प्रकाशको पुस्तक 7:1

अनलक शाब्दिक बाइबल

¶ त्यसपछि पृथ्वीका चारै कुनामा चार जना स्वर्गदूत उभिइरहेका मैले देखेँ जसले पृथ्वीको चारैतिर भएका बतासलाई बलियोसँग पक्रिरहेका थिए । त्यसैले, पृथ्वी, समुद्र वा कुनै पनि रुखको विरुद्धमा कुनै पनि बतास नचलोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • दानी 7:2 : 2 दानिएलले वर्णन गरे, “रातमा मैले देखेको दर्शनमा स्‍वर्गका चार बतासले महान् समुद्रलाई घोलिरहेको मैले देखें ।
  • मत्त 24:31 : 31 उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनुहुनेछ, अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन् ।
  • यिर्मि 49:36 : 36 किनकि आकाशका चार कुनाबाट म चारवटा बतास ल्याउनेछु, र एलामका मानिसहरूलाई म ती सबै हावामा तितरबितर पार्नेछु । त्‍यहाँ कुनै राज्‍य नै हुनेछैन जहाँ एलामबाट छरिएकाहरू नपुगेको होस् ।
  • मर 13:27 : 27 तब उसले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उसले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछ ।
  • प्रका 9:4 : 4 पृथ्‍वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नू भनी तिनीहरूलाई भनियो । तर तिनीहरूलाई निधारमा परमेश्‍वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनियो ।
  • प्रका 9:14 : 14 तुरही बोक्‍ने छैठौँ स्वर्गदूतलाई आवाजले यसो भन्यो, “ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ ।”
  • यशा 27:8 : 8 याकूब र इस्राएललाई टाढा पठाउनुभएर तपाईंले ठिक त्‍यस्‍तै किसिमले व्‍यवहार गर्नुभएको छ । पुर्वीय बतासका दिनमा झैं आफ्‍नो डरलाग्‍दो सासले उहाँले तिनीहरूलाई लखेट्नुभएको छ ।
  • यहे 7:2 : 2 “ए मानिसको छोरो—इस्राएलको देशलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।“'अन्‍त्‍य! देशका चारै सिमानामा अन्‍त्‍य आइपुगेको छ ।
  • यहे 37:9 : 9 तब परमप्रभुले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, सासको निम्ति अगमवाणी गर, र सासलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: ए सास, चारैतिरबाट बतास आइज, र यी मारिएकाहरूमाथि फुकिदे, यसरी तिनीहरू जीवित हुनेछन् ।’”
  • यशा 11:12 : 12 उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ, र इस्राएलबाट निकालिएकाहरू र यहूदाका तिततबितर भएकाहरूलाई पृथ्वीको चारै कुनाबाट बटुल्नुहुने छ ।
  • यशा 27:3 : 3 “म परमप्रभु यसको रक्षक हुँ । हरेक पल यसमा म पानी हाल्‍छु । म यसलाई दिन र रातमा सुरक्षा गर्छु, यसैले यसलाई कसैले चोट पुर्‍याउनेछैन ।
  • दानी 8:8 : 8 तब त्यो बोको धेरै ठुलो भयो । तर जब त्यो शक्तिशाली भयो, त्यसको ठुलो सिङ भाँचियो, र त्यसको ठाउँमा अरू चार ठुला सिङ पलाए जसले आकाशका चारै बतासलाई देखाए ।
  • योना 1:4 : 4 तर परमप्रभुले समुद्रमा एउटा ठुलो बतास पठाउनुभयो र त्यो समुद्रमा एउटा शक्तिशाली आँधी बन्यो । जहाज चाँडै नै नष्‍ट हुन लाग्‍दैछ भन्‍ने थाहा भयो ।
  • जक 1:18-20 : 18 अनि मैले आफ्ना आँखाहरू माथि उठाएँ र चारओटा सीङ देखें! 19 मसँग बोलिरहेका स्वर्गदूतसँग म बोलें, “यी के हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदा, इस्राएल, र यरूशलेमलाई तितर-बितर पारे ।” 20 अनि परमप्रभुले मलाई चार जना कारीगरहरु देखाउनुभयो ।
  • जक 6:1 : 1 ¶ अनि मैले फर्केर आफ्नो नजर उठाएँ र दुइओटा पर्वतका बिचबाट चारओटा रथ बाहिर आउँदै गरेको देखें; र ती पर्वतहरू काँसाका थिए ।
  • मत्त 8:26-27 : 26 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासीहरू, तिमीहरू किन डराउँछौँ?” त्‍यसपछि उहाँ उठ्‌नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्‍यसपछि त्यहाँ पुरै शान्ति छायो । 27 ती मानिसहरू छक्‍क परे र भने, “उहाँ कस्‍तो मानिस हुनुहुन्छ, कि समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्छन्?”
  • प्रका 4:1-6 : 1 ¶ यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।” 2 एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो । 3 त्यसमाथि बस्‍नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो । सिंहासनको वरिपरि इन्द्रेणी थियो । त्यो इन्द्रेणी मोती जस्तो चम्किलो देखिन्थ्यो । 4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्‍त्र पहिरिएर बसेका थिए । 5 सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्‍ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्‍वरका सात आत्मा थिए । 6 सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए ।
  • प्रका 6:6 : 6 मैले चार जीवित प्राणीका बिचमा एउटा आवाज जस्तो देखिनेले भनेको कुरा सुने, “एक दिनको ज्यालामा एक किलो गहूँ र एक दिनको ज्यालामा तिन किलो जौ । तर तेल र दाखमद्यलाई नष्‍ट नगर्नू ।”
  • प्रका 7:3 : 3 “हाम्रा परमेश्‍वरका सेवकहरूका निधारमा हामीले मोहोर नलगाउञ्‍जेलसम्म पृथ्‍वी, समुद्र वा रुखहरूलाई हानि नगर ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रका 7:2-4
    3 पदहरू
    86%

    2जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखेँ, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठुलो सोरले चिच्‍च्‍याउँदै यसो भने,

    3“हाम्रा परमेश्‍वरका सेवकहरूका निधारमा हामीले मोहोर नलगाउञ्‍जेलसम्म पृथ्‍वी, समुद्र वा रुखहरूलाई हानि नगर ।”

    4मैले छाप लगाइएका एक लाख चवालिस हजारको सङ्ख्या सुनेँ, जो इस्राएलका मानिसको हरेक कुलबाट छाप लगाइएका थिएः

  • 5ती स्वर्गदूतले मलाई जवाफमा भने, “यी आकाशका चारओटा बतास हुन् र ती सारा पृथ्वीका परमप्रभुको अगि खडाभएर त्यहाँबाट बाहिर निस्कनेछन् ।

  • दानी 7:2-3
    2 पदहरू
    78%

    2दानिएलले वर्णन गरे, “रातमा मैले देखेको दर्शनमा स्‍वर्गका चार बतासले महान् समुद्रलाई घोलिरहेको मैले देखें ।

    3प्रत्‍येक नै एक-अर्काबाट भिन्‍न चार विशाल पशु समुद्रबाट बाहिर आए ।

  • प्रका 8:1-2
    2 पदहरू
    76%

    1¶ जब थुमाले सातौँ मोहोर खोल्नुभयो, स्वर्गमा लगभग आधा घण्टा जति सन्‍नाटा छायो ।

    2त्यसपछि मैले परमेश्‍वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखेँ, र तिनीहरूलाई सातवटा तुरही दिइयो ।

  • प्रका 10:4-5
    2 पदहरू
    75%

    4जब ती सातवटा गर्जनले आवाज निकाले, तब मैले लेख्‍नै लागेको थिएँ । तर मैले स्वर्गबाट यसो भनेको आवाज सुनेँ, “ ती सातवटा गर्जनले भनेका कुरा गुप्‍त राख । यसलाई नलेख ।”

    5तब मैले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर समुद्र र पृथ्‍वीमा उभिरहेको स्वर्गदूतलाई देखेँ ।

  • प्रका 9:13-15
    3 पदहरू
    74%

    13छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके । मैले परमेश्‍वरको अगाडि भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज आइरहेको सुने ।

    14तुरही बोक्‍ने छैठौँ स्वर्गदूतलाई आवाजले यसो भन्यो, “ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ ।”

    15मानव-जातिको एक-तिहाइ भागलाई मार्न त्यस घडी, त्यस दिन, त्यस महिना, त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए ।

  • 1¶ तब मैले अर्को अचम्म र शक्‍तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्‍वरको क्रोध पुरा भएको थियो ।

  • 7चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए ।

  • 7जब थुमाले चौथो छापलाई खोल्‍नुभयो, तब मैले चौथो जीवित प्राणीले “आऊ” भनेको सोरलाई सुनेँ ।

  • प्रका 10:1-2
    2 पदहरू
    72%

    1¶ त्यसपछि मैले स्वर्गबाट अर्को शक्‍तिशाली स्वर्गदूत आइरहेको देखेँ । तिनलाई बादलले घेरेको थियो, र तिनको शिरमाथि इन्द्रेणी थियो । तिनको अनुहार सूर्यजस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरूजस्तै थिए ।

    2तिनको हातमा खोलिएको एउटा सानो चर्मपत्रको मुट्ठो थियो, र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए ।

  • प्रका 8:12-13
    2 पदहरू
    72%

    12चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्यसैले, सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । एक-तिहाइ भाग अन्धकारमा परिणत भयो, अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन ।

    13अनि मैले हेरेँ, र आकाशको बिचमा उडिरहेको एउटा गरुड ठुलो सोरमा यसो भन्दै कराइरहेको सुनेँ, “बाँकी रहेका तिन स्वर्गदूतले फुक्‍नै आँटेका तुरहीको आवाजको कारण पृथ्वीमा बस्‍ने मानिसहरूलाई धिक्‍कार, धिक्‍कार, धिक्‍कार ।”

  • प्रका 5:1-2
    2 पदहरू
    72%

    1¶ तब सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर सातवटा छाप लगाएर यसलाई बन्द गरिएको अगाडि र पछाडि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखेँ ।

    2“यस मुट्ठोलाई खोल्न र यसका छापहरूलाई तोड्न को योग्यको छ?” भनी एक जना शक्‍तिशाली स्वर्गदूतले चर्को सोरमा घोषणा गरेको मैले देखेँ ।

  • 11अनि सबै स्वर्गदूत चार जीवित प्राणी, एल्डरहरूका वरिपरि र सिंहासनका वरिपरि उभिए र तिनीहरू आफैँ लम्पसार परेर सिंहासनको अगि आफ्‍नो अनुहार झुकाए । तिनीहरूले यसो भन्दै परमेश्‍वरको आराधना गरे,

  • प्रका 8:5-7
    3 पदहरू
    72%

    5स्वर्गदूतले धुपौरो लिए र वेदीबाट आगो भरे । तब तिनले त्यसलाई पृथ्वीमा फ्याँकिदिए, अनि चट्याङ, गडगडाहट, बिजुलीका चमकहरू उत्पन भए र भूकम्प गयो ।

    6तब सातवटा तुरही भएका सात स्वर्गदूतहरू ती फुक्‍नलाई तयार भए ।

    7पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्यहाँ असिना र रगत मिसिएको आगो आयो । यसलाई तल पृथ्वीमा फालियो । यसले पृथ्वीको तिन भागको एक-तिहाइ भागलाई डढायो; तिन भागको एक-तिहाइ रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो । [टिपोटः केही पुराना संस्करणहरूमा यसलाई छोडिएको छ] । त्यसैले, यसको तिन भागको एक-तिहाइ डढेको थियो ।

  • 27तब उसले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उसले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछ ।

  • 1¶ यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखेँ । उनीसँग ठुलो शक्‍ति थियो, र उनको महिमाद्वारा पृथ्‍वी उज्यालो भएको थियो ।

  • प्रका 4:5-8
    4 पदहरू
    72%

    5सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्‍ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्‍वरका सात आत्मा थिए ।

    6सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए ।

    7पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो ।

    8चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।

  • प्रका 14:6-7
    2 पदहरू
    72%

    6तब मैले अर्को स्वर्गदूतलाई आकाशको बिचमा उडिरहेको देखेँ; पृथ्‍वीमा बस्‍ने हरेक जाति, कुल, भाषा, र मानिसलाई सुसमाचार घोषणा गर्न तिनीसँग अनन्त सन्देश थियो ।

    7तिनले चर्को सोरसँग कराएर भने, “परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्‍वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”

  • 1¶ जब थुमाले सातवटा छापमध्ये एउटालाई खोल्‍नुभएको मैले देखेँ, अनि ती चार जीवित प्राणीमध्ये एक जनाले गर्जनको आवज जस्तोमा “आऊ” भनेको मैले सुनेँ ।

  • 31उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनुहुनेछ, अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन् ।

  • 1¶ यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।”

  • 1¶ मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ, “जाऊ र परमेश्‍वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ ।”

  • 17‘यी विशाल पशुका चारवटा सङ्ख्‍याले चार जना राजालाई जनाउँछन् जो पृथ्वीमा खडा हुनेहुन् ।

  • 36किनकि आकाशका चार कुनाबाट म चारवटा बतास ल्याउनेछु, र एलामका मानिसहरूलाई म ती सबै हावामा तितरबितर पार्नेछु । त्‍यहाँ कुनै राज्‍य नै हुनेछैन जहाँ एलामबाट छरिएकाहरू नपुगेको होस् ।

  • प्रका 6:13-14
    2 पदहरू
    70%

    13जसरी अञ्‍जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरेजस्तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे ।

    14आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए ।

  • 5माझमा चार जीवित प्राणीहरूजस्ता थिए । तिनीहरूका स्‍वरूप यस्‍तो थियोः तिनीहरू मानिसको स्‍वरूपजस्‍ता थिए,

  • 7त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्‍चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए ।

  • 8तापनि तिनीहरूका पखेटामुनि चारैतिर मानिसका हातहरू थिए । ती चारैका मुहार र पखेटाहरू यस्ता थिएः

  • 15तब मैले ती जीवित प्राणीहरूलाई हेरें र ती चारै मुहार भएका हरेक प्राणीको छेउमा मैले जमिनमा एउटा पाङ्‌ग्रा देखें ।