प्रकाशको पुस्तक 6:17

अनलक शाब्दिक बाइबल

किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्यहाँ को उभिन सक्छ र? ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 76:7 : 7 तपाईंको, हो तपाईंकै भय मानिन्छ । तपाईं रिसाउनुहुँदा तपाईंको सामु को खडा हुन सक्छ र?
  • प्रका 16:14 : 14 किनकि तिनीहरू दुष्‍टका आत्माहरू थिए जसले आश्‍चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् । तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्‍तिमान् परमेश्‍वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन् ।
  • यिर्मि 30:7 : 7 हाय! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ । त्यस्तो अरू कुनै दिन हुनेछैन । यो याकूबको निम्ति दुःखकष्‍टको समय हुनेछ, तर त्यसबाट ऊ बचाइनेछ ।
  • यो 2:11 : 11 परमप्रभुले आफ्‍नो सेनाको सामु ठुलो सोरले कराउनुहुन्छ, किनकि उहाँका योद्धाहरू असङ्ख्‍य छन्, किनकि उहाँका आज्ञा पालन गर्नेहरू, ती बलिया छन् । किनकि परमप्रभुको दिन महान् र अत्यन्तै भयानक हुन्‍छ । त्‍यसबाट को बाँच्‍न सक्छ र?
  • यो 2:31 : 31 परमप्रभुको त्यो महान् र भयानक दिन आउनुअघि, सूर्य अन्धकारमा अनि चन्द्रमा रगतमा परिवर्तन हुनेछ ।
  • मल 3:2 : 2 तर उहाँको आगमनको दिन कसले सहन सक्छ र? उहाँ आउनुहुँदा को खडा हुन सक्छ र? किनभने उहाँ सुनारको आगो र धोबीको साबूनझैँ हुनुहुनेछ ।
  • लू 21:36 : 36 तर हर समय सतर्क रहो, र हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक र मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो ।”
  • रोमी 2:5 : 5 तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।
  • यहू 1:6 : 6 आफ्नो अधिकारको प्रतिष्‍ठालाई कायम नगरेका तर आफ्नो उचित बासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई परमेश्‍वरले अनन्तका साङ्लाहरूमा त्यस महान् दिनमा इन्साफको निम्ति पूर्ण अन्धकारमा राख्‍नुभएको छ ।
  • प्रका 11:18 : 18 संसारका राष्‍ट्रहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने समय आएको छ, र तपाईंका दास अगमवक्‍ताहरू सन्तहरू, जो विश्‍वासीहरू हुन्, र जो तपाईंको नाउँमा डराउँछन्, महत्त्‍वहीन र शक्‍तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ ।”
  • सप 1:14-18 : 14 परमप्रभुको त्यो महान् दिन नजिकै छ, नजिक र चाँडै आउँदै छ । परमप्रभुको दिनको आवाज चिच्याई-चिच्याई रोइरहेको योद्धाको झैँ हुनेछ । 15 त्यो दिन क्रोधको दिन, संकट र पीडाको दिन, आँधी र विनाशको दिन, अन्धकार र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन हुनेछ । 16 त्यो दिन किल्ला भएका शहरहरु र उच्‍च धरहराहरूको विरुद्ध तुरही र चेतावनीको सोरको दिन हुनेछ । 17 किनभने म मानवजातिमाथि संकट ल्याउनेछु, अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन् । तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन् । 18 परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदी न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ । उहाँको डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ, किनभने उहाँले पृथ्वीका सारा वासिन्दाहरूको पूर्ण र भयानक अन्त गर्नुहुनेछ ।”
  • भजन 130:3-4 : 3 हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र? 4 तर तपाईंमा क्षमा छ, जसले गर्दा तपाईंको आदर गरिन्‍छ ।
  • यशा 13:6-9 : 6 डाँको छोडेर रोओ, किनकि परमप्रभुको दिन नजिकै छ । यो सर्वशक्तिमान्‌बाट विनाशसँगै आउँछ । 7 यसकारण सबै हात कमजोर हुन्छन् र हरेक मुटुले ठाउँ छोड्छ । 8 तिनीहरू त्रसित हुनेछन् । प्रसव वेदनामा परेकी स्‍त्रलाई झै तिनीहरूलाई पीडा र वेदनाले समात्‍छ । तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् । तिनीहरूका अनुहारहरू राता हुनेछन् । 9 हेर, देशलाई विनाश पार्न र त्‍यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ । 10 आकाशका ताराहरू र तारा पुन्‍जहरूले आफ्‍ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ र चन्द्रमा चम्कनेछैन । 11 संसारलाई त्‍यसको दुष्‍टताको निम्‍ति अनि दुष्‍टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्‍नेछु । 12 मानिसहरूलाई निखुर सुनभन्दा पनि दुर्लभ र मानवजाति भेट्न ओपीरको शुद्ध सुनभन्दा पनि कठिन म बनाउनेछु । 13 यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्‍दो क्रोध र उहाँको प्रचण्‍ड रिसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्‍नो ठाउँमा हल्‍लिनेछ । 14 लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्‍नेछ । 15 भेट्टाइएका हरेक व्‍यक्‍तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्‍यक्‍ति तरवारले मर्नेछ । 16 तिनीहरू दूधे बालकहरूलाई पनि तिनीहरूकै आँखाको सामु पछारेर टुक्रा-टुक्रा पारिनेछ । तिनीहरूका घरहरू लुटिनेछ र तिनीहरूका पत्‍नीहरूलाई बलत्‍कार गरिनेछ । 17 हेर, तिनीहरूलाई आक्रमण गर्न मैले मादीहरूलाई उक्साउनै लागेको छु, जसले चाँदीको ख्याल गर्दैनन् न त तिनीहरू सुनमा नै खुसी हुन्छन् । 18 तिनीहरूका धनुले जवान मानिसहरूलाई प्रहार गर्नेछ । तिनीहरूले दूधे बालकहरूलाई दया देखाउँदैनन् र तिनीहरूले बालबालिकालाई दया देखाउँदैनन् । 19 त्यसपछि राज्यहरूमध्ये धेरै प्रशंसा गरिएको कल्दीहरूका गौरवको वैभव बेबिलोनलाई, परमेश्‍वरले सदोम र गमोरालाई झैं नष्‍ट पार्नुहुनेछ । 20 पुस्‍तौं-पुस्‍तासम्म त्‍यसमा कोही बसोवास गर्नेछैनन् । अरबीले त्यहाँ आफ्नो पाल टाँग्‍नेछैन, न त गोठालाहरूले आफ्ना बगालहरूलाई त्यहाँ विश्राम गराउनेछन् । 21 तर मरूभुमिका जङ्‍गली पशुहरू त्यहाँ बस्‍नेछन् । तिनीहरूका घरहरू लाटोकोसेराले भरिनेछन् । सुतुर्मुगहरू र घोरलहरू त्यहाँ उफ्रनेछन् । 22 तिनीहरूका किल्लाहरूमा हुँडारहरू कराउनेछन् र तिनीहरूका सुन्दर दरबारहरूमा स्यालहरू हुनेछन् । त्यसको समय नजिकै छ र त्यसका दिनहरू बिलम्व हुनेछैनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रका 6:14-16
    3 पदहरू
    85%

    14आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए ।

    15तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके ।

    16तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ ।

  • नहू 1:5-6
    2 पदहरू
    77%

    5पर्वतहरू उहाँको उपस्थितिमा काँप्छन्, र पहाडहरू पग्लिन्‍छन् । उहाँको उपस्थितिमा पृथ्वी, सारा संसार र त्यसमा बसोबास गर्ने सबै मानिस नष्‍ट हुन्छन् ।

    6उहाँको क्रोधको अगाडि को खडा हुन सक्छ? उहाँको क्रोधको प्रचण्डता कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्‍छ, र उहाँद्धारा चट्टानहरू टुक्रा-टुक्रा पारिन्छन् ।

  • प्रका 11:18-19
    2 पदहरू
    75%

    18संसारका राष्‍ट्रहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने समय आएको छ, र तपाईंका दास अगमवक्‍ताहरू सन्तहरू, जो विश्‍वासीहरू हुन्, र जो तपाईंको नाउँमा डराउँछन्, महत्त्‍वहीन र शक्‍तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ ।”

    19तब स्वर्गमा परमेश्‍वरको मन्‍दिर खोलियो र मन्‍दिरभित्रै उहाँको करारको सन्दुक देखियो । त्‍यहाँ ज्योतिका चमकहरू, गर्जनहरू, चट्याङको आवाजसाथै भूक‍म्‍प गयो, र ठुला-ठुला असिना परेका थिए ।

  • सप 1:14-15
    2 पदहरू
    74%

    14परमप्रभुको त्यो महान् दिन नजिकै छ, नजिक र चाँडै आउँदै छ । परमप्रभुको दिनको आवाज चिच्याई-चिच्याई रोइरहेको योद्धाको झैँ हुनेछ ।

    15त्यो दिन क्रोधको दिन, संकट र पीडाको दिन, आँधी र विनाशको दिन, अन्धकार र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन हुनेछ ।

  • 11त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्‍वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।

  • 6डाँको छोडेर रोओ, किनकि परमप्रभुको दिन नजिकै छ । यो सर्वशक्तिमान्‌बाट विनाशसँगै आउँछ ।

  • 9हेर, देशलाई विनाश पार्न र त्‍यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ ।

  • प्रका 16:16-20
    5 पदहरू
    73%

    16तिनीहरूले उनीहरूलाई एकै ठाउँमा ल्याए जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ ।

    17तब सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए । त्यसपछि सिंहासन र मन्दिरबाट यसो भन्दै एउटा चर्को सोर आयो, “सिद्धिएको छ ।”

    18त्यहाँ बिजुलीहरू चम्किए, गर्जन र आवाजहरू र डरलाग्दो भूकम्प गयोः यति डरलाग्दो भूकम्प गयो कि पृथ्वीमा मानिसहरू सृष्‍टि भएदेखि यति ठुलो भूकम्प कहिल्यै गएको थिएन ।

    19त्यो ठुलो नगर तिन भागमा विभाजन भयो, र जातिहरूका सहरहरू नष्‍ट भए । अनि परमेश्‍वरले त्यो महान् बेबिलोन भनेर मनमा बोलाउनुभयो, र उहाँको आफ्नो डरलाग्दो क्रोधको मद्यले भरिएको कचौरा त्यस सहरलाई दिनुभयो ।

    20हरेक टापु हराएर गयो, र पर्वतहरू फेरि भेट्टाइएनन् ।

  • 7तिनले चर्को सोरसँग कराएर भने, “परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्‍वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”

  • 6अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्‍तिमान् परमेश्‍वरले राज्य गर्नुहुन्‍छ ।

  • 12जब थुमाले छैटौँ छापलाई खोल्‍नुभयो, तब त्यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखेँ । सूर्य भाङग्राको कपडाजस्तै कालो र चन्द्रमा पुरा रगतजस्तै बन्यो ।

  • 7तपाईंको, हो तपाईंकै भय मानिन्छ । तपाईं रिसाउनुहुँदा तपाईंको सामु को खडा हुन सक्छ र?

  • 10तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्‍न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्‍न?”

  • प्रका 14:10-11
    2 पदहरू
    72%

    10उसले पनि परमेश्‍वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्‍वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ ।

    11तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ; पशु र त्यसको मूर्ति पूज्‍नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन् ।

  • प्रका 15:7-8
    2 पदहरू
    72%

    7चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए ।

    8परमेश्‍वरको महिमा र उहाँको शक्‍तिले मन्दिर धुवाँले भरिएको थियो । ती सात स्वर्गदूतका सातवटा विपत्ति पुरा नहुञ्‍जेलसम्म कोही पनि त्यसभित्र पस्‍न सकेन ।

  • 21किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्‍ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्‍नुभएको छ । पृथ्वीले आफ्‍नो रक्‍तपात प्रकट गर्नेछ र आफ्‍ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।

  • 30अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् ।

  • 8त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्ति आइपर्नेछन् । त्यसलाई आगोद्वारा भस्म पारिनेछ, किनभने परमप्रभु परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्‍यायकर्ता हुनुहुन्छ ।”

  • 11परमप्रभुले आफ्‍नो सेनाको सामु ठुलो सोरले कराउनुहुन्छ, किनकि उहाँका योद्धाहरू असङ्ख्‍य छन्, किनकि उहाँका आज्ञा पालन गर्नेहरू, ती बलिया छन् । किनकि परमप्रभुको दिन महान् र अत्यन्तै भयानक हुन्‍छ । त्‍यसबाट को बाँच्‍न सक्छ र?

  • 2उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्‍वीलाई त्यसको अनैतिक यौनले भ्रष्‍ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।”

  • 10तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्‍नेछन्, “धिकार, धिकार त्यस महान् सहरलाई, शक्‍तिशाली सहर बेबिलोन! किनकि एकै घडीमा तेरो न्याय आएको छ ।”

  • 15हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्‌बाट विनाश आउनेछ ।

  • 1¶ तब मैले अर्को अचम्म र शक्‍तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्‍वरको क्रोध पुरा भएको थियो ।

  • 2तर उहाँको आगमनको दिन कसले सहन सक्छ र? उहाँ आउनुहुँदा को खडा हुन सक्छ र? किनभने उहाँ सुनारको आगो र धोबीको साबूनझैँ हुनुहुनेछ ।

  • 1¶ मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ, “जाऊ र परमेश्‍वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ ।”

  • 1¶ सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु ।

  • 7हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ । हरेक आँखाले उहाँलाई देख्‍नेछ, उहाँलाई घोच्‍नेहरूले पनि । अनि उहाँको कारण पृथ्वीका सबै कुलले बिलौना गर्नेछन् । यसै होस्, आमेन ।

  • 17मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्‍वरको ठुलो भोजका निम्ति भेला होओ ।

  • 7तिमीहरू जो देशमा बस्‍छौ, तिमीहरूको सर्वनाश आउँदैछ । समय आएको छ । सर्वनाशको दिन नजिकै छ, र पर्वतहरू आनन्‍दित हुनेछैनन् ।

  • 15हेर, परमप्रभु आगोसँगै आउँदै हुनुहुन्छ, र उहाँको क्रोधको ताप र आगोको ज्वालासँगै उहाँको हप्‍की ल्याउनलाई उहाका रथहरूचाहिं आँधीझैं आउँदैछन् ।

  • 9तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्,

  • 1¶ किनभने हेर, त्यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ । त्यस दिन सबै हठी र दुष्‍ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् । आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 21पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्‍न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्‍नेछन् ।

  • 27त्यसको सट्टामा, न्यायको डरलाग्दो प्रतीक्षा र परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको डरलाग्दो आगो मात्र रहनेछ ।

  • 4त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनेँ, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्‍नु नपरोस्, र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्‍नु नपरोस् ।

  • 17एकै घडीमा सबै सम्पत्ति नष्‍ट भएका छन् ।” हरेक जहाजको कप्‍तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए ।

  • 7तब पृथ्वी हल्लियो र काम्‍यो । पहाडहरूका जगहरू पनि कामे र हल्‍लिए किनभने परमेश्‍वर रिसाउनुभयो ।

  • 15ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।”

  • 6मैले त्यस स्‍त्रीले विश्‍वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्यसलाई देखेँ, तब म सार्‍है नै चकित भएँ ।