२ राजा 22:13

अनलक शाब्दिक बाइबल

“जाओ, र यस पुस्तकमा पाइएका वचनहरूको कारणले मेरो लागि र सारा यहूदाका लागि परमप्रभुको सल्‍लाह खोज । किनकि हाम्रा विरुद्धमा भएको परमप्रभुको क्रोध भयानक छ, किनभने यस पुस्तकमा भएका हाम्रा सम्‍बन्‍धका वचनलाई हाम्रा पुर्खाहरूले जसरी पालन गर्नुपर्थ्‍यो त्‍यसरी तिनीहरूले गरेनन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 29:23-28 : 23 परमप्रभुले आफ्नो रिस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्‍ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुने छ । 24 अन्य जातिहरूसँगै तिनीहरूले भन्‍ने छन्, 'किन परमप्रभुले यस देशलाई यसो गर्नुभएको? यो डरलाग्दो रिसको मतलब के हो?' 25 मानिसहरूले भन्‍ने छन्, 'तिनीहरूले मिश्रबाट ल्याउनुहुने परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिनीहरूसित बाँध्‍नुभएको करार त्यागेकाले गर्दा यसो भएको हो । 26 तिनीहरू आफूले नचिनेका र उहाँले तिनीहरूलाई नदिनुभएको अन्य देवताहरूको पछि लागी तिनीहरूको सेवा गरेकाले र तिनीहरूका सामु निहुरेकाले गर्दा यसो भएको हो । 27 त्यसकारण, यस पुस्तकमा लेखिएका सबै श्राप आउने गरी परमप्रभुको रिस यस देशको विरुद्धमा दन्किएको हो । 28 परमप्रभुले आफ्नो रिस, क्रोध र भयानक कोपमा तिनीहरूलाई तिनीहरूको देशबाट जरैदेखि उखेली अर्को देशमा फ्याँक्‍नुभएको छ, जस्तो आज छ ।'
  • व्यव 31:17-18 : 17 तब त्यस दिन मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कने छ र म तिनीहरूलाई त्यागिदिने छु । म तिनीहरूबाट मेरो मुहार लुकाउने छु, र तिनीहरू नष्‍ट हुने छन् । तिनीहरूले धेरै विपत्ति र सङ्कष्‍टहरू झेल्ने छन् अनि त्यस दिन तिनीहरूले भन्‍ने छन्, 'के हाम्रा परमेश्‍वर हाम्रा बिचमा नहुनुभएकोले यी विपत्तिहरू हामीमाथि आइपरेका होइनन् र?' 18 तिनीहरू अन्य देवताहरूकहाँ फर्की तिनीहरूले गर्ने तिनीहरूका सबै दुष्‍ट्याइँको कारणले त्यस दिन म निश्‍चय नै तिनीहरूबाट मेरो मुहार लुकाउने छु ।
  • १ राजा 22:7-8 : 7 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका अर्का कुनै अगमवक्ता छैनन् जसबाट हामीले सल्लाह लिन सक्छौँ?” 8 इस्राएलका राजाले यहोशापातलाई भने, “एक जना मानिस छन् जसबाट हामीले मदतको लागि परमप्रभुबाट सल्लाह लिन सक्छौँ । तिनी यिम्लाका छोरा मीकाया हुन्, तर म तिनलाई घृणा गर्छु किनकि तिनले मेरो बारेमा कुनै असल कुरोको भविष्यवाणी गर्दैनन्, केवल खरावी मात्र बोल्छन् ।” तर यहोशापातले भने, “राजाले यस्तो भन्नुहुँदैन ।”
  • २ राजा 3:11 : 11 तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै अगमवक्ता छैनन् जसद्वारा हामी परमप्रभुसँग सल्‍लाह लिन सक्छौँ?” इस्राएलका राजाका सेवकमध्‍ये एक जना जवाफ दियो र भन्‍यो, “शाफातका छोरा एलीशा यहीँ छन् जसले एलियाका हातमा पानी हाल्‍थे ।”
  • १ इति 10:13-14 : 13 यसरी परमप्रभुप्रतिको विश्‍वासहीनताको कारणले शाऊल मरे । तिनले परमप्रभुको निर्देशनहरूलाई पालन गरेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिए। 14 तिनले परमप्रभुबाट मार्गदर्शन खोजेनन्, यसैले परमप्रभुले तिनलाई मार्नुभयो र यिशैका छोरा दाऊदलाई राज्‍य सुम्‍पनुभयो ।
  • २ इति 29:6 : 6 किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्‍यागे, परमप्रभुको बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्‍ना पीठ फर्काए ।
  • २ इति 34:21 : 21 “जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्‍याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”
  • नहे 8:8-9 : 8 तिनीहरूले त्यो पुस्तक अर्थात् परमेश्‍वरको व्यवस्था पढे र मानिसहरूले बुझ्न सक्‍ने गरी अर्थ खोलिदिए । 9 राज्यपाल नहेम्याह, पुजारीसाथै शास्‍त्री एज्रा र मानिसहरूलाई अर्थ खोलिदिने लेवीहरूले सारा मानिसलाई भने, “यो दिन परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि पवित्र दिन हो । शोक नगर र नरोओ ।” किनकि तिनीहरूले व्यवस्थाका वचन सुन्दा सारा मानिस रोएका थिए ।
  • नहे 9:3 : 3 तिनीहरू आ-आफ्ना ठाउँमा खडा भए, र पहिलो एक पहरचाहिँ तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढे । अर्को पहरमा तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको सामु पाप स्वीकार गर्दै र दण्डवत् गर्दै थिए ।
  • भजन 25:14 : 14 परमप्रभुको मित्रता उहाँलाई आदर गर्नेहरूका निम्ति हो, र उहाँले तिनीहरूलाई उहाँको करार प्रकट गर्नुहुनेछ ।
  • भजन 76:7 : 7 तपाईंको, हो तपाईंकै भय मानिन्छ । तपाईं रिसाउनुहुँदा तपाईंको सामु को खडा हुन सक्छ र?
  • भजन 106:6 : 6 हाम्रा पुर्खाहरूले झैं हामीले पाप गरेका छौं । हामीले गल्ती गरेका छौं र हामीले खराबी गरेका छौं ।
  • नीति 3:6 : 6 तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ ।
  • यिर्मि 16:12 : 12 तर तिमीहरूका पुर्खाहरूले भन्दा तिमीहरूले अझै धेरै दुष्‍ट काम गरेका छौ, किनकि हेर, प्रत्‍येक व्यक्ति आफ्‍नो दुष्‍ट हृदयको कठोरताद्वारा हिंडेको छ । मेरो कुरा सुन्‍ने कोही छैन ।
  • यिर्मि 21:1-2 : 1 ¶ परमप्रभुको यो वचन यर्मियाकहाँ त्‍यति बेला आयो, जति बेला सिदकियाह राजाले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पुजारी सपन्याहलाई तिनीकहाँ पठाए, र तिनीहरूले भने, 2 “हाम्रो पक्षमा परमप्रभुबाट सल्लाह खोज, किनकि बेबिलोनका राजा नबूकदनेसरले हामीमाथि युद्ध गर्देछन् । सायद विगतको समयमा जस्तै परमप्रभुले हाम्रो लागि आश्‍चर्यकर्म गर्नुहुनेछ र उसलाई हामीबाट फिर्ता जाने बनाउनुहुनेछ ।”
  • यिर्मि 37:17 : 17 तब राजा सिदकियाहले कसैलाई पठाए जसले तिनलाई दरबारमा ल्याए । आफ्नो महलमा राजाले तिनलाई गुप्‍तमा सोधे, “के परमप्रभुबाट कुनै वचन आएको छ?” यर्मियाले जवाफ दिए, “वचन छः तपाईंलाई बेबिलोनका राजाको हातमा दिइनेछ ।”
  • यिर्मि 44:17 : 17 किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ ।
  • विलाप 5:7 : 7 हाम्रा पिता-पुर्खाहरूलेपाप गरे, र अब तिनीहरू छैनन्, र हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ ।
  • यहे 14:3-4 : 3 “ए मानिसको छोरो, यी मानिसहरूले आफ्‍ना मूर्तिहरूलाई आफ्‍ना हृदयमा राखेका छन्, र आफ्‍नो अधर्मका ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नै अनुहारका सामु राखेका छन्‌ । के तिनीहरूले मेरो बारेमा सोध्‍न पाउँछन् र? 4 यसकारण तिनीहरू यो कुरा घोषणा गर र तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएलका घरानाका हरेक मानिस जसले आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍छन्, र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नो अनुहारको सामुन्‍ने राख्‍छन्, र पनि अगमवक्ताकहाँ जान्‍छन्, म परमप्रभुले त्‍यसका मूर्तिहरूका संख्याअनुसार त्‍यसलाई जवाफ दिनेछु ।
  • यहे 20:1-3 : 1 ¶ सातौं वर्षको पाँचौं महिनाको दशौं दिनमा इस्राएलका धर्म-गुरुहरू परमप्रभुसित सोधपूछ गर्न आए र मेरो सामु बसे । 2 तब परमप्रभुको वचन यस भनेर मकहाँ आयो, 3 “ए मानिसको छोरो, इस्राएलका धर्म-गुरुहरूलाई घोषणा गर्‌ र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः के तिमीहरू मसित सोधपूछ गर्न आएका छौ? जस्‍तो म जीवित छु, तिमीहरूले मलाई सोधपूछ गर्नेछैनौ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।'
  • दानी 9:5-8 : 5 हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं। 6 तपाईंका नाउँमा हाम्रा राजाहरू, अगुवाहरू, पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका तपाईंका सेवक अगमवक्ताहरूका वचन हामीले सुनेका छैनौं । 7 हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो । 8 हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् ।
  • दानी 9:10 : 10 आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा परमप्रभुले हामीलाई दिनुभएका उहाँका व्यवस्थामा हिंड्नलाई हामीले उहाँको वचन मानेका छैनौं ।
  • आमो 3:7 : 7 निश्‍चय नै परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूलाई आफ्नो योजना प्रकट नगर्नुभएसम्म उहाँले केही पनि गर्नुहुनेछैन ।
  • नहू 1:6 : 6 उहाँको क्रोधको अगाडि को खडा हुन सक्छ? उहाँको क्रोधको प्रचण्डता कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्‍छ, र उहाँद्धारा चट्टानहरू टुक्रा-टुक्रा पारिन्छन् ।
  • रोमी 3:20 : 20 उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।
  • रोमी 4:15 : 15 किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अनाज्ञाकारिता हुँदैन ।
  • रोमी 7:9 : 9 एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरेँ ।
  • याक 1:22-25 : 22 आफैँलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर । 23 किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो । 24 उसले आफैँलाई जाँच्छ र गइहाल्छ र ऊ कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ । 25 तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्‍तिचाहिँ उसले गर्ने कामहरूमा आशिषित हुनेछ ।
  • प्रका 6:17 : 17 किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्यहाँ को उभिन सक्छ र? ।”
  • निर्ग 20:5 : 5 तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु ।
  • व्यव 4:23-27 : 23 सावधान बस ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित बाँध्‍नुभएको करार तिमीहरूले नभुल र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निषेध गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाओ । 24 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर भस्म पार्ने आगो र डाही परमेश्‍वर हुनुहुन्छ । 25 तिमीहरूले छोराछोरीहरू र नातिनातिनाहरू जन्माइसकेपछि तिमीहरू लामो समयसम्म त्यस देशमा बस्दा तिमीहरूले आफूलाई भ्रष्‍ट पारी खोपेर कुनै पनि कुराको प्रतिमूर्ति बनाएर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट काम गरी उहाँलाई चिढ्यायौ भने म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु, 26 कि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ त्यस देशबाट तिमीहरू चाँडै नै पूर्ण रूपमा नष्‍ट हुने छौ । त्यहाँ तिमीहरू लामो समयसम्म बाँच्ने छैनौ, तर तिमीहरू पूर्ण रूपमा नष्‍ट हुने छौ । 27 परमप्रभुले तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिनुहुने छ, र उहाँले तिमीहरूलाई धपाउनुभएका जातिहरूका बिचमा तिमीहरूको सङ्ख्या थोरै हुने छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 34:20-26
    7 पदहरू
    94%

    20तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका आफ्नै सेवकलाई यस्तो आज्ञा दिए,

    21“जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्‍याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”

    22यसैले हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्‍नी अगमवादिनी हुल्दाकहाँ सोधपुछ गर्नलाई गए (तिनी यरूशलेमको दोस्रो जिल्लामा बस्थिन्), र तिनीहरूले तिनीसँग यसरी कुरा गरे ।

    23तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्‍वर यो भन्‍नुहुन्‍छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन,

    24‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर्, मैले यहूदाका राजाको सामुन्‍ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु ।

    25यस्तो हुनेछ किनकि तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका हातले बनाएका सबै कुराले मलाई रिस उठाएका छन्, यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइने छ, र यो निभाइने छैन’ ।

    26तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:

  • २ राजा 22:10-12
    3 पदहरू
    82%

    10तब सचिव शापानले राजालाई भने, “प्रधान पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” तब शापानले त्यो राजाको लागि पढे ।

    11जब राजाले व्यवस्थाका वचनहरू सुने तिनले आफ्ना लुगा च्याते ।

    12राजाले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका आफ्नै सेवक असायाहलाई हुकुम गरे,

  • २ राजा 22:14-19
    6 पदहरू
    81%

    14त्यसैले पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह अगमवादिनी हुल्दाकहाँ गए । उनी दरबारका लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्‍नी थिइन् । (उनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्) । तिनीहरूले उनीसित कुरा गरे ।

    15उनले तिनीहरूलाई भनिन्, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्,

    16“परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।

    17किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए— यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइने छैन' ।”

    18तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

    19तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका बासिन्दाहरूको विरुद्धमा भनेको सुनेर तैँले आफ्‍नो ह्रदय कोमल बनाएको र तैँले परमप्रभुको सामु आफैलाई विनम्र तुल्याएको अनि तैँले आफ्ना लुगा च्यातेको र मेरो सामु रोएका हुनाले मैले तेरो कुरा पनि सुनेको छु—यो परमप्रभुको घोषणा हो ।

  • यिर्मि 22:1-2
    2 पदहरू
    76%

    1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “यहूदाको राजाको घरमा तल जा र त्यहाँ यो वचन घोषणा गर्,

    2यसो भन, 'ए यहूदाका राजा, तँ जो दाऊदको सिंहासनमा बस्‍छस्, तँ र तेरा सेवकहरू र यी ढोकाहरूद्वारा आउने तेरा मानिसहरू हो, परमप्रभुको वचन सुन ।

  • 18सचिव शापानले राजालाई भने, “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” त्यसपछि शापानले त्यो पुस्तक राजालाई पढेर सुनाए ।

  • 8प्रधान पुजारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” त्यसैले हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए, र तिनले यो पढे ।

  • २ राजा 23:1-2
    2 पदहरू
    75%

    1¶ त्यसैले राजाले सन्देशवाहकहरू पठाए जसले यहूदा र यरूशलेमका सबै धर्म-गुरुलाई तिनीकहाँ भेला गराए ।

    2तब राजा परमप्रभुको मन्दिरमा गए, अनि यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दा, पुजारीहरू, अगमवक्ताहरू र सानादेखि ठुलासम्‍म सबै मानिस पनि तिनीसँगै गए । तब तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी पढे ।

  • 2“हाम्रो पक्षमा परमप्रभुबाट सल्लाह खोज, किनकि बेबिलोनका राजा नबूकदनेसरले हामीमाथि युद्ध गर्देछन् । सायद विगतको समयमा जस्तै परमप्रभुले हाम्रो लागि आश्‍चर्यकर्म गर्नुहुनेछ र उसलाई हामीबाट फिर्ता जाने बनाउनुहुनेछ ।”

  • 30तब राजा र तिनीसँग भएका यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पुजारी र लेवीहरू, साना-ठुला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए । तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी तिनले पढे ।

  • २ इति 34:15-16
    2 पदहरू
    75%

    15हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” हिल्कियाहले त्यो पुस्तक शापानकहाँ ल्याए ।

    16शापानले त्यो पुस्तक राजाकहाँ ल्याए, र यसो भनेर तिनलाई विवरण पनि दिए, “तपाईंका सेवकहरूलाई जिम्‍मा दिइएका सबै काम तिनीहरूले गरिरहेका छन् ।

  • 10तब तैंले यी सबै वचन यी मानिसलाई भन्‍नेछस्, र तिनीहरूले तँलाई भन्‍नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'

  • 3राजा योशियाहको अठारौँ वर्षमा तिनले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई यसो भनेर परमप्रभुको मन्दिरमा पठाए,

  • दानी 9:12-14
    3 पदहरू
    73%

    12परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको छ । किनभने यरूशलेमलाई जे गरिएको छ सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन ।

    13मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं ।

    14यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।

  • 7सायद कृपाको लागि तिनीहरूको बिन्ती परमप्रभुको सामु आउनेछ । परमप्रभुले यस जातिको विरुद्धमा घोषणा गर्नुभएको रिस र क्रोध गम्‍भिर भएको हुनाले सायद हरेक व्यक्ति आफ्नो दुष्‍ट मार्गबाट फर्कनेछ ।”

  • 32त्यसकारण, अब हे हाम्रा परमेश्‍वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्‍नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् ।

  • 11“यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन ।

  • 13“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दालाई यसो भन्, 'के तिमीहरू सुधारलाई स्वीकार गर्दैनौ र मेरा वचन सुन्दैनौ? यो परमप्रभुको घोषणा हो ।

  • 21तब राजाले यहूदीलाई त्यो मुट्ठो लिन पठाए । यहूदीले सचिव एलीशामाको कोठाबाट त्‍यो मुट्ठो लिए । तब तिनले राजा र तिनको छेउमा उभिरहेका सबै अधिकारीले सुन्‍ने गरी त्‍यो पढे ।

  • 14तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू; अनुसन्धान गर्नू अनि केरकार गर्नू । तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्‍का गर्‍यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू ।

  • 19के यहूदाका राजा हिजकिया र यहूदाका सारा मानिसले तिनलाई मारे त? के तिनले परमप्रभुको भय मान्‍ने काम गरे र परमप्रभुले तिनीहरूमाथि ल्याउने घोषणा गर्नुभएको विपत्ति ल्याउनबाट उहाँको मन बद्लने गरी के तिनले परमप्रभुको मुहारलाई शान्त पारेनन् र? यसरी हामी आफ्नै प्राणको विरुद्धमा अझै ठुलो दुष्‍ट काम गर्ने र?”

  • 13त्यसैले अब, आ-आफ्ना चाल र अभ्यासहरू सुधार्नुहोस् र परमप्रभु तपाईंहरूका परमेश्‍वरको सोर सुन्‍नुहोस्, ताकि उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिको विषयमा उहाँले आफ्नो मन बद्लनुहुनेछ ।

  • 32इस्राएल र यहूदाका मानिसहरूका, तिनीहरू, तिनीहरूका राजाहरू, राजकुमारहरू, पुजारीहरू, अगमवक्ताहरू अनि यहूदाको हरेक मानिस र यरूशलेमको हरेक बासिन्दाले मलाई रिस उठाउनलाई गरेका सारा दुष्‍ट कुराहरू कारणले म त्‍यो गर्नेछु ।

  • 8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।

  • 20हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।

  • 20तिनीहरूलाई भन्, 'यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा, यहूदाका सबै मानिस र यरूशलेमका हरेक बासिन्दा हो, परमप्रभुको वचन सुन ।

  • 17किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ ।

  • 6किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्‍यागे, परमप्रभुको बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्‍ना पीठ फर्काए ।

  • 5यहोशापातले इस्राएलका राजालाई भने, “पहिले तपाईंले के गर्नुपर्छ भन्नाका लागि परमप्रभुको वचनबाट निर्देशन खोज्नुहोस् ।”

  • 34हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् ।

  • 13तिमीहरूले यसलाई पहिलो पल्‍ट बोकेनौ । यसैले परमप्रभु हाम्रा परमेश्‍वर हामीमाथि क्रोधित हुनुभयो, किनकि हामीले उहाँको खोजी गरेनौं वा उहाँको आज्ञा पालन गरेनौं ।”

  • 6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।

  • 4तिनले यहूदालाई परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने, र व्‍यवस्‍था र आज्ञाहरू पालन गर्ने हुकुम गरे ।