यशैया 24:21

अनलक शाब्दिक बाइबल

त्यस दिन परमप्रभुले स्वर्गका सेनाहरूलाई आकाशमा र पृथ्वीका राजाहरूलाई पृथ्वीमा दण्ड दिनुहुनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 76:12 : 12 उहाँले शासकहरूका आत्मा नाश पार्नुहुन्छ । पृथ्वीका राजाहरूले उहाँको भय मान्छन् ।
  • यशा 10:12 : 12 जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।
  • यशा 10:25-27 : 25 त्यससँग नडराओ किनकि तिमीहरू विरुद्धको मेरो रिस चाँडै अन्‍त हुनेछ र मेरो क्रोधले त्यसको विनाशमा लैजानेछ ।” 26 तब सर्वशक्तिमान् परमप्रभुले ओरेबको चट्टानमा मिद्यानलाई पराजित गरेझैं तिनीहरूका विरुद्ध कोर्रा चलाउनुहुनेछ । उहाँले आफ्नो हात समुद्रमाथि उठाउनुहुनेछ र उहाँले मिश्रमा गर्नुभएझैं यसलाई माथि उचाल्‍नुहुनेछ । 27 त्यस दिन, तिमीहरूका कुममा भएको त्यसको बोझ र तिमीहरूको काँधमा भएको जुवा हटाइनेछ र मोटोपनको कारणले जुवा नष्‍ट पारिनेछ ।
  • यशा 14:1-2 : 1 ¶ परमप्रभुले याकूबलाई दया गर्नुहुनेछ । उहाँले फेरि पनि इस्राएललाई रोज्‍नुहुनेछ र तिनीहरूलाई आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ । परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् र आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन् । 2 जातिहरूले तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन् । तब इस्राएलको घरानाले तिनीहरूलाई सेवक र सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन् । तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् र तिनीहरूले आफ्‍ना अत्याचारीहरूमाथि राज्‍य गर्नेछन् ।
  • यशा 25:10-12 : 10 किनकि यो पर्वतमा परमप्रभुको हातले विश्रमा लिनेछ, अनि गोबरले भरिएको खाल्डोमा पराललाई कुल्चेझैं मोआबलाई त्यसकै ठाउँमा कुल्चिइनेछ 11 पौडी खेल्‍नेले पौडनलाई आफ्नो हात फैलाएझैं तिनीहरूले त्‍यसको माझमा आफ्‍ना हातहरू फैलाउनेछन् । तर तिनीहरूका हातहरूका सीपहरूको बाबजुत पनि परमप्रभुले तिनीहरूका घमण्डलाई तल झार्नुहुनेछ । 12 तेरा किल्लाहरूका अग्‍ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्‍नुहुनेछ ।
  • यशा 34:2-9 : 2 किनकि परमप्रभु सबै जातिसँग सबै जातिहरूसँग रिसाउनुभएको छ र तिनीहरूका सबै फौज विरुद्ध क्रोधित हुनुहुन्छ । उहाँले तिनीहरूलाई पुर्ण रूपमा विनाश पार्नुभएको छ, उहाँले तिनीहरूलाई संहारको निम्ति सम्पनुभएको छ । 3 तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन् । लाशहरूको दुर्गन्ध जताततै हुनेछ । अनि पर्वतहरूले तिनीहरूका रगत सोस्‍नेछ । 4 आकाशका सबै ताराहरू विलीन हुनेछन् र आकाशचाहिं एउटा चर्मपत्रको मुट्ठाझैं बेह्रिनेछ । अनि दाखको पात झरेर ओइलाएझैं र अञ्‍जिरका गलेका अञ्‍जिर खसेझैं तिनीहरूका सबै ताराहरू विलीन हुनेछन् । 5 किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्‍जेल पिउनेछ । हेर, मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्‍यो आउनेछ । 6 परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ । किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठुलो संहार छ । 7 तिनीहरूसँगै जङ्गली साँढेहरू, अनि वृद्ध साँढेहरूसँगै जवानहरू ढल्नेछन् । तिनीहरूका देश रगतले मात्‍नेछ र तिनीहरूका माटो बोसोले मोटाउनेछ । 8 किनकि परमप्रभुको निम्ति यो बदलाको दिन हुनेछ र उहाँले सियोनको निम्ति तिनीहरूसँग साटो फेर्ने एउटा वर्ष हुनेछ । 9 एदोमका नदीहरू अकत्रामा, त्यसको माटो गन्धकमा परिणत हुनेछ र त्यसको देश जलिरहने अलकत्रा हुनेछ । 10 त्‍यो रातदिन जल्‍नेछ । त्‍यसको धुवाँ सदासर्वदा माथि उठिरहनेछ । पुस्तादेखि पुस्‍तासम्म यो उजाड भूमी हुनेछ । सदासर्वदा यसबाट कोही पनि हिंड्‍नेछैन । 11 तर जङ्गली चराहरू र जनावरहरू त्यहाँ बस्‍नेछन् । लाटोकोसेरो र कागले त्‍यसमा आफ्‍ना गुँड बनाउनेछन् । उहाँलले त्‍यसमाथि नाशको नाप्‍ने डोरी र विनाशको सहुल लगाउनुहुनेछ । 12 राज्य भन्‍नलाई त्यसका भारदारसँग कुनै कुरा रहनछैन, र त्यसका सबै शासकहरू छन् भन्‍ने नै हुनेछन् । 13 त्यसको दरबारमा काँढाहरू, अनि त्यसको किल्लाहरूमा सिस्‍नो र सिउँडीहरू उम्रिनेछन् । त्‍यो स्यालको बास र सुतुर्मुर्गको ठाउँ हुनेछ । 14 त्यहाँ जङ्गली जनावरहरू र हुँडारहरू भेट्नेछन् अनि घोरलहरू एकआपसमा कराउनेछन् । रातका जनावरहरू त्यहाँ बस्‍नेछन् र तिनीहरूको निम्ति विश्रामको ठाउँ हुनेछ । 15 लाटोकोसेराहरूले गुँड बनाउनेछन्, अण्डा पार्नेछन्‌ कोरल्नेछन् र तिनीहरूका बचेराहरूको संरक्षण गर्नेछन् । हो, त्यहाँ आ-आफ्ना जोडीसँग बाजहरू भेला हुनेछन् । 16 परमप्रभुको चर्मपत्रको मुट्ठोभरि खोज । यिमध्ये एउटै पनि हराउनेछैन । कसैलाई पनि जोडीको कमी हुनेछैन । किनकि उहाँको मुखले यस्तो आज्ञा दिनुभएको छ र उहाँको आत्माले तिनीहरूलाई भेला गर्नुभएको छ । 17 उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ । तिनीहरूले सदासर्वदा त्‍यसको अधिकार गर्नेछन् । पुस्तादेखि पुस्‍तासम्म तिनीहरू त्यहाँ बस्‍नेछन् ।
  • यहे 38:1-9 : 1 ¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 “ए मानिसको छोरो, मागोग देशको गोग, मेशेक र तूबलको प्रमुख शासकतिर आफ्नो मुख फर्का । अनि त्यसको विरुद्ध अगमवाणी गर् । 3 यसो भन्, ‘परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: हेर्, मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु । 4 यसैले तँलाई म फर्काउनेछु र तेरो बङ्‍ग्रामा बल्छी लगाउनेछु । तेरा फौज, घोडाहरू र घोडचढीहरू, सारा हतियारले सुसज्‍जित सबै जना, साना र ठुला ढालहरूका साथमा एउटा ठुलो दल, तरवारहरू बोकेका सबै जनासँगै तँलाई म बाहिर पठाउनेछु । 5 फारस, कूश र लिबिया तिनीहरूसँगै हुनेछन् । ती सबै जनाले ढाल बोकेका र टोप लगाएका हुनेछन् । 6 गोमर र त्यसका सबै फौज, र उत्तरका टाढा ठाउँहरूबाट बेथ-तोगर्मा, र त्यसका सबै फौज । धेरै जना मानिस तँसँग हुनेछन्! 7 तयार हो! आफूलाई र आफूसित भेला भएका तेरा फौजलाई तयार राख्, र तिनीहरूका कमाण्‍डर हो । 8 धेरै दिनपछि तँलाई बोलाइनेछ, र धेरै वर्षपछि तँ त्यो देशमा जानेछस् जुन तरवारद्वारा प्राप्‍त भएको हो र जुन धेरै समयसम्म भग्‍नावशेष भएको इस्राएलका पहाडहरूमा धेरै जातिहरूद्वारा पुनः खडा भएको हो । तर त्यस देशका मानिसहरूलाई जातिहरूबाट बाहिर निकालेर ल्‍याइनेछ, र तिनीहरू सबै जना सुरक्षसाथ बस्‍नेछन् । 9 यसैले जसरी आँधी माथि जान्‍छ त्‍यसरी तँ जानेछस् । तँ, तेरा सबै फौज, तँसँग भएका धेरै जना सिपाही त्यस देशलाई ढाक्‍ने बादलझैं हुनेछन् । 10 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: त्यो दिन यसो हुनेछ, तेरो हृदयमा योजनाहरू बन्‍नेछन्, र तैंले दुष्‍ट युक्तिहरू रच्नेछस् ।’ 11 तब तैंले यसो भन्‍नेछस्, ‘म त्यो खुला मैदानसम्म जानेछु । सुरक्षित बसिरहेका शान्त मानिसहरूकहाँ म जानेछु । त्‍यहाँ तिनीहरू सबै कुनै पर्खाल वा बारहरूबिना नै, र मूल ढोकाहरू नभइकन पनि बसिरहेका छन् । 12 लूटका माल म कब्जा गर्नेछु र चोर्नेछु ताकि भर्खरै मात्र बसोबास गरिएका बाँझो जमिनका विरुद्धमा, र जातिहरूबाट भेला भएका मानिसहरू, गाईवस्तु र सम्पत्ति आर्जन गरिरहेका मानिसहरू र पृथ्वीको बिचमा बसोबास गरिरहेकाहरूका विरुद्ध म आफ्‍नो हात उठाउनेछु ।’ 13 शेबा र ददान, र तर्शीशका व्यापारीहरूले आफ्‍ना जवान योद्धाहरूसँगै तँलाई यसो भन्‍नेछन्, ‘के तँ लुट्न आएको होस्? के तैंले तेरो फौजलाई लुटको माल, चाँदी र सुन, तिनीहरूका गाईवस्तु र सम्पत्ति जफत गर्न र लैजान भेला गराएको होस्?’ 14 यसकारण, ए मानिसको छोरो, अगमवाणी गर् र गोगलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: त्यो दिन, जब मेरा मानिसहरू सुरक्षित बसेका हुन्‍छन्, के तैंले तिनीहरूका बारेमा जान्‍नेछैनस्? 15 तँ टाढा उत्तरको आफ्‍नो ठाउँबाट ठुलो फौजको साथमा, ती सबै जना घोडाहरूमा सवार हुने एउटा ठुलो दल, विशाल फौजसहित आउनेछस् । 16 जमिनलाई बादलले ढाकेझैं तैंले मेरा मानिस अर्थात् इस्राएललाई आक्रमण गर्नेछस् । पछिल्ला दिनहरूमा म तँलाई मेरो देशको विरुद्ध ल्याउनेछु, ताकि मैले तँ, गोगद्वारा जातिहरूका आँखा अगाडि मलाई पवित्र प्रकट गर्दा तिनीहरूले मलाई जान्‍न सकून् । 17 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: के तँ त्यही होइनस् जसको बारेमा मैले पुराना दिनामा मेरा दास, इस्राएलका अगमवक्ताहरूद्वारा बोलें र मैले तँलाई तिनीहरूका विरुद्धमा ल्याउने समयको बारेमा तिनीहरूले आफ्नै समयमा अगमवाणी गरे? 18 यसैले यो परमप्रभु परमेश्‍वरको घोषणा हो, गोगले इस्राएल देशलाई आक्रमण गर्ने दिनमा मेरो रिसको क्रोध दन्किनेछ । 19 मेरो जोश र मेरो क्रोधको आगोमा, म यो घोषणा गर्छु, कि त्यस दिन इस्राएलमा एउटा ठुलो भूकम्प जानेछ । 20 तिनीहरू सबै अर्थात् समुद्रका माछाहरू, आकाशका चाराहरू, जमिनका पशुहरू, र जमिनका घस्रने सबै प्राणीहरू, र जमिनको सतहमा भएका हरेक मानिस मेरो अगि थरथर काँम्‍नेछन् । हरेक पर्खालहरू जमिनमा नढलेसम्म सबै पर्वतहरू तल खसालिनेछन् र चट्टानहरू ढल्नेछन् । 21 यो परमप्रभु परमेश्‍वरको घोषणा हो, मेरा सबै पर्वतहरूमा म त्यसको विरुद्ध एउटा तरवार पठाउनेछु । हरेक मानिसको तरवार त्यसको भाइको विरुद्ध हुनेछ । 22 तब त्यसलाई म रूढी र रगतले न्‍याय गर्नेछु । अनि त्यो र त्यसका फौज र त्योसँगै भएका धेरै जातिहरूमाथि म घनघोर वर्षा र असिना र जलिरहेको गन्धक बर्साउनेछु । 23 म आफ्नो महान्‌ता र आफ्‍नो पवित्रता देखाउनेछु र धेरै जातिहरूका दृष्‍टिमा म आफैंलाई चिनाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’”
  • यो 3:9-9 : 9 जातिहरूका बिचमा यो कुरा घोषणा गर, “युद्धको निम्ति आफैंलाई तयार गर, शक्तिशाली मानिसहरूलाई जगाओ, तिनीहरूलाई नजिक आउन देओ, युद्धका सबै मानिसहरू माथि आऊन् । 10 आफ्ना फालीहरू पिटेर तरवारहरू बनाओ र छिमल्ने खुकुरीहरू पिटेर भालाहरू बनाओ । कमजोरले भनोस्, ‘म बलियो छु ।’ 11 ए सबै नजिकका जातिहरू, हतार गर र आओ, आफूलाई एकसाथ त्यहाँ भेला पार । हे परमप्रभु, आफ्‍ना शक्तिशाली योद्धाहरूलाई तल ल्याउनुहोस् । 12 जातिहरूले आफैंलाई जगाऊन् र यहोशापातको बेसीमा उक्‍लेर आऊन् । किनकि वरिपरिका सबै जातिको न्‍याय गर्न, म त्यहीं बस्‍नेछु । 13 हँसिया बोक, किनकि फसल पाकेको छ । आओ, दाखहरूलाई पेल, किनको दाखको कोल भरिएको छ । घ्‍याम्‍पोहरू भरिएर पोखिन्‍छन्, किनकि तिनीहरूका दुष्‍टता विशाल छ ।” 14 त्‍यहाँ होहल्‍ला छ, इन्साफको बेसीमा कोलाहल छ । किनकि इन्साफको बेसीमा परमप्रभुको दिन नजिकै छ । 15 सुर्य र चन्द्रमा अन्धकार हुन्छन्, र ताराहरूले आफ्नो चमक लुकाउँछन् । 16 सियोनबाट परमप्रभु गर्जनुहुन्छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ । आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्‍ला हुनुहुनेछ । 17 “यसैले, परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ, म आफ्‍नो पवित्र पर्वत सियोनमा बास गर्छु । तब यरूशलेम पवित्र हुनेछ, र त्यसबाट फेरि कहिलै कुनै सेना हिंड्‍नेछैन ।
  • यो 3:19 : 19 यहूदाका मानिसहरूमाथि अत्याचार गरिएको हुनाले, तिनीहरूले आफ्नो देशमा निर्दोष रगत बगाएको हुनाले, मिश्र त्‍यागिएर उजाड हुनेछ, र एदोमचाहिं त्यागिएको उजाड-स्‍थान हुनेछ ।
  • हाग्गै 2:21-22 : 21 “‘मैले आकाश र पृथ्वी हल्लाउनेछु भनी यहूदाका राज्यपाल यरुबाबेललाई भन् । 22 किनभने म जाति-जातिहरूका राज्यहरूको सिंहासनलाई पल्टाइदिनेछु र तिनीहरूका शक्तिलाई नष्‍ट गर्नेछु । रथहरू र तिनीहरूमा सवारहरूलाई म पल्टाइदिनेछु । घोडाहरू र तिनमा सवारहरू आफ्ना दाजुभाइहरूका तरवारद्धारा तल खस्‍नेछन् ।
  • जक 14:12-19 : 12 यरूशलेमको विरुद्ध युद्ध सुरु गर्ने सबै जातिहरूलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछः तिनीहरू आफ्ना खुट्टा उभिरहँदा पनि तिनीहरूको मासु कुहेर जानेछ । तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूकै मुखमा कुहुनेछन् । 13 त्यस दिन तिनीहरूका बिचमा परमप्रभुको त्यो महान् भय छाउनेछ । हरेकले अर्को व्यक्तिको हात समाउनेछ, र एउटाको हात अर्काको विरुद्ध उठ्नेछ । 14 यहूदा पनि यरूशलेमको विरुद्ध लडाइँ गर्नेछ । तिनीहरूले वरपरका सबै जातिहरूका सम्पत्तिहरू-सुन, चाँदी, र असल लुगाहरू प्रशस्त मात्रामा बटुल्नेछन् । 15 घोडाहरू र खच्‍चरहरू, ऊँटहरू र गधाहरू, र ती छाउनीहरूमा भएका सबै पशुहरूमा त्यही महामारी फैलिनेछ । 16 यरूशलेमको विरुद्धभएका तीजातिहरूका सबै बाँकी रहेकाहरू वर्षेनी राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न, र छाप्रो-वासको पर्व मनाउन माथि जानेछन् । 17 ती सारा जातिहरूमध्ये कोही राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न माथि यरूशलेममा गएनन् भने, परमप्रभुले तिनीहरूमाथि झरी वर्षाउनुहुनेछैन । 18 यदि मिश्रदेशका मानिसहरू माथि गएनन् भने, त्यहाँ वर्षात हुनेछैन । छाप्रो-बासको पर्व मनाउन माथि नजाने जातिहरूमाथि परमप्रभुको महामारीको प्रहार हुनेछ । 19 छाप्रो-बासको पर्व मनाउन माथि नजाने मिश्रको निम्ति र हरेक जातिको निम्ति यही दण्ड हुनेछ ।
  • प्रका 6:14-17 : 14 आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए । 15 तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके । 16 तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ । 17 किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ र त्यहाँ को उभिन सक्छ र? ।”
  • प्रका 17:14 : 14 तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्‍वासयोग्यहरू हुन् ।”
  • प्रका 18:9 : 9 पृथ्‍वीका राजाहरूले त्यससँग अनैतिक यौन काम गरे र त्यसले नियन्त्रणदेखि बाहिर गएर बलेको धुवाँ देखेर त्यससँगै रुने र विलाप गर्नेछ ।
  • प्रका 19:18-21 : 18 तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्‍तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्‍तिशाली सबैका मासु खानेछौ ।” 19 मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए । 20 उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो । 21 तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।
  • भजन 149:6-9 : 6 तिनीहरूका मुखहरूमा परमेश्‍वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्, 7 जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न । 8 तिनीहरूले आफ्‍ना राजाहरूलाई साङ्लाहरूले र आफ्‍ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्‍नेछन् । 9 लेखिएका न्‍यायका फैसला तिनीहरूले गर्नेछन् । उहाँका सबै विश्‍वासयोग्य जनका निम्ति यो एउटा आदर हुनेछ । परमप्रभुको प्रशंसा गर ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 24:22-23
    2 पदहरू
    80%

    22तिनीहरूले कैदीको रूपमा खाल्डोमा एकसाथ जम्‍मा गरिनेछ र झ्यालखानमा बन्द गरिनेछ । अनि धेरै दिनपछि तिनीहरूलाई दण्ड दिइनेछ ।

    23तब चन्द्रमा लज्‍जित हुनेछ र सूर्य अपमानमा पर्नेछ, किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा अनि महिमामा आफ्‍ना धर्मगुरुहरूका सामु राज्‍य गर्नुहुनेछ ।

  • यशा 24:17-20
    4 पदहरू
    79%

    17ए पृथ्वीका बासिन्दाहरू, तिमीहरूमाथि त्रास, खाल्डो र पासो आइलागेको छ ।

    18त्रासको आवाजदेखि भाग्‍ने खाल्डोमा पर्नेछ, खाल्डोको बिचबाट बाहिर निस्‍कने पासोमा पर्नेछ । स्वर्गका झ्यालहरू खोलिनेछन् र पृथ्वीका जगहरू हल्लिनेछन् ।

    19पृथ्वी पुर्ण रूपमा टुट्‍नेछ, पृथ्वी चिरा पर्नेछ । पृथ्वीलाई डरलाग्‍दो किसिमले हल्लाइनेछ ।

    20पृथ्वी मद्यले मातेको मानिसझैं लरखराउनेछ र यो झुप्रोझैं यताउता हल्‍लिनेछ । यसमाथि यसको पाप भारि हुनेछ र यो पतन हुनेछ अनि फेरि कहिल्यै उठ्नेछैन ।

  • 21किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्‍ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्‍नुभएको छ । पृथ्वीले आफ्‍नो रक्‍तपात प्रकट गर्नेछ र आफ्‍ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।

  • 11संसारलाई त्‍यसको दुष्‍टताको निम्‍ति अनि दुष्‍टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्‍नेछु ।

  • सप 1:8-9
    2 पदहरू
    76%

    8“परमप्रभुको बलिदानको दिनमा, म राजकुमारहरू र राजाका छोराहरू, र विदेशी पहिरन लगाएका सबैलाई दण्ड दिनेछु ।

    9त्यस दिन सँघारमा खुट्टा नटेक्‍नेहरू सबैलाई, र आफ्ना मालिकका घरलाई हिंसा र छलले भर्ने सबैलाई म दण्ड दिनेछु ।

  • यशा 24:3-4
    2 पदहरू
    75%

    3पृथ्वीलाई पुर्ण रूपमा विनाश गरिनेछ र पुर्ण रूपमा नाङ्गो बनाइनेछ । किनकि परमप्रभुले यो वचन बोल्नुभएको छ ।

    4पृथ्वी सुख्‍खा हुनेछ र ओइलाउनेछ, संसार सुक्‍नेछ र ओइलाएर जानेछ। पृथ्वीका विशिष्‍ट मानिसहरू दुर्बल हुनेछन् ।

  • यशा 2:11-12
    2 पदहरू
    75%

    11मानिसहको अहङ्कारी हेराइलाई तल झारिनेछ र मानिसहरूको घमण्डलाई तल पारिनेछ, अनि त्‍यो दिन परमप्रभुलाई मात्र उचालिनेछ ।

    12किनकि घमण्ड गर्ने र उच्‍च पारिएका हरेकको विरुद्धमा, र हरेक अहङ्कारीको विरुद्धमा परमप्रभुको दिन आउनेछ— र त्यसलाई तल झारिनेछ—

  • 13यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्‍दो क्रोध र उहाँको प्रचण्‍ड रिसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्‍नो ठाउँमा हल्‍लिनेछ ।

  • 1¶ हेर्, परमप्रभुले पृथ्वीलाई रित्तो बनाउन, यसलाई विनाश पार्न, यसको सतहलाई बिगार्न र यसका बासिन्दाहरूलाई तितरबितर पार्न लाग्‍नुभएको छ ।

  • 17मानिसको घमण्डलाई तल झारिनेछ र मानिसहरूका हठको पतन हुनेछ । त्यो दिनमा परमप्रभु मात्र उच्‍च पारिनुहुनेछ ।

  • मीका 1:3-4
    2 पदहरू
    73%

    3हेर, परमप्रभु आफ्नो वासस्थानबाट बाहिर आउनुहुन्छ; उहाँ तल आउनुहुनेछ र पृथ्वीका उच्‍च स्थानहरूमा आफ्नो पाउ राख्‍नुहुनेछ ।

    4मैन आगोको सामु पग्‍लिएझैँ, र भिरालो ठाउँबाट पानी बगेझैँ उहाँको चरणमुनि हिमालहरू पग्‍लन्‍छन्, र उपत्यकाहरू टुक्रिन्‍छन् ।

  • 9हेर, देशलाई विनाश पार्न र त्‍यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ ।

  • 32सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, विपत्ति एक जातिदेखि अर्को जातिकहाँ जाँदैछ, र पृथ्वीका पल्‍लो कुनाबाट प्रचण्ड आँधी सुरु हुँदैछ ।

  • 2हेर, परमप्रभुले शक्तिशाली र बलियो एक जनालाई, असिनाको हुरीबतासझैं अनि विनाशकारी आँधीझैं, मुसलधार झरी र बाडीको पानीझैं पठाउनुहुन्‍छ र उहाँले प्रत्‍येक फुलमालालाई जमिनमा फाल्‍नुहुनेछ ।

  • 11परमप्रभुको प्रशंसा गर, हे पृथ्वीका राजाहरू र सबै जातिहरू, शासकहरू र पृथ्वीमा शासन गर्ने सबैले,

  • 6सर्वशक्तिमान् परमप्रभु तँकहाँ गर्जन, भूकम्म, ठुलो आवाज, शक्तिशाली हावाहुरी र हिंस्रक आँधी र भष्‍म पार्ने आगोको ज्वालासहित आउनुहुनेछ ।

  • 15किनकि सबै जातिहरूमाथि परमप्रभुको दिन नजिकै छ । तैंले जस्तो गरेको छस्, तँलाई त्यस्तै गरिनेछ । तेरा कामहरू तेरो आफ्‍नै थाप्‍लोमा फर्किनेछन् ।

  • 9त्यसका घमण्ड र त्‍यसका सबै गौरवलाई अपमान गर्न, त्‍यसका पृथ्वीकै आदरणियलाई लज्‍जित पार्न सर्वशक्तिमान् परमप्रभुले नै यो योजना बनाउनुभएको हो ।

  • 27स्वर्गले उसको अधर्म प्रकट गर्नेछ, र साक्षीको रूपमा पृथ्वी नै उसको विरुद्धमा खडा हुनेछ ।

  • 25धरहरा ढलेर ठुलो संहार भएको दिनमा, हरेक अग्लो पहाड र हरेक अग्लो डाँडामा, त्यहाँ बगिरहने खोलाहरू र खोल्‍साहरू हुनेछन् ।

  • 12त्यस बेला म बत्तीहरू बालेर यरूशलेमको खोजी गर्नेछु र त्यसको मद्यमा प्रसन्‍न भएका र आफ्नो हृदयमा ‘परमप्रभुले असल वा खराब केही पनि गर्नुहुनेछैन’ भनेर भन्‍ने मानिसहरूलाई सजाय दिनेछु ।

  • 30तिनीहरूका विरुद्धमा तैंले यी सबै वचनको अगमवाणी बोल्‍नुपर्छ र तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु उच्‍च ठाउँहरूबाट गर्जनुहुनेछ, र आफ्नो पवित्र बासस्थानबाट उहाँको स्‍वरले उहाँले चर्को गरी कराउनुहुनेछ, अनि आफ्ना जातिको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ, र अङ्गुर पेल्‍नेहरूजस्तै पृथ्वीमा बस्‍ने सबैको विरुद्धमा उहाँले चर्को गरी कराउनुहुनेछ ।

  • 12जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।

  • 5सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले भूमिलाई छुनुहुन्छ र त्यो पग्‍लिन्छ, त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं फेरि तल डुब्‍नेछन् ।

  • 23उहाँले शासकहरूलाई बकामको बनाउनुहुन्छ र पृथ्वीका शासकहरूलाई नगन्‍य बनाउनुहुन्छ ।

  • 24तैंले देख्‍ने गरी म बेबिलोन र कल्दीका सबै बासिन्दालाई बदला लिनेछु, किनकि तिनीहरूले सियोनमा सारा किसिमका दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो ।

  • 20तिनीहरू सबै अर्थात् समुद्रका माछाहरू, आकाशका चाराहरू, जमिनका पशुहरू, र जमिनका घस्रने सबै प्राणीहरू, र जमिनको सतहमा भएका हरेक मानिस मेरो अगि थरथर काँम्‍नेछन् । हरेक पर्खालहरू जमिनमा नढलेसम्म सबै पर्वतहरू तल खसालिनेछन् र चट्टानहरू ढल्नेछन् ।

  • 9यो परमप्रभुको घोषणा हो, “त्यस दिन राजा र तिनका अधिकारीहरूका हृदय काम्नेछन् । पुजारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू त्रसित हुनेछन् ।”

  • 31“हेर्, अहङ्कारी, म तेरो विरुद्धमा छु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, किनकि ए अहंकारी, तँलाई दण्ड दिने तेरो दिन आइपुगेको छ, जति बेला म तँलाई दण्‍ड दिनेछु ।

  • 33हेर, परमप्रभु सर्वशक्तिमान् परमप्रभुले डरलाग्‍दो विनाशसँगै हाँगाहरू लुछ्नुहुनेछ । सबैभन्दा अग्‍ला रूखहरू काटिनेछन् र अहङ्कारीलाई होच्‍याइनेछ ।

  • 11अनि तिनीहरूले परमप्रभुको भय मान्‍नेछन्, किनभने उहाँले पृथ्वीका सबै ईश्‍वरहरूको उपहास गर्नुहुनेछ । सबैले आ-आफ्नो ठाउँबाट, र हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन् ।

  • 1¶ किनभने हेर, त्यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ । त्यस दिन सबै हठी र दुष्‍ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् । आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 10तिनीहरूको अगि पृथ्वी काम्छ, आकाश थरथर हुन्‍छ, सूर्य र चन्द्रमा अँध्यारो हुन्छन्, अनि ताराहरू चम्कन छोड्‍छन् ।

  • 24यसैले म सबैभन्‍दा दुष्‍ट जातिलाई ल्याउनेछु, र तिनीहरूले यिनीहरूका घरहरूमाथि अधिकार गर्नेछन्, र बलिया मानिसहरूको घमण्‍ड म खतम गर्नेछु, किनकि तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन्‌ ।

  • 12तेरा किल्लाहरूका अग्‍ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्‍नुहुनेछ ।

  • 16तँलाई देख्‍नेहरूले तँलाई टुलुटुलु हेर्नेछन् र तिनीहरूले तँलाई ध्यान दिनेछन् । तिनीहरूले सोध्‍नेछन्, 'के यो त्‍यही मानिस हो, जसले पृथ्वीलाई थर्कमान पार्‍यो, जसले राज्यहरूलाई हल्‍लायो,

  • 13किनकि जस्‍तो जैतूनको रूखलाई हल्लाउँदा, जस्‍तो अङ्गुर टिप्‍दा फाटफुट छुट्छ, सारा पृथ्वीभरि जातिहरू माझ यस्तै नै हुनेछ ।

  • 27राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्‍नेछन्‌ । तिनीहरूका आफ्‍नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्‍याय गर्नेछु ।

  • प्रका 6:14-15
    2 पदहरू
    71%

    14आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए ।

    15तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके ।

  • 7उहाँले मानिसहरूमाथिका छकनीहरू, सबै जातिहरूमाथि बुनिएका जालोहरू यही पर्वतमाथि नाश गर्नुहुनेछ ।

  • 15त्यो दिन क्रोधको दिन, संकट र पीडाको दिन, आँधी र विनाशको दिन, अन्धकार र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन हुनेछ ।