यशैया 2:21
पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्नेछन् ।
पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्नेछन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
18मूर्तीहरू पुर्ण रूपमा बितेर जानेछन् ।
19पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका गुफाहरू र जमिनको दुलोहरू भित्र पस्नेछन् ।
20त्यस दिन मानिहरूले सुन र चाँदीका आफ्ना मूर्तीहरू फाल्नेछन्, जसको पुजा गर्न तिनीहरू आफैले बनाएका छन्— ती तिनीहरूले छुचुन्द्रा र चमेराहरूका अगि फाल्नेछन् ।
10चट्टानका ठाउँहरूमा जाओ र परमप्रभुको त्रास र उहाँको वैभवको महिमाबाट जमिनमा लुक ।
11मानिसहको अहङ्कारी हेराइलाई तल झारिनेछ र मानिसहरूको घमण्डलाई तल पारिनेछ, अनि त्यो दिन परमप्रभुलाई मात्र उचालिनेछ ।
6त्यसैले तिनीहरूले नदीका मैदानहरू, जमिन र चट्टानका गुफाहरूमा बस्नुपरेको थियो ।
5पर्वतहरू उहाँको उपस्थितिमा काँप्छन्, र पहाडहरू पग्लिन्छन् । उहाँको उपस्थितिमा पृथ्वी, सारा संसार र त्यसमा बसोबास गर्ने सबै मानिस नष्ट हुन्छन् ।
6उहाँको क्रोधको अगाडि को खडा हुन सक्छ? उहाँको क्रोधको प्रचण्डता कसले सहन सक्छ? उहाँको क्रोध आगोझैँ खन्याइन्छ, र उहाँद्धारा चट्टानहरू टुक्रा-टुक्रा पारिन्छन् ।
30हे सारा पृथ्वी, उहाँको सामु थरथरी हो । संसार पनि स्थापित भएको छ । यसलाई हल्लाउन सकिंदैन ।
7ए पृथ्वी, परमप्रभुको याकूबका परमेश्वरको उपस्थितिमा सामु थरथर हो ।
17ए पृथ्वीका बासिन्दाहरू, तिमीहरूमाथि त्रास, खाल्डो र पासो आइलागेको छ ।
18त्रासको आवाजदेखि भाग्ने खाल्डोमा पर्नेछ, खाल्डोको बिचबाट बाहिर निस्कने पासोमा पर्नेछ । स्वर्गका झ्यालहरू खोलिनेछन् र पृथ्वीका जगहरू हल्लिनेछन् ।
19पृथ्वी पुर्ण रूपमा टुट्नेछ, पृथ्वी चिरा पर्नेछ । पृथ्वीलाई डरलाग्दो किसिमले हल्लाइनेछ ।
11भयसाथ परमप्रभुको आराधना गर र कम्पनसाथ आनन्दित होओ ।
7तब पृथ्वी हल्लियो र काम्यो । पहाडहरूका जगहरू पनि कामे र हल्लिए किनभने परमेश्वर रिसाउनुभयो ।
20तिनीहरू सबै अर्थात् समुद्रका माछाहरू, आकाशका चाराहरू, जमिनका पशुहरू, र जमिनका घस्रने सबै प्राणीहरू, र जमिनको सतहमा भएका हरेक मानिस मेरो अगि थरथर काँम्नेछन् । हरेक पर्खालहरू जमिनमा नढलेसम्म सबै पर्वतहरू तल खसालिनेछन् र चट्टानहरू ढल्नेछन् ।
3हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्च स्थानहरूमा आफ्नो पाउ राख्नुहुनेछ ।
4मैन आगोको सामु पग्लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्लन्छन्, र उपत्यकाहरू टुक्रिन्छन् ।
25त्यो खडा हुँदा देवताहरू पनि डराउँछन् । डरको कारण ती पछि हट्छन् ।
10तिनीहरूको अगि पृथ्वी काम्छ, आकाश थरथर हुन्छ, सूर्य र चन्द्रमा अँध्यारो हुन्छन्, अनि ताराहरू चम्कन छोड्छन् ।
13यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्दो क्रोध र उहाँको प्रचण्ड रिसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्नो ठाउँमा हल्लिनेछ ।
2यसकारण, पृथ्वी बद्लिए पनि, पर्वतहरू हल्लाएर समुद्रको पिंधमा खसाइए पनि, हामी डराउँनेछैनौं ।
6उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ, र यसका टेकाहरूलाई कँपाउनुहुन्छ ।
8सारा पृथ्वीले परमप्रभुको भय मानोस् । संसारका सबै बासिन्दा उहाँको भयमा खडा होऊन् ।
17तिनीहरूले सर्पले झैँ धुलो चाट्नेछन्, माटोमा घस्रने प्राणीझैँ तिनीहरूले गर्नेछन् । तिनीहरू आफ्ना गुफाहरूबाट डरसाथ निस्कनेछन् । परमप्रभु, हाम्रा परमेश्वर, तपाईंकहाँ तिनीहरू डरसाथ आउनेछन्, र तिनीहरू तपाईंको कारण भयभीत हुनेछन् ।
32उहाँले तल पृथ्वीमा हेर्नुहुन्छ र त्यो हल्लिन्छ । उहाँले पहाडहरूलाई छुनुहुन्छ र तिनीहरूमा धूवाँ निस्कन्छ ।
8त्यसपछि पृथ्वी काम्यो र हल्लियो । स्वर्गका जगहरू कामे र हल्लिए, किनभने परमेश्वर रिसाउनुभएको थियो ।
15तब पृथ्वीका राजाहरू र महत्त्वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्तिशाली, अनि दास र स्वतन्त्र हरेक व्यक्ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके ।
16तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ ।
4उहाँको बिजुलीको चमकले संसारलाई उज्यालो बनाउँछ । पृथ्वीले देख्छ र थरथर काम्छ ।
5परमप्रभु, सारा पृथ्वीको परमप्रभुको सामु पहाडहरू मैनझैं पग्लिन्छन् ।
16तँलाई देख्नेहरूले तँलाई टुलुटुलु हेर्नेछन् र तिनीहरूले तँलाई ध्यान दिनेछन् । तिनीहरूले सोध्नेछन्, 'के यो त्यही मानिस हो, जसले पृथ्वीलाई थर्कमान पार्यो, जसले राज्यहरूलाई हल्लायो,
24मैले पर्वतहरूलाई हेरें । हेर्, ती थरथर काँप्दै थिए, र सबै डाँडा यताउता हल्लिरहेका थिए ।
22मानिस भरोसा गर्न छोड, जसको जिवनको सास नाकका प्वालहरूमा हुन्छ, किनकि उसको के मूल्य हुन्छ र?
9पवित्रताको सुसोभित भएर परमप्रभुको सामु घोप्टो पर । हे सारा पृथ्वी उहाँको सामु थरथर होओ ।
15हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् ।
1¶ वास्तवमा, यस कुरामा मेरो हृदय काँप्छ । त्यो आफ्नो ठाउँबाट हटेको छ ।
10पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो ।
16परमप्रभु तिमीहरूका परमेश्वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ । किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ ।
21मोशाले भने कि त्यो दृश्य एकदमै डरलाग्दो थियो, “म डराएँ र म डरले काम्दै छु ।”
11उहाँको हप्कीमा स्वर्गका खम्बाहरू हल्लिन्छन् र छक्क पर्छन् ।
4तपाईंले आफ्नो रिसमा आफैलाई छिया-छिया पार्नुहुन्छ, के तपाईंको निम्ति पृथ्वीलाई त्यागिदिने? वा चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने?
16सियोनबाट परमप्रभु गर्जनुहुन्छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ । आकाश र पृथ्वी थरथर काम्नेछन्, तर परमप्रभु आफ्ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्ला हुनुहुनेछ ।
14त्यो रातमा नै थियो जुन बेला ममाथि डर र त्रास आए, र मेरा सबै हड्डी कामे ।
16मैले सुनेँ, र मेरा भित्री अङ्गहरू काँपे! त्यो आवाजमा मेरा ओठ थर-थर काँपे । हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिंदा मेरा हड्डीहरू मक्किन्छन्, र म भित्र-भित्रै काँप्छु ।
11उहाँको वैभवले तपाईंहरूलाई आतङ्कित पार्दैन र? उहाँको डर तपाईंहरूमाथि पर्दैन र?
20तर परमप्रभु उहाँको पवित्र मन्दिरमा हुनुहुन्छ । ए सारा भुमि उहाँको अगि शान्त होओ ।”
12यही कारणले गर्दा हे आकाशमण्डल, थरथर हो, चकित हो र डरले काँप, यो परमप्रभुको घोषणा हो ।
46विदेशीहरू आफ्ना किल्लाहरूबाट थरथर काम्दै आए ।
9एक जना मानिसले आफ्नो हातले दर्शनढुङ्गा काट्छ । उसले पहाडहरूलाई फेदैदेखि पल्टाउँछ ।