यिर्मिया 44:17

अनलक शाब्दिक बाइबल

किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नहे 9:34 : 34 हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् ।
  • यिर्मि 7:18 : 18 छोराछोरीले दाउरा बटुल्दैछन्, र बुबाहरू आगो बाल्दैछन् । तिनीहरूले मलाई चिढ्याउनलाई स्वर्गकी रानीको निम्ति फुरौला बनाउन स्‍त्रीहरू पिठो मुछ्दैछन्, र अरू देवताहरूका लागि अर्घबलि खन्याउँदैछन् ।
  • व्यव 23:23 : 23 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले भाकल गरेअनुसार वा तिमीहरूका मुखले स्वैच्छापूर्वक प्रतिज्ञा गरेअनुसार तिमीहरूका मुखबाट निस्केको कुरा पुरा गर्नुपर्छ ।
  • हो 2:5-9 : 5 किनकि तिनीहरूकी आमा वेश्‍या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्‍जास्‍पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्‍ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।” 6 यसकारण त्यसको मार्ग रोक्‍नलाई म काँडे झाडीका बार लगाउनेछु । त्यसले आफ्नो बाटो पत्ता नलगाओस् भनेर, म त्यसको विरुद्ध पर्खाल लगाउनेछु । 7 त्यो आफ्ना प्रेमीहरूको पछि लाग्‍नेछ, तर त्यसले तिनीहरूलाई भेट्‍टाउनेछैन । त्यसले तिनीहरूलाई खोज्‍नेछ, तर त्यसले तिनीहरूलाई पाउनेछैन । अनि त्यसले भन्‍नेछ, “म आफ्‍नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो ।” 8 किनकि त्यसलाई अन्‍न, नयाँ दाखमद्य र तेल दिने, म नै थिएँ भनी त्यसलाई थाहा भएको थएन,र जसले त्यसलाई प्रशस्‍त चाँदी र सुन दियो जसलाई तिनीहरूले त्‍यस बेला बालको निम्ती प्रयोग गरे । 9 यसैले फसलको समयमा म त्यसको अन्‍न, र दाखमद्यको मौसममा म त्‍यो फिर्ता लिनेछु । त्यसको नग्‍नतालाई ढाक्‍न प्रयोग भएका, मेरो ऊन र सूतीको कपडा म फिर्ता लिनेछु ।
  • निर्ग 16:3 : 3 इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मासुको भाँडानेर बसेर अघाउञ्‍जेल रोटी खाइरहँदा मिश्र देशमा नै परमप्रभुको हातद्वारा मरेको भए हुनेथियो । किनकि तपाईंहरूले हाम्रो पुरै समुदायलाई भोकले मार्न हामीलाई उजाड-स्थानमा ल्याउनुभएको छ ।”
  • फिलि 3:19 : 19 तिनीहरूको नतिजा विनाश हो । किनकि तिनीहरूको ईश्‍वर तिनीहरूको पेट हो, र तिनीहरूको शर्ममा तिनीहरूको घमण्ड छ । तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्दछन् ।
  • गिन 30:12 : 12 तर यदि त्यसका पतिले तिनीहरूको बारेमा सुनेको दिनमा नै तिनीहरूलाई रद्द गर्‍यो भने, त्यसको मुखबाट निस्केका भाकलहरू वा प्रतिज्ञाहरू जे भए पनि रहने छैनन् । त्यसका पतिले तिनीहरूलाई रद्द गरेको छ । परमप्रभुले त्यसलाई मुक्‍त गर्नुहुने छ ।
  • न्या 11:36 : 36 उनले तिनलाई भनिन्, “मेरा बुबा, तपाईंले परमप्रभुसँग भाकल गर्नुभएको छ, तपाईंले प्रतिज्ञा गर्नुभएको हरेक कुरा मलाई गर्नुहोस्, किनभने परमप्रभुले तपाईंका शत्रु अम्मोनीहरूसँग बदला लिनुभएको छ ।”
  • २ राजा 17:16 : 16 तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञालाई बेवास्ता गरे । तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए । तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पुजा गरे ।
  • यिर्मि 19:13 : 13 यसरी, यरूशलेमका घरानाहरू र यहूदाका राजाहरू, ती सबै घर जसका कौसीहरूमा अशुद्ध मानिसहरूले आकाशमण्‍डलका सबै ताराहरूको पुजा गरे र अरू देवताहरूलाई अर्घबलि चढाए, तिनीहरू तोपेतजस्तै हुनेछन्' ।”
  • यिर्मि 44:21 : 21 “के तिमीहरू, तिमीहरूका पुर्खाहरू, तिमीहरूका राजाहरू, अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाएका धुपलाई परमप्रभुले सम्झनुभएन र? किनकि परमप्रभुले यो सम्झनुहुन्छ । यो उहाँको विचारमा आउँछ ।
  • यिर्मि 44:25 : 25 सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः 'स्वर्गकी रानीलाई पुजा गर्न र उनलाई अर्घबलिहरू चढाउन हामीले खाएका भाकलहरूलाई हामी निश्‍चय नै पुरा गर्नेछौं' भनी तिमीहरू र तिमीहरूका पत्‍नीहरू दुवैले तिमीहरूका मुखले भनेका थियौ र तिमीहरूले आफ्ना हातले पुरा गरेका छौ । अब तिमीहरूका भाकलहरू पुरा गर । तिनलाई निरन्‍तर गर ।’
  • यहे 20:8 : 8 तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे र मेरो कुरा सुन्‍न इच्छुक भएनन् । हरेक मानिसले आफ्‍ना दृष्‍टिबाट ती घिनलाग्‍दा कुराहरूलाई फालेनन् न त तिनीहरूले मिश्रदेशका मूर्तिहरूलाई नै त्‍यागे । यसैले मिश्रदेशको बिचमा तिनीहरूका माझमा मेरो क्रोध शान्त पार्नको निम्ति तिनीहरूमाथि मेरो रिस पोख्‍ने निश्‍चय मैले गरें ।
  • दानी 9:5-8 : 5 हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं। 6 तपाईंका नाउँमा हाम्रा राजाहरू, अगुवाहरू, पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका तपाईंका सेवक अगमवक्ताहरूका वचन हामीले सुनेका छैनौं । 7 हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो । 8 हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् ।
  • यिर्मि 32:29-32 : 29 यस सहरको विरुद्धमा लडाइँ गरिरहेका कल्दीहरू आउनेछन्, र यस सहरलाई र मलाई रिस उठाउनलाई मानिसहरूले छानाहरूमा बाल देवताको पुजा गरेको र अरू देवताहरूलाई अर्घबलिहरू चढाएका घरहरूलाई समेत आगो लगाउनेछन् । 30 किनकि इस्राएल र यहूदाका मानिसहरूले आफ्‍ना युवावस्थादेखि नै मेरा आँखाकै सामु निश्‍चय नै दुष्‍ट काम गर्दै आएका मानिस भएका छन् । इस्राएलका मानिसहरूले निश्‍चय नै आफ्‍ना हातका अभ्यासहरूले मलाई चोट पुर्‍याएका छन्, यो यो परमप्रभुको घोषणा हो । 31 परमप्रभु घोषणा गर्नुहुन्छ, ‘तिनीहरूले यस सहरलाई बनाएको दिनदेखि यसले मेरो रिस र क्रोधको पाएको छ । आजको दिनसम्‍म पनि यस्‍तै भएको छ । त्यसैले म यसलाई मेरो मुहारबाट हटाउनेछु । 32 इस्राएल र यहूदाका मानिसहरूका, तिनीहरू, तिनीहरूका राजाहरू, राजकुमारहरू, पुजारीहरू, अगमवक्ताहरू अनि यहूदाको हरेक मानिस र यरूशलेमको हरेक बासिन्दाले मलाई रिस उठाउनलाई गरेका सारा दुष्‍ट कुराहरू कारणले म त्‍यो गर्नेछु ।
  • यिर्मि 44:9 : 9 तिमीहरूका पुर्खाहरू अनि यहूदाका राजाहरू र तिनीहरूका पत्‍नीहरूले गरेका दुष्‍टतालाई के तिमीहरूले बिर्सेका छौ? यहूदा देशमा र यरूशलेमका सडकहरूमा तिमीहरू आफै र तिमीहरूका पत्‍नीहरूले गरेका दुष्‍ट कामलाई के तिमीहरूले बिर्सेका छौ?
  • २ राजा 22:17 : 17 किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए— यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइने छैन' ।”
  • भजन 12:4 : 4 यसो भन्‍ने यिनीहरू नै हुन्, “हाम्रो जिब्रोले नै हामीले जित्छौं । जब हाम्रा ओठहरू बोल्‍छन्, तब हामीमाथि को मालिक हुन सक्छ र?”
  • भजन 106:6 : 6 हाम्रा पुर्खाहरूले झैं हामीले पाप गरेका छौं । हामीले गल्ती गरेका छौं र हामीले खराबी गरेका छौं ।
  • यशा 48:5 : 5 यसकारण मैले यी कुराहरू तिमीहरूलाई पहिले नै बताएँ । ती हुनुअगि नै मैले तिमीहरूलाई जानकारी दिएँ, त्यसैले तिमीहरूले यसो भन्‍न सक्‍नेछैनौ, 'मेरो मूर्तीले त्‍यो गरेको छ,' वा 'मेरो खोपेको आकृति र मेरो धातुबाट बनाइएको आकृतिले यी कुराहरू ठहराए ।’
  • १ पत्रु 1:18 : 18 तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्‍ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ ।
  • गिन 30:2 : 2 जब कसैले परमप्रभुसँग भाकल गर्छ वा प्रतिज्ञासँगै आफैलाई शपथले बाँध्‍ने काम गर्छ, त्यसले आफ्नो वचन तोड्नुहुँदैन । त्यसले त्यसको मुखबाट निस्केका सबै कुरा पुरा गर्न त्यसको प्रतिज्ञा पालन गर्नुपर्छ ।
  • मर 6:26 : 26 राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्‍ती इन्कार गर्न सकेनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 90%

    18हामीले स्वर्गकी रानीलाई धुप बाल्न र उनलाई अर्घबलिहरू खन्याउन छोड्दा हामी सबै जनाले गरिबी भोग्दै थियौँ अनि हामी तरवार र अनिकालले मर्दै थियौँ ।”

    19स्‍त्रीहरूले भने, “हामीले स्वर्गकी रानीको सामु धुप बाल्दा र उनलाई अर्घबलिहरू खन्याउँदा, उनको प्रतिरूपका फुरौलाहरू बनाउँदा र उनलाई अर्घबलिहरू चढाउँदा के हामीले आफ्ना पतिहरूले भनेको नमानेर यी कुराहरू गर्‍यौँ र?”

    20तब यर्मियाले सबै मानिस अर्थात् पुरुषहरू र स्‍त्रीहरू अनि तिनलाई जवाफ दिने सबै मानिसहरूलाई तिनले घोषणा गरे र भने,

    21“के तिमीहरू, तिमीहरूका पुर्खाहरू, तिमीहरूका राजाहरू, अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाएका धुपलाई परमप्रभुले सम्झनुभएन र? किनकि परमप्रभुले यो सम्झनुहुन्छ । यो उहाँको विचारमा आउँछ ।

    22तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन ।

    23तिमीहरूले धुप बालेका र परमप्रभुको विरुद्धमा पाप गरेको कारणले अनि तिमीहरूले उहाँको स्‍वोर, उहाँको व्यवस्था, उहाँका विधानहरू वा उहाँका करारका आदेशहरू पालन नगरेको कारणले तिमीहरूको विरुद्धमा यो विपत्ति आएको हो, जस्तो आजको दिनसम्म छ ।”

    24तब यर्मियाले सबै मानिस र सबै स्‍त्रीलाई भने, “हे मिश्रदेशमा भएका यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन ।

    25सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः 'स्वर्गकी रानीलाई पुजा गर्न र उनलाई अर्घबलिहरू चढाउन हामीले खाएका भाकलहरूलाई हामी निश्‍चय नै पुरा गर्नेछौं' भनी तिमीहरू र तिमीहरूका पत्‍नीहरू दुवैले तिमीहरूका मुखले भनेका थियौ र तिमीहरूले आफ्ना हातले पुरा गरेका छौ । अब तिमीहरूका भाकलहरू पुरा गर । तिनलाई निरन्‍तर गर ।’

  • 81%

    15तब आफ्‍ना पत्‍नीहरूले अरू देवताहरूलाई धुप बाल्दैथिए भनी थाहा पाएका त्यस ठुलो सभाका सबै मानिस र उक्‍त सभामा भएका सबै स्‍त्री अनि तल्लो र माथिल्लो मिश्रमा बस्‍ने सबै यहूदीले यर्मियालाई जवाफ दिए,

    16तिनीहरूले भने, “परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्‍नेछैनौं ।

  • 77%

    17यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा तिनीहरूले के गरिरहेका छन् भनी के तँ देख्दैनस्?

    18छोराछोरीले दाउरा बटुल्दैछन्, र बुबाहरू आगो बाल्दैछन् । तिनीहरूले मलाई चिढ्याउनलाई स्वर्गकी रानीको निम्ति फुरौला बनाउन स्‍त्रीहरू पिठो मुछ्दैछन्, र अरू देवताहरूका लागि अर्घबलि खन्याउँदैछन् ।

  • दानी 9:12-14
    3 पदहरू
    75%

    12परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको छ । किनभने यरूशलेमलाई जे गरिएको छ सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन ।

    13मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं ।

    14यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।

  • यिर्मि 42:5-6
    2 पदहरू
    74%

    5तिनीहरूले यर्मियालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले हामीलाई भन्‍नुभएअनुसार हामीले गरेनौं भने, परमप्रभु नै हाम्रा विरुद्धमा साँचो र विश्‍वासयोग्य साक्षी होऊन् ।

    6असल होस् या खराब होस्, हामी परमप्रभु हाम्रा परमेश्‍वरको कुरा मान्‍नेछौं, जसकहाँ हामी तपाईंलाई पठाउँदैछौं, जसको कारण हामीले परमप्रभु हाम्रा परमेश्‍वरको कुरा मान्दा हाम्रो भलो होस् ।”

  • 17यी सबै कुरा हामीमा हुन आएका छन् । तापनि हामीले तपाईंलाई बिर्सेका वा तपाईंको करारसँग झुटो किसिमले व्यवहार गरेका छैनौं ।

  • 13यसरी, यरूशलेमका घरानाहरू र यहूदाका राजाहरू, ती सबै घर जसका कौसीहरूमा अशुद्ध मानिसहरूले आकाशमण्‍डलका सबै ताराहरूको पुजा गरे र अरू देवताहरूलाई अर्घबलि चढाए, तिनीहरू तोपेतजस्तै हुनेछन्' ।”

  • यिर्मि 44:5-9
    5 पदहरू
    73%

    5तर तिनीहरूले सुनेनन् । अरू देवताहरूलाई धुप बाल्ने तिनीहरूको दुष्‍टताबाट ध्‍यान हटाउने वा फर्कने कुरालाई तिनीहरूले इन्‍कार गरे ।

    6त्यसैले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा मेरो रिस र क्रोध खन्याइयो, र आगो लगाइयो । ती उजाड र सर्वनाश भए, जस्तो आजको दिनसम्‍म छ ।'

    7त्यसैले अब परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'आफ्नै विरुद्धमा तिमीहरू किन ठुला-ठुला दुष्‍ट काम गर्दैछौ? यहूदाका पुरुषहरू, स्‍त्रीहरू, बालबालिका तथा दूधे बालकहरूबाट किन आफै बहिष्कृत हुँदैछौ? तिमीहरूका कोही पनि बाँकी छाडिनेछैनौ ।

    8तिमीहरूका हातका कामहरूद्वारा, तिमीहरू बस्‍न गएका मिश्रदेशमा अरू देवताहरूलाई धुप बालेर तिमीहरूका हातले गरेका कामका दुष्‍टता तिमीहरूले मलाई चोट पुर्‍याएका छौ । तिमीहरू नष्‍ट गरिन र पृथ्वीका सबै जातिका बिचमा सराप र निन्दाको पात्र बन्‍न तिमीहरू त्यहाँ गएका छौ ।

    9तिमीहरूका पुर्खाहरू अनि यहूदाका राजाहरू र तिनीहरूका पत्‍नीहरूले गरेका दुष्‍टतालाई के तिमीहरूले बिर्सेका छौ? यहूदा देशमा र यरूशलेमका सडकहरूमा तिमीहरू आफै र तिमीहरूका पत्‍नीहरूले गरेका दुष्‍ट कामलाई के तिमीहरूले बिर्सेका छौ?

  • 3धुप बाल्न र अरू देवताहरूको पुजा गर्न गएर तिनीहरूले मलाई चोट पुर्‍याउनलाई गरेका तिनीहरूका दुष्‍ट कुराहरूले गर्दा यसो भएको हो । यी देवताहरूलाई न तिनीहरूले चिन्दथे, न तिमीहरू चिन्छौ, न त तिमीहरूका पुर्खाहरूले चिन्दथे ।'

  • 16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।

  • 23परमप्रभुलाई पछ्याउनबाट आफै तर्कन यो वेदी बनाएका हौँ भने आज हामीलाई नछोड्नुहोस् ।

  • २ राजा 22:16-17
    2 पदहरू
    72%

    16“परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।

    17किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए— यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइने छैन' ।”

  • 10तब तैंले यी सबै वचन यी मानिसलाई भन्‍नेछस्, र तिनीहरूले तँलाई भन्‍नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'

  • 72%

    14तिमीहरूले यसो भन्‍छौ, 'हामी मिश्रदेशमा जानेछौं, जहाँ हामीले फेरि युद्ध देख्‍नेछैनौं, जहाँ हामीले तुरहीको आवाज सुन्‍नेछैनौं, र हामी खानाको लागि भोकाउनेछैनौं । हामी त्‍यहाँ बस्‍नेछौं' ।”

    15ए यहूदामा बाँकी रहेका मानिसहरू हो, परमप्रभुको यो वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूले मिश्रदेशमा नै जाने, त्‍यहाँ जाने र बस्‍ने पक्‍का गरिसकेका छौ भने,

  • २ इति 34:24-25
    2 पदहरू
    72%

    24‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर्, मैले यहूदाका राजाको सामुन्‍ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु ।

    25यस्तो हुनेछ किनकि तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका हातले बनाएका सबै कुराले मलाई रिस उठाएका छन्, यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइने छ, र यो निभाइने छैन’ ।

  • 36त्यसकारण अब, 'तरवार, अनिकाल, र विपत्तिद्वारा यो बेबिलोनका राजाको हातमा दिइएको छ,' भनेर तिमीहरूले भन्‍दै गरेको यस सहरको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।

  • 13“जाओ, र यस पुस्तकमा पाइएका वचनहरूको कारणले मेरो लागि र सारा यहूदाका लागि परमप्रभुको सल्‍लाह खोज । किनकि हाम्रा विरुद्धमा भएको परमप्रभुको क्रोध भयानक छ, किनभने यस पुस्तकमा भएका हाम्रा सम्‍बन्‍धका वचनलाई हाम्रा पुर्खाहरूले जसरी पालन गर्नुपर्थ्‍यो त्‍यसरी तिनीहरूले गरेनन् ।”

  • 12यहूदाका सहरहरू र यरूशलेमका बासिन्दाहरू जानेछन्, र तिनीहरूले भेटी चढाएका देवताहरूलाई पुकार्नेछन्, तर तिनीहरूको विपत्तिको समयमा निश्‍चय पनि तिनीहरू ती देवताहरूद्वारा बचाइनेछैनन् ।

  • 18अर्थात् तिनीहरू आजको दिनमा भएझैं तिनीहरूलाई विनाश, भय अनि गिल्ला र सरापको पात्र बनाउन यरूशलेम, यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई यो पिउन लगाएँ ।

  • २ इति 29:6-9
    4 पदहरू
    71%

    6किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्‍यागे, परमप्रभुको बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्‍ना पीठ फर्काए ।

    7तिनीहरूले दलानका ढोकाहरू पनि बन्‍द गरिदिए र बत्तीहरू निभाए । तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्‍थानमा धूप बाल्‍न र होमबलि चढाउन छोडिदिए ।

    8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।

    9त्‍यसकाणले हाम्रा पुर्खाहरू तरवारले मारिएका छन्, र हाम्रा छोराहरू, हाम्री छोरीहरू र हाम्री पत्‍नीहरू यसैले कैदमा छन्‌ ।

  • 34हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् ।

  • 37हाम्रा पापले गर्दा त्यसका प्रशस्त उब्जनीहरू हामीमाथि प्रभुत्व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले हाम्रा शरीरसाथै हाम्रा गाईवस्तुमाथि शासन गर्छन् । हामी बडो कष्‍टमा छौँ!

  • 14हामीले फेरि तपाईंका आज्ञाहरू भङ्ग गर्न र यी घिनलाग्दा जातिहरूसित मिश्रित विवाह गर्न हुन्‍छ र? के तपाईं क्रोधित भएर कोही पनि नरहने गरी हामीलाई निमिट्‍यान्‍न पार्नुहुन्‍न र?

  • 29यस सहरको विरुद्धमा लडाइँ गरिरहेका कल्दीहरू आउनेछन्, र यस सहरलाई र मलाई रिस उठाउनलाई मानिसहरूले छानाहरूमा बाल देवताको पुजा गरेको र अरू देवताहरूलाई अर्घबलिहरू चढाएका घरहरूलाई समेत आगो लगाउनेछन् ।

  • 10हामी पालमा बसेका छौं, र हाम्रा पुर्खा योनादाबले हामीलाई दिएका सबै आज्ञा हामीले पालन गरेका छौं ।

  • 12तब तिनीहरूले भने, “हामीले तिनीहरूबाट लिएका चिजहरू फिर्ता गरिदिने छौँ, र हामी तिनीहरूबाट केही माग गर्दैनौँ । हामी तपाईंले भन्‍नुभएझैँ गर्ने छौँ ।” तब मैले पुजारीहरूलाई बोलाई तिनीहरूले भनेअनुसार गर्न तिनीहरूलाई शपथ खान लगाएँ ।

  • 21“जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्‍याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”

  • 14हामीले दरबारको नून खाएका हुनाले राजालाई कुनै अनादर भएको देख्‍नु हाम्रो लागि निश्‍चय नै उचित हुँदैन । यही कारणले गर्दा हामीले राजालाई जानकारी गराउँदैछौं,