हबक्कूक 3:16

अनलक शाब्दिक बाइबल

मैले सुनेँ, र मेरा भित्री अङ्गहरू काँपे! त्यो आवाजमा मेरा ओठ थर-थर काँपे । हामीलाई आक्रमण गर्ने मानिसहरूमाथि आउने संकटको दिनलाई शान्त भएर पर्खिंदा मेरा हड्‍डीहरू मक्‍किन्छन्, र म भित्र-भित्रै काँप्‍छु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • दानी 10:8 : 8 यसैले म एक्लै छोडिएँ र यो महान् दर्शन देखें । ममा बल बाँकी रहेन । मेरो उज्यालो अनुहार नै अँधयारो भयो, र ममा कुनै शक्ति नै रहेन ।
  • हब 3:2 : 2 परमप्रभु मैले तपाईंको बयान सुनेको छु, र म भयभीत भएको छु । परमप्रभु, यी समयहरूको बिचमा आफ्नो काम पुनर्जीवित पार्नुहोस् । यी समयहरूको बिचमा ती परिचित बनाउनुहोस् । तपाईंको क्रोधको समयमा कृपा गर्न सम्झनुहोस् ।
  • हब 1:5-9 : 5 “जाति-जातिहरूलाई हेर् र तिनीहरूको जाँच गर्, अचम्मित, र आश्‍चर्यचकित हो! किनभने निश्‍चय नै तेरै समयमा म यस्तो काम गर्दै छु जसको विषयमा तँलाई बताइँदा तँलाई विश्‍वास लाग्‍नेछैन । 6 किनभने हेर्, म बेबिलोनीहरूलाई उठाउँदै छु, त्यो भयानक र उग्र जाति । तिनीहरू सारा भुमिमा अर्काको बासस्थान खोस्‍नको निम्ति अगि बढिरहेका छन् । 7 तिनीहरू डरलाग्दा र भयानक छन् । न्याय र वैभव तिनीहरूबाटै अगाडि बढ्छ । 8 तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज, र साँझका ब्वाँसाहरूभन्दा द्रुत छन् । यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्‍छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन् । 9 तिनीहरू सबै हिंसाको निम्ति आउँछन् । तिनीहरूको समुहहरू मरुभूमिको हुरीझैँ जान्छन्, र बालुवासरह कैदीहरू ल्याउँछन् । 10 यसैकारण तिनीहरूले राजाहरूलाई जिस्काउँछन्, र शासकहरू तिनीहरूका निम्ति हाँसोका पात्र मात्र हुन् । हरेक किल्लाहरू देखेर तिनीहरू हाँस्‍छन्, किनभने तिनीहरूले माटोको ढिस्को बनाएर ती लैजान्छन् । 11 अनि बतास आउनेछ र दोषी मानिसहरूबाट त्यो जानेछ, ती मनिसहरू जसको सामर्थ्य तिनीहरूको देवता हो ।” हबकूकले परमप्रभुलाई अर्को प्रश्न गर्छन्,
  • यिर्मि 15:10-11 : 10 हे मेरी आमा, मलाई धिक्‍कार छ! किनकि तपाईंले मलाई जन्म दिनुभयो, म जो देशैभरि तर्क र विवादको मानिस हुँ । मैले ऋण दिएको छैनँ, न कसैले मलाई ऋण दिएको छ, तर तिनीहरू सबैले मलाई श्राप दिन्छन् । 11 परमप्रभुले भन्‍नुभयो, “के म भलाइको लागि तँलाई छुटानेछैनँ र? निश्‍चय नै सङ्कष्‍ट र विपत्तिको समयमा म तेरा शत्रुहरूलाई मदतको निम्ति तँसित बिन्ती गर्न लगाउनेछु ।
  • यिर्मि 23:9 : 9 अगमवक्ताहरूको सम्बन्धमा मेरो हृदय टुटेको छ, र मेरा सबै हड्‍डी काम्दछन् । परमप्रभु र उहाँको पवित्र वचनको कारणले म एक जना मातेको मान्छेजस्तै भएको छु, जसलाई मदिराले नियन्त्रण गरेको हुन्‍छ ।
  • यिर्मि 25:9-9 : 9 हेर्, मेरो दास बेबिलोनका राजा नबूकदनेसरसँगै उत्तरका सबै मानिसलाई जम्मा गर्न एउटा आदेश मैले दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो, तिनीहरूलाई म यस देश र यसका बासिन्दाहरूको विरुद्धमा र तिमीहरूका वरिपरि भएका सबै जातिको विरुद्धमा ल्याउनेछु । किनकि म तिनीहरूलाई विनाशको निम्ति अलग गर्नेछु । म तिनीहरूलाई त्रास, गिल्ला र अनन्तको विनाशको पात्रमा परिणत गरिदिनेछु । 10 म आनन्द र खुसीको सोर, दुलहा र दुलहीको सोर, जाँतो पिंधेको सोर र बत्तिको उज्यालोको अन्त्य गरिदिनेछु । 11 तब यो सारा देश उजाड र त्रासको पात्र हुनेछ, अनि सत्तरी वर्षसम्म यी जातिहरूले बेबिलोनका राजाको सेवा गर्नेछन् ।
  • यिर्मि 45:3-5 : 3 तैंले भनिस्, 'धिक्‍कार छ मलाई! किनकि परमप्रभुले मलाई पीडामा वेदना थप्‍नुभएको छ । मेरो सुस्केराले मलाई थकाएको छ । मैले विश्राम पाइन ।' 4 तैंले उसलाई यसो भन्‍नुपर्छ, ‘परमप्रभु यसो भन्‍नुहुन्छः हेर, जे मैले बनाएँ, त्‍यो म अब भत्काउँदैछु । जे मैले रोपेँ, त्‍यो अहिले म उखेल्दैछु— सारा पृथ्वीभरि नै म यसै गर्नेछु । 5 तर के तँचाहिं आफ्नै निम्ति ठुला-ठुला कुराहरूको आशा गर्छस्? त्यसको आशा नगर् । किनकि हेर्, सारा मानव-जातिमाथि विपत्ति आउँदैछ, यो परमप्रभुको घोषणा हो— तर तँ जहाँ जानेछस्, त्यहाँ म तेरो जीवन तेरो लुटको रूपमा तँलाई नै दिनेछु' ।”
  • यहे 3:14 : 14 आत्‍माले मलाई माथि उठाउनुभयो र मलाई टाढा लानुभयो, र म आफ्‍नो आत्‍माको क्रोधमा तीतोपन लिएर गएँ, किनकि परमप्रभुको बलिष्‍ठ बाहुलीले मलाई शक्तिसाथ थिचिरहेको थियो ।
  • यहे 9:4-6 : 4 परमप्रभुले तिनलाई भन्‍नुभयो, “सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्‍ह लगा ।” 5 मैले सुनिरहँदा उहाँले अरूलाई भन्‍नुभयो, “उसको पछिपछि सहरभरि जाओ र मार । तिमीहरूका आँखामा दया आउन नदेओ, र नछोड, 6 वृद्ध मानिस, जवान मानिस, कन्‍या, साना बालकहरू र स्‍त्रीहरू । ती सबैलाई मार! तर निधारमा त्‍यो चिन्‍ह भएको कसैलाई पनि नछोओ । मेरो पवित्रस्‍थानदेखि नै सुरु गर ।” यसैले मन्‍दिरको सामु भएका धर्म-गुरुहरूदेखि नै तिनीहरूले सुरु गरे ।
  • दानी 8:27 : 27 अनि, म दानिएल थकित भएँ र केही दिनसम्म कमजोर भएँ । त्यसपछि, म उठें, र राजाको कामधन्धामा लागें । तर म दर्शनको कारणले भयभीत भएँ, र यसलाई बुझ्ने त्यहाँ कोही थिएन ।
  • व्यव 28:49-52 : 49 परमप्रभुले धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट आफ्नो सिकारको लागि झम्टने गरुडझैँ तिमीहरूको विरुद्धमा एउटा जातिलाई ल्याउनुहुने छ जसको भाषा तिमीहरू बुझ्दैनौ । 50 यो एउटा क्रुर रूप भएको जाति हुने छ जसले पाकाहरूलाई आदर गर्दैन र युवाहरूलाई स्‍नेह देखाउँदैन । 51 तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका बाछा-बाछी र तिमीहरूको देशको फल खाने छन् । तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म तिनीहरूले तिमीहरूका लागि कुनै अन्‍न, नयाँ मद्य वा तेल वा बाछा-बाछी वा भेडा-बाख्रा छाड्ने छैनन् । 52 तिमीहरूले भरोसा गरेका सहरहरूका अग्ला र मजबुत पर्खालहरू नढालेसम्म तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्ने छन् । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको तिमीहरूको देशका सबै सहरलाई तिनीहरूले घेराबन्दी गर्ने छन् ।
  • २ राजा 24:1-2 : 1 ¶ यहोयाकीमको समयमा बेबिलोनका राजा नबूकदनेसरले यहूदालाई आक्रमण गरे । तिन वर्षसम्म यहोयाकीम तिनका सेवक भए । त्यसपछि यहोयाकीम फर्किए र नबूकदनेसरको विरुद्धमा विद्रोह गरे । 2 परमप्रभुले यहोयाकीमको विरुद्धमा कल्दी, अरामी, मोआबी र अम्मोनीहरूका दलहरू पठाउनुभयो । यहूदालाई नष्‍ट गर्न त्यसको विरुद्धमा उहाँले तिनीहरूलाई पठाउनुभयो । परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा बोल्नुभएको वचन पुरा हुनलाई यसो भएको थियो ।
  • भजन 91:15 : 15 जब त्यसले मलाई पुकारा गर्छ, तब म त्यसलाई जवाफ दिनेछु । म कष्‍टमा त्योसँग हुनेछु । म त्यसलाई विजय दिनेछु र त्यसको आदर गर्नेछु ।
  • भजन 94:12-13 : 12 हे परमप्रभु, तपाईंले जसलाई शिक्षा दिनुहुन्छ, जसलाई तपाईंले आफ्नो व्यवस्था सिकाउनुहुन्छ, त्यो धन्यको हो । 13 दुष्‍टहरूका निम्ति खाडल नखनेसम्म तपाईंले त्यसलाई कष्‍टको समयमा विश्राम दिनुहुन्छ ।
  • भजन 119:120 : 120 तपाईंको भयले मेरो शरीर थरथर हुन्‍छ र तपाईंका धार्मिक आदेशहरूको डर मलाई हुन्‍छ । ऐयिन
  • यशा 26:20-21 : 20 ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्‍ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक । 21 किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्‍ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्‍नुभएको छ । पृथ्वीले आफ्‍नो रक्‍तपात प्रकट गर्नेछ र आफ्‍ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।
  • २ थेस 1:6-9 : 6 तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्‍वरको धार्मिकता हो, 7 र येशू ख्रीष्‍ट स्वर्गबाट स्वर्गदूतहरूका शक्‍तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ । 8 जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ । 9 तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 4:14-15
    2 पदहरू
    77%

    14त्‍यो रातमा नै थियो जुन बेला ममाथि डर र त्रास आए, र मेरा सबै हड्‍डी कामे ।

    15तब मेरै अनुहारको सामुन्‍नेबाट एउटा आत्मा गयो, र मेरो शरीरको रौं ठाडो भयो ।

  • 19ए मेरो हृदय, मेरो हृदय! म आफ्‍नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ । म चुप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु ।

  • यशा 21:3-4
    2 पदहरू
    76%

    3यसकारण मेरो कमर दुखेको छ । स्‍त्रीको प्रसव पीडाजस्‍तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।

    4मेरो मुटु धड्कन्छ । म डरले काँप्छु । मैले साँझको इच्छा गरें, तर त्‍यसले ममा त्रास ल्यायो ।

  • 1¶ वास्‍तवमा, यस कुरामा मेरो हृदय काँप्छ । त्यो आफ्नो ठाउँबाट हटेको छ ।

  • 75%

    24हामीले तिनीहरूका बारेमा खबरहरू सुनेका छौं, र निराश हुँदा हाम्रा हातहरू नै लत्रेका छन् । जन्म दिंदा स्‍त्रीलाई भएझैं सङ्कष्‍टले हामीलाई समात्छ ।

    25बाहिर खेतबाट नजाओ, र सडकहरूमा नहिंड, किनकि शत्रुका तरवार र त्रास चारैतिर छन् ।

  • अय्यू 3:24-26
    3 पदहरू
    75%

    24किनकि मैले खानुको साटो सुस्केरा हाल्छु । मेरो वेदनाको सोर पानीझैं पोखिन्छ ।

    25जुन कुरोदेखि म डराउँथेँ, त्यही मकहाँ आएको छ । म जेदेखि भयभीत हुन्थेँ, त्यही मकहाँ आएको छ ।

    26म चैनमा छैनँ, म मौन छैनँ, र मलाई विश्राम छैन । बरु सङ्कष्‍ट आउँछ ।”

  • भजन 55:4-5
    2 पदहरू
    75%

    4मेरो हृदय मभित्र काम्छ र मृत्युका त्रासहरू ममाथि परेका छन् ।

    5डर र कम्पन ममाथि आइपरेको छ र त्रासले मलाई व्याकुल बनाएको छ ।

  • 17अन्जिरका रूखहरूमा मुना नलागेपनि, र दाखका बोटहरूमा कुनै फल नलागेपनि, र जैतूनको रूखले केही नफलाए पनि, र भुमिले केही भोजन नदिएपनि, र खोरबाट बगाल हटाइएपनि, र गोठमा कुनै गाइवस्तु नभएपनि, म यही गर्नेछु ।

  • 6मैले आफ्‍नो दुःखको बारेमा सोच्दा म त्रसित हुन्छु, र थरथरीले मेरो शरीरलाई नै समाउँछ ।

  • विलाप 1:20-21
    2 पदहरू
    74%

    20हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु । बाहिर तरवारले आमालाई नष्‍ट पार्छ, घरभित्र केवल मृत्यु छ ।

    21तिनीहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही छैन । मेरा सबै शत्रुले मेरो कष्‍टको विषयमा सुनेका छन्, र तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुसी छन् । तपाईंले प्रतिज्ञा गर्नुभएको दिन तपाईंले ल्याउनुभएको छ । अब तिनीहरू मजस्तै होऊन् ।

  • 3जब म चूप लागें, तब दिनभरिको मेरो सुस्‍केराले मेरा हाडहरू खिइएर गए ।

  • 5“किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'हामीले त्रासको डरलाग्दो आवाज सुनेका छौं र शान्तिको होइन ।

  • 21पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्‍न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्‍नेछन् ।

  • 27मेरो हृदय कष्‍टमा छ र यसले विश्राम लिंदैन । कष्‍टका दिनहरू ममाथि आएका छन् ।

  • 15तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्दा पग्लनेछन् ।

  • 73%

    15हामी शान्तिको अपेक्षा गर्दैछौं, तर त्यहाँ कुनै असल कुरो हुनेछैन । हामी चङ्गाइको समयको आशा गर्दैछौं, तर त्यहाँ त्रास हुनेछ ।

    16दानबाट त्यसका घोडाहरूको घ्वार-घ्वार आवाज सुनिन्छ । त्यसका शक्तिशाली घोडाहरूको हिनहिनाइको आवाजमा पुरै पृथ्वी हल्लिन्छ । किनकि तिनीहरू आउनेछन् र यो देश र यसको सम्पत्ति, सहर र यसमा बस्‍नेहरूलाई स्वाहा पार्नेछन् ।

  • 13उहाँले उच्‍चबाट मेरा हड्‍डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।

  • 7मैले कूशनका पालहरूलाई दु:खमा देखेँ, र मिद्दानको भुमिमा भएका पालहरूका रचनाहरूलाई काँपिरहेको देखेँ ।

  • भजन 27:2-3
    2 पदहरू
    73%

    2जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले ।

    3फौजले मेरो विरुद्ध शिविर हाले तापनि, मेरो हृदय डराउने छैन । मेरो विरुद्धमा युद्ध भए तापनि म दृढ रहनेछु ।

  • 7तब तिनीहरूले तँलाई सोध्‍नेछन्, ‘के कारणले तिमी सुस्‍केरा हाल्‍दैछौ?' अनि तैंले यसो भन्‍नेछस्, 'आएको समाचारको कारणले, किनकि हरेकको हृदयले मुर्छा खानेछ र हरेकको हात शिथिल हुनेछ । हरेकको आत्‍मा मुर्छित हुनेछ र हरेकको घुँडा पानीजस्‍तै कमजोर हुनेछ । हेर, त्‍यो आउँदैछ र त्‍यो यस्तो हुनेछ!— यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”

  • 10पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्‍यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो ।

  • 10चारैतिर भएका धेरै जना मानिसबाट मैले त्रासको हल्ला सुनेको छु, 'खबर गर! हामीले यसबारे खबर गर्नुपर्छ!' मेरा नजिक हुनेहरू म पतन हुनेछु कि भनेर हेर्छन् । सायद त्‍यसलाई छल गर्न सकिन्‍छ । त्यसो भयो भने, हामीले त्यसलाई पराजित गर्न सक्छौं र त्यसमाथि हाम्रो बदला लिन सक्छौं ।'

  • 6किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्ती छ । त्यसका दाँत सिंहका दाँतझैं छन्, र त्यसका दाह्रा सिंहनीका झैं छन् ।

  • 3जब म डराउँछु, तब म आफ्‍नो भरोसा तपाईंमा राख्छु ।

  • 3ठुलो आवाजमा मानिसहरू भाग्‍छन् । तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्‍छन् ।

  • अय्यू 23:15-16
    2 पदहरू
    72%

    15त्यसकारण, म उहाँको उपस्थितिमा त्रसित भएको छु । मैले उहाँको बारेमा विचार गर्दा म भयभीत हुन्छु ।

    16किनकि परमेश्‍वरले मेरो हृदय कमजोर पार्नुभएको छ । सर्वशक्तिमान्‌ले मलाई त्रसित पार्नुभएको छ ।

  • 19हे परमप्रभु, तपाईं मेरो किल्ला र मेरो शरणस्थान, सङ्कष्‍टको दिनमा मेरो सुरक्षाको स्थान हुनुहुन्छ । पृथ्वीका कुनाबाट जातिहरू तपाईंकहाँ आउनेछन् र भन्‍नेछन्, “निश्‍चय नै हाम्रा पुर्खाहरूले छललाई अधिकार गरे । तिनीहरू रित्ता छन् । तिनीहरूमा कुनै लाभ छैन ।

  • यो 2:10-11
    2 पदहरू
    71%

    10तिनीहरूको अगि पृथ्वी काम्छ, आकाश थरथर हुन्‍छ, सूर्य र चन्द्रमा अँध्यारो हुन्छन्, अनि ताराहरू चम्कन छोड्‍छन् ।

    11परमप्रभुले आफ्‍नो सेनाको सामु ठुलो सोरले कराउनुहुन्छ, किनकि उहाँका योद्धाहरू असङ्ख्‍य छन्, किनकि उहाँका आज्ञा पालन गर्नेहरू, ती बलिया छन् । किनकि परमप्रभुको दिन महान् र अत्यन्तै भयानक हुन्‍छ । त्‍यसबाट को बाँच्‍न सक्छ र?

  • 14म लामो समयसम्म चुपचाप बसेको छु । म मौन रहेको छु र आफैंलाई थामेको छु । अब म प्रसव वेदनामा परेको स्‍त्रझैं कराउँछु । म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु ।

  • 7तब पृथ्वी हल्लियो र काम्‍यो । पहाडहरूका जगहरू पनि कामे र हल्‍लिए किनभने परमेश्‍वर रिसाउनुभयो ।

  • 16सियोनबाट परमप्रभु गर्जनुहुन्छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ । आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्‍ला हुनुहुनेछ ।

  • 6तिनीहरूको उपस्थितिले मानिसहरू वेदनामा पर्छन्, अनि तिनीहरूका सम्‍पूर्ण अनुहार पहेंलो हुन्छ ।

  • 20ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्‍ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक ।

  • 19मेरो जोश र मेरो क्रोधको आगोमा, म यो घोषणा गर्छु, कि त्यस दिन इस्राएलमा एउटा ठुलो भूकम्प जानेछ ।

  • 15तपाईं आफ्ना घोडाहरूमा समुद्रमाथि हिँड्नुभएको छ, र समुद्रमाथि तपाईंले कुल्चनुभएको छ ।

  • 5डराउनुपर्ने कुनै कारण नभए तापनि तिनीहरू भयङ्कर डरमा हुन्‍छन् । किनकि तिमीहरू विरुद्ध पाल टाँग्‍नेहरूका हाडहरू परमेश्‍वरले छरपस्ट पार्नुहुनेछ । यस्ता मानिसहरू लाजमा पर्नेछन्, किनभने परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको छ ।

  • 23किनकि परमेश्‍वरबाट आउने विनाशदेखि म डराएँ । उहाँको ऐश्‍वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ ।

  • 10त्‍यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्‍नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्‍केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्‍यो तेरा ढोकाहरूभित्र पस्‍छ ।

  • 15छाउनी, मैदान र मानिसहरू माझ त्रास फैलियो । चौकीहरू र लुट्ने टोलीहरू पनि त्रासित भए । पृथ्वी हल्लियो र त्यहाँ ठुलो त्रास छायो ।