अय्यूब 40:13

अनलक शाब्दिक बाइबल

तिनीहरूलाई एकसाथ जमिनमा गाडिदे । तिनीहरूका अनुरहरूलाई लुकाइएको ठाउँमा कैद गर् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 2:10 : 10 चट्टानका ठाउँहरूमा जाओ र परमप्रभुको त्रास र उहाँको वैभवको महिमाबाट जमिनमा लुक ।
  • यूह 11:44 : 44 मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए; त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।”
  • एस्थ 7:8 : 8 तब राजमहलको बगैँचाबाट दाखमद्य बाँडिएको कोठामा राजा फर्केर आए । हामानचाहिं भर्खरै एस्तर बसिरहेको सोफाको छेउमा पसारो परेका थिए । राजाले भने, “के मेरै उपस्थिति मेरै घरमा त्यसले रानीलाई बलात्‍कार गर्न खोज्‍छ?” राजाको मुखबाट यो वाक्य बाहिर निस्कनेबित्तिकै अधिकारीहरूले हामानको अनुहार छोपे ।
  • अय्यू 14:13 : 13 दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्‍तमा राख्‍नुहुन्‍छ, र त्यहाँ म रहने समय तपाईंले तोक्‍नुहुन्‍छ, र मलाई याद गर्नुहुन्‍छ ।
  • अय्यू 36:13 : 13 हृदयमा ईश्‍वर नभएकाहरूले आफ्‍नो रिसलाई थुपार्छन् । परमेश्‍वरले तिनीहरूलाई बाँध्‍नुहुँदा पनि तिनीहरू मदतको लागि पुकारा गर्दैनन् ।
  • भजन 49:14 : 14 भेडाहरूझैं ती चिहानको निम्ति नियुक्‍त हुन्‍छन्, र मृत्युचाहिं तिनीहरूका गोठाला हुनेछ । सोझाहरूले बिहान तिनीहरूमाथि राज्‍य गर्नेछन् र तिनीहरूलाई बस्‍ने कुनै ठाउँ नभई तिनीहरूका शरीरहरू चिहानमा नष्‍ट हुनेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 40:11-12
    2 पदहरू
    78%

    11तेरो रिसको झोँक छरपष्‍ट पार् । हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् ।

    12हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् । दुष्‍ट मानिसहरू खडा भएकै ठाउँमा तिनीहरूलाई कुल्‍ची ।

  • 20तपाईंको उपस्थितिको छत्रछायामा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ । जिब्राहरूका हिंसाबाट तपाईंले तिनीहरूलाई छत्रछायामा लुकाउनुहुन्छ ।

  • भजन 83:16-17
    2 पदहरू
    75%

    16हे परमप्रभु, तिनीहरूको मुहार लाजले भर्नुहोस् ताकि तिनीहरूले तपाईंको नाउँ खोजी गरून् ।

    17तिनीहरू लज्‍जित होऊन् र सधैं त्रसित होऊन् । तिनीहरू अपमानमा नष्‍ट होऊन् ।

  • 10चट्टानका ठाउँहरूमा जाओ र परमप्रभुको त्रास र उहाँको वैभवको महिमाबाट जमिनमा लुक ।

  • 4किनकि हे परमेश्‍वर, तपाईंले तिनीहरूका हृदयको समझलाई बन्द गर्नुभएको छ । त्यसकारण तपाईंले तिनीहरूलाई मभन्दा माथि उचाल्नुहुन्‍न ।

  • 2खराबी गर्नेहरूको गुप्‍त षड्यन्त्रबाट र अधर्म गर्नेहरूको कोलाहलबाट मलाई लुकाउनुहोस् ।

  • 15परमप्रभुबाट आफ्‍ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धाकारमा काम गर्नेहरूलाई धिक्‍कार! तिनीहरू भन्छन्, “हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्छ?”

  • 24आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ?

  • 14मेरो ज्यान लिन मलाई खेद्‍नेहरू लज्‍जित होऊन् र पूर्ण रूपमा निराश होऊन् । मलाई चोट पुर्‍याउन खुसी हुनेहरू, तिनीहरू फर्केर जाऊन् र अनादरमा परून् ।

  • 14तब तेरो दाहिने हातले तँलाई बचाउन सक्दोरहेछ, भनेर म तेरो विषयमा स्वीकार गर्नेछु ।

  • भजन 64:4-5
    2 पदहरू
    72%

    4ताकि तिनीहरूले निर्दोष कसैलाई गुप्‍त ठाउँबाट हान्‍न सकून् । अचानक तिनीहरूले त्यसलाई हान्छन् र कुनै डर मान्दैनन् ।

    5तिनीहरूले आफैलाई दुष्‍ट योजनामा उत्साहित पार्छन् । पासोहरू थाप्‍न तिनीहरू गोप्य रूपमा सल्लाह गर्छन् । तिनीहरू भन्छन्, “हामीलाई कसले देख्‍नेछ र?”

  • 26तिनीहरू समान रूपमा धूलोमा पल्टिन्छन् । तिनीहरू दुवैलाई किराहरूले ढाक्छन् ।

  • 9मेरा पापहरूबाट तपाईंको मुहार लुकाउनुहोस् र मेरा सबै अधर्महरू मेटाउनुहोस् ।

  • भजन 140:9-10
    2 पदहरू
    72%

    9मलाई घेर्नेहरूले आफ्‍ना शिर उठाउँछन् । आफ्‍नै ओठहरूका उपद्रवले तिनीहरूलाई ढाकोस् ।

    10बलिरहेको भुङ्‍ग्रो तिनीहरूमाथि खसोस् । कहिल्यै नउठ्ने गरी तिनीहरूलाई आगोमा, अतलकुण्‍डमा फाल्नुहोस् ।

  • 4दरिद्र मानिसहरूका उनीहरूका मार्गबाट तिनीहरूले जबरजस्‍ती हटाउँछन् । पृथ्वीका सबै गरिब मानिसहरू तिनीहरूबाट आफूलाई लुकाउँछन्।

  • 42हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें । गल्‍लीमा हिलोझैं मैले तिनीहरूलाई फालें ।

  • भजन 69:23-24
    2 पदहरू
    71%

    23तिनीहरूका आँखाहरू धमिला होऊन्, ताकि तिनीहरूले देख्‍न नसकून् । अनि तिनीहरूका कम्मर सधैं दुर्बल बनाउनुहोस् ।

    24तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् ।

  • 12तिनीहरूका मुखका पापहरू र तिनीहरूका ओठहरूका शब्दहरूका निम्ति, तिनीहरूलाई आफ्‍नै घमण्डमा कब्जा गरियोस् र तिनीहरूलले व्यक्‍त गरेका सराप र झूटको निम्ति ।

  • 13दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्‍तमा राख्‍नुहुन्‍छ, र त्यहाँ म रहने समय तपाईंले तोक्‍नुहुन्‍छ, र मलाई याद गर्नुहुन्‍छ ।

  • 24तपाईंले किन आफ्नो मुहार लुकाउनुहुन्‍छ र हाम्रा कष्‍ट र हाम्रा अत्‍याचारलाई बिर्सनुहुन्छ?

  • 24जब मैले आफ्‍नो मुहार तिनीहरूबाट लुकाएँ, तब मैले तिनीहरूकै अशुद्धता र पापअनुसार तिनीहरूसँग व्यवहार गरें ।

  • 16खराबी गर्नेहरूका सम्झना पृथ्वीबाट मेटाउनलाई परमप्रभुको मुहार तिनीहरूका विरुद्धमा हुन्छ ।

  • 11तिनीहरूले मेरा पाइलाहरूलाई घेरेका छन् । मलाई प्रहार गरेर जमिनमा ढाल्‍नलाई तिनीहरूले आफ्‍ना आँखा लगाउँछन् ।

  • 43मैले तिनीहरूलाई मैदानको धुलोझैं धुजा-धुजा हुने गरी कुटें, मैले तिनीहरूलाई बाटोको हिलोझैं कुल्‍चमिल्‍ची बनाएँ ।

  • 71%

    22तपाईंले तिनीहरूको विरुद्धमा एक्‍कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् ।

    23तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा छ । तिनीहरूका अधर्म र पाप क्षमा नगर्नुहोस् । तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् । बरु, तिनीहरू तपाईंकै सामु पराजित होऊन् । तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस् ।

  • 9तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्‍नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्‍ना पाप भन्‍नेछन् । तिनीहरूले त्‍यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्‍कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।

  • 18तिनीहरू अन्य देवताहरूकहाँ फर्की तिनीहरूले गर्ने तिनीहरूका सबै दुष्‍ट्याइँको कारणले त्यस दिन म निश्‍चय नै तिनीहरूबाट मेरो मुहार लुकाउने छु ।

  • 8तिनीहरूले आफ्‍ना राजाहरूलाई साङ्लाहरूले र आफ्‍ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्‍नेछन् ।

  • 10तिनीहरूका आँखा अँध्यारो होस्, ताकि तिनीहरूले नदेखून् । तिनीहरूका ढाड सधैँ कुप्रो होस् ।”

  • 16जाति-जातिहरूले यो देख्‍नेछन् र आफ्ना शक्तिमाथि लज्‍जित हुनेछन् । तिनीहरूले केही बोल्नेछैनन्, र तिनीहरू बहिरा हुनेछन् ।

  • 6त्यसैले तिनीहरूले नदीका मैदानहरू, जमिन र चट्टानका गुफाहरूमा बस्‍नुपरेको थियो ।

  • 18धर्मीहरूका विरुद्धमा अहङ्कार र घृणासहित उपेक्षित रूपले बोल्ने ओठहरू चूप होऊन् ।

  • 26मेरो कष्‍टमा आनन्‍दित हुनेहरू लज्‍जित होऊन् र तिनीहरू व्‍याकुल होऊन् । ममाथि आफैलाई उच्‍च पार्नेहरू लाज र अनादरले ढाकिन परोस् ।

  • 15आफ्‍नो शरीर ढाक्‍नलाई मैले भाङ्ग्रा सिएको छु । मैले आफ्‍नो टाउकोलाई भुइँमा गाडेको छु ।

  • 29तपाईंले आफ्नो मुख लुकाउनुहुँदा, तिनीहरू संकष्‍टमा पर्छन् । तपाईंले तिनीहरूको सास लिनुभयो भने, तिनीहरू मर्छन् र धूलोमा फर्किन्छन् ।

  • 22तब तिनीहरूले मेरो वास्ता गरिएको ठाउँलाई बिटुलो पार्दा तिनीहरूदेखि म आफ्‍नो अनुहार फर्काउनेछु । लुटेराहरू त्‍यहाँ पस्‍नेछन् र त्‍यसलाई बिटुलो पार्नेछन्‌ ।

  • 17हेर्, परमप्रभुले तँलाई फाल्‍न लाग्‍नुभएको छ, ए शक्तिशाली मानिस, तँलाई फाल्‍न लाग्‍नुभएको छ । उहाँले तँलाई कसेर समात्‍नुहुनेछ ।

  • 3तिनीहरू तपाईंका मानिसहरूका विरद्धमा षड्यन्त्र रच्छन् र तपाईंका सुरक्षित जनहरूको विरुद्ध मिलेर योजना गर्छन् ।

  • 40तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्‍याउनेछन्, र तँलई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूले तँलाई आफ्‍ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन्‌ ।

  • 26त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्‍ताङ्‍ग देखिनेछ ।

  • 4तँ जमिनमा ढालिनेछस् र जमिनबाट बोल्‍नेछस् । तँ धूलोबाट मलिन सोरमा बोल्‍नेछस् । तेरो आवाज जमिनबाट बोल्‍ने आत्माजस्तै हुनेछ र धूलोबाट तेरो आवाजले सुस्केर हाल्नेछ ।

  • 15तब तपाईंले निश्‍चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्‍थ्‍यो । वास्तवमा तपाईं दृढ बन्‍नुहुन्‍थ्‍यो र डराउनुहुने थिएन ।

  • 8तपाईंले हाम्रा अधर्महरू आफ्‍नो सामु, हाम्रा लुकेका पापहरू आफ्‍नो उपस्थितिमा राख्‍नुभएको छ ।

  • 18र तिनीहरूले भाङ्‌ग्रा लाउनेछन्‌ र त्रासले तिनीहरूलाई ढाक्‍नेछ । हरेक अनुहारमा लाज हुनेछ, र तिनीहरू सबैका शिरमा कपाल हुनेछैन ।