेको छु, र यस विषयमा सुन्‍ने हरेकको कान झनझनाउने छ ।

  • 15“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यो सहर र यसका सबै नगरहरूको विरुद्धमा घोषणा गरेका सबै विपत्ति ल्याउनै लागेकोछु, किनकि तिनीहरू अटेरी भए र मेरा वचन सुन्‍न इन्कार गरे' ।”

  • २ राजा 22:17-18
    2 पदहरू
    80%

    17किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए— यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइने छैन' ।”

    18तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

  • 80%

    10किनकि भलाइ होइन र विपत्ति ल्याउनलाई मैले यस सहरको विरुद्धमा आफ्‍नो अनुहार फर्काएको छु, यो परमप्रभुको घोषणा हो । यसलाई बेबिलोनका राजाको हातमा दिइएको छ, र उसले यसमा आगो लगाउनेछ ।'

    11“यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन ।

  • 13त्यसपछि मैले त्यस देशको विरुद्धमा बोलेका सबै वचन र यर्मियाले सबै जातिको विरुद्धमा बोलेका अगमवाणीका वचनहरू जुन यो पुस्तकमा लेखिएका छन्, ती सबै पुरा गर्नेछु ।

  • यिर्मि 22:1-2
    2 पदहरू
    79%

    1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “यहूदाको राजाको घरमा तल जा र त्यहाँ यो वचन घोषणा गर्,

    2यसो भन, 'ए यहूदाका राजा, तँ जो दाऊदको सिंहासनमा बस्‍छस्, तँ र तेरा सेवकहरू र यी ढोकाहरूद्वारा आउने तेरा मानिसहरू हो, परमप्रभुको वचन सुन ।

  • 17त्यसैले परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, यहूदा र यरूशलेममा बसोबास गर्ने हरेकमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेका विपत्तीहरू ल्याउँदैछु, किनकि मैले तिनीहरूलाई बोलें, तर तिनीहरूले सुनेनन् । मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन् ।'”

  • 2“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यरूशलेम र यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ । हेर, आज ती भग्‍नावशेष भएका छन् । तिनमा बस्‍ने कोही छैन ।

  • 12त्‍यसकारण इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यरूशलेम र यहूदामा यस्तो खराबी ल्याउन लागेको छु, कि जसले यसको बारेमा सुन्छ त्यसका दुवै कानमा गुञ्जन हुनेछ ।

  • 79%

    14परमप्रभुले मलाई भन्‍नुभयो, “यस देशमा बस्‍ने सबैमाथि विपत्ति उत्तर दिशाबाट नै आउन सुरु हुनेछ ।

    15किनकि मैले उत्तरी राज्यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो । तिनीहरू आउनेछन्, र यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन्, अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरको विरुद्धमा लाग्‍नेछन् ।

    16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।

  • 19हे पृथ्वी, सुन् । मैले यी मानिसहरूमाथि विपत्ति ल्याउनै लागेको छु, जुन तिनीहरूका विचारको नतिजा हो । तिनीहरूले मेरो वचन वा व्यवस्थालाई ध्यानै दिएनन्, तर तिनीहरूले यसलाई इन्कार गरे ।

  • 22यो परमप्रभुको घोषणा हो, हेर् मैले एउटा आज्ञा दिनै लागेको छु, र यस सहरको विरुद्धमा युद्ध गर्न र यसलाई कब्‍जा गर्न र यसलाई जलाउनलाई म तिनीहरूलाई यहाँ फर्काएर ल्याउन लागेको छु । किनकि म यहूदाका सहरहरूलाई भग्‍नावशेषको ठाउँ बनाउनेछु, जसमा बासिन्‍दाहरू हुनेछैनन् ।”

  • 5यहूदामा म आगो पठाउनेछु, र त्यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ ।”

  • 2अङ्गरक्षकका कप्‍तानले यर्मियालाई लगे र भने, “परमप्रभु तिम्रा परमेश्‍वरले यस ठाउँको लागि यो विपत्तिको आज्ञा दिनुभयो ।

  • 10तब तैंले यी सबै वचन यी मानिसलाई भन्‍नेछस्, र तिनीहरूले तँलाई भन्‍नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'

  • 11त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, तिमीहरूमाथि विपत्ति ल्याउन र सारा यहूदालाई नष्‍ट गर्न मैले आफ्‍नो अनुहारलाई तिमीहरूबाट हटाउनै लागेको छु ।

  • 13“जाओ, र यस पुस्तकमा पाइएका वचनहरूको कारणले मेरो लागि र सारा यहूदाका लागि परमप्रभुको सल्‍लाह खोज । किनकि हाम्रा विरुद्धमा भएको परमप्रभुको क्रोध भयानक छ, किनभने यस पुस्तकमा भएका हाम्रा सम्‍बन्‍धका वचनलाई हाम्रा पुर्खाहरूले जसरी पालन गर्नुपर्थ्‍यो त्‍यसरी तिनीहरूले गरेनन् ।”

  • 31किनकि तिमीहरू सबैले गरेका अधर्मको दण्‍ड म तेरा सन्तानहरू र तेरा सेवकहरूलाई दिनेछु । तँ, यरूशलेमका सबै बासिन्‍दा र यहूदामा भएका हरेक व्यक्तिमाथि मैले ल्याउनेछु भनी घोषणा गरेका सबै विपत्ति म ल्याउनेछु, तर तैंले त्‍यसमा ध्यानै दिइनस्' ।”

  • 32इस्राएल र यहूदाका मानिसहरूका, तिनीहरू, तिनीहरूका राजाहरू, राजकुमारहरू, पुजारीहरू, अगमवक्ताहरू अनि यहूदाको हरेक मानिस र यरूशलेमको हरेक बासिन्दाले मलाई रिस उठाउनलाई गरेका सारा दुष्‍ट कुराहरू कारणले म त्‍यो गर्नेछु ।

  • 29किनकि हेर, मेरो नाउँद्वारा कहलाइने सहरमाथि मैले विपत्ति ल्याउनै लागेको छु, र के तिमीहरू आफूचाहिं दण्डबाट उम्कने छौ र? तिमीहरू उम्कने छैनौ, किनकि देशका सबै बासिन्दाको विरुद्धमा म एउटा तरवार पठाउँदैछु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।'

  • 11त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनै लागेको छु, जुन विपत्तिबाट तिनीहरू भाग्‍न सक्‍ने छैनन् । तब तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।

  • 1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः

  • 36त्यसकारण अब, 'तरवार, अनिकाल, र विपत्तिद्वारा यो बेबिलोनका राजाको हातमा दिइएको छ,' भनेर तिमीहरूले भन्‍दै गरेको यस सहरको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।

  • 27त्यसकारण, यस पुस्तकमा लेखिएका सबै श्राप आउने गरी परमप्रभुको रिस यस देशको विरुद्धमा दन्किएको हो ।

  • 14तिमीहरूका विरुद्धमा आउनलाई मैले तिमीहरूका अभ्यासको फल तोकेको छु, यो परमप्रभुको घोषणा हो— र झाडीहरूमा म आगो सल्काउनेछु, र त्‍यसले आफ्नो वरिपरि भएका हरेक कुरालाई भस्म पार्नेछ ।”

  • 20तिनीहरूलाई भन्, 'यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा, यहूदाका सबै मानिस र यरूशलेमका हरेक बासिन्दा हो, परमप्रभुको वचन सुन ।

  • यिर्मि 22:5-6
    2 पदहरू
    77%

    5तर मैले घोषणा गरेका यी वचन तिमीहरूले सुन्‍दैनौ भने—यो राजदरबार भग्‍नावशेष हुनेछ, यो परमप्रभुको घोषणा हो' ।”

    6किनकि यहूदाका राजाको घरानाको बारेमा परमप्रभु यसो भन्‍नुहुन्छ, 'तँ मेरो लागि गिलाद वा लेबनानको टाकुराजस्तै छस् । तापनि म तँलाई उजाड-स्थान, मानिसहरू नबस्‍ने सहरहरूजस्तै तुल्याउनेछु ।

  • 9“परमप्रभु यसो भन्‍नुहुन्छ, 'त्यसरी नै यहूदा र यरूशलेमको ठुलो अहंकारलाई म नाश गर्नेछु ।

  • 8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।

  • 6तब म यो मन्दिरलाई शीलोजस्तै बनाउनेछु । म यस सहरलाई पृथ्वीका सबै जातिको दृष्‍टिमा श्रापको पात्र बनाउनेछु' ।”

  • 22तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन ।

  • 1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 21“जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्‍याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”

  • 11त्यसैले अब, यहूदाका मानिसहरू र यरूसलेमका बासिन्दाहरूसित बोल् र भन्, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिमीहरूको विरुद्धमा विपत्तिको रचना गर्नै लागेको छु । मैले तिमीहरूको विरुद्धमा योजना बनाउने लागेको छु । तिमीहरूका चाल र तिमीहरूका अभ्यासहरूले तिमीहरूलाई भलो ल्‍याउने गरी हरेक व्यक्तिले आफ्नो दुष्‍ट चालबाट पश्‍चात्ताप गरोस् ।'

  • 12मैले यो सहरलाई तोपेतजस्तै बनाउँदा यो ठाउँ र यसका बासिन्दालाई म यसै गर्नेछु, यो परमप्रभुको घोषणा हो,

  • 29तब यहूदाका राजालाई तैंले यसो भन्‍नुपर्छ, 'तैंले त्यो मुट्ठोलाई यसो भनेर जलाइस्, “बेबिलोनका राजा निश्‍चय पनि आउनेछन् र यस देशलाई नष्‍ट पार्नेछन्, किनकि उसले मानिस र पशु दुवैलाई नष्‍ट पार्नेछन्” भनेर तैंले यसमा किन लेखेको छस्?’

  • 29यो परमप्रभुको घोषणा हो, तिमीहरूका विरुद्धमा मैले तिमीहरूलाई यो ठाउँमा दिने चिन्‍हचाहिं यो हुनेछ, यसैले कि मेरो वचनले निश्‍चय पनि तिमीहरूलाई विपत्तिले आक्रमण गर्नेछ भनी तिमीहरूलाई थाहा होस् ।

  • 12त्यसैले यर्मियाले सबै अधिकारी र सबै मानिससँग बोले र भने, “तपाईंहरूले सुन्‍नुभएका यी वचन भन्‍न परमप्रभुले मलाई यो मन्दिर र यो सहरको विरुद्धमा अगमवाणी बोल्न पठाउनुभएको छ ।

  • 3त्यसको न्यायकर्तालाई म नष्‍ट गर्नेछु र त्यसका सबै राजकुमारलाई म मार्नेछु,” परमप्रभु भन्‍नुहुन्छ ।

  • 2“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई भनेका सबै वचन एउटा मुट्ठामा लेख् ।

  • 6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।