अय्यूब 13:24

अनलक शाब्दिक बाइबल

आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 19:11 : 11 उहाँले मेरो विरुद्धमा आफ्नो क्रोध पनि दन्काउनुभएको छ । उहाँले मलाई आफ्ना शत्रुहरूमध्ये एक ठान्‍नुहुन्छ ।
  • भजन 13:1 : 1 ¶ हे परमप्रभु, तपाईंले कहिलेसम्म मलाई बिर्सिरहनुहुन्‍छ? कहिलेसम्म तपाईं आफ्‍नो मुहार मबाट लुकाउनुहुनेछ?
  • विलाप 2:5 : 5 परमप्रभु शत्रुझैँ हुनुभएको छ । उहाँले इस्राएललाई निल्नुभएको छ । उहाँले त्यसका सबै महललाई निल्नुभएको छ । उहाँले त्यसका किल्लाहरूलाई नष्‍ट पार्नुभएको छ । उहाँले यहूदाकी छोरीमा शोक र विलाप बढाउनुभएको छ ।
  • भजन 88:14 : 14 हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्‍छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ?
  • यशा 8:17 : 17 याकूबको घरानाबाट आफ्नो मुहार लुकाउनुहुने परमप्रभु म आशा गर्छु । म उहाँमा भरोसा गर्छु ।
  • भजन 44:24 : 24 तपाईंले किन आफ्नो मुहार लुकाउनुहुन्‍छ र हाम्रा कष्‍ट र हाम्रा अत्‍याचारलाई बिर्सनुहुन्छ?
  • अय्यू 33:10 : 10 परमेश्‍वरले मलाई आक्रमण गर्ने मौकाहरू खोज्‍नुहुन्‍छ । उहाँले मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ ।
  • व्यव 32:20 : 20 “म तिनीहरूबाट मेरो मुहार लुकाउने छु, र तिनीहरूको अन्त्य कस्तो हुने छ भनी हेर्ने छु किनकि तिनीहरू भ्रष्‍ट पुस्ता हुन्, अविश्‍वासयोग्य सन्तान हुन् ।
  • १ शमू 28:16 : 16 शमूएलले भने, “तब परमप्रभुले तिमीलाई छोड्नुभएको र उहाँ नै तिम्रो शत्रु हुनुभएको हुनाले तिमीले मलाई के सोध्छौ?
  • अय्यू 10:2 : 2 म परमेश्‍वरलाई भन्‍नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।
  • अय्यू 16:9 : 9 परमेश्‍वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको, र मलाई सताउनुभएको छ । क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्छ । मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्छ ।
  • अय्यू 29:2-3 : 2 “ओहो, जस्‍तो म विगतका महिनाहरू थिएँ त्‍यस्‍तै म भए त, जति बेला परमेश्‍वरले मेरो वास्ता गर्नुहुन्‍थ्‍यो, 3 जति बेला उहाँको बत्ती मेरो शिरमाथि बल्‍थ्‍यो, र जति बेला उहाँको ज्योतिद्वारा म अन्धकारमा हिंड्‍थें ।
  • अय्यू 30:21 : 21 तपाईं बद्लिनुभएको छ र मप्रति क्रुर बन्‍नुभएको छ । आफ्नो हातको ताकतले तपाईंले मलाई सताउनुहुन्छ ।
  • अय्यू 31:35 : 35 ओहो, मेरो कुरा सुन्‍ने कोही भए त, हेर्नुहोस्, मेरो हस्ताक्षर यहीँ छ । सर्वशक्तिमान्‌को जवाफ पाऊँ । मेरो प्रतिवादीले लेखेको दोष-पत्र मसित भए त,
  • भजन 10:1 : 1 ¶ हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्‍टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ?
  • भजन 77:6-9 : 6 मैले कुनै समय गाएको गीतलाई मैले रातको समयमा याद गरें । मैले होसियार भएर विचार गरें र के भएको थियो भनी बुझ्‍ने कोसिस गरें । 7 के परमप्रभुले मलाई सदाको निम्ति इन्कार गर्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन? 8 के उहाँको करारको विश्‍वस्‍तता सदाको निम्ति सकियो? के उहाँको प्रतिज्ञा सदाको निम्ति विफल भएको थियो? 9 के परमेश्‍वरले अनुग्रही हुन बिर्सनुभएको थियो? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो? सेला
  • २ थेस 3:15 : 15 उसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 13:19-23
    5 पदहरू
    81%

    19मेरो विरुद्धमा अदालतमा बहस कसले गर्छ? तपाईंहरू त्यसो गर्न आउनुभयो र म गलत प्रमाणित भएँ भने, तब म चुप रहन्‍छु, र आफ्‍नो जीवन दिन्‍छु ।

    20हे परमेश्‍वर, मेरो निम्‍ति दुईवटा कुरा मात्र गर्नुहोस्, अनि म आफूलाई तपाईंको सामुबाट लुकाउनेछैनँ ।

    21आफ्‍नो अत्याचारको हात मबाट निकाल्नुहोस्, अनि तपाईंका त्रासहरूले मलाई नतर्साउनुहोस् ।

    22तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् ।

    23मेरा अधर्म र पाप कति धेरै छन्? मेरो अपराध र मेरो पापको जानकारी मलाई दिनुहोस् ।

  • 14हे परमप्रभु, तपाईंले मलाई किन इन्कार गर्नुहुन्‍छ? तपाईंको मुहार मबाट किन लुकाउनुहुन्छ?

  • 24तपाईंले किन आफ्नो मुहार लुकाउनुहुन्‍छ र हाम्रा कष्‍ट र हाम्रा अत्‍याचारलाई बिर्सनुहुन्छ?

  • भजन 13:1-2
    2 पदहरू
    80%

    1¶ हे परमप्रभु, तपाईंले कहिलेसम्म मलाई बिर्सिरहनुहुन्‍छ? कहिलेसम्म तपाईं आफ्‍नो मुहार मबाट लुकाउनुहुनेछ?

    2कहिलेसम्म मैले चिन्‍ता गर्ने र दिनभरि मेरो हृदयमा शोक लिने? कहिलेसम्म मेरो शत्रुले ममाथि विजय पाउने?

  • 2किनकि तपाईं मेरो बलको परमेश्‍वर हुनुहुन्छ । तपाईंले मलाई किन तिरस्‍कार गर्नुभएको छ? मेरो शत्रुको अत्‍याचारको कारणले मैले किन विलाप गर्दै हिंड्नुपर्छ?

  • 1¶ हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्‍टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ?

  • अय्यू 13:25-26
    2 पदहरू
    77%

    25तपाईंले एउटा उडेको पातलाई सताउनुहुन्‍छ र? तपाईं सुकेका झारपातको पछि जानुहुन्‍छ र?

    26किनकि मेरो विरुद्धमा तपाईंले तिक्‍त कुराहरू लेख्‍नुहुन्छ । मेरो युवावस्थाका अधर्म प्राप्‍त गर्ने तपाईंले मलाई बनाउनुहुन्छ ।

  • 10परमेश्‍वरले मलाई आक्रमण गर्ने मौकाहरू खोज्‍नुहुन्‍छ । उहाँले मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ ।

  • भजन 42:9-10
    2 पदहरू
    77%

    9परमेश्‍वर, मेरा चट्टानलाई म भन्‍नेछु, “तपाईंले मलाई किन बिर्सनुभएको छ? शत्रुले थिचेको कारणले मैले किन शोक गर्नुपर्ने?”

    10मेरा हाडहरूमा तरवार परेझैं, मेरा शत्रुहरूले मलाई हप्‍काउँछन्, तिनीहरू सधैं मलाई यसो भन्छन्, “तेरो परमेश्‍वर खोइ कहाँ छन्?”

  • 6तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ, र मेरो पाप खोज्न गर्नुहुन्छ,

  • 12किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्‍यो सहनेथिएँ । न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्‍ति नै थियो, तब म त्यसबाट लुक्‍नेथिएँ ।

  • 9मेरा पापहरूबाट तपाईंको मुहार लुकाउनुहोस् र मेरा सबै अधर्महरू मेटाउनुहोस् ।

  • 4मेरो शत्रुलाई यसो भन्‍न नदिनुहोस्, “मैले त्यसलाई हराएको छु ।” ताकि मेरा शत्रुले यसो नभनोस्, “मेरो वैरीलाई मैले जितेको छु,” नत्र मलाई तल झार्दा मेरा शत्रुहरू आनन्‍दित हुनेछन् ।

  • 13दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्‍छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्‍तमा राख्‍नुहुन्‍छ, र त्यहाँ म रहने समय तपाईंले तोक्‍नुहुन्‍छ, र मलाई याद गर्नुहुन्‍छ ।

  • 3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?

  • अय्यू 15:12-13
    2 पदहरू
    75%

    12तपाईंको हृदयले तपाईंलाई किन टाढा लैजान्छ? तपाईंका आँखा किन चम्किन्छन्?

    13जसले गर्दा आफ्‍नो आत्मालाई तपाईंले परमेश्‍वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्‍नुहुन्छ?

  • 3मेरा शत्रुहरूका आवाजको कारणले, दुष्‍टहरूका थिचोमिचोका कारणले । किनकि तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन् र रिसमा मलाई सताउँछन् ।

  • 17आफ्‍नो दासबाट आफ्नो मुहार नलुकाउनुहोस्, किनकि म संकष्‍टमा छु । मलाई चाँडै जवाफ दिनुहोस् ।

  • 14मैले पाप गरें भने तपाईंले त्‍यो ख्याल गर्नुहुन्‍छ । तपाईंले मलाई मेरो अधर्मबाट छोड्नुहुन्‍न ।

  • 46हे परमप्रभु, कहिलेसम्म? तपाईंले सधैं आफूलाई लुकाउनुहुनेछ? तपाईंको रिस कहिलेसम्म आगोझैं दन्किनेछ?

  • अय्यू 7:19-21
    3 पदहरू
    75%

    19तपाईंले आफ्‍ना आँखा मबाट कहिले हटाउनुहुन्‍छ, आफ्‍नो थुक निल्न मलाई तपाईंले कहिले एक्‍लै छोड्नुहुन्‍छ?

    20मैले पाप नै गरेको भए पनि, हे मानिसलाई हेर्नुहुने, त्‍यसले तपाईंलाइ के हुन्‍छ त? तपाईंले मलाई किन निसाना बनाउनुभएको छ जसको कारण म तपाईंको लागि बोझ छु?

    21किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्‍यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्‍तित्‍व रहनेछैन ।”

  • भजन 27:8-9
    2 पदहरू
    75%

    8मेरो हृदयले तपाईंको बारेमा यसो भन्छ, “उहाँको मुहारको खोजी गर्!” हे परमप्रभु, म तपाईंको मुहारको खोजी गर्छु ।

    9मबाट तपाईंको मुहार नलुकाउनुहोस् । आफ्नो दासलाई रिसमा नफर्काउनुहोस् । तपाईं मेरो सहायक हुनुभएको छ । हे मेरो उद्धारको परमेश्‍वर, मलाई नत्याग्‍नुहोस् वा नछोड्‍नुहोस् ।

  • 3तपाईंको दृष्‍टिमा हामीलाई किन जङ्गली पशुहरू जस्‍तै मूर्ख छौं?

  • 2म परमेश्‍वरलाई भन्‍नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।

  • अय्यू 16:8-9
    2 पदहरू
    75%

    8तपाईंले मलाई सुक्खा पार्नुभएको छ, जसले मेरो विरुद्धमा साक्षी दिन्‍छ । मेरो शरीरको दुब्लोपन मेरो विरुद्धमा खडा हुन्छ, र यसले मेरो अनुहारको विरुद्धमा साक्षी दिन्छ ।

    9परमेश्‍वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको, र मलाई सताउनुभएको छ । क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्छ । मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्छ ।

  • 19मेरा शत्रुहरूलाई हेर्नुहोस्, किनकि तिनीहरू धेरै जना छन् । तिनीहरूले मलाई क्रूर घृणाले घृणा गर्छन् ।

  • 3शत्रुले मेरो ज्यान लिनलाई खेदेका छ । त्‍यसले मलाई जमिनमा कुल्चेको छ । त्‍यसले मलाई उहिले नै मरेकाहरूझैं अँध्यारोमा बस्‍न लगाएको छ ।

  • 17अन्धकारले, मेरो अनुहारको उदासीलाई ढाक्‍ने निस्पट्ट अन्धकारको कारणले, मेरो अन्‍त्‍य भएको छैन ।

  • 11उहाँले मेरो विरुद्धमा आफ्नो क्रोध पनि दन्काउनुभएको छ । उहाँले मलाई आफ्ना शत्रुहरूमध्ये एक ठान्‍नुहुन्छ ।

  • 23तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा छ । तिनीहरूका अधर्म र पाप क्षमा नगर्नुहोस् । तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् । बरु, तिनीहरू तपाईंकै सामु पराजित होऊन् । तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस् ।

  • 7मेरो शत्रु एक जना दुष्‍ट मानिसझैं होस् । जो मेरो विरुद्धमा खडा हुन्‍छ, ऊ एक जना अधर्मी मानिसझैं होस् ।

  • 10हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्?

  • 16तपाईंले मेरा पाइला गन्‍नुहुन्‍छ, र वास्ता गर्नुहुन्‍छ । तपाईंले मेरो पापको लेखा राख्‍नुहुन्‍न ।

  • 3यी दस पटक तपाईंहरूले मेरो अपमान गर्नुभएको छ । तपाईंहरूले मलाई कठोरतापूर्वक व्यवहार गरे पनि तपाईंहरू लाज मान्‍नुहुन्‍न ।

  • 2मेरो कष्‍टको समयमा तपाईंको मुहार मबाट नलुकाउनुहोस् । मेरो पुकारा सुन्‍नुहोस् । मैले तपाईंलाई पुकारा गर्दा, मलाई तुरुन्‍तै जवाफ दिनुहोस् ।

  • 14म आफ्नो जीवनलाई खतरामा हाल्नेछु । म आफ्‍नो जीवनलाई आफ्‍नो हातमा लिनेछु ।

  • 3मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्छ? सर्वनाश र हिंसा मेरो सामुन्‍ने छन् । त्यहाँ झैँ-झगडा छ, र विवाद चर्किंदै छ ।

  • 1¶ हे परमेश्‍वर, हे परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको? तपाईं किन मलाई बचाउनबाट त्‍यति धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ?